Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्राले नाउँ माग्यो

शब्दयात्राले नाउँ माग्यो

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण पठाउन सबैलाई आग्रह गरेको छ ।
आगामी पुस २५ गतेभित्र नाउँ र विवरणहरू शब्दयात्रा प्रकाशनलाई प्राप्त भइसक्नुपर्ने कुरा पनि जानकारी गराइएको छ ।
आगामी माघ महिनामा समालोचना, कविताकाव्य, बालसाहित्य, अनुसन्धान, महिला प्रतिभा र विज्ञान–प्रविधि विधाका सम्मानहरू समर्पण गरिनेछन् । यी सम्मानहरूबाट गत वर्ष डा. वासुदेव त्रिपाठी, कालिप्रसाद रिजाल, विश्वम्भर चञ्चल, डा. राजेश गौतम, वसुन्धरा भुसाल र प्रा. सुरेशराज चालिसे सम्मानित हुनुभएको थियो ।