Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राले नाउँ माग्यो

शब्दयात्राले नाउँ माग्यो

शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान कार्यक्रमअन्तर्गत आगामी माघ महिनामा समर्पण गरिने विभिन्न ६ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण पठाउन सबैलाई आग्रह गरेको छ ।
आगामी पुस २५ गतेभित्र नाउँ र विवरणहरू शब्दयात्रा प्रकाशनलाई प्राप्त भइसक्नुपर्ने कुरा पनि जानकारी गराइएको छ ।
आगामी माघ महिनामा समालोचना, कविताकाव्य, बालसाहित्य, अनुसन्धान, महिला प्रतिभा र विज्ञान–प्रविधि विधाका सम्मानहरू समर्पण गरिनेछन् । यी सम्मानहरूबाट गत वर्ष डा. वासुदेव त्रिपाठी, कालिप्रसाद रिजाल, विश्वम्भर चञ्चल, डा. राजेश गौतम, वसुन्धरा भुसाल र प्रा. सुरेशराज चालिसे सम्मानित हुनुभएको थियो ।