Activities, Featured

राधाकृष्ण मन्दिरको अनावरण 

शब्दयात्रा प्रकाशनले बनेपाको शब्दसाधक तीर्थमा निर्माण गरेको राधाकृृष्ण मन्दिरलाई हिजो २०७९ साल मङ्सिर १८ गते आइतबार अनावरण गरिएको छ । मन्दिरको नामकरण गरी ‘अक्षराधीश मन्दिर (राधाकृष्ण देवालय)’ लेखिएको छ । मन्दिरसँग सम्बन्धित केही संरचनाहरूको निर्माणकार्य बाँकी छ, मन्दिर निर्माणमा सहयोग गर्ने भक्तजनको अभिलेख दुई पत्र…

Activities, Featured

‘समयको अन्तराल’ सार्वजनिक 

इलामका साहित्यिक प्रतिभा नरनारायण वत्सद्वारा लिखित दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ आज २०७९ साल मङ्सिर १८ गते आइतबार गीताजयन्तीका दिन शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकलाई आख्यानकार प्रजापति तिमिल्सिना, कवि पदम दाहाल र आध्यात्मिक लेखक ढुण्डिराज पोखरेलले संयुक्त…

Activities, Featured

पदमप्रसाद पौडेललाई सङ्खुवासभा प्रतिभा पुरस्कार 

शब्दयात्रा प्रकाशनले कलाकार पदमप्रसाद पौडेललाई ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम…

Activities, Featured

ओतबहादुर खड्कालाई काभ्रेपलान्चोक प्रतिभा पुरस्कार 

शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक ओतबहाद्ुर खड्कालाई ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार…

Activities

कृष्ण जोशीको निधन 

शब्दयात्रा प्रकाशनका शुभेच्छुक, ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा सम्मान’ का आर्थिक व्यवस्थापक, शब्दयात्रा प्रकाशनद्वारा संस्थापित कविता–काव्य सम्मानबाट २०७२ सालमा सम्मानित साहित्यकार एवं पूर्वप्रशासक कृष्ण जोशीले ८३ वर्षको उमेरमा यो धराधाम त्याग्नुभएको समाचारले शब्दयात्रा प्रकाशन परिवारलाई अत्यन्त दुःखित बनाएको छ । उहाँको निधन राष्ट्रको ठूलो क्षति…

Activities

सुमन खड्कालाई पितृशोक 

शब्दयात्रा प्रकाशनले आफ्ना शुभचिन्तक प्रेमबहादुर खड्कालाई हिजो गुमाएको छ । उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सुमन खड्काका पिता हुनुभएकाले शब्दयात्रा प्रकाशनसँग निकट हुनुहुन्थ्यो । आफ्ना सहयात्री सुमन खड्कालाई परेको पितृशोकबाट शब्दयात्रा प्रकाशन परिवार व्यथित बनेको छ । प्रेमबहादुर खड्काको आत्माले मोक्षप्राप्ति गरोस् भन्ने कामना गर्दै…

Activities

‘शिरोवर्ती भरत जङ्गम’ छापिँदै 

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिरोवर्ती भरत जङ्गम’ नामक समालोचनात्मक पुस्तक प्रकाशन गर्न लागिएको छ । यस पुस्तकका लेखक प्रजापति तिमिल्सिना हुनुहुन्छ । पुस्तक करिब ५ सय ६० पृष्ठको हुनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय ९१ औँ पुस्तक हो । हरि मञ्जुश्रीद्वारा सम्पादित ‘कालजयी व्यक्तित्व…

Activities

पञ्चपितृहरूको स्थान परिवर्तन 

यही २०७९ साल मङ्सिर २ गतेदेखि शब्दसाधक तीर्थमा रहेका पञ्चपितृहरूको स्थान परिवर्तन गराइएको छ । शब्दसाधक तीर्थमा नेपालभित्रका पर्यटकहरूको सङ्ख्या बढ्दै गएको र त्यहाँ रहेका पञ्चपितृहरूको साथमा उभिएर तस्बिर खिच्न ठाउँको अभाव भएको गुनासो धेरैजना पर्यटकहरूबाट आएको हुनाले उहाँहरूको सुविधालाई विचार गरी शब्दसाधकहरूको सालिकको स्थान…

Activities

पुस्तकालयलाई उपहार 

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि लेखक द्रोणप्रसाद श्रेष्ठले इन्द्रबहादुर राईद्वारा लिखित ‘नेपाली उपन्यासका आधारहरू’ र कथाकार गायत्रीकुमार चापागाईंले विधान आचार्यद्वारा सम्पादित ‘समालोचनाको कसीमा समकालीन नेपाली लघुकथा’, आख्यानकार भरत जङ्गमले चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ तथा फोटो पत्रकार प्रशान्त श्रेष्ठले ‘पनौती पास्ट — प्रेजेन्ट…

Activities, Featured

अर्को अक्षयकोषको घोषणा 

काभ्रेपलान्चोक जिल्लाका समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिने घोषणा गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको कार्यक्रममा सभापतिका रूपमा मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो । उहाँका अनुसार काभ्रेपलान्चोक जिल्लाका क्षमतावान् व्यक्तिहरूमध्ये सङ्घर्षशील रहेर उद्यमी बनेका, उद्यमीकै…

Activities

बीस हजार रुपियाँ शब्दयात्रा पुस्तकालयलाई 

आफ्नी आमा मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै भोजपुर घर भई हाल अमेरिकामा बसोवास गर्ने समुन्नत श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २० हजार रुपियाँ पठाइदिनुभएको छ । उहाँले अनुसन्धानात्मक पुस्तकहरू किन्नका लागि पठाउनुभएको उक्त रकम उहाँका पिता द्रोणप्रसाद श्रेष्ठबाट शब्दयात्रा प्रकाशनले प्राप्त…

Activities

शारदाप्रसाद शर्मा पनि आजीवन सदस्य 

शब्दयात्रा प्रकाशनले व्यङ्ग्यकवि शारदाप्रसाद शर्मालाई आजीवन सदस्यता प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ । शारदाप्रसाद शर्मासमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४१ पुगेको छ ।

Load more
Shabdayatra Prakashan @ 2022