Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesलोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध रही शब्दको शुद्ध उच्चारण गर्नुपर्ने भाषिक नियमको पालना गर्दै वर्णमात्रिक र मात्रिक छन्दका सिर्जनालाई शास्त्रीय रागसँग समायोजन गरेर सुमधुर स्वरलहरीबाट गुञ्जायमान् पार्नुका साथै विभिन्न आधुनिक गीतहरूमा स्वर दिएर साङ्गीतिक समृद्धिका लागि चार दशकदेखि प्रयत्नरत रहनुभएकोमा उहाँलाई सम्मान समर्पण गर्न लागिएको हो । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) ले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर छन्दगायिका लोचन भट्टराईले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — नेपाली भाषाको गीत पहिलोपटक स्वराङ्कन गर्ने गायिका तथा सङ्गीतकार मेलवादेवी गुरुङको निधन इन्डियाको कलकत्तामा २०१२ सालमा भएको थियो । ‘ठुमरीकी रानी’ उपाधि पाएकी मेलवादेवी गुरुङको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको छ भने यस सम्मानका कोष व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठले लेख्नुभएको ‘ठुमरीकी रानी’ पुस्तक शब्दयात्रा प्रकाशनले नै प्रकाशन गरेको छ ।