शब्दयात्रा प्रकाशनको नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ४ औँ शृङ्लामा भारतबाट नेपालको सीमा मिचिएको विरोधमा कविहरूले आआफ्ना कविताहरू वाचन गरे ।
कवि पदम दाहालको सभापतित्वमा ज्यो. पं. रमेश अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्री, डा. इन्दुल केसी, शारदाप्रसाद शर्मा आदिले पनि कविता वाचन गर्नुभएको थियो ।