आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ । गत वर्ष पनि उहाँले एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको थियो भने आगामी वर्ष पनि एक लाख रुपियाँको चेक प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यही २०८३ असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा उहाँले प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । आगामी माघ महिनामा समर्पण गरिने ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ का लागि थप ३० हजार रुपियाँ पनि शङ्करप्रसाद मानन्धरले त्यसै बखत उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष माघ महिनामा २५ हजार रुपियाँसहित ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ समर्पण गर्दै आएको छ ।


