शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध रही शब्दको शुद्ध उच्चारण गर्नुपर्ने भाषिक नियमको पालना गर्दै वर्णमात्रिक र मात्रिक छन्दका सिर्जनालाई शास्त्रीय रागसँग समायोजन गरेर सुमधुर स्वरलहरीबाट गुञ्जायमान् पार्नुका साथै विभिन्न आधुनिक गीतहरूमा स्वर दिएर साङ्गीतिक समृद्धिका लागि चार दशकदेखि प्रयत्नरत रहनुभएकोमा...