Home Blog Page 143

‘शब्दसंवाद’ मा कवितागोष्ठी

0

शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ४ औँ शृङ्लामा भारतबाट नेपालको सीमा मिचिएको विरोधमा कविहरूले आआफ्ना कविताहरू वाचन गरे ।
कवि पदम दाहालको सभापतित्वमा ज्यो. पं. रमेश अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्री, डा. इन्दुल केसी, शारदाप्रसाद शर्मा आदिले पनि कविता वाचन गर्नुभएको थियो ।

‘पच्चीस कृति र कृतिकार’ छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘पच्चीस कृति र कृतिकार’ पुस्तक प्रकाशन हुन लागेको छ । यस पुस्तकमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३० कृतिमध्ये २५ कृति र तिनका कृतिकारको चिनारी गराइएको छ ।
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले सम्पादन गर्नुभएको यस पुस्तकलाई आगामी माघ महिनामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिनेछ ।

शब्दयात्राले नाउँ माग्यो

0

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण पठाउन सबैलाई आग्रह गरेको छ ।
आगामी पुस २५ गतेभित्र नाउँ र विवरणहरू शब्दयात्रा प्रकाशनलाई प्राप्त भइसक्नुपर्ने कुरा पनि जानकारी गराइएको छ ।
आगामी माघ महिनामा समालोचना, कविताकाव्य, बालसाहित्य, अनुसन्धान, महिला प्रतिभा र विज्ञान–प्रविधि विधाका सम्मानहरू समर्पण गरिनेछन् । यी सम्मानहरूबाट गत वर्ष डा. वासुदेव त्रिपाठी, कालिप्रसाद रिजाल, विश्वम्भर चञ्चल, डा. राजेश गौतम, वसुन्धरा भुसाल र प्रा. सुरेशराज चालिसे सम्मानित हुनुभएको थियो ।

साधारण सभा पुस २४ गते

0

शब्दयात्रा प्रकाशनको छैटौँ वार्षिक साधारण सभा आगामी २०७६ साल पुस २४ गते बिहीबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने भएको छ ।
शब्दयात्रा प्रकाशनका महासचिव शारदाप्रसाद शर्माले सूचना प्रकाशित गराई यस कुराको जानकारी गराउनुभएको छ ।

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपास्थित कृष्णगीता परिसरमा निर्माण गरिने
भौतिक संरचनाका लागि २०७६ असार मसान्तसम्म आर्थिक सहयोग गर्ने महानुभावहरू
(१) आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान (काठमाडौँ) १,०१,१११।– (२) चन्द्रप्रभा प्रणामी श्रेष्ठ (बनेपा, काभ्रे) ५१,१११।– (३) हरि मञ्जुश्री अधिकारी (बनेपा, काभ्रे) ५०,०००।– (४) सुनील सापकोटा (विराटनगर, मोरङ) ५०,०००।– (५) निर्मलाकुमारी यगोल (धुलिखेल, काभ्रे) ३०,०००।– (६) द्रोणप्रसाद श्रेष्ठ (देउराली, भोजपुर) २५,७८०।– (७) डा. सीताराम अधिकारी (बानेश्वर, काठमाडौँ) २५,०००।– (८) उर्मिला श्रेष्ठ भोजपुरे (सुनाकोठी, ललितपुर) २५,०००।– (९) हिरण्य भोजपुरे (सुनाकोठी, ललितपुर) २५,०००।– (१०) वत्सलाल श्रेष्ठ (कमलादी, काठमाडौँ) २५,०००।– (११) रामगोपाल ÷ नारायणी वरुण (धुलिखेल, काभ्रे) २५,०००।– (१२) योगेश न्यौपाने (गोठाटार, काठमाडौँ) २५,०००।– (१३) नवीना श्रेष्ठ (सानेपा, ललितपुर) २५,०००।– (१४) बुद्धरत्न मानन्धर (बनेपा, काभ्रे) २५,०००।– (१५) कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान (काठमाडौँ) २०,०००।– (१६) पङ्कज जोशी (साल्ट ट्रेडिङ लि.) २०,०००।– (१७) सावित्री जङ्गम थापा (बानेश्वर, काठमाडौँ) २०,०००।– (१८) त्रिरत्न रन्जितकार (बनेपा, काभ्रे) १५,२०१।– (१९) ओतबहादुर खड्का (पनौती, काभ्रे) १५,१००।– (२०) इन्दिरा जङ्गम (बानेश्वर, काठमाडौँ) ११,१११।– (२१) रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठान (काभ्रे) ११,१००।– (२२) शिव ÷ शकुन्तला बन्जारा (बनेपा, काभ्रे) ११,००५।– (२३) पदमनाथ ढुङ्गाना (मादी, सङ्खुवासभा) ११,०००।– (२४) भरत जङ्गम (बानेश्वर, काठमाडौँ) ११,०००।– (२५) सुभद्रा श्रेष्ठ (कुसुन्ती, ललितपुर) १०,६२५।– (२६) घनश्याम राजकर्णिकार (कमलपोखरी, काठमाडौँ) १०,२००।– (२७) रामप्रसाद अधिकारी (धुलिखेल, काभ्रे) १०,२००।– (२८) समुन्नत श्रेष्ठ (पेप्सिकोला, काठमाडौँ) १०,१५५।– (२९) गीता मञ्जुश्री अधिकारी (बनेपा, काभ्रे) १०,१०१।– (३०) रमेश सापकोटा (विराटनगर, मोरङ) १०,१००।– (३१) उषा जोशी (विराटनगर, मोरङ) १०,१००।– (३२) डा. दुर्गाप्रसाद रिजाल (बालुवाटार, काठमाडौँ) १०,००५।– (३३) कैलाशनाथ खरेल (बानेश्वर, काठमाडौँ) १०,०००।– (३४) कुलप्रसाद तिमल्सिना (बनेपा, काभ्रे) १०,०००।– (३५) तुतुकाजी प्रणामी श्रेष्ठ (बनेपा, काभ्रे) १०,०००।– (३६) महेश तिमल्सिना (हात्तीवन, काठमाडौँ) १०,०००।– (३७) स्वस्तिना र साहसविक्रम श्रेष्ठ (सानेपा, ललितपुर) १०,०००।– (३८)० जानकी भारती (सिनामङ्गल, काठमाडौँ) १०,०००।– (३९) सुन्दरराज सुशीला चालिसे प्रतिष्ठान (हाँडिगाउँ, काठमाडौँ) १०,०००।– (४०) आशादेवी श्रेष्ठ (इखाछें, ललितपुर) १०,०००।– (४१) गणेशदास उलक (बनेपा, काभ्रे) ७,७७७।– (४२) चन्द्रबहादुर खड्का (पनौती, काभे्र) ६,१००।– (४३) परशुराम भट्टराई ÷ कुन्ता कोइराला (ऐंसेलुखर्क, खोटाङ) ६,०००।– (४४) दामोदर घिमिरे ÷ लक्ष्मी पोख्रेल (ऐंसेलुखर्क, खोटाङ) ५,५५५।– (४५) चन्द्रप्रसाद ढुङ्गाना (मादी, सङ्खुवासभा) ५,५५५।– (४६) कृष्णबहादुर घले (धुलिखेल, काभ्रे) ५,५५५।– (४७) मायाकुमारी घले (धुलिखेल, काभ्रे) ५,५५५।– (४८) छविलाल कुइँकेल (बनेपा, काभ्रे) ५,५५५।– (४९) तपोधन उपाध्याय (चौकोट, काभ्रे) ५,५५५।– (५०) सोमकाजी शाक्य (बनेपा, काभ्रे) ५,५२५।– (५१) नारायणप्रसाद वैद्य (ठिमी, भक्तपुर) ५,५०५।– (५२) दामोदर अधिकारी (पेप्सिकोला, काठमाडौँ) ५,५०५।– (५३) फणीन्द्रराज अधिकारी (धुलिखेल, काभ्रे) ५,५००।– (५४) रघुनाथ घिमिरे (बनेपा, काभ्रे) ५,५००।– (५५) मञ्जुला ÷ कुमार श्रेष्ठ (पेप्सिकोला, काठमाडौँ) ५,२०२।– (५६) भरतराज महत (खोपासी, काभ्रे) ५,२००।– (५७) रामहरि खत्री (बनेपा, काभ्रे) ५,२००।– (५८) सिनेरिया ÷ दीनबन्धु जोशी (भैँसेपाटी, ललितपुर) ५,१६०।– (५९) शुभम्श्रु ÷ नगेन्द्र श्रेष्ठ (भैँसेपाटी, ललितपुर) ५,१६०।– (६०) ओमबहादुर रावत (………. ……….) ५,१५९।– (६१) श्रद्धा ÷ किरण श्रेष्ठ (बानेश्वर, काठमाडौँ) ५,१५५।– (६२) केदारनाथ तिमल्सिना (बनेपा, काभ्रे) ५,१५५।– (६३) नेक्स्ट जेनेरेसन रेसिडेन्सियल एकेडेमी (यटखा, काठमाडौँ) ५,१५१।– (६४) मदनकाजी थापा (धनेश्वर, काभ्रे) ५,१५०।– (६५) केशव थापा (पनौती, काभ्रे) ५,१११।– (६६) साधुराम गिरी (धुलिखेल, काभ्रे) ५,१०८।– (६७) दामोदर अर्याल (प्रयागमार्ग, काठमाडौँ) ५,१०५।– (६८) शेषा श्रेष्ठ कर्माचार्य (पेप्सीकोला, काठमाडौँ) ५,१०५।– (६९) विक्रम श्रेष्ठ (महाराजगन्ज, काठमाडौँ) ५,१०५।– (७०) सफू श्रेष्ठ (महाराजगन्ज, काठमाडौँ) ५,१०५।– (७१) नवराज ÷ उर्मिला तिमल्सिना (ढुङ्खर्क, काभ्रे) ५,१०५।– (७२) दामोदर घिमिरे (ऐंसेलुखर्क, खोटाङ) ५,१०५।– (७३) भरतकुमार श्रेष्ठ (चोकचिसापानी, तनहूँ) ५,१०१।– (७४) डा. विष्णु सापकोटा (बानेश्वर, काठमाडौँ) ५,१००।– (७५) माधवप्रसाद अधिकारी (बनेपा, काभे्र) ५,१००।– (७६) डा. पुष्पलाल ÷ लक्ष्मी हुमागाई (सूर्यविनायक, भक्तपुर) ५,१००।– (७७) डा. भास्कर ÷ रश्मि हुमागाई (सूर्यविनायक, भक्तपुर) ५,१००।– (७८) ज्ञानकाजी मानन्धर (बनेपा, काभ्रे) ५,१००।– (७९) डा. जीवराज पोखरेल (बानेश्वर, काठमाडौँ) ५,१००।– (८०) नभेन्द्र पौडेल (चन्द्रपुर, रौतहट) ५,१००।– (८१) शिवनाथ मैनाली (मेच्छे, काभ्रे) ५,१००।– (८२) कुमारप्रसाद बराल बानेश्वर, काठमाडौँ ५,१००।– (८३) माधवी पराजुली (बानेश्वर, काठमाडौँ) ५,१००।– (८४) ताराकुमारी खत्री (नलिनचोक, भक्तपुर) ५,१००।– (८५) चन्द्र्रश्री कार्की (तेह«थुम, हाल काठमाडौँ) ५,१००।– (८६) भवानी पाण्डे (तेमाल, काभ्रे) ५,१००।–
(८७) रमेश ÷ मीरा पौडेल (पनौती, काभ्रे) ५,१००।– (८८) जगन्नाथ गिरी (धुलिखेल, काभ्रे) ५,१००।– (८९) योगनाथ अधिकारी (कठजोर, रामेछाप) ५,१००।– (९०) हरिभक्त भोछिभोया (बनेपा, काभे्र) ५,१००।– (९१) कृष्ण जोशी (घट्टेकुलो, काठमाडौँ) ५,१००।– (९२) इ. रोशन मञ्जुश्री अधिकारी (बनेपा, काभ्रे) ५,१००।– (९३) राजेश श्रेष्ठ (पेप्सिकोला, काठमाडौँ) ५,१००।– (९४) मच्छेश्वर सापकोटा (बनेपा, काभ्रे) ५,१००।– (९५) पूर्णबहादुर कर्माचार्य (श्रीखण्डपुर, काभ्रे) ५,१००।– (९६) उत्सव कुइँकेल (बनेपा, काभ्रे) ५,१००।– (९७) पोष चापागाईं (अनामनगर, काठमाडौँ) ५,१००।– (९८) रश्मि चापागाईं (अनामनगर, काठमाडौँ) ५,१००।– (९९) कृष्णप्रसाद पौड्याल (गैरीगाउँ, काठमाडौँ) ५,१००।– (१००) कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान (बानेश्वर, काठमाडौँ) ५,१००।– (१०१) कल्याण लम्साल (बौद्ध, काठमाडौँ) ५,१००।– (१०२) सहदीप पलान्चोके (बनेपा, काभ्रे) ५,१००।– (१०३) डा. रामचन्द्र पौडेल (कल्याणपुर, नुवाकोट) ५,१००।– १०४. एक्कुमाया पुन (भार्से, गुल्मी) ५,१००।– (१०५) पदमबहादुर कार्की (कुदाककाउले, भोजपुर) ५,१००।– (१०६) हरिप्रसाद ढुङ्गेल (बनेपा, काभ्रे) ५,१००।– (१०७) नन्दादेवी अधिकारी (इटहरी, सुनसरी) ५,१००।– (१०८) सविता सापकोटा (विराटनगर, मोरङ) ५,१००।– (१०९) रमेशकुमार शर्मा (गट्ठाघर, भक्तपुर) ५,१००।– (११०) तुलसीराम गौतम (बालुवाटार, काठमाडौँ) ५,१००।– (१११) अरुणकुमार कर्ण (विराटनगर, मोरङ) ५,१००।– (११२) प्रकाशबहादुर कायस्थ (बनेपा, काभ्रे) ५,१००।–

शब्दयात्राको टोली चन्द्ररथारोहणमा

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ का आर्थिक व्यवस्थापक निर्मला श्रेष्ठकी माता धनकुमारी श्रेष्ठको चन्द्ररथारोहणको सुखद अवसरमा शब्दयात्रा प्रकाशनले उहाँको शताधिक सक्रिय जीवनका लागि शुभकामना अर्पण गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको नेतृत्वमा जग्गादाता कृष्णमणि कुइँकेल, गीतिभास्कर मच्छेश्वर सापकोटा, आजीवन सदस्य डा. इन्दुल केसी, पं. रमेश अधिकारी र केदारनाथ तिमल्सिना, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार दामोदर घिमिरे र कवि सोमकाजी शाक्यले समारोहमा उपस्थित भई खादा र शुभकामनापत्र अर्पण गर्नुभएको थियो ।

शब्दयात्रालाई पुस्तक प्रदान

0

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. भोला थापाले विभिन्न विधाका १ सय २० थान पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू उहाँले संस्थाका अध्यक्ष हरि मञ्जुश्रीमार्फत पुस्तकालयलाई प्रदान गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएकोमा प्रा. डा. भोला थापाप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।

शब्दयात्रालाई फ्रेम उपहार

0

शब्दयात्रा प्रकाशनलाई आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायले कलात्मक बुट्टा भएका काठका पाँचवटा र अन्य पाँचवटा गरी जम्मा दस थान फ्रेम उपहार प्रदान गर्नुभएको छ । उहाँले ती फ्रेमहरू हरि मञ्जुश्रीमार्फत हस्तान्तरण गर्नुभएको हो ।
संस्थाका लागि आवश्यक परिरहने फ्रेमहरू प्रदान गर्नुभएकोमा आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।

‘अरूका आँखामा डा. इन्दुल’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ३ औँ शृङ्खलामा ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित पुस्तिका ‘अरूका आँखामा डा. इन्दुल’ लाई सार्वजनिक गरायो । प्रमुख अतिथिका रूपबाट महात्मा सुशीलले उक्त पुस्तिकालाई सार्वजनिक गर्नुभएको थियो ।
गत २०७६ साल मङ्सिर २४ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र स्वागत भाषण शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले तथा उद्घोषण पुस्तिकाका सङ्कलक ज्यो. पं. रमेश अधिकारीले गर्नुभएको थियो । सार्वजनिक गरिएको कृतिका नायक डा. इन्दुल केसीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महात्मा सुशीलले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘पाशुपत योग’ नामक पुस्तक प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, शिक्षासेवी चन्द्रबहादुर खड्का, कवि केदारनाथ तिमल्सिना, कवि पदम दाहाल, गायिका सरस्वती सापकोटा, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी, नवराज पराजुली, तारा अधिकारी आदिको उपस्थिति रहेको थियो ।

शब्दयात्राले छन्द सिकाउने

0

शब्दयात्रा प्रकाशनले निकट भविष्यमा नै छन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । नेपाली साहित्यमा प्रचलित छन्दहरूमा सजिलैसँग कसरी कविता लेख्न सकिन्छ भनेर त्यस शिविरमा सिकाइनेछ । शिविरमा छन्दका साथसाथै नेपाली भाषा–व्याकरणको ज्ञान पनि दिइनेछ ।
छन्दोबद्ध कविता लेख्न चाहने र नेपाली भाषा शुद्ध रूपमा लेख्न चाहने व्यक्तिहरूले शिविरमा सहभागी बन्नका लागि आफ्नो नाम टिपाइदिन शब्दयात्रा प्रकाशनले सबैमा आग्रह गरेको छ ।

‘शब्दसंवाद’ मा साप्ताहिक पत्रिका

0

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अर्को शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालका साप्ताहिक पत्रिकाहरूको स्थितिका विषयमा विचार–विमर्श गरिएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखक दामोदर घिमिरे, कवि पदम दाहाल, ज्यो. पं. रमेश अधिकारी, व्यवस्थापक सङ्गीता केसी, लेखक तथा प्राकृतिक डा. इन्दुल केसी, शिक्षासेवी चन्द्रबहादुर खड्का, कवि केदारनाथ तिमल्सिना, व्यवस्थापनविद् श्री शर्मा मूर्ख आदिको सहभागिता रहेको थियो ।