Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivities‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर कर्माचार्य र जयराम श्रेष्ठले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमाथि पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले टिप्पणी गर्नुभएको थियो । पुस्तकका विषयमा कृतिकारले पनि मन्तव्य राख्नुभएको थियो ।

यस पुस्तकमा सनातन वैदिक धर्मसँग सम्बन्धित पुरातात्त्विक तथा ऐतिहासिक वस्तुहरू विश्वका कुन–कुन देशका कुन–कुन ठाउँमा भेटिए भन्ने कुराको जानकारी त्यस वस्तुको तस्बिरसहित दिइएको छ । यो विषय यसले पत्ता लगाएको भनेर हालसम्म लेखिँदै र पढाइँदै आएका कतिपय विषयहरू तिनको सट्टा अर्कैले पत्ता लगाएको रहेछ भन्ने कुराको तथ्य प्रमाणसहित प्रस्तुत गरिएको छ । अचेल अन्य धर्मावलम्बी बनेका कतिपय देशहरू पहिले सनातन वैदिक धर्मावलम्बी थिए भन्ने कुराको प्रमाण पनि प्रस्तुत गरिएको छ ।