शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ का आर्थिक व्यवस्थापक निर्मला श्रेष्ठकी माता धनकुमारी श्रेष्ठको चन्द्ररथारोहणको सुखद अवसरमा शब्दयात्रा प्रकाशनले उहाँको शताधिक सक्रिय जीवनका लागि शुभकामना अर्पण गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको नेतृत्वमा जग्गादाता कृष्णमणि कुइँकेल, गीतिभास्कर मच्छेश्वर सापकोटा, आजीवन सदस्य डा. इन्दुल केसी, पं. रमेश अधिकारी र केदारनाथ तिमल्सिना, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का स्तम्भकार दामोदर घिमिरे र कवि सोमकाजी शाक्यले समारोहमा उपस्थित भई खादा र शुभकामनापत्र अर्पण गर्नुभएको थियो ।