Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivities‘अरूका आँखामा डा. इन्दुल’ सार्वजनिक

‘अरूका आँखामा डा. इन्दुल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ३ औँ शृङ्खलामा ज्यो. पं. रमेश अधिकारीद्वारा सङ्कलित पुस्तिका ‘अरूका आँखामा डा. इन्दुल’ लाई सार्वजनिक गरायो । प्रमुख अतिथिका रूपबाट महात्मा सुशीलले उक्त पुस्तिकालाई सार्वजनिक गर्नुभएको थियो ।
गत २०७६ साल मङ्सिर २४ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र स्वागत भाषण शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले तथा उद्घोषण पुस्तिकाका सङ्कलक ज्यो. पं. रमेश अधिकारीले गर्नुभएको थियो । सार्वजनिक गरिएको कृतिका नायक डा. इन्दुल केसीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महात्मा सुशीलले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘पाशुपत योग’ नामक पुस्तक प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा, शिक्षासेवी चन्द्रबहादुर खड्का, कवि केदारनाथ तिमल्सिना, कवि पदम दाहाल, गायिका सरस्वती सापकोटा, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी, नवराज पराजुली, तारा अधिकारी आदिको उपस्थिति रहेको थियो ।