शब्दयात्रा प्रकाशनबाट ‘पच्चीस कृति र कृतिकार’ पुस्तक प्रकाशन हुन लागेको छ । यस पुस्तकमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ३० कृतिमध्ये २५ कृति र तिनका कृतिकारको चिनारी गराइएको छ ।
शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घलेले सम्पादन गर्नुभएको यस पुस्तकलाई आगामी माघ महिनामा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिनेछ ।