0
    4444

    २०७५ जेठ १५ गते मङ्गलबारको अङ्कमा प्रकाशित प्रमुख सामग्रीहरू

    अबदेखि ‘त एमाले’ र ‘त माओवादी’
    — कृष्णविनोद शर्मा

    केपी ओली सरकार गठन भएको एक सय दिन पूरा भयो । नेपालमा हरेक सरकारको एक सय दिनपछि प्रारम्भिक मूल्याङ्कन गर्ने गरिएको छ । यो सरकार पाँच वर्षको दिगो सरकार भएकाले एक सय दिन खासै समय होइन । तर पनि ‘मर्निङ सोज द डे’ को सिद्धान्तअनुसार सरकारको गति मापन नगरी ‘ट्रेक’ को पहिचान त हुन्छ नै ! हालसम्मको सरकारको कामगराइबाट पूर्ववर्ती सरकारहरूको भन्दा गतिलो सरकार भएको छनक दिन सफल भएकाले देखियो । यदि आगामी दिनहरूमा भ्रष्टाचार, लघुताभास र अधिनायकवादबाट मुक्त जलले बिरुवा सिञ्चित हुँदै गएछ भने यो सरकार पाँच वर्ष टिक्ने पहिलो सरकार हुन सक्छ नेपालको इतिहासमा । त्यसका लागि पनि लेखक र बुद्धिजीवीहरूले निरन्तर सरकारको समीक्षा र आलोचना गरिरहनुपर्ने हुन्छ । प्रतिपक्षले त गर्ला नै !
    सरकारको एक सय दिनको समीक्षा गर्नुपर्दा प्रथमतः यो सरकार गठन हुँदा नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकार थियो भने एक सय दिनभित्रै यो सरकार नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) को झन्डै दुई तिहाइ बहुमतको एकमना सरकारमा रूपान्तरण भएको छ । त्यो नै सरकारको महàवपूर्ण उपलब्धि र उल्लेख्य पक्ष हो समग्र राष्ट्रिय राजनीतिको । नेपालको राजनीतिमा उहिले पञ्चायती कालखण्डमा देशका मूल धारका राजनीतिक पार्टीहरूलाई सम्बोधन गर्दा ‘प्र’ उपसर्ग लगाएर सम्बोधन गरिन्थ्यो — ‘प्रतिबन्धित नेपाली काङ्ग्रेस’ र ‘प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी’ भने । अब दुई ठूला कम्युनिस्ट पार्टीहरूलाई ‘त’ उपसर्ग लगाएर ‘त एमाले’ र ‘त माओवादी केन्द्र’ अर्थात् तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र भन्नुपर्ने भयो ।
    सरकारको एक सय दिनको समीक्षाको अर्काे उल्लेख गर्न लायक कुरा के पनि भएछ भने यो सरकारले एक सय दिनभित्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पायो । तर त्यो नीति तथा कार्यक्रम आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम हुनुपर्नेमा २०७५÷७६ देखि २०८०÷८१ सम्मको पञ्चवर्षीय नीति तथा कार्यक्रमका रूपमा आएको छ । अब शङ्का उत्पन्न हुन्छ — के अब यो सरकारले बजेटमा पनि वार्षिक बजेटका साथसाथै पञ्चवर्षीय बजेट पनि पेस गर्दछ त ?
    यो सरकार स्थायी सरकार हो, पाँचै वर्ष टिक्छ भन्ने देखाउन त्यसो गरिएको जस्तो लाग्छ । तर उही पुराना दल, उही इतिहासमा असफल भइसकेका शीर्ष नेताहरू, उही छिमेकी राष्ट्रहरू, पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर रवैया र इतिहासमा कुनै पनि स्पष्ट बहुमतको एकमना सरकार पूर्ण कार्यकाल टिक्न नसकेको कटु इतिहासका बीच यो सरकारचाहिँ टिक्छ नै भन्ने ठोस आधारहरूचाहिँ प्रस्तुत भएको पाइएन । बरू केही विरोधाभासहरू देखिए । जस्तो कि पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने, पूर्व–पश्चिम रेलमार्ग, जलमार्ग, पाँच हजार मेगावाट विद्युत उत्पादन, प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल आदि लक्ष्य राख्ने सरकार स्वयंले एक महिनाअघि अर्थमन्त्री युवराज खतिवडाद्वारा जारी गरिएको आर्थिक श्वेतपत्रमा भनेको छ — अर्थतन्त्र जर्जर छ, ढुकुटी रित्तो छ, सङ्घीय संरचनासहित सञ्चालन खर्च धान्न पनि गाह«ो छ । भनेपछि यहाँ गम्भीर प्रश्न उठ्छ — यो सरकारले के गरेर त्यो लक्ष्य हासिल गर्छ त ? डलर र युरोको खेती गर्छ कि ? युआनको खेती गर्छ कि ? वा कुनै राष्ट्रिय निधि नदीनालाहरू बेच्छ त ? यसको पनि स्पष्ट खाका प्रस्तुत गरिनु जरुरी देखिन्छ । सरकारको नीति तथा कार्यक्रम राजनीतिक दलविशेषको चुनावी घोषणापत्रजस्तो हुनु हुँदैन । यथार्थपरक, मेनुपुलेट नगरिएका तथ्याङ्कहरूमा आधारित, विश्वसनीय, धरातलसापेक्ष हुनुपर्छ ।
    साथै, सरकारको एक सय दिनको समीक्षा गर्दा अर्काे एउटा पक्षलाई पनि बिर्सन मिल्दैन । सरकार गठन गर्दा मधेसवादी पार्टीहरू राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवको फोरमसमेतलाई सरकारमा सहभागी गराउने भनिएकोमा एक सय दिनमा उनीहरूलाई सहभागी गराउनुको सट्टा उनीहरूको सरकार — प्रदेश नं. २ को राउत सरकार — लाई दिइएको समर्थन फिर्ता लिनुपर्ने स्थितिमा पुगे सत्ताधारी दल । यसबाट यी दलका भनाइ, नीति तथा कार्यक्रममा पनि कति विश्वास गर्ने भन्ने यक्ष प्रश्न खडा भएको छ ।

    सङ्घीयताको आभास भएन
    — भार्गव उपाध्याय

    झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमको सत्तापक्षबाट ‘न भूतो न भविष्यति’ भनेर मुक्तकण्ठले प्रशंसा गरिएको छ भने प्रतिपक्षी दलहरूबाट चुनावी घोषणापत्र, राम्रो निबन्ध, ठोस कार्यक्रमविनाको नीति आदि विशेषणहरूद्वारा टिप्पणी र कटाक्ष गरिएको छ ।
    विश्व राजनीतिमा कम्युनिस्ट अधिनायकवाद, सर्वसत्तावाद, एकदलीय तानाशाही प्रवृत्ति आदिबाट परिचित नेपाली काङ्ग्रेसबाट यस्तो टिप्पणी र कटाक्ष हुनु अस्वाभाविक होइन । यो सामान्य प्रतिपक्षीय कर्मकाण्ड पनि हो । तर समीक्षालायक केही गम्भीर कुराहरू छन्, जुन आपत्तिजनक र झस्कने खालका छन् ।
    तीमध्येको एक प्रसङ्ग । सरकारले सिन्डिकेट र माफिया प्रवृत्तिको विरोधमा आफू उत्रिएको देखायो । यातायात सिन्डिकेटलाई भत्काएर आफ्नो दह«ो इच्छाशक्तिको परिचय पनि दियो सरकारले । सबैतिरबाट सरकारले स्याबासी पनि पायो । तर त्यही सरकारले विधिको शासन, सर्वाेच्च न्यायालयको फैसला विपरीत गणतन्त्र दिवसको बहानामा अदालतबाट गम्भीर फौजदारी अभियोगमा दोषी ठहर गरिएका माओवादी कार्यकर्ता बालकृष्ण ढुङ्गेललाई आममाफी दिने सिफारिस गरेको कुरा पनि छापामा आयो । त्यसले के देखाउँछ भने यो सरकार आफूबाहेक आफ्नो संलग्नता नभएका सिन्डिकेट र माफियातन्त्र विरुद्ध मात्र कटिबद्ध छ, तर दलीय सिन्डिकेट र राजनीतिक माफियातन्त्र भने यथावत नै रहने सन्देश दिएको छ ।
    अर्काे कुरा, नेपाली काङ्ग्रेसका सभापति र प्रतिपक्षीय दलका नेता शेरबहादुर देउवाले संसदमै भने — यो सरकार सङ्घीयतालाई निस्प्रभावी बनाउन चाहन्छ, जुन काङ्ग्रेसका लागि स्वीकार्य छैन । शेरबहादुर देउवाको त्यो अभिव्यक्तिलाई अनुमोदन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि उनकै अभिमतलाई समर्थन गरे । नेपालमा सङ्घीयताका लागि पटक–पटक आन्दोलन गर्ने मधेसवादी दलहरूको एक मात्र सरकारलाई दिएको समर्थन फिर्ता आदिबाट प्रश्न उब्जेको छ — यो झन्डै दुई तिहाइको सरकार के सङ्घीयताप्रति प्रतिबद्ध छैन त ? सङ्घीयताको कार्यान्वयनमा साँच्चै नै पूर्ण प्रतिबद्ध हुँदो हो त सरकारको नीति तथा कार्यक्रम परम्परागत पञ्चायती शैलीको केन्द्रीकृत नीति तथा कार्यक्रमका रूपमा आउने थिएन । नवगठित प्रदेशहरूको हालसम्म नामकरण नहुनु, स्थायी राजधानी नतोकिनु, महानगर र उपमहानगरको भन्दा कम रकमको प्रदेश सरकारको बजेट बन्ने चर्चा चल्नु आदिबाट ६ वटा प्रदेश सरकारको समेत नेतृत्व गर्ने वर्तमान एकीकृत कम्युनिस्ट पार्टीको सरकारको प्रतिबद्धतामा गम्भीर शङ्का भने उत्पन्न भएको छ ।
    हुन पनि हो, व्यवहारमा देश साँच्चिकै सङ्घीयतामा गएको अनुभूति हुन सकेकै छैन । दैनिक छापाहरूमा प्रदेशका मुख्यमन्त्रीका र मन्त्रीहरूका भाषण, प्रदेश कानुनहरूको निर्माणबाहेक सङ्घीयताको फलको स्वाद कस्तो हुन्छ भनेर चाख्नै पाइएको छैन । अझै पनि समग्र नेपालको प्रतिनिधित्व प्राचीन नेपाल काठमाडौँले नै गरेको छ । झन्डै दुई दशकपछि स्थानीय निकायको निर्वाचन भएको एक वर्ष बितिसक्ता पनि केन्द्रीकृत नेपालका स्थानीय सरकारजति पनि क्रियाशील र सक्रिय देखिएनन् स्थानीय निकायहरू । प्रायः अधिकांश स्थानीय निकायमा एकीकृत कम्युनिस्ट पार्टी (एमाले र माओवादी केन्द्र) कै बहुमत छ । सात प्रदेशमध्ये ६ प्रदेशमा उनीहरूकै सरकार छ । अनि केन्द्रीय सरकारमा झन्डै दुई तिहाइ बहुमत छ । सरकारको दुवै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध सुमधुर छ । प्राकृतिक प्रकोप आदि आएको छैन । प्रतिपक्षीय पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा छ । बन्द–हडताल आदि भएका छैनन् । तर पनि किन देश सङ्घीयतामा गएको आभास भइरहेको छैन त ?
    सङ्घीयता र गणतन्त्र एक–अर्काका पूरक हुन । एकको अर्काेसँग घाँटी जोडिएको छ । सङ्घीयताको सफल कार्यान्वयन हुन सकेन भने गणतन्त्रको भविष्य पनि सुरक्षित हुनेवाला छैन ।

    ऋतम्भरा कि सोफिया ?
    — मुकुन्दप्रसाद उपाध्याय

    ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल ।
    सिर्जनाशक्ति कहिल्यै पनि हुँदैन विफल ।।
    राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो चर्चित पङ्क्तिको ज्वलन्त उदाहरण पनि स्वयं राष्ट्रकवि माधवप्रसाद घिमिरे नै भएका छन् । राष्ट्रकवि माधव घिमिरे स्वयंकै सिर्जनाशक्तिले ढुङ्गाको कापभन्दा कठोर ‘काल’ लाई परास्त गर्न सक्यो यसपालि । उनान्सय वर्षको वयोबृद्ध उमेरमा पनि राष्ट्रकवि माधव घिमिरेको सिर्जनाशक्ति यति प्रबल रहेछ कि उनी आफू उपचार गर्ने क्रममा दक्षिणतिर लागे र त्यतैबाट अझ दक्षिणतिरै फर्काइदिए यमदूतहरूलाई । अब आशा गरौँ — नेपाली वाङ्मयले चिरप्रतीक्षित ‘ऋतम्भरा’ महाकाव्य पाउने भयो । राष्ट्रकवि माधव घिमिरेको त्यो अधुरो सपना पनि साकार हुने भयो ।
    राष्ट्रकवि माधव घिमिरेको त्यो ‘ऋतम्भरा’ महाकाव्यले एउटा नयाँ कीर्तिमान् कायम गर्नेछ विश्वसाहित्यमा नै । उनान्सय वर्षको उमेरमा महाकाव्य लेख्ने व्यक्ति विश्वसाहित्यमा राष्ट्रकवि माधव घिमिरे नै पहिलो स्रष्टा हुनेछन् । ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा समेत यो दर्ज हुनेछ । आम साहित्यानुरागी नेपालीहरूका तर्फबाट राष्ट्रकवि माधव घिमिरेको शीघ्र सुस्वास्थ्यलाभका लागि हार्दिक कामना छ ।
    नेपालमा भीभीआईपीहरूको स्वास्थ्योपचार सरकारले गर्दा स्वदेशमा गर्ने कि विदेशमा गर्ने भन्ने विवादका बीच राष्ट्रकविको उपचारमा पनि केही अन्योल छाएको थियो । दुई हप्तादेखि आन्तरिक रक्तश्रावले थलिएका राष्ट्रकविलाई ग्रान्डी अस्पतालमा उपचार गरियो । क्याप्सुल इन्डोस्कोपी प्रविधिबाट थप उपचार गर्ने चिकित्सकहरूको रायमा सरकारले उनलाई दिल्ली पठायो । दिल्ली पठाएपछि नर्भिक अस्पतालले उक्त क्याप्सुल इन्डोस्कोपी गर्ने यन्त्र उनीहरूकै अस्पतालमा थियो, विदेश पठाउनु हुँदैनथ्यो भन्ने विज्ञप्ती नै निकाल्यो । नाफा कमाउने उद्देश्यले खोलिएका उद्योग–अस्पतालको प्रतिस्पद्र्धाले झन्डै राष्ट्रकविको स्वास्थ्यमा लापर्वाही भएको ! सरकारले मेदान्त अस्पतालमा पठाएर राम्रो काम ग¥यो । नेपाली वाङ्मयले ‘ऋतम्भरा’ महाकाव्य पाउने सम्भावनालाई जीवित राख्यो । यस्ता जीवित राष्ट्रिय विभूतिहरूको स्वास्थ्योपचारमा विलम्बता र कन्जुस्याइँ गर्नु हुँदैनथ्यो । सरकारले राम्रो निर्णय लियो ।
    राष्ट्रकविकै विचारमा अहिलेको एक्काइसौँ शताब्दीको विश्व दुईथरि आतङ्कहरूबाट ग्रसित छ । पहिलो हो अणु आतङ्क, जसमाथि राष्ट्रकविले ‘अश्वत्थामा’ लेखे भने दोस्रो आतङ्क प्रविधिमुखी समाज हो । त्यसमाथि लेख्न थालिएको महाकाव्य हो ‘ऋतम्भरा’ । अहिलेको सूचना–प्रविधिको चरमोत्कर्षमा आएको कृत्रिम बौद्धिकताले हाम्रो सभ्यता र सामाजिक संरचना, मूल्य–मान्यताहरू नै भताभुङ्ग हुने त होइनन् भन्ने कुरामा विश्वका शक्तिराष्ट्रहरूसमेत सचेत र केही हदसम्म चिन्तित रहेको सन्दर्भमा राष्ट्रकविको ‘ऋतम्भरा’ महाकाव्य एउटा महàवपूर्ण काव्यसृजना हुनेछ । विज्ञान–प्रविधिको विकासको जगमा पछिल्लो दशकमा भएको सूचना–प्रविधिको अकल्पनीय विकासको प्रतिनिधि पात्र हो रोबोट महिला सोफिया, जसलाई नेपालमा पनि ल्याइएको थियो । ‘सोफियालाई नेपालमा ल्याइएको थियो’ यो वाक्य र ‘सोफिया नेपाल आएकी थिइन्’ वाक्यका बीच धेरै फरक छ । सूचना–प्रविधिको यसरी नै विकास हुँदै गएर यी दुई वाक्यबीच फरक नै हुँदैन कि भन्ने चिन्ता व्याप्त छ अहिले विश्वमा नै । चिन्ताको कुरोचाहिँ के हो भने भविष्यमा उत्पादन हुने सोफियाजस्ता यन्त्रमानवहरूमध्ये कुनै यन्त्रमानव भस्मासुर भइदियो भने मानव–सभ्यताको विनाश हुनबाट रोक्न कुनै विष्णु भगवान् आउँछन् त भन्ने हो ।
    यदि साँच्चै त्यस्तो भयो भने मानव–सभ्यताको इतिहासले कुन दिशा लेला त ? राष्ट्रकवि माधव घिमिरेजस्तै पाश्चात्य कविहरू धेरै नै चिन्तित छन् यस विषयमा । पाश्चात्य कविहरूले यस विषयमा महाकाव्य लेखे भने त्यसको नाम ‘सोफिया’ महाकाव्य हुन सक्छ । अनि त्यो महाकाव्यलाई पश्चिमको ‘ऋतम्भरा’ महाकाव्य भनिएला ।

    नेपालले पाठ सिकोस्
    — डा. शङ्कर शर्मा

    नेपालजस्तै तीन तहका सरकार भएका देशको व्यवस्थापन अनुभव तथा चुनौतीबाट नेपालले पाठ सिक्न सक्छ ।
    अर्जेन्टिनामा तेस्रो तह अर्थात् नगरपालिकालाई कम स्वायत्तता दिइएको छ । प्रदेश र नगरपालिकाबीच राम्रो कार्यविभाजन छैन । उत्तरदायित्व स्पष्ट नभई विभाजन हुँदा राष्ट्रिय कार्यक्रम र नीतिको कार्यान्वयनमा चुनौती देखिएका छन् । सामाजिक क्षेत्रका अधिकांश कार्यक्रम सङ्घको कार्यक्षेत्रमा पर्छन् । यी कार्यक्रम कार्यान्वयन प्रदेशको निर्देशन र निगरानीमा नगरपालिकाले गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थामा प्रदेशले समय–समयमा बजेट रोक्ने वा कार्यक्रम स्वीकृत नगरी नगरपालिकाको काममा बाधा पु¥याउँछन् । केन्द्र र नगरपालिकामा एउटै पार्टीको वर्चस्व भए पनि प्रदेशलाई अनावश्यक अधिकार दिँदा राष्ट्रिय कार्यक्रम कार्यान्वयन नहुन सक्छ । नगरपालिकाले राष्ट्रिय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरे पनि त्यसको जस पूर्णरूपले मेयरले नपाउन सक्छ । यसर्थ प्रदेशलाई बढी अधिकार दिँदा नगरपालिकामा कार्यक्रम लागू गर्ने जाँगर हुँदैन ।
    ब्राजिलको सङ्घीय संरचनामा प्रदेश सरकारभन्दा नगरपालिका धेरै शक्तिशाली हुन्छन् । प्रदेश र केन्द्र सरकारका निर्णय स्थानीय तहमा कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषय भने नगरपालिकाकै अधीनमा हुन्छ । ब्राजिलमा सङ्घ र नगरपालिकाबीच सोझो सम्बन्ध हुँदा राष्ट्रिय कार्यक्रम लागू गर्न भने सजिलो छ । अर्जेन्टिनामा जस्तो प्रदेशले हस्तक्षेप गर्ने अधिकार नहुँदा नगरपालिकाले निर्धक्क काम गर्न पाउँछन् । यस अतिरिक्त अधिकांश समय सङ्घीय सरकार धेरै पार्टीको संयुक्त सरकार हुन्छ । यसो हुँदा पार्टीगत नीति कमजोर हुन्छन् र यसको असर कार्यान्वयनमा नगन्य हुन्छ । पार्टीहरू कमजोर हुँदा नगरपालिका तहका नेता आफूमा प्रत्यायोजित अधिकारका कारण सबल ठहरिन्छन् । उनीहरूमा राष्ट्रिय कार्यक्रम प्रभावकारी कार्यान्वयन गरे राजनीतिको खुड्किलो चढ्न सकिने अनुभूति हुन्छ । यही अभिप्रायले नीतिहरू कार्यान्वयन गर्न प्रोत्साहित हुन्छन् । समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने अभिप्रायले ब्राजिलमा वित्तीय अनुशासन कडा बनाइएको छ । नगरपालिकाको खर्चले बजेट घाटा वृद्धि हुने परिस्थिति उत्पन्न भए यस्तो खर्च खारेज गर्नुपर्ने हुन्छ । बजेट व्यवस्थापन बढी अनुशासित भएकाले नगरपालिकाले विकासका लागि केन्द्र सरकारबाट पाउने रकममा आफूले पाउने अंश वृद्धि गराउन वा आफ्नो क्षेत्रबाट संकलित राजस्व वृद्धि गर्न सक्नुपर्छ । नत्र केन्ख्रीय कार्यक्रम बढी आकर्षित गरी सफल कार्यान्वयन गर्नुपर्ने हुन्छ । आफ्नो नेतृत्व सुदृढ गर्न पनि मेयरहरू केन्द्रीय कार्यक्रम बढी ल्याएर त्यसको सफल कार्यान्वयन गर्न गम्भीर भएको देखिन्छ ।
    दक्षिण अफ्रिकामा स्थानीय तहलाई प्रत्यायोजित संवैधानिक अधिकार प्रदेश सरकारलाई दिइएको भन्दा बढी छ । सबै स्थानीय सरकार अर्थात् नगरपालिकामा दिइएको अधिकार समान भए पनि तिनको आकार, राजस्वको स्रोत र विकासको स्तर फरक छ । यही कारण उनीहरू आफ्नो राजनीतिक र आर्थिक अधिकार कार्यान्वयन गर्ने पक्षमा समान छैनन् । कम स्रोत र क्षमता भएका स्थानीय सरकारलाई अधिकार प्रयोग गर्न गाह्रो छ । उनीहरूले राजनीतिक रूपमा पाएको स्वायत्तता पनि उपयोग गर्न पाएका छैनन् । संविधानले दिएको अधिकारका कारण सङ्घीय सरकारले गरेका निर्णयले कहिलेकाहीँ नगरपालिकालाई समस्यामा पारेको देखिन्छ । उदाहरणका लागि सन् २००० को चुनावपछि केन्द्रीय सरकारले खानेपानी र विद्युतमा अनुदान दिने घोषणा ग¥यो । यसको कार्यान्वयन गर्न नगरपालिकाहरूलाई केन्द्रले ठूलो परिमाणमा अनुदान उपलब्ध गरायो । नगरपालिकाले पनि यसका लागि अनुदान उपलब्ध गराउनुपर्ने निर्णय ग¥यो । यसले गर्दा नगरपालिकामा वित्तीय समायोजन गर्नुपर्ने आवश्यकता प¥यो र अरू विकासका कार्यक्रम कटौती गर्नुपर्ने बाध्यता आइप¥यो । साझा अधिकार प्रयोगमा पनि कहिलेकाहीँ समस्या देखिएको छ । दक्षिण अफ्रिकामा आवास सङ्घ र प्रदेशको साझा अधिकारभित्र पर्छ । कार्यान्वयनको जिम्मेवारी भने नगरपालिकालाई दिइएको छ । तर नगरपालिकामा आवाससँग सम्बन्धित वित्तीय र नीतिगत निर्णय लिने अधिकार छैन । यस्तो अवस्थामा आवाससँग सम्बन्धित कार्यान्वयन नगरपालिका र प्रादेशिक सरकार भिन्न पार्टीको हुँदा बेबारिसे भएको पाइएको छ । अधिकार धेरै प्राप्त भए पनि दक्षिण अफ्रिकामा विभिन्न तहका प्राविधिक र प्रशासनिक कर्मचारीको क्षमता कमजोर छ । यही कारण नगरपालिकाको कार्यान्वयन क्षमता कमजोर देखिएको छ । यस अतिरिक्त कर्मचारी नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनु र यससम्बन्धी व्यवस्था प्रतिस्पर्धी तथा पारदर्शी छैन । यसले कर्मचारीको क्षमतामा निकै ह्रास देखिएको छ । विकेन्द्रीकृत अधिकार जिम्मेवारीपूर्वक पूरा गर्न कर्मचारीको क्षमता ठुलै तगारोको रूपमा देखिएको छ । अधिकार विकेन्द्रीकरणसँगै निर्वाचित वा मनोनीत नेता तथा पदाधिकारीलाई प्रभावकारी संयन्त्र निर्माण गरी जिम्मेवार बनाउन सक्नुपर्छ । भ्रष्टाचार नियन्त्रण र कानुनअनुसार काम गर्न प्रोत्साहित गर्न सकिएन भने विकास निर्माण र जनतालाई सेवा प्रदान गर्ने काम कमजोर हुन्छ । प्रभावकारी संयन्त्रको अभाव र विकासे योजना तर्जुमा तथा कार्यान्वयनमा जनताको सहभागिता कम भएकाले दक्षिण अफ्रिकामा नगरपालिकाको प्रभाविकारितामा ह्रास आएको देखिन्छ ।
    स्वीट्जरल्याण्डमा नगरपालिकाको कामप्रति जनता सन्तुष्ट देखिन्छन् । नगरपालिकाको काममा जनता पनि निकै सहभागी हुने गरेका छन् । तर पछिल्ला दिनमा समस्या देखिन थालेको छ । सङ्घीय सरकारले नगरपालिकालाई कामको जिम्मेवारी थप्दैछ । तर थपिएका कतिपय काम नगरपालिकालाई स्वतन्त्र रूपले कार्यान्वयन गर्न नदिई ऐन–कानुनमार्फत् नियन्त्रण गर्न खोजेको देखिन्छ । यसले नगरपालिकाको स्वायत्ततामा केही संकुचन ल्याएको अनुभव भएको छ । पछिल्ला दिनमा क्यान्टोन (नगरपालिका र संघबीचको सरकार) र नगरपालिकाको कामको जिम्मेवारीमा दोहोरोपन देखिएको छ । यसले क्यान्टोन र नगरपालिकाबीच स्रोत बाँडफाँडमा समस्या देखिने गरेको छ । स्रोत बाँडफाँड पनि कम पारदर्शी देखिन्छ । स्वीट्जरल्याण्डमा राजनीतिक नेतृत्वमा आउन खोज्ने मानिसको कमी देखिन्छ । ठूला सहरमा राजनीतिक पद बढी सम्मानजनक हुने र साना नगरपालिकामा कामको चाप कम हुने हुँदा राजनीतिक नेतृत्व लिन चाहनेको खासै अभाव छैन । तर मझौला सहरमा भने नेतृत्व गर्न चाहने व्यक्तिको अभाव देखिन्छ । त्यहाँ विभिन्न तहका सरकारबीच समस्या देखापरेको थियो । समस्या समाधान गर्न उनहिरूबीच समन्वय गर्न तीनै तहको प्रतिनिधित्व हुने गरी सन् २००९ मा एक त्रिपक्षीय समिति गठन गरिएको छ । यसले आइपरेका समस्या प्रभावकारी रूपमा समन्वय गर्ने कोसिस पनि गरेको छ ।
    कहिलेकाहीँ तेस्रो तहको सरकार बढी अधिकार सम्पन्न हुँदा पनि समस्या देखिएको छ । ब्राजिलमा कुनै नगरपालिकाले प्रदेशको हितविपरीत काम गरे वा अन्य नगरपालिकालाई नकारात्मक प्रभाव पारे पनि प्रदेश सरकारले समन्वय गर्न सक्दैन । (नेपाल आर्थिक पत्रकार समाजको स्मारिकाबाट साभार)

    लगानी बढाउन एकद्वार सेवा
    — महाप्रसाद अधिकारी

    लामो समयपछि मुलुकले स्थिर सरकार पाएको छ । स्थिर सरकार बनेपछि लगानीकर्ता पनि उत्साहित छन् । तर मुलुक सङ्घीय संरचनामा प्रवेश गरेकाले कैयौँ अधिकारहरू प्रदेश र स्थानीय सरकारलाई दिइएको छ । ती अधिकार कार्यान्वयन गर्ने सिलसिलामा कानुन, कार्यविधिहरू बन्न केही समय लाग्ने भएकाले अर्को खालको अस्थिरता छ ।
    हाम्रा आवश्यकताहरू धेरै छन् । समृद्धिका लागि देशभित्रको मात्रै लगानी, स्रोत र प्रविधिले पुग्दैन । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि बाह्य लगानी भि†याएरै देशलाई समृद्ध बनाएका उदाहरणहरू प्रशस्त छन् । बाह्य लगानी प्रवद्र्धनका लागि लगानी बोर्डको स्थापना गरिएको हो ।
    लगानी बोर्डको स्थापना भएको ६ वर्ष पूरा भइसकेको छ । बोर्ड स्थापनादेखि हालसम्म केही वर्ष अस्थिर रह्यो । केही वर्ष तयारीमै बिते । हामी सबैलाई थाहा छ, राजनीतिक अस्थिरताको बेला बाह्य लगानीकर्ताहरू नेपालमा लगानी गर्न त्यति उत्साहित भएनन् । नेपालको संविधान कस्तो बन्छ ?, व्यावसायिक वातावरण कस्तो हुन्छ ?, नागरिकका अधिकारीहरू कसरी सम्बोधन गरिन्छ ? नेपाल कसरी अगाडि बढ्छ ? भनेर लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहे ।
    गत वर्षको तथ्याङ्कलाई हेर्दा लगानीको प्रगति उत्साहजनक छ । यो वर्ष पनि अहिलेसम्म तथ्याङ्क अनुसार लगानीकर्ताहरूको उत्साह त्योभन्दा बढी नै छ । लगानीकर्ता उत्साहित भएनन् भनेर हामी त्यतिमै चित्त बुझाएर बस्नुचाहिँ हुँदैन । औद्योगिकीकरण र पूर्वाधार निर्माणमा लगानीको आवश्यकता अत्यन्त धेरै छ । त्यसका लागि कसरी बढीभन्दा बढी बाह्य लगानी भि†याउन सक्छौँ भन्ने कुरा हाम्रा लागि महàवपूर्ण विषय हो । बोर्ड पनि त्यसैमा लागिरहेको छ । लगानीकर्तालाई आकर्षण गर्ने सिलसिलामा अहिलेका विद्यमान नीति नियमहरू सुधार भएका छन् । विदेशी लगानीकर्ताहरूले यसलाई पनि विशेष महàवका साथ हेर्ने गर्छन् । हालसम्म भएका सुधारहरू सकारात्मक पाटा हुन् । त्यस्तै राजनीतिक स्थायित्व पनि लगानीकर्ताले हेर्ने अर्को महàवपूर्ण पाटो हो ।
    सरकारबाट लगानीकर्तामा नीतिगत सुरक्षा हुन्छ । उनीहरू भोलि कुन सरकार आउला र कस्तो नीति ल्याउला भन्नेमा अहिले नै पक्का हुन सक्छन् वा नीतिगत रूपमा धेरै कुराहरू परिमार्जन भइरहँदैन भन्ने बुझ्न सक्छन्, जुन अत्यन्तै राम्रो पक्ष हो । अहिले लगानीका लागि नेपालले कुनै पनि देशसँग दुईपक्षीय सम्झौता गरेको छैन । तर हालसम्मको अभ्यास अनुसार राज्य आफैँले लगानीकर्तासँग आयोजना विकास सम्झौता (पीडीए), विद्युत् विकास सम्झौता (पीटीए) जस्ता सम्झौताहरू गरेर लगानीको सुरक्षाको प्रत्याभूति दिँदै आइरहेको छ ।
    यी कारणले नेपालमा लगानीकर्ताहरूका लागि पछिल्लो समय आकर्षण बढ्दै गएको देखिन्छ । हामीले अहिले बाह्य लगानीकर्ताहरूलाई भेटघाटका लागि दिइरहेको समय हेर्दा दीर्घकालीन रूपमा नेपाल लगानीको उपयुक्त गन्तव्य बन्दैछ जस्तो लाग्छ । तर त्यो आकर्षणलाई कसरी वास्तविक लगानीमा परिमार्जन गर्ने भन्ने महàवपूर्ण विषय हो । लगानीकर्ताको आकर्षण रोकिने कारणहरू पनि छन् । जस्तो ः हाम्रो सरकारी कामको प्रक्रियामा अस्पष्टता छ । लगानीकर्ताले सोध्दा बाटो नदेखाइदिएका उदाहरणहरू पनि प्रशस्त छन् । कतिपय ठाउँमा भने स्पष्ट हुँदाहुँदै उनीहरू आफैँ बुझ्ने क्रममा छन् । यति हँुदाहँुदै पनि लगानीकर्ताको आकर्षण भने उत्साहजनक छ । यो वा त्यो देश भन्दा पनि धेरै मुलुकबाट लगानीकर्ताहरू चाख दिएर आइरहेका छन् । नयाँ–नयाँ प्रविधि र प्रोडक्टहरूमा चाख बढ्दो छ ।
    लगानीकर्ताले सुरक्षा त हेर्छ नै, सँगै लगानीको प्रतिफल पनि कुन क्षेत्रमा होला भनेर हेर्छ । परोपकारी काम गर्न यहाँ उनीहरू आएका होइनन् । सामाजिक उत्तरदायित्व अन्तर्गत पछि केही काम गर्ला, त्यो आफ्नो ठाउँमा छ । तर राम्रो प्रतिफल दिने कुनै उद्योगमा उनीहरूको इच्छा मैले देखेको छु । त्यस्तै जलविद्युत, पर्यटन, वैकल्पिक ऊर्जा, सिमेन्ट उद्योगमा बढी आकर्षण देखिन्छ । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्य छ । त्यसो हँुदा लगानीकर्ताको त्यो इच्छा सरकारी नीतिसँग पनि जोडिएको छ । समग्रमा भन्नुपर्दा प्रतिफलमा लगानीकर्ताहरूको आकर्षण देखिन्छ । तर उनीहरूले देखेको प्रतिफल हाम्रो आवश्यकताभन्दा फरक हुन सक्छ । जस्तो ः हामीलाई पूर्वाधार निर्माण गर्नुछ । त्यसमा उनीहरूले धेरै प्रतिफल नदेख्न सक्छन् । हाम्रो जिम्मेवारीचाहिँ नाफा नभएको क्षेत्रमा पनि उनीहरूलाई आकर्षित गर्नु हो । उनीहरूलाई राज्यले थप सहयोग गरेर हुन्छ कि, कुनै कुराको अभाव भए त्यसको पूर्ति गरिदिने हो कि अर्थात् अन्य कुनै समस्या छ भने त्यो राज्यले सम्बोधन गरेर हाम्रो आवश्यकता पूरा गर्नेतिर लगानी ल्याउन सक्नुपर्छ ।
    लगानीकर्ताका लागि अहिले पनि कैयौँ असहजताहरू छन् । वैदेशिक लगानीको सहजताका लागि प्रयासहरू नभएका होइनन् । धेरै नीतिगत सुधारहरू भएका छन् । तर हाम्रा केही व्यावहारिक कठिनाइहरू छन्, जुन लगानीकर्ताले सामना गरिरहनुपरेको छ । त्योमध्येको एक लगानीकर्ता नेपाल आएर धेरैवटा निकायहरू चहार्नुपर्ने बाध्यता छ । उनीहरू उद्योग मन्त्रालय, अध्यागमन विभाग, नेपाल राष्ट्र बैङ्क चहार्न चाहँदैनन् । सकभर एउटै केन्द्र (एकद्वार निकाय) मा आएर सबै सुविधा पाइयोस् भन्ने उनीहरूको चाहना हुन्छ । बाहिरबाट आएका लगानीकर्तालाई नेपालको सबै कुरा थाहा नहुन पनि सक्छ । त्यसकारण एकद्वार सेवा केन्द्रको खोजीमा उनीहरू छन् । त्यो हाम्रा लागि अत्यावश्यक पनि छ । अन्य मुलुकहरूमा यस्ता उदाहरणहरू प्रशस्त छन् । एकद्वार सेवा केन्द्रले वैदेशिक लगानीकर्तालाई सहजता दिन्छ ।
    समृद्धिको सपना राज्य र सबै राजनीतिक दलहरूले राखेका छन् । त्यो पूरा नहुने भन्ने कुरै छैन । त्यसका लागि सरकार, राजनीतिक दल लगायत अन्य सरोकारवाला व्यक्ति र निकायहरू पनि जिम्मेवारपूवर्क लाग्नुपर्छ ।

    गरिब जनताका नेता अर्बपति
    — प्रा. डा. गोपाल शिवाकोटी

    हालै गरिएको मन्त्रीहरुको सम्पत्ति सार्वजनिकीरणले गर्दा समृद्धिको नारा दिएका गरिब जनताका प्रधानमन्त्री, मन्त्री र उनका श्रीमतीहरु अरवपति भएको हुँदा नेपालमा गरिव देश र जनताका नेता र नेताका श्रीमती भएका देखिएकाले जनता र नेताबीच मुलुक र मन्त्रीबीचको गरिबको समृद्धिमा विषमता चुलिएको पाइन्छ । श्रीमतीहरु धनी भएको र दाइजोबाट ल्याएको सम्पत्तिहरुको खातामा बढी सम्पत्ति र समृद्धि देखिदा धनी मन्त्राणीका गरिब मन्त्री भन्ने नयाँ कुरा पनि देखिएको छ । अहिलेको वामपन्थी सरकारले स्थीरता र समृद्धिको नारा दिएर बनेका भए पनि जनताले आफ्ना र आफ्नै श्रीमतीको समृद्धिलाई मुलुकको समृद्धि ठानेका हुन् कि भन्ने प्रश्न पनि उठेको छ ।
    २०४७ सालसम्म टायरछाप लप्पल लगाएर हिड्ने उनका श्रीमतीहरु पित्तलका लुर्का लगाएर च्यातिएको चोलो लगाउने उनका श्रीमतीहरु अहिले अरवपति देखिएकाले अहिले अकुत सम्पत्तिका धनी र समृद्ध भएका छन् । कुनै कामधन्दा नभएका, राजनीतिलाई पेसा बनाएका नेता र अकुत सम्पत्ति बनाएकाले राजनीति केही नगरीकन कमाउने पेसाको रुपमा देखिएको छ । अझ श्रमिक वा गरिब जनताको पार्टीका नेताहरु अकुत सम्पत्तिका स्वामी हुनुले गर्दा उनीहरुले यस्ता जनताको कसरी प्रतिनिधित्व गर्दछन् भन्ने आशङ्का पैदा भएको छ । गरिब जनताका धनी नेता हुनुले धनी र गरिवबीचको खाडल गहिरिदै गएको देखिएको छ । जनताको नाममा अकुत सम्पत्तिको धनी हुनु र उनीहरुकै नेतृत्वमा जमिरहन सक्ने खुवी र क्षमता चातुर्य भन्ने अनुकरणीय हुन पुगेको छ । उनीहरुको बढ्दै गएको पेट र चिप्लो बन्दै गएको अनुहारले हाम्रा कम्युनिष्ट नेताले पुजीपतिका नेताभन्दा कुनै हालतमा कम छैनन्, प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाएको छ । छोटो समयमा कसरी कमाउन सकियो भन्ने सूत्र अरुलाई पनि सिकाइदिए मुलुक समृद्ध हुन समय लाग्ने छैन र अलाउद्दिनको चिरागले जस्तै एकैपटक मुलुक धनी र समृद्ध बन्ने आशङ्का गर्न हुदैन । पारसमणिले छोएमा फलाम पनि सुन बनेजस्तै यस्ता अकुत सम्पत्तिका नेताहरुले छोइदिएमा मात्र मुलुकले १० वर्षमा नभएर तत्कालै स्वर्ग हुन्थो कि झैँ लाग्दछ ।
    अहिले गरिब देशका कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री केपी शर्मा ओली आफैले सर्वजनिक गरेको सम्पत्तिमा उनकी श्रीमती प्रधानमन्त्राणी राधिका शाक्यको नाममा डेढ रोपनी जमिन, १० लाख मौज्दात र तीनतले भब्य महल, २८ तोला सुन तथा झापामा १० कठ्ठा जग्गा, आफ्नो नाममा बैंकमा ४२ लाख र २५ लाखको सेयर गरी लभभग एक अरबको सम्पत्ति रहेको देखिन्छ । सामान्य जनताले तीन तोला सुन राख्न पाउनेमा प्रधानमन्त्रीका श्रीमतीले २८ तोला सुन रहनुमा स्वयंमा कानुनलाई चुनौती दिएको देखिन्छ । यो सम्पत्ति दाइजोबाट आएको भनिएको भए पनि अहिले कानुलने दाइजो दिन नहुने भएकाले यो पनि गैरकानुनी भएको छ ।
    रक्षामन्त्री ईश्वर पोखरेल पनि कुवेरका रुपमा रहेका छन् । पार्टी विलय हुनुअगाडि उनी एमालेका महासचिव थिए । उनको घरबाट ५ लाख रकम चोरिएको चर्चाले ठाउँ पाएको थियो । उनको पनि टोखा — ६ मा ३३ आनाको तीनतले घर, झापामा १२ कठ्ठा जग्गा, भक्तपुरमा १ रोपनी र खानीखोलामा ४ रोपनी जग्गा, श्रीमती मीरा पोखरेलको नाममा सुन ९ तोला, चाँदी २५ तोला, सेयर १३ लाखभन्दा बढी र ऋण २० लाख रहेको सम्पत्ति सर्वजनिक गरिएको छ । गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापाको नाममा भरतपुर चितवनमा २ सय ३७ वर्गमिटर जग्गा, ६ तोला सुन, ३ लाख ६० हजार नगद र सेयर १४ हजार ६ सय रहेको देखिन्छ । सबैभन्दा गरिव मन्त्रीमा उनी छन् । उनले योभन्दा पहिले पार्टीलाई सबै सम्पत्ति दिएको भनेकोमा अहिले पार्टीको गाडी पनि उनले नै निजी रुपमा चलाएका छन । पार्टीलाई दिने भनेकोमा लिने काम भएको छ ।
    अर्थमन्त्री युुवराज खतिवडाको नाममा काठमाडौँ — ४ मा १९ आनामा बनेका दुई घर, भक्तपुर र काठमाडौमा गरी २८ आना जग्गा, दोलखा र झापामा पनि लाखौँ मूल्यका जग्गा, सुन १० तोला, चाँदी १ किलो, अमेरिकी डलर १० हजार ७ सय ३, बैंकमा डेढ करोड व्यालेन्स, ऋण दिएको २० लाख र मोटरकार रहेको छ ।
    मन्त्री रघुवीर महासेठ सम्पत्तिले पनि महासेठ भएका छन् । उनकी श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुरमा साढे दुईतले घर, ललितपुरका विभिन्न स्थानमा करोडौँ मूल्यका जग्गा, विभिन्न बैंकमा नगद ७२ लाख, सुन २७ तोला, चाँदी डेढ किलो, श्रीमतीको नाममा ७ करोडको सेयर, सवै गरेर लगभग डेढ सय विघा जग्गा र २ करोड ऋण भजिएको छ । सामान्य जनतालाई ५ विगाभन्दा बढी जग्गा हदबन्दी लागे पनि उनलाई हदबन्दी लागेको देखिदैन । सर्वहारा नेतामा देखिएको यो सम्पत्तिले पुँजीपति वर्ग नै गरिवहरुको नेता भएको देखिन्छ ।
    मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएपछि अनेक किसिमको टिकाटिप्पणीहरु भैरहेका छन् । धेरेजसो मन्त्रीका सम्पत्तिहरु अस्वाभाविक लाग्ने किसिमको भए पनि सर्वहारावादी कम्युनिष्ट पार्टीका नेताको हैसियतले बनेका मन्त्रीहरुसँग पुँजीपतिको भन्दा बढी सम्पत्ति देखिएकाले उनीहरुको आचरण र वर्गीयतावारे प्रश्न उठाइएको छ । गरिव जनताका नेता अकुत सम्पत्तिका मालिक, पुँजीपति र सामन्ती हुनुले चरित्र र मानसिकतामाथि प्रश्न उठाउने र उनीहरुमाथि समृद्ध हुन सक्छ भनी आशा गर्नु निरर्थक देखिएको छ । माओवादी पार्टीका नेताहरुले आफ्नो सम्पत्ति पार्टीको नाममा भएको भन्नु र सम्पत्ति श्रीमतीको नाममा हुनुले उनीहरुको विश्वसनीयता र इमानदारीमा पनि प्रश्न उठेको छ । राजनीतिमा मात्र संलग्न भएका व्यक्तिहरुमा अकुत सम्पति हुनुले प्रश्न उठेको हो । व्यापारी, उद्योगपति र अन्य कारोवार भएका व्यक्तिहरुमा यति सम्पत्ति भएकोमा प्रश्न गरिरहनु आवश्यक थिएन । उनीहरुको धनको स्रोत खोजिएन भने प्रकारान्तरले यसले पैतृक सम्पत्ति ग्रहण गर्ने हुन्छ र राजनीतिमा वंशवादको प्रारम्भ गर्नेछ । तसर्थ कसरी यति अकुत सम्पति कमाइयो भनी स्रोतको खोजी गर्नु आवश्यक छ । स्रोत खोजिएन भने राजनीतिको नामामा जसरी कमाए पनि हुन्छ भन्ने मान्यता स्थापित हुनेछ । पछि कमाउने सम्पत्तिलाई यसैको आधारमा मात्र खोजी हुने हुँदा आधार नै गलत भएपछि यसले समाजमा विकृति र र विसङ्गति विकसित हुन सक्छ ।
    सम्पत्ति सार्वजनिक गर्ने कुरामा छलछाम भएको र उम्कने प्रयास गरिएको छ । तर व्यापक दवाव आएपछि सम्पत्ति सार्वजनिक गर्न बाध्य पारिएको हो । सामान्यतया सार्वजनिक पद धारण गरेको व्यक्तिले २ महिनाभित्र सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ तर मन्त्रीहरुको हकमा १५ दिनभित्र सम्पत्ति सार्वजनिक गर्ने बहुदलीय लोकतान्त्रिक व्यवस्था सुरु भएपछि गरिएको थियो । कानुन पनि ६० दिनभित्र सम्पत्ति बुझाउनपर्ने, कानुन पालना गरिएन भने १५ दिनभित्र बुझाउनुपर्ने नैतिक बन्धनलाई समेत पालना गरिएन । यसैले वर्तमान मन्त्रिपरिषद नैतिकहीनता बढाउने अभियन्ताका रुपमा देखापरे । २०५८ सालदेखि नै सम्पत्तिका बारेमा प्रश्न उठ्न थालेको हो । केहीलाई मात्र कारवाही भएको छ । अरुले छुट पाएका छन् । गोविन्दराज जोशी, चिरन्जीवी वाग्ले आदि कारवाहीमा परेपछि अकुत सम्पत्ति छानविन गर्न आयोग गठन गर्दा २०० भन्दा बढी व्यक्तिहरु अकुत सम्पति कमाउने फेला परे । तिनीहरुमाथि कारवाही भएन र अबैध ढङ्गबाट कमाउनेको बोलवाला बढ्यो । कहिलेकाहीँ माओवादीका कार्यकर्ताहरुले मोसो दल्ने, भौतिक कारवाही गर्ने गर्दा यस्ता व्यक्तिहरु दण्डित भएका थिए ।
    पछिल्लो अवस्थामा शासकीय बृत्तले सम्पत्ति आफु र श्रीमतीका नाममा राख्ने मात्र होइन, तेस्रो व्यक्तिकहाँ पु¥याउने खेल खेलिरहेका छन् । भ्रष्टाचारबाट आर्जित धन विदेश लैजाने अपराध १ सय ३२ वर्षअघि वीर शमशेरले गरेका थिए । मन्त्रीहरुको सार्वजनिक सम्पत्ति पनि सत्यताको पृष्ठभूमिमा आधारित कति छ, भन्न सकिँदैन । अस्वाभाविक सम्पत्तिको हकमा कुनै वेला छानविन भयो वा बैधता प्रमाणित गर्नुपर्ने भयो भने दायित्व अभियुक्तकै हुनेछ ।
    अहिले मन्त्री पदमा रहेकाहरुले भष्टाचार गरेर कमाएको रकमलाई अनेक तरिकाले बैध बनाउने गरेका छन । यही कार्यले निर्मलीकरणको प्रक्रिया अगाडि बढाइएको हो । तर यसवाट हुने अनियमिततालाई रोक्न सकिएको छैन, उनीहरुका विदेशमा रहेका नातागोतामार्फत पैसा जम्मा गरेको देखिएको छ । प्रधानमन्त्री, मन्त्री र शासकीय बृत्तका मानिसहरुले भ्रष्टाचार गरेर तल्लो तहसम्म सेटिङसहित भ्रष्टाचार गर्दा मुलुक अहिलेको स्थितिमा आएको हो र यो माथिल्लो तहसम्म पुगेको अवस्था छ । अहिले भ्रष्टाचार कहाँ छैन भनी खोज्ने स्थिति छ । पहिले माथिल्लो तहमा बसेकाहरु सानातिना कुरामा आँखा लगाउँदैनथे । अहिले आएकाहरु भोका भएकोले सानोतिनो पनि खान पछि पर्दैनन्, मुलुकको ढिकुटी रित्याइसकेका छन् । अहिलेको सम्पत्ति सार्वजनिकीकरणले यही देखाएको छ ।
    अहिलेका सम्पति सर्वजनिकीकरणले अकुत सम्पत्ति मात्र देखिएको होइन, कतिपय अवस्थामा संविधान कानुनी व्यवस्थालाई पनि चुनौती दिएको छ । नेताहरुमा सुन, भूमि, घर तथा सेयरप्रति मोह पनि देखिएको छ । शैक्षिक तथा स्वास्थ्य क्षेत्रबाट सम्पत्ति कमाएको पनि देखिन्छ । कानुनले राख्न दिनेभन्दा बढी सुनचाँदी र जमिनसमेत राखेको देखिन्छ । सुनचाँदी दाइजोमा आएको भनिएको छ । तर कानुनले दाइजो दिनु र लिनु दण्डनीय भएकोमा त्यसको उल्लङ्घन भएको छ । सम्पत्ति खरिद श्रीमतीको नाममा गरेको पाइन्छ । पञ्चायत कालमा दलका नेताहरु पक्राउ पर्ने र सम्पत्ति खरिद गरेर श्रीमतीको नाममा राखी श्रीमतीलाई प्रयोग गरिन्थ्यो । अहिले यो स्थिति छैन । जग्गाजमिन श्रीमतीको नाममा खरिद गरिएको देखाई राज्यलाई कम कर तिर्न गरिएको यो अर्को अपराध हो । स्वास्नीको नाममा जग्गाजमिन वा सम्पत्ति खरिद गरे ७० प्रतिशत छुट हुने हुँदा राजस्व ठगीका लागि श्रीमतीको नाममा राखिएको हो । भ्रष्टाचार र अनियमिता गरी अकुत सम्पति कमाउने र श्रीमती वा नातागोताको नाममा राखी छल्न खोज्ने कार्य गरेकोे देखिन्छ । यसैले सम्पत्ति सार्वजनिकीकरण प्रकरणबाट राजनीतिलाई कमाउने पेसा मानिएको र कानुन विपरीत सम्पत्ति राखेको गैरकानुनी र इमाादारीविरुद्ध कार्य गरेको पाइन्छ । यसलाई छानबिन गरेर यस्ता उच्चस्तरीय राजनीतिक बृत्तबाट हुने कामहरु रोक्न भ्रष्टाचारको अभियोगमा उभ्याउनुपर्छ भने यस्ता व्यक्तिहरुलाई छानविन गरी रोक्नुपर्दछ । माओवादी नेतृत्वले दवाव दिएर त्यसै रोकिएको थियो । एमालेमा कमिसन खानु बैध मानिएको थियो । बैध मानेर कमिसन खानेलाई छुट दिइएको थियो । यो काण्डले अकुत सम्पत्तिसम्बन्धी कुराले कम्युनिष्ट नेताहरुमा सर्वहाराकरणको विरुद्ध सामन्तीकरण र पुँजीबादीकरणको विकास भई जसरी पनि कमाऊ र मुलुकलाई समृद्ध बनाउने जुन सपना देखाइएको छ, त्यसले विस्तारै विकृतिको रुप लिएर निराशा र आक्रोश पैदा गर्नेछ । यसबाट विद्रोह हुन सक्ने खतरा पनि बढ्नेछ । तर यो कसले गर्ने ? शक्ति उनीहरुकै हातमा छ । लोकतन्त्रमा हुकुमीतन्त्र र लोकशाहीतन्त्र हावी हुँदै गएकोले यसप्रति आशा गर्नु कठिन छ । सत्तालाई प्राथमिकतामा राखी एकता गर्ने र सिद्धान्तलाई गौण ठान्ने प्रवृत्ति विकास हुन थालेको अवस्थामा कम्युनिष्ट आन्दोलनले समृद्धिको नारा दिए पनि व्यक्तिगत समृद्धिलाई मुलुकको समृद्धि ठान्ने प्रबृति विकाश हुनेछ । जिम्मेवार नेताहरुले अकुत सम्पत्ति त्यागेर इमानदारी र सर्वहारा संस्कृतीकरणको अभ्यास गरेमा उनीहरुमाथि विश्वास गर्ने वातावारण बन्न सक्छ । नत्र अर्को आन्दोलन हुन बेर छैन । अरवपतिलाई सर्वहाराका नेता मान्न कठिन पर्छ ।

    कम्युनिस्टहरूको घैंटामा घाम
    — रामचन्द्र हुमागाईं

    आजभन्दा ६८ वर्षअगाडि प्रवासमा बसेर पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अहिले आएर एकदम शक्तिशाली भएको छ । केपी ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रको देहावसानपछि निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी आफैंमा बलियो देखिएको छ । यो मकैको ढोडको लौरोजस्तो बलवान् कि तात्तातो भुंग्रोभित्र घुसारिएको कटबाँसको लट्ठीजस्तो हो, यसको टुङ्गो समयले नै लगाउला । तर सिद्धान्तको पोखरीमा डुवुल्की मारेर आफुआफु मात्रै डकार्दै सत्ताको शिखरमा पुग्न मात्रै एकता भएको हो भन्ने कुरा भागवण्डाको दृश्यले नै सावित गरिरकेको छ । सच्चा कम्युनिस्टहरूको पार्टी हो भने कसैले पनि भागवण्डाको चाचाछैयाँमा डुवुल्की मार्ने थिएनन् ।
    कम्युनिस्ट पार्टी स्थापना भएको यति लामो समयसम्म पनि जनताको पक्षमा आवाज नठ्नु, राज्यसत्ता प्राप्तिका लागि मात्रै शासक वर्गसँग लडिरहनु र राज्यसत्ता प्राप्तिपछि पनि आफ्ना एजेण्डा लागु गर्नुको सट्टा अरुकै एजेण्डामा सुधार गरेर अगाडि बढ्न खोज्नु गरेपछि बिना एजेण्डा राजनीतिमा लागेको भन्ने आरोप लगाउन जोकोहीले पनि सक्ने भए । त्योभन्दा पनि यहाँ स्पष्ट देखिएको के भने ६८ वर्षसम्म जनताका लागि लडेको पार्टीले सामन्तवाद र साम्राज्यवादको मात्रै पृष्ठपोषण गरेको देखापर्छ । पटकपटक कांग्रेसजस्तो पुरातनवादी पार्टीसँग नमिली स्वतन्त्रता प्राप्त गर्न सकिंदैन भन्दै उसैको पछि लागेर, उसैको एजेण्डामा रमाएको उदाहरण पनि सबैका सामु छदैछ । आफुसँग केही नभए पनि सिक्ने र सिकाउने प्रवृत्तिमा समेत खडेरी परेको अवस्थामा योपटक के भएर हो कुन्नि कम्युनिस्टहरूको घैंटामा घाम लागेकै हो भन्नैपर्छ ।
    तर नाम कम्युनिस्ट काम अपरचुनिस्ट हुन्छ कि भन्ने कुरामा शंका गर्नुपर्ने भएको छ । काम गर्ने समय चाहिन्छ । अहिलेको अवस्थामा निरंकुश पञ्चायती व्यवस्थाभन्दा एक कदम मात्रै माथि उठेको छ नेपाल कम्ुयनिस्ट पार्टी (अन्डरलाइन) । लोकतन्त्रभित्रको गणतन्त्रमा कोही भोका हुँदैनन् र काही पनि काम खोज्न विदेशी वजारमा भौंतारिदैनन् । विकशित देशहरूले पनि आफ्ना श्रमजीवी जनतालाई आफ्नै देशमा रोजगारी दिएर, दक्ष जनशक्ति तयार पारेर विकास निर्माणमा लगाएका हुन्छन् । यसो हुँदा आफ्नो उत्पादन आफैं उपयोग गर्न पनि पाइने, विदेशी व्यापारमा यति घाटा र उति घाटा भनेर राँडी रुवाइ पनि गर्नु नपर्ने भएकाले थोरै पूँजीमा धेरै आम्दानी हुन्छ । देशको आम्दानी देशमै रहने हुनाले सरकारको ढुकुटी भरिने हो अर्थात् सरकार धनी हुने हो । त्यो सिलसिलापछि मात्रै मुलुक समाजवाद उन्मुख भएको भन्न मिल्छ । यहाँ त समाजवादको ‘ंंंस’ उच्चारण गर्न नजान्नेहरू कुर्कुच्चा उठाएर समाजवादको नारा लगाइरहेका छन् । के वामे सर्न नजानेको वालख सगरमाथा चढ्छ भनेर कसैले विश्वास गर्न सक्ला ?
    कम्युनिस्ट शासनमा जनता जुझारु, परिश्रमी र उत्पादनशील हुन्छन् । दक्षता र क्षमता अनुसार रोजगारी पाउँछन् । तर यहाँ को कुन पार्टीको हो, सत्तारुढ पार्टीको हो वा होइन भनेर चिनो लगाउने चलन छ । यही चलनलाई सुचारु राख्ने हो भने ‘गइल भैंस पानी में’ । होइन, निष्पक्ष नागरिकहरू (सम्पूर्ण) लाई क्षमता र दक्षता अनुसार काम दिने हो भने अवश्य नेपाल र नेपालीको भावनाको कदर हुन्छ । दिन गन्ती गरेर यति दिनमा फलानो देशको प्रधामन्त्रीलाई स्वागत गरियो, फलानो देशको भ्रमण गरियो भनेर पेश गरिएको प्रगति विवरणसँग जनताको कुनै सरोकार रहँदैन । उही कार्यकर्ताले ताली पिट्ने मात्रै हो ।

    हामी गर्दैछौं
    — टी. पी. शर्मा

    हामी जनप्रतिनिधिहरूले नगरपालिकामा पद बहाली गरेको अहिले एक वर्ष पुगेको छ । हामीले वार्षिक समीक्षा तथा सम्मान कार्यक्रम पनि गरिसकेको छ । एक वर्ष भनेको एक प्रकारले सिकाइको वर्ष पनि हो । त्यसैले हाम्रो चाहनाअनुसार हामीबाट देखिने खालको कार्य पूर्ण रूपमा हुन सकेको चाहिँ छैन भने पनि हुन्छ । तैपनि यस अवधिमा हाम्रो नमोबुद्ध नगरपालिका समृद्ध नगरपालिका हुनेतिर उन्मुख बनिसकेको छ । भौतिक पूर्वाधारको निर्माणलाई हामीले तीव्रता दिइरहेका छौँ । सडक र खानेपानी आदिजस्ता पूर्वाधारहरूको निर्माणसम्बन्धी कार्यहरू पनि हाम्रो प्राथमिकतामा परेका छन् । अब हामी कृषि क्षेत्र, विशेषतः आलु र अर्गानिक खेतीतर्फ उन्मुख बनेका छौँ । उद्योग सञ्चालनका क्षेत्रमा पनि हाम्रो पाइला अघि बढिसकेको छ । एक वर्षमा हामीले एक करोड तीन लाख रुपियाँ राजस्व सङ्कलन गरेका छौँ । युरोपियन युनियनका तर्फबाट हाम्रो नगरपालिकाले एउटा एम्बुलेन्स पनि प्राप्त गरिसकेको छ । अब उपचारको अभावमा सुत्केरी महिलाको अकालमै ज्यान जाने छैन र बाल मृत्युदरमा कमी ल्याउन पनि यसले सहयोग पु¥याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

    प्रणामी सम्प्रदायमा नेपाली
    — टहलदास शिवाकोटी ‘यात्री’

    महामति प्राणनाथकै पालादेखि अर्थात् १७३५ देखि नै नेपालीहरूले श्रीकृष्णप्रणामी धर्ममा आबद्ध भई यस धर्ममा योगदान पु¥याउँदै आइरहेका छन् । यसका आचार्यदेखि लिएर ठूला–ठूला सयौँ सिद्ध–सन्त धेरै नेपालीहरू थिए र छन् । जस्तै इलामको सिद्धिगाउँमा जन्मिएका गुरुजी मोहन प्रियाचार्य नेपाल र भारतलगायत विश्वका धेरै मुलुकहरूमा धर्मको ध्वजा बोकेर हिँडिरहनुभएको छ । समुद्रपारका कैयौँ मुलुकहरूमा आफ्नो धार्मिक सङ्गठन विस्तार गर्दै हुनुहुन्छ । उहाँ अहिले गुरुजी मङ्गलदासको स्थान मङ्गलधाममा रही गुरुजीको भावनाअनुरूप काम गरिरहनुभएको छ । त्यसै गरी गुरुजी मङ्गलदासकै शिष्य धनकुटाका प्रेमदास नेउपानेका सुपुत्रका रूपमा जन्मिनुभएका आचार्य टहलकिशोर भद्रावतीपुरी गुजरातको गादीमा आसीन भई विश्वभर आध्यात्मिक ज्ञानको प्रचार गरिरहनुभएको छ । उहाँले यू. एस. ए. मा श्रीकृष्णप्रणामी मन्दिर बनाई नियमित पूजा सञ्चालन गर्नुका साथै काठमाडौँको चाबहिलमा पनि एक मन्दिर निर्माण गरी बालआश्रम पनि सञ्चालन गरिरहनुभएको छ ।
    त्यसै गरी गुरुजी मङ्गलदासकै शिष्य इलामको जीतपुरका पण्डित तिलकदास बरालका कनिष्ठ सुपुत्र आचार्य जगतराज महाराज पनि करनालको श्रीकृष्णप्रणामी मन्दिरको महन्तमा आसीन हुनुहुन्छ । यसै गरी गुरुजी मङ्गलदासका अर्का शिष्य इलाम शान्तिपुरका श्री विष्णुप्रसाद तिम्सिनाका साइँला सुपुत्र बाबाजी श्री अमृतराज शर्मा महाराज काठमाडौँ गोठाटारस्थित नौतनधामका गादीपति हुनुहुन्छ । उहाँले नेपाल र भारतमा गई धर्मप्रचार गरिरहनुभएको छ । उहाँ कलम पनि राम्रै चलाउनुहुन्छ । उहाँद्वारा लिखित र सम्पादित नेपाली र हिन्दी पुस्तकहरू पनि धेरै छन् । गुरुजी मङ्गलदासका अति निकट रहने इलाम सिद्धिगाउँका ब्रह्मलाल सापकोटाका साइँला सुपुत्र माणिकदास सापकोटाले गुरुजीका हरेक कार्यमा साथ दिनुभयो । उहाँले राणाकालीन अवस्थामा धार्मिक मुद्दामा परी दुई वर्षसम्म जेलजीवन बिताउनुभयो । यसै गरी गुरुजी मङ्गलदासकै अर्का एक शिष्य नेपाली मूलका खतिवडा परिवारमा जन्मिएका सन्त श्यामानन्द महात्माले हिन्दूस्तानको चण्डीगढमा एक सुन्दर श्रीकृष्णप्रणामी मन्दिर निर्माण गर्नुभई धर्मप्रचारमा लाग्नुभएको छ । त्यसै गरी गुरुजी मङ्गलदासकै शिष्य पूर्वी नेपालको पौडेल परिवारमा जन्मिनुभएका नवराज प्रपन्नले पनि हरिद्वारमा अक्षरातीत धाम बनाई धर्मप्रचार गर्दै आउनुभएको छ । यसै गरी गुरुजीका अर्का एक कर्मठ शिष्य सन्त कृष्णदास महात्मा दाहालले गुरुजीको जन्मस्थानमा मङ्गल मन्दिर निर्माण गर्नुका साथै गुरुजीद्वारा स्थापित सिलिगुढी श्रीकृष्णप्रणामी मन्दिर र श्रीकृष्णप्रणामी प्रतिष्ठान इटहरीलाई पनि रेखदेख गरिरहनुभएको छ । अर्का शिष्य सन्त श्री हिमलाल लुइँटेल सङ्गीतलगायत तारतमवाणीको राम्रो ज्ञान भएका एक विद्वान् हुनुहुन्थ्यो । उहाँले तारतमवाणीका चौपाईहरूलाई सङ्गीतमा ढाली धेरैजनालाई गाउन सिकाउनुभयो । डा. तिलक चैतन्य (सापकोटा) हाल लन्डन, पं. चन्द्रप्रकाश नेउपाने आदि हजारौँ सन्त, महन्त, पण्डित, प्रचारकहरूद्वारा पनि श्रीकृष्णप्रणामी धर्मको प्रचारप्रसार भइरहेको छ । नेपालमा वा नेपालीहरूमा बीसौँ लाखको सङ्ख्यामा यस धर्मका अनुयायीहरू छन् ।
    नेपालमा सर्वप्रथम श्रीकृष्णप्रणामी धर्मावलम्बी युवाहरूलाई सङ्गठित गर्न गुरुजी मङ्गलदासको आज्ञाअनुसार २०२५ सालमा प्रजापति कोइरालाको अध्यक्षतामा प्रणामी नवयुवक सत्सङ्ग मण्डल गठन गरिएको थियो । एक–दुई वर्षपछि श्रीकृष्णप्रणामी युवा सत्सङ्ग समिति नामबाट धार्मिक–सामाजिक कामहरू भइरहेका थिए । पछि २०४७ सालमा पुलचोकमा सेवा समितिको भ्रातृसंस्थाका रूपमा कल्याणकुमार कार्कीको अध्यक्षतामा श्रीकृष्णप्रणामी युवा परिषद् गठन भयो । अहिले दुवै संस्था एक भई त्यसबाट नेपालका विभिन्न धार्मिक–सामाजिक कार्यमा संलग्न भइआएको छ । श्रीकृष्णप्रणामी सेवा समितिको भ्रातृसंस्थाका रूपमा रहेको यो संस्थाले पचासौँ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
    भाषा–साहित्यतर्फ हेर्ने हो भने पनि लामै इतिहास छ । वि. सं. १९५१ मा काभ्रेको लाप्चेमा घिमिरे परिवारमा जन्मिनुभएका सन्त अम्बर ब्रह्मवर्तीले वि. सं. १९८० मा ‘अष्टप्रहर सेवापूजा’ प्रकाशन गरी प्रणामी धार्मिक साहित्य प्रकाशनको ढोका खोल्नुभयो । यसबापत उहाँले निकै सङ्घर्ष गर्नुप¥यो । त्यसपछि २०१३ सालमा ‘प्रेमपाठ’ वनवालीदास र अम्बरदास खरेलले प्रकाशन गरेर यस समाजलाई ठूलो गुन लगाउनुभएको छ । नेपाली भाषामा भने परमहंस दयालदास महाराजले वि. सं. १९७६ मा ‘भक्षाभक्षदर्पण’ नामक पुस्तक लेखी प्रकाशन गरी प्रणामी समाजमा नेपाली भाषा–साहित्यका क्षेत्रमा सेवाको सुरुवात गर्नुभयो । यसपछि पूर्णब्रह्म शास्त्री, मङ्गलदास महाराज (रिमाल), गङ्गाधर नेउपाने, गङ्गाप्रसाद अधिकारी, सन्त कृष्णप्रसाद आचार्य, युगलदास महाराज, कृष्णमणि महाराज (उप्रेती), ब्रह्मदास खतिवडा, ईश्वरदास ओझा, प्रा. लक्ष्मीकान्त शर्मा, प्रेमदास उप्रेती, टहलदास शिवाकोटी ‘यात्री’, मोहन मुकुन्द महाराज (राई), सन्त कृष्णदास भट्टराई, गुरुजी मङ्गलदास, गुरुजी मोहन प्रियाचार्य, तुतुकाजी श्रेष्ठ, लीलाप्रसाद सापकोटा, भीमप्रसाद फुँयाल, मोहन घिमिरे, लोकनाथ दाहाल, नकुल काजी, मणिकदास सापकोटा, प्रा. डा. छविलाल गजुरेल, सुरेन्द्र पौडेल ‘आनन्द’, चन्द्रमणि प्रसाई, उद्धव नेपाल, तीर्थ उप्रेती, श्यामदास प्रसाई, रमेश ओझा, कृष्णप्रसाद खतिवडा, श्यामजी अतिथि (सेढाई), कृष्ण शास्त्री (तिम्सिना), तिलकराज शर्मा पौडेल, सन्त अमृतराज महाराज, गौरी कुमाई, शान्ति सिंह, वसन्तप्रभा आदि सैकडौँ लेखकहरूले हजारौँ पुस्तकहरू लेखी प्रकाशन गरी नेपाली भाषामा श्रीकृष्णप्रणामी धर्मको साहित्यिक भण्डार भर्ने काम गर्नुभएको छ ।
    यसै गरी सामाजिक कामहरू पनि भएका छन् । यसका लागि विशेष मन्दिरहरू माध्यम बनाइएको छ । नेपालमा हालसम्म करिब २०० मन्दिरहरू, बालआश्रम, बृद्धाश्रम, औषधालय, विद्यालय आदि खोलिएका छन् । श्रीकृष्णप्रणामी सेवासमितिको भ्रातृ संस्था युवा परिषद् र भगिनी संस्था बाईजुराज सङ्घ (महिला समूह), श्रीकृष्णप्रणामी प्रतिष्ठान आदिका तर्फबाट सामाजिक र धार्मिक कामहरू भइरहेका छन् ।
    नेपाल सरकारका तर्फबाट सर्वप्रथम नेपाल प्रज्ञाप्रतिष्ठानमा २०६८ साल भाद्र ७ गते र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा ८ गते महामति प्राणनाथ जीवनदर्शन विचारगोष्ठीको आयोजना गरिएको थियो, जसको प्रमुख अतिथि मङ्गलधाम कालेबुङका गुरुजी मोहन प्रियाचार्य र जवाहरलाल नेहरू विश्वविद्यालय दिल्लीका डा. रणजीत साहा हुनुहुन्थ्यो, जसको संयोजन यही लेखका लेखक टहलदास शिवाकोटी ‘यात्री’ बाट गरिएको थियो ।
    नेपाल यसै त महामनाहरूको देश हो, त्यसमा पनि श्रीकृष्णप्रणामी समाजका लागि त निकै उर्वर भूमि रहेछ । यस देशमा अघिदेखि नै धेरै प्रणामी धर्मप्रचारक सन्त–महात्माहरूको जन्म भएको रहेछ । कैयौँ सन्त–महात्माहरू यहाँबाट तीर्थ हिन्दूस्तानतर्फ लागी उतै ब्रह्मचिन्तन गर्दै जीवन समाप्त गर्नुभयो भने कति तीर्थैमा गई धर्मशास्त्रको गहिरो अध्ययन गरी कठोर सङ्घर्ष गर्दै भए पनि स्वदेशमै आई धर्मप्रचारतर्फ लाग्नुभयो ।

    जसले विचारलाई कर्ममा ढाल्यो
    — हरि मञ्जुश्री

    रामबहादुर ताम्राकार मलाई मन पर्नुभयो, किनभने उहाँले आफ्नो विचारलाई व्यवहारमा उतार्नुभयो । चिन्तनलाई चित्तमा मात्रै राख्नुभएन, कर्मबाटै देखाइदिनुभयो । ‘हाम्रो देश त खत्तम छ’ भन्नेहरूको भीडमा बसेर उहाँले ‘देश खत्तम होइन, गफ मात्रै गरेर बाँच्न खोज्ने हामी नै खत्तम छौँ’ भन्ने हुङ्कार गर्नुभयो । ‘सरकारले केही गरेन’ भन्नेहरूलाई ‘हामी पनि गरेर सरकारलाई देखाइदिन सक्छौँ’ भन्ने जवाफ दिनुभयो र गरेरै देखाइदिनुभयो । समाजलाई कुरा बुझाउन सकियो भने, समुदायलाई परिचालन गराउन सकियो भने, गैरसरकारी संस्था र सरकारी निकायहरूमा समस्या पु¥याउन सकियो भने, आफ्नो ‘मिसन’ र ‘भिजन’ जस्ताको तस्तै रूपमा नधकाईकन प्रस्तुत गर्न सकियो भने सहयोगीहरू भेट्न कठिनाइ पर्दैन भन्ने कुरा प्रमाणित गरेर देखाइदिनुभयो । उहाँबाट शिक्षा लिने हो भने यस्ता थुप्रै शिक्षा लिन सकिन्छ । शिक्षा लिन नखोज्ने हो भने त उहाँलाई किन सम्झनुप¥यो र !
    रामबहादुर ताम्राकार कुनै पनि पार्टीमा लाग्नुभएन, पार्टीमा नलागे पनि सामाजिक काम गर्न सकिँदो रहेछ । उहाँले उच्चशिक्षा हासिल गर्नुभएको थिएन, धेरै नपढे पनि समाजलाई परिचालन गर्न सकिँदो रहेछ । उहाँले गेरुवा कपडा लगाउनुभएको थिएन, गृहस्थी भएर पनि धार्मिक बन्न सकिँदो रहेछ । यी कुराको उदाहरण उहाँ नै बन्नुभयो । सामाजिक रूपान्तरण र विकास–निर्माण गर्ने कामका लागि दलगत राजनीति चाहिँदैन, उच्चशिक्षाको उपाधि चाहिँदैन, जातिगत विभेद र साम्प्रदायिकता चाहिँदैन, बरू इच्छाशक्ति, सत्सङ्कल्प र कर्ममा निरन्तरता चाहिन्छ भनेर उहाँले देखाइदिनुभयो । मलाई उहाँ मन पर्नुको कारण नै यही हो ।

    हनोईबाट हालङबे
    — पोष चापागाईं

    हनोईबाट हालङबे पुग्न हामीलाई चार घन्टा लाग्यो । त्यहाँ पुगेर इन्डियाको हाउसबोटमा घुमेजस्तै घुम्ने मन छ मेरो । अरू पनि घुम्ने सुरले नै यतिका पैसा खर्च गरेर आए हन् भन्छ मन ।
    म मेरा पूर्वस्मृतिहरूलाई उधिन्न थाल्छु । कारभित्र छु । जाँदैछु । तर मन नदेखेको हालङबे होइन, देखेको ‘इन्डियन हालङबे’ सम्झिरहन्छ ।
    पहिलो दिन । पहिलो रात । पहिलो बिहान । झन्डै चौबीस घन्टा । हाउसबोटभित्र बस्ता औधी मजा आएथ्यो मलाई । साथीभाइसँग हाउसबोटको चर्चा गरेथेँ । पुस्तकमा लेखेथेँ हाउसबोटबारे । त्यसैले त्यो हाउसबोटभन्दा अझ मजाको हालङबेको हाउसबोट हेर्न जाँदैछौँ होला भन्ने ठान्छ मन । होइन, बोट होइन, क्रुजमा घुम्ने रे !
    एक्लै मनसँग कति गफ गर्ने ! मदेखि मेरो मन पनि दिक्क भयो होला । साथीहरू कुटुकुटु खाँदै गफिँदै जाँदैछन् । म उनीहरूसँगै छु । तर एक्लै । एक्लै । फगत् एक्लै हेर्दैछु कारभित्रबाट ।
    नौलो ठाउँ । नौला मान्छे । हाम्रा जन्मजात मतवालीजस्ता देखिन्छन् बाटोवरपर हिँड्दै गरेका मान्छे । ठ्याक्कै हौ, ठ्याक्कै मिल्ने नेपाली अनुहार । भियतनामी मान्छेको ।
    फराक छ रोड । सलल बग्ने कार । भीड छैन गाडीको । हर्न बजेको सुनिन्न । शान्ति । जतिसुकै ठूलो, जतिसुकै शान्त रोड भए पनि सफा भने देखिनँ । हुन सक्छ त्यो दिन सडकमा खरेटो लगाउन बिर्सिएको होस् ।
    कतै–कतै ओर्लिएर बाटोनजिकैको पसलमा खानेकुरा किनेर खायौँ । प्रायः हामीले किनेर खाएका खानेकुरा बासी लागेनन् । मीठा लागे । नौला भएर हो कि साँच्चै मीठा भएर हो, सोधखोज गरिनँ ।
    बाटो । दायाँबायाँ घर । पातला । धेरै एक वा दुईतले । चार–पाँचतले कम । ठूला अपार्टमेन्ट त छैनन् जस्तो ।
    दुईतले घरहरूको चेपमा कतै–कतै एउटा तीन वा चारतले घर देखिन्छ । अनि गयो, गइरह्यो । फुत्त एउटा अपार्टमेन्ट टाइपको घर देखिन्छ, त्यसपछि उही एक वा दुईतले । सबै घर दुईतले भन्दा खतबात लाग्दैन जस्तो लाग्यो मलाई ।
    हनोईबाट हालङबे पुगुन्जेल बाटोका दायाँ–बायाँ एककोठे तर अरू घरजति नै अग्ला घर देखेँ ।
    हुन त काठमाडौँको सङ्कटावरपर एककोठे सात–आठतले घर नेदेखेको होइन । त्यति वास्ता गरेको थिइनँ । अहिले बाटैभरि देखेका एककोठे घरले छोयो मलाई । अन्तस्पर्श । अबोध्य बोध ।
    किन एककोठे घर धेरैतिर ? दाजुभाइको अंश मिलेन कि ? युद्धले असर ग¥यो कि ? अरू नै कारण हो कि ? यस्ता घरपछि ओल्ड क्वार्टर वरपर पनि देखेँ ।
    जति गयो उति रमाइलो । किनभने जहाँ जे देखे पनि सबै नयाँ लाग्छ । बाटोका वरपर धेरै देखेँ बाँसघारी । सिरसिर हावामा बाँसका पात हल्लिँदा राम्रो पो देखिँदो रहेछ ।
    उः बैङ्क । लेखेको पढेँ — भीआईएफटी बैङ्क । त्यो अग्लो घर कसको होला भनेर हेर्दैै थिएँ । लेखेको पढ्दा त ‘लङ हिया’ होटल पो रहेछ ।
    कार कुद्दैछ बिस्तारो । कारभन्दा छिटो कुद्दैछन् मेरा आँखा । खेत देखिन्न । बारी छ । राम्रो लाग्दैन बारी । ढुङ्गा, ढिस्का, फुङ्ग उडेको रूखो माटो । बोटबिरुवा, फलफूल केही देखिँदैन । नीरस धर्ती । कतै–कतै एक–दुई हरिया जिलिगान्टे रूख देखिन्छन् ।
    हामी हालङबे पुग्यौँ ।

    कविता सुनाउँदै पैसा बटुल्दै
    — कविप्रसाद प्याकुरेल

    राजाले सुकविको भनाइ सत्य हो भन्दै भने — भारतीको कृपाद्वारा प्राप्त अमृतको रस । पान गर्ने अनेकौँमा सुस्वादु कवि केवल ।।८९।। संसारको सम्यक दिव्य चिन्तन । त्रय पदार्थ शुभ अन्तरात्ममा ।। इक्षु रस शर्कर पुष्टिकारिका । काव्य सुधा यौवन षोडशी रस ।। अत्यन्त नै दुर्लभ सर्वदा त्रय ।।९०।।
    कुनै दिन द्वारपालले दण्डवत् गर्दै राजा भोजलाई भने, “द्रविण देशीय कवि श्रीधर (लक्ष्मीधर) द्वारमा छन् ।”
    राजाले उनलाई भित्र बोलाउन भने । प्रवेश गर्नासाथ सूर्य समान तेजस्वी कविलाई धरै वर्षदेखि अज्ञात तपस्वीजस्तो सम्झेर राजाले भने ः बाहिरी आकृतिद्वारा अभ्यन्तर मनोरथ । जान्न सक्ने कवि धन्य सर्वदा नै त्रिलोकमा ।।९१।।
    कवि आएर राजालाई स्वस्ति गरे । आसनमा बस्दै उनलाई राजालाई भने, “महाराज, यो पण्डित मण्डित सभा अभूतपूर्व छ । सरकार साक्षात् विष्णु भगवान् हुनुहुन्छ । म पण्डित हुँदै होइन । तर पनि केही बिन्ती गर्दछु ।”
    अनि बिन्ती बिसाउन थाले ः संसार हो भोज प्रताप केवल । संसारमा भोज शिवाय के छ र ? श्री लक्ष्मीनारायण अमृत घट । कुबेर अग्नि रवि विष्णु कर वश ।।९२।।
    यो सुनेर राजसभा रोमाञ्चक भयो । राजाले यी कविलाई प्रति अक्षर एक लाख स्वर्ण मुद्रा दिए । कविले फेरि भने, “महाराज, म परिवार सहित यहीँ बस्ने गरी आएको छु । क्षमादाता गुणाग्राही पाइन्छ पुण्य कर्मले । अनुकूल शुचि दक्ष कवि विद्वान दुर्लभ ।।९३।।
    राजाले कवि श्रीधरलाई घर उपलब्ध गराइदिनका निम्ति प्रधानमन्त्रीलाई आज्ञा दिए । प्रधानमन्त्रीले कुनै एक मूर्खलाई हटाएर यस्ता विद्वान्लाई दिने घर कतै भेटेनन् । अन्त्यमा उनले कुविन्दको एउटा घर उपयुक्त हुन सक्ने देखे । त्यसैले उनले कुविन्दलाई भने, ”तपाईँले यो घर विद्वान्का निम्ति दिनुप¥यो ।”
    तर कुविन्द दरबार आई राजालाई बिन्ती गर्न थाले, “सरकार, मलाई किन मूर्ख ठानेर मेरो घर कुनै विद्वान्लाई दिइँदै छ ? म मूर्ख हुँ या पण्डित ?” लेख्छु सदैव कविता तर चारु हुन्न । किन्तु सदैव कविता म सुचारु लेख्छु । भूपाल मौली मणिमण्डित पाद पीठ । हे सहस्राङ्क कवि जीवनका प्रतीक ।।९४।।
    जवाफमा राजाले भने, “तिम्रो शब्द लालित्य राम्रो छ । कविता माधुर्य पनि सुशोभित छ । तर प्रस्तुति चाँहि कविताजस्तो भएन ।”
    यो सुनेर कुविन्द रिसाए, अनि भने, “यसको जवाफ त मसँग छ, तर कसरी भनूँ ? किनकि राज धर्म र विद्वान् धर्म भिन्न छन् ।”
    राजाले भने, “प्रष्ट नै भन न त के भन्न खोजेको हो ?”
    जवाफमा कुविन्दले आफू कालिदास बाहेक अरूलाई कवि मान्न नसक्ने र यो राजसभामा कविता तत्व जान्ने कोही नभएको सुनाए । जो सत्सार सुसम्पदा गुरु कृपा पीयूष पक्क फल । त्यस्तो दुर्लभ लाभ केवल कवि सौभाग्यमा प्राप्त छ । घोकन्ती र रटन्ती काव्यहरूले घोक्नेहरू छौँ जति । भैसी जान्दछ खान घाँस कमल के जान्दथ्यो काव्य ती ।।९५।। कविको अत्यन्तै सुललित सफा काव्य सरिता । कविले नै बुझ्लान् जड हृदयमा छुन्न कविता । कटाक्षी कान्ताको शुभ अधरको अमृत रस । युवाले नै बुझ्छन् अरू सकलमा त्यो छ निरस ।।९६।।
    विदुषी सीताले भनिन् ः विपुल हृदय काव्य मूर्खले गर्छ निन्दा । तर पनि अरूभन्दा आफू ने ठान्छ श्रेष्ठ । शुष्क स्तनी शठ नारी कञ्चुकिमाथि क्रोध । शिथिल शरीर आफ्नै वस्त्रको दोष हो र ? ।।९७।।
    कुविन्द कविले भने ः बाल्य सुतः सुरतयुक्त नारी । स्तुति कवि वाङ्मयका पुजारी । सङ्ग्राम योद्धाहरूका निमित्त । त्वंकार सम्बोधन वाञ्छनीय । ममा पनि ख्वामितबाट आज । त्वंकार सम्बोधन सत्कृतार्थ ।।९८।।
    एवं क्रमले पण्डित राज बाण राजा भोजद्वारा अनेक बार सम्मानित भए । तर पूर्व जन्मको कर्मले गर्दा बाणको दरिद्रता गएन । राजा भोज छद्म भेषमा, गुप्त रूपमा नगर परिक्रमा गर्न लागे । बाणको घर पुगेर राजा टक्क उभिए ।
    मध्य रातमा बाण कविले पत्नीसँग भने, “राजा भोजको कृपाद्वारा मेरा अनेकौँ मनोरथ पूर्ण भए । आज फेरि याचना गर्दा पनि कृपा प्राप्त हुन्छ नै । परन्तु यस्तो निरन्तर याचनाले मूर्खको जिब्रो पनि जड हुन्छ ।”
    केही क्षणको शून्यतापछि फेरि भने ः हरहर त्रिपुरारी शङ्कर आशुतोष । हलाहल विषभन्दा याचना यो कठोर । हलाहल विषको औ तुलना याचनाको । उभय रस उपाधि जान्न सक्दैन अर्को ।।९९।। दरिद्रता प्रतिमूर्ति छाया केवल याचना । कौपीनधारी योगेश शङ्कर परमेश्वर ।।१००।। सेवा सुखैमा धनको व्यसान । गुरुत्वमा याचन दुष्ट भूप । हुँदा कुलाङ्गार यदि सुपुत्र । रोगी हुँदा बान्धवको प्रहार ।।१०१।। दरिद्रता जीवनको अवस्था । अशक्तता भूपतिका समक्ष । सर्वप्रिय मेघ छ अल्पकाल । सन्तापित सूर्यकृत प्रकाश ।।१०२।। दारिद्र्य अग्नि सन्ताप शान्त सन्तोष कारक । याचक रूपी आशाको शान्ति उपाय शून्य छ ।।१०३।।
    छद्मभेषी रात्रिचर राजाले यो कुरा सुने र प्रातः कालमा बाणको मनोरथ पूर्ण गर्नुपर्ला भन्ठाने । श्रोता भएर के लाभ ? वक्ता योग्य हुनुप¥यो । आफैँजस्तो धनी पार्ने दाता राजा हुनुप¥यो ।।१०४।।

    सभ्य र परिष्कृत समाज कसरी ?
    — उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’

    हामी संसारमा शान्ति होस् भन्ने चाहन्छौं । हामीलाई शान्ति र सुख होस् भन्ने चाहन्छौं । तर हामी कर्म र व्यवहारमा भने त्यो शान्ति र सुख प्राप्तिका लागि गर्नुपर्ने कार्य गर्दैनौ । मानिस स्वभावैले सुख चाहन्छ, आनन्द चाहन्छ, वैभव चाहन्छ । इच्छा र चाहना गर्नु आफ्नो ठाउँमा ठीकै छ । मानिसले जति इच्छा र चाहना राख्दछ त्यति मात्रामा पुरा हुँदैन । चाहना र उपलव्धिबीच जुन अन्तर पर्न जान्छ, त्यसैलाई दुःख, पीडा र तनाव भनिन्छ । तनावमय जीवन अपूर्ण र रोगी हुन्छ । त्यो अपूर्णतालाई पूर्ण गर्न, अभावलाई भावमा बदल्न, पीडालाई शान्तिमा बदल्न जीवनमा आत्मोन्नतिको साधना जरुरत पर्दछ । त्यो आत्मजागरणको साधन योग, भक्ति, निष्काम कर्म र ज्ञान हो । यी साधनको समुचित प्रयोग भयो भने मानवभित्र मनुष्यताको जागरण हुन्छ । मनुष्यताले मानवभित्र उच्च चरित्रको निर्माण हुन्छ । मानवमा उच्च चरित्रको निर्माणले समाज शान्ति, आनन्द र ज्ञानको मार्गमा अग्रसर हुन्छ जसद्धारा समाज सभ्य, सुसंस्कृत र समृद्धितिर उन्मुख हुन्छ । यसैले राष्ट्र शान्ति, विकास र उन्नतिका लागि योग साधनाका कार्यक्रमहरु प्रत्येक गाउँ–गाउँ, टोल–टोल, नगर–नगरमा पुग्नुपर्दछ । योगले मानव समुदायलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्दछ जसबाट समाज स्वस्थ, विकसित, समृद्ध र सभ्य हुँदै जानेछ । योगले मानव चरित्रप्रति सबैलाई जागरुक र सशक्त बनाउन मद्धत गर्दछ । योग अभ्यासले शरीर स्वस्थ हुन्छ भने मन पवित्र र स्वच्छ बन्दछ जसको कारण विचारमा पनि शुद्धता आउँछ । वैचारिक शुद्धिकरण समाज विकासको शुरुआत हो । जहाँ उच्च विचार छ, त्यहाँ मानवता र मनुष्यताको भावना स्वतः पैदा हुन्छ जसको कारण मानवीय चरित्र पनि उच्च देखिन्छ । यसैले मानव चरित्र निर्माण विना विश्वमा शान्ति पनि हुन सक्दैन । मानवको चरित्र नै ठिक छैन भने समाज तहसनहस हुन्छ । मानव चरित्र निर्माण विना शान्ति र विकासको कल्पना पनि गर्न सकिंदैन । ज्ञान, विज्ञान र सकारात्मक सोचको चिन्तनद्धारा नै मानवता र मनुष्यताको जागरण हुन्छ । योग अभियान मनुष्यताको जागरण गर्ने दिव्य कार्य हो । वर्तमान युग चरित्रहिनताको भुमरिमा फस्दै गएकोले योगलाई जोड दिनु जरुरी छ ।
    मानवले जबसम्म मन, वचन र कर्मले सत्कार्य गर्दैन तबसम्म समाज परिवर्तन पनि हुँदैन । शान्ति, विकास र समृद्धिको लागि संसारले सच्चा ज्ञानको आशा गरेको हुन्छ । सत् ज्ञानको प्रचारमा सुस्तिपना आएमा धर्मको मूल सुक्दै गई अशान्तिको संकटलाई सामना गर्नुपर्ने हुन्छ । त्यसैले ज्ञान, विज्ञान, अभ्यास र साधनाद्धारा मानवभित्र मनुष्यताको जागरण गर्ने कार्य नै धर्म अर्थात् योग हो । यदि समाजलाई विकृति र विसंगतिबाट मुक्त गर्ने हो भने स–साना वालवालिकादेखि नै नैतिक, चारित्रिक र योग शिक्षा दिँदै जानुपर्दछ । युवादेखि नै सुसंस्कारयुक्त शिक्षा र दीक्षाको काम हुन सक्यो भने शान्तिपूर्ण समाज खोज्न कतै जानुपर्ने छैन । वर्तमान शिक्षामा नैतिक र चारित्रिक शिक्षाको अभाव भएको कारण आजका युवाहरुले बाटो बिराइराखेका छन् । विद्यालयदेखि नै योग साधना, नैतिक र चारित्रिक शिक्षा एवं वैदिक ज्ञान दिन सकेमा युवाहरुले बाटो बिराउने कुरै आउँदैन । योगले नैतिक शिक्षाको साथै शारीरिक स्वस्थता, मानसिक स्थिरता र बौद्धिक प्रखरता बढाउन ज्यादै मद्धत पु¥याउँछ । साथै योगले शुद्ध आचरण सिकाउने भएकोले सभ्य समाजको निर्माणमा पनि मद्धत पु¥याउँदछ । मनुष्यमा मानवताको भाव जगाउनका लागि योग र वैदिक शिक्षा प्रभावकारी हुन्छ । मनुष्यताको जागरणले समाजमा सत्पुरुषको जन्म हुन्छ । सत्पुरुषको जन्म, कर्म र प्रेरणाले समाजमा चारित्रिक चेतना जागरण आउँछ । नैतिक विचारको उत्थान र चारित्रिक चेतनाको जागरणले राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सुधार आउँछ । वैदिक शिक्षाले व्यक्तिलाई विवेकशील बनाई व्यक्तित्वमा परिणत गर्दछ, समाजलाई जागरुक र सशक्त बनाउँछ जसले देशलाई समृद्ध बनाई विश्वमा भाइचारा, एकता, मैत्रीय र बन्धुत्वको विकास गर्दछ । यसैले समाजमा वैज्ञानिक शिक्षाको संगसंगै सकारात्मक सोचमा आधारित ज्ञानको जागरण हुन अति जरुरी छ । समाजमा सकारात्मक विचारको अभिवृद्धि गर्न सकेमा मुलुक स्वस्थ, सभ्य, सुसांस्कृतिक एवं विकसित हुँदै जान्छ । व्यक्ति व्यक्तित्वमा परिणत हुँदै गयो भने व्यक्तिको परिवर्तनले समाजको परिवर्तन हुन्छ र समाजको परिवर्तनले राष्ट्र र विश्वको शान्ति, उन्नति एवं समृद्धिलाई सहयोग पुग्दछ । यसैले उच्च मानवीय चेतनाको विकास र विस्तारको लागि मानव योग संस्कृतिको क्रमिक चिन्तनलाई समाज र राष्ट्रमा निरन्तरता दिनु पर्दछ ।
    मानिस परनिर्भर छ । उसलाई आत्मनिर्भर हुन वहुतै कठिन पर्दछ । योग साधनाले मानिस स्वस्थ र सबल हुन्छ, तब ऊ आत्मनिर्भरतातर्फ उन्मुख हुन्छ र अन्त्यमा आत्मलाभ प्राप्त गरी मुक्त जीवन जिउँदछ । तर हामीमा योग साधनाप्रतिको विश्वासमा कमी छ । आत्मज्ञान बुढेसकालमा मात्र लिने हो भन्ने अज्ञानतापूर्ण भावना हामीसँग ज्यादा भएकोले समाज दुर्गतितिर उन्मुख छ । देशले जहिले पनि समझदार, इमान्दार र जिम्मेवार जनशक्ति एवं नेतृत्वको आशा गरेपनि सोही अनुरुपको नेतृत्व र जनशक्ति तयार गर्न भने सकेको छैन । देशले आशा गरेको जागरुक एवं सच्चा नागरिक पाउनका लागि योग तथा वैदिक शिक्षामा राज्यले ठूलै लगानी गर्नै पर्दछ । स्वस्थ, चरित्रवान्, सुसांस्कृतिक र सभ्य मानिसको निर्माण गर्नु राज्यको दायित्व हो जसमा राज्य चुक्दै गएको देखिन्छ । सभ्य मनुष्यले नै समाजलाई शान्ति र उन्नतिको सन्देश दिन सक्छ । त्यसकारण समाज, देश र विश्वशान्तिका लागि चारित्रिक चेतना जागरण, योग र वेदान्त चिन्तनको जरुरत पर्दछ । यस्ता कार्यहरुप्रति विद्धान्, सज्जन, सन्त, गुरु, पण्डितहरु एकमत हुनै पर्दछ । कुनै पनि सत्कार्यप्रति सबैले एकबद्धता देखाउन सकेमात्र सफलता हासिल हुन्न्छ । एकताले सोचेको, विचार गरेको र लागी परेको उद्देश्य पुरा हुन्छ । यसै तथ्यलाई समाज र राष्ट्रले दृष्टिगत गरी योग र वैदिक शिक्षा पद्धतिलाई अगाडि बढाउनु नै बुद्धिमानी हुनेछ । यसरी मन, वचन र कर्मले सबै मिलि राष्ट्रको सेवा कसरी हुन्छ भन्ने सोच राख्ने हो भने मुलुक समृद्धिको शिखरमा पुग्न समय लाग्ने छैन । त्यसैले योगशिक्षा र मानवीय चेतना जागरणलाई प्राथमिकताका साथ अगाडि बढाउन सकेमा मात्र सबैको लागि श्रेयस्कर हुनेछ ।

    एक कप चियाको दुई सय रुपियाँ
    — हुचरा

    त्यहाँ मलमूत्र गरेर हिमालयको चुचुरोलाई क्यामरामा कैद गरिसकेपछि पुनः यात्रा शुरु भयो । चिया भने हामीले खाएनौं । एक कप चियाको मूल्य रु २०० सय रुपैंयाँ । किन यति महँगो भनेर सोध्ने ठाउँ पनि छैन । चियाको पैसा धेरै लिए भनेर उजुरी गर्ने ठाउँ पनि छैन । चिया बनाउँने सामग्री आगोवाहेक सबै पोखराबाट लैजानु पर्ने । आगो पनि सानो सलाइको बट्टा भएकाले भरिया खर्च नलाग्ने । पानी भने मुस्ताङमै छ है ।
    गाडि कुदिरहेको थियो । मेरो कल्पनामा आयो, यो ठाउँमा तराइका नेतालाई ल्याएर राजनीति गर्न लगाउनु पर्ने । चारैतिर उजाड मरुभूमि । बिचबाट वगिरहेको कालिगण्डकीको मसिनो सिरान । हावा र हुरीले दिनदिनै सताउँने । केही महत्वपूर्ण ठाउँमा महत्वपूर्ण खाद्यान्न र जडिबुटी बाहेक केही नउम्रने । यो ठाउँका मानिसहरूमा मधेश खास गरी दुइ नम्वर प्रान्तका जस्ता दरिद्र मानिस भैदिएका भए के हालत हुन्थ्यो होला देशको । मुस्ताङको स्याउजस्तै गाला भएका थकाल्नी नानीहरू नेपालको अनेक ठाउँमा गएर व्यापार व्यवसाय गर्दै, सात समुद्र पारी गएर आफ्नो अस्मितामाथि दाग लगाएर श्रमको व्यापार नगरेका भए ती मुस्ताङ्गेहरू अहिले पनि चौंरीको घिउ र च्याँग्राको वोसो गन्हाउने मुस्ताङी भोटेमै कहलाउँथे । तर तीनै मुस्ताङेहरू अहिले नेपालको अव्बल राम्रा र सुघर घरहरूमा बस्छन्, थकालीको खानाघरले देश र बिदेशमा पनि अव्वल नाम कमाएका छन् । आफूले नमिठो खाने भन्ने कुरा त हुदै हुदैन । त्यसैले मानिस गरिव भएर होइन, दरिद्र भएर दुःख पाउँछ । मधेश गरिव होइन, दरिद्रहरूको वस्ती हो । प्रकृतिले पनि मधेशीहरूलाई दरिद्रताकै दर्जामा राखेको छ । उनीहरू परिश्रम नगर्ने होइनन् तर हिमाली भेगका मानिसहरूभन्दा पृथक परिश्रमका कारण उनीहरू केवल पेटपालन बाहेक आम्दानीबाट जगेर्ना गर्न सकिरहेका छैनन् । राजनीतिक इष्र्या र अरुको भनाइमा लागेर वेलुन फुल्दाझैं फुलेका मधेशीहरूसँग अन्न उव्जाउँने जमिन छ, तर त्यो जमीनका मालिकहरू गरिव मधेशीहरूका शासक हुन । जो धनी छ उसैले मधेशमा राजनीति गर्ने हो, उसले आफ्नो भन्दा अरुको भलो कदापि चाहँदैन । फलतः यिनै जनतालाई देखाएर मधेशी नेताहरू राजनीति गरिरहेका छन्, आआफ्नो इलाकामा भोट बैंक जम्मा गर्न उनीहरूलाई सजिलो भएको छ । मानव उन्नतीका लागि माथिबाट होइन तलबाट शुरु गर्नुपर्छ भन्ने मान्यतालाई कुल्चिएर वामे सर्न नजान्दै दौडिन खोजिरहेका छन् । लोकतन्त्र र गणतन्त्रको व्याख्यालाई गलत अर्थमा व्याख्या गरिरहेका छन् ।
    म गंभीर सोचाइमै रहेछु, फेरी गाडि रोकियो । देब्रेपट्टी होटल शरिल, दाहिने पट्टी बिमानस्थल, त्यसपछि खोलो र उकालो लाग्ने हो भने हिमालयको श्रृखला । ठाउँ अति रमाइलो । के गर्ने, हामी काठमाडौंका काँठेहरू । बिहानैदेखि हावा लागेर बस्नै नसकिने । अहिले के छ कुन्नी । कुलमान घिसिङले नेपाल लाडसेडिङ्ग मुक्त घोषणा गरेपछि बत्ती बल्छ कि बल्दैन ! हामी मुस्ताङ पुग्दा दुई रात मार्फामा बस्ता बत्तीको अनुहार देख्नै पाइएन । मैनबत्तीले गुजारा चलाउँनुपरेको थियो ।
    अरु जेसुकै होस्, खाना असाध्यै मीठो । तव न थकालीको भन्छाघर भनिएको । आफ्नो शरिरले माछामासु पनि नरुचाउँने, दालभात तरकारी नै काफी । मुस्ताङको कालो सिमीको दाल, पोखरादेखि मीठो लागेको । मुस्ताङमा मासु नै बिर्साइदियो । रातको खानापछि आरामले सुत्यौं ।

    जब दूधले चिठी लेखिन्थ्यो
    — रामचन्द्र हुमागाई

    लेनिन फुर्सदको समय माक्र्सवादको अध्ययनमा लगाउनुहुन्थ्यो । पुस्तकालयहरुमा ती पुस्तकहरुको अध्ययन गर्नुहुन्थ्यो जुन रुसमा भेट्टाइन्थे । विदेशबाट फर्कनुभएपछि लेनिन पिटेरबुर्ग नपसीकनै भिल्नो, मास्को र आरेखभो जुएभो पुग्नुभयो र स्थानीय सामाजिक–जनवादीहरु (त्यस बेलाका क्रान्तिकारी माक्र्सवादीहरु) सँग सम्वन्ध कायम गर्नुभयो । लेनिनले विदेशबाट दुई तह पिँध भएको सुटकेसमा लुकाएर माक्र्सवादी साहित्य ल्याउनुभएको थियो । यो साहित्य धेरैजस्ता सहरहरुमा वितरण गरियो । लेनिनकी दिदी आन्ना इल्यिनिच्नाले संस्मरणमा लेख्नुभएको थियो, भन्सारमा लेनिनको सुटकेस उल्टाइपल्टाई जाँचियो, पिँध टक्टक्याइयो । भन्सारका अनुभवी अधिकारीहरुले लुकाएको पिँध पत्ता लगाउन सक्छन् भन्ने कुरा लेनिनलाई थाहा थियो र यस्तो जाँच हुँदा अब खतम भएजस्तो लेनिनलाई लागेको थियो । तर बिना कुनै अडचन भन्सारबाट उम्किन सफल भएर सुटकेस निर्धारित स्थानमा पु¥याइयो । यस सफलताले गर्दा लेनिन धेरै खुसी थिए र यही उल्लासपूर्ण भावना लिएर मास्को आइपुगे ।
    सेप्टेम्वर १८९५ को सुरुमा लेनिन पिटेरबुर्ग फर्कनुभयो र अझ बढी उत्साहपूर्वक क्रान्तिकारी काममा लाग्नुभयो । उहाँ अक्सर आम सभाहरुको आयोजना गर्नुहुन्थ्यो र मजदुरहरुसँग कुराकानी गर्नुहुन्थ्यो । पुलिसको कडा निगरानीको बाबजुद उहाँले आफ्नो काम जारी राख्नुभयो । कसरी जारका जासुसहरुको निगरानीबाट उम्कन सकिन्छ भन्ने कुरा उहाँलाई राम्ररी थाहा थियो । आफ्नो पछि लागेका पुलिस जासुसहरुलाई उहाँ छक्याउनुहुन्थ्यो र गिरफ्तारीबाट बच्न डेरा सर्नुहुन्थ्यो ।
    सन् १८९५ को शरद्मा लेनिनले पिटेरबुर्गका माक्र्सवादी अध्ययन मण्डलीहरुलाई एउटै राजनैतिक संस्थाको रुपमा संगठित पार्नुभयो । पछि गएर यस संस्थालाई मजदुर वर्ग मुक्तिसंघर्ष संघ नाम दिइयो । लेनिनको नेतृत्वमा गठित केन्द्रीय समिति मुक्ति संघको नेतृत्व गथ्र्यो । आआ भानेएभ, प्याकु जापारोझेच, गमा क्रझिझानोभस्को, नाको क्रुस्पकाया, ल मार्तोभ (युओ जेदेरबाउम), आनि पोत्रेसोभ, स्तेइ रादचेन्को, भाभा स्तारकोभ तथा अन्य व्यक्तिहरु संघका सदस्य थिए ।
    कारखानाहरुमा बनेका मजदुर अध्ययनमण्डलीहरु मुक्ति संघका आधार थिए । क्षेत्रीय समितिहरु यी मण्डलीहरुको नेतृत्व गर्थे । लेनिनले संघका सदस्यहरुलाई कठोर अनुशासन पालन गर्न, केन्द्रीय समितिको कदर गर्न र यसका आदेशहरु ठीक तरिकाले कार्यान्वयन गर्न सिकाउनुभएको थियो । सबै तहका संगठनहरुले आफ्नो कार्यको रिपोर्ट दिनुपथ्र्यो ।
    मुक्ति संघ रुसको क्रान्तिकारी माक्र्सवादी पार्टीको पहिलो बिउ थियो । विस्तृत मजदुर आन्दोलन संघको कार्यक्षेत्र थियो र सर्वहारा वर्गको संघर्षको नेतृत्व गथ्र्यो । मुक्ति संघले रुसमा पहिलोपल्ट मजदुर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो । यसै कुरामा संघको महान ऐतिहासिक भूमिका निहित थियो ।
    उन्नाइसौं शताव्दीको दसौं दशकको मध्यावधिसम्म रुसका विभिन्न माक्र्सवादी अध्ययनमण्डलीहरु मजदुर आन्दोलनसँग सम्वन्धित थिएनन् । उनीहरु प्रगतिशील मजदुरहरुबीच माक्र्सवादको प्रचार गर्थे, जनसमूहबीच राजनैतिक कार्य गर्दैनथे । लेनिनद्वारा गठित मुक्ति संघले विस्तृत राजनैतिक आन्दोलन सुरु ग¥यो र हडतालहरुको नेतृत्व गर्न थाल्यो । मजदुरहरुबीच क्रान्तिकारी चेतना बढाउन पर्चाहरु वितरण गर्न थाल्यो । छोटो अवधिमै मिलमालिकहरुको अत्याचारको भण्डाफोर गरिएका, मजदुरहरुले आफ्नो स्वार्थरक्षाको लागि कसरी संघर्ष गर्नुपर्छ भन्ने बताइएका, पुँजीजीवीहरु र जारशाही सरकारको अगाडि कस्ता मागहरु राख्नुपर्छ भन्ने कुरा बताइएका विभिन्न पर्चाहरु वितरण गरिए ।
    मुक्ति संघको नेतृत्वमा सन् १८९६ को ग्रीष्ममा पिटेरबुर्गका कपडा कारखानाहरुका मजदुरहरुको विख्यात हडताल भयो । हडतालमा ३० हजारभन्दा बढी मिलमजदुरहरुले भाग लिएका थिए । हडतालले पिटेरवुर्गका सामाजिक जनवादीहरुको प्रतिष्ठा बढायो । उनीहरुकै नेतृत्वको फलस्वरुप हडतालले विस्तृत रुप लिन सकेको थियो । हडतालको राजनैतिक महत्व ठूलो थियो । मुक्ति संघको प्रभाव पिटेरबुर्गबाट टाढाटाढा फैलिन थाल्यो । मास्को, किभ, भ्लादिमिर, यरस्लाभल, इभानोभो भजनिसेन्स्क, गुबेर्निया तथा रुसका सहरहरुमा मजदुर अध्ययन मण्डलीहरु सामाजिक जनवादी संस्थाहरुमा संगठित हुन थाले । मुक्ति संघको क्रियाकलापले रुसमा क्रान्तिकारी आन्दोलनको विकासको लागि प्रेरणा दियो र देशमा मजदुर वर्गको माक्र्सवादी पार्टीको सिर्जनाको लागि वातावरण तयार ग¥यो ।
    संघको क्रियाकलापमाथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले छिटै संघमाथि कडा प्रहार ग¥यो । डिसेम्वर १८९५ को सुरुमा लेनिनसहित संघका बहुसंख्यक कार्यकर्ताहरु गिरफ्तार भए । संघद्वारा छापिएको पत्रिका राबोचेए देलाको पहिलो अंक पुलिसले सफत ग¥यो । यसप्रकार अवैधानिक मजदुर पत्रिका निकाल्ने रुसी सामाजिक जनवादीहरुको पहिलो प्रयास विफल भयो ।
    लेनिनलाई पिटेरवुर्ग जेल पु¥याए र त्यहाँ चौध महिनासम्म एकान्त कोठामा थुनेर राखे तर जेलमा पनि उहाँले आफ्नो क्रान्तिकारी काम जारी राख्नुभयो । लेनिनले मुक्ति संघलाई निर्देशन पठाउने तरिकाहरु भेट्टाउनुभएको थियो । जेल नपरेका साथीहरुसँग सम्वन्ध राख्नुभयो, चिठीहरु, पर्चाहरु र पमप्लेटहरु लेख्नुभयो । जेलैमा उहाँले माक्र्सवादी पार्टीको पहिलो कार्यक्रम मस्यौदा तयार पारी कार्यक्रमको व्याख्या गर्नुभयो ।
    लेनिन क्रान्तिकारी लेखहरु किताव र पत्रिकाहरुका हरफहरुको वीचमा दुधले लेख्नुहुन्थ्यो । यसरी लेखिएका अक्षरहरु देखिदैनथे तर कागज तताएपछि अक्षर पढ्न सकिन्थ्यो । क्रान्तिकारीहरु यसै किसिमले पत्रव्यवहार गर्थे । लेनिन पाउरोटीका ससाना मसीदानीहरु बनाउनुहुन्थ्यो । मसीदानीहरुमा उहाँ दुध राख्ने गर्नुहुन्थ्यो र जेलर आयो भने मसीदानीहरु निलिदिनुहुन्थ्यो । एउटा चिठीमा लेनिनले लेख्नुभएको थियो, आज मैले छवटा मसीदानी निले ।
    लेनिन जेलमा रहेका साथीहरुसँग पनि पत्रव्यवहार गरिरहनुहुन्थ्यो । यस उद्देश्यको लागि उहाँ जेलको पुस्तकालयमा रहेका कितावहरु उपयोग गर्नुहुन्थ्यो । उहाँ अक्षरहरुको मुनि थोप्ला राखिदिनुहुन्थ्यो जुन अक्षरहरुबाट आवश्यक शब्द बनाउनुपथ्र्यो । लेनिनका पत्रहरु आशावादी हुन्थे र मजदुर वर्गको विजय अवश्यम्भावी छ भन्ने विश्वासले ओतप्रोत भएका हुन्थे । उहाँका पत्रहरुमा जेल परेका साथीहरुको बारेमा चिन्ता व्यक्त गरिएको हुन्थ्यो । प्रत्येक चिठीमा कुनै न कुनै अनुरोध गरिएको हुन्थ्यो । कुनै साथीलाई न्यानो लुगाको आवश्यकता छ त कसैले भेट गर्न नआउने एक्लो साथीको लागि दुलही खोज्ने अनुरोध गरिएको हुन्थ्यो ।
    जेलैमा लेनिनले प्रख्यात कृति रुसमा पुँजीवादको विकास लेख्न सुरु गर्नुभयो । पुस्तकको लागि सामग्री बटुल्न उहाँले सयौं पुस्तक र पत्रिकाहरुको अध्ययन गर्नुभयो । आफन्तहरुलाई लेखिएका पत्रहरुमा आवश्यक पुस्तकहरुको सूची पठाइएको हुन्थ्यो । यी पुस्तकहरु जेठी दिदी आन्ना इल्यिनिच्ना पु¥याउने गर्नुहुन्थ्यो ।
    लेनिन जेलमा अनुशासन पालन गर्नुहुन्थ्यो । हरेक दिन उहाँ कडा परिश्रम गर्नुहुन्थ्यो र सुत्नुअगाडि नियमित रुपमा व्यायाम गर्नुहुन्थ्यो । व्यायाम गरिसकेपछि त्यस्तो बरफजस्तो चिसो कोठामा पनि जाडो लाग्दैनथ्यो । पछि ती दिनहरुको सम्झना गर्दै लेनिनले लेख्नुभएको थियो जेलमा उहाँ आफूलाई भावी संघर्षको लागि वैचारिक रुपमा मात्र नभएर शारीरिक रुपमा समेत तयार गर्दै हुनुहुन्थ्यो र सहयोगीहरुलाई यही सल्लाह दिने गर्नुहुन्थ्यो । एकलप्ट बहिनी मारिया इल्यिनिच्ना जेल परेको बेलामा लेनिनले चिठीमा लेख्नुभएको थियो — आफूसँग भएका पुस्तकहरु पालोफेरो पढ्ने सल्लाह दिन्छु । अनुभवको आधारमा भन्न सक्छु यसरी पालोफेरो गरी विभिन्न विषय पढनु धेरै उपयोगी हुँदो रहेछ । म केही समय अनुवाद गरिसकेपछि पढथें, चिठी लेखिसकेपछि व्यायाम गर्थे, कुनै जटिल पुस्टक पढिसकेपछि कुनै उपन्यास पढथें ।
    पिटेरवुर्गमा लेनिन मजदुर वर्गको नेता र संगठनकर्ताको रुपमा देखापर्नुभयो । उहाँले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गर्नुभयो र रुसमा सर्वहारा पार्टीको सिर्जनाको लागि जग तयार गर्नुभयो ।

    कुलचन्द्र कोइरालाको प्रसाद
    — भरत जङ्गम

    २०४७ साल कार्तिक महिना, बिहान ८ बजे कुलचन्द्र दाजुले फोन गरेर भन्नुभयो — ‘भरतबाबु ! तपाईंलाई फुर्सत छ भने मकहाँ आउनुस् न !’
    किन बोलाउनुभयो ? मनमा जिज्ञासा राख्तै उहाँको घरमा पुगेँ । भुइँतले कोठामा रहेको खाटमा बस्नुभएका दाजुलाई अभिवादन गरेँ । कोठामा कवि भरतराज मन्थलीयसमेत अरू दुईजना मैले नचिनेका व्यक्ति पनि हुनुहुन्थ्यो । म कोठामा भित्रिनेबित्तिकै कोठाको माहोल नै परिवर्तन भएजस्तो लाग्यो । मेरै बारेमा कुरा हुँदै रहेछ । साहित्यको चर्चा चल्यो । मेरो प्रयोगात्मक उपन्यास ‘कालो सूर्य’ का बारेमा कुलचन्द्र दाजुले विशेष व्याख्या गर्नुभयो, साथै कवि मन्थलीयले पनि । करिब आधा घन्टाको साहित्यिक मन्थनमा एक कप चिया पनि पिउन भ्याइएको थियो । प्रसङ्ग परिवर्तन गर्दै कुलचन्द्र दाजुले मलाई बोलाउनुपरेको कारण उठान गर्नुभयो । कोठैमा बसेका एकजना गोरो वर्णको युवकलाई औँल्याउँदै भन्नुभयो — ‘भरतबाबु ! तपाईंको पत्रिकाका लागि एकजना सहयोगी खोजिदिएको छु, लानुस् !’
    मलाई लाग्यो दाजुले मलाई प्रेमपूर्वक सहयोगी हस्तान्तरण गरेजस्तो गरी ती युवकलाई मेरो जिम्मा लगाइदिनुभयो । ती भलादमी देखिने युवकसँग केही कुरा गर्ने वा उनीसँग कुनै अन्तर्वार्ता लिने स्थिति नै थिएन त्यस कोठामा । त्यसैले ती जिम्मामा आएका युवकसँग पत्रिकाको कार्यालय बिजुलीबजारमा गएर नै कुराकानी गर्ने निश्चय गरेँ । कुलचन्द्र दाजुको घर मध्यबानेश्वरबाट हामी दुवै मोटरमा पत्रिकाको कार्यालयतर्फ लाग्यौँ ।
    कार्यालयमा पुगेपछि ती युवकसँग विधिवत कुरा थालनी गरेँ । दुवैको परिचय आदानप्रदान भयो र सोही दिनदेखि ‘साप्ताहिक नेपाल आवाज’ मा उनले काम सुरु गरे । ती हुन् नेपालका प्रख्यात साहित्यकार, लेखक, पत्रकार, सम्पादक, भाषाविद् हरि मञ्जुश्री । २०४७ सालदेखि हरि मञ्जुश्री र मेरा बीच अत्यन्तै राम्रो अर्थात् मित्रवत सम्बन्ध कायम छ । यसबीचमा मेरो विभिन्न अभियान र परिआउने अवसरमा सहयोगीको समेत भूमिका निर्वाह गरेका छन् उनले । २०६३ सालमा मेरो ‘मोती महोत्सव’ को उपलक्ष्यमा तयार भएको ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ ग्रन्थको सम्पादनको भार बोकेर मलाई ऋणी बनाएका छन् उनले । भाइ हरि मञ्जुश्रीलाई कुलचन्द्र दाजुको प्रसादका रूपमा ग्रहण गरेको छु मैले । मेरो जीवन बाँचेसम्म यो त्रिकोणात्मक आत्मीय सम्बन्ध कायम रहनेछ भन्नेमा म विश्वस्त छु ।

    सुधार्नु नपर्ने सन्तानहरू
    — डा. हेमराज काफ्ले

    रातिको यात्रा कहिलेकाहीँ फाइदाजनक नै हुन्छ । मुख्य कुरा यात्रामा दिन जाँदैन । यात्राअघि तयारीको र यात्रापछि थकानको निहुँबाहेक दिनभर काम गर्न सकिन्छ । यही एक कारण म प्रायः रातिको यात्रा गर्न रुचाउँछु । झन् गर्मी याममा त राति हिँड्नुको मजै अर्को हुने भो । जाडोमा पनि लुगा टन्नै पु¥याएर लाइने हुनाले खासै चिन्ता लाग्दैन ।
    बनेपा–सिन्धुली सडकको रात्रियात्राचाहिँ मलाई खासै फापेको छैन । धुलिखेलबाट पूर्व जाँदा बिहान साढे दुई बजे नै उर्लाबारीमा फालिदिन्छ । एक घन्टाभन्दा बढी सडकछेउमा कुकुरसँग कुरा गरेर बिताएपछि मात्र दक्षिणतर्फको मोटी बहिनीको चियापसल खुल्छ । चिया खाने निहुँमा एक घन्टा बिताएपछि फाट्टफुट्ट सफारी देखापर्छन् । घरसम्म पुग्ने भाडा धुलिखेलबाट त्यहाँ पुग्दाको भाडाको ठ्याक्कै आधा लाग्छ । सफारी चढ्न खासै जाँगर चल्दैन । यस्तै उल्झनमै जेनतेन घर पुगिन्छ । उताबाट फर्किंदा बेलैमा बोलाउँछ माइक्रोबसले । खुब छिटो पुग्ने भइयो भनेर मख्ख पर्दापर्दै बर्दिबासमै पाँच घन्टाको बास हुन्छ जङ्गली लामखुट्टेसँग ।
    मैले दुईपटक यताबाट र तीनपटक उताबाट रात्रि माइक्रोमा यात्रा गरेको छु । यीमध्ये चार यात्राहरूमा बाटो र समयजन्य स्वाभाविक तनावबाहेक पात्रजन्य ‘इरिटेसन’ हरू पनि भोगेको छु । चार पटकको अनुभवबाट लाग्न थालेको छ रात्रिको यात्रा झमेलामुक्त हुँदैन । यी चारैपटक हिँड्दा फेला परेका कोही न कोही पात्रचाहिँ सम्झिनलायक पाएको छु ।
    २०७३ माघको पहिलो हप्ता । दमकको लाइफलाइन अस्पतालमा आमा सन्चो भएपछि रातिको माइक्रो चढेर तुरुन्त फर्किनु थियो । अघिल्लो दिन नै टिकट लिएको थिएँ । हिँड्ने दिन दिउँसो ३ः३० मै गाडी चढिन्छ भनेर काउन्टर पुगेको भए पनि राति नौ बजे मात्र चढ्ने सौभाग्य मिल्यो । हिँडिसकेको गाडीले अर्को गाडीलाई ठोकेको रे ! पुलिसले पक्रेको रे ! कम्पनीले अर्को गाडी पठाउन र यात्रुहरू व्यवस्थापन गर्न समय लागेको रे ! त्यही कारण त्यति ढिलो भएको रे ! कथैकथा । टिकट पाउनु, गाडी चल्नु अनि टिकटअनुसारको खाली सिट लिएर गाडी आइपुग्नु नै ठूलो कुरो हुँदो रहेछ रातिको यात्रामा ।
    काउन्टरमा पर्खिरहँदा एउटी महिला हो कि केटीमान्छे हो, एउटा भुस्तिघ्रेको साथमा आइपुगी । हाम्रै गाडीकी यात्री रै’छे । त्यसको हाउभाउ देख्तै आफूले खासै विश्वास नमान्ने गरेका भगवान्लाई पुकार्न थालेँ — ‘प्रभु ! यो केटीसँग बस्नु नपरोस् !’ तपाईं ठान्दै हुनुहोला, तरुनीसँग रातभर यात्रा गर्न पाउने हुँदा पनि किन यस्तो रुवाबासी ! तर ऊ तपाईंले सोचेको भन्दा फरक नश्लकी थिई । काउन्टरमा झोला फालेर त्यो भुस्तिघ्रेसँग चिया खान गएकी, गाडी आउनुभन्दा आधा घन्टाअघि मातेर हल्लिँदै आई । आउनासाथ झोलाबाट दुईवटा मोबाइल फोन निकाली । एउटामा नयाँ हिन्दी गीतहरू लगाएर राखी अनि अर्कोको मिरर अन गरी । झोलाबाट मेकअपको सामान निकालेर मेकअप सुरु गरेपछि ‘आफन्त र साथीभाइ’ सँग फोनमा कुरा सुरु गरी । अरू काम नभएपछि त्यो दृश्य हेर्नुपर्ने बाध्यता नै थियो मलाई ।
    उसको मेकअप नसकिँदै गाडी आइपुग्यो । उसलाई ‘वासरुम’ जानु थियो, सिगरेट पिउनु थियो, सिट कुन हो कन्फर्म गर्नु थियो । पहिल्यै मातिसकेकी भए पनि सुरमै भएको देखाउनु थियो । माघको जाडोमा पाँच घन्टा कुर्दा बल्ल आइपुगेको गाडी उसकै कारण अरू बीस मिनेट रोकियो । स्टाफ ‘बुद्धिमान्’ नै रहेछ । लास्टको तेर्सो सिटमा झ्यालतिर लगेर कोचिदियो । ‘म अगाडि नै बस्छु नि, मलाई भमिट हुन्छ के’ भन्दा पनि उसले मानेन । ‘कति दर्जन प्लास्टिकको झोला चाहिन्छ दिउँला, अगाडि सिट छैन’ भनेर टा¥यो ।
    बाटोमा उसले ‘भमिट’ गरिन, हल्लाखल्ला र डिस्टर्ब पनि गरिन । तर गाडी रोकिँदैपिच्छेको ‘वासरुम’ र ‘सिगरेट’ ले चाहिँ आधा घन्टाभन्दा बढी पर्खायो । साथीहरूसँग ट्रेकिङ जान भनेर सीमापारिबाट छिरेकी एक्ली त्यो केटीको बिन्दास जिन्दगी गजबै लाग्यो । जस्ती होस् वा जुन रूपमा होस्, ऊ एक ‘इम्पावर्ड’ पात्र थिई । मैले भने गत दसैँमा दार्जिलिङ घुम्दै गर्दा ट्याक्सी ड्राइभरले भनेको सम्झिरहेँ — ‘अन्त, यहाँ त केटाभन्दा पनि केटीहरू खतरा छ हौ सर !’
    माघको अन्त्यमा आसाम यात्रामा निस्किएँ अट्ठाइस किलोमा गाडी पक्रेर । साथमा थिए एकजना सहकर्मी । दुईजना हुँदा यात्राको रौनक नै अर्कै हुन्छ । त्यसमाथि टाढाको यात्रा । हो, त्यही यात्रामा भेटिए दुईजना ‘स्याम्पल’ हरू । एउटा थियो सर्वज्ञ । ऊ ड्राइभरसँगको सिटमा ढोकापट्टि बसेको थियो । धुलिखेलबाट अघि बढ्दा ऊ नेपाली उत्पादनहरूको प्रवद्र्धनका बारेमा बोल्दै थियो — साबन, सेम्पो, जडिबुटी इत्यादि । ऊ भन्दै थियो जोडसित — ‘मैले हाम्रा उत्पादन प्रयोग गर्न राष्ट्रपति र उपराष्ट्रपतिलाई भनिसकेको छु । केही दिनमै उनीहरूका घर–अफिस दुवैतिर हाम्रा सामान पुग्दैछन् । प्रधानमन्त्रीले पनि आश्वासन दिइसकेका छन् । प्रधानसेनापतिले त धेरै ब्यारेकहरूमा सामान पुग्न सक्ने कुरा गरेका छन् । मैले प्रमुख दलका नेताहरू सबैलाई सल्लाह दिइसकेको छु।’ ऊ फेरि अर्को मानिससँग भन्दै थियो, ‘सिङ्गापुर, मलेसिया लगायतका देशहरूमा नेटवर्किङ भ्रमणमा जाँदैछु । साथमा केही नेता र सचिवहरू पनि हुनेछन् । बरू हजुरले एकपटक श्रम मन्त्रालयमा कुरा पु¥याइदिए वेश हुन्थ्यो, उताको व्यवस्था राम्रो हुन्थ्यो । फर्किंदा हजुरका लागि पनि विशेष केही ल्याउँला भन्ने योजना छ ।’
    त्यो सहयात्रीले देउता र भूत चढ्ने समस्या ठिक पार्नेदेखि लिएर देश र नेताहरूको राजनीतिक भविष्यवाणीसम्मका सम्पूर्ण वृत्तान्त हामीलाई सुनायो फोनमै । गाडीका अरू मानिसले के सुने, के सोचे भन्ने उसलाई मतलब थिएन । आफ्नो बहुमुखी व्यक्तित्वको बयान सुनाउन पाउनु नै उसका लागि ठूलो कुरा थियो सायद । उसले कसैले नगरेको एउटा कामचाहिँ ग¥यो । चियाबारी भन्ने ठाउँमा गाडीबाट उत्रेपछि हामी सबै यात्रुसँग बिदा माग्दै शुभयात्रा भन्यो । सकुशल गन्तव्यमा पु¥याइदिएकोमा ड्राइभरलाई धन्यवाद टक्य्रायो । यात्राभरि झर्को नमानी बसिदिएकोमा सँगै बसेकी महिलाप्रति आभार व्यक्त ग¥यो । हामीमध्ये केहीलाई भने बर्दिबास पुगुन्जेल उसको खिल्ली उडाउँदै रमाइलो गर्ने विषय मिलेको थियो ।
    त्यसपछिको यात्रामा दोस्रो पात्रले ध्यान तान्यो । एउटा बाइस–तेइसको पट्ठो मसँगै परेको थियो । माथि उल्लिखित भलाद्मीले सम्पूर्ण वातावरण ओगटेको बेला ऊ लगभग चुपचाप नै बसेको थियो । कुनै एक ठाउँमा मेरो सहयात्री र मैले राजनीतिक विषयमा कुरा गर्दा एक अमुक दलको नाम लिएको सुन्नेबित्तिकै ठुल्ठूलो स्वरमा उछिनेको थियो — ‘ए, त्यो ? त्यो त मेरो पार्टी हो नि ! मेरो बाउ त ठूलै नेता थ्यो, पोहोर म¥यो । म पनि एक खालको नेतै हो । हिजो मात्रै कुन्नि केका लागि हो, सूर्यविनायकमा गएर भोट हालेको नि ! ताल प¥यो भने भोलिपर्सि चुनाव लड्न बेर लाइन्नँ ।’ मलाई लागेको थियो बोलीचाली जस्तोसुकै भए पनि अलिअलि राजनीतिक संस्कार त पाएकै रहेछ !
    तर त्यसले केचाहिँ गरेन यात्राभरि ! पछाडिबाट साइड माग्ने गाडीलाई साइड नदिन, अगाडिका सबै गाडीलाई ओभरटेक गर्न, हेडलाइट निभाएर गाडी चलाउन, ठाउँठाउँमा रोकेर सिगरेट तान्न ड्राइभरलाई उक्साउन थाल्यो । लालगढमा खानासँगै टन्न रक्सी खायो । दुबईबाट फर्केको एउटा सोझो केटोलाई खाना र रक्सीको पैसा तिरायो । मातेपछि त झनै उग्र भइहाल्यो । उसको कसैले वास्ता नगरेपछि ‘गाँजा तानेर सुत्छु, गाडी रोक’ भनेर ड्राइभरसँग किचकिच गरिरह्यो । जमिन्दारको छोरो रे, बाउले जोडेको उडाएरै जिन्दगी चलाउँछ रे ! त्यसलाई देखेर आफ्ना हुर्कंदै गरेका छोरा सम्झिँदा आङ जिरिङ्ग अनि रिँगटै चल्लाजस्तो भयो मलाई । छोरो बिग्रिँदा जे बन्छ नि, त्यसको पराकाष्ठा थियो त्यो ।
    म उर्लाबारीमै उत्रिएँ । मेरा सहकर्मीका अनुसार ड्राइभरले त्यसलाई दमकमै छोडेर गाडी हुइँक्यायो रे !
    त्यसपछि चैतमा जेठो छोरासँग मोरङ जाँदाको माइक्रोमा पनि फेला परे अधकल्चा ‘अरबे’ केटाहरू । पहाडका कुनाबाट खाडी मुलुक भासिएका, विकसित ठाउँको हावापानी चाखिसकेका भए पनि सभ्यताको न्यूनतम झल्को तिनीहरूमा थिएन । मात्तिएका पट्ठाहरू थिए ती, छाडापनको पराकाष्ठा प्रस्तुत गर्न सक्ने र परिवेशअनुसार बोल्न मिल्ने र नमिल्ने शब्दहरू हुन्छन् भन्ने कुराको थोरै मात्र पनि हेक्का नभएका । हल्ला नगरौँ, अरूलाई सुत्न दिऔँ भनिसक्ता चुप लाग्थे, चुप लागिसक्ता कराउन थाल्थे । छोरासँग बस्न पनि असहज लाग्ने भाषा र टीकाटिप्पणी सुन्दै सुत्नै नपाई इटहरी पुगियो । सभ्य वातावरणमा हुर्केको मेरो बच्चाले अति असभ्य वातावरणको अनुभव पनि पाओस् भनी चुपचाप बसेँ । ड्राइभरले इटहरीमा छोडेर तितरबितर पा¥यो, जुन ठिकै लाग्यो । त्यसपछि कम्तीमा मीठा–मीठा नेपाली गीत सुन्दै काठमाडौँबाट जाँदै गरेको नाइट बसबाट उर्लाबारी पुग्न पाइयो ।
    उताबाट फर्किंदा दमकमा गाडीले ढिलो ग¥यो । मैले स्वाभाविक ठानेँ । छिटो त प्रायः नै हुँदैन । आइपुगेको गाडीलाई चोकमा पुलिसले समातेको रहेछ । कन्डक्टरले रक्सी खाएको हुनाले पक्रेको रे ! काउन्टरको मानिस आफैँ गएर छुटाएर ल्यायो र नराम्ररी गाली ग¥यो । त्यही कारण ड्राइभर पनि टेन्सनमा थियो । चढ्दाचढ्दै लाग्यो त्यो रातको यात्रा पनि उस्ताको उस्तै हुने भो । कन्डक्टर साँच्चै महाझल्लु रहेछ । मात्नु र नमात्नुमा केही अन्तर नभएको । ड्राइभर बोल्न चाहिरहेको थिएन, तर बोलाइरह्यो, पैसाका बारेमा किचकिच गरिरह्यो । हाम्रो पछाडिको सिटमा बसेको मानिस गाडीमालिकको साथी रहेछ । आफ्नो पोल नखुलोस् भनेर उसको चाकरी गरिरह्यो । मातेर हिँडेर यात्रुलाई टेन्सन दिएको भनी एउटी महिलाले मजाले थर्काई । काभ्रेभन्ज्याङ्गमा माइती नेपाल लगाएर पक्राउँछु भनेर धम्की दियो । श्रीमान् बिर्तामोड र श्रीमती सुरुङ्गाबाट चढेका रहेछन् । केटी भगाएको आरोपमा पुलिस लगाउने सुर कसेको रहेछ रक्सी लागेको बेला । तर उनीहरू केही नबोली बसिरहे । पैसावाल जमिन्दार वा व्यापारीजस्ता लाग्ने तिनीहरूलाई त्यो क्षुद्र मानवसँग पौँठेजोरी खेल्नु थिएन । लालबन्दीमा ‘टन्न’ जग्गा छ, राजमार्गमा सटरवाला तीनतले घर छ भनेर फुर्ती लाउँथ्यो । ‘कसैको गाडीमा किन कन्डक्टर भएर गाली खाँदै हिँडेको त ?’ भनेर मैले सोद्धा ‘आफ्ना लागि कमाउनुपरेन ? रमाइलो गर्ने, घुमफिर गर्ने पैसा बाउले दिँदैन’ भन्थ्यो ।
    आफूलाई प्रत्यक्ष हानि नपु¥याउन्जेल यात्रामा अरूको वास्ता गर्नु हुँदैन भन्ने सबैजसो यात्रुमा हेक्का हुन्छ । यसकारण यात्रामा खराब पात्रहरू फेला परे पनि खासै अप्रिय स्थिति खडा हुँदैन । एक पटकको अर्ती–उपदेश र गालीगलौजले बिग्रिसकेको वा बिग्रिन तयार रहेको कसैको सन्तान सुध्रिँदैन भन्ने कुरा सबैलाई थाहा हुन्छ र उसलाई सुधार्नुपर्ने जरुरत पनि यात्रुलाई हुँदैन । कुनै बुज्रुगले भनेको सम्झिन्छु, ‘घरसमाजले नसकेको मान्छेलाई सुधारगृहको टिकट यमराजले आफैँ पठाउँछन् ।’ सायद यही कुरा सबैले मनन गरेका हुन्छन् ।
    जे होस्, दुनियाँ रङ्गीविरङ्गी पात्रहरूले बनेको छ । जति धेरै रङ्गहरू देख्न पायो, उति आफूलाई राम्रो–नराम्रोको चेतना हुन्छ । कहिलेकाहीँ आफ्नो काम र बासको परिवेशभन्दा साह«ै तल झरेर त्यहाँका वास्तविकताहरूमा समाहित हुनुपर्ने परिस्थिति आइपर्छ त्यस्तै पात्रहरूसँग । आफूजस्तै अरूलाई देख्न खोज्यो भने बेकारमा ब्लडप्रेसर बढ्छ । म धेरैलाई ज्ञानी बनाउन सक्ने क्षमता भएको ज्ञानी मान्छे हुँ भन्ने सुझले अप्ठ्यारोसँग जुध्ने शक्ति नभएर सहने चेतना मात्र दिने रहेछ । यही वास्तविकता आत्मसात गरी म आफैँसँग सोध्ने गर्छु — यदि हरेक मान्छे सभ्य र ज्ञानी भइदिने हो भने यो दुनियाँ कतिको चाखलाग्दो र रमाइलो हुन्थ्यो होला ? मलाई लाग्छ बिग्रिएका मानिस नभएको संसार निरस हुन्छ ।

    नेताहरूको खान्की
    — कोशराज न्यौपाने

    खानाका परिकारमा प्रतिदिनै नेताहरू लुट्पुटी
    भोको पेट निन्याउरो मुख लिई सन्तानको छट्पटी
    ए आमा ! कसरी पृथक् हुन गए नेता सधैँ मस्तमा
    नेपाली दुखिया भए हरपला के भाग्य लेख्यौ मुमा !

    मेरी आमा
    — उद्धव हुमागाई ‘अकेला’

    मैले खाए त्यसै आफू अघाउँथिन् मेरी आमा
    मलाई दुख्ता आँसु आफै बगाउँथिन् मेरी आमा
    नसक्ता पाइला चाल्न यो धर्तीमा मैले
    ताते भन्दै हात समाई सघाउँथिन् मेरी आमा
    आफ्नो दुःख देखाउँदा रुन्छन् सन्तान भनी
    गहका ती आँसु भित्रै दबाउँथिन् मेरी आमा
    घुर्की देखाई अन्न–पानी नखाएमा फेरि
    को खाई को खाई भन्दै फकाउँथिन् मेरी आमा

    मुक्तक
    — शर्मिला श्रेष्ठ

    जीवनभर ऋण बोकियो बाँच्नकै लागि
    सन्तानका लागि सोचियो बाँच्नकै लागि
    भुर्र उडी गए वचेरा आफ्नै प्यासमा
    असीमित प्रेम रोजियो बाँच्नकै लागि ।

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — टाढा जाँदा एक्लै नजानु ।
    — परनारी एक्लै भएको ठाउँमा एक्लै नजानु ।
    — मीठो चीज एक्लै नखानु ।
    — अशान्ति नै दुःखको जड हो ।
    — धन भई दान नगर्दा नर्क परिन्छ ।
    — शुद्ध आचरण छोडे असभ्य भइन्छ ।
    — वेदका वचन मान्नुपर्छ ।
    — सबैको हित गर्नु नै धर्म हो ।
    — वायुभन्दा छिटो मन हुन्छ ।

    फेसबुकबाट ÷ रोशन मञ्जुश्री

    शारिरिक हिसावले एउटा परिपक्व मानिस हुन जति कठिन हुन्छ विचार, चेतना र सोचका हिसावले एउटा परिपक्व मानिस वन्न डवल कठिन हुन्छ ।

    — दुर्योधन बस्नेत

    पदमा हुँदा सम्पति विवरण पेश गरेपछि पद सकिदाको सम्पति लेखाजोखा गर्ने प्रचलन गर्नुपर्ने होइन र भन्या ?

    — निबन्ध आचार्य

    अर्काको कुरो समर्थन गर्न सजिलो हुन्छ । स्वतन्त्र रुपले विज्ञान सम्मत खोजी गर्न गाह्रो हुन्छ ।

    — शीतल गिरी

    धेरै नजिकैको मित्रता पनि राम्रो होइन । कुनै न कुनै मित्रमा एकदिन घमण्ड आउँछ । एउटाले सोच्छ म भइन भने यसलाइ गाह«ो पर्छ । हिन्दिमा एउटा कहावतै छ उचित दूरी बहुत जरुरी । वास्तवमा यो कहावत ठिकै होला ।

    — सुनील सापकोटा

    कर्मकाण्डमा भवसागर रहेछ । न जानेर सकिने, न बुझेर सकिने । सबभन्दा राम्रो नबुझेको बेस ।

    — देवेन्द्र लम्साल

    वबश्वको भ्रष्ट र अनुशासन नभएको देश कुन हो भनेर विश्व अनुसन्धान ब्युरोले खोज्यो भने त्यो नेपाल नै हो र सजिलै पत्ता लगाउन सकिन्छ, त्यो पनि नम्बर १ मा ।

    — गोपाल सुनुवार

    भ्रष्ट आचार भ्रष्टाचार । यहाँ आर्थिक हिनामिनालाई मात्र भ्रष्टाचारको परिभाषा दिइन्छ । तर नियम कानुन नमान्ने, अरुलाई शोषण गर्ने, पहिलेका निर्णयहरु लागु नगर्ने, लुकाउने सबै भ्रष्टाचारभित्र पर्दछन ।

    — विष्णु अधिकारी

    पोइल गएकी पत्नीले दुःख पाएको देख्दा मनमा चसक्क भयो र आँखा रुझे भने कुरा बुझ्नू हृदयमा अलिकता मानवता अझै बाँकी छ ।

    — धनराज गिरी

    राष्ट्रपतिकी आमा वृद्धाश्रममा

    मिथिला पाण्डे । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा । उहाँ चतरामा रहेको एउटा वृद्धाश्रममा लामो समयदेखि बस्तै आउनुभएको छ । सिम्पल अनलाइनका अनुसार उहाँ भन्नुहुन्छ — “हामी सबै दुई दिनका पाहुना नै हौँ । यो मायामोहको सांसारिक दुनियामा जति ठूलो महल भए पनि, सुन र हीरामोतीले ढपक्कै ढाकिए पनि आखिर यो भौतिक शरीर त्यागेर जाने बेला एकसरो लुगा पनि फुकाल्छन् । जहाँ बस्ने मन हुन्छ, त्यहाँ घर हुन्छ । उहिले–उहिले ओडारमा पनि बस्थे मानिसहरु । आनन्द मिल्छ भने जहाँ बस्दा पनि भयो ।”

    प्रहरीले भेट्टायो लागूपदार्थ

    काठमाडौंको चन्द्रागिरी नगरपालिका — २ नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीलेीिबरगन्जबाट काठमाडौं आँउदै गरेको ना. ५ ख ४८०१ नम्बरको यात्रुबाहक बसमा सवार सर्लाही हरिवन बस्ने १८ बर्षीय बिक्रम लामा सहित तीनजनालाई लुकाइछिपाई ल्याएको लागूऔषध नाइट्रोजेपाम ९० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    यसै गरी सुनसरीको धरान उपमहानगरपालिका — १५ शिवगंगा बस्तीबाट १९ बर्षीय युवराज सुनुवार र २५ बर्षीय बिकास राईलाई लागूऔषध एभिल २१ एम्पुल, डाइजेपाम २० एम्पुल, लुपीजेसीक २० एम्पुल र मोबाइल ४ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
    यसै गरी रौतहटको बृन्दाबन नगरपालिका — १ बिश्रामपुर बस्ने २५ बर्षीय रमेश यादव र सोही ठाउँ बस्ने २२ बर्षीय बिगु पटेललाई लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र नुर्फिन ५० एम्पुलसहित प्रहरीले चन्द्रनिगाहपुर नगरपालिका — ४ देउराली चोकबाट पक्राउ गरेको छ ।

    जुवाडे खोरमा

    काठमाडौंको टोखा नगरपालिका — ९ गोंगबुस्थित लैरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ लगायत ४ जनालाई ३ बुक तास र नगद ५९ हजार ४ सय ७० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

    बन्दुकको छर्रा लागेर ठहरै

    संखुवासभाको धर्मदेवी नगरपालिका — १ तेल्लोकस्थित पाथिभरा सामुदायिक बनमा शिकार गर्ने क्रममा ३१ बर्षीय योगेन्द्र पौडेलको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । उनी सहित सोही ठाउँ बस्ने २९ बर्षीय चिरन्जिवी अधिकारी र ३७ बर्षीय चन्द्रसुन्दर अधिकारी शिकार खेल्न गएको अवस्थामा चिरन्जीवीले मृग भनी भरुवा बन्दुक फायर गर्दा योगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । चिरन्जीवी र चन्द्रसुन्दरलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।

    कुटपिट गर्दा मृत्यु

    मोरङको सुनबर्षी नगरपालिका — ९ प्रगतिटोल बस्ने ७५ बर्षीय रामेश्वर ऋषिदेवलाई सोही ठाउँ बस्ने ३२ बर्षीय राजेश सहनी, ३५ बर्षीय श्रवन सहनी र ३२ बर्षीय बेचन सहनीले सामान्य विवादमा कुटपिट गर्दा मृत्यु भएको छ । कुटपिट गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मरेको भेटियो

    पर्साको बिरगंज महानगरपालिका — १३ राधेमाई श्रीपुरमा रहेको नागेन्द्र हार्डवेयर स्टोरमा काम गर्ने हाल नाम, थर, वतन नखुलेको करीब ४५ बर्षीय पुरुष सोही स्थानमा मृत अवस्था फेला परेका छन् ।

    सात लाख चोरी

    काठमाडौं महानगरपालिका — ३ रातोपुल स्थित डेरा गरी बस्ने बत्तिसपुतली घर भएका शिबराम शाहीको कोठाबाट कोही नभएको अबस्थामा सुनका विभिन्न गहना र नगद गरी करीब ७ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    सपना नदीमा डुबिन्

    बर्दियाको बासगढी नगरपालिका — ९ बस्ने खड्कबहादुर बुढाकी ९ बर्षीया छोरी सपना बुढाको ठुमोनी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

    आगोले ८८ लाख रुपियाँ स्वाहा

    झापाको गौरीगंज गाउँपालिका — ६ खजुरगाछी बजार बस्ने महेन्द्र श्रेष्ठको टिनको छानो भएको घरमा रहेको ब्याग पसल र धमेन्द्र गौस्वामीले संचालन गरेको कस्मेटिक पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा दुबैजनाको पसलमा रहेको बिभिन्न सामान र घरसमेत जलेर करीब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    यसै गरी संखुवासभाको चैनपुर नगरपालिका — ३ बस्ने केदारबहादुर सिवाको फुसको छानो भएको घरमा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, सुन १ तोला, चाँदी, अन्नपात र भाँडाबर्तन समेत जलेर करीब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    यसै गरी लम्जुङको सुन्दरबजार नगरपालिका — ८ बलिथुङ बस्ने चन्द्रबहादुर सार्कीको टिनको छानो भएको घरमा चट्याङ परी आगलागी हुँदा करीब ११ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    बाराको फेटा गाउँपालिका — ७ गम्हरियास्थित जाफर आलम अन्सारीको घरमा खाना बनाउने क्रममा आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ सहित करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    खुकुरी मार्सल आर्टस्को ३ नम्बर प्रदेश संघ गठन

    नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नंबर प्रदेश संघ गठन भएको छ । गत शनिबार काभ्रेको बनेपामा सम्पन्न प्रथम साधारण सभाले प्रदेश अध्यक्षमा मुक्ति विष्ट, उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप ढकाल र राजेश थिङलाई चयन गरेको हो ।
    सभाको उद्घाटन गर्दै पूर्वमन्त्री एवं ३ नंबर प्रदेश सांसद राजेन्द्र पाण्डेले खेल स्वस्थ जीवन र राष्ट्रको पहिचान भएकाले यसको जगर्ना र प्रबद्र्धनको आवश्यकता औल्याए । उनले भने ‘खेलप्रति युवालाई आकर्षण गर्नुपर्छ, युवा हाम्रा देशका गहना हुन् ।’ अर्का प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकार खेलप्रति सकारात्मक रहेकाले मासैल आर्टस्को प्रबद्र्धनमा सहयोग गर्ने बताए ।
    सो अवसरमा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले केन्द्रीय संघ गाउँ, नगर, जिल्ला हुँदै प्रदेश स्तरमा संघ गठनको अभियान करिब अन्तिम चरणमा पुगेको बताउँदै केही समयभित्र नेपालमा २५ देशका खुकुरी मार्सल आर्टस्का प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी गराए ।

    सम्पर्क कार्यालय नराख्न निर्देशन

    काठमाडौं उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरिय निर्णय गर्दै ११ वटा विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गरेका हुन् ।
    उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयहरुले केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । यस्ता सम्पर्क कार्यालयहरुको खास भुमिका र प्रभाव नरहेकाले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको मन्त्रीका निजी सचिव पुष्प ढकालले जानकारी दिए । ऐनमा कुनै पनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिएको ढकालले बताए । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्न सम्पर्क कार्यालय खारेजी गरिएको पनि उनले बताए ।

    गोकुल जोशीको जयन्ती राइपुरमा

    प्रगतिशील लेखक संघ तनहुँको आयोजनामा जनकवि गोकुल जोशीको ८९ औं जन्मजयन्ती गोकुल जन्मस्थल तनहुँको राइपुरमा सम्पन्न भएको छ । सो अबसरमा प्रगतिशील लेखक संघ तनहुँको मुखपत्र ‘प्रगतिपथ — २’ को लोकार्पण तथा गोकुल जोशीको अर्धकदको सालिक अनावरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोख्रेल र विशिष्ट अतिथि प्रदेश ४ की प्रदेश सभा सदस्य आशा कोइराला थिए ।
    प्रलेस तनहुँका अध्यक्ष आकाश अधिकारीका अनुसार गोकुल स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ पोख्रेल, प्रलेसका केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारी, प्रलेस केन्द्रीय सदस्य अनिल श्रेष्ठ, प्रलेस कास्कीका अध्यक्ष भीम रानाभाट, मूर्तिकार रामकृष्ण भण्डारी र प्रलेस तनहुँका सल्लाहकार शेषमणि आचार्यले गोकुल जोशीको जीवनी र सृजनाको चर्चा गरेका थिए । कार्यक्रमको सन्चालन गोकुल स्मृति प्रतिष्ठानका सचिव गेहेन्द्र भट्टराईले गरेका थिए ।

    उरुषा पाण्डे हलिउडमा

    उरुषा पाण्डे नायिका, मोडेल र डान्सर हुन् । उनले इन्डियन म्युजीक भिडीयो र केही फिल्म खेलेकी छिन् । उनले बेस्ट मोडेल अवार्ड पनि जितेकी छिन् । २००८ मा जोधा अकबर र २०१५ मा बलिउड ब्लोक बास्टर फिल्म बाजिराउ मस्तानी जस्ता फिल्ममा काम गरेका राजा मुरादसंग मिलेर उनले इन्डियन सायरी भिडीयो गरेकी थिइन् । हालै उनी ‘द ह्विल चेयर’ नामक बलिउड चलचित्रमा अनुबन्धित भएकी छन् । ४० जनाको अडिसनमा उत्कृष्ट बन्न पुगेकी उरुषाले कला र कामप्रतिको चाहनाले निर्देशक र निर्मातालाई खुसी बनाएकी थिइन् । हलीउड नायक तथा निर्माता ब्रेडली बोवेनसंग पनि उनले काम गर्ने अवसर पाएकी छन् ।
    उनी आफैँ लघु चलचित्र ‘हु इज सी ?’ पनि बनाउँदै छिन् । त्यसको कथा उनैले लेखेकी हुन् र आफै नायिकाको भूमिकामा काम गर्दैछिन् । त्यसमा राम केसीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहनेछ । (सुवास प्रधानबाट)

    काव्य उपासना सम्पन्न

    गत जेठ १० गते बिहिवार ओलम्पिया कलेज बबरमहलको प्रांगणमा महफिल ए काव्य उपासनाको विशेष काव्योत्सव सम्पन्न भयो ।
    भारतको मुम्बईबाट आएका कवि शेखर अस्तित्वको सम्मानमा आयोजित उक्त काव्यसभामा शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्वद्वय डा. कृष्णजंग राणा र ज्ञानुवाकर पौडेलका साथै डा. काशीनाथ न्यौपाने, सनतकुमार वस्ती, नवराज पराजुली, डा. नीरज भट्टराई, गोपाल अश्क, रमेशानन्द वैद्य, प्रकाशप्रसाद उपाध्याय, ढकाल राधेश्याम, समृत खरेल, माया ठकुरी, चीजन भट्टराई, शैलेश मानव, चूडाप्रसाद बस्ताकोटी र पुष्पा धमलाको उपस्थिति रह्यो ।

    खनालका कृति सार्वजनिक

    साहित्यकार हरिहर खनालका दुई कृतिको गत शुक्रबार सत्यमोहन जोशी, दीनानाथ शर्मा र गोविन्द नेपालले सार्वजनिक गरे । आदर्श समाज तिर्लिङटारको आयोजनामा भएको कार्यक्रममा सार्वजनिक गरिएका दुई कृतिमध्ये ‘सृष्टि ः दृष्टि’ र ‘साहित्यवार्ता’ मध्ये एउटा निबन्ध र आलोचनाहरूको सँगालो हो भने अर्को अन्तर्वार्ताहरूको सँगालो हो । कार्यक्रममा डा. खेम कोइराला बन्धु, डा. खगेन्द्रप्रसाद लुइँटेल र प्रा. राजेन्द्र सुवेदीले कृति र कृतिकारका विषयमा टिप्पणी गरेका थिए ।
    गोविन्द नेपालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रोचक घिमिरे, इन्द्रकुमार श्रेष्ठ सरित, चेतनाथ धमला, डा. पुष्करराज भट्ट, राधा कार्की, अच्युत घिमिरे, विजयध्वज थापा आदिको उपस्थिति थियो ।

    रेग्मीलाई शान्ता पुरस्कार

    विराटनगरको रूपात्रेय वाङ्मय प्रतिष्ठानले रूपात्रेय शान्ता पुरस्कार नेपाली भाषा, साहित्य एवं पत्रकारिता क्षेत्रका मूद्र्धन्य व्यक्तित्व प्रा. चूडामणि रेग्मी (भद्रपुर, झापा) लाई प्रदान गरेको छ ।
    गत शनिबार जेठ १२ गते आयोजित समारोहमा प्रतिष्ठानका अध्यक्ष प्रा. बालकृष्ण पोखरेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

    प्रज्ज्वल राणा फेरि सङ्गीतमा

    ‘जाउ जाउ’ बोलको पप सेन्टिमेन्टल गीत सार्वजनिक गर्दै गायक प्रज्ज्वल राणा नेपाली सङ्गीतमा पुनः फर्केका छन् । केहि वर्ष अघि उनले केहि गीतहरु सार्वजनिक गरेका थिए । आफ्नो कामको व्यस्तताले संगीतलाई निरन्तरता दिन नसकेका उनि अहिले नयाँ उर्जाका साथ संगीतमा फर्केका छन् ।
    जाउ जाउ बोलको नयाँ गीतमा बिराज गौतमको शब्द र संगीत रहेको छ भने द रेन्ज स्टुडियोले संगीत एरेन्ज गरेको छ । यस गीतको भिडियोमा छुल्ठिम गुरुङ र निपूण श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियो द बेसमेन्टले बनाएको हो ।

    २०७५ जेठ ८ गते मङ्गलबार प्रकाशित अङ्कका प्रमुख सामग्रीहरू

    सम्पादकीय ः बधाई छ

    अन्ततः बहुप्रतीक्षित अभियानको पटाक्षेप भयो । हुँदैन कि, फेरि भाँडिएला कि, कुरा नमिल्ला कि, भागबन्डा नै अर्घेलो बनेर आइदेला कि भन्ने खालका जुन आशङ्काहरू थिए, तिनलाई निमिट्यान्न पारेर मतदाताहरूलाई खुसी तुल्याउँदै अभियानले सार्थकता पायो । अर्थात् नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामका दुइटा पार्टी एउटै बने । निवर्तमान दुवै पार्टीलाई बधाई छ । एउटै बन्न कसरत गर्ने सबै नेता र कार्यकर्ताहरूलाई बधाई छ । दुवैले आफ्नो इतिहास र परिचयको वास्ता नगरेर, मुलुकको आवश्यकता मात्रै हेरेर निर्णय गरेकाले दुवैथरिलाई बधाई छ । आफ्ना नेताले एकताबद्ध भएको घोषणा गरेकोमा चित्त नबुझेर विद्रोह नगर्ने कार्यकर्ताहरूलाई पनि संयमताका लागि बधाई छ ।
    दुई पार्टी एक बनेपछि पनि कुनै नेतामा घमण्डको मात नचढोस्, आफैँ सर्वेसर्वा भएको अभिव्यक्ति कसैबाट नआओस्, अरूलाई जसरी पनि पेल्न सकिहालिन्छ भन्ने विचार नउब्जियोस् । त्यसो भयो भने देश र जनताका लागि राम्रो हुन्छ ।
    कम्युनिस्टहरू मिलेपछि हाम्रा दुर्दिन सुरु हुन्छन् भन्ने सोच नेपाली काङ्ग्रेसले नपालोस्, अरू साना दलहरूले पनि हाम्रो अस्तित्व समाप्त हुने हो कि भन्ने चिन्ता नगरून्, सबै आआफ्नो कर्तव्यमा अटल बनून्, सबैले आआफ्ना योजनाहरू जनसमक्ष प्रस्तुत गरून् । त्यसो भयो भने कसैको सम्बन्ध पनि कसैप्रति कटु हुन पाउँदैन ।

    लभ म्यारिज कि एरेन्ज म्यारिज ?
    — कृष्णविनोद शर्मा

    नेपालको राजनीतिमा वीरबलको खिचडी पाक्तैन कि वा भ्यागुताको धार्नी पुग्दैन कि भन्ने आशङ्कालाई चिर्दै अन्ततः बहुप्रतीक्षित दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीच पार्टी एकताको घोषणा भएरै छाड्यो । त्यसो त ‘साँच्चैको एकता भएकै हो त ?’ भन्ने प्रश्नको उत्तर दिनका लागि अझै दुई वर्ष (संयुक्त महाधिवेशनसम्म) पर्खनैपर्छ, तर एकताको घोषणा हुनु पनि ठूलो उपलब्धि हो । नेपालजस्तो सानो र भूपरिवेष्ठित अनि सामरिक महàवको देशमा पार्टीहरू मिलेर जति थोरै पार्टी हुन्छन्, त्यति नै लोकतन्त्र सार्थक लोकतन्त्रमा रूपान्तरण हुँदै जान्छ, त्यसैले यो एकताको ठूलो महàव छ ।
    एकता गर्दा दुवै पार्टीले पछाडिको नाम ‘एमाले’ र ‘माओवादी केन्द्र’ लाई तिलाञ्जली दिँदै अगाडिको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ लाई नै महàव दिएको देखियो । लोकतन्त्र आदि शब्द सायद गनाएर परहेज गरिएको होइन भन्ने शङ्काचाहिँ कसैकसैमा रहि नै रहने भयो । सायद यही कारणले होला, नेपाली काङ्ग्रेस बढी नै सशङ्कित हुँदै सरकार अधिनायकवादको राजमार्गमा अग्रसर हुन्छ भनेर नै सांसदहरूलाई फौजदारी अभियोग लाग्दैमा उनीहरूले निलम्बित हुन नहुने अडानमा दृढ छ, भलै तत्काल त्यो अडान राख्ता नेपाली काङ्ग्रेसलाई लाभभन्दा हानि बढी भएको छ । पञ्चायत कालमा ‘अराष्ट्रिय तàव’ र ‘शान्तिसुरक्षा ऐन’ को बिजुलीबाट तर्सेको नेपाली काङ्ग्रेस कम्युनिस्ट सरकारले संसदमा सशक्त विरोध गर्ने जुझारु प्रतिपक्षी नेताहरूलाई पन्छाउन मातहतको निकाय प्रहरी लगाएर विनाप्रमाण फौजदारी अभियोग दर्ता नगर्ला भन्ने के ग्यारेन्टी छ ? भनेर झस्केको हुनुपर्छ ।
    गत असोजमा जसरी नाटकीय ढङ्गबाट सत्तापक्ष नेकपा माओवादी केन्द्र र प्रतिपक्ष नेकपा एमालेका बीच लगनगाँठो कसिएको थियो, त्यसरी नै झन्डै–झन्डै ’पार्टी एकता ट¥यो, केपी ओली र प्रचण्डको दूरी बढ्यो’ भन्ने कुराहरू छापामा आइरहेको बेला नाटकीय ढङ्गबाटै पार्टी एकताको घोषणा भयो । यसै प्रसङ्गलाई लिएर केही विश्लेषकहरूले प्रचण्डकै शब्द लिएर प्रचण्डलाई नै प्रतिप्रश्न गरे — ‘कुन रिमोट कन्ट्रोलरले काम ग¥यो कमरेड ? मेड इन इन्डिया कि मेड इन चाइना ?’ फेरि पनि माओवादी भाषामा त्यस्ता विश्लेषकहरू अनुमान गर्दै भन्छन् — भरखरै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको लगत्तै पार्टी एकता घोषणा हुनुको रूप पक्ष नरेन्द्र मोदी हो कि भन्ने भ्रम छर्दै सारमा चाहिँ चीनको दबाबमा एकता घोषणा भएको हुन सक्छ । उनीहरूको विश्लेषण के छ भने छापाहरूमा पहिले पनि आएझैँ चीन सरकार (वा पार्टी, एउटै हो) को आग्रहमा गठबन्धन भएजस्तै तत्काल पार्टी एकता घोषणा नगरी प्रधानमन्त्रीको चीन भूमणको एग्रिमो उत्तरबाट स्वीकृत भएर नआउने छाँट देखेपछि दुवै पूर्णअध्यक्षहरू अर्धअध्यक्षमा खुम्चिन राजी भएको हुनुपर्छ, त्यसैले होला रिमोटीय एकता भएकाले दुवै पार्टीका कार्यकर्ता पङ्क्तिमा खासै कुनै उत्साह र उमङ्ग देखिएको छैन । २००७ सालको क्रान्ति (अर्को भाषामा तत्कालीन दिल्ली सम्झौता) पछि भारतको निर्देशनमा राणा र नेपाली काङ्ग्रेसको संयुक्त सरकार गठन भएजस्तै मनोविज्ञान छ अहिले पुरानो नेकपा एमाले वृत्तमा र पुरानो नेकपा माओवादी केन्द्र वृत्तमा पनि ।
    एमालेका लागि यो एकता पहिलेको माले–माक्र्सवादी एकता अनि पछि चोइटिएको माले पुनः एमालेमा समाहित भएजस्तो एकता होइन । त्यसैले यस एकतालाई कसैकसैले निर्देशित एकता प्रतीत भएको मानेका छन् र पूर्वराजा ज्ञानेन्द्रद्वारा निर्देशित राप्रपाभित्रका एकता शृङ्खलाहरू कत्तिको दिगो भएका छन् भनेर हेरी यस एकताको दिगोपनबारे अनुमान गर्नुपर्छ भन्न थालेका छन् । दुई पार्टीको यो मिलन लभ म्यारिज हो कि एरेन्ज म्यारिज हो भन्ने प्रश्नले पनि बजार तताइरहेको छ ।
    एकीकृत पार्टीको सर्वोच्च निकायमा रहेका नौजना नेताहरूको चयनलाई हेर्दा पूर्ण रूपले खसवादी सोच हावी भएको देखिन्छ । आधा जनसङ्ख्या ओगट्ने मधेसी समुदायभित्र एकजना पनि नपर्नुलाई प्रभु शाह, मातृका यादव र रघुवीर महासेठ आदिले कसरी लेलान्, अनि जनजातिबाट पनि कोही नपर्दा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ र देव गुरुङ आदिले कसरी त्यसलाई आत्मसात गर्लान् ! देशको पछिल्लो जनगणनाअनुसार करिब ४७ प्रतिशत नेपाली भाषी र करिब ३ प्रतिशत नेवार भाषी छन् । एकीकृत कम्युनिस्ट पार्टीले बाँकी ४८ प्रतिशत भाषा बोल्ने मधेसी, थारू, दलित जाति–जनजातिलाई उपेक्षा गरेको अर्थ लाग्न सक्छ । यस कुरामा नेतृत्व पक्ष गम्भीर हुनु आवश्यक देखिन्छ ।
    पहिलेको दुवै पार्टीका शीर्ष नेताहरूले कम्युनिस्ट पार्टीको एकता दिवसका रूपमा लोकतन्त्र दिवस, गणतन्त्र दिवस, मई दिवस आदिलाई पन्छाएर जेठ ३ गतेलाई शुभ साइत किन जुराएका होलान्, कार्यकर्ताहरू थाहा पाउन उत्सुक छन् । जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको दासढुङ्गा जीप दुर्घटनामा मृत्यु भएको दिन हो जेठ ३ गते । मदन भण्डारी र जीवराज आश्रितजस्ता जनप्रिय नेताले जीवन उत्सर्ग गरेको पार्टी माले (पछि एमाले) को नाम अन्त्य गर्नका लागि पो जेठ ३ गते रोजिएको हो कि ? भन्ने प्रश्न गर्दैछन् पुराना माले कार्यकर्ताहरू । अनि वैदिक संस्कृति मान्ने हिन्दूहरूको नेतृत्वको आशङ्का छ — महिनाहरूको मल मलमासमा नै किन एकता घोषणा गर्नुपरेको होला ! धर्मसर्म नमान्ने भन्ने कारणले पो हो कि ?
    दुई ठूला कम्युनिस्ट पार्टीहरू एक भएकोमा लोकतन्त्र दिगो हुने भयो भनेर खुसी मान्नु स्वाभाविकै हो । तर केही अन्वेषकहरूको गुनासो भने अर्कै खालको छ । उनीहरूका अनुसार इतिहास बिर्सिने परम्परा अहिले पनि कायम नै रहेको देखियो । एकता घोषणा गर्दाको उपस्थितिलाई सबैभन्दा ठूलो उपस्थिति भनिरहँदा २०३६ सालमा बीपी कोइरालाको उपस्थितिमा भएको आमसभामा देखिएको उपस्थितिलाई के भन्ने र अहिलेको सकारलाई इतिहासकै सबैभन्दा शक्तिशाली भनिरहँदा २०१५ सालको चुनावबाट बनेको सरकारलाई के भन्ने ? उनीहरू यो प्रश्न उठाइरहेका छन् र भनिरहेका छन् — इतिहासको गलत व्याख्या गर्ने र इतिहासलाई बङ्ग्याउने काम गर्नु राम्रो होइन ।
    अन्त्यमा एउटा रोचक प्र्रसङ्ग । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी अब नरहेको घोषणा गरिसके । तर निर्वाचन आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिइसकेको छैन । त्यसका लागि ४५ दिन लाग्छ रे ! अब ४५ दिनसम्म ओली नेतृत्वको वर्तमान सरकार निर्दलीय सरकार हुने भयो कि !

    बधाई छ केपी ओली !
    — भार्गव उपाध्याय

    ‘प्रथम जनआन्दोलन २०४६ सालपछि जसरी पार्टी तत्कालीन एकीकरणको नाममा तत्कालीन नेकपा माक्र्सवादी पार्टी तत्कालीन नेकपा मालेमा विलय भई नयाँ नाम नेकपा एमाले बनाइयो, त्यही ऐतिहासिक विरासतमा प्रचण्ड तापको थप ऊर्जा प्राप्त गर्दै दोस्रो जनआन्दोलनपछि २०७५ जेठ ३ गते तत्कालीन नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा एमालेमा विलय भएर नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी बनाइयो’ इतिहासले यसरी नै लेख्छ होला । यहाँ विश्लेषकहरूले के पनि भन्लान् भने त्यो नयाँ नामको ‘अन्डरलाइन’ गहन र अर्थपूर्ण छ । त्यो कसरी भने अन्डर ग्राउन्डेड पार्टीबीच लय–विलय भएकाले पार्टीको नाम अन्डरलाइसहितकोन नेकपा रहन गयो भनेर ।
    प्रचण्डलगायत केही माओवादी कार्यकर्ता (अब नेता नभनी कार्यकर्ता भनिएको) हरूले ऐतिहासिक र अपूर्व दुई वामको एकता भनिरहे पनि इतिहासलाई त्यो एकीकरण थिएन, ‘केन्द्र’ को एमालेमा विलय थियो भन्नका लागि यी उदाहरणहरू नै पर्याप्त हुनेछन् —
    (क) गठबन्धनको ६ महिनापछि साइत जुराउँदा कम्युनिस्ट एकता दिवस, लोकतन्त्र दिवस, मई दिवस, गणतन्त्र दिवस, नयाँ वर्ष आदि सबै उल्लेख्य दिनहरूलाई बेवास्ता गर्दै एमाले नेता मदन भण्डारी र जीवराज आश्रित स्मृतिदिवस ३ जेठलाई नै रोजिनु ।
    (ख) माओवादी पार्टी भनेरै चिनिने माओवादी केन्द्र, जसले माओवादी जनआन्दोलनका नाममा करिब १७ हजार नेपालीलाई बलि चढायो, त्यो पार्टीले एकीकृत पार्टीको मूल सिद्धान्त माक्र्सवाद–लेनिनवादलाई स्वीकारेर माओवादलाई हटाउन राजी हुनु ।
    (ग) विश्व राजनीतिको शब्दकोशमा नै कम्युनिस्ट पार्टीको प्रतीक, पर्याय र प्रतिनिधि मानिन्छ हँसिया–हथौडा चिह्न, जुन चुनाव चिह्नले प्रथम संविधान सभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल भएको थियो, त्यो ऐतिहासिक निर्वाचन चिह्नलाई समेत तिलाञ्जली दिँदै एमालेको पर्याय सूर्य चिह्नलाई माओवादी केन्द्रले स्वीकार गरेकाले ।
    (घ) कमरेड प्रचण्डले आफ्नो टाइटल ‘प्रचण्ड’ को गरिमालाई कायम राख्न र मातहतका नेता–कार्यकर्ताहरूलाई विलय होइन एकीकरण हो भनेर चित्त बुझाउन दुई अध्यक्षको कुरा गरे पनि जेठ ३ गतेकै घोषणा सभामा अध्यक्ष ओलीले स्पष्ट शब्दमा भनिदिए — ‘टेम्पो होइन यो, जेट विमानमा दुईजना चालक हुन्छन् ।’ यो ठीक हो, जेटमा दुईजनाभन्दा बढी चालक, चालक दलका सदस्य हुन्छन्् । तर मूल चालक क्याप्टेनचाहिँ एउटै हुन्छ । घुमाएर ओलीले भने झन्डै दुई तिहाइ बहुमत प्राप्त दल जेटप्लेनको पाइलट मै हुँ, प्रचण्ड कोपाइलट मात्र हुन् भनेर ।
    (ङ) पार्टी एकताको नाममा उत्सव मनाउन एमालेले बनाएको चित्र नै ‘केन्द्र’ एमालका विलय भएको प्रमाण हुन्छ इतिहासकारहरूका लागि ।
    जसरी मुलुकको वित्तीय व्यवस्थापनमा बैङ्कहरू एक–आपसमा मर्ज हुनुलाई राम्रो मानिन्छ, त्यसरी नै राजनीतिमा साना पार्टीहरू ठूलामा मर्ज हुनु राम्रो मानिन्छ । एक वर्षअघि मात्रै ससाना घटकहरू माओवादी केन्द्रमा मर्ज भए भने अहिले त्यो माओवादी केन्द्र एमालेमा मर्ज हुनु पनि स्वागतयोग्य घटना हो ।
    नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालापछिका खुँखार खेलाडी प्रचण्ड बन्छन् कि भन्ने लागेको थियो, तर प्रचण्डलाई ओलीले माथ दिए । आफ्नै पूर्वअध्यक्षहरू माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्ड तीनैजनालाई आफ्नो मातहतमा राख्न सफल भए ओली । राजनीतिक रूपमा माओवादी मूल धारलाई समेत आफ्नो पुरानो पार्टी मालेमा मर्ज गराएर पार्टीको नाम पनि उही पुरानो माले अर्थात् नेपाल कम्युनिस्ट पार्टी (माले ः माक्र्सवाद लेनिनवाद) राख्न समेत सफल भए । उल्लेख्य ऐतिहासिक सफलताका लागि ओली सबैका बधाईका पात्र छन् ।

    विचार गरेर बोलौं
    — युवराज शर्मा

    दुई ठूला कम्युनिस्ट पार्टी (सत्ता गठबन्धनका दलहरू) का बीच पार्टी एकीकरण (विलय, मर्जर, एकता जे भने पनि हुने) भएपछि अध्यक्षद्वयको संयुक्त पदबहालीपश्चात् अध्यक्ष क. क. प्रधानमन्त्री केपी ओली (दुई क. को अर्थ के हो भने पहिलो क. भनेको दुई अध्यक्षमध्ये ओली क अध्यक्ष र प्रचण्ड ख अध्यक्ष भएकाले र दोस्रो क. भनेको कमरेड हो) ले भन्नुभएछ — ‘अब नेपालमा अरू कसैको सत्ता आउँदैन ।’ यो अभिव्यक्ति अहङ्कारको प्रतीक हो वा संसदीय लोकतन्त्रप्रति निष्ठामा शङ्का, देशवासी र अन्तर्राष्ट्रिय जगत्लाई स्पष्ट पार्नु जरुरी छ ।
    विश्वको इतिहासमा नै सत्ता कहिल्यै कसैको स्थायी, अजर–अमर हुँदैन । नेपालकै इतिहासतिर फर्केर हेर्दा किराती राजाहरूले त्यस्तै ठाने होलान्, लिच्छविहरूले पनि त्यस्तै माने होलान्, मल्लहरूले त नमान्ने कुरै भएन । पृथ्वीनारायण शाहका उत्तराधिकारीले त झन् हाम्रा पुर्खाले आज्र्याको मुलुक रहेसम्म हाम्रो सत्ता रहन्छ भन्ठाने र भने पनि । वि. सं. १९०३ मा जङ्गबहादुर र उनका उत्तराधिकारीले त्यसै भन्ने गरे । फेरि २०१७ सालपछि महेन्द्रपथको पञ्चायतले (पञ्च राजा र पञ्च नेताहरूले) पनि त्यसै भन्यो । निर्विकल्प, झण्डामा सूर्य र चन्द्र रहेसम्म आदि के–के भने के–के ! (पूर्वराजा ज्ञानेन्द्र त जिउँदा उदाहरण नै छन् नागार्जुनमा ।)
    निर्वाचनको बेलामा प्रत्याशी नेताहरूले यस्ता कुरा गर्छन्, जसलाई त्यति गम्भीर रूपमा लिइँदैन । तर बहालवाला प्रधानमन्त्रीले बोल्दा विचार गरेर बोल्नुपर्छ । यस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्ति र हुङ्कारले उहाँको, नवगठित पार्टीको अनि समग्र देश र जनताको भलो गर्दैन । बरू मुलुक अफगानिस्तानको दिशामा जान सक्छ । चेतना भया ।

    धर्म नछाडोस् काङ्ग्रेसले
    — अनुपम ढुङ्गेल

    नेपालको राजनीतिक रङ्गमञ्चमा नेपाली काङ्ग्रेसको भूमिकामा तलमाथि हुनु, उतारचढाव आउनु स्वाभाविकै हो । तर चारित्रिक पक्षमा चाहिँ केही विशिष्टताहरू बोकेकै चरित्र छ यसको । २०४६ सालमा पार्टी नेतृत्वमा गिरिजा प्रवृत्ति हावी हुन थालेपछि पार्टी चरित्रमाथि केही प्रश्नहरू उठ्न थालेको थियो । वर्तमान सभापति शेरबहादुर देउवा थरले कोइराला नभए पनि, कोइराला परिवारका विरुद्ध खडा भई त्यसैलाई भ¥याङ बनाएर सभापति बने पनि उनीसमेत गिरिजा प्रवृत्तिकै उत्तराधिकारी हुन् । यति हुँदाहुँदै पनि हिङ उड्दै गएको हिँङ बाँधेको टालोचाहिँ हो वर्तमान नेपाली काङ्ग्रेस पार्टी । केही विशिष्टताहरूले गर्दा लोकतन्त्रकै पर्याय मानिने नेपाली काङ्ग्रेसको अर्को एउटा विशिष्टता हो जिम्मेवार प्रतिपक्ष । नेपाली काङ्ग्रेस सत्ताबाहिर रहँदा सदैव एक जिम्मेवार प्रतिपक्ष, रचनात्मक भूमिकासहितको प्रतिपक्ष रहने गरेको थियो । त्यो चरित्र यसपटक केन्द्र र सातैवटा प्रदेशमा प्रतिपक्षमा खुम्चिएपछि पनि जीवन्त रहला के ? निरन्तर रहला के ? यो जिज्ञासा छ बुद्धिजीवीहरूका बीच ।
    वर्तमान केपी ओली नेतृत्वको गठबन्धन सरकारले जनतालाई सास्ती दिने र राजस्वमा समेत घात हुने गरी संस्थागत भइसकेको यातायात सिन्डिकेटलाई तोड्ने, तह लगाउने जेहाद छेड्यो । त्यसमा नेपाली काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका राम्रोसँग खेलेकै हो । यसमा दुई मत छैन । नेपाली काङ्ग्रेस पार्टीको सह पाएको भए अहिले बस व्यवसायीहरू र यातायात मजदुरहरूको आन्दोलनले देश अस्तव्यस्त भइसक्ने थियो । तर सिन्डिकेट तोड्न परोक्ष रूपले नेपाली काङ्ग्रेसले सरकारलाई सघाएर जिम्मेवार प्रतिपक्षको परिचय दिएकै हो । त्यस्तै, देश सङ्घीयतामा गइसकेपछि बन्न लागेको २०७५–७६ सालको बजेटमा लोभीपापी सांसदहरूको लबिङ ‘निर्वाचन क्षेत्र विकास कोषको नाममा सांसदहरूका लागि बजेट विनियोजन हुनुपर्छ’ भन्ने विषयमा पनि नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू र युवा नेताहरूले त्यसको विरोधमा अभिव्यक्ति दिनु पनि नेपाली काङ्ग्रेसको जिम्मेवार प्रतिपक्षीय भूमिकाको पहिचान नै हो ।
    तर फौजदारी अभियोगमा जेलमा बस्ता पनि सांसदहरू निलम्बन नहुने व्यवस्थासहित कानुन बन्नुपर्छ भन्ने कुरामा त्यही नेपाली काङ््ग्रेसका शीर्ष नेताहरूको अभिव्यक्तिचाहिँ नेपाली काङ्ग्रेसको चरित्र सुहाउँदो अभिव्यक्ति होइन । समानताको हिमायती नेपाली काङ्ग्रेसले त्यस्तै कसुरमा बहालवाला सचिव, मुख्यसचिव आदिचाहिँ निलम्बन हुने तर सांसद निलम्बन नहुने विभेदकारी कानुन बनाउन मिल्छ र ? अनि त्यस्तो कानुन कदाचित ‘काले–काले मिलेर खाऊँ भाले’ को सिद्धान्तअनुसार पारित भयो भने त्यस्तो कसुरमा जेलमा बस्ने कैदीलाई प्रहरी पदाधिकारीहरूले कसरी सम्बोधन गर्ने ? ‘माननीयज्यू’ भनेर सलाम ठोक्नुपर्ने हो कि ? अनि बयानका लागि अदालत लगिँदा झण्डावाल गाडीमा स्कर्टिङ गर्दै लग्नुपर्ने हो कि ? यहाँ नेपाली काङ्ग्रेस चुक्नु हुँदैनथ्यो ।
    त्यस्तै, मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले जुन सामीप्य र सौहाद्र्र प्रदर्शन गरेर नेपाल र भारतका बीच चिसिएको सम्बन्धलाई न्यानोपन दिने प्रयत्न गरे, त्यसको विरोध गर्नु हुँदैनथ्यो नेपाली काङ्ग्रेसका नेताहरूले । सत्तारूढ दल र प्रधानमन्त्रीको मित्रराष्ट्र भारतसँग सधैँ कटुतापूर्ण सम्बन्ध रहिरहोस् भन्ने चाहना हो त नेपाली काङ्ग्रेसको ? यदि त्यो हो भने त्यो राष्ट्रिय हितमा हुन्छ त ? नेपालमा सबै दलविशेषको भारत र चीनबीच उत्तिकै राम्रो सद्भावपूर्ण सम्बन्ध रहनु नै समग्र राष्ट्रिय हितमा हुन्छ । नरेन्द्र मोदीसँगको बिग्रेको सम्बन्धलाई सुधारेकोमा नेपाली काङ्ग्रेसले केपी ओलीलाई संसदमा धन्यवाद दिनुपर्दथ्यो र प्रदेश नं. २ का मुख्यमन्त्रीको अभिव्यक्तिको कडा शब्दमा भत्र्सना गर्नुपर्दथ्यो । यो मामिलामा नेपाली काङ्ग्रेस चुकेको छ, जसले जिम्मेवार प्रतिपक्षीय विशेषणमाथि नै प्रश्न खडा हुन सक्तछ भन्ने कुराको हेक्का राख्नुपर्छ नेपाली काङ्ग्रेसका नेताहरूले ।
    नेपाली काङ्ग्रेस यो मामिलामा चुकिदिनाले के देखियो भने नेपालमा दलहरू आफूहरू मात्र भारतसँग निकट हुन चाहन्छन्, अरू दलहरू पनि निकट हुन थालेपछि ईष्र्या वा जलन हुँदो रहेछ । मानौँ नेपालका सबै दलहरू आपसमा सौता–सौता हुन् र मित्रराष्ट्र भारतचाहिँ लाग्ने हो । आफूभन्दा बाहेक अर्की श्रीमती श्रीमान्को नजिक हुन लागी वा प्रिय हुन लागी भने अर्कीलाई डाहा, ईष्र्या हुन्छ भन्ने कुरा त प्रमाणित गर्दै छैनन् हाम्रा राजनीतिक दलहरू ?
    तसर्थ नेपाली काङ्ग्रेसजस्तो पुरानो, स्थापित र मासबेस्ड पार्टीले प्रकारान्तरले र खास गरी नेतृत्वको असक्षमता र अदूरदर्शिताले जनमतमा केही पछि परे पनि आम जनताको मन (जनमन) बाट ओझेलमा पर्ने काम गर्नु हुँदैन । जिम्मेवार, रचनात्मक, राष्ट्रवादी प्रतिपक्षीय धर्म छाड्नु हुँदैन नेपाली काङ्ग्रेसले ।

    नआत्तिऊँ, राम्रो हुँदैछ
    — डा. खिमलाल देवकोटा

    राज्यशक्ति प्रयोगका सवालमा संविधानले तीन तह (सङ्घ, प्रदेश र स्थानीय) का सरकारका लागि बराबर अधिकार प्रदान गरेको छ । अब केन्द्रीय स्तरका योजना तथा कार्यक्रमहरू संघले गर्नेछ भने प्रदेश र स्थानीय स्तरका योजनाहरू क्रमशः प्रादेशिक र स्थानीय सरकारले गर्छ । सडक, सिँचाइ, खानेपानी, कृषि, विद्युतीकरण आदि क्षेत्रको विकासका लागि ससर्त अनुदान र साविक निसर्त अनुदानका रूपमा वित्तीय समानीकरण अनुदान बाहेकका कार्यक्रमहरूमा संघको प्रदेश र स्थानीय तहका लागि त्यति सहयोग प्राप्त हुने देखिँदैन । संविधानअनुसार ससर्त अनुदान, समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदान बाहेकमा वित्तीय हस्तान्तरण हुने अवस्था छैन । तीन तहकै सरकारका लागि राजस्वका दायराहरू सीमित छन् । सम्भाव्यता पनि छैन । कृषि क्षेत्रमा लाग्ने करबाहेक प्रदेशको कुनै थप राजस्व अधिकार छैन । विद्युत, पर्वतारोहण, वन आदि प्राकृतिक स्रोतको उपयोगबाट संकलन हुने राजस्व सीमित छ । यस क्षेत्रको राजस्व तीन तहकै सरकारका लागि बाँडफाँड गर्नुपर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभा, ५९ सदस्यीय राष्ट्रियसभा, सात प्रदेशमा ५५० सदस्यीय प्रादेशिक सभा, १३ वटा संवैधानिक आयोग, प्रदेशमा विभिन्न मन्त्रालयहरू, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतकालाई निवासस्थान, विभिन्न मन्त्रालय तथा कार्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनका क्षेत्रमा ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ ।
    हरेक प्रदेशमा संसद्भवन, अदालत, विभिन्न मन्त्रालयहरूका लागि भवन प्रशासनिक एकाइहरूको गठनसमेत गर्नुपर्ने हुन्छ । आर्थिक रूपमा विश्लेषण गर्ने हो भने अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमा उल्लेख गरेजस्तै संघीयताको वित्तीय व्यवस्थापन साँच्चिकै हाम्रा लागि निकै नै चुनौतीपूर्ण छ । तर हरेक सिक्काका दुई पाटाजस्तै संघीयताले अवसर पनि दिएको छ । सेवाप्रवाहसँग तुलना गर्ने हो भने हाम्रो संघीयता महँगो छैन । हिजो एउटा सामान्य कामका लागि नागरिकलाई सिंहदरबार धाउनुपथ्र्यो । अहिले अधिकांश कामहरू स्थानीय तहमा नै हुन्छ । अलिकति ठूला काम गर्नुपरेमा प्रदेशमा हुन्छ । झिनामसिना काममा सिंहदरबार धाउनुपर्दैन । संघीयताले आन्तरिक बसाइसराईलाई समेत नियन्त्रण गर्छ । फेरि हाम्रो कर प्रशासनलाई चुस्त गर्ने हो भने साविकको तुलनामा थप कैयौं गुणा बढी हामी राजस्व संकलन गर्न सक्छौं । संघीयता व्यवस्थापनमा सबभन्दा बढी प्राथामिकता प्रदेश सञ्चालनलाई ध्यान दिनु जरुरी छ । स्थानीय तहमा कर्मचारी समायोजनसम्बन्धी काम सोचेअनुसार सहज ढंगले अगाडि बढ्न सकेको छैन । कैयांै स्थानीय तहमा कर्मचारीको अभावका कारण सामान्य सिफारिस लगायतका कामहरू पनि प्रभावित छन् । संघीयता व्यवस्थापनकै सन्दर्भमा प्रदेश तथा स्थानीय तहमा विषयगत ऐन–कानुनहरू निर्माण गर्नुपर्ने हुन्छ ।
    श्वेतपत्रमा उल्लेख गरिएजस्तै निश्चय पनि हामीकहाँ अझै पनि चरम गरिबी छ । बेरोजगारी छ । रोजगार र आयका अवसर नहुँदा दैनिक सयौं युवाहरू बिदेसिन्छन् । हामी व्यापारमा लगभग पूरै परनिर्भर छौं । सरकारी संयन्त्रहरू निकम्माजस्तै भएका छन् । भ्रष्टाचारले माथिदेखि तलसम्म जरो गाडेको छ । जनताले सेवा र सुविधाहरू प्रभावकारी तरिकाले प्राप्त गर्न नसकिरहेको अवस्था छ । हामीसँगै स्वतन्त्र भएका मुलुकहरू अहिले कहाँ पुगिसके । विश्वको कूल गार्हस्थ्य उत्पादनमा चीन दोस्रो नम्बरमा पर्छ । यसै गरी भारत छैटौं नम्बरमा पर्छ । तर अझै पनि हामी अति कम विकसित राष्ट्रको श्रेणीमा छौं । छिमेकी मुलुकसँग तुलना गर्दा हामी प्रायः सबै सूचकमा पछि छौं । देशभित्रकै कुरा गर्ने हो भने पनि सामाजिक, आर्थिक, पूर्वाधार विकास लगायतका क्षेत्रमा असन्तुलन छ ।
    विकाससँग सम्बन्धित यी कुराहरूलाई वाम गठबन्धनका नेताहरूले चुनावमा जोडतोडका साथ उचाले । बहुमतका साथ सरकारमा बनेमा मुलुकको प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ्य उत्पादन, सामाजिक–आर्थिक सूचकहरूमा आमूल परिवर्तन गरिने प्रतिबद्धता समेत नेताहरूबाट भयो । यसको रिफ्लेक्सन चुनावमा भयो । निश्चय पनि मुलुकको राजस्वको भकारीलाई समृद्ध बनाउने, रोजगारी र आयको वृद्धि मार्फत नागरिकको जीवनस्तरमा सुधार गर्ने र भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता अनुसारको काम हुनु जरुरी छ । माओवादी द्वन्द्व, राजतन्त्र, जातीय राज्य, मधेस आन्दोलन आदिजस्ता चुनौतीहरूको सजिलै समाधान गरेको नेपालका लागि अब केवल संघीयताको व्यवस्थापन मात्र हो । हामी यसमा आत्तिनुपर्ने अवस्था छैन । राजनीतिक विकेन्द्रीकरणको प्रयोग सुरु भइसकेको छ । आर्थिक विकेन्द्रीकरण आंशिक रूपमा भइसकेको छ । बाँकी कामहरू अबको बजेटबाट प्रतिविम्बित हुने नै छ । अबको चुनौती प्रशासनिक विकेन्द्रीकरण नै हो । प्रशासनिक विकेन्द्रीकरणमा केही समस्या, द्विविधा र चुनौतीहरू छन् । केही चुनौतीहरू निश्चय पनि बजेटले सम्बोधन गर्नेछ । बाँकी बिस्तारै समाधान हुने विश्वास छ । उपरोक्त विविध वस्तुस्थितिका अलावा मुलुकको अर्थव्यवस्था राम्रोसँग बुझेको अर्थमन्त्री पाएको सन्दर्भमा संघीयताको वित्त व्यवस्थापनमा हामी आत्तिनुपर्ने कुनै अवस्थासमेत छैन । (बीआरटी नेपाल)

    नाम र राजधानी कहिले ?
    — सङ्गीता रेग्मी

    केही दिनअघि जनकपुरमा भएको पार्टीको कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीलाई प्रदेशको नामाकरण चाँडै गर्न सुझाव दिएका थिए । अध्यक्ष यादवले दुई नम्बर प्रदेश भनेर हिनताबोध हुने भएकाले तत्काल प्रदेशको नामकरणतर्फ ध्यान दिन मुख्यमन्त्रीलाई सल्लाह दिएका थिए । तर प्रदेश सरकारसहित अन्य राजनीतिक दलहरूले नाम र राजधानीका विषयमा चासो दिएका छैनन् ।
    प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको राजधानी र नामाकरणमा सरकारले ढिलाइ गरिरहेको टिप्पणी गरे पनि प्रदेशसभाको बैठकमा उसले न केही बोलेको छ न त नाम र राजधानी के हुने सुझाव दिएको छ ।
    विपक्षी दल कांग्रेसले सरकार सुस्त हुँदा प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन नसकेको आरोप लगाएको छ । कांग्रेस पनि प्रदेशको नाम के हुने र स्थायी राजधानी कहाँ राख्ने बारे मौन बसेको छ । प्रदेशको राजधानी, नामाकरण र प्रदेशको सरकारी कामकाजको भाषाको विषयमा ढिलाइ भएको बुद्धिजीवीहरूको गुनासो छ ।
    पूर्वमा सप्तरीदेखि पश्चिम पर्सासम्मका आठ जिल्लामा समेटिएको प्रदेश २ को नामको विषयमा सत्तारूढ र विपक्षी दलको आ–आफ्नै धारणा छ । प्रदेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा प्रदेशसभामा प्रस्ताव नलगे पनि प्रदेश सरकारको आधिकारिक वेबसाइटमा प्रदेश २ नै नामाकरण गरिएको छ ।
    सरकारको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरूले मधेश प्रदेश भनेर नामाकरण गर्नेमा जोड दिँदै आएका छन् । मुख्यमन्त्री राउत पनि मधेश प्रदेशको पक्षमा छन् । मधेश आन्दोलनबाट संघीयता प्राप्त भएकोले प्रदेशको नाम मधेश प्रदेश राख्नुपर्ने फोरम र राजपाका नेताहरूको तर्क छ । मधेश प्रदेशको नामाकरण गरिएन भने मधेश आन्दोलनका सहिदहरूको अपमान हुने सत्तारूढ दलका नेताहरूको तर्क छ । तर विपक्षी दल एमाले, कांग्रेस, माओवादीलगायत मधेश प्रदेश स्वीकार गर्ने अवस्थामा छैनन् । कांग्रेसले आठ जिल्ला मात्र समेटिएको प्रदेशलाई मधेश प्रदेश स्वीकार नगर्ने बताउँदै आएको छ । कांग्रेस प्रदेश–२ को नाम मिथिला हुनुपर्ने पक्षमा छ । यस क्षेत्रका अधिकांश जनता मिथिला प्रदेशको पक्षमा छन् । प्रदेश २ मिथिला क्षेत्र रहेकोले प्रदेशको नाम मिथिला नै हुनुपर्ने उनीहरूको जोड छ । जनकपुरमा मिथिला प्रदेशका अभियानी परमेश्वर कापडीले यो क्षेत्र मिथिला प्रदेश भएकाले प्रदेशको नाम मिथिला हुनुपर्ने तर्क गर्छन् । एमालेले सबैलाई मान्य हुने गरी प्रदेशको नामाकरण गर्नुपर्ने र जानकी वा मिथिला प्रदेश स्वीकार्य हुने बताउँदै आएको छ । माओवादी केन्द्रले पनि एमालेसँग सहमत रहँदै मिथिला भोजपुरा हुनुपर्ने बताएको छ ।
    प्रदेशको नाम र स्थायी राजधानीलगायतका विषयमा चाँडै नै प्रदेशसभामा औपचारिक प्रस्ताव पेस गर्ने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले हालै एक कार्यक्रममा बताएका थिए । तर यस विषयमा सरकारको तयारी के छ, कस्तो प्रस्ताव लगिदैछ, त्यस विषयमा स्वयं प्रदेश मन्त्रीहरू अनभिज्ञ छन् ।
    सरकारले प्रदेशको नामाकरण मधेश गरे दुईतिहाइ पुग्ने सम्भावना कम देखिएको छ । प्रदेश सभामा २९ सिट रहेको संघीय फोरम र २५ सिट रहेको राजपा मिलेर सरकार गठन गरेका छन् । प्रदेश–२ मा एमाले २१, कांग्रेस १९, माओवादी केन्द्र ११, नेपाल संघीय समाजवादी पार्टीबाट एक र स्वतन्त्र एक सांसद छन् । एमाले, कांग्रेस र माओवादी मधेश प्रदेशको पक्षमा देखिएका छैनन् ।
    प्रदेश २ को स्थायी राजधानी कहाँ राख्ने भन्ने विषय पनि अहिले विवादित छ । सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई तोके पछि वीरगञ्जमा आन्दोलन भएको थियो । स्थायी राजधानी जनकपुर कि वीरगञ्ज भन्ने विवाद धेरै दिनसम्म चलिरहँदा अन्ततः आन्दोलन कुनै निष्कर्षमा नपुगी साम्य भएको छ । यद्यपी अहिले पनि राजधानीको विवाद कायमै छ ।
    जनकपुर धार्मिक, सांस्कृतिक र ऐतिहासिक सहर भएकाले यसलाई नै राजधानीको रूपमा निरन्तरता दिनुपर्छ भन्ने एक थरीको तर्क छ भने वीरगञ्ज प्रदेश २ को मात्र नभई नेपालकै प्रवेशद्वार भएकाले यसलाई स्थायी राजधानी बनाउनुपर्ने अर्को थरीको दाबी छ । तर प्रदेश सरकारले सबै तर्क र आधारलाई मनन गरी स्थायी राजधानी घोषणा गर्न विलम्ब गर्नु हुँदैन । (मधेश दर्पण फिचर सेवा)

    ठूलो बन्न खोज्दा सानो
    — रोहित भण्डारी

    नेपालमा केहीको सम्भावना छैन, रोजगारीका बाटा छैनन्, नेपालमा बसेर केही गर्न सकिदैन जस्ता थुप्रै कुराहरू सुन्ने गरिन्छ र हामी पनि यस्तै भन्ने गर्छौ । कतिपय युवा समृद्ध भनिएका देश अष्ट्रेलिया, अमेरिका या क्यानडा लगायतका देश जान पाए अहोभाग्य ठान्छन् । नेपालमा केही गर्न सकिदैन भन्ने लगायतका आवाज आइरहँदा के साँच्चै नेपालमा केही छैन त, के नेपाल बिग्रिएकै हो त जस्ता प्रश्न उठेको छ ।
    तर नेपालमा धेरै सम्भावना रहेको छ । काठमाडौंकै जोरपाटीमा बस्ने एकजना युवाले एउटा सानो कोठा भाडामा लिएर आफैले चिया पकाएर थर्मसमा राखेर चाबहिल लगायतका तरकारी बजारमा दैनिक रूपमा चिया बेच्छन् । उनले भनेअनुसार उनले दिनमा ३०० कप चिया बेच्छन् । एक कपको १५ रूपैयाको दरले पनि दिनको ४५०० रूपैया हुन आउँछ । महिना दिनमा हुने उनको खर्च कटाएर पनि ६० हजारभन्दा बढी नाफा हुन्छ । एउटा युवाले एक महिनामा ६० हजार कमाउँछ । हामी कति युवा छौँ जो २०–३० हजारको लागि खाडी मुलुक जान्छौँ । यो एउटा सानो उदाहरण मात्र हो । नेपालमा गर्न सक्ने व्यवसाय हेर्ने हो भने यहाँ थुप्रै व्यवसायहरू छन् ।
    नेपालमा धेरै सम्भावना रहेको छ तर हाम्रो देशका युवाहरू त्यसतर्फ आकर्षित हुन सकिरहेका छैनन् । यसमा मुख्य दोष हामी युवाकै छ । किनभने हाम्रो समाज त्यस्तै भइदियो । घरमा कोही विदेशमा गएर काम गरिरहेको छ भने परिवारका सदस्यले गर्वका साथ भन्छ कि मेरो परिवारको मान्छे विदेश गएको छ । यस अर्थमा पनि विदेश गएन भने सामाजिक प्रतिष्ठा नै जाने हो कि भन्ने डर हामी युवामा पलाएको छ । युवाहरूले के सोच्नुपर्दछ भने हामीले विदेशमा गएर पैसा कमाउन सक्छौं तर खुशी कमाउन सक्दैनौ, त्यसका लागि आफ्नै घर चाहिन्छ । विदेशमा कमाएको पैसामा खुशी भेट्न सकिन्न । म के आग्रह गर्न चाहन्छु भने विदेशमा पैसा मात्र छ तर नेपालमा पैसा पनि छ, खुशी पनि छ । युवाहरूमा कामप्रति आकर्षित नहुनुमा पनि कारण छ । नपढी केही काम गर्न सकिदैन । आफूले गर्न चाहेको कामको बारेमा जानकारी अवश्य चाहिन्छ । तर हामी पढेर ज्ञानी हुनुपर्ने ठाउँमा घमण्डी भइदिन्छौ । पढाइले ज्ञान, सीप, संस्कारभन्दा घमण्ड बढाइदियो । त्यसकारण मान्छेहरू जति धेरै पढ्यो उती धेरै बेरोजगार छन् । यसको अर्थ पढिसकेपछि कामको सम्मान गर्नुपर्छ भन्ने भावना हामीमा जागृत हुन सकेन । हाम्रो समाजको सोच बदल्न नसक्नु पनि अर्को कारण हो । नेपाली युवाहरूको समस्या भनेको बेरोजगारीको समस्या होइन, सोचको समस्या हो । विदेशमा काम गर्दा हिनताबोध हुँदैन तर नेपालमा त्यही काम गर्दा हिनताबोध हुन्छ । जबसम्म हामी हाम्रो सोच बदल्न सक्दैनौँ तबसम्म हाम्रो समस्या भनेको बेरोजगारी रहिरहन्छ ।
    हामी निकै मिहिनेत गरेर पैसा कमाएर नेपाल पठाउँछौँ । तर त्यो पैसा खाद्य पदार्थदेखि विलासिताका सामान किन्न खर्च भइरहेको छ । खाद्य पदार्थको लागि विदेशमा कमाएर नेपाल पठाउनुभन्दा नेपालमै उत्पादन गर्न सके पैसा विदेश जान पाउदैन । रेमिट्यान्सले देश धानिएको छ भनिन्छ तर रेमिट्यान्सकै कारण देशको ठूलै विकास भएको छ भन्ने कुरा मैले कतै सुनेको र पढेको छैन । साँच्चै हामी गम्भीर बन्न आवश्यक छ । हाम्रो सोच बदल्ने हो भने नेपालमै सकिन्छ र सम्भव छ ।
    विदेश जानै नहुने भन्ने होइन । तर विदेशमा गर्ने काम नेपालमा पनि गर्नका लागि कुनै किसिमको हिनताबोध पालेर नबस्नु हुन्न । जागिर खानुपर्छ भन्ने होइन । हामीले सानो काम गरेर पनि लाखौँ आम्दानी गर्न सक्छौँ । हामीले आफ्नो मनमा रहेको हिनताबोधको अन्त्य गरेर काम गर्ने हो भने जसरी विदेशी नागरिक नेपाल घुम्न आउँछन् त्यसरी नै नेपाली युवाहरू पनि विदेश घुम्न जान सक्ने हैसियतमा पुग्दछन् । काम सानो ठूलो हुँदैन । हामी जति सानो बन्न खोज्छौँ त्यति ठूलो बन्छौँ र हामी जती ठूलो बन्न खोज्छौँ त्यहि सानो बन्छौँ । अर्थात हामीले साना भनिएका काम गर्न थाल्यौँ भने हामी ठूलो बन्छौँ र सानो कामलाई हेला गरेर एकैपटक ठूलो काम गर्न लाग्यौँ भने सानो बन्दै जान्छौँ । (कुराकानीमा आधारित) (मधेश दर्पण फिचर सेवा)

    कल्पनाको स्वर्गयात्रामा सरकार
    — रामचन्द्र हुमागाई

    आखिर एमाले–माके एकता भैछाड्यो । सच्चा कम्युनिस्टहरूले भन्दै आएको कुरा सावित भयो । २०४६ सालयता आएर एमाले भन्ने गथ्र्यो, ‘अब बिस्तारै जनवादतर्फ अगाडि बढ्ने हो ।’ तर जनवादतर्फ होइन, ऊ जल्लादवादतर्फ लम्किएर अहिलेको अवस्थामा पुगेको हो । यसमा कसैको बिमती हुदैन होला ।
    एमालेको चरित्र देखेर नेपाललाई जनवादी देशको अव्बल नम्वरमा पु¥याउनका लागि माओवादीले जन्म लियो । माओवादी जन्मन त जन्मियो तर रोगी आमाको काखमा जन्म लिएका कारण गत जेठ तीन गते उसको विधिवत अन्त्येष्टि गरियो । २०६३ सालमा लागेको रोगको उपचार गर्दागर्दै सारा नेपाली समाजले हा¥यो, माओवादी म¥यो । यो मृत्युले थोरै मानिसलाई फाइदा अवश्य पुग्यो होला, तर नेपाली समाज अर्को ५० वर्ष पछाडि धकेलियो । यो धक्काको असर कहाँ कस्तो होला भनेर चिन्तनमनन गर्नुपर्ने ठाउँमा धक्का दिने र धक्काको मात्रा मिलाउनेहरू ‘अबको दस वर्षमा नेपाल स्वर्ग हुन्छ’ भन्दै हिड्न शुरु गरिसकेका छन् । स्वर्ग भनेको कहाँ छ, त्यहाँ कस्ता मानिस, राक्षस वा कल्पनातित ईश्वर बस्छन् कसैलाई थाहा छैन । अहिलेसम्म स्वर्ग पुगेर आएँ वा स्वर्गबाट आएँ भन्ने कोही पनि छैन । कल्पनाको संसार भए पो जाने आउने गर्नु ?
    राजनीति मदारीले बाँदर नचाएजस्तो खेल होइन । यहाँ यस्ता खेल निकै खेलिसकिएका छन् । १७ औं हजार नागरिकको रगतको खोलो तर्दै सत्ताको सिंढी उक्लिएकाहरूले सोच्नुपर्ने हो, यो देशमा १७ हजार परिवारका एक लाखभन्दा वढी सदस्यहरूको बसोवास रहिआएको छ । सत्ताको सिंढी चड्नका लागि अरू माध्यमहरू पनि प्रशस्त थिए तर ती १७ हजार नागरिकले परिवर्तका लागि आफुलाई वली चढाएका थिए । के राजतन्त्रको मुख्य शीर्षक मेटेर गणतन्त्र लेख्तैमा परिवर्तन भैहाल्यो वा भैसक्यो वा हुदैछ भन्न मिल्ला र ? त्यसो हो भने छिमेकी भारतले गणतन्त्र देखेको यतिका वर्षसम्म माखो पनि मार्न किन नसकेको ?
    हामीले हाम्रो गणतन्त्रको मूल्यांकन आफैं गर्नुपर्छ । यतिवेलाको केपी ओली सरकार आफूलाई वामपन्थीको सरकार भन्छ र भरौटे अवसरवादी पत्रपत्रिकाहरू पनि, ‘यो सरकार वामपन्थीकै सरकार हो’ भनेर झ्याली पिटिरहेका छन् । उनीहरूको पछाडि लाग्ने हो भने राणाको पालामा राणा ठिक भन्थे, राजाको पालामा राजा ठिक भन्ने गर्थे, पञ्चायत उनीहरूको पेवा नै थियो, बहुदलीय व्यवस्था आयो, त्यसमा पनि उनीहरू नै अव्वल दर्जामा उभिए र भोली जनगणतन्त्र आयो भने अग्रस्थानमा उनीहरू नै उभिएको देख्न पाइन्छ । के यिनीहरूकै पछि लागेर आफ्नो सिद्धान्तलाई बली चढाएर राजनीतिको उपहास मच्चाउने हो त इमान्दार राजनीतिज्ञको काम ? यो अवसरवादको पराकाष्ठा हो । यस्तो पराकाष्ठाले कोही कतै पनि पुग्दैन ।
    नेता महोदयहरूले जतिसुकै शून्य सहनशिलताको कुरा गरुन्, मन्त्री महोदयहरू गुलियो चाट्न थालिसके । निर्माण तथा भौतिक योजना मन्त्री रघुवीर महासेठले यातायात व्यवसायलाई संस्थागत गर्छु भनेर लागिपरेका, ज्यानको वाजी लगाएर सेन्डिकेट तोड्ने कर्मचारीलाई हौसला दिएर अझै जाग्रत तुल्याउनुपर्नेमा किन मन्त्रालय वोलाएर निरुत्साहित तुल्याए ? के यो पुरातनवादी सोचको भ्रष्टाचारी निरन्तरता होइन ? के १० वर्षभित्र स्वर्ग जाने बाटो निर्माण गर्न शुरु गरिएको होइन ? यहीबाट प्रश्न उठ्न चालेको छ र काँग्रेस तिघ्रा ठटाउन थालिसकेको छ । राजनीतिका नाङ्ले पसल थापेर बसेकाहरू चिन्तित हुने नै भए । नेपाल गरिब देशको सुचीमा दर्ज भएको मुख्य कारण राजनीति हो । योभन्दा अगाडिका राजा वा राजनीतिज्ञले नेपालका लागि केही गर्दै आएका भए यो देश निकै अगाडि पुग्ने थियो तर देश अगाडि पुग्नुको सट्टा आफु अगाडि बढे, सरकारी ढुकुटीको दुरुपयोग गरेर आफु मात्रै ढाडिए । आफ्ना सन्तान पढाए र बढाए, नपत्याए हेर्न सकिन्छ, कोको राजनीतिज्ञका छोराछोरी, कोको कर्मचारीका छोराछोरी पढेलेखेका छन् र विदेशमा मोजमस्ती गरिरहेका छन् । लुटेराहरू दुई प्रकारका हुन्छन्, एक बन्दुक देखाएर लुड्ने र दुई बौद्धिकता देखाएर लुट्ने । नेपाल बौद्धिक लुटेराहरूको देश हो भन्दा फरक पर्दैन । अबका दिनमा बुद्धि र बन्दुक दुबैको फ्युजन भएको छ, गणतन्त्रले भ्रष्टाचारीमाथि कारर्वाही गर्ने कानुन बनाउँदैन । राजा आँखा चिम्लिएर लुट्ने गर्थे भने आजका नेताहरू आँखा हेरिहेरी लुटपाटमा नलाग्लान् भन्न सकिदैन । त्यसैले होला आगामी १० वर्षभित्र स्वर्गको परिकल्पना गरिएको ।

    बढ्दैछन् ‘पढल बैल’
    — मुकुन्दप्रसाद उपाध्याय

    करिब ३०–३५ वर्षअघिको कुरो हो, मध्यतराईको पर्सा जिल्लाको एउटा गाउँमा एकजना हाम्रा पारिवारिक मित्र थिए यादव थरका । उनी भद्र समाजसेवी थिए । त्यस बेलाको तराई अहिलेको जस्तो प्रायोजित रूपमा रोपण गरिएको विषवृक्षको हावाले प्रदूषित र आक्रान्त थिएन । काठमाडौँमा नवार र पर्वते मिलेर बसेजस्तै मधेसी र पर्वतेहरू मिलेर बसेका थिए । माओवादी द्वन्द्वको पृष्ठभूमिमा तेस्रो जनआन्दोलनको तयारीका रूपमा युरोपियन युनियन र सोनिया गान्धी शासित भारतको सामूहिक प्रयासबाट नेपालमा तराई र पहाड दुवैतिर साम्प्रदायिक विषवृक्षहरूको वृहत् वृक्षरोपण भएको थियो । पहाडको चिसो मौसमले ती वृक्षहरू त्यति झाङ्गिएनन्, जति तराईको न्यानो मौसममा झाङ्गिएको छ ।
    त्यस बेला त्यस गाउँमा हाइस्कुल पनि थिएन । त्यसैले ती यादवजीले आफ्ना छोराहरूलाई जनकपुरमा राखेर पढाएका थिए । एकजना छोराले पढे पनि । सायद स्नातकसम्मको अध्ययन गरे । छोराले डिग्री त लिए, तर उनको सोच, बुद्धि र विवेक बाबुको अपेक्षाअनुसार भएनछ क्यारे, त्यसैले पढ्न नपाएको बाबुलाई पढेको छोराप्रति त्यति गर्व गर्न मन लाग्दैनथ्यो । विषय वा प्रसङ्ग चल्दा उनी गाउँबाट आएर सहरमा पढेका तर बुद्धि र विवेक जागृत गर्न नसकेका युवकहरूलाई मैथिली भाषामा ‘पढल बैल’ भन्दथे । ‘पढल बैल’ भनेको ‘पढेलेखेको गोरु’ भन्ने अर्थ लाग्दछ ।
    यो उपमा उनले त्यो बेला भनेका हुन्, जुन बेला समाजमा युवकहरूका लागि घडी, साइकल र रेडियो नै विलासिताका वस्तु मानिन्थे । आज मोटर साइकल, स्मार्ट फोन, ल्यापटप आदि मध्यमवर्गीय शिक्षित युवाहरूका लागि आधारभूत आवश्यकता बनिसकेका छन् । यस सूचना–प्रविधिको युग, रोबोट र कृत्रिम बौद्धिकताको युगमा पनि अहिलेका शिक्षित युवाहरूलाई ‘पढल बैल’ भनेमा अन्यथा हुँदैन होला । कृषि–व्यवसायमा ‘गोरु’ श्रमिक जन्तु मानिन्थ्यो । उदरपूर्तिका लागि बैलगाडामार्फत रातदिन भारी बोक्नु, टन्टलापुर घाममा खेत जोत्नु, दाइँ गर्नु नै गोरुको नियति हुन्थ्यो । त्यसैले जीवहरूमा गोरुलाई बुद्धि–विवेक नभएको चारखुट्टे जीव मानिन्थ्यो । त्यसैले समाजमा बेवकुफ मूर्खलाई ‘गोरु’ भन्ने चलन चलेको हो ।
    अहिलेको एक्काइसौँ शताब्दीको उच्चशिक्षा पनि रोजगारीमूलक शिक्षामा रूपान्तरण भएको छ । रोजगारी पाउन बुद्धि–विवेकभन्दा पनि सीपमूलक दक्षता अपरिहार्य हुन्छ । त्यसैले वर्तमान शिक्षा सीपमूलक र जानकारीमूलक हुँदै गएको छ । त्यस्तो रोजगारीमूलक शैक्षिक प्रमाणपत्र लिएर उद्योग, कार्यालय आदिमा रोबोटजस्तै रातदिन खटेर उदरपूर्ति गर्ने, सामाजिक र पारिवारिक दायित्वहरूबाट निरपेक्ष रही पेट पाल्ने, भौतिक परिग्रह गर्ने विद्वान् श्रमिकहरू एक किसिमले ‘पढल बैल’ हरूमा त रूपान्तरित हुँदै छैनन् ? सोच्नुपर्ने बेला भइसकेको छ ।
    जीवविज्ञानको परिभाषाअनुसारको दुईखुट्टे जीव पनि चारखुट्टे जन्तुहरूजस्तै खानपिन, भय, मैथुनमै सीमित रही आफ्ना लागि र आफ्ना बच्चाहरूको भरणपोषणका लागि बाँच्ने अनि त्यसरी बाँच्नका लागि पनि एक रोबोटले जस्तै लाए–अह«ाएबमोजिम काम गर्ने, खट्ने हो भने के वर्तमानका त्यस्ता युवकहरू ३०–३५ वर्षअघिका एक ग्रामीण भद्र समाजसेवीले भनेझैँ ‘पढल बैल’ वा सोसरहका मान्छे भएनन् त ?

    कम्युनिस्ट एकीकरण कि विसर्जन ?
    — प्रा. डा. गोपाल शिवाकोटी

    नेपालका ठूला दुईवटा कम्युनिस्ट पार्टीहरु एमाले र माआवादी केन्द्रको एकीकरण ऐतिहासिक फड्कोका रुपमा भएको छ । यसले नेपालका कम्युनिस्टहरुमा फुट्ने र जुट्ने क्रम समाप्त भई एकीकरणको प्रक्रिया शुरु भएको छ । यो एकता प्रक्रिया मुलुकमा स्थीरता, समृद्धिवाट विकास गरी वैज्ञानिक समाजवाद भएको घोषणा गरिएकाले यसले नयाँ दिशानिर्देश भएको छ । माक्र्सवाद लेनिनवादलाई मार्गनिर्देशन मानी जनताको जनवाद प्राप्त गर्ने कार्यदिशा तय गरेर नौलो जनवाद प्राप्त गर्ने गरमपन्थी कम्युनिष्ट सिद्धान्तबाट अलग भएको छ भने माओवादीको २१ औँ शताब्दीको समाजवाद र एमालेको जनताको बहुदलिय जनवादलाई छोडेर नयाँ धरातलमा कम्युनिस्ट अन्दोलनलाई नयाँ दिशा प्रदान गर्ने घोषणा गरेको छ । जनताले अपेक्षा गरेजस्तै यो अगाडि बढ्यो भने यसले कम्युनिष्ट आन्दोलनमा नयाँ उत्साह खडा गरेको हुनेछ । कम्युनिस्ट आन्दोलन नयाँ दिशाबाट अगाडि बढ्ने हो वा विसर्जनमा पुगेर अगाडि बढ्ने हो भन्ने कुराहरु पनि आएका छन् । यो एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई दीर्घकालिन प्रभाव पार्नेछ । एकतापछि नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि विश्वकै तेस्रो कम्युनिष्ट पार्टीको रुपमा विकशित भएको छ । यसले विश्व आन्दोलनसमेत प्रभावित पार्नेछ । तर दुवै पार्टीहरु अलग धारबाट आएकाले बहुदलीय युरोसमवाद सिद्धान्तबाट प्रशिक्षित र माओविचारबाट प्रशिक्षितहरूको एकता कसरी अगाडि बढ्ने हो भन्ने प्रश्न खडा भएको छ । लामो समयदेखि पुँजीवादी संसदको राजनिति गर्दै आएको र दस वर्ष सशस्त्र युद्धपछि मात्र शान्तिप्रक्रियामा आएको शक्तिको एकता कति टिकाउ हुने हो, यसका नेताले भनेजस्तै पुराना कुरा सवै छोडेर दुवै घुलित भै नयाँ संरचना गरी एकवद्ध भई अगाडि बढ्ने चर्चा पनि छ । यो एकता माओवादी एमालेमा प्रवेश गरेको र एमाले माओवादीमा प्रवेश गरेको नभै नयाँ संरचना निर्माण भएको भनिए पनि कसरी व्यवहार गर्नेछन्, त्यो पनि विचारणीय छ । माओवादी जनयुद्धको समयमा उठाएका मुद्धाहरुलाइ कसरी ग्रहण गरिने हो वा एमालेका कार्यहरुलाई कसरी लिइने हो, त्यसैमा एकताको सार्थकता देखिनेछ ।
    फरक सैद्धान्तिक धरातल, कार्यदिशा र कार्यशैली भएका नेपालका सवैभन्दा ठुला कम्युनिष्ट दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएकाले गर्दा नेपालको कम्युनिष्ट राजनितिमा ऐतिहासिक घटना भएको छ । यसले नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलन र नेपालको राजनितिमा समेत गम्भीर प्रभाव पार्नेछ । यो एकता वामपन्थी गठबन्धन बनेर निर्वाचनमा बहुमत प्रप्तगरेपति सात महिना कसरतपछी घोषणा भएको हो । घोषणा गर्ने दिन कट्टरपन्थी कम्युनिष्ट झापाको किसान विद्रोहवाट गठन भएका कम्युनिष्ट आन्दोलनलाई संसदीय राजनितिमा डोहो¥याएर तत्कालीन अवस्थामा कम्युनिष्ट पार्टीमाथि आएको सैद्धान्तिक समस्यालाई मुक्त गर्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको पुन्यतिथि छान्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यो एकता कम्युनिष्ट आन्दोलनको लागि महत्वपुर्ण परिघटना भएको छ । यसैले गर्दा मुलुकको राजनितीमा र वामपन्थी राजनितीमा दुरगामी प्रभाव पार्ने देखिएको छ । एकता प्रक्रियामा सुरुवाटै टुटफुट हुदै आएका कम्युनिष्ट आन्दोलनलाई सैद्धान्तिक विषय थाति राखेर गरीएको एकतालाई दिगो र स्थायी बनाउन र कम्युनिष्ट आन्दोलनलाई अहिलेको गतिमा अगाडि बनाउने चुनौति रहेको छ । यो एकता सैद्धान्तिक र भावनात्मक एकताभन्दा आवश्यकता र जनताको दवावबाट भएकाले एकताले अरु लामो प्रभाव पार्न बाकी छ । अहिलेदेखि छलफल गरेर महाधिबेशनबाट सैद्धान्तीक टुङ्गोमा पुग्ने, तिन महिनाभित्र संगठीत गरिसक्ने र केन्द्रमा जस्तै अन्य तहका अध्यक्षहरुमा भागबन्डा जस्तै अलग अलग पार्टीबाट व्यवस्थापन गर्ने भन्ने भएकोले टाउको जोडीए पनि शरिर एक हुन बाकी छ । सगरमाथाजस्ता चुनौतिका पहाडहरु अगाडि खडा छन । यसैले गर्दा एकताको कार्य सहज रुपमा हुने र एकतामा उल्लेख गरेका उद्देश्यको सार्थकताका लागि अरु कुर्नुपर्ने हुन्छ । अहिले नै पार्टी एकता भैसक्यो भनी उत्साहित हुनु र हतोत्साहित हुनु गलत छ । यसको सार्थक परिणामको लागी लामो समया कुर्नुपर्ने देखिन्छ । तथापी यो कार्यले गर्दा हिजो कम्युनिष्ट पाटीमा २–४ जना नेतालाई चित्त नवुझदै वा साथ मिल्दैमा टुट्ने र फुट्ने प्रवृती अन्त गरिदिएको छ । एकता प्रक्रियामा दुवै दलका अध्यक्षहरुलाई वरावर हैसियतमा राखेर आलोपालो नेतृत्व गर्ने र दोस्रो तहका नेताहरुलाई सम्मानजनक रुपमा सरकार तथा पार्टिमा स्थान दिने कुरा एकता प्रक्रियाले स्थायीत्व दिन सहयोगी भएको छ । केहि नेताले छुट्टै पार्टी बनाउने कार्य पनि चुनौतिको रुपमा रहेको छ । तर छुट्टाछुट्टै पार्टी हुदा गुटहरु बनाएर बस्ने प्रवृति कायम रहेको अवस्थामा दुइवटा पार्टी मिलेपछि फेरि गुटको राजनितिले प्रश्रय पाउने खतरा पनि उत्तिकै रहेको छ ।
    यो घटना नौलो घटना भएकाले यसबाट दुरगामी प्रभाव पर्ने निश्चित छ । वामपन्थी गठबन्धनको भ्रुण बन्नेवित्तीकै विपक्षी दल काग्रेस पार्टिले अधिनायकवाद लाद्ने प्रयत्न सुरु गरेको भनी विरोध गर्दै आएको छ । माक्र्सवाद र लेनिनबादको सिद्धान्तमा पुँजीवादी विरुद्ध क्रान्तिद्धारा शक्ति प्रयोग गरेर उन्मुलनमा अधिनायककत्व स्थापित गरेर समाजवाद प्राप्त गर्ने सिद्धान्तलाई छोडेर निर्वाचनको बाटोवाट संसदीय प्रतिस्पर्धाबाट कसरी बैज्ञानीक समाजवाद प्रप्त हुन्छ भन्ने सैद्धान्तिक प्रश्न खडा भएको छ । असोज महिनामा वामपन्थी निर्वाचनको गठबन्धन अचानक घोषणा गरी एकताको प्रक्रिया सुरु गरेपछि भएका विभिन्न खर्चपछि अप्रत्यासित रुपमा मदन भण्डारीको स्मृतिदिवसको रुपमा पार्टी एकता भएकोमा राजनितिक महत्वको विश्लेषण गरिएको छ । मदन भण्डारीले मालेलाई शान्ती प्रक्रियाबाट संसदीय पद्धतिमा भाग लिने सिद्धान्त प्रतिपादित गरि त्यस वेलाको सैद्धान्तीक संकट निर्माण गरेका थिए भने अहिले संविधान सभाबाट संसदीय संविधान निर्माण गर्न वाध्य भएपछि संसदिय भोटको राजनितिमा क्रियाशिल भएर सैद्धान्तिक संकट उत्पन्न भएपछि माओवादीलाई एकता र दलिय प्रतिस्पर्धाबाट बैज्ञानीक बाटो र सैद्धान्तीक संकटमा जान हिजोको माग र प्रतिष्ठालाई मदन भण्डारीको स्मृतिदिवसलाई चलाखिपुर्ण माओवादीको रुपमा हेरिएको छ । एकता घोषणा गर्ने दिन मदन भण्डारीको स्मृतिदिवसलाई पार्टी एकता संयोजन समिती दुवै दलको छुट्टाछुट्टै र संयुक्त केन्दीय कमिटी बैठक दुवै पार्टिको विघटन गर्न जानुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पहिले संयोजन समितिको बैठक बसि एकता संयोजन टुङ्गो लगाएर दल दर्ता गरेर एकता सार्वजनीक गर्नुपर्नेमा त्यसो नभई विपरीत समय घोषणा गर्नु र पछि प्रक्रिया पुरा गर्नुलाई पनि उल्टो काम पुरा भएको भन्ने अर्थमा हेरिएको हो । यो एकताले वामपन्थीहरुले पार्टि एकताको नारा लगाएर निर्वाचनमा जादा दुई तिहाइ मत प्राप्त गरेको र जनताले समर्थन गरेको र यसलाई जनअनुमोदित व्याख्या गरिएको छ । यो ६ वटा प्रदेश र केन्द्रको अर्को चुनाव नहुन्जेलको लागि स्थिर सरकारको सुनिश्चीतता पनि हो । कम्युनिष्ट एकतामा अरु कसैका सहयोग नभई ५ वर्षसम्म चल्न सक्ने प्रत्याभुती पनि हो । अहिलेसम्म नेपालमा कुनै पनि स्थिर रुपमा लामो समयसम्म पुरा समय काम गर्ने नसकेकोले आजित भएका जनताले स्थिर सरकारवाट मुलुकले समृद्धी र विकाश हासिल गर्न सक्छ भन्ने जनताको चाहनाको रुपमा हेरिएको छ । अहिले एकिकृत पार्टीको ६ वटा केन्द्रमा झण्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार छ । स्थानिय सरकारमा बलियो उपस्थीती रहेको छ । २ नम्बर प्रदेशमा समेत समर्थन छ ।
    पार्टीले पुनः एकीकरणपछि यसको नाम नेपाल कम्युनिष्ट पार्टि राखिएको छ । चुनौतिपुर्ण सैद्धान्तीक र सांगठनीक व्यवस्था दुई अध्यक्षले गर्नेछन । त्यसवाहेक भातृ संगठनको केन्द्रदेखी वडा तहसम्म एकीकरण गर्नुपर्नेछ । तिन महिनाभित्र यो कार्य सम्पन्न गर्ने लक्ष्य छ । एकतापछि हुने असन्तुष्टिको व्यवस्थापन गर्नुपर्नेछ र सिद्धान्त र व्यवहारमा तालमेल गर्नुपर्नेछ । पुँजीवादी संसदिय भुतको क्रान्तीकारी अधिनायत्वबाद वैज्ञानीक तालमेल मिलाएर अगाडि बढ्नु चुनौतिपुर्ण विषय हो । एकता गर्दा माक्र्सवाद लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मानि जनताको जनवादलाई तत्काल कार्यनिति मान्ने सहमति भई एकता भए पनि जनताको बहुदलिय जनवाद माओवाद र २१ औ सताब्दीको समाजवाद बहस जटिल र पेचिलो बन्ने देखिएको छ । यो कुरालाई सही ढङगबाट समाधान गरिएन भने यसले पुजीवादी संसदिय विषर्जनवादी धारमा समाजित हुन सक्ने खतरा छ । क्रान्ती र अधिनायकत्वलाई छोडेर वैज्ञानीक समाजवाद प्राप्त गर्न सकिन्छ भन्ने कुरा सजीलो विषय होइन । यसले कम्युनिष्ट आन्दोलनलाई सुधारवादतर्फ लैजाने र समाजबादी क्रान्तीवाट टाढा पु¥याउने खतरा छ । अहिले पार्टिको एकिकरण भयो, कम्युनिष्ट आन्दोलन पुनर्गठन भयो भनी खुसी पार्ने बत्ती बालेर सडकको उत्सव मनाउने जुन कार्य भएको छ, त्यसले कुनै पनि समयमा विसर्जनबाद र पुजीवादको भष्ोमा पर्ने खतरा भएकोले यो समयमा सचेत भएर विसर्जनमा जानवाट रोक्न र सचेत बनाउन आवश्यक देखिन्छ । अहिले एकिकृत पाटी दोधारे तरवारको धारमा खडा भएको छ । यसवाट अग्रगमन वा दक्षीणपन्थमा जानेवित्तीकै गम्भीर रुपमा ध्यान दिनु जरुरी छ ।
    यो एकताबाट स्थीरता प्राप्त गर्ने र मुलुकको समृद्धि र विकाश लागि मार्ग प्रशस्त भएको छ । हिजो भएका विकृति विसङगतिवाट दिक्क भएका जनताले वामपन्थीलाई हिजोका प्रवृतीहरु दोहोरिने छैनन् भनी वीश्वास गरी सत्तामा पु¥याएका हुन । हिजोकै प्रवृत्ति, विसङगति र विकृति दोहोरिएमा भ्रष्टाचार कुशाशन बढेमा जनताले पनि वामपन्थीको क्रियाकलापमा वितृष्णा भएर र अहिले गरेको समर्थनबाट पछाडि हटेमा भविष्यमा वामपन्थीपछिको विश्वासवाट विद्रोहमा जाने देखिएको छ । यो स्थीति भोलीको लागि भष्मासुरको बरदान सवित हुनेछ भन्ने कुरा आत्मसाथ गरी बामपन्थीहरुले आफनो चरित्र, प्रवृति, कार्यशैली र मानसिकता तथा भ्रष्टीकरण तथा सुवीधाभोगी प्रवितीलाई बदल्नेतर्फ ध्यान दिनुपर्दछ । यो कम्युनिष्ट आन्दोलनको अन्तीम मौका हो ।

    हिमालपारिको जिल्ला
    — हुचरा

    खाना र केही वेरको आरामपछि हामीले पुनः बाटो ततायौं । हात भाँचिएकाले लालबहादुरलाई अगाडिको सिटमा राखेका थियौं उनको हातलाई असर नपरोस् भनेर । म्याग्दीको पुल नतरी वारिपटि नै हामीहरूलाई निद्रा लागेछ । लालबहादुर त सिटबाटै झण्डै पल्टिएका । रुपेशले हँसाए, ‘के हो अंकल राती आन्टीले सुत्नै दिनुभएन कि क्या हो ?’
    मैले बिचमा थपिदिएँ, ‘झोकले बाख्रा गोठालो गएका वेलाँ पनि भीरबाट घचेटिदिने आन्टीले राती के वाँकी राखिन होला र ?’ पछाडि बसेकी लालाबहादुरकी मगर्नी गुनासो गर्न थालिहालिन्, ‘हामी बुढाबुडीलाई मात्रै जिस्याउँछौ, आफूहरू केही गर्न सक्तैनौ जस्तो छ नि !’ बुढी पनि के कम, शव्दका बर्षात शुरू गरिहालिन् ।
    यतिवेलासम्म हामीले म्याग्दी बजार प्रवेश गरिसकेका थियौं र यो यात्राको हाम्रो सातौं जिल्ला प्रवेश थियो । कालीगण्डकीले पनि एउटा शाखा छोडिसकेको थियो । यसमा अनेक खोलाहरू मिसिएर निकै मोटाएको थियो । जति माथि गयो उति दुव्लाउँदै पनि थियो । माथिल्लो मुस्ताङ कालीगण्डकीको सिरान हो । कालीगण्डकीको किनार पनि सागँुरिंदै गएको रहेछ । खोलालाई साँगुरो बनाउँदै मानव वस्ती बढ्दै गएको त्यहाँ पनि देखियो । कुनै दिन बाढी आयो र त्यो बस्ती बगायो भने सरकारले हेरेन भन्दै नाराजुलुस निस्कने होला । यो देशको बिडम्वना यो पनि एउटा हो, हिउदमा खोलो थुनेर वस्ती बसाल्ने, वर्षामा बाढी आएर बगापछि सरकारले हेरेन भन्ने ।
    अनेक तर्क गर्दै गलेश्वर महादेवको मन्दीरमा पुग्यौं । हिन्दूधर्मको विषेशता नै हो कि जहाँ पनि मुर्ति र मन्दिर बनाइहाल्ने, अबिर पोतिएको ढुङ्गा भेटिएपछि निधार रगेटिहाल्ने । यसैले होला यो धर्म उदार छ भनिएको पनि ।
    यो मन्दीरबाट केही उकालो लागेपछि अर्को खोला भेटियो । यो खोलाबाट दायाँ हुदै सात घण्टाको उकालो योभन्दा अगाडि पनि म पुगिसकेको थिएँ तर दाँयापटिको खोलाको किनारै किनार हामी जानुपर्ने रहेछ । सबै कुरा छोडेर गन्तव्यतिर लायौं । बाटो यहाँसम्म ठिकै थियो, अब साँच्चीकै कच्ची बाटो आयो । उडेको धुलो र उफ्रिएका गाडिका टायरहरूसँग रमाउँदै केही किमि गुडेको थियो, रुपेशले तातोपानी नुहाउने ठाँउ आएको जानकारी दिए । त्यहाँ नुहायो भने छालारोगीहरूलाई फाइदा हुन्छ भन्ने किँबदन्ती निकै अगाडिदेखि सुनिएकै हो । तातोपानीले घरैमा नुहायो भने पनि छालारोगीलाई फाइदा हुन्छ ।
    छेउछाउमा पर्खाल लगाउँदै गरेको र भित्तामा भीर कटान गर्दै गरेको जोखिमपूर्ण बाटैबाटो हाम्रो यात्रा अगाडि बढिरेहको थियो । नारायण एक्कासी थिच्याए । भएछ के भने खोंचको कन्तराबाट हिउँमा नारायणका आँखा परेछन् र फोटो खिच्नका लागि रुपेशलाई अनुरोध गरिरहेका थिए । रुपेश किन टेथ्र्याे र । नटेर्नाको कारण मलाई जान्ने इच्छा लाग्यो तर पनि टेर्दै टेरेन । उफ्रिएको गाडिमा हामी दुबै हातले पक्रिएर बसेका छौं, मानौं यो हाम्रो पहिलो गाडियात्र हो जस्तो लागिरहेको छ ।
    निकै वेरको मौनतापछि खोलाको किनारमा पुगेर गाडि रोकियो र रुपेशले सबैलाई बाहिर निस्कन आदेश दिए । बल्ल गाडि नरोक्नाको कारण पत्ता लाग्यो । हामी हिमालयको पैतालामै पुगिसकेका रहेछौं । आकाशतिर मुन्टो बटारेर हेर्दा पनि चुचुरो नदेखिने । जताततै हिमाल तर हिउँ पग्लिएर कतिपय ठाउँमा पत्थर मात्रै देखिने । हामी हिमालपारी पुगिसकेका रहेछौं । ं

    गायक अर्जुन नेपाल भन्नुहुन्छ ः गीतमा कुनाकाप्चाका शब्द ल्याउन सकिनँ
    — शिव बन्जारा

    कलाकार राष्ट्रका गहना हुन्, जसले आफ्नो कलाको माध्यमले देशका कुनाकाप्चामा रहेका कुराहरू चिनाउने गर्छन । जसले आफ्नो कलाको माध्यमले राष्ट्रलाई चिनाए, त्यस्ता व्यक्तिलाई राष्ट्रले प्रोत्साहित गर्नुपर्छ । एउटा व्यवसाय वा पेसाको मान्छेले केही आर्थिक आर्जन त गर्छ तर आज कलाकारिताबाट त्यस्तो व्यक्तिले आफ्ना आधारभूत आवश्यकता नै पूरा गर्न सकेको हुँदैन । यस्तै आवाज उठाउने क्रममा केही समयअगाडि मेरो भेट भयो काभ्रेको चण्डेनी मण्डन देउपुरमा २०११ साल चैत्र २५ गते पिता पीताम्बर नेपाल र माता बालकुमारी नेपालका कोखबाट जन्मेका तीन छोरी र तीन छोरा अर्थात् छ सन्तानमध्ये पहिलो सन्तानका रूपमा जन्मेका अर्जुन नेपालसँग ।
    रेडियो कार्यक्रम निर्माणका क्रममा भेट भएका अर्जुन नेपाल परिचित नाम हो । मेरो रेडियो कार्यक्रमका लागि कुरा गर्न सम्बन्धित व्यक्तिको घरसम्मै जान्थेँ म । तर उहाँलाई स्टुडियोसम्मै बोलाएँ मैले । करिब ३७–३८ वर्षपछिको भेट भएकाले चिन्नै मुस्किल होला जस्तो लागेको थियो । मोबाइलबाट सम्पर्क राखी भेट्ता सजिलै भयो । रेडियो वार्तामा थुप्रै रमाइला कुरा भए । मेरो उद्देश्य थियो उहाँको जीवनकहानी लिने । मेरा प्रश्नहरू त्यसैअनुरूप चले । उहाँ सुरिलो आवाजका लोकगायक हुनुभएकाले बीचबीचमा मीठा–मीठा गीतहरू पनि सुनाउनुभयो ।
    हाम्रो पुरानो भेट उहाँ काभ्रे जिल्लाको कुशादेवी मा. वि. मा शिक्षक हुँदा म करिब ४–५ कक्षा तिर पढ्दा भएको थियो । यति लामो समयमा भेट्ता उहाँले आफ्नो विवाह २०२९ सालमा १७ वर्षको हुँदा शारदा नेपालसँग (चौतारा सानो सिरुबारीकी केटी) भएको कुरा सुनाउनुभयो । त्यो जोडीबाट चार छोरा जन्मेछन् । हाल उनीहरूबाट ५ नाति–नातिनाका हजुरबुबा बनिसकेको सुन्दा मलाई अनौठो लाग्यो । हाल भक्तपुरको कौशलटारमा बस्तै आउनुभएका अर्जुन नेपालको बसाइ पाँचखालमा पनि कहिलेकाहीँ हुने रहेछ । करिब ४ वर्ष शिक्षण पेसा गरी त्यसपछि पाठ्यक्रम विकास केन्द्रमा करिब ४ वर्ष बस्ता विद्यालय तहको स्वास्थ्य–शारीरिक पुस्तक पनि लेखियो भनेर आफ्नो अनुभव बताउने अर्जुन नेपालको जागिरे यात्रा स्वास्थ्य मन्त्रालयतिर पुगेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत तीन जिल्लामा जनस्वास्थ्य प्रमुख भएर काम गर्नुभएका अर्जुन नेपाल संयुक्त राष्ट्रसङ्घमा करिब साढे तीन वर्ष स्वयंसेवक बनी हाल सुदिन नेपाल भन्ने संस्थामा संलग्न हुनुहुँदो रहेछ ।
    रेडियो नेपालमा लोक, युगल, राष्ट्रिय र आधुनिक गरी झन्डै तीन दर्जन गीत गाइसक्नुभएका अर्जुन नेपाल रेडियो नेपालमा बाल कार्यक्रमबाट प्रवेश गरी पछि स्वरपरीक्षा उत्तीर्ण गरेर आफ्नो गायनयात्रा अगाडि बढेको बताउनुहुन्छ । डम्फु त मेरो बाजेको पालाको, झ्याप्ले खसी यो आउने दसैँलाई, चौतारीमा बस्ने को हो ?, मेरो भावनाको सागरमा, यो सालीले सिउरेको जमरा जस्ता शब्दका उहाँका गीतहरू रेडियोबाट बज्ने गर्दछन् । ‘गीत गाएर जीवन चल्न गाह«ो रहेछ, जागिरमा व्यस्त हुँदा रेडियोमा गीत रेकर्ड गराउन सकिनँ, गायनयात्रा लामो समय टुट्यो’ भन्ने अर्जुन नेपाल अहिले ६४ वर्षमा आइपुग्दा समेत पहिलेको जस्तै मीठो आवाजमा गीत गाउनुहुन्छ । यस किसिमका मीठो आवाजलाई उपयोग गर्न सक्नुपर्छ राष्ट्रले ।
    “आजकालका गीतमा गाउँघर, कुनाकाप्चा, घाँससोत्तर, मेलापात, पातपतिङ्गर आदि पाइँदैनन् । रत्यौली, बेठी, दाइँ आदिमा गुन्जने गीतहरूमा जीवनका विभिन्न घटनाका सम्झना, ठाउँको चिनारी वा कुनै प्रसङ्ग पीडाका भाका बनेर गुन्जने गर्थे । माया–पिरतीका गीत पनि चल्थे । तर मैले त्यतिखेर विविध परिस्थितिले गर्दा मेरा गीतमा कुनाकाप्चाका शब्दहरू ल्याउन सकिनँ । जनतामा चेतना ल्याउने गीत गाउन सकिनँ ।”, आफ्नो कथन सुनाउनुहुन्छ लोकगायक अर्जुन नेपाल ।
    एम. ए. सम्मको शिक्षा हासिल गरेका अर्जुन नेपालको ओझेल परेको त्यो मीठो आवाजलाई आजको समयमा पनि क्रियाशील बनाऔँ । कलाकार राष्ट्रका गहना हुन् । जससँग सीप छ, त्यसलाई क्रियाशील बनाऔँ । मान्छे धर्तीमा एकैपटक जन्मने हो । मान्छे भएर जन्मिँदम उसले विभिन्न प्रतिभा साथैमा ल्याएको हुन्छ । त्यस्ता प्रतिभाहरूलाई राष्ट्रका लागि प्रस्तुत गर्न सकौँ । यस प्रकारका प्रतिभाहरूलाई राष्ट्रले संरक्षण गर्न सकोस् ।

    हनोईको अन्डाकफी
    — पोष चापागाई

    टुप्पोबाट फेदतिर ढल्किए मेरा आँखा वृक्षकाया दर्शन गर्न । रूखतिर म हेर्दै थिएँ, त्यहाँको पानीले मलाई देखेछ । पानी र मेरो हेराहेर भयो । पानीसँगैको एउटा झ्याम्म हरियो रूख आधा जिउ (आधा रूख) पानीभित्र चुर्लुम्मै डुबाएर पानीसँग लभ पो गरी खेल्दै रहेछ । लभमा सबै क्षम्य हुन्छ भन्छन् । रातदिन पानीमा आधा शरीर डुबाएर जिउँदै हाइ काढेर सुतिरहेको रूख ।
    समर्पण । निरवच्छिन्न प्रेम । सम्मोह । रूख अनि पानी । विशिष्ट थियो दृश्य ।
    पानीबाट मेरा आँखा बाहिर आए । म जललोकबाट मत्र्यलोकमा विचरण गर्न थालेँ फेरि ।
    उः त्यहाँ स्केचिङ हुँदैछ । उता साइकलमा साइक्लिङ खेल्दै रमाउँदै छन् भुराभुरीहरू । मापाका छिप्पिएका बुढाबुढी बेस्सरी कम्मर मर्काउँदैछन् । घुमन्ते घुम्दै व्यापार गर्दैछ । केटाकेटीहरू किन्दैछन् । पोलमा बत्ती झलल छ । रूख बिस्तारै हल्लिँदैछन् पङ्खा हम्किएझैँ गरेर । ऊ मलाई सामान देखाउँदै किन्न भन्छ । के हो, कति पैसा, थाहै छैन मलाई । के किन्नु नि !
    पर निर्मल पानी मतिर हेरेर ‘यता आऊ न’ भनेर इसाराले बोलाउँदैछ । पानी वरिपरिको १७ किलोमिटर रोडमा फाट्टफुट्ट सवारी साधन गुड्दैछन् । यो सडकले रिल्याक्स ग्रुपलाई छुँदैन । डिस्टर्भ गर्दैन ।
    पर्यटकहरू हतारहतार हिँड्दैछन् । उभिई–उभिई खाँदै कुनै पर्यटक पुस्तक पल्टाइरहेको छ । ए है, कति पढ्न सकेको ! पढन्ते नै हो यार !
    ‘जाडो–जाडो हुन थाल्यो । कफी खाने कि ?’, मैले प्रस्ताव राखेँ । मेरो प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । कफी कता पाइन्छ भनेर सोधेपछि थाहा भयो । अनि त्यतैतिर लम्कियौँ । मान्छे मुस्किलले छिर्ने दैलोबाट भित्र पस्यौँ । अगाडि त काठको भ¥याङ पो उभिएको छ ठिङ्ग । मैला खुड्किला । मैलो समात्ने ठाउँ । भुइँ उस्तै लैबुङ्गे । विद्यार्थी कालमा मेरो कोठाजस्तै । एक डालो अन्डाका बोक्रा छन् अघिल्तिर । भित्र मान्छे । बाहिर मान्छे । मान्छेको भीडमा थपियौँ हामी मान्छेहरू ।
    अङ्ग्रेजी बोल्ने–नबोल्ने सबै कफी पिउँदैछन् । हामीले अन्डा–कफीको अर्डर ग¥यौँ । अन्डा–कफी ? पहिलोपटक सुन्दैछु । हुन्छ र ? मीठो होला के ? मेरा मनमा कुराका चेतनाहरू लडिबुडी खेल्न थाल्छन् ।
    अहिले आउला, छैन । भरे आउला, छैन । बल्लबल्ल निकै बेरपछि भीडमा ठोक्किएर पोख्ली जस्तो गर्दै एउटी नानीले कफी दिई । आहा अन्डा कफी भन्दै स्वादले खान थाले साथीहरू । मैले पनि चाखेँ । पटक्कै मीठो लागेन । कहिल्यै खाएको भए पो ! तर भनेँ — ‘मीठो कफी !’
    मधुरो बत्ती । झोछेको बारापसलभित्र बारा खान बसेको अनुभूति हुन्छ । भुइँ । भित्तो । कुर्सी–टेबल अरिँगाले । सानो कोठा । स्वादले बस्ने हो भने चार–छजना मात्रै अटाउने । तर म त्यहाँ बीसौँजना देख्छ ग्राहकहरू ।
    ‘उठौँ ।’ ‘हुन्छ ।’ साहुनीलाई पैसा दिएर ओर्लिन थाल्यौँ । भ¥याङबाट खुर्मुरिएर किचाघान भइएला भन्ने त्राहित्राहि । साँच्चै त्राहि (रक्षा) भयो । सबै सखल्ल बाहिर निस्कियौँ ।
    ‘अब कता ?’ ‘फिर्ने नि कुटीमा ! आफ्नो कुटी (होटल वाटरमार्क) टाढा छ ।’ ‘फर्काैं त फर्काैं ।’
    हामी हाम्रो कार भएतिर हिँड्दैछौँ । म हेर्दैछु । नानीहरू किलकारी ठोकेर हाँस्तै साइकल कुदाउँदैछन् । अर्धनग्न विदेशी तरुनी–तन्नेरी काँधमा झोला बोकेर आउजाउ गर्दैछन् । हामी भियतनामीजस्तै छौँ । उनीहरू पनि हामीजस्तै लाग्छन् । ठ्याक्कै नेपाली ।
    शान्त छ सडक । शाकाहारी ब्राह्मणपुत्रजस्तो सडक । पर छ हाम्रो कार । हिँडेका छौँ, हिँडेका छौँ । भियतनामी जनताको अनुहार अझै युद्धभयबाट आतङ्कित देखिन्छ ।
    फर्किदा–फर्किदै मैले बाटोमा असन, इन्द्रचोक, ठमेल, झोछेका गल्लीहरू देखेँ । मोमो, छोइला, कचिला, बजी, वास खाँदै गरेका मान्छे देखेँ । तर हनोईका फुटपाथे होटलमा मरुन्जेल खानपिन गरेर पनि झगडा गरेको, मातेको देखिनँ । हनोईको बजार हेर्दै म काठमाडौँका गल्ली घुमेको अनुभव गर्छु ।
    उः परबाट पुलिस दाइ यता आउँदैछ । भलादमीहरू पेटीमा बसेर भस्मापुर डकारिरहेका छन् । आऊ, बस, खाऊ, मीठो छ हाम्रोमा भनेर केटीहरू ग्राहक बोलाउँदैछन् । केटाहरू कपालमा हात राखेर केटीतिर हेर्दैछन् ।
    कुइँक्क घुमेको गल्लीमा खानेकुराको मगमग बास्ना आइरहेको थियो । सङ्गीत घन्किइरहेको थियो । सङ्गीतका मर्मवेत्ताहरू झुमिरहेका थिए । ‘हामीसँग एक रात पनि बस्न भ्याएनौ ? फर्किहाल्छौ ?’ भनेजस्तो गरेर रूखहरू हल्लिँदै थिए । हामीलाई बाईबाई पो गरेका हो कि ? निष्ठुरीहरू छुन पनि आएनन् भनेर पानी रोइरहेको थियो ।
    हामी गाडीभित्र पस्यौँ । एकैछिनमा आयो होटल वाटरमार्क ।

    भोजको सभामा कालिदास
    — कविप्रसाद प्याकुरेल

    त्यसपछि राजसभा शून्यप्रायः भयो । विद्वत्मण्डली राजसभाको निन्दा गर्न थाले । यस्ता मूर्ख राजाको सेवा किन गर्ने ? वेदवेदाङ्ग पारङ्गत स्वआश्रित कविले एक लाख एकाइ मुद्रा पाए तर पाखे प्रतिभाहीन शङ्कर कविले १२ लाख एकाइ कसरी पाए ?
    यही कोलाहलमा सुवर्ण मणिकुण्डलले सुशोभित दिव्य शुभ्र वस्त्रधारी, राजकुमारतुल्य, कस्तुरी तिलकधारी, सुगन्धी पुष्पमालाधारी विशिष्ट युवा व्यक्तित्वको सभामा प्रवेश भयो । नवागत युवा देखेर भोजसभा उत्सुक भयो । ती युवाले सबैलाई नमस्कार गर्दै सोधे, “राजा भोज कहाँ हुनुहुन्छ ?”
    सभासद्ले भने, “भर्खरै खोपीमा सवारी भयो ।”
    उनले सबै सभासद्लाई ताम्बुल (पान) दिए र हात्तीको सभामा सिंहजस्तै सुशोभित भए ।
    शङ्कर कविलाई दिइएको १२ लाख एकाइ मुद्राबारे ती महापुरुषले भने, “शङ्कर कविलाई राजाले १२ लाख मुद्रा किन दिए भन्ने सबैले बुझ्नु आवश्यक छ । सुरुको एक लाखबाट कविको प्रारम्भिक पूजा गरियो भने प्राणप्रतिष्ठा गर्न थप ११ लाख लाग्यो ।”
    यो तर्क प्रस्तुत गरेर नवागत युवकले सबैलाई आश्चर्यमा पारे । तत्काल कुनै राजपुरुषद्वारा यो समाचार राजालाई पनि जानकारी गराइयो । राजाले पनि आफ्नो अभिप्राय जान्ने यो महापुरुष साक्षात् शिव नै हुन् भन्ठाने । स्वस्तिवाचन गर्ने महापुरुषलाई राजाले आलिङ्गन गरे ।
    त्यसपछि राजाले उनको हात समाएर आफ्नो खोपीमा लगी मञ्चमा विराजित गराउँदै भने, “विप्र ! हजुरको शुभ नामका सौभाग्यशाली अक्षरहरू केके हुन् ? तपाईं यहाँ आउँदा कुन देशले वियोग सहनुपरेको छ ?”
    प्रत्युत्तरमा कविले राजाका हातमा लेखिदिए — ‘कालिदास ।’ राजाले उक्त शब्द मनमनै उच्चारण गरेर कालिदासलाई दण्डवत् गरे । राजासँगै बसेका कालिदासले सन्ध्या भएको पत्तै पाएनन् । राजाले सन्ध्याको कविता सुन्ने इच्छा गरे । कालिदासले भने — व्यसनी पुरुषजस्तै नाश भो पङ्कजश्री । गुण हित परदेशीतुल्य छन् भृङ्ग दिक्क ।। कुनृपतिसरि सारा व्याप्त भो अन्धकार । कृपणीको धनजस्तै नेत्र भो आज व्यर्थ ।।७७।।
    यसपछि उनले यसरी राजाको स्तुति गरे — उपचार त्यहाँसम्म गर्दछन् बुद्धिमानले । सौहृद भाव उत्पन्न सर्वाङ्ग नभएतक ।।७८।। जस्ले जान्यो कविवरजीको काव्यशैली प्रभाव । त्यस्ले दियो कनक वसुधा दान त्यो बारबार ।।७९।। सुकविको शब्दशोभा सत्कवि मात्र जान्दछ । बन्ध्याले कसरी जानोस् गर्भिणी हर्ष सम्पद ।।८०।।
    यसरी भोज र कालिदासबीचको प्रीति सम्मृद्ध हुँदै गयो ।
    गर्भवतीको प्रसङ्ग आएपछि राजा भोजले कालिदासलाई वेश्यालम्पट ठानेर मनमनै भने, “यस्ता महामनीषी पनि किन कामपीडामा पर्छन् ?”
    कालिदासले यो आशय जानेर भने — श्री कामना चापलता प्रसङ्ग । कदापि जान्दैन मनुष्य लोक ।। पशुपति श्री त्रिपुरारि शङ्कर । स्वयं भए नारी पुरुष अर्ध । बलिष्ठ हो कामदेव प्रभाव ।।८१।।
    यसबाट राजा भोज सन्तुष्ट भए र कालिदासलाई प्रत्येक अक्षरबापत एकएक लाख एकाइ मुद्रा दिए । कालिदासले राजा भोजको यसरी स्तुति गरे — महाराजाश्रीको धवल विपुल दिव्य सुयश । श्रीविष्णु खोज्दैछन् क्षीरसागरमा अमृत घट ।। कपर्दी त्यै खोज्दै प्रतिपल श्री कैलाश शिखर । अहो मैले पाएँ महाराजा भोज अमृतसम ।।८२।। कान्ता प्रिया कामिनी भोज भूपति । त्रिलोकमा व्यापक पूर्णतापछि ।। ब्रह्मा परीक्षा लिन राजहंसको । कपर्दी कैलाश चढेर हाँस्नु हो ।।८३।। नीर क्षीर विवेकी निखिल खगपति नालजन्मा विधाता । तक्र पात्रसहित जलनिधि चक्रपाणि मुकुन्द ।। श्री सर्वोच्च गिरिशिखरमा पुग्नु भोला त्रिनेत्री । संव्याप्त कीर्ति कान्ता त्रिजगतभरि नीरक्षीरविवेकी ।।८४।। विद्वत् राजा शिखामणि नृपतिको कीर्ति यश साधना । श्री कैलाश सबै निरीक्षणपछि ब्रह्माजीमा संशय ।। विद्वत् राजश्री भोज नै अलिकति कैलाशभन्दा उचो । नन्दी पार्वती जान्हवी शिवजीले थप्नुप¥यो सत्य हो ।।८५।। गोपाल स्वर्ग त्यागी किन भूतलबिसे आउनुभो तपाईं । देवर्षि गाई बाछा दुध दही र घिउको शुभेच्छा मलाई । दानी मानी प्रतापी गुणनिधि गरिमा युक्त राजाधिराज । त्यो बेला कृष्ण राधा यस बखत यहाँ चक्रवर्ती श्री भोज ।।८६।।
    वेद र स्मृतिमा पारङ्गत केही विद्वान्ले पनि राजा भोजको काव्यप्रियताबारे सुनेका थिए । उनीहरूले पनि राजालाई कविता सुनाउने इच्छा गरे । एकजनाले लेखे, “भोजन पाऊँ महाराज !” परन्तु उनले आफ्नो श्लोकको उत्तरार्ध लेख्न सकेनन् ।
    कालिदास सरस्वती मन्दिरमा दर्शन गर्न आएका बेला ती ब्राह्मणले गुनासो गरे, “हामीले सारस्वरसहित चारै वेद कण्ठ गर्दा पनि राजा भोजले फुटेको कौडी दिँदैनन् । धेरै प्रयासपछि मैले आधा श्लोक लेखेको छु । हजुरले उत्तरार्ध लेखिदिनुभयो भने हाम्रा हातमा पनि राजाका दक्षिणा पर्दथे ।”
    ब्राह्मणको श्लोकार्ध हेरेर कालिदासले यस्तो उत्तरार्ध लेखे — “शरद चन्द्रिकातुल्य सेतो महिषको दही ।।”
    त्यसपछि राजदरबार आएर ब्राह्मणले द्वारपाललाई भने, “म राजालाई कविता सुनाउन चाहन्छु ।”
    द्वारपालले राजालाई प्रणाम गर्दै बिन्ती गरे — राजमासतुल्य दन्त कटिमा हात राख्दछ । म वेदपाठी हुँ भन्दै द्वारमा एक ब्राह्मण ।।८७।।
    राजाको आज्ञा पाएर ब्राह्मण राजसभामा आए र तुरुन्तै कविता पढ्न थाले । राजाले पूर्वार्ध केही बुझेनन्, उत्तरार्ध भने कालिदासले रचना गरेको भनेर थाहा पाइहाले । अनि भने, “पूर्वार्धको दिन्न, उत्तरार्धको केही दिन्छु । तर जसले लेखेको हो उसैले सुनाउनुपर्छ ।”
    त्यसपछि वेदपाठी त्यहाँबाट भागे । पछि उनले कालिदाससँग भने — अधर मधुरतामा कुच काठिन्यता छ । धनुषसरि सुदृष्टि काव्यको पारिपाक ।। रसिक अनुभवीले जान्दछन् दिव्य काव्य । शठहरू थुक निल्दै सुन्छ विस्मृत हुन्छ ।।८८।।

    सहाराविहीनको संरक्षक
    — दामोदर घिमिरे

    कुनै पनि व्यक्ति वा संस्थाले दत्तचित्तले लागिपर्ने हो भने जस्तासुकै अप्ठ्यारा काम पनि सहजै फत्ते गर्न सक्छन भन्ने उदाहरण वनेको छ एसओएस वालग्राम । अरुको दुःख जसले देख्छ उसलाई भगवानले हेर्छ अनि जो आफ्नो मात्र पेट भर्न आतुर हुन्छन् तिनैलाई पशु भनिन्छ । सन् १९१९ को जुन २३ मा अष्ट्रियाको भोरालवर्गस्थित किसान परिवारमा जन्मेएका प्रो. डा. हर्मन माइनरले सानै उमेरमा आफ्नी माता गुमाएछन् । द्धितिय विश्वयुद्धवाट घरवार र अविभावकविहीन वालवालिकाको दयनीय अवस्थाले उनको मन किंकर्तव्यविमूढ भएछ । वियोगको पीडा खेप्नेलाई जति थाहा हुन्छ त्यति देख्नेलाई हु“दैन भनेझैं भोकानाङ्गा वालवालिकाको नाजुक स्थितिले उनको मनमा दया पलाएछ । सन् १९४९ मा अष्ट्रियाको टिरोलमा ६०० सिलिङ्ग (तत्कालिन अवस्थामा नेपाली रु. ३,०००।–) रकमवाट आमावावु र घरपरिवारविहीन वालवालिकालाई एकत्रित गरी शुरु भएको एसओएस वालग्राम अहिले विश्वभर १३५ वटा मुलुकमा संचालित छन् । यस लेखमा काठमाडौं उपत्यका वा अन्य शहरका महंगा र झकिझकाउ स्कुलभन्दा पृथक भौतिक संरचना एवं वार्षिक परिक्षामा सर्वोत्कृष्ट परिणाम ल्याउन सफल एसओएस वालग्राम काभे्रका वारेमा पाठकलाई जानकारी दिन लागिएको छ ।
    वि. सं. २०५४ देखि काभे्रमा १ घर अर्थात १० जना (अविभावकत्व गुमाएका र गुमाउने उच्च जोखिममा रहेका वालवालिका) वाट शुरु भएको एसओएस वालग्राम काभ्रे २०५५ वाटै १४० जना वालवालिकाको संरक्षक वन्न सफल भएछ । शुरुदेखि हालसम्म यस वालग्रामले १ महिना नपुगेका १५ जना नावालिकसहित प्रतिपारिवारीक घरमा ८ देखि १२ र सरदरमा १० जनाको दरले १४ पारिवारीक घरहरुमा वालवालिकालाई २४ सै घण्टा पूर्ण रेखदेखमा निःशुल्क खाना, आवास, औषधोपचार र अध्ययनसहित सुरक्षित रुपमा राखेको पाइन्छ । हुम्ला, जुम्ला, मुगु, झापा, संखुवासभा, सोलुखुम्वु लगायत ४० भन्दा बढी जिल्लाका हाल १३६ जना वालवालिका यो वालग्राममा रहेका छन् भने सामुहिक रुपमा एकजनाको लागि वार्षिक करिव रु. १२५००० को दरले खर्च लाग्ने रहेछ ।
    यस वालग्राममा रहेका वालवालिकाको उच्च शिक्षाका लागि हालसम्म स्थानिय स्तरबाट १४४ जना स्पोन्सर (सहयोगी मित्रहरु) रहेका, त्यसमध्ये कर्पोरेट (मासिक रु. १०००) दिने २० जना, हाइभ्यालु कमिटमेण्ट (मासिक रु. ६००) प्रदान गर्र्नेे ५० जना र ४४ जनाचाहि चाइल्ड स्पोन्सर (मासिक रु. ३००) रहेको पाइयो । वार्षिक रु. २५००० वा सोभन्दा माथी सहयोग गर्ने दाता हालसम्म २ जना रहेको र उहाँहरु अमेरिका वस्नुहु“दो रहेछ । कुल स्पोन्सरमध्ये स्कुल तथा बालग्राममा कार्यरत ३६ जना कर्मचारीहरुबाहेक १०८ जना वाह्य रहेको पाइन्छ । हाल यस बालग्रम अन्तर्गतको हर्मन माईनर विद्यालयको नर्सरीदेखी कक्षा १२ सम्म ६४० जना छात्रछात्रा अध्ययनरत रहेकामध्ये १३६ जना वालग्राममा वस्ने र स्थानीय (सीमान्तकृत, जाती–जनजाती र आर्थिक रुपमा कमजोर) १०० जनासहित २२१ छात्रवृत्तिमा र वा“की विद्यालयले निर्धारण गरेबमोजिमको मासिक तथा वाषर््िाक शुल्क तिरेर पढ्दछन् । शुरुमा एक कक्षाको शुल्क रु. १५० थियो भने अहिले नर्सरीदेखि कक्षा १० सम्मको मासिक शुल्क १२०० देखि २२०० रहेछ ।
    ८० रोपनी क्षेत्रफलमा २२ वटा भवनहरु सम्पन्न भएका छन भने स्कुलतर्फ शिक्षक र कर्मचारी गरी ४४ र वालग्रामतर्फ ३८ गरी उक्त परिषरमा ८० जना कार्यरत रहेको पाइन्छ । प्रत्येक पारिवारीक घरमा १–१ जना आमा गरी १४ आमा र ७ जना अन्टीहरुको व्यवस्था वालग्रामले गरेको पाइयो । कक्षा ८, ११ र १२ मा २ वटा सेक्सन छन् भने अन्यकक्षामा १–१ वटा मात्र सेक्सन रहेछन् । सन् २००७ देखि १२ कक्षा अध्यापन शुरु भएको यो स्कुलमा एकाउण्ट र कम्प्युटर मुख्य विषय रहेछन् । यस स्कुलमा अध्ययन गर्ने विद्यार्थीले प्रायः कक्षा ४ देखि १२ सम्म एउ“टै शिक्षकसंग पढ्न पाउ“दा रहेछन् भने एउटा कक्षा वा सेक्सनमा ३६ जनादेखि वेशिमा ४४ जना विद्यार्थी राखिदो रहेछ । यस बालग्रामको नेतृत्व — बालग्राम निर्देशकहरुमा पहिलो निर्मल, दोस्रो सुरेश शर्मा, तेस्रो कर्म लामा, चौथो ईश्वरी शर्मा अनि पाचौंमा २०१७ को नोवेम्वरदेखि सुरेन्द्र अम्गाईले संहाल्नु भएको छ ।
    सन् २०२० देखि स्कुल संचालनको लागि केहि रकम अपुग हुने, कुल विद्यार्थीको ३० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने जस्ता वाध्यता एकातिर रहेछ भने अर्कोतिर हालको आम्दानीले वार्षिक वजेटको ६० प्रतिशत मात्र खर्च समेट्दो रहेछ । ३१ औं एसओएस अन्तर्राष्ट्रिय दिवस २३ जुन २०१७ मा आयोजित कार्यक्रममा पनौती न. पा. प्रमुखले चालु आ. व. मा रु. १६,६०,००० र धुलिखेल न. पा. ले वार्षिक २ लाख दिने प्रतिवद्धताले यस बालग्राम अन्तर्गतको हर्मन माईनर विद्यालयलाई हौसला मिलेको रहेछ ।
    पढाइबाहेक यस भिलेजमा खेलकुद, हाजिरी जवाफ, किचन गार्डेन, शैक्षिक भ्रमणको अतिरिक्त विभिन्न चाडवाड र धर्मसंस्कृतिको वारेमा उत्पे्ररणा जगाउने खालका कार्यक्रमहरु हुँदा रहेछन । यहाँ हुर्केका १४ जनाको विवाह गरी–गराई यो भिलेजले आफन्तको भूमिकासमेत निर्वाह गर्दै आएको छ जुन उदाहरणीय सामाजिक कार्य हो । आफ्ना अविभावक वा आफन्त नहुनेहरु दशैं, तिहार वा जाडो र गर्मी विदामा समेत अन्त नजाने वालवालिकालाई घुमाउन लैजाने वा आमाहरुले आफ्नै घरमा लगेर संँगै राख्ने गर्नुुहुँदो रहेछ जसलाई मानवीय दायित्वको मुल धरोहर मान्नुपर्दछ । महाभुकम्प २०७२ को विपतमा धुलिखेल अस्पतालले संचालन गरेको क्याम्पमा दिनरात नभनी खाना पकाउनेदेखि विरामीको सेवा गरेकै कारण यस वालग्रामका विद्यार्थी र यो स्कुल स्वदेशदेखि विश्वभर परिचित हुँदै गएकोमा गौरव लागेको यसै वालग्रामका नायब निर्देशक तुलसीरत्न छँुजुले वताउनुभयो ।
    महात्मा गान्धिले गरेको अहिंशा आन्दोलनकै कारण विश्वभर उनि महान भए । घृणित राजनीतिकै कारण हाम्रो शिक्षा, स्वास्थ्य, महंगी नियन्त्रण र उद्योगहरुले युगसुहाउ“दो गति लिन सकिरहेका छैनन् । आजकाल हामी आफन्त वा छरछिमेकीलाई सहयोग गर्नको सट्टा पन्छिने गर्दछौं र सामाजिक दायित्ववोध गर्दैनौं तर हामै्र समाजमा केही व्यक्ति र संस्थाहरु पनि छन् जसले अनाथ वालवालिका र वृद्धवृद्धाको सेवामा लागिपरेका छन् । व्यापारीले घुश खुवाउन र नेता, कार्यकताहरु भ्रष्टाचारमा लिप्त नहुने हो भने निकट भविष्यमै नेपाल समृद्ध राष्ट्र वन्न सक्नेछ जसको लागि हर्मन माइनर, डा. सुरेशराज शर्मा, डा. गोविन्द के. सी., अनुराधा कोइराला, सन्दुक रुइत, कुलमान घिसिङ्ग, रमेश खरेल, मुकुन्दप्रसाद उपाध्याय, लालवावु पण्डित, पुष्पा वस्नेत जस्ता कम्तिमा ३०–४० जना हस्तिहरुको उदय हुन सख्त जरुरी छ । हाम्रो जन्मदिन, विवाह वा भोजभतेरमा फजुल खर्च गर्नुभन्दा आफ्नो गच्छेअनुसार दिनको २०–५० रुपियाका दरले कुनै पनि वाललालिकाको शिक्षा, गुरुकुल वा अनाथालय, वृद्धाश्रमको लागि संभव भएमा आफै सेवामा खटौं र नभएमा मुट्ठिदान दिने वानी वसाल्दै असल नागरिकको परिचय दिऔं ।

    …… लाई भन्दा देख्नेलाई लाज
    — रोशन मञ्जुश्री

    ठगिनु पनि कति ठगिनु पाइलैपिच्छे ! मजस्तो सोझोको जमाना गएछ ! विश्वास अब कसैको रहेन !
    — रामविक्रम थापा
    गृहमन्त्री बादलले भनेछन् — “देश तस्कर र माफियाको हातमा छ ।” कस्तो ठ्याक्कै जानेको !
    — कोशराज न्यौपाने
    गर्नेहरु केहि बोल्दैनन्, नगर्नेहरु अरुलाई होच्याउँछन् र आफू ठालु पल्टन्छन् । त्यही ठालु पल्टेर मानवीय व्यवहारबाट टाढा भाग्न खोज्नेहरु जताततै मानसम्मानको भागिदार हुन्छन् । उनैको कुरामा ताली पिट्छन् । जय होस् ।
    — सुचित्रा श्रेष्ठ
    विद्युत प्राधिकरणका कुलमान घिसिङजस्तै ब्यक्ति खानेपानी प्राधिकरणमा सरकार किन ल्याउन सक्दैन ? के खाने पानीलाई ‘नेपालखाने’ प्राधिकरण मात्र र बनाइरहने भन्या ? लौन ए सरकार ! अहिले त नेपालखानेले हामी सबलाई खाइसक्यो । गुहार, गुहार ।
    — विश्वम्भर चञ्चल
    एउटा कुरा अनुसन्धान गर्न मन लागेको छ ः साहित्यकार अभिभावकका कति प्रतिशत सन्तान यो दुनियाँमा साहित्यकार बनेका छन् ?
    — धनराज गिरी
    अभिभावकले पुस्तक किनेर पढ्नुपर्छ भन्ने संस्कार पाएनन् । त्यसैले अढाई सयको किताब किन्न खुट्टा कमाउँछन् तर तीन हजार सकेर रेस्टुरेन्टमा मस्ती गर्न केहीजस्तो मान्दैनन् । तर अहिलेका नानीबाबुहरू एकोहोरो पाठ्यपुस्तकमा मात्रै रमाउँदैनन् । केही असल अभिभावकको अभियान, निर्देशन र सहयोगमा विविध सन्दर्भ सामग्री र पुस्तकहरू पनि पढ्न थालेका छन् । अपेक्षित शुभसंकेत हो यो ।
    — श्रीराम राई
    इतिहासमा ओझेलमा पारिएकी नेपालकी विशिष्ट नारी योगमायाको नाममा हुलाक टिकट प्रकाशन गरेर मात्र पुग्दैन । अब राज्यले वहाँलाइ उचित सम्मान अर्पण गर्नुपर्दछ । साथै प्रत्येक बर्ष हरिशयनी एकादशीका दिन वहाँको सम्मानमा योगमाया दिवस मनाउने परम्परा सुरु गर्न आह्वान गर्दछु ।
    — पवन आलोक
    इश्वरको अस्तित्वलाई कसैले स्वीकारे पनि नस्वीकारे पनि, पूजे पनि नपूजे पनि त्यो प्रत्येक ब्यक्तिको चेतना, बुद्धि, बिवेक र धार्मिक आस्था सम्बन्धि ब्यक्तिगत स्वतन्त्रताको कुरा हो । त्यस्मा तर्क गर्नु नै बेकार हो । इश्वर छैन भनेर तत्कालीन सामाजिक मान्यतालाई कुनै बैज्ञानिक आधार वा तर्कविना एक्कासि केही अल्पसंख्यक ब्यक्तिहरुको पछि लागेर बिथोल्न चाहिँ दिनु हुँदैन । त्यस्तै इश्वरको नाममा हाम्रो समाजमा भैरहेको ठगी, अन्धबिश्वास, छुवाछुत, ब्राह्मणवादलाई पनि मान्नु हुँदैन ।
    — सुनील सापकोटा
    विगतका दिनहरूमा ओलीजीले अभिव्यक्त गर्नुभएका विचारहरूमा भीमसेन थापा, अमरसिंह थापा प्रभृति ऐतिहासिक महानायकहरूले व्यावहारिक रूपमा प्रस्तुत गरेको राष्ट्रवादभन्दा उपल्लै कोटिको राष्ट्रवादको छनक पाइन्थ्यो । सैद्धान्तिक रूपमा मात्र प्रकट हुँदै आएको ओलीजीको राष्ट्रवादलाई प्रयोगात्मक रूपमा समेत हेर्ने अवसर प्राप्त भयो । उहाँको नवीन स्वरूपको राष्ट्रवाद त मोदी महाराजको चरणोदक ग्रहणमा पो प्रतिविम्बित भयो । ‘……….भन्दा देख्नेलाई लाज भएन त !’
    — हरि पराजुली

    प्रश्न आफ्ना–आफ्ना
    — गीता मञ्जुश्री

    विजुली, टेलिफोनभन्दा मानव जीवनमा बाँच्न र बचाउन अति आवश्यक पानी हैन र ? तर दुःखको कुरा विजुली दुई घण्टा आएन भने हामी विद्युत प्राधिकरणमाथि अनेक लाञ्छना लगाउँछौ । त्यस्तै टेलिफोनमा केही गडवड आयो कि टेलिकमलाई गाली गर्छाैं । केही हदसम्म यो जायज पनि छ । तर विडम्बना मान्छेको जीवनलाई नै नभई नहुने पानी २–३ हप्तासम्म धाराबाट नआउँदा पनि हामी चुप बस्छौं । सन्दर्भ कालिमाटी कुलेश्वरको हो । यो भेगमा पानी नआएको तेश्रो हप्ता हुँदैछ तर पनि आवश्यक भनसुन र मर्मत संभारको कार्य नगरी सम्बन्धित निकाय मौन किन बसिरहेको छ ? मान्छेको बाँच्न पाउने अधिकारमाथि किन खेलवाड गर्दैछ ? शंका उत्पन्न हुन्छ, कतै पानी विक्रेताको उच्च कमिसनमा त परेको छैन ? अनि पिडीत जनता किन मौन छन् ?
    — मञ्जुलाल श्रेष्ठ
    जो सही कुरा सुन्न र पढ्न सक्दैनन् उनिहरु फेसबुके साथी नै भएपनि हटाउनु उचित होला हैन त ?
    — प्रकाश निर्मल
    पहिले–पहिले होटलमा भेटिने केटीलाई नगरबधु भनिन्थ्यो र तिनीहरूबाट बच्चा जन्मियो भने कि त केटा देखा भनेर सोधपुछ गरेपछि जिम्मा लगाउंथे, कि त भागेर मर्थे, कि त बच्चा पाएर झाडीमा फाल्थे । क्याबिन रेस्टोरेन्टदेखि बिबिध नामका कोठी संचालनमा आए । शेरबहादुर देउवाले रेड लाइट एरिया बनाउनु पर्छ भनेर धेरैपटक भने तर भएको थिएन । अहिले काठमान्डू र अरू शहर, राजमार्गहरूमा फस्टाएको संगठित पेशा हो । नेपालको सामाजिक परम्परा, संस्कार र पारिबारिक प्रतिष्ठाको बर्खिलाप गर्दै सनातन हिन्दू संस्कारलाई पूर्ण निर्मूल गर्ने उद्देश्यले पश्चिमी युरोपियनको सल्लाह मान्ने पादरीहरूको प्रस्तुतीमा महिला अधिकारको नाममा अविवाहिताले पनि बच्चा पाउन सक्ने कानुनी अधिकार हुनु कत्तिको जायज छ ?
    — राजेन्द्रप्रसाद अधिकारी
    फौजदारी अभियोग लागेको सांसदलाई निलम्बन गर्नुपर्छ भन्न सक्ने कोही कांग्रेसी ‘माई का लाल’ निस्केनन । आफ्नै विरुद्ध कोही बोल्छ ?
    — महेश्वर श्रेष्ठ

    कुन बार कुन देवताको पूजा गर्ने ?
    — सुदर्शन आचार्य

    हिन्दूधर्ममा हप्ताको हरेक बारलाई देवीदेवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवासबाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।
    १. आइतबार ः आइतबारलाई सूर्यदेवको बार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।
    २. सोमबार ः सोमबार शिवजीको दिन हो । यस दिनमा शिवजीको पुजाआराधना गरे शिवजी चाँडै खुसी हुन्छन् । यस दिनमा शिव मन्दिर गई विशेषतः अर्धनारीश्वरको पुजा गर्ने अनि ॐ नमः शिवाय मन्त्र जप्नुपर्दछ । शिवजीको पुजा गर्ने बेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक छाक मात्र खानुपर्दछ भने खानामा नुनतेल मिसाउन मनाही छ ।
    ३. मङ्गलबार ः मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ । यस दिन व्रत बस्दा विहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।
    ४. बुधबार ः बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णावतारको पुजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति शुभ मानिन्छ । यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
    ५. विहिबार ः विष्णु भगवान् र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो । पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ । व्रत बस्नेहरूले एक छाक दुग्धपदार्थ खानुपर्दछ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।
    ६. शुक्रबार ः शुक्रबारको दिन महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन् । यस दिनमा लक्ष्मी माताका अवतार सन्तोषी माता, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ ।
    ७. शनिबार ः कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ ।

    धर्म नहुँदा पनि ॐ थियो

    हिन्दूधर्मका अनुसार ॐ एउटा शब्दका साथमा ब्रह्माण्ड मानिन्छ । ॐ शब्दलाई अत्यन्त पवित्र चिह्नका रूपमा र शान्तिको प्रतीक मानिन्छ । यसलाई धार्मिक चिह्नका रुपमा पनि हेरिन्छ । यसले धर्म, अर्थ, काम र मोक्ष सबै कुरा हेर्ने गर्दछ भनी शास्त्रमा उल्लेख गरिएको छ । ॐ को उच्चारण गर्दा ब्रह्माण्डमा लुकेर रहेका सबै ऊर्जालाई आफूतिर तान्न सकिने र महाशक्तिशाली रोग मोहमायालाई निर्मूल गरिदिने कुरा शास्त्रले बताएको छ ।
    ॐ को उच्चारण गर्दा मानसिक समस्या बिस्तारै हट्दै जान्छ भनिएको छ । ॐ को महत्व हिन्दूधर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण रुपमा हेरेका छन् । हिन्दुधर्मका वेदमन्त्रहरू अनुसार ॐ बाट नै शुरू हुन्छन् । तर यो शब्दले हिन्दु, मुसलमान, क्रिस्चियन भन्दैन । संसारमा कुनै धर्म नहुँदा पनि ॐ अस्तित्वमा रहेको हो भनिएको छ । ॐ मानवताको चिह्न हो ।
    विभिन्न धर्मले ॐ शब्द फरक फरक अर्थमा उच्चारण गर्छन् । मुसलमानहरूले ॐ शब्दलाई आमीन भन्ने गर्दछन् । बौद्धहरूको प्रमुख मन्त्र ॐ हो । यस मन्त्रको अर्थ मणिपद्मे भन्ने हुन्छ । सिखहरू भने यसलाई ईक ॐकार भनी भन्दछन् र त्यही ॐकारको गुणगान गर्छन् । अंग्रेजी शब्दमा ओम्मीको अर्थ अन्नत हुन्छ । क्रोएशियाली भाषामा ओकोले ॐ को अर्थ दिन्छ । इन्डोनेशियामा उन्तुकलाई ॐ भनिन्छ । मानव जीवनमा धर्म अनुसार ॐको प्रयाग गरिरहेका छन् । (मिडिया एनपी डटकम)

    के हो मलमास ? के नगर्ने मलमासमा ?

    ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिकमास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जबकि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिकमास’को व्यवस्था गरिएको पाइन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिकमास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिकामासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिकमास भनिन्छ । यो वर्ष जेठ महिनामा अधिकमास परेकाले दुईवटा जेठ महिना हुन्छ । सूर्यपञ्चांगलाई हेर्दा जेठ २ गतेदखि ३० गतेसम्म अधिकमास पर्छ ।
    प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृकार्य वर्जित मानिएको छ । पुराणमा अधिक मास पुरुषोत्तम मास कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।
    कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मलमास भन्न थाले । यसबाट मलमासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मलमास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो । भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मलमास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’ यसरी भगवानले अधिक वा मलमासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ । यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिकमासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।
    हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुन सक्छ । मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन् । अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलोपटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन । मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ । विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ । गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ । विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पतीलाई चाहिँ छुट छ भनिएको होइन । यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ । नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ । (ई–खोजखबर)

    जब सिंह सिकार बाँड्छ
    — रामचन्द्र हुमागाई

    लेनिन नारोदनिकहरुको साथै तथाकथित वैधानिक माक्र्सवादीहरुसँग पनि संघर्ष गर्न बाध्य हुनुभयो । यी ती बुर्जुवा बुद्धिजीवीहरु थिए जो माक्र्सवादबारे वैधानिक तरिकाले जारशाही सरकारद्वारा छुट दिइएका पत्रपत्रिकाहरुमा मात्र लेख्ने गर्थे । माक्र्सवादलाई बुर्जुवाहरुको हितानुकूल मोड्ने प्रयास गर्दै उनीहरु पुँजीवादी कुव्यवस्थाको विरुद्ध संघर्ष नगर्ने सल्लाह दिन्थे । उनीहरु माक्र्सवादको क्रान्तिकारी सार अर्थात् वर्गसंघर्ष, समाजवादी क्रान्ति र सर्वहारा अधिनायकवादसम्बन्धी सिद्धान्त अस्वीकार गर्थे । तर वैधानिक माक्र्सवादीहरु पनि नारोदनिकहरुको विरुद्ध संघर्षरत भएका हुनाले उनीहरुसँग अस्थायी सम्झौता गर्नु लेनिनले उचित ठान्नुभयो । उहाँ माक्र्सवादका छद्मभेषी शत्रुहरुको आलोचना गर्नुहुन्थ्यो, उनीहरुको उदारवादी वुर्जुवा सार उदाङ्गो पार्नुहुन्थ्यो र सच्चा माक्र्सवादीहरुलाई आफ्नो क्रान्तिकारी दृष्टिकोण अक्षुण्ण राख्ने र माक्र्सवादका सवै प्रकारका विकृति र गलत व्याख्याहरुको विरुद्ध संघर्ष गर्ने सल्लाह दिनुहुन्थ्यो ।
    लेनिनले क्रान्तिकारी माक्र्सवादी पार्टीको सिर्जनामा आफ्नो सम्पूर्ण शक्ति लगाउनुभयो । वहाँले ठूलठूला कारखानाहरुका प्रगतिशील मजदुरहरुसँग सम्बन्ध कायम गर्नुभयो । लेनिनले भाअ सेल्गुनोभ (बाल्टिक जहाज निर्माण कारखाना), इभा बाबुस्किन नेभा जहाज निर्माण र मेकानिकल कारखाना), निए मेर्कुलभ (अलेक्सान्दोभस्की मेसिन कारखाना) र अन्य प्रगतिशील मजदुरहरुसँग सम्वन्ध कायम गर्नुभयो । यी शक्तिहरु रुसी मजदुर वर्गका ती वरिष्ठ प्रतिनिधिहरु थिए जसले लेनिनको नेतृत्वमा माक्र्सवादी पार्टीको सिर्जना गरेका थिए । लेनिनले ठूलो निपुणतासाथ सर्वहारा पार्टीको लागि संगठनकर्ताहरु, क्रान्तिकारी मजदुर कार्यकर्ताहरु तयार गर्दै जानुभयो ।
    लेनिन राजधानीको नेभ्स्काया जास्ताभा, पिटेरबुर्ग र भिवोर्गस्काया क्षेत्रको मजदुर अध्ययन मण्डलीहरुको नेतृत्व गर्नुहुन्थ्यो । यस्ता अध्ययनमण्डलीहरु मजदुरहरुकै घरमा भेला हुन्थे । सेम्मानिकोभ कारखानाका मजदुरहरुको अध्ययनमण्डली इभ. बाबुस्किनको घरमा जम्मा हुन्थ्यो । बाबुल्किन पछि रुसी मजदुर आन्दोलनका वरिष्ठ कार्यकर्ताको रुपमा देखापरे । लेनिनले वहाँलाई पार्टीको गर्व, राष्ट्रिय वीरको रुपमा चित्रण गर्नुभएको थियो । लेनिनले लेख्नुभएको थियो, जारशाही निरंकुश शासनमाथि हामीले प्राप्त गरेको प्रत्येक विजय पूर्णतः बाबुस्किनजस्ता व्यक्तिहरुको नेतृत्वमा चलेको सामूहिक संघर्षको फल हो ।
    लेनिन माक्र्सवादका जटिलतम प्रश्नहरु पनि अत्यन्त सरल र सुगम तरिकाले व्याख्या गर्न जान्नुहुन्थ्यो । वहाँ माक्र्सवादी सिद्धान्तलाई देशको दैनिक जीवन र श्रमजीवी आम समूहका आवश्यकताहरुको उदाहरण दिएर सकेसम्म सुगम र स्पष्ट तरिकाले वर्णन गर्ने कोसिस गर्नुहुन्थ्यो । लेनिनद्वारा निर्देशित अध्ययन मण्डलीहरुमा आफ्नो अध्ययनकालको सम्झना गर्दै बाबुस्किनले लेखेका थिए, हाम्रा भेलाहरु अत्यन्त सजीव र आकर्षक हुन्थे । हामी सवै श्रोताहरु यी प्रवचन मन पराउँथ्यौं र प्रवचनकर्ताको दिमाग देखेर चकित हुन्थ्यौं ।
    सन् १८९४ मा लेनिन नेभ्सकामा जान्ताभाको आइतबारे सन्ध्या मजदुर स्कुलकी मास्टरनी नादेज्दा कन्स्तान्तिनीभ्ना क्रुप्सकायासँग परिचित हुनुभयो । सामूहिक कार्यले लेनिन र क्रुप्सकायालाई नजिक ल्यायो । लेनिनको नेतृत्वमा चलेको अध्ययन मण्डलीहरुका धेरै सदस्यहरु क्रुप्सकायाका शिष्य थिए ।
    मजदुर लेनिनलाई धेरै माया गर्थे । उनीहरु वहाँलाई आफ्नो नजिकको सहृदयी र दयालु मित्र ठान्थे । वहाँको अध्ययन मण्डलीमा मजदुरहरु ओइरिन थाले । लेनिनले मजदुरहरुको रहनसहन र कार्यावस्थाबारे गम्भीर अध्ययन गर्नुभएको थियो । वहाँले उनीहरुको जल्दावल्दा समस्याहरु राम्ररी बुझ्नुभएको थियो । क्रूप्सकायाले आफ्नो संस्मरणमा लेख्नुभएको थियो, मजदुरहरुको रहनसहन, जीवनसँग सम्वन्धित ससाना कुराहरु पनि भ्लादिमिर इल्यिच वुझ्ने प्रयास गर्नुहुन्थ्यो । मजदुरहरुको जीवनको गहिराइसम्म पसेर वहाँ त्यस्तो कुनै कुरा भेट्टाउने प्रयास गर्नुहुन्थ्यो जसको आधारमा मजदुरहरुबीच क्रान्तिकारीरु प्रचार गर्न सकियोस् । वहाँ माक्र्सवादी सिद्धान्तलाई कसरी व्यवहारमा प्रयोग गर्न सकिन्छ, कसरी पुँजीजीवी र जारशाही निरंकुश शासनको विरुद्ध संघर्ष गर्न सकिन्छ भन्ने कुरा बुझाउनुहुन्थ्यो ।
    पिटेरवुर्गका माक्र्सवादीहरु ससाना अध्ययन मण्डलीहरुमा आफ्नो प्रचारकार्य गर्थे । लेनिनले प्रगतिशील मजदुरहरुका ससाना दलहरुबीच सीमित रहेको माक्र्सवादी प्रचारलाई कसरी विस्तृत रुपमा जनसमूहबीच फैलाउन सकिन्छ भन्ने देखाउनुभयो । लेनिनले लेख्नुभएका पुस्तक र पर्चाहरुले यस काममा मद्दत पु¥याएका थिए । मजदुरहरुको लागि लेख्नु मेरो सवभन्दा ठूलो धोको हो, सर्वोच्च सपना हो, लेनिनले लेख्नुभएको थियो । लेनिनले लेख्नुभएका पुस्तक र पर्चाहरु अत्यन्त अज्ञानी व्यक्तिहरुको लागि पनि सुगम हुन्थे । यी पुस्तकहरुमा मजदुरहरुको पददलित अवस्था र पुँजीजीवीहरुद्वारा उनीहरुमाथि गरिने बर्बरतापूर्ण शोषणको चित्रण गरिएको हुन्थ्यो । मजदुर वर्गको स्वतन्त्रताको लागि संघर्षका बाटोहरु देखाइएका हुन्थे । आफ्ना लेखहरु बढी बुझिने होऊन् भन्ने उद्देश्यले लेनिन प्रायः साहित्यिक कृतिहरुको उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो । नयाँ कारखाना ऐन भन्ने आफ्नो लेखमा लेनिनले रुसी कवि इआ क्रिलोभको सिंहको भाग भन्ने प्रसिद्ध दन्त्यकथाको उदाहरण प्रस्तुत गर्नुभएको थियो । ओभर टाइम कामसम्वन्धी नयाँ कानुनले यस कथाको त्यस घटनाको याद दिलाउँथ्यो, जब सिंह सिकारमा भेट्टाइएको कुरा आफ्ना साथीहरुबीच बाँड्दै भन्छ, पहिलो भागमाथि मेरो स्वाभाविक अधिकार छ, दोस्रो भाग जंगलको राजा भएकोले मैले पाउनुपर्छ, सबभन्दा बलियो भएकोले तेस्रो भाग पनि मै लिन्छु, चौथो भाग पनि मेरै हो किनभने जसले आफ्नो हात अघि सार्नेछ त्यो यहाँबाट जिउँदो निस्कने छैन । मजदुरहरुको निर्ममतापूर्ण शोषण र लुट गर्न पुँजीजीवीहरुको व्यवहार पनि यस्तै हुन्छ । यस्ता प्रचारहरु निकै प्रभावशाली हुन्थे र विस्तृत हडतालहरुको कारण बन्थे ।
    सन् १८९५ को वसन्तमा पिटेरबुर्गका माक्र्सवादीहरुको अनुरोधमा श्रममुक्ति दलसँग सम्वन्ध कायम गर्न र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानुभयो । स्विजरल्याण्डमा वहाँले उक्त दलका दुईजना सदस्यहरु गेभा प्लेखानोभ र पाबो अक्सेलरोदसँग भेट गर्नुभयो । भेटमा रोबोत्निक शीर्षकअन्तर्गत संयुक्त रुपमा लेखसंग्रह निकाल्ने सम्झौता भयो । भेटमा प्लेखानोभ लेनिनबाट निकै प्रभावित भए । एउटा चिठीमा प्लेखानोभले लेखेका थिए — आफ्नो लामो विदेश वसाइको समयमा उनले धेरै रुसीहरुसँग भेटघाट गर्ने मौका पाएका थिए तर युवा उल्यानोभले जस्तो अरु कसैले पनि ठूलो आशा जगाउन सकेको थिएन । लेनिनको तीक्ष्ण बुद्धि, स्फूर्ति र क्रान्तिमाथिको दृढ विश्वासले प्लेखानोभलाई प्रभावित तुल्यायो ।
    लेनिन स्विजरल्यान्डबाट पेरिस र बर्लिन जानुभयो । त्यहाँ लेनिन फ्रान्सेली र जर्मनी मजदुरहरुका सभाहरुमा सामेल हुनुभयो, उनीहरुको रहनसहन र जीवन पद्धतिको अध्ययन गर्नुभयो । पेरिसमा वहाँले मजदुर आन्दोलनका वरिष्ठ नेता, माक्र्सका ज्वाई पोल लाफार्गसँग चिनापर्ची गर्नुभयो । विश्व सर्वहाराका महान् शिक्षक र नेता फ्रेडरिख एन्गेल्ससँग भेट गर्ने लेनिनको ठूलो अभिलाषा थियो । तर त्यस बेला एन्गेल्स विरामी भएकाले भेट हुन सकेन ।

    ब्रह्म हुँ भन्दै मासु खाँदै
    — मुकुन्दप्रसाद उपाध्याय

    विश्वमा जति पनि धर्म र सम्प्रदायहरू छन्, ती सबैमा उपासना मार्ग हुन्छन् । ईश्वर, ब्रह्म, गड जे भने पनि हिन्दू देवीदेवता, बुद्ध, जिसस क्राइस्ट, मोहम्मद जसलाई आराध्यदेव वा इष्टदेव माने पनि आफ्ना आराध्यप्रतिको श्रद्धा, भक्ति, विश्वास र प्रेम सबै धर्म र सम्प्रदायमा पाइन्छ । उपासना पद्धतिमा प्रायः समानता र एकरूपता देखिन्छ । पद्धति वा शैलीमा देशकाल र परिस्थितिसापेक्ष विविधता हुनु अस्वाभाविक होइन । शुद्ध गाईको घिउको बत्ती बालौँ कि तेलको बत्ती वा मैनबत्ती बालौँ, तेजतàवद्वारा वा तेजतàवप्रतिको उपासना नै हो । हो, ज्ञानमार्गमा अनि कर्मकाण्डमा भने केही विविधता, पृथकता र असमानता पाइन सक्छ । ईश्वर कहाँ छ, कस्तो छ, कहाँ खोज्ने, आफूभित्र खोज्ने कि बाहिर (बाहिर कहाँ ? मन्दिरमा, मस्जिदमा, गिर्जाघरमा कि तस्बिरमा, ढुङ्गामा, मूर्ति आदिमा ?), ईश्वर एक छ कि अनेक, कर्ता र भोक्ता हुन्छ कि अकर्ता र अभोक्ता, सृष्टिको कारण प्रकृति हो कि ईश्वर आदि यक्षप्रश्नहरूको निरूपणमा आआफ्नै दर्शन, वाद वा मतहरू हुन सक्छन् ।
    उपासना पद्धतिका कारणले प्राचीन नेपाल अर्थात् हालको काठमाडौँ उपत्यका (र वरिपरिका काँठ र उपत्यकाहरू समेत) मा भने मिश्रित संस्कृतिको विकास भएको छ । प्राचीन इतिहासका आधारमा काठमाडौँ उपत्यका जलमग्न थियो र कसैले (कसले भनेको भन्ने कुरामा चाहिँ मतैक्य देखिँदैन) उपत्यकाको पानी बाहिर निकालेर भूमिलाई खेतीयोग्य, आवासयोग्य बनाएपछि उत्तर र दक्षिण दुवैतिरबाट बसाइँ सरेर काठमाडौँमा आए । उत्तरतिरबाट मङ्गोलियन रेसका मान्छेहरू आए भने दक्षिणतिरबाट आर्यनहरू । पछि पश्चिमतिरबाट खस–आर्यन र निग्रोलाइट रेस मानिने जनजातिहरू समेत प्रवेश गरे भनिन्छ । त्यसैले वर्णका अनुसार ब्राह्मण, क्षत्री, वैश्य, शूद्र चारै वर्ण–रेसका अनुसार, मङ्गोल–आर्यन दुवै धर्मका अनुसार हिन्दू र बौद्ध दुवै मिलेर बसेपछि यसरी मिलेर बस्ने समुदाय नेवार कहलाइए । यसरी नै नेपालको तराईमा चारै वर्णका जातिहरू बसोवास गरेपछि मधेसी समूह कहलाइए । यो मधेसी समुदायभित्र पृथक् धर्म मान्ने मुसलमानहरूलाई समेत मधेसी नै भनिन थालियो । (एकथरि विज्ञहरू भन्दछन् — तराईका मुसलमानहरू भारतमा मुगल साम्राज्यको स्थापनापछि रूपान्तरित मुसलमानहरू हुन्, जो पहिले हिन्दू नै थिए रे !)
    उपासना पद्धतिको सामान्य सिद्धान्तअनुसार व्यक्तिले आफूसँग जे छ, अनि आफूले जे भक्षण गर्दछ, त्यही आफ्नो उपास्य देवतालाई चढाउन गर्दछन् । रामायण कालमा शवरीले बयर चढाइन् भने महाभारत कालमा सुदामाले चिउराको कनिका अर्पण गरे । उपासनाको यो सिद्धान्तअनुसार काठमाडौँका नेवार समुदायले देवताहरूलाई माछा, मासु, अन्डा र रक्सी चढाउनु स्वाभाविकै हो । बरू काठमाडौँ उपत्यकामा बस्ने खस–आर्यनहरूले आफूचाहिँ माछा, मासु, अन्डा र रक्सी खाने तर आफ्ना इष्टदेवताहरूलाई चाहिँ चढाउनु हुँदैन, चढ्दैन भन्ने सोचचाहिँ अस्वाभाविक र विचारणीय पक्ष हो । दार्शनिक हिसाबले खस–आर्यन ब्राह्मण, क्षत्री, वैश्यहरू पनि आफूलाई ईश्वरकै अंश मान्दछन्, जीवात्मालाई परमात्माकै अंश वा विस्तार मान्दछन् भने आफूले भक्षण गर्न मिल्ने तर ईश्वरलाई चढाउन नमिल्ने सिद्धान्तको आधार र वैज्ञानिकताचाहिँ अनुसन्धानको विषय हो ।
    भक्ष–अभक्ष सबै ग्रहण गर्ने खस–आर्यन तागाधारीहरूले ‘अहं ब्रह्मास्मि’ भन्दै माछा, मासु, मदिरा भक्षण गर्नु, ‘अयमात्मा ब्रह्म’ भन्दै मुखभित्र सबैथोक हाल्नु, ‘सर्वं खल्विदं ब्रह्म’ भन्दै निरपराध अबोध पशुपन्छीलाई बलि दिनु अनौठो लाग्दैन त ? भगवान् गणेशजीलाई भारतको महाराष्ट्रमा असाध्यै मानिन्छ अनि काठमाडौँमा पनि टोलटोलमा गणेशस्थान हुन्छ । तर महाराष्ट्रका गणशजीले लड्डू, पेडा, मेवामिष्टान्न र फलहरू मात्रै खान्छन् भने तिनै गणेशजीलाई काठमाडौँमा मासु, अन्डा, रक्सी पनि चढाइनु अचम्म होइन त ? साथै, अर्को एउटा अचम्म पनि छ । हामीभित्र परमात्माको अंशरूप जीवात्माको निवास हुन्छ भने यही शरीरद्वारा एकादशी, पूर्णिमा र साप्ताहिक व्रत बसेको दिन आदिमा चाहिँ माछामासु आदि खान नहुने, अरू दिनचाहिँ खान मिल्ने हुन्छ र ? त्यसो पनि हुन सक्छ भन्नलाई कि यस्तो तर्क दिने हो कि — हामी सबै मनुवाहरू प्रजापति ऋषि कश्यपजीका सन्तान हौँ । कश्यपजीका दुई पत्नीमध्ये कोही अदितीका र कोही दितीका सन्तान हौँ । एकादशी तिथि र व्रत–उपवास बसेको दिन अदितीका सन्तान र अन्य दिनहरूमा दितीका सन्तान हुन्छौँ भन्नुप¥यो । हाम्रो नेपाली हिन्दूसमाजमा व्याप्त यो भक्षण संस्कृति पनि बुझिनसक्नुको छ ।

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — प्रसङ्ग नआउने कुरा बोल्ने मान्छे पागल हो ।
    — अर्काको कुरा काटी बोल्ने मूर्ख हो ।
    — चाहना नगर्ने ठाउँमा नडाकी जाने मूर्ख हो ।
    — आफू दोषी भई अर्कालाई दोष दिने मान्छे अज्ञानी हो ।
    — पापीको सेवा गर्ने मान्छे नीच हो ।
    — मान्यजनलाई आदर नगर्ने मान्छे पशुसरह हुन्छ ।
    — आपतमा धैर्य लिनु बलवान् हुनु हो ।
    — सर्वस्व भए पनि सुर्ता नलिने मान्छे धैर्यवान् हो ।
    — एक्लै सोचविचार गर्दा ठीक हुँदैन ।


    — छायादत्त न्यौपाने

    एक दुई सय कमाउँथें, सुरुक्क बाआमालाई दिन्थें
    दुई चार सय कमाउँथें, साथीभाइसँग भोज खान्थें
    चार पाँच सय कमाउँथें, बिहे गरें !
    छ सात सय कमाउँथें, खुरुक्क श्रीमतीलाई दिन्थें
    सात आठ सय कमाउँथें, नेता भनेपछि हुरुक्क हुन्थें
    कर्मचारी साथीहरूलाई चिया चमेना
    अतिरिक्त आमदानीको स्रोत बनिदिन्थें
    आठ नौ सय कमाउँथें, श्रीमती छोराछोरी आफन्तकहाँ पुग्थें
    नौ सय हजार कमाउँथें, घरको किस्ता खुरुखुरु तिर्थें
    अचेल कमाइ छैन, साथीभाइले फुक्ल्या मुसल देख्छन्
    नेताले हिजोअस्ति उखेल्या साग ठान्छन्
    छोराछोरी काकाले निकाल्या हजुरबाको परिचय दिन्छन्
    श्रीमतीले निचो¥या कागती देख्छिन्
    मिलीजुली सिकुवामा थन्क्याउँछन्
    तर तपाईं भन्नूहुन्छ
    आहा ! कति धेरै परिचय पाएको महान् मान्छे !
    हो, साँच्चै हो !
    म आदर्श युगमा जन्मेको, यथार्थ युगमा हुर्केको
    आधुनिक युगमा बाँचिरहेको उत्तरआधुनिक मान्छे
    महान् मान्छे !

    नारीलाई सोध
    — अनिता भण्डारी (पौडेल)

    चोट के हो जीवन के हो नारीलाई सोध
    भरोसा के हो मन के हो नारीलाई सोध
    बिछ्याएर सारा खुशी आफ्नै अघिल्तिर
    अभाव के हो धन के हो नारीलाई सोध
    लेखिए गीत कविता नारी सौन्दर्यमाथि
    सुख के हो चैन के हो नारीलाई सोध
    किन खेप्नुपर्छ सारा अभिभारा नारीले
    शरीर के हो तन के हो नारीलाई सोध
    गफ हाँक्छन् कुरा गर्छन् चोकचोकमा
    मर्म के हो भाषण के हो नारीलाई सोध

    द्विविधा
    — भवानी पाण्डे

    युग फेरिएकै हो त ? बुझ्न कठिन पर्छ मलाई
    हिजो सत्य ओकल्दा मृत्युदण्ड भोग्ने मेरा वीर पुर्खाहरू
    आज सत्यका पछि लाग्न डराएका
    वर्तमानका परिवर्तनकामी जनताहरू
    मलाई लाज लाग्छ
    आजका विकासप्रेमी युगान्तकारी जनता भन्न
    अझै मलाई आजलाई हिजोसँग दाँज्न सकस लाग्छ
    किनकि हिजो आज हुनुपर्ने र आजको निम्छरो भवना हिजै भैदिएको भए
    सायद युग परिवर्तन सरासर हुन्थ्यो कि !
    जनता अझै पनि निर्भीक बनेर सत्यका पछि नलाग्दा
    महान् बन्ने नाममा आदर्श मात्रै ओकल्दा
    मलाई भित्रैदेखि उकुसमुकुस भएर आउँछ
    र भन्न मन लाग्छ —
    आदर्श ओकल्दा महान् बनिन्छ जहाँ
    यथार्थताका कटु सत्य बोल्दा सङ्कुचित भइन्छ यहाँ
    जीवन–जगत्का सत्यहरू जब हुन्छन् आरोपित
    तब मन दुख्छ र मुटु छियाछिया हुन्छ
    हिरोसिमा र नाकासाकीजस्तै
    बदलाको भावमा दुई शब्द कोर्छु
    उपेक्षाका घाउ मेट्न मसीरूपी मलमले लेख्छु
    तहसनहस मुटुलाई शान्त पार्न ।

    विश्वविद्यालयमा ‘भ्रष्टाचार’ पढाइने

    त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्ले भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमले प्रतिपादन गर्नुभएको भ्रष्टविरोधी विज्ञानलाई अनुमोदन गर्दै स्नातकोत्तर तहमा ‘एन्टिकरप्सन स्टडिज’ विषयमा अध्यापन गराउने निर्णय गरेको छ । विश्वविद्यालयले ‘एन्टिकरप्सन स्टडिज’ विषयको पाठ्यक्रम बनाउन पनि केही प्राध्यापकहरूलाई लगाइसकेको छ ।
    ‘एन्टिकरप्सन स्टडिज’ विषयमा अध्यापन तथा अनुसन्धान गराउन भरत जङ्गमले पहल गर्दै आउनुभएको थियो । उहाँले यस विषयमा अध्यापन तथा अनुसन्धान गराउन काठमाडौँ विश्वविद्यालयलाई पनि आग्रह गर्नुभएको छ । ‘भ्रष्टाचारविरोधी शास्त्र विश्वविद्यालयमा पढाउन लागिएको यो पहिलोपटक हो’, भरत जङ्गमको भनाइ छ, ‘पश्चिमी मुलुकमा पनि यसलाई पाठ्यक्रममा राखिँदैछ । यो विषय नेपालले विश्वलाई दिएको उपहारका रूपमा अब परिचित हुनेछ ।’

    हातखुट्टा चल्दैनन्, स्कुटर कुदाउँछन्

    हातखुट्टा दुवै राम्रोसँग चल्दैनन्, तर पनि मोरङको उर्लाबारीका व्यासकुमार लिम्बू स्कुटर कुदाउँछन् । उनी अपाङ्गता भएका ब्यक्तिका अध्यक्ष हुन् । कुनै पनि कार्यक्रममा जान स्कुटर भएपछि सहज भएको उनले बताए । दुर्घटनाको जोखिम होला नि भन्ने बिषयमा उनले सहज रुपमा स्कुटर कुदाउन सक्ने बताए । अपाङ्गता भएका ब्यक्तिहरुको हकहितमा क्रियाशिल रहेका उनलाई लिम्बूवान समाज यूकेले सो स्कुटर सहयोग गरेका हुन् ।

    नेत्रहीन कलाकारबाट मुढा बन्ने तालिम

    मोरङको उर्लाबारी – २ का ४७ बर्षिय रुद्र दास नेत्रहीन हुन् । तर उनले निकाल्ने मुरलीको सुरिलो धुनले धेरैको मन लोभ्याउँछ । सानै उमेरदेखी मुरलीबाट राम्रो धुन निकाल्ने दासले पूर्वको झापा र मोरङका आधा दर्जन कार्यक्रममा आफ्नो प्रस्तुती देखाइसकेका छन् । झापाको दमकस्थित पाथीभरा एफएममा पनि उनले मुरलीको धुन बजाएर सबैको मन जित्न सफल भएका छन् । साथै उनी मादल र माउथ हार्मोनियम एकैसाथ बजाउन पनि सिपालु छन् ।
    आफुमा प्रतिभा भए पनि नेत्रहिन भएकै कारण अवसर नपाएको उनले दुखेसो पोखे । उनले कुनै गीतमा धुन भर्ने अवसर पाएको खण्डमा आफ्नो प्रतिभा देखाउने सोचाइमा छन् । उनले भने — ‘हामीजस्ता नेत्रहीनलाई कसले पो काम दिन्छ र ?’
    उनले मुढा बन्ने तालिम समेत दिने गर्दछन् ।

    पाणिनिको वार्षिकोत्सव

    पाणिनि संस्कृत विद्यालय बिराटनगर — ६ को २१औ वार्षिकोत्सवको कार्यक्रम गत वैशाख २९ गते बिराटनगर महानगरका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भयो । उक्त अवसरमा विद्यालय परिसरमै शिबलिंग प्रतिमाको स्थापना गरी प्राणप्रतिष्ठासमेत मेयर पराजुलीकै हातबाट सम्पन्न गरियो ।

    भारतले माफी मागोस्

    “कूटनीतिक अध्ययन संस्थाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण राष्ट्रिय स्वाधिनता, नेपालको अक्षुण्णता माथिको आक्रमण तथा भारतिय सेनाहरुले नेपालमा हातहतियारमाथि गस्ती गरेर भ्रमणको सुरक्षाको पहिलो लाइनमा देखिने गरेर उपस्थीती गरेर नेपालको सार्वभौमतामाथि गरेको अतिक्रमण हो । नेपालले हर तरहले भारतसंगको शत्रुतापुर्ण सम्बन्ध कम गर्न र सुमधुर सम्बन्ध बढाउन गरेको कुटनितिक प्रयास विपरित भारतले चीनसँग हुन सक्ने संभावित सम्झौतामा नेपाललाई अल्मल्याउने र नेपालमा हस्तक्षेप गर्न खोजेको हो । विज्ञप्तीमा समेत नेपाल भारत विच रहेका सिमा क्षेत्रका हस्तक्षेप र पहिला गरेका सम्झौताहरुलाई कार्यन्वयन गराएन अशोज महिनासम्मको माग राखेर जारि गरीनु समस्यालाई छोपेर समाधान भयो भनि देखाउने कूटनितीक प्रयास भयो । यस्ता कार्यले दुवै देश विचको सम्बन्धमा प्रतिकुल प्रभाव परेको छ । मोदीको यस भ्रमणले थप केही अर्थपूर्ण र दुरगामी असर पार्ने काम भएको छ । जनकपुरको नागरिक अभिनन्दनको क्रममा प्रदेशले दिएको बक्तव्य भारतलाई खुशि पार्ने र नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न निम्ता गर्ने जस्ता गैह्रजिम्मेवारपुर्ण कार्य हो । धार्मीक यात्रामा जनकपुर आएका औपचारीक भ्रमण सुरु गर्नु अगाडि पाचजना मन्त्रीसहीत जानकी मन्दीरको ढोकामा फुस्रो कपडा लगाएर मुलुकको पोशाक उतारेर राख्ने कामवाट नेपालको बेइज्जती भएको छ ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट भ्रमणको शुरुवात गर्नु, २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको गैरजिम्मेवार अभिब्यक्ति दिनु र भारतीय सत्ताधारी नेता किर्ती आजादको ट्वीटले गम्भीर अर्थ बोकेको छ । रामायण सर्किटको घोषणाले अर्कै षड्यन्त्र कार्यान्वयन त हुँदै छैन भन्ने आशंका जन्माएकाले सुगौली सन्धीको हैसियत कुन रुपमा छ भनी बहस केन्द्रित गर्नपर्ने देखिएको छ । नेपालको इतिहासमा पहिलोपटक विदेशी प्रमुख नेताले नेपालको राजधानी काठमाडौलाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरेको आभास भएको छ । यसले मधेश र हिमालमा परेको आफ्नो चासो पुरा गर्ने प्रयासलाई पनि गहिरो गरी जाँचबुझ गर्न आवश्यक छ । यस भ्रमणका दौडानमा भारतले आफ्नै सुरक्षा फौज फ्रन्ट लाइनमा राखेर नेपालको सुरक्षा मामलामा हस्तक्षेप गरेको छ । गोर्खालीहरुले भारतीय प्रधानमन्त्री कार्यालय, वेलायतकी महारानीलाई समेत सुरक्षा दिएको अवस्थामा नेपालभित्रै उनीहरुमाथि अविश्वास गर्ने कामले नेपालीप्रति अविश्वास गरेको छ । यसले गर्दा भारतिय सेनामा रहेर भारतको भुमिलाई संरक्षण गरेर अव गोरखा भर्ती बन्द गराएर नेपलीको रगत भारतमा जम्न हुदैन भन्ने सोच्नुपर्ने भएको छ । यस्ता गतिविधिले भारतीय हस्तक्षेपकारी व्यबहार नाङ्गो रुपमा देखा परेको छ ।
    मोदिले भ्रमणको समयमा नागरिक अभिनन्दनका समयहरुमा सगरमाथादेखि सागरसम्मको कुरा उठाएर नेहरुको हिमालय भारतको सिमा सुरक्षा रेखा हो र नेपाल भारतीय सुरक्षा छाताभित्र रहेको छ भन्ने नेहरु डक्ट्रिन र नेपालसँग विशेष सम्बन्ध रहेको भनी नेपालको राष्ट्रियता स्वाभिमानमाथि दिएको बक्तव्यको विरोध र निन्दा गर्दछौ । नेपाल स्वतन्त्र सार्वभौम मुलुक हो । यो भारतको विषेश क्षेत्र होइन । भारत हिमालय रेखा होइन । भारतको क्षेत्र होइन । यसैले यो भनाइ भारतको नेपालप्रतिको हेपाहा निति हो । मोदिको भनाइले नेपालको राष्ट्रिय स्वभिमानलाई धक्का पु¥याएको छ । नेपाली जनतामाथि भारतले नाकाबन्धीको समयमा चित्त दुखाएको छ । यो भ्रमणमा मोदिले माफि नमागी आफ्नो हठमा कायम रहेर नेपाली र भारती जनताको भावना विरुद्ध काम भएको छ । भारतले गरेको नेपालप्रतिका शत्रुतापुर्ण व्यवहारमा माफी माग्नुपर्दछ । नेपाललाई हिन्दुराष्ट्र बनाउन दिएका अभिव्यक्तिको समेत विरोध गर्दछौ ।
    नेपाल सरकारले आफ्नो सार्वभौमसत्ताप्रति लागेको धक्का तथा हस्तक्षेपको वातावरण सच्याउनु आवश्यक छ । नेपालका राजनीतिक पार्टीहरुले राष्ट्रवादी नारा निर्वाचनका बेलामा मात्र लगाउने विषय नभई सत्तामा रहँदा त्यसको व्यवहारिक कार्यान्वयन गर्ने सवाल हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । भारतिय जनतापार्टिका सांसद किर्ती आजादले मोदि नेपालमै रहँदा जनकपुर भारतको फीर्ता हुनु पर्छ भन्नेमा फिर्ता गर्न माग गरेकोले नेपालको भुमि हडप्ने सडयन्त्रसमेत रहेको छ । भारतले नेपालका कालापानि सुस्ता लगायतका ५० औ ठाउँ कब्जा गरेको अवस्थामा उसले जनकपुर क्षेत्रलाई पनि भारतमा मिलाउने सडयन्त्र गर्ने कडिको रुपमा रहेकोले यसको कडा प्रतिवाद गरी कुटनितिक तहवाट किर्तिकुमार आजादलाई माफी माग्न लगाउनुपर्छ । यो भनाइ केहि समय अगाडि भारतीयहरुले मदेशको सम्पुर्ण भुभाग मिलाउन गरेको सडयन्त्र तथा इन्दीरा गान्धीको समयमा मधेशलाई फुटाएर भारतमा मिलाउने भन्ने कुराको निरन्तरता हो । यसका विरुद्ध सम्पुर्ण राष्ट्रिवादि नेपालीहरुले कडा प्रतिरोध गनुपर्छ ।”
    उक्त कुरा कूटनीतिक अध्ययन संस्था नेपालका तर्फबाट अध्यक्ष प्रा. डा. गोपाल शिवाकोटी र महासचिव डा. दीपेन्द्र रोकायाले २०७५ जेठ २ मा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    २०७५ जेठ १ गतेको अङ्कमा प्रकाशित प्रमुख सामग्रीहरू

    माओवादी नै लम्पसारवादी
    — कृष्णविनोद शर्मा

    नेपालको पछिल्लो राजनीतिमा केही कूटनीतिक उपमा र व्यङ्ग्यका शब्दहरू पस्किने काम नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबाट भएको छ । प्रायः सबै दलका नेताहरू सत्ताप्राप्तिका लागि मित्रराष्ट्र भारतको आशीर्वाद लिन भरमग्दुर कोसिस गर्दछन् । यसरी कोसिस गर्दा पनि कदाचित भारत दाहिने भइदिएन, सत्ता हात लागेन वा लाग्ने छाँट देखिएन भनेचाहिँ फ्याउरोले उफ्रेर अङ्गुर खान धेरै प्रयत्न गर्दा पनि खान पाएन भने अङ्गुर अमिलो होला भनेर हिँड्छ भनेझैँ गरी त्यस्ता शब्दहरूको प्रयोग गर्ने गर्दछन् । माओवादी नेताहरूले प्रयोग गरेका त्यस्ता शब्दहरूमा ‘रिमोट कन्ट्रोल’ र ‘लम्पसारवाद’ निकै चर्चित शब्दहरू बने ।
    गत वर्षको प्रान्तीय र सङ्घीय निर्वाचनमा भारतविरोधी राष्ट्रवादको नारा दिएर नेकपा एमालेसँग लगनगाँठो कसी मतदाताहरूमा भ्रम छर्न सफल भएकाले प्रान्तीय र सङ्घीय सरकारको गठनमा साझेदार हुन पनि सफल भएपछि लगनगाँठोको मुआबजाका रूपमा गृह मन्त्रालय पाएको छ नेकपा माओवादी केन्द्रले । गृहमन्त्री बनेका छन् सोभियत युनियनमा प्रशिक्षित क्रान्तिकारी नेता रामबहादुर थापा ‘बादल’ । भारतविरोधी राष्ट्रवादको धरातलमा सिंहदरबार कब्जा गरेको वर्तमान सरकारले तिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत–सत्कार गर्नमा कुनै कसर बाँकी राखेन । एउटा सरकारले अर्को सरकारप्रमुखलाई हार्दिक स्वागत–सत्कार गर्नुपर्छ, त्यो कूटनीतिक मर्यादा पनि हो । तर २०७२ सालको भूकम्पबाट पीडित नेपाली नागरिकहरूले भोगेको नाकाबन्दीको पीडालाई नजरअन्दाज गर्दै नागरिक अभिनन्दनहरूचाहिँ नगरेको भए पनि हुने थियो ‘तीर्थाटन भ्रमण’ मात्र भएकाले पनि । यसबाट सरकारको पनि लम्पसारवादी चरित्र उदाङ्गो भएको छ ।
    यतिसम्म त स्वीकार्य धृष्टता भन्न सकिएला सरकारको । तर एउटा उदाउँदो सूर्य विवेकशील साझा पार्टीले आफ्नो पार्टी कार्यालयमा टाँगेको ब्यानर जबर्जस्ती छापामार शैलीमा झिकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चरम लम्पसारवादको परिचय दिएका छन् । ब्यानरमा लेखिएको भाषा ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौँ’ शिष्ट भाषा थियो । राजनीतिक दलको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने सम्वैधानिक हक र अन्तर्राष्ट्रिय प्रचलन पनि हो । विवेकशील साझा पार्टीले नेपाली जनताको मनोभावनाको प्रतिनिधिमूलक अभिव्यक्ति दिएको पनि थियो । अहिले पनि सरकारले त्यो भाषाको पक्ष र विपक्षमा जनमतसङ्ग्रह गर्ने हिम्मत गर्ने हो भने सायद पक्षमा दुई तिहाई बहुमत पर्ने निश्चित छ ।
    गृह मन्त्रालय सम्हालेका रामबहादुर थापाको उपनाम ‘बादल’ त्यो प्रकरणले अरब सागरबाट उडेर दिल्ली हुँदै नेपाल पसेको बादलमा परिणत भएको छ ।
    वर्तमान नेकपा एमाले र नेकपा माओवादी केन्द्रले के बुझ्नु जरुरी छ भने जसरी २०५१–५२ सालमा सशस्त्र विद्रोहको बिगुल फुक्तै गर्दा माओवादी पार्टी जन्मियो, त्यसरी नै अहिले विवेकशील साझा पार्टी हतियारविनाको नयाँ माओवादी पार्टीका रूपमा जनतामाझ लोकप्रिय हुँदैछ । नेपाली काङ्ग्रेस अझै सुध्रिएको छैन, झन्–झन् अधोगतिमा छ । राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रले नै तहसनहस पारे । मधेसवादी त उग्र लम्पसारवादी भइहाल्यो । अझै केही वर्ष वर्तमान सरकार र नेकपा एमाले — नेकपा माओवादी केन्द्रलाई चुनौती दिने पार्टी नै विवेकशील साझा पार्टी हुन सकछ । यो कुरा माओवादी नेताहरूले मनन गर्नुपर्ने विषय हो ।

    सिस्टम, सिन्डिकेट र माफियाराज
    — भार्गव उपाध्याय

    केपी ओली सरकारले गरेको महàवपूर्ण एवं उत्कृष्ट कार्य हो सार्वजनिक यातायातमा व्याप्त दह«ोसँग जरा गाडिसकेको सिन्डिकेटको अन्त्य गर्नु । यस कार्यमा नेपाली काङ्ग्रेस  qर मधेसवादी दलहरूले पनि सघाए र सह«ाहना पनि गरे । कारण २०६२–६३ पछि सर्वदलीय सहमति र स्वार्थबाट नै सिन्डिकेटीय विषवृक्षको रोपण भएको थियो । यो घटनाबाट सरकार निकै उत्साहित भएको छ र अब यातायात क्षेत्रपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट पनि भत्काउने उद्घोष गरेको छ । ती क्षेत्रहरूमा सिन्डिकेट भि†याउने पनि यिनै ठूला दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी र मधेसवादीहरू हुन् । प्रमाणका लागि ती–ती दलहरूले आआफ्नो दलीय कोटामा समानुपातिकतर्फबाट सिन्डिकेटका नाइकेहरूलाई सांसद बनाएकै हुन् । आफूहरूले गरेको गलत कार्यको समीक्षा गरी गल्ती महसुस गरेर सुधार गर्नु पनि ठूलो महानता हो । त्यसैले आआफ्ना गल्तीको पुनरवलोकन गरी सच्चिन खोजेकोमा सरकार र ठूला दलहरूलाई बधाई र धन्यवाद छ ।
    अहिलेको माहोल, जनमत पूरै सिन्डिकेटको विरोधमा छ, जसरी २०४७–४८ सालतिरको राष्ट्रिय माहोल पञ्चायतको विरोधी थियो । त्यो बेला कसैले पञ्चायतका पनि केही राम्रा पक्षहरू थिए भन्दा तिनलाई प्रतिगामी भनिन्थ्यो । तर लोकतन्त्रबाहेक अन्य कुराहरू राष्ट्रियता, राष्ट्रिय एकता, साम्प्रदायिक सद्भाव, नेपाली भाषाको विकास, कहीँ–कतै सिन्डिकेटीय पद्धति हुर्कन नदिनु आदि सकारात्मक पक्षहरू पनि थिए । त्यसैले लेखक–विश्लेषकहरूले दलीय छाताबाहिर निस्केर वर्तमान सिन्डिकेटीय व्यवस्था, प्रभाव र कमी–कमजोरीका बारे तटस्थ र निष्पक्ष विश्लेषण गर्नु जरुरी देखिन्छ ।
    यहाँ तीन शब्दहरू दिइएका छन् — सिस्टम, सिन्डिकेट र माफियाराज । सिन्डिकेट केन्द्रमा हुन्छ यदि कुनै सिन्डिकेट सिस्टमतिर फर्केको छ, सिस्टम÷व्यवस्थापन अभिमुख छ भने त्यो उचित नै हुन्छ भने यदि त्यही सिन्डिकेट माफियातन्त्रतिर फर्केको छ, माफियाराजतिर अभिमुख हुन्छ भने त्यो सर्वथा अनुचित हुन्छ । पहिले यो बुझौँ कि सिन्डिकेट भनेको के हो । अक्सफोर्ड शब्दकोशका अनुसार सिन्डिकेट भन्नाले कुनै व्यक्ति वादसमूह कुनै साझा उद्देश्यपूर्तिका लागि सङ्गठित हुनु भन्ने बुझिन्छ । तर अहिले सिन्डिकेट भनेको अस्वस्थ प्रतिस्पद्र्धा, वस्तु तथा सेवामा एकाधिकार, कार्टेलिङ आदि सबैलाई सिन्डिकेट भनेर बुझिरहेका छौँ । अनि सिन्डिकेटका नाइकेहरूलाई माफिया भनेर बुझेका पनि हुन सक्छौँ ।
    समाजको विकासका लागि सबै काम सरकारले र सरकारी संयन्त्र र निकायहरूले गर्न सक्तैनन् । केही कामहरू गैरसरकारी क्षेत्रबाट भएका हुन्छन् । यस्ता गैरसरकारी क्षेत्रमा काम गर्ने (सेवा वा मेवा) सङ्गठित संस्था वा निकायको कार्यशैली र पद्धति सिन्डिकेट हो । यस अर्थमा राज्यका विभिन्न निकायहरूमा दर्तावाल र आबद्ध समिति, सङ्घ, सङ्गठन, एनजीओ, आईएनजीओ, क्लब, वाचनालय, सामाजिक र धार्मिक संस्थाहरू सबैले केही हदसम्म सिन्डिकेट चलाएका हुन्छन् भनेर बुझ्नुपर्ने हुन्छ । यहाँनेर छुट्याउनैपर्ने कुरोचाहिँ ती समिति र सङ्घ–संस्थाहरू सेवातिर लक्षित छन् कि मेवातिर लक्षित छन् । सेवातिर लक्षित भएकाहरू सिस्टमतिर फर्केका हुन्छन् भने मेवातिर लक्षित भएकाहरू माफियाराजतिर । कुनै संस्था नाफा आर्जन नगर्ने संस्था हो, धर्मप्रचार आदि पनि लक्ष्य होइन, संस्थाले आर्जेको जायजेथा नेपाल सरकारको हुन्छ, संस्थाका सञ्चालकहरूले कुनै पारिश्रमिक, भत्ता वा टीएडीए आदि लिँदैनन् भने त्यस्ता सिन्डिकेटहरू सिस्टम बहाल गर्न–गराउन स्थापित र समर्पित छन् भनेर बुझ्नुप¥यो र त्यस्ता सिन्डिकेटहरूलाई सरकारले र दलहरूले संरक्षण गर्नुपर्ने हुन्छ । यदि कुनै संस्था वा समिति नाफा कमाउने उद्देश्य राख्तछ, त्यसमा कसैको पुँजी लगानी भएको छ, सेयरहोल्डरहरू छन्, संस्थाको चल–अचल सम्पत्ति राज्यको होइन, संस्थामा आबद्ध व्यक्तिहरूले प्रत्यक्ष वा परोक्ष पारिश्रमिक, भत्ता आदि लिन्छन् भने ती संस्थाहरूले चलाएको सिन्डिकेट प्रत्यक्ष वा परोक्ष रूपमा माफियातन्त्रतिर अभिमुख हुन्छन्, हुन सक्छन् । त्यस्ता सिन्डिकेटहरूको कार्यमा सरकारले कडा निगरानी राख्नुपर्ने हुन्छ र ती सिन्डिकेट माफियातन्त्रका अङ्ग हुन् वा हुन सक्छन् भने त्यस्ता सिन्डिकेटहरू खारेज गर्नुपर्ने हुन्छ ।
    तर सबैभन्दा अप्ठेरो केमा पर्छ भने सबै व्यापारी चोर हुन्, सबै कर्मचारी घुस्याहा हुन्छन्, सबै जोगीहरू ढोँगी हुन्छन्, सबै नेताहरू फटाहा हुन्छन् जस्ता अभिव्यक्ति पनि घातक हुन्छन् । जस्तो ः यातायात क्षेत्रमा सिन्डिकेट छ, तर मयुर, मेट्रो सिटी, साझा जस्ता बससेवा पनि रहेछन् । त्यस्तै सबै बोर्डिङ स्कुल, सबै निजी कलेज, सबै नर्सिङ होम, सबै निर्माण व्यवसायी, सबै व्यापारी सिन्डिकेटमा आबद्ध नभएका पनि हुन सक्छन् । त्यो पक्षको पनि हेक्का राख्नुपर्ने हुन्छ । होइन भने निजी क्षेत्र निषेधित राज्यनियन्त्रित अर्थतन्त्रमा जानुपर्ने हुन्छ । सबै सेवा, बन्दव्यापार आदि राज्यले नै गर्नुपर्ने दिशामा मुलुक अग्रसर हुन सक्छ ।

    प्रदेश सरकारमा बिन्तीपत्र
    — प्रा. पीताम्बर अधिकारी

    घाँटी हेरी हाड निलौं । तत्काल लाभ देखिए पनि भोलि अर्काले हात झिक्दा फेल हुने खालका योजना नबनाऊँ । जस्तो साना जलविद्युत् । २०–२५ परिवारले बेहोर्न सकून् । चाहिने सामान अनुदान वा सहयोग देओस् सरकारले । प्राविधिक तालिम देओस्, जसबाट आवश्यक सुधार गर्ने काम उनीहरूबाटै होस् । रोल्पाको सिर्प भन्ने गाउँका बीचबाट झर्ने खोल्सामा जहाँ पहिले हरेक ठूलो कान्लामुनि पानीघट्ट चल्थे, अहिले बिजुली निकालेका छन् भन्छन् । त्यसो गरे समाजले आफ्नो मानेर बिग्रन दिँदैन । विदेशीले दिएकोमा त्यस्तो ममता, प्रेम हुँदैन । हामी जान्दैनौं र प्राविधिकको पारिश्रमिक भन्दै पैसा उतै जान्छ, हामी लाटाका लाटै ।
    पहाडको शिरमा लेक हुन्छ । त्यहाँ रसिलो हुनाले जङ्गल हुन्छ । नदी, खोलाका शिर त्यतै हुन्छन् । ती हाम्रा धन हुन्, जीवन हुन्, जोगाऊँ । लेकभन्दा तल खेतीयोग्य जमिन छ, पानी छैन । वर्षाको पानी लडेर, बगेर गैहाल्छ । नदी, खोला पनि फेदमा छन् । त्यसैले ती बीच भागमा साना–साना पोखरी बनाएर पानी जोगाऊँ । साना खोल्सा र पँधेरा आदि जोड्दै ती पोखरीलाई स्थायी बनाऊँ । यसबाट सिँचाइ पनि हुन्छ, बिजुली पनि निस्किन्छ । खोला र नदी जो लेकबाट झर्छन्, तिनको पानी ती पोखरीमा जोड्न सके झन् स्थायी स्रोत हुन्छ । बिजुलीबाट सानातिना कारखाना चल्छन्, बत्ती बल्छ, कम्प्युटर चल्छ आदि । सिंचाइ भए खेती हुन्छ, खान पुग्छ । वन बढे, पोखरी भए पर्यटन क्षेत्र बनाउन सकिन्छ ।
    नभई नहुने मूल ठाउँमा मोटरबाटो होस् । जता पायो उतै डोजर लाउँदा पहाडका नसा छिन्छन्, पहिरो जान्छ, मूल सुक्छन् । यसबाट पहाडको मौलिकता बिग्रन्छ । सकिन्छ भने रोप–वे होस्, पुँजीवाला मोटाउन मात्र होइन, त्यसलाई पनि समुदायको ममतापूर्ण संरक्षण मिल्ने गरी । खेती, वनपैदावार आदि बढे अनि रोप–वे भयो भने सुरक्षालाई पनि सजिलो पर्छ । यी पूर्वाधार भए त्यस आधारमा जनता आफैं अघि बढ्छ ।
    तर यसका लागि अलिक धैर्य चाहिन्छ । अवैध बाटोबाट रातारात नवधनाढ्य हीरो बन्ने प्रतियोगिता जो आज चलिरहेछ त्यस मृगतृष्णाबाट पाँचजना त के कर्मठ एकैजना भए पनि जोगिए पुग्छ । हाम्रा गाउँमै बन्दै गरेका सरकार, जसलाई आफ्ना ठाउँको मर्का राम्ररी थाहा छ र जसले खराब सपना पनि देखिसकेका छैनन्, उनीहरूसित आशा गर्नु पक्कै अपराध नठहर्ला ।

    ठूलालाई गाली, सानालाई ताली
    — मुकुन्दप्रसाद उपाध्याय

    हामी नेपालीहरूको र साथै यो भारतवर्ष आर्यावर्तकै भनौँ वर्तमान सामाजिक मूल्य, मान्यता र सोचमा हिन्दू धर्म–संस्कृतिको प्रभाव मुख्य रूपले परेको छ । अन्य धर्म इस्लाम र इसाई धर्म–संस्कृतिको समेत परोक्ष प्रभाव त परेकै छ । शासक वर्ग, राजा–रजौटा हुन् वा जननिर्वाचित नेता–कार्यकर्ता हुन् वा सेना, प्रहरी, प्रशासनका पदाधिकारीहरू हुन्, सबैमा थोरबहुत सामन्तवादी प्रवृत्ति विद्यमान देखिन्छ । भाषणमा, घोषणापत्रमा वा नीति तथा कार्यक्रम र बजेटहरूमा लोकतन्त्र, लोकसम्मति, सामाजिक न्याय, समानता आदि विशेषणहरू पर्नु र पारिनु, त्यो आफ्नो ठाउँमा छ । यी प्रवृत्तिहरूको स्रोत पनि केही हदसम्म हिन्दू धर्म, संस्कृति र वैदिक वाङ्मय हुन् भन्न सकिन्छ । राज्य सञ्चालन गर्न, सामाजिक न्याय र शान्तिका लागि दण्डाधिकारीहरूको व्यवस्था गरियो (राष्ट्रप्रमुख, सरकारप्रमुख, विभाग, नगर, एकाइ प्रमुख आदि सबै नै) । सुरुसुरुमा ती दण्डाधिकारीहरूले चोर, फटाहा, डाका, जाली आदिलाई दण्डद्वारा सजाय दिएर, कज्याएर आफू बस्ने समाजमा शान्तिसुरक्षा र न्याय बहाल गरिदिने भएकाले दण्डाधिकारीहरूलाई मान दिने, सम्मान दिने, आदरभाव प्रकट गर्ने, जयजयकार गर्ने परम्परा बस्यो । कालान्तरमा र वर्तमानमा पनि ती अधिकारीहरूलाई उत्तिकै मान्ने, सम्मान गर्ने गरिन्छ । तर अघिल्लो कारणले नभई तिनको हातमा दण्ड छ, सत्ता छ, त्यसको प्रयोग (वा भनौँ दुरुपयोग) हामीहरूजस्ता आम मान्छे, सोझासाझा र निर्धाहरूमाथि पनि प्रयोग हुन सक्ने भय र आशङ्काले उनीहरू सम्मानित छन् । नेपाल र भारतमा ज्यू, पदविशेष श्रीमान् पदविशेष माननीय, पदविशेष साब, … साब, … साब, … साबदेखि हवल्दार साबसम्म आदरार्थी शब्दहरूको प्रयोग, माला, खादा, दोसल्ला आदिको प्रचुर खपत सायद त्यही कारणले बढ्दै गएको छ । यो प्रचलन धार्मिक सम्प्रदायका अगुवा, मठाधीशहरूमा पनि छ । नत्र स्वयं परब्रह्म परमेश्वरलाई ‘जी’ मात्र भने पुग्ने तर उनीहरूलाई धेरै, दर्जनौँ, सयौँ, हजारौँ ‘श्री’ सहित उपमा, अलङ्कारहरूले सम्बोधन गर्नुपर्ने चलन किन आउँथ्यो र !
    यो संस्कृति र परम्पराको स्रोत पुराणहरूमा वर्णित स्वर्गका देवताहरू र देवताहरूका राजा देवराज इन्द्र आदिबाट सुरु भएको देखिन्छ । तर स्वर्गादि देवताहरूका पनि देवता परब्रह्म परमेश्वर र उनका अवतार देवताहरूमा चाहिँ त्यो अहम्, सर्वसत्तावाद, बडप्पन आदि केही पनि देखिँदैन । पछिल्लो १८ औँ द्वापरयुगकै कुरा गरौँ । देवराज इन्द्रको पूजा नगरी गोकुलवासीले गोवद्र्धन पर्वतको पूजा गरेको थाहा पाउनासाथ बुझ्दै नबुझी क्रोधले सारा गोकुलवासीलाई सिध्याउने ध्येयले ७ दिनसम्म मुसलधार वर्षा गराए । अनि श्रीकृष्ण परब्रह्म परमेश्वर भएको थाहा पाएर आफैँले स्तुति अभिशेष गरेका श्रीकृष्णले सत्यभामाको आग्रहमा स्वर्गबाट पारिजात वृक्ष माग्दा श्रीकृष्णसँग युद्ध नै गर्न उद्यत भए । देवराज भएकाले उनलाई त्यत्रो मान–सम्मान, यश–ऐश्वर्य, मान–बढाइँ चाहिने तर निमेषमै त्यस्ता सयौँ इन्द्र र सयौँ स्वर्ग सिर्जना गर्न सक्ने अखिल ब्रह्माण्डनायक परब्रह्म परमात्मा श्रीकृष्णलाई चाहिँ केही पनि नचाहिने, आदरार्थी शब्दमा ‘जी’ भए पनि पुग्ने, त्यो नभएर गाली गरेर काले कृष्ण, पुन्टे कृष्ण भने पुग्ने, चोर विशेषण लगाएर चित्तचोर, माखनचोर भने पनि प्रसन्न हुने, माता यशोदाले छडी लगाउन पनि मिल्ने, कान निमोठ्न पनि मिल्ने अनि ओखलमा बाँध्न पनि मिल्ने ।
    स्वर्गादि देवताहरूको पूजा–अनुष्ठान गर्दा कत्रो शुद्धता चाहिने, शुद्ध भएर शुद्ध सामग्री तयार गरेर परिकार बनाउँदा बोलिएला, मुखको छिटा पर्ला भनेर मुखमा पट्टी लगाएर भोग–प्रसाद तयार गर्नुपर्ने अनि तिनै भगवान् यथार्थमा सशरीर प्रकट हुँदा पानी नै नचल्ने जातकी शवरीले त्यो पनि आफूले खाएर जुठो पारेर दिएको बयरका दाना पनि चढ्ने ! कस्तो अचम्म ! अनि स्वर्गादि देवताहरूले चाहिँ सधैँ मेवा–मिष्टान्न, चौरासी व्यञ्जन भोजन गर्नुपर्ने अनि सबै देवताका पनि देव देवाधिदेव महादेवले चाहिँ विषपान गर्नुपर्ने, भाङ र धतुरो भए पुग्ने । कस्तो अनौठो !
    तर अहिलेका मरणशील मनुवाहरू भवितव्यले, लाटाको खुट्टा बाटामा परेझैँ तिगडम गरेर, कोटामा, भागबन्डामा परेर, पैसा खर्चेर कुनै पद प्राप्त गरेकाहरूले परब्रह्म परमात्मा ईश्वरलाई प्रयोग गरिने आदरार्थी शब्द ‘जी’ नाममा लगाएर सम्बोधन गर्दा उनीहरू आफ्नो घोर अपमान भएको भन्ठान्छन् । सर, साब, श्रीमान्, माननीय जस्ता आदरार्थी शब्द नभई नहुने भएको छ ।

    जन्मभूमि कि माइती ?
    — सविता शर्मा

    नेपालका प्राचीनतम धार्मिक तीर्थस्थलहरूमध्ये एक हो जनकपुरधाम । प्राचीन मिथिला राज्यको विदेहराज जनकको राजधानी जनकपुरधाम अहिले सङ्घीय गणतन्त्र नेपालको प्रदेश नं. २ को प्रान्तीय राजधानी बनेको छ । जनकपुरधाममा गत वैशाख २८ गते नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा रामायण सर्किटको समुद्घाटन गर्दै आआफ्नो सङ्क्षिप्त अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिमा एउटा झिनो तर अति गहन र गम्भीर अन्तर थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जो हिन्दूवादी नेताका रूपमा समेत विख्यात छन्, उनले लुम्बिनीलाई स्पष्ट शब्दमा भगवान् गौतम बुद्धको जन्मभूमि भने, तर जनकपुरको भूमिमा टेक्ता जनकपुरलाई माता सीताको जन्मभूमि भनेनन् । तर नेपालका प्रधानमन्त्री केपी ओलीले भने जनकपुरलाई सीताको जन्मभूमि भनिदिए । दुवै प्रधानमन्त्री आआफ्नो धर्मनिरपेक्ष राष्ट्रका हिन्दूधर्म मान्ने व्यक्तित्व हुन्, तर धार्मिक इतिहासको जानकारीमा केही पृथकता वा अनभिज्ञता देखियो ।
    दुवै प्रधानमन्त्री आआफ्नो राष्ट्रका कट्टर राष्ट्रवादी नेता हुन्, यसमा विमति छैन । तर कहिलेकाहीँ हामी राष्ट्रियताका सम्बन्धमा दोहोरो मापदण्ड अपनाइरहेका हुन्छौँ । जस्तै गीतसङ्गीतका पारखीहरूसमेत इन्डियन आइडल प्रशान्त तामाङलाई पनि नेपाली र उदितनारायण झालाई पनि नेपाली भनिरहेका हुन्छौँ, जबकि उदित सप्तरीका नेपाली हुन् भने प्रशान्त भारतीय ।
    आजसम्म प्रकाशित शास्त्रीय प्रमाणहरूका आधारमा माता सीताका पिता जनकको राजधानी वर्तमान जनकपुर हो । तर उनको जन्म (उत्पत्ति) पुनौराधाम वर्तमान विहार राज्यको सीतामढी जिल्लामा भएको थियो । उता शास्त्रीय र पुराताàिवक दुवै प्रमाणका आधारमा भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी हो । यो तथ्य र सत्यलाई भारतका प्रधानमन्त्रीले दुई–दुईपटक स्पष्ट शब्दमा स्वीकारिसकेको स्थितिमा नेपालका प्रधानमन्त्रीले पनि माता सीताको माइती नेपालको जनकपुर हो र प्रकटस्थान (जन्मभूमि) वर्तमानमा सीतामढी जिल्लाको पुनौराधाम हो भनेर स्वीकार्नुपर्ने हुन्छ ।
    यदि महात्मा गौतम बुद्ध नारी भएका भए उनको माइती भारत र जन्मभूपि नेपालमा पर्ने थियो, मावली पनि नेपालमै पर्ने थियो । त्यसरी नै माता सीताको माइती जनकपुरधाम हो, सीता र रामको विवाहस्थान पनि नेपाल नै हो । अनि माता सीताले जन्म दिएका राजकुमारद्वय लव र कुशको जन्मस्थान पनि नेपाल नै हो, जुन वर्तमान चितवन जिल्लाको वाल्मीकि आश्रमभित्र पर्दछ । हालसम्मको ऐतिहासिक तथ्यलाई सत्य मानी यही कुरालाई नेपाल र भारत दुवै देशले सहर्ष स्वीकार गर्नुको विकल्प देखिँदैन । रामायणकै कुरा गर्दा भगवान् सीता–राम र लक्ष्मणले १४ वर्षको वनवासमा सबैभन्दा बढी एक दशकभन्दा बढी अवधि बिताएको स्थान चित्रकुट हो, जुन चित्रकुटधाममा कलियुगमा समेत सन्त तुलसीदासले भगवान् रामलक्ष्मणको साकार स्वरूपको दर्शन पाएका थिए । त्यो पवित्र चित्रकुटधाम पनि आधा भूभाग भारतको उत्तरप्रदेशमा पर्छ भने आधा मध्यप्रदेशमा । यो यथार्थ भारतका दुवै प्रदेश सरकारले स्वीकार गर्नुको विकल्प छैन । त्यस्तै भगवान् पशुपतिनाथको देश नेपालका आराध्यदेव भगवान् शिव हुन्, पशुपतिनाथ ज्यातिर्लिङ्ग नेपालमा छ तर पशुपतिनाथ भगवान् शिवको राजधानी कैलाश मानसरोवर वर्तमान मित्रराष्ट्र चीनमा पर्दछ । यस्ता ऐतिहासिक सत्यतथ्यहरू सबै देशले सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ ।

    आफूले खनेको खाल्डोमा आफैं
    — रामचन्द्र हुमागाईं

    वैशाख २५ गते । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा घाटामा गएको अर्थतन्त्रलाई व्यालेन्समा ल्याउन आठ खर्बको आवश्यकता छ भनेछन् । मन्त्री महोदय ! यही ताल हो भने अबको केही समयभित्रै आठ खर्ब होइन एक सय आठ खर्बले पनि राष्ट्रिय घाटा पुर्ति गर्न सक्नुहुन्न । किन भन्नुहोला । नेपालमा तस्करहरूको जालो भन्सारदेखि संसारसम्म फैलिएको छ । नपत्याए खोज्नोस् भारतमा निर्मित सुर्तीजन्य पदार्थका पारखी कतिछन् र दैनिक कति सुर्ती नेपाल भित्रिन्छ । तर त्यो सुर्तीको राजश्व एक पैसा उठेको रेकर्ड तपाई पाउन सक्नुहुन्न । यो एउटा उदाहरण मात्रै हो । यस्ता हजारौं सामग्री दैनिक नेपाल भित्रन्छन् तर सरकारको ढुकुटी रित्ताको रित्तै । सरकार नाफामा जाने माध्यम भनेको राजश्वको आम्दानी होइन र !
    वैशाख २६ गते । ओहो, सुन तस्करीको जालो । विमानस्थलमा खटिएको प्रहरीको बटालियन नै सरकारको होइन, तस्करको संरक्षक ? यस्तो पनि हुन्छ दुनियामा ? अझै भनिन्छ, यो लहरो तान्दा गर्जिएको पहरो मात्रै हो । पहरै सुसाउने गरी तान्यो भने त के नहोला । सुनिन्छ, सुन भित्रयाउन नेपालमा सजिलो छ । विमानस्थलका लोडरहरूलाई शेयरहोल्डर बनायो, हवाइजहाजको भ¥याङबाटै सुन भित्रयाउन सकिन्छ भन्नेहरू कति छन् कति ।
    वैशाख २७ गते । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माण क्रममा माओवादीका पक्षबाट मन्त्री भएकाहरूसँग सरसल्लाह गरेनन् भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गुनासो गरेछन् । राजनीति भनेको दाहाल आफैंले खेलिसकेको खतरा खेल हो । यसमा आफूले अरुलाई जसरी दुःख दिइन्छ, अरुले पनि आफूलाई त्यसै गरी दुःख दिन्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । हेर्दै जानोस् यस्ता गेम कति खेलिन्छ कति ? माखेसाँङ्लोबाट बच्न मात्रै जान्नुपर्छ ।
    वैशाख २८ गते । हिजोदेखि नेपाल मोदीमय भएको छ । आकाशमा जता हे¥यो उतै भारतीय लडाकु बिमान र लडाकु हेलिकोप्टर घुमिरहेका छन् । नेपाली आकाश यति सुरक्षित छ जहाँ जो पनि एक्लै घुम्न सक्छ । यस्तो ठाउँमा मोदीलाई कसले के गर्ला र यतिसारो सिपाही खर्च भारतले बढाएको होला । कि पाकिस्तानले नेपाली आकाशमा पनि निगरानी गरेको छ भन्ने डर मोदीलाई लागेको छ ?
    वैशाख २९ गते । महिला पीडित पुरुषहरूको भीड प्रहरी कार्यालयमा लागेको देख्ता एकपटक महिला अधिकारवादीहरूको अनुहार हेर्न मन लागेको छ । पुरुष मात्रै दोषी हुन्छन् भनेर झ्याली पिटेर हिड्ने महिलाले किन पुरुषहरूको समस्या बुझ्दैनन् ?
    वैशाख ३० गते । काम गर्ने कि पैसा सक्ने ? मुलुकको विकास गर्न रकम खर्च गर्ने गरिन्छ तर नेपालमा बिकास होइन पैसा खर्च गर्न चलन छ । पहिलेको थेगो थाम्दै अहिलेका साँसदले पनि निर्वाचन क्षेत्र खर्च निकास लागि सरकारलाई दवाव दिएका छन् ।
    वैशाख ३१ गते । साना आयोजनाहरू आगामी वर्षदेखि मृत अबस्थामा पुग्ने भएका छन् । यस्ता योजनाहरूले देशलाई कुनै उपलब्धि नदेखेर नयाँ अर्थमन्त्रीले यस्तो नीति अवलम्वन गरेको हुनुपर्छ ।

    हरेक सांसदलाई १०–१० करोड !
    — प्रा. डा. गोपाल शिवाकोटी

    संघीय गणतन्त्रका सांसद भइसक्ता पनि नेपालका सांसदहरुमा पुरानो केन्द्रीकृत राज्यव्यवस्थाको मानसिकतामा परिवर्तन भएको देखिदैन । उनीहरुमा मुलुकको ढुकुटीलाई रित्याएर जनतामा लोकप्रिय र दानवीर भई निर्वाचन जित्ने मानसिकता कायमै रहेको देखिन्छ । केन्द्रीय तहका सांसदहरु ऐन–कानुनहरुको निर्माण गर्ने, स्थानीय तहको विकासकार्यमा हस्तक्षेप गर्ने र आफुलाई विकासे कार्यकर्ताको रुपमा राख्ने प्रवृत्तिले अहिले पनि उनीहरुलाई सिन्डिकेट बनाएर सबै दलका सांसदहरु दस करोड रुपिया आफ्नो नाममा निकाल्ने प्रयासमा लागेका छन् । उनीहरुले आफ्नो जिम्मेवारी बुझ्न नसकेको देख्दा मानसिकतामा परिवर्तन नभएका सांसदहरुवाट जनताले के अपेक्षा गर्नु भन्ने प्रश्न उठेको छ । अहिले पनि निर्वाचन क्षेत्र विकासमा खर्च गर्ने रकम निकासा गर्नका लागि दवाव दिन सिन्डिकेट तयार गर्ने, लागु गर्ने र अनुचित कामको लागि जिद्धी गर्ने कामको र आफ्नो हैसियतमा मुलुकलाई विकासकार्यमा चलायमान गरेर जनतालाई परिचालन गरेर विकास र समृद्धीमा समावेश गर्न सक्छन भन्ने कुरामा आशङ्का उत्पन्न भएको छ । यसले गर्दा सांसदहरुको लोकतन्त्र, गणतन्त्र र सवैको सहयोगबाट विकास गर्ने, नेतृत्व गर्ने नाराहरुको पोशाक उतारिएको छ र उनीहरुको स्थिति पनि बादशाहको नयाँ पोसाकको स्थितिमा नाङ्गेझार भएको छ ।
    आर्थिक वर्षको दुई महिना मात्र बाँकी रहेको अवस्थामा समेत सङ्घीय गणतान्त्रिक नेपालमा सांसदहरुले केन्द्रीकृत राज्यसत्ता हुँदाजस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको रकम तत्काल निकासा दिन दबाब सुरु गरेको कार्यक्रम आश्चर्यपूर्ण छ । सांसदहरुको अनुचित र गैह«जिम्मेवारपूर्ण जिद्धीले गर्दा उनीहरुको मानसिकतामा शङ्का उत्पन्न भएको छ । मुलुकका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुपर्ने दायित्व भएका सांसदहरुको परियोजना कार्यान्वयन र बजेट परिचालनका लागि देखाइएको यो अनुचित दवाव वास्तवमा उनीहरुले आफ्नो दायित्व विर्सिएजस्तो देखिन्छ । उनीहरुले ओठे रुपमा संघीयता र विकासको कुरा गरे पनि कसरी मुलुकको ढुुकुटी लुट्ने भन्ने कुरामा केन्द्रीत भएजस्तो लाग्दछ । अहिले १०० भन्दा बढी नीति असोज तीन गतेभन्दा पहिले निर्माण गरिसक्नुपर्नेछ नत्र मुलुकले अरु जटिल अवस्था भोग्नुपर्ने अवस्था छ । राष्ट्रको ढुकुटीबाट रकम लिएर कुम्लो पारी विकास गर्न हतारो देखाउने गर्दा नीति निर्माण गर्ने कामलाई असरल्ल छोडेर विकासे बजेटको कुम्लो बोकी निर्वाचन क्षेत्र जाने कुरा चरितार्थ हुँदै गएको छ ।
    सांसदहरुको अनुचित दवाव खप्न नसकेर राज्यले उनीहरुलाई साढे पाँच अर्व दिएर खुसी पारी सत्ता र कुर्सी बचाउने काममा दलका नेताहरु र उत्तराधिकारी हुने कुरा सार्वजनिक भएको र मुलुकको ढुकुटी मिलीजुली भागबण्डा गरेर रित्ताएजस्तै कालेकाले मिलेर खाउँ भाले र सुत्केरीको नाम गरी टाउको मैले खाएँ भन्ने कुरा चरितार्थ हुन्छ । सरकार र दलका नेता र उच्चपदका नेताको मानसिकतामा कुनै परिवर्तन भएको देखिदैन । हामी पदमा पुगेकाहरु समान हौं र मुलुकको ढुकुटी लुट्ने कार्य हाम्रो पैत्रिक कार्य हो भन्ने कुरा रहेको पाइन्छ । अहिले सांसदहरुलाई साढे पाँच अरव रकम दिने प्रस्तावमा १६५ निर्वाचन क्षेत्रमा बजेट पठाँउदा कुल ४ अर्ब ९५ करोड रुपियाँ तथा निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत ३३४ सांसदलाई ५०–५० लाखका दरले १ अर्व ६७ करोड गरी जम्मा ४ अर्व ९५ करोड राज्यको ढुकुटीबाट दोहन हुनेछ । यतिले पनि नपुगेर सांसदहरु आफुले निर्वाचन क्षेत्र विकासका लागि १० करोड चाहिन्छ भन्ने अडानमा रहेका छन् । प्रादेशीक सांसदहरुलाई पनि सम्मिलीत गराउदा यो रकम अरु वढ्न सक्दछ ।
    सांसदहरुले यस वर्षको रकम मात्र निकास गर्न दवाव दिएको होइन, आगामी वजेटमा समेत अहिलेको भन्दा तीन गुणा बढी रकम छुट्टाउन दौडधुप गरिरहेको देखिएको छ । उनीहरु अहिलेको ३ करोड रकम बढाएर १० करोड पु¥याउनुपर्छ भनी दवाव दिइरहेका छन् । उनीहरुले माग गरेको रकम छुट्टाइयो भने २० अर्वको भार थपिनेछ । मुलुकलाई भार पर्ने गरी सासंदहरुलाई खुसि पार्न यो रकम छुट्टाइयो भने मुलुकको समृद्धिको नारा थोत्रो टिनजस्तो हुनेछ ।
    दुईवटा संविधानसभाको निर्वाचनमा समेत संविधान बनाउने भन्ने संविधान सदस्यहरु मुलकलाई विर्सिएर आफ्नो निर्वाचन क्षेत्र विकासको लागि कुम्लाउन मात्र तल्लीन रहेका थिए । दलका नेताहरुले संविधान सभाका सदस्यहरुलाई जिल्ला पठाएर संविधान निर्माण गर्ने काममा सिण्डिकेट कायम गरेर मनपरी गर्न लाग्ने काम गरेका थिए । आठ वर्ष लगाएर संविधान निमाण गर्ने काममा पनि सभासदहरुको भुमिकामाथि छलफल र बहस गर्ने, बुँदाबुँदामा प्रष्ट गर्नेजस्ता कुरामा भाग लिएको देखिएन । दलका नेताले जे भन्यो त्यही कुरा दोहो¥याउने मात्र देखिएन, सविधानको ३०८ धारा निर्माण गरेर घोषणा गर्ने गर्दा अहिले पनि बग्रेल्ती त्रुटिहरु देखिएका छन् । यसले गर्दा संविधान असफल भएर फेर्नुपर्ने स्थिति देखिएको छ । संविधान घोषणा गर्नुपर्ने र नीतिनिर्माण गर्नुपर्ने गम्भीर दायित्व बोकेका संविधान सभाका र व्यवस्थापिकाका सांसदहरुले कुनै किसिमको ध्यान दिएनन् । यसको लागि ३०० भन्दा बढी कानुन आवश्यक थिए । राष्ट्रिय सभाको निर्वाचनको कानुन बन्न सकेन, सत्ता हस्तान्तरणमा तीन महिना पुग्यो र अध्यादेश जारी गर्नुप¥यो । अहिले पनि पैसाको विटो बोकेर निर्वाचन क्षेत्रतिर गएर ५ वर्षपछिका लागि सांसदहरु टाढिदै गएका छन् । खालि कोष लुट्न सवैको एक मत रहेको छ । मधेसी, पहाडी, कम्निष्ट, कांग्रेस, राप्रपा, राजपा सवैको एकै आवाज र एकै मत रहेको छ । उनीहरुमा मतमतान्तर नभै एकै किसिमको मत रहेको छ । सवै जनता बरावर भने पनि आफ्ुहरु संसद भएकोले बढी सत्ताधारी बर्गका रुपमा समझदारी देखिन्छ । क्षेत्र विकास कार्यक्रममा ५० लाख र पुर्वाधार विशेष कार्यक्रमका लागि ३ करोड बजेटको व्यवस्था भएको र दुइ महिनाभित्र यो सिद्धाउन पाइने भएकाले यसलाई सिद्धाउन मरिहत्ते गरेका छन् । यसमा सत्ता र प्रतिपक्षका सांसदहरु एक मत भएर सडकमा उत्रीएका छन् । सांसद र क्षेत्र विकास कोषको रकमवारे अन्य किसिमका कुराहरु रहेका छन् । ३ लाखवाट सुरु गरेर करोडौमा पु¥याएको हो । यो रकम क्षेत्र विकाशको भने पनि सांसदहरुले आफ्ना परिवारका सवैलाई संलग्न गरी खर्चको विवरण देखाउने र हजम गर्ने गरेको कुरा महालेखाको प्रतिवेदनले देखाएको छ । आर्थिक श्वेतपत्र जारी गरेर यसलाई समर्थन गर्ने र सत्तापक्षका सांसदहरुले क्षेत्र विकाश गरी स्थानिय सरकारले विकास निर्माणको कार्यक्रम गरी बुझ पचाएर क्षेत्र विकास कोष रकमको लागि दवाव दिने कुराले उनीहरुको मानसिकतामा मुलुकलाई लुट्ने काम हाम्रो हो, हामीले जे गरे पनि हुन्छ भन्ने कुरा कायम रहेको देखिन्छ । केन्द्रले बजेट छुट्टाउनुपर्ने र स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, बजेट छर्न नदिने भनी उपदेश दिन सक्ने सांसदहरुले आफुले विकासका एउटा कुरा गर्ने र अर्काे गर्छन् भन्ने प्रमाणीत भएको छ । स्थानिय सरकारलाई दिएको छ तर त्यसलाई खोसेर विकासको रकम मैले खर्च गर्न पाउनुपर्छ, मेरै नेतृत्वमा हुनुपर्छ भन्ने कुराले उनीहरुको दादागिरी र स्वाँठ मनस्थिति देखिएको छ । स्थानिय तहको अधिकार खोसेर केन्द्रीकृत गर्ने कुरा सांसदहरुबाट प्रकट हुनु र स्थानिय सरकारको स्रोत र साधनको जुन मानसिकता देखिएको छ, यो विकासविरोधी चिन्तनको रुपमा रहेको छ । यो वर्तमान व्यवस्था परिवर्तन गरेर मुलुकमा भष्टाचारलाई प्राथमिकता दिने कार्य भएकाले महालेखा प्रतिवेदनमा यो रकम दुरुपयोग भएको औलाएको छ ।
    निर्वाचनको आचारसंहिता लागेको र सर्वोच्च अदालतले समेत आदेश दिएकाले सांसदहरुले यस्तो रकम खर्च गर्न पाएका थिएनन् । यसरी बन्देज लागिसकेको र स्थानिय सरकारलाई विकासका अभियन्ताका रुपमा स्थापित गरिसकेको अवस्थामा असम्बैधानिक र परिवर्तित परिस्थितिमा असान्दर्भीक भएको र भूमिका परिवर्तित भएको अवस्थामा नयाँ बनेको संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले नयाँ सांसदलाई खर्च गराउन पाउने गरी बजेट निकासा दिने प्रस्ताव गरेपछि सांसदहरुलाई बादरलाई लिस्नोजस्तो भएको छ र उनीहरुले दवाव बढाएका छन् । प्रधानमन्त्री ओली रकम दिने पक्षमा नभए पनि उनकै वरिपरिका मान्छेहरुले रकम निकासा गर्न दवाव दिएकाले ओलि कति दिन आफ्नो अडानमा शक्तिशाली भएर टिकिरहन्छन्, भन्न सकिन्न । ओलीमा पनि ठूला कुरा गर्ने तर काम अर्कै गर्ने प्रवृत्ति नदेखिएला भन्ने छैन । ओलीले आफ्नो सत्ताका लागि आफ्नै सांसदहरुको दवाव कति दिन खप्न सक्छन्, हेर्न बाँकी छ । एकै दिन वाह्रवटा क्षेत्र पुग्ने ओलीबाट यस्तो अपेक्षा गर्न कठिन हुन्छ ।
    परिवर्तित परिस्थितीमा सांसद आफैले छुट्टै पैसा बाँड्दै हिँड्ने होइन । उनीहरुलाई जनताले विकासको व्यवस्थापकका रुपमा विकसित गराएका पनि होइनन् । उनीहरुमा परम्परागत रुपमा अपेक्षा भए पनि उनीहरुको काम र दायीत्व भनेको नीति निर्माण गर्नु र जनजीवनका लागि सरकारलाई घचघचाउने हो, आफैले विकास गरिदिने होइन । आफैले विकास गरेर खुसि पार्ने र लोकप्रिय हुने कुरा सामन्तबादी मानसिकता हो । यसरी समाजवादी समाजको निर्माणको यात्रा पूरा हुन सक्दैन ।

    सुँडभित्र पस्नु नपरोस्
    — देवराज न्यौपाने

    छिमेकीसँगको सम्बन्ध नजिकको नाता श्रीमान्–श्रीमती या दाजुभाइकै जस्तै न काट्न मिल्ने न साट्न मिल्ने हुन्छ । मिलेर बस्न नसके दुःख पाइन्छ । घरको छिमेकी भए त बसाइँ सर्न पनि मिल्थ्यो तर देशलाई त न कतै सार्न नै मिल्छ । त्यसमा पनि नेपाल भारत सम्बन्ध त बोर्डरसमेत खुला रहेको, परापूर्व कालदेखि धार्मिक, सांस्कृतिक, व्यापारिकदेखि हरेक कुरामा नङ र मासुजस्तै रहँदै आएको छ । प्रेम पनि आफ्नैमा हुन्छ र झगडा पनि आफ्नैमा भनेजस्तै चाहे सकारात्मक होस् या नकारात्मक, भारत र नेपाल सम्बन्धको कुरा नगरी हामीलाई भात खाएको पनि पच्दैन । एउटा न एउटा विषय आइरहेको हुन्छ, जस्तो अहिले मोदी भ्रमणको चर्चा छ ।
    नेपाल भारत सम्बन्ध सदाका लागि शत्रुवत बनाइराख्नुपर्छ भन्ने कुरा व्यावहारिक छैन र कसैका लागि हितकर छैन । भारतको उग्र विरोध या उग्र राष्ट्रवाद र देशको स्वाभिमानलाई दाउमा राखेर स्वार्थी गठबन्धन र चाकरी या लम्पसारवाद दुवै कुरा विगतमा हुँदै आएका घातक कुराहरू हुन् । छिमेकी नभई पनि हुँदैन र समस्याहरू पनि त्यत्तिकै हुने गर्दछन् चाहे घरघरका छिमेकीको कुरा होस् या देशदेशका छिमेकीका कुरा । तर यस्ता सम्बन्धहरूलाई बिगार्नभन्दा सपार्नैपट्टि ध्यान दिनुपर्छ तथापि यो सप्रिनभन्दा बिग्रन खोजिराखेको हुन्छ । यसमा उच्च स्तरको सुझबुझ, समझदारी, धैर्य र व्यवस्थापन कलाको जरुरत पर्दछ । तसर्थ नेपाल भारत सम्बन्ध पनि बिगार्नेभन्दा सुधार्ने कुरा बुद्धिमत्तापूर्ण हुन्छ । उत्तर कोरिया र दक्षिण कोरिया पनि सम्बन्ध सुधार्ने प्रयास गर्दैछन् अहिले । अमेरिका र क्युवाको सम्बन्ध सुधार्ने ओबामाको प्रयास पनि सह्राहनीय थियो । मिल्नुभन्दा उत्तम अर्को केही छैन । समस्याको जरो समाएर उपचार गरिदिएपछि सक्किगो । नेपाली तथा भारतीय बुद्धमाथि गौरव गर्छौं, राम्रो कुरा हो । बुद्ध भन्नुहुन्छ, ‘संसारमा दुःख छ या समस्याहरू छन् र साथसाथै यसको समाधानको उपाय पनि छ र यसलाई समाधान गर्न सकिन्छ ।’
    हिजो भारतीय नाकाबन्दीको डटेर विरोध गर्नु स्वाभाविक थियो, राज्य र सबै नागरिकको कर्तव्य पनि थियो । यो कर्तव्यमा कोही चुकेको भए त्यसको परिणाम पनि भोग्दै होलान् । तर यही र यस्ता विषयहरूलाई जिन्दगीभरिको राजनीति गर्ने विषय बनाइनु हुँदैन । मान्छे भएपछि गल्ती त सबैबाट भैहाल्छ नि ! तर त्यसलाई सच्याएर अघि बढ्ने हो । सम्बन्ध बिगारिराखेर कसैलाई फाइदा हुँदैन, मेरो मतलव नेपालका प्रतिस्पर्धी पार्टीहरू र नेपाल तथा भारत । पालैपालो एउटाले अर्कोलाई राष्ट्रघाती साबित गर्ने प्रयासमा गल्तीमाथि अर्को गल्ती थप्दै नजाऔं । चुनावी प्रतिस्पर्धाबाहेक कमसेकम देशको मुद्दामा एक हुन सकौँ । सबै मिलेर देश बनाउने अवसर हो । अझ पनि चेत नआए कहिले आउँछ ? हाम्रो उद्देश्य मोदीहरुलाई आफ्नो गल्ती महसुस गराउने मात्रै हो । मोदीहरुले पनि आफ्नो गल्तीको महसुस गरिसकेको हुनुपर्छ । उनलाई पनि नेपालसितको दुस्मनी हात्तीलाई कमिलासितको दुस्मनीजस्तै महँगो पर्नेछ । सुँडभित्र पस्यो भने के गर्ने ? तसर्थ दुवै पक्ष मिलेर जाँदा नै दुवैको कल्याण छ ।

    पत्रकारको पार्टी हुन्छ ?
    — रामप्रसाद खनाल

    पहिलेको र अहिलेको पत्रकारितामा अलिकति फरक पन आउन थालेको छ । पढेलेखेका युवायुवती पनि पत्रकारिता क्षेत्रप्रति आकर्षित हुन थाल्नु सुखद कुरा हो । तर सँगसँगै चरम विकृति पनि सुरु हुन थालेको छ जुन दुःखदायी छ । केही स्तरीय पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई छोडेर अरूलाई हेर्नुस् अधिकांशको हाल बेहाल छ । अहिले त अनलाइन आतंकनै छ, अनलाइन आतङ्कका अलावा फेसबुक, ट्वीटर, यु ट्युब, अन्य सामाजिक सन्जालमा गरिने अत्यन्त चिप पत्रकारिताको आतङ्कले मान्छेलाई हैरान पारिसकेको छ । सँगसँगै विकृति, बिसंगति बढेर गएको छ, विभिन्न खाले अपराध पनि बढेको सबैलाई अनुभव भएकै होला ।
    आशा गरौँ नयाँ पिँढीले पत्रकारिताको धर्म नबिर्साउन् । तर नयाँ पिँढीमा पनि ब्वाँसाहरुको सङ्ख्या बढ्दै जानु अत्यन्त दुःखद छ । ब्वाँसाहरु अनलाइन, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा त्यत्तिकै सक्रिय देखिन थालेका छन् । असलहरू लाई सिध्याउने, राम्रालाई नराम्रो बनाउने, नराम्रालाई राम्रो भनाउने, लोकसंस्कृति, परम्परा, नेपाली पन, नेपाली मनलाई ध्वंस गर्ने, मोडलिङका नाममा चेलीबेटी नङ्ग्याउने, अनुशासन, मर्यादा सब बर्बाद पार्ने, छाडा, नाङ्गाभुतुङ्गाहरूलाई हाइलाइट गर्ने, असल र वास्तविक, अग्रज, उदाहरणीय मान्छेहरूलाई ओझेल पारिदिने, हरेक क्षेत्रमा सडकछापहरुलाई किङ र क्विन बनाइदिने, किङ र क्विनलाई गुमनाम पारिदिने, अबमूल्यन गरिदिने, नक्कलीहरूका बकबकले पेज भरिदिने पत्रकारिता असाध्यै डरलाग्दो गरी अगाडि आएको छ । यस्तो देख्दा लाग्छ – यस्तो भएपछि पत्रकारिता कसरी मर्यादित र वजनपूर्ण होस् !
    सूचना विभागले दिने अनुदान खान ५० प्रति पत्रिका छाप्ने, हेडिङ चेन्ज मात्र गरेर छाप्ने, ब्ल्याकमेलिङको साधन बनाउने र आफूलाई पत्रकार भनाउने, सूचना विभागको कार्ड भिर्ने तर डुङडुङी गन्हाउनेको सङ्ख्या ह्वात्तै बढेर जाँदा वास्तविक पत्रकार र पत्रकारिता निरीह बन्दै गएको छ । पार्टी, नेता, गुटका मिडियाहरू ९५ प्रतिशत छन् भने ५ प्रतिशत मात्र होलान् स्वतन्त्र ! कुन्नि त्यो पनि, अझ मुस्किल होला !
    सूचना विभागको तथ्याङ्क हेर्दा अवस्था कहालीलाग्दो छ । पत्रपत्रिका बजारमा देखिन्नन् तर अनुदान बुझिरहेका छन् । छ सात सय रेडियो स्टेसन, तीन दर्जनभन्दा बढी टेलिभिजन, पत्रपत्रिका त कति हो कति ! त्यसमाथि अहिले अनलाइन उस्तै । यति सानो देश, उद्योग व्यापार बढ्दो होइन घट्दो छ । विज्ञापन घट्दो छ । आयस्रोत भनेको विज्ञापन । त्यो नभै कसरी चल्छन् यती विधि मिडियाहरू ? उत्तर एउटै छ त्यहाँ साढे तेत्तीस किलो सुनवाला पुलिसदेखि तस्करसम्मको योगदान छ । पत्रकारितामा झनै भ्रष्टाचार मौलाएको छ । शङ्कै छैन ।
    अझ एमालेका पत्रकार प्रेस चौतारीमा, काङ्ग्रेसका पत्रकार प्रेस युनियनमा, प्रचण्ड गुटका पत्रकार क्रान्तिकारीमा रे । मधेशबादीदेखि जातजातीवादीसम्मका सबैका आआफ्नै राजनीतिक पत्रकार सङ्घ सङ्गठन ! पत्रकार समाजका चौथो अङ्ग रे ! नापियो चौथो अङ्ग !! बरु चुत्थो अङ्ग भने हुने भएको छ । पत्रकारको पनि पार्टी हुन्छ ? यो त स्वतन्त्र पत्रकारिता होइन, पार्टी पर्चाकारीता हो ।
    जुन गोरुको सिङ छैन त्यसको नाम तिखे भनेझैँ रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन् ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोषित पत्रकार बनेका केही नयाँ जोगीहरू र तिनका पत्रकारिता अनि सानहरू देख्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन्छ । नेपालमा र अन्य देशमा जस्तै अमेरिकामा पनि नेपाली पत्रकारितालाई भाइरस लागिसकेको छ । समयमै औषधी गरिएन भने भाइरसले केके गर्ने हो, हेर्न बाँकी नै छ ।
    यहाँभन्दा बढी नभनौँ । यो मेरो तीस वर्षको पत्रकारिताको सानो अनुभवले देखाएको अति सानो चित्र मात्र हो । यसभित्र जाँदा त निस्किनै गाह्रो छ । जे होस्, विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अवसरमा संसारभर छरिएर रहेका सबै वास्तविक पत्रकारहरूमा हार्दिक सम्मान र शुभकामना । पत्रकारिता, कर्तव्य गर्दागर्दै ज्यान गुमाउने, अङ्गभङ्ग हुने, जेल पर्ने सबैप्रति सगरमाथाभन्दा उचो सम्मान । प्रेस स्वतन्त्र हुन सकोस्, विश्वसनीय बन्न सकोस्, कामना । पत्रकारिताको नाममा, आवरणमा हुने अनैतिक क्रियाकलाप अन्त्य होस्, यो पनि कामना । पत्रकारिता समाजको वास्तविक चौथो अङ्ग बन्न सकोस्, हार्दिक शुभेक्षा । (बीआरटी नेपाल)

    अबको नेपालको परराष्ट्र नीतिको प्राथमिकता
    — प्रा. डा. जयराज आचार्य

    एकात्मक हिन्दू अधिराज्य नेपाल सङ्घीय गणतन्त्र धर्मनिरपेक्ष देश भएको छ । यो देश संसदीय गणतन्त्रबाट जनगणतन्त्र नेपाल बन्ने दिशातिर जान पनि सक्छ । यो नेपालको आन्तरिक राजनीतिमा आएको ठूलो परिवर्तन हो । लिच्छवि, मल्ल, शाह र राणा तथा पुनः शाहवंशीय शासनहरू इतिहासका पानामा सीमित हुन पुगे । हामी नयाँ नेपाल निर्माण गर्ने कुरा गरिरहेछौँ । यस प्रसङ्गमा हाम्रो परराष्ट्र नीतिसम्बन्धी सोच पनि स्पष्ट हुनु आवश्यक छ ।
    परराष्ट्र नीतिका दुई प्रमुख उद्देश्य राष्ट्रिय सुरक्षा र राष्ट्रिय विकास हुन् । चीन र भारतबीच रहेको र आर्थिक दृष्टिले कमजोर नेपालले राष्ट्रिय सुरक्षाको सवालमा बाहिरी शक्तिहरूको खेलबारे सोच्नैपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध शक्तिको खेल हो र कूटनीति एक प्रकारको शीतयुद्ध हो । शक्तिशालीहरू जे मन लाग्यो त्यो गर्छन् र कमजोरहरू जे गर्छन् बाध्य भएर गर्छन् । हामीले नेपालको राष्ट्रिय सुरक्षाका बारेमा सोच्ता हाम्रो परराष्ट्र नीतिका प्राथमिकताबारे नसोची नहुने अवस्था छ । अबको नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता देशको आर्थिक र सामाजिक विकास नै हो ।
    मानिसहरू सोध्छन् आर्थिक–सामाजिक विकास भनेको आन्तरिक मामिला वा गृहनीतिको विषय होइन ? यस कुरालाई परराष्ट्र नीतिसित किन जोड्न पुगेको ? हो, आर्थिक र सामाजिक विकास गृहनीतिकै विषय हो । तर नेपालजस्तो गरिब देश आर्थिक र सामाजिक दृष्टिले सम्पन्न नभई परराष्ट्र सम्बन्धमा मात्र चातुरी देखाएर सुरक्षित रहिरहन सक्तैन । गृहनीति साध्य हो, परराष्ट्र नीति साधन हो ।
    परराष्ट्र नीति गृहनीतिकै विस्तार हो । हाम्रा पुर्खाले हामीलाई राजनीतिक रूपमा एकीकृत नेपाल छोडेर गएका छन् । तर आर्थिक दृष्टिले विपन्न नेपाल विखण्डन हुने खतरामा छ । एकातिर प्रादेशिक सरकारको सञ्चालनका लागि वल्र्ड बैङ्कको आर्थिक सहयोग लिने कुरा सुनिन्छ, अर्कोतिर प्रादेशिक स्वायत्तताको नारा पनि सुनिन्छ । यसको कारण राजनीतिक असन्तुलनभन्दा आर्थिक असन्तुलन र अविकास हो ।
    नेपाललाई सैनिक सुरक्षाभन्दा बढी आर्थिक सुरक्षा आवश्यक छ, सन्तुलित एवं उत्पादनशील राष्ट्रिय अर्थतन्त्रको विकास आवश्यक छ । राजनीतिक प्रगति यसरी हुनुपर्छ कि त्यसमा सबैको समावेश तथा समृद्धिमा समानुपातिक सहभागिता होस्, सबैले समानुपातिक प्रतिफल पाऊन् र प्रत्येक नेपालीले राष्ट्रिय जीवनका सबै पक्षमा आफ्नो हित गाँसिएको अनुभव गरोस् । त्यस प्रकारको आर्थिक–सामाजिक विकासविना देश सुरक्षित हुन सक्तैन । राज्य पुनःसंरचनाको अभियान राज्य–विखण्डनमा परिणत हुन सक्छ । नेपाललाई राष्ट्रिय सुरक्षामा खतरा देशबाहिरबाट होइन, देशभित्रैबाट बढी छ ।
    आर्थिक–सामाजिक विकासलाई यति जोड दिएर सर्वोच्च प्राथमिकतामा राख्नुका दुई–तीन कारण छन् । पहिलो कारण, यो हाम्रो ऐतिहासिक आवश्यकता हो र राष्ट्रिय एकीकरण गर्ने पुर्खाले आफैँ गर्न नभ्याएर हामीलाई छोडेको बाँकी काम हो । परराष्ट्र नीतिको प्रमुख उद्देश्य राष्ट्रको स्वाधीनता हो, त्यो आधाउधि भए पनि बचेकै छ । तर हामी अझै असुरक्षित अनुभव गर्छौं र छिमेकीहरूले हाम्रो देश खालान् कि अथवा अनुचित थिचोमिचो गर्लान् कि भन्ने भय हामीलाई भइरहेको छ । किनकि हामी आर्थिक दृष्टिले पराधीन छौँ । नेपालभन्दा तीन गुना सानो भूपरिवेष्ठित पहाडी देश स्विजरल्यान्ड भारतभन्दा ठूला अर्थतन्त्र भएका देशहरूले घेरिएर रहेको छ तर ऊ असुरक्षित अनुभव गर्दैन । किनकि स्विजरल्यान्ड आफ्ना छिमेकीहरूभन्दा आर्थिक–सामाजिक दृष्टिले विकसित छ । प्रतिव्यक्ति आयका हिसाबले ऊ विश्वमै एक नम्बरमा छ । सानो भए पनि ऊ नेपालजस्ता देशको दातृराष्ट्र बनेको छ ।
    दोस्रो कारण, नेपालको राष्ट्रिय एकीकरण गर्दा यस अभियानका नेता पृथ्वीनारायण शाहले देशको आर्थिक–सामाजिक विकास भएन भने देश सदा असुरक्षित रहनेछ भनेर देशको आर्थिक विकासका उपाय बताएका थिए । तर ती उपायको हामी अनुसरण गरिरहेका छैनौँ, उल्टो तिनको उपेक्षा गरेर, विदेशीसित सहायता मागेर र विदेशी लगानी ल्याएर देशविकास गर्ने कुरा गरिरहेका छौं ।
    २००७ सालको क्रान्तिपछि नेपालको राष्ट्रिय आवश्यकता आर्थिक–सामाजिक विकास थियो । क्रान्तिपछिका नेताहरूले त्यो कुरा बुझेका थिए । २०१२ सालमा टङ्कप्रसाद आचार्य मन्त्रिमण्डलले प्रथम पञ्चवर्षीय योजना बनायो र राष्ट्रिय योजना आयोग खडा ग¥यो । प्रथम निर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाको सरकारले प्रथम पञ्चवर्षीय योजनालाई निरन्तरता दिनुका साथै थप योजनाहरू पनि लागू ग¥यो । त्यस सरकारले राष्ट्रको आन्तरिक आर्थिक–सामाजिक विकासविना राष्ट्र कमजोर रहन्छ भन्ने तथ्यलाई आत्मसात गरी भूमिसुधार, राजारजौटा प्रथा उन्मूलन, बिर्ताप्रथा उन्मूलन, गुठी जग्गाहरू रैकर गर्ने, २२०० प्राथमिक विद्यालय खोल्ने, त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने आदि कदम चाल्यो । तर २०१७ पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था भङ्ग गर्दा त्यस आर्थिक–सामाजिक विकासको अभियानमा ब्रेक लाग्यो । राष्ट्रिय सुरक्षाको अत्यावश्यक पूर्वसर्त आर्थिक–सामाजिक विकासको काम थाती रह्यो ।
    तेस्रो कारण, २०४६ सालको जनआन्दोलनले पञ्चायती शासन समाप्त गरेर बहुदलीय व्यवस्थाको प्रतिष्ठापन गरेपछि ऐतिहासिक रूपमा अवरुद्ध आर्थिक–सामाजिक विकासको प्रक्रियालाई पुनः युद्धस्तरमा चालु गर्नुपर्दथ्यो, त्यो भएन । आर्थिक–सामाजिक विकासको अभियानको अत्यावश्यकतालाई हामीले अझ आत्मसात गरेको देखिँदैन, किनकि त्यो अभियान थालिएकै छैन । हामी आर्थिक कूटनीतिको कुरा गरिरहेछौँ, तर हाम्रो आर्थिक कूटनीति वैदेशिक सहायता माग्न, विदेशी लगानीमा विद्युत र सडक–सन्जाल विकास गर्न र विदेशमा म्यानपावर निर्यात गर्नमा मात्र सीमित छ । नेपालमा जसले बढी वैदेशिक सहायता ल्यायो, त्यही सर्वश्रेष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ र बुद्धिजीवी ठहरिन्छ । तर आन्तरिक मानव संसाधन तथा प्राकृतिक सम्पदाको सदुपयोग नगरी वैदेशिक सहायताले मात्र विकसित भएको देश संसारमा कहीँ छैन । वैदेशिक व्यापारमा हामीले ठूलो घाटा सहनुपरेको छ । त्यो घाटा कम गर्ने पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने, जलविद्युत पैदा गरी त्यसको देशभित्रै सदुपयोग गर्ने, कृषिलाई बढी उत्पादनशील एवं गुणस्तरीय बनाउने, शिक्षा र स्वास्थ्यलाई समेत वैदेशिक मुद्रा आर्जन गर्न सक्ने व्यवसायका रूपमा विकसित गर्ने गर्न सकिन्छ । त्यसका लागि हाम्रो राष्ट्रिय नेतृत्वको सोचमा स्पष्ट प्राथमिकताहरू स्थापित हुनु आवश्यक छ ।
    अब हाम्रो राष्ट्रिय सुरक्षा या परराष्ट्र नीतिको दोस्रो प्राथमिकताको चर्चा गरौँ । त्यो भनेको हाम्रा दुई ठूला र बलिया छिमेकी भारत र चीनसितको सम्बन्धमा यथार्थपरक एवं मित्रतापूर्ण सन्तुलन कायम गर्नु हो । त्यसका लागि हामीले हाम्रा छिमेकीसित रचनात्मक, उत्पादनशील र पारस्परिक लाभको सम्बन्ध स्थापित गर्न सक्नुपर्छ । दुवै छिमेकी तीव्र आर्थिक विकासको गतिमा हिँड्न थालेको तीन दशक बढी भयो । त्यही अवधिमा हामीचाहिँ तीव्र राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वमा फस्यौँ । अहिले नेपाल र भारतको प्रबुद्ध समूहले सन् १९५० को विवादास्पद नेपाल–भारत शान्ति तथा मैत्री सन्धि संशोधन गर्नेलगायतका विषयहरूमा काम गरिरहेको छ । यी विषयलाई नेपालको भारतसितको सम्बन्ध नबिगारी कसरी टुङ्ग्याउने भन्ने चुनौती अहिलेको हाम्रो परराष्ट्र नीतिको प्रमुख चुनौती हो । कतिले गोर्खा भर्ती केन्द्रहरू बन्द गरिनुपर्ने कुरा उठाएका छन् । त्यो काम सम्पन्न गर्नु अर्को चुनौती हो ।
    नेपालको परराष्ट्र नीतिको तेस्रो प्राथमिकता भनेको हामीले संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । हाल संयुक्त राष्ट्रसङ्घको शान्तिसेनामा सिपाहीहरू पठाउने देशहरूमा छैटौंँ देश नेपाल भएको छ । त्यसले नेपाली सेनाका जवानलाई अन्तर्राष्ट्रिय शान्तिप्रक्रियामा सहभागी भई विशेष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय आमदानीमा पनि योगदान गरिरहेको छ । अनमिनलाई स्वीकार गरेर नेपालले संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आन्तरिक राजनीतिमा स्वीकार गरेको हो । संयुक्त राष्ट्रसङ्घको शान्तिसेनामा ठूलो मात्रामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा सफलताको पक्ष उजागर गर्दछ भने आफ्नै देशमा अनमिनको सक्रियता स्वीकार गर्नुले नेपाल आन्तरिक राजनीतिको समस्या समाधान गर्न आफैँ असक्षम रहेको कुरा देखाएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ ।
    संयुक्त राष्ट्रसङ्घमा हाम्रो भूमिका दोहोरो रहेको स्पष्ट छ । एकातिर हामी उसको काममा संलग्न छौँ, अर्कातिर ऊ हाम्रो देशमा आएर काम गरिरहेछ । शान्तिप्रक्रियाबाहेक नेपालको संयुक्त राष्ट्रसङ्घसितको सम्बन्ध भनेको नेपालले संयुक्त राष्ट्रसङ्घमा हस्ताक्षर गरेका मानव–अधिकारलगायत विभिन्न विषयका सन्धिहरूको पालना गर्नु पनि हो । द्वन्द्वकालमा र राजा ज्ञानेन्द्रले सत्ताग्रहण गरेपछि संयुक्त राष्ट्रसङ्घीय मानव–अधिकार आयोग आएर नेपालका पाँच विकासक्षेत्रमा अड्डा जमाएर बसेको थियो । हामी आफ्नो देशमा मानव–अधिकारको उल्लङ्घन गरेर अन्यत्र भएका मानव–अधिकारका उल्लङ्घनका घटनाहरूको भत्र्सना गर्दै हिँड्न सक्तैनौँ । हाम्रो संयुक्त राष्ट्रसङ्घसितको सम्बन्ध भनेको त्यहाँ हाम्रो सक्रिय भूमिकाका साथै हामीले पालना गर्नुपर्ने दायित्व पनि हो ।
    नेपालको परराष्ट्र नीतिको चौथो प्राथमिकता भनेको दक्षिण एसियाका अन्य राष्ट्रसितको सम्बन्धका साथै विश्वका शक्तिशाली राष्ट्रहरू संयुक्त राज्य अमेरिका, बेलायत, जापान आदिसितको सम्बन्ध पनि हो । छिमेकी राष्ट्र भारतको जनसङ्ख्यामा नेपालमा जस्तै हिन्दूहरूको बाहुल्य छ, यद्यपि दुवै देशमा मुस्लिम जनसङ्ख्या प्रशस्त छ । अलि परका छिमेकी पाकिस्तान र बङ्गलादेश घोषित मुस्लिम राष्ट्रहरू हुन्, जसको भारतसित सीमा जोडिएको छ । केही वर्षयता भारतमा भएका हिंसात्मक, आतङ्ककारी घटनामा पाकिस्तानका अतिवादी, मौलिकतावादी मुस्लिम सङ्गठनको संलग्नता रहेको कुरा भारतले भनिरहेको छ । मुस्लिम मौलिकतावाद अमेरिकी परराष्ट्र नीतिको प्रमुख चासोका रूपमा रहिआएको सन्दर्भमा र नेपालबाट कतार, युनाइटेड अरब एमिरेट्स, साउदी अरेबियालगायत खाडी मुलुकमा काम गर्न जाने श्रमिकहरूको सङ्ख्या लगभग तीस लाख रहेको अवस्था छ । यस अवस्थाबाट उत्पन्न हुने विविध किसिमका परिणामको सम्भावना र भारत, अमेरिकालगायत परम्परागत मित्रराष्ट्रसितको सम्बन्धको यथार्थबीच सन्तुलन कायम राखिरहनु नेपालका लागि अत्यावश्यक छ ।
    अमेरिकाको प्रशासनले भारत र चीनसित कस्तो सम्बन्ध राख्छ र त्यसले नेपालमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ । अफगानिस्तानमा अमेरिका र नेटो फौजले तालिवानविरुद्ध सैनिक कारबाही चलाइरहेको छ र पाकिस्तानमाथि पनि अमेरिकाको दबाब छ । आगामी दिनमा आर्थिक र व्यापारिक हितको संरक्षण गर्नुका साथै इस्लामिक मौलिकतावाद र आतङ्कवादी क्रियाकलापसित जुध्न अमेरिकाले भारत र चीन दुवैसित राम्रो सम्बन्ध राख्ने सम्भावना देख्न सकिन्छ । पाकिस्तानलाई उसको परमाणविक क्षमता र इस्लामिक राष्ट्रसितको विशेष सम्बन्धका कारणले एक्ल्याउने सम्भावना देखिँदैन । नेपालले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानजस्ता देशसितको सम्बन्धमा विचार गर्दा विश्वशक्तिराष्ट्र र अन्य दातृराष्ट्रसितको सम्बन्धमा पनि विचार गर्नुपर्ने हुन्छ ।
    सार्क भौगोलिक तथा राजनीतिक दृष्टिले भारतकेन्द्रित छ । सार्क सदस्य राष्ट्रहरू भारतका वरिपरि छन् र भौगोलिक, राजनीतिक, आर्थिक, सैनिक सबै दृष्टिले भारतभन्दा कमजोर छन् । पाकिस्तान मात्र भारतजस्तै आणविक शक्तिसम्पन्न राष्ट्र छ, तैपनि अन्य दृष्टिले सानै छ । सार्कको प्रभावकारिता नहुनुमा भारतको आफ्ना छिमेकीहरूसितको सम्बन्ध र पाकिस्तानसितको सम्बन्ध कारण रहेको छ । भारतको वैदेशिक व्यापारको कूल ५ प्रतिशत व्यापार उसका सार्क छिमेकीहरूसित हुन्छ । यस दृष्टिले सार्क प्रक्रिया सफल नहुँदा भारतका साना छिमेकीलाई मात्र होइन भारतलाई पनि पर्याप्त फाइदा हुन नसकिरहेको स्थिति देखिन्छ ।
    असंलग्न आन्दोलनको त्यस्तै हालत छ । सामरिक गुटहरूमा सामेल नहुने र विकासोन्मुख राष्ट्रहरूको आर्थिक हितलाई प्रवद्र्धन गर्ने उद्देश्यले असंलग्न आन्दोलन थालिएको थियो । सोभियत सङ्घको विखण्डन भएपछि र वार्सा सन्धि सङ्गठन ढलेपछि सामरिक गुटमा सामेल नहुने भन्ने कुरा त्यसै गतार्थ भयो । विकासोन्मुख मुलुकहरूको आर्थिक हितको प्रवद्र्धन पनि प्रभावकारी भएन । भारत–पाकिस्तान दुवै असंलग्न आन्दोलनका सदस्य हुन् तर दुईबीच तीनपल्ट युद्ध भयो र अर्थपूर्ण व्यापारिक आदानप्रदान हुन सकिरहेको छैन ।
    यी समस्याको बाबजुद नेपाल सार्क र असंलग्न आन्दोलनबाट हट्न सक्तैन । विगतमा नेपालले असंलग्नताको कुरा गर्दा विश्वस्तरमा देखिएको सामरिक गुटहरूमा संलग्न नहुने कुरा मात्र गरेन, भारत र चीनसित कसैको पक्षमा नलाग्ने र समदूरी वा समसामीप्य सम्बन्धको कुरा ग¥यो । सन् १९६२ को भारत–चीनको सीमायुद्धमा नेपाल कसैको पक्षमा नलाग्नाले दुवै छिमेकीलाई लाभ भयो होला । तैपनि नेपाल दैनिक जीवनका धेरैजसो कुरामा भारतमाथि निर्भर छ र हजारौँ नेपाली युवाहरू भारतीय सेनामा कार्यरत छन् । यसरी नेपालले आफ्नै राष्ट्रिय र क्षेत्रीय सन्दर्भमा असंलग्नताको व्याख्या गर्दा भारत र चीन दुवै छिमेकीसित यथार्थपरक, सन्तुलित एवं मैत्रीपूर्ण सम्बन्धको कुरा गर्नुपर्छ नकि समसामीप्य र समदूरीको कुरा । समसामीप्य र समदूरी भनेको स्थिरताबोधक र यान्त्रिक अवधारणा हो । नेपालको भारत र चीनसितको सम्बन्ध यान्त्रिक सन्तुलनको नभई जीवन्त, सिर्जनात्मक, गतिशील सन्तुलन हो । यसलाई हाम्रो भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक र व्यापारिक यथार्थले प्रभावित पारेको हुन्छ ।
    हामी नयाँ नेपालको निर्माण गर्ने कुरा गरिरहेछौँ । देशको नयाँ संविधानबमोजिम केन्द्र र प्रादेशिक संसद्हरूको चुनाव भएको छ । संविधानमा राष्ट्रको हितका लागि अनेकौँ अवधारणा समाविष्ट छन् । यस बेला परराष्ट्र नीतिको कुरा गर्दा निम्नलिखित कुरामा स्पष्ट हुनु आवश्यक देखिन्छ — (१) नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गर्न राष्ट्रको सन्तुलित आर्थिक–सामाजिक विकासद्वारा राष्ट्रिय एकतालाई सबलीकरण गर्ने, (२) त्यसका लागि छिमेकी राष्ट्रहरूसित यथार्थपरक आधारमा पारस्परिक आर्थिक लाभ र हितका लागि सहकार्यको नीतिमा अघि बढ्ने, (३) संयुक्त राष्ट्रसङ्घ र विश्वका सबै शान्तिप्रिय राष्ट्रहरूसित स्वाभिमानपूर्वक सहकार्य गर्दै मानवजातिको सुख, शान्ति र समृद्धिका लागि अघि बढ्ने ।

    भुराभुरी सडकमा सलल
    — पोष चापागाईं

    हिँड्दाहिँड्दै पर देखेँ पानी ।
    ‘त्यही हो लेकसाइड ?’ ‘हो ।’ ‘कत्रो छ ?’ ‘त्यो लेकसाइड वरिपरि सत्र किलोमिटर लामो चक्रपथ छ रे !’ ‘बाफ रे बाफ ! कति ठूलो !’ भनेँ ।
    टाढाबाट देखिने पानीको मजा लिन पानीको नजिकै पुग्यौँ । आहा, कति शीतल ! कति शान्त ! पूर्णेका मौन चन्द्रजस्तो ठाउँ । मध्यबजारको मध्यभागमा गाडी, साइकल, मोटरसाइकलको हर्न बजेको सुनिन्न त !
    मैले कसैलाई सोधेँ — ‘यहाँ गाडी ल्याउँदैनन् ?’
    उसले भन्यो — “साँझ निश्चित समयसम्म यहाँ कुनै पनि किसिमका बाहनहरू छिर्न पाउँदैनन् । बाहनलाई किन प्रतिबन्ध लगाएको हो भने त्यो निश्चित समयमा तरुनी–तन्नेरी, बुढाबुढी, केटाकेटीहरू यहाँ आएर निर्धक्क घुम्न, डुल्न, नाच्न, रमाइलो गर्न सकून् । सो निश्चित समय सकिएपछि सधैँ यहाँ गाडीहरू आउजाउ गर्छन् ।”
    मैले उसलाई यति सुनाएबापत धन्यवाद भनेँ ।
    हामी काँधमा झोला बोकेका लाहुरे हो कि तोरीलाहुरेहरू हनोईको लेकसाइडमा साँझ आठ बजेतिर घुम्दैछौँ । सडक छ मजाको । कतै ढुङ्गा छापेका फुटपाथ छन् मजाका । पर–तल झ्याम्म रूखमुनिको नीलो पानी हामीलाई देखेर औधी खुसी हुँदै डोलायमान हुँदैछ । पानी हल्लिन्छ हाम्रो प्रेमले । म हल्लिन्छु त्यहाँको अद्भुत प्राकृतिक सौन्दर्यले ।
    अग्ला झ्याम्म रूखमुनि अलिअलि उज्यालो छ बत्तीको । अलिपर झिलिमिली उज्यालो छ । नाच्तैछन् त्यहाँ बुढीआमाहरू आफ्ना बुढाबाहरूसँग । यो नाच्ने समूह चालीसदेखि साठी अड्कलेँ मैले । गीतको पर्रा छुटेको छुट्यै छ । के बुझ्नु भियतनामी गीत !
    तिर्खा लाग्यो । आधा बोतल पानी पिएँ । म बुढाबुढीको जीवनशैली देखेर यति हौसिएछु कि शरीरै तातेछ । नतातोस् पनि किन ! हामी नेपालीहरू उनीहरूको उमेरमा कि त कोठामा गुँडुल्किएर सुतिरहन्छौँ कि त ङार्रङुर्र र ठास्सठुस्स गरिरहेका हुन्छौँ ।
    वर्षाैंवर्षको युद्ध भोगेका भियतनामीहरूको रिल्याक्स गर्ने पथ मलाई मन प¥यो । म मानवलोकभन्दा माथि पुगेँ ।
    रोड खाली छ । खाली रोडको बीचमा हल्लिई–हल्लिई नाच्तैछन् बैँसले मात्तिएका चार–पाँच जोडी केटाकेटी । नाच्ने समूहलाई छेउमै उभिएका अरू मानिसले घेरेका छन् । छमछम मारुनी । हौ, कति लयात्मक पाराले नाचेका ! मजा लाग्यो ।
    म नाच्न जान्दिनँ । उहिले दिङ्लामा ठकुरीगाउँतिर नाच हेर्न जाँदा बाले लाठो लिएर खेद्नुहुन्थ्यो । कहिले नाच्नु ! कहिले सिक्नु ! तर उसै बेलादेखि मलाई नाचेको हेर्न मन लाग्छ । त्यस्तै ठ्याम्मै जान्दिन गाउन । तर अरूले सुरिलो भाकामा गाएको झमझमाएर मन पर्छ ।
    इन्डियाको मदिसे कताबाट खेलौना बेच्न भियतनाम पुगेछ । उस्तै लाग्यो । हो–होइन, बुझिनँ । ऊ बेच्तैछ विविध इलेक्ट्रिकल र ननइलेक्ट्रिकल खेलौनाहरू । प्लास्टिकको सर्प कुदायो मेरो अघि । म झसङ्ग भएँ ।
    अव्याहत गति (नरोकिईकन) म विविध नृत्य हेर्दैछु । नृत्य र गीतको भाषा र भाका नबुझे पनि स्वरमाधुर्य र लय कर्णप्रिय लाग्छ ।
    हेर्दैछौँ । हिँड्दैछौँ । सुन्दैछु म । अलि पर पुग्यौँ ।
    हौ, केउधि केटाकेटी ! सबै नानीहरू खेल्न व्यस्त छन् । गार्जियनहरू पर उभिएर छोराछोरीको चर्तिकला हेर्दैछन् । २ वर्ष, ३ वर्ष, ४ वर्षदेखि ८–१० वर्षजतिका भुराभुरी उड्दैछन् मोटर साइकलमा, साइकलमा, कुन्नि अरू केके हुन् ! खेलौनाहरू प्लास्टिकका । कुदाइरहेका छन् रोडमा ।
    छताछुल्ल पोखिएको बाललीला देखेर यो कान्छो रमायो । युद्धको घाउ कोट्याउँदा–कोट्याउँदा हत्तुहैरान भएका भियतनामीहरूले प्रयोग गरेको बाँच्ने जीवनशैली मन प¥यो मलाई ।
    अँ, म हनोईचोकमा घुम्दाघुम्दै काठमाडौँ पुगेँ स्वाट्टै । गौशालादेखि पशुपति हुँदै गुह्येश्वरीसम्मको पीच सडकमा बेलुका चार बजेदेखि सात बजेसम्म कुनै पनि बाहन लान–ल्याउन बन्द गराएँ । मैले नसके सरकार गुहारेर आउजाउ बन्द गराएँ । यो क्षेत्रलाई यातायातमुक्त मनोरञ्जनस्थल घोषणा गराएँ । एक–दुई हप्ता लोकप्रिय गायक–गायिकालाई त्यहाँ गाउन अनि नाच्न बोलाएँ पैसा तिरेर । घरमा घोत्लिएर, जुम्रा टिपेर, कचकच गरेर बस्ने बाआमाहरू त्यहाँ आएर सुन्न थाले, हेर्न थाले, घुम्न थाले । हुँदाहुँदा त्यहाँ बुढाबुढी र केटीकेटीको सधैँ भीड लाग्न थाल्यो ।
    (यो मेरो त्यति बेलाको कल्पना हो ।)
    फेरि म हनोई फिरेर घुम्दैछु । साइकलमा गुडुडु कुदिरहेका नानीहरूलाई त्यहीँ छोडेर म अलि पर पानीको डिलमा गएँ । झ्याम्म रूखका टुप्पामा बत्तीको उज्यालो छिर्दा उन्मुक्त युवती खितिती हाँसेजस्तो लाग्यो । रमाइलो हाँसो ।

    मैले किन पुस्तकहरू लेखें ?
    — गणेशबहादुर खत्री

    मैले मेरा बालकथात्मक सिर्जनाहरू साना–साना बालबालिकाहरूलाई केही कुरा सिकाऊँ भन्ने उद्देश्यले लेखेको हुँ । आजका बालबालिकाहरूले नै भविष्यमा समाज र देशको सञ्चालन गर्नुपर्र्ने हुन्छ । उनीहरू शारीरिक, मानसिक र बौद्धिक रूपमा सक्षम तथा योग्यता, सीप र क्षमताले सम्पन्न भएका बन्न सके मात्रै उनीहरूको भविष्य उज्यालो हुन्छ । उनीहरूको भविष्य उज्यालो हुनु भनेको उनीहरूले समाज र देशका लागि भलो हुने काम गर्न सक्नु हो । त्यसैले उनीहरूलाई समाज र देशका लागि योग्य बनाउनका लागि मैले कथाहरूको सिर्जना गरी उनीहरूलाई सुम्पिन खोजेको हुँ । कथाहरू कस्ता भए, बालबालिकाहरू र विज्ञ व्यक्तिहरूले मूल्याङ्कन गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ।
    नेपाली किशोर र युवा मस्तिष्कलाई जीवनमा गर्नुपर्ने कर्तव्यको बोध गराउन, सही र गलत प्रवृत्ति छुट्याउने बनाउन, गर्न हुने र नहुने काम सिकाउन र खराबीहरूबाट बचेर असल मार्गमा हिँड्न प्रेरित गराउन मैले निबन्धसङ्ग्रह र गीत–कवितासङ्ग्रह तयार पारेको हुँ । मेरो निबन्धसङ्ग्रह र गीतसङ्ग्रहभित्र राखिएका निन्ध तथा कविता–गीतहरूले र ती सङ््रग्रहका बारेमा लेखिएको मन्तव्यले नै धेरै कुरा जानकारी दिने भएकाले यहाँ मैले अरू केही लेखिरहनु आवश्यक छैन ।
    नेपाली युवा पाठकका लागि कथासङ्ग्रह र बोद्धिक पाठकका लागि महाकाव्य पनि मैले लेखेको छु । ती पुस्तकहरूलाई पाठकवर्गले राम्रै मानेका छन् ।
    मैले लघुकाव्य पनि लेखेँ । त्यो मेरो पन्ध्रौँ साहित्यिक कृति हो । त्यो कृति नेपालीभाषी पाठकसामु चढाउन पाएकोमा मलाई अत्यन्त हर्षको अनुभव भएको थियो । त्यस लघुकाव्यमा दुई भाग छन् । पहिलो भाग मैले निकै पहिले लेखेको थिएँ । त्यसको दोस्रो भाग छिटै पूरा गर्छु भन्दाभन्दै म ‘खुलाल खत्रीको खोज’ पुस्तकतिर लागेँ र दोस्रो भागको लेखन थाती रहन गयो । त्यो पुस्तकको पाण्डुलिपि तयार भएपछि मात्रै मैले त्यस पुस्तकको दोस्रो भाग लेख्न सकेँ । त्यसैले त्यस पुस्तकको प्रकाशन केही ढिलो भयो ।
    मैले नेपाली साहित्यलाई दुईवटा नाटककृति उपहार दिएको छु । पहिलो नाटक लेखेर प्रकाशन गराएको धेरै वर्षपछि दोस्रो नाटक प्रस्तुत गरेको हुँ । यस नाटकमा भूमिका लेख्न दिँदा बाह«ौँ दृश्यसम्म लेखिसकिएको थियो, पछि अन्तिमका दुई दृश्य थप गरिएको हो ।
    मैले कवितासङ्ग्रह पनि प्रकाशित गरेको छु । त्यस सङ्ग्रहमा मेरा गद्यकविताहरू सङ्कलित छन् ।
    वंशको गौरवगाथा मासिएमा कुलको गौरव र श्रेय के–कस्तो छ र थियो, भावी सन्तानहरूले पत्तो पाउँदैनन् । कुनै वंशलाई मास्नुपर्दछ भने त्यसका वंशको गौरवगाथा मासिदिनुपर्दछ, तत्पश्चात् त्यो वंशका सन्तान मणिहीन नागजस्तै हुन्छन् । पुर्खाहरूको गौरवगाथा सन्तान–दरसन्तानसम्म नपुगोस्, ज्ञात गर्न नसकून् भन्ने उद्देश्यले प्रतिस्पद्र्धामा रहेका अन्य कुल–वंश, जो तागतदार थिए र छन्, ती अर्को वंशको गाथा नामेट गर्न प्रयासरत रहन्छन् । कतिसम्म मटियामेट पार्न चाहन्छन् भने त्यसको कुनै पनि चिह्न नरहोस्, त्यसको छेउ, टुप्पो, फेद केही पनि थाहा नहोस्, समाउने हाँगो र टेक्ने खुड्किलो पनि नरहोस् र ती सबै मासियून् । कतिसम्म खोतलखातल गर्दछन् भने त्यसैका कारणबाट त्यस वंशको जरोमुलो नरहोस्, त्यसको कुनै चिह्न नरहोस्, नदेखियोस् र नभेटियोस् । यो प्रक्रिया भएगरेका वृत्तान्तहरू पाइएका छन् ।
    मणिविहीन नागलाई कसले गन्छ र ! ती आकारका मात्रै नागसरह व्यक्तिहरू पनि निस्तेज हुन्छन् । किनभने तिनको वंशको गौरवगाथा धमिलिएको हुन्छ, हराएको हुन्छ । गौरवगाथा भएको वंशको व्यक्तिका सामुन्ने त्यस्तो कुनै व्यक्ति जुनसुकै पदमा पुगे पनि सोसरह हुँदैन वा त्यसभन्दा सानो पदको भए पनि उसको वंशगौरवको चमकका सामुन्ने अर्काे व्यक्तिको मन कमजोर भएको हुन्छ । गौरवगाथावर्णित व्यक्ति सूर्यजस्तै तेजिलो हुन्छ, आफूचाहिँ हीन भावनाबाट ग्रसित भई तुवाँलोको सूर्यजस्तै मलीन हुन्छ ।
    आफूले वा आफ्ना सन्तानले वंशका गौरवगाथाहरू अवगत गर्नु–गराउनु सबैको कर्तव्य हो । आफ्नो वंशवृत्तान्त छैन भने त्यसको अनुसन्धान गरी–गराई तयार पारेर सिरानीमा राखिराख्नुपर्छ । त्यसले आफ्ना भावी सन्तानहरूका लागि जीवनको दरो लौरो भई आत्मबल बढाउन ठूलो सहायता गर्छ ।
    हाम्रा पुर्खाका कतिपय गौरवगाथाहरू नदेखिएका र छिपाइएका मात्र नभई दबाएर नष्टभ्रष्ट गर्न खोजेका पनि धेरै छन् । तिनलाई प्रकाशमा ल्याउन दबिएको समुद्रमा डुबुल्की मारेर मोती निकालेझैँ निकाल्नुपर्दछ । यो हाम्रो कर्तव्य र धर्म हो । त्यसैले मैले ‘खुलाल खत्रीको खोज’ पुस्तक लेखेको हुँ ।
    हामी इक्ष्वाकुकुलका रघु, वचनका परिपक्व राजा दशरथ, सदैव आदर्शको तेज झल्काउने आदर्शयुक्त र जीवनजगत्को ज्योति फैलाउने रामचन्द्र तथा शान्तिका अग्रदूत गौतम बुद्धका सन्तान–दरसन्तान हौँ । तिनैका चरित्रहरूलाई हृदयङ्गम गरी अघि बढ्नु हाम्रो पुनीत कर्तव्य हो ।
    छोटो अनुसन्धानका क्रममा खुलाल खत्रीहरू विशाल गाउँका रूपमा स्याङ्जा जिल्ला भीरकोटमा र केही पर्वतमा, बागलुङमा, उदयपुरको लामामा, ताप्लेजुङमा, सिराहामा र सप्तरीमा पनि हुनुहुन्छ भन्ने देखिएको छ । यसबारे विस्तृत अनुसन्धान गर्नुपरेको छ । पनौती, भङ्गाल, सुन्थान, ललितपुर, दोलाहिटी, चुनिखेल, धुनीबेँसी, नौबिसे र कपनमा पनि रहनुभएको छ । अन्यत्र पनि हुनुहोला । यो खोजकै विषय हो ।
    यस पुस्तकमा हाल नलिनचोकमा रहेका खुलाल खत्रीहरूको भेटेसम्मको वृत्तान्त छ । यसभन्दा बढी कसैले थाहा पाएको भए यस लेखकलाई लेखी पठाउनुहोला, अर्को संस्करणमा परिष्कृत गरिनेछ । आफूले नै यसका त्रुटिहरू उल्लेख गरी समालोचना वा आलोचनासहित पत्र पठाए वा पत्रिकाहरूमा छुट्टै प्रकाशित गरिदिए कृतज्ञ हुने थिएँ । किनभने त्यो अनुसन्धानको क्रम हो र सम्पूर्ण बन्धुहरूको साझा कर्तव्य हो ।
    यस पुस्तकमा उल्लेख भएदेखि बाहेक पहिलेका पाइएका वा नपाइएका पुस्ताहरूको अनुसन्धान पनि गरिँदैछ । जाँगर चलाउनेहरूले यसतर्फ आफ्नो बुद्धिविवेक र कलम चलाएमा कुलको गौरव बढ्नेछ । यस विषयमा पछिका पुस्ताहरूले पनि कलम चलाउनुपर्छ । भविष्यका पुस्ता–पिँढीहरू यसतर्फ अघि बढ्न सक्नुपर्छ । किनभने वंशवृत्तान्त भनेको कुल र देश–विश्वकै सम्पत्ति हो ।
    खुलाल खत्रीहरू नलिनचोकमा आपसमा मिलिजुली रहेका छन् । उनीहरूबीच आपसमा झैझगडा छैन । यसअघि केही विवाद त भए होलान्, तर त्यो यत्रो विशाल परिवारका लागि नगण्य हो । प्रस्टवक्ता, जालझेल नगर्ने र समन्वय गर्ने यहाँका खत्रीहरूको विशेषता हो । उनीहरू कसैले कसैमाथि भएगरेको अन्याय हेरिरहन सक्तैनन् । जहाँ जसले अन्याय गरेको भए पनि अन्यायकर्तामाथि बाघले झम्टेझैँ झम्टनु यहाँका खत्रीहरूको विशेषता हो । त्यो पनि हाल सभ्य र शिष्टतापूर्वक हुन्छ, बाघेझम्टाइ हुँदैन ।
    अन्वेषणको विधामा म अल्पज्ञ छु । त्यसैले त्रुटिहरू हुन सक्छन् । त्यसलाई सच्याइदिने जोसुकैलाई पनि हार्दिक धन्यवाद दिन्छु । त्रुटिहरू अर्को संस्करणमा सच्याउने र थपघट गर्ने वचनबद्धता जाहेर गर्दछु । मेरा पुस्तकहरूमाथि मन्तव्य व्यक्त गर्ने व्यक्तिहरू, सम्पादन गर्ने हरि मञ्जुश्री र र मेरा पुस्तकहरू प्रकाशन गरिदिने शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्दछु ।

    आफ्नो ठीक अरूको बेठीक ?
    — मुकुन्दप्रसाद उपाध्याय

    सनातन वैदिक धर्मका विशेषताहरूमध्ये पुनर्जन्मको सिद्धान्त पनि एक हो । पुनर्जन्मको सिद्धान्तलाई बल प्रदान गर्न र पुष्टि गर्न भगवान्ले विभिन्न अवतारहरू लिनुप¥यो । सनातन वैदिक धर्मको यो पाटोलाई पछि स्थापित विश्वका प्रायः सबै धर्महरूले प्रत्यक्ष–परोक्ष आत्मसात गरेका छन्, गर्नुपरेको छ । त्यो हिन्दूधर्मले विश्वधर्मलाई दिएको ठूलो योगदानका रूपमा लिन सकिन्छ भने यसका केही नकारात्मक पक्षहरू पनि छन् । पुनर्जन्म पुष्टि हेतु आएको अवतारवादले सम्प्रदायवादलाई जन्म दियो । सम्प्रदायवाद मौलाउँदै जाँदा यसमा कट्टरता र रुढिवादिता पनि प्रवेश ग¥यो । उँचनीच, छुवाछुत आदि विकृति र विसङ्गतिहरू सनातन वैदिक धर्ममा छँदै छैन । यो सम्प्रदायवादमा मौलाएको कट्टरवादको उपज मात्र हो । विश्व राजनीतिमा वाद (इज्म) को पृष्ठपोषण गर्न राजनीतिक दलहरू अस्तित्वमा आए । दलहरूभित्र गुट र उपगुटहरू मौलाउँदै जाँदा इज्म (वाद) चाहिँ ओझेलमा पर्दै जान थालेको स्थिति हिन्दूधर्ममा सम्प्रदायवादले ल्याएको सत्य हो ।
    नेपाल र भारतका विभिन्न धर्मगुरु, प्रवाचक, साधु–सन्तहरूको विचार पनि सम्प्रदायवादको प्रदूषणले आक्रान्तित देखिन्छ । आफ्नो दृष्टिकोण, आफ्नो सोच र आफ्नो पद्धति मात्र ठीक, अरू बेठीक अनि आफ्नो दृष्टिकोण, सोच र पद्धतिबाट मात्र धर्म प्राप्त हुन्छ, मोक्ष प्राप्त हुन्छ अन्य मार्ग र पद्धतिले चाहिँ विचलन ल्याउँछ भन्ने प्रमाणित गर्न तदनुसारका कथा, तदनुसारको शास्त्रीय वचन र तदनुसार गीताका श्लोकविशेषलाई उद्धरण गर्ने गरिन्छ । यो पङ्क्तिकारले सामना गरेका केही उदाहरणहरू यहाँ प्रस्तुत गर्दछु ।
    एकजना कुनै एक धार्मिक संस्थामा आबद्ध प्रौढ महिला हुनुहुन्छ । उहाँसँग सामान्य परिचय भएपछि उहाँले एक दिन उहाँको सम्पर्कमा रहेका एकजना गरिब असहायलाई म कार्यरत संस्थामा कुनै सानोतिनो जागिरमा लगाइदिने अनुरोध गर्नुभयो । अचेल जागिर त्यति सजिलो छैन । विज्ञापन खुलेको बेला प्रतिस्पद्र्धा गर्नुपर्छ । स्वस्थ प्रतिस्पद्र्धाबाट पारदर्शी ढङ्गबाट उमेदवार छनोट गर्नु हरेक संस्थाको संस्थागत कर्मधर्म पनि हो । मैले हाँसेर टार्ने गर्दथेँ । एक दिन उहाँले त्यही आग्रहलाई थप बल प्रदान गर्न धार्मिक उदाहरणको सहायता लिनुभयो र भन्नुभयो — ‘परोपकार नै परम धर्म हो । यस्ता दीनदुःखीलाई हेरे पो धर्म हुन्छ । पाठपूजा, ध्यान, जपतप र मन्दिर जाँदैमा धर्म हुन्छ र सर ?’ उनको धर्मको परिभाषामा अब जपतप, ध्यान, उपवास, मन्दिर दर्शन आदि धर्म नै भएन अरे । मैले हाँसेर टारेँ, प्रतिवाद गरिनँ । गर्न जरुरी पनि देखिनँ । यो त एक सामान्य धार्मिक भद्र महिलाको दृष्टान्त मात्र हो । अर्को एउटा दृष्टान्त पस्कौँ । एउटा व्यवस्थापकहरूको तालिम कार्यक्रम थियो एउटा स्तरीय होटलमा । तालिम दिने संस्थाले स्ट्रेस म्यानेजमेन्टको सन्दर्भमा एकजना आध्यात्मिक गुरु, विद्वान् चिन्तकलाई गेस्ट लेक्चरका लागि बोलाइएको थियो । एउटा लोकप्रिय धार्मिक संस्थाका सञ्चालक गुरुजीले लेक्चर दिने क्रममा पहिला सामान्य ध्यान गर्न सिकाउनुभयो । ध्यान क्रिया सकिएपछि उहाँले सोध्नुभयो — ‘कति आनन्द आयो, होइन त ?’ सबैले ‘हो, क्या आनन्द’ भने । अनि गुरुले यो आनन्द प्राप्त गर्न हामीले कुनै बत्ती बाल्यौँ त ? बालेनौँ । कुनै धूप सल्कायौँ त ? अहँ, सल्काएनौँ । अनि न त शङ्ख फुक्यौँ, न घण्टी नै बजायौँ । आनन्द प्राप्त ग¥यौँ । ईश्वर नै आनन्दका प्रतीक हुन् भनी सत्–चित्–आनन्दमय स्वरूपको आफ्नो व्याख्या पस्कनुभयो । ध्यान गर्नु–गराउनु, ईश्वर आनन्दमय हुन्छ भन्नुसम्म ठीक हो । तर ईश्वरप्राप्तिको सनातन एक मार्ग कर्मकाण्ड, एक पद्धति उपासना पद्धतिको विरोध गरेर त्यो पद्धतिबाट ईश्वरप्राप्ति हुँदैन भन्नुचाहिँ जरुरी थिएन । सम्पूर्ण धर्मको स्रोत मूल वेद नै कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्डको त्रिवेणी हो भने त्रिवेणी स्नान गर्नेले स्नान नगरिएको एक नदीचाहिँ बेकारको हो, अपवित्र हो भनेर भन्न मिल्छ र ?
    अर्को एउटा प्रसङ्गको पनि चर्चा गरिहालौँ । एकजना मित्र थिए जो मुस्लिम धर्मका आलोचक पनि । उनी भन्दथे — ‘मलाई यो मुसलमानहरूको अल्लाह ओ अकबर भनेर चिच्याएको मन पर्दैन । मानौँ उनीहरूका देवता, उनका ब्रह्म अलि बुढा भए, अलि कम सुन्छन्, कराएर बोलाउनुपर्छ । ईश्वर कम सुन्ने बहिरो हुन्छ र ?’ तिनै मित्रले एक दिन मलाई रामेछापको एउटा प्रसिद्ध तीर्थ लिएर गए । खिम्दीमाथि डाँडोमा थानापति महादेवस्थान रहेछ । त्यहाँ गएपछि उनले मन्दिरबारे थप वर्णन गर्दै भने — ‘यो महादेवलाई बहिरा महादेव पनि भनिन्छ । यहाँ आउने दर्शनार्थीले भाकल गर्दा, वर माग्दा कराएर माग्ने चलन छ ।’ उनले त्यसो भनिरहँदा मैले उनले केही वर्षअघि कुनै प्रसङ्गमा मुसलमानहरूले कराएर अल्लाह ओ अकबर भनेकोमा विमति जनाएको सम्झेर म हाँसेँ मात्र । मैले पनि मनैमन सम्झेँ देवाधिदेव महादेव, सर्वशक्तिमान्, ॐकारस्वरूप, ज्योतिस्वरूप, कणकणमा व्याप्त, सर्वेश्वर, परब्रह्म, परमात्मा, भगवान् शिव पनि बहिरा हुन्छन् त भनेर ।
    भनाइको तात्पर्य प्रस्थानत्रयअन्तर्गतकै एक मार्ग उपासना पद्धति, गीताका अनुसार भक्तिमार्गमा आराध्यदेव, इष्टदेव वा गुरुको उपासना गर्ने, प्रेमभक्ति प्रकट गर्ने पद्धति र शैली आआफ्नै हुन सक्छ । आफ्नो पद्धति र शैली अर्काको सँग नमिल्न पनि सक्तछ । तर अर्काको शैली बेठीक, मेरै मात्र शैली ठीक भन्नु हुँदैन कि ! सामान्य जीवनमा पनि पतिपत्नी, प्रेमीप्रेमिका, आमाबाबु, छोराछोरी, दाजुभाइ, दिदीबहिनी बीचको प्रेम, आदरभाव प्रकट गर्ने शैली पनि आआफ्नै हुन्छ । मेरा एकजना माइँलाबाले राणकालीन एउटा घरको कथा भन्नुहुन्थ्यो । एकजना सम्पन्न राणाजीका ४–५ भाइ छोराहरू रहेछन् । तीमध्ये एउटा एकदम पितृभक्ति प्रदर्शन गर्ने, हरेक दिन बिहान मातापितालाई चरणकमलमा साष्टाङ्ग प्रणाम नगरी अरू कार्य नगर्ने, मर्जी र बक्सियोस् जस्ता आदरार्थी शब्द मात्र प्रयोग गर्ने । एकजना सहरमा जागिर खाने (र हुनेखाने पनि) भाइले त्यस्तो पितृभक्ति प्रदर्शन नगर्ने तर कर्तव्य गर्न पछि नपर्ने, मातापितालाई ओखतीमुलो, तीर्थाटन गर्न सधैँ मदत गर्ने खालको थियो अरे ! मातापिता बृद्ध भएपछि छोराहरूबीच सम्पत्तिमा झगडा नहोस् भनेर आफ्नै जीवनकालमा न्यायसम्मत सबै भाइहरूमा बराबरी सम्पत्ति बाँडिदिएछन् । सम्पत्ति भागबन्डा भएपछि भक्तिभाव प्रदर्शन गर्ने, सधैँ खुट्टामा ढोग्ने छोरालाई अंशमा चित्त बुझेनछ र उसले जन्म दिने बाबुमाथि नै मुद्दा ठोकेछ । अनि बाबुआमालाई बाहिरी प्रेम, आदर प्रकट नगर्ने तर कर्तव्यपरायण छोराले चाहिँ मलाई पुग्ने कमाएको छु, यो पैतृक अंश बुबाले हजुरबुबाको नाउँमा कुनै मठमन्दिर बनाउन वा कुनै अक्षयकोष खडा गर्न मन लागे खर्च गर्दा हुन्छ भनेछ अरे !
    अर्थात् ईश्वरप्रणिधान, उपासना, भक्तिको आआफ्नै पद्धति र शैली हुन सक्छ । धर्मपिच्छे, सम्प्रदायपिच्छे फरक–फरक हुन सक्छ । आफ्नै पद्धति सबैलाई राम्रो लाग्छ, सहज लाग्छ, ठीक छ । तर अर्काको शैली र पद्धतिलाई बेठीक र गलत भनिनहालौँ कि भन्नेसम्म मात्र यो पङ्क्तिकारको विनम्र आग्रह हो ।
    यी सबै प्रसङ्गहरू यहाँ मैले किन पनि उठाएको हुँ भने हिन्दूधर्मको एक प्रमुख वैष्णव सम्प्रदाय श्रीकृष्णप्रणामी सम्प्रदाय हो । मूलतः निजानन्द सम्प्रदायका द्वितीय गुरु महामति प्राणनाथजीको आगमनपछि श्रीकृष्णप्रणामी सम्प्रदायका रूपमा चर्चित यो सम्प्रदायका प्रमुख व्यक्तित्व प्राणनाथजीको प्राकट्यको चतुर्थ शताब्दी महोत्सव बडो धुमधामका साथ मनायो श्रीकृष्णप्रणामी सेवा समिति नेपालले । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित नवतनधाममा २०७५ वैशाख ७ देखि १३ गतेसम्म भव्य कार्यक्रमहरूको आयोजना गरियो । महामति प्राणनाथजी महाराजको दृष्टिकोण, दर्शन र महान् वाणीहरू र तारतमसागरसमेतलाई हेर्दा प्राणनाथजी धार्मिक समन्वयवादी, सहिष्णु आध्यात्मिक गुरु हुनुहुन्थ्यो । उहाँको सारा जीवन हिन्दूधर्म, इस्लामधर्म र इसाईधर्मका बीच समन्वय गर्दैमा बित्यो । त्यसैले अहिलेको सम्प्रदायवादले जरो गाडेको, साम्प्रदायिक कट्टरता झाङ्गिएको वर्तमान विश्वलाई महामति प्राणनाथजीजस्तै समन्वयवादी सन्त–महात्मा, दार्शनिक व्यक्तित्वको खाँचो छ । त्यस अर्थमा हामी सबै आस्तिक जीवहरूले महामति प्राणनाथजीलाई स्मरण गर्दै नमन गर्नुपर्ने हुन्छ ।

    देवता र दर्शक दुवै गुमराहमा
    — हुचरा

    समय निकै भएकाले हामी पोखरामा वास मात्रै वसेनौं । विश्वशान्ति स्तुपा, वेगनासताल, मणिपाल कलेज, फेवाताल लगायत पोखराका ऐतिहासिक स्थलहरू घुम्यौं । वीस वर्षपछि पोखरा गएको फुलवारी (महेन्द्रपुल नजिकै) भने जानै सकिन । गजेन्द्र भण्डारीको मृत्युपछि मलाई त्यो ठाउँ विरानो लागिरहेको छ । कुनै वेला मेरो पानीपधेरो जस्तो ठाउँ विरानो भैदियो । त्यसका केही कारण छन् । आँगनमैं गएर पनि घरभित्र पस्नै सकिन, तै कसैले देखेन । साँझ होटल फर्कियौं ।
    फेवातालको किनारमा थियो होटल । खाना तयार भैसकेको थिएन । नारायण र म निस्कियौं बाहिर । म मकैप्रेमी, पोलेको मकै । काठमाडौंकै जस्तो जथाभावी फोहोर गरेर मकै पोलिन्थ्यो पहिले पहिले । अहिले पनि त्यस्तै होला भनेको त महानगरपालिकाले ठिगु¥याएर लैजाने रहेछ । एकजना युवक साइकलको पछाडि कोइला र कराई एकापटि, पोल्ने मकै अर्कोपटि, फाल्ने फोहोर राख्ने बोरा झुड्याएर मकै पोल्दै बिक्री गर्दै हिडेको दखियो । त्यो पनि लुकिलुकी । किन यसो गरेको भन्ने प्रश्नमा उसले जवाफ दियो, ‘नगरपालिकाले देख्यो भने समाउँछ, फोहोर गरेको भन्दै जरिवाना गर्छ’ । नभन्दै पोखराको फेवाताल वरीपरि सन्सारकै सबैभन्दा सफा र सुघ्र ठाउँ लाग्यो मलाई । म सिंगापुर र जापान बसेर आएको मानिसलाई अरु कुराले भन्दा पोखराको सफासुघ्घरले शान्त पा¥यो । फेवाताल खुम्चिएको कुरामा त कसैको दुई मत हुदैन, भूमाफियाहरूले फेताललाई हडपेकै हुन् । जायज नाजायज सबै ठाउँमा पक्की भवन निर्माण गरेर होटल सँचालन गरेका छन् । यसले भावि पुस्तालाई पार्ने असरप्रति कसैको चासो छैन । विगतका कमजोरीहरू सच्याउँन निकै कठिन छ । नयाँ सरकारले ध्यान दिए पनि ध्यान पुग्ने छाँटकाँट छैन । अर्को पोखराको विषेशता के पनि थपिएको रहेछ भने सबैभन्दा ठूलो त्यहाँको बाटो नयाँ सडक थियो तर अहिले फेवातालबाट सिधै पहाडतर्फ लाग्ने बाटो ६ लेनको बनेको रहेछ । यसले पोखराको सौन्दर्यलाई अरु सुगन्धित बनाएको महसूस भयो ।
    पोखाराको आरामदायि बसाईपछि बिहान उठ्यौं । स्नान र हेभी नास्तापछि उकालो लाग्ने कार्यक्रम थियो । मैले प्रस्ताव राखें विन्द्यवासिनीको मन्दीर घुमेर जाने । किनभने हामी धनन्जय गोत्रीहरूका कुलदेवता पनि हुन् बिन्द्यवासिनी माता । वंशावली तयार गर्दा मैले बिन्दबासिनी कसरी हाम्री कुलदेवता भइन् भन्नेबारेमा थारै अध्ययन गरेको थिएँ, भएको के रहेछ भने देवाधिदेव महादेवलाई भाँग, धतुरो, विष पिएर समुद्र मन्थन गरेपछि महिलाको आवश्यकता पर्ने रहेछ । छल, कपट र बहुल रुपधारण गर्ने बिष्णु यी बुढाले कहाँ के उपद्रो गर्छन भनि महिला रुप धारण गरी महादेवको पदमार्गमा बसेछन् । अति राम्री युबतीलाई देखेर महावेवको तेश्रो आँखा खुलेछ र उनको नाम बिन्धवासिनी राखेर महादेव अन्तरध्यान भएछन् । हामी उनै विन्धवासिनीका सन्तान भएकाले हाम्रा कुलदेवता भएकी रहिछन् । विश्वामित्र ऋषिले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन् । हामी बिहानै विन्धवासिनी मन्दीरमा पुग्यौं । तर त्यहाँको कृयाकलाप मलाई मन परेन । कारण के भने अहिलेको जमानामा मुर्तीलाई छोपेर राखिएको । श्रद्धालुहरूले घुम्टोभित्र लुकाइराखिएको अज्ञात वस्तुलाई भगवान भनेर ढोग्नुपर्ने । देवता र दर्शनार्थीलाई पनि गुमराहमा राखेर आय आर्जन गर्ने कस्ता गुरुवर्ग । यि कुराले मेरो मन खिन्न भयो । यो कुरालाई स्मरणमा लेख्नुवाहेक अरु के गर्न सकिन्छ र !
    त्यसपछि हाम्रो गाडि लाग्यो उकालो । जानुपर्ने विरेठाँटी हुदै तर रुपेसले साराङकोटको उकालो गाडि सिधै उकाले । तलको बाटो निर्माणाधिन भएकाले यो बाटो आएको बस्नेतको तर्क थियो । बाटो मरमत मुस्ताङसम्म हुदै रहेछ । नेपालको निर्माणको काम । अरु कति वर्ष लाग्ने हो ? भन्न सकिने स्थीति छैन । चीनसँग जोडिने आठ नाकामध्ये एक नाका लोमाङथाङ यसै अन्तरगत पर्ने भएकाले यो बाटोको महत्व आफ्नै रहेकाले बढी तर्क गर्नु उचित हुदैन ।
    हामी लुम्ले कृषि फर्म हुदै ओरालो के लागेका थियौं, त्यहाँ सडकको किनारमा मोदीखोला जलविद्युत योजना लेखिएको एउटा वोर्ड देखियो । नारायणले व्यङ्गप्रकार गरिहाले, ‘ओहो, जलविद्युत योजनाको नाम पनि मोदीको नामबाटै ?’ निकै ठूलो हासो भयो । मैले बचाउ गर्दै, यो योजना भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभन्दा निकै अगाडि राखिएको हो । यो खोलाकै नाम मोदी खोलो हो । गाडिमा नारायण र म मात्रै तर्कको खेती गर्ने भएर मात्रै अन्यथा निकै लम्विने थियो । हामी मोदी खोलामा मात्रै पाँचवटा निर्माणधिन आयोजना पार गर्दै पर्वत जिल्लाको सदरमुकाम कुस्मा पुग्यौ ।
    वारी जमुना, पारी जमुना भनेझैं वारी कुस्मा, पारी वागलुङ माझैमा कालीगण्डकी भन्दै हामी कुस्मातिर लाग्यौं । कुस्मा नपुग्दै कालीगण्डकीको रहेको स्यानो वस्तितिर रुपेशले गाडि छिराए । हामीलाई लाग्यो गाडि फोहोर भएर यिनले सफा गर्न आँटे, भोक लागिसकेको थियो । कुस्मा पुगेर कतिवेला खाना काने हो जस्तो भैसकेको छ । हाँसको फौज र कुखुराका चल्ला धपाउँदै किनारमा पुग्दा शेरचन भोजनालय भन्ने साइनवोर्ड देखिन्छ । यो खोलाको किनारमा को खाना खान आउला भनेको त फोनमा अर्डर गरेर दैनिक यात्रुहरू खाना खान आउँने रहेछन्, त्यो दिनको पहिलो पाहुना हामी रहेछौं । हामी आउँदैछौं भनेर कतिवेला खवर आयो भन्दा सराँङकोटको उकालो लाग्दा बस्नेतले फोनमा खस्याङमस्याङ गरेका थिए त्यतिवेलै भ्याइसकेका रहेछन् । हातमुख धोएर खान बस्यौं । खाना आयो । दल आयो । कति मीठो त्यो मुस्ताङको कालो सिमीको दाल । चिसो पानीमा पकाएको भातको स्वाद बर्णन गर्नैपरेन ।

    कविहरूलाई स्वर्णमुद्रा
    — कविप्रसाद प्याकुरेल

    राजा भोजको दानशीलता समृद्ध हुँदै जाँदा कलिङ्ग देशका कुनै कवि राजा भोजसँग एक महिनासम्म रहने योजनामा आए । एक महिना पूरा भयो, तर राजकृपा प्राप्त भएन । कलिङ्ग कविलाई राजकीय भोजन पनि जुरेन । सिकारमा रहेका राजासँग कविको भेट भयो । कविले भने — श्री राजा भोजको दृष्टि हुँदा तत्काल यी त्रय । शत्रु, शस्त्र, कवि कष्ट मृगको दृष्टिगोचर ।।६६।।
    कलिङ्ग कविले राजा भोजबाट तत्काल एक लाख स्वर्णमुद्रा प्राप्त गरे । सिकाररत राजालाई सिकारीपुत्रले पनि कविता सुनायो । सिकारीपुत्रलाई राजाले पाँच लाख स्वर्णमुद्रा प्रदान गरे । सिकारीपुत्रले आफ्नोभन्दा पाँच गुणा बढी स्वर्णमुद्रा पाएको देखेर कलिङ्ग कविले अर्को कविता सुनाए — कमल दल तिमीमा जेजति छन् तमाम । अविचलित श्री लक्ष्मी वास तिम्रै सदनमा । भ्रमर प्रभुकृपा श्री प्राप्त गर्छन् अनन्त । तिमी सदृश म रुन्छु दुष्ट दुर्भाग्य क्रूर ।।६७।।
    यो कविता सुनेपछि राजा भोजले कलिङ्ग कविलाई थप एक लाख स्वर्णमुद्रा प्रदान गरे ।
    कला श्री सर्व सम्पूज्य हो निन्दित कुलीनता । कलाश्रीको शुभ शोभा शिवको शिरमा सदा ।।६८।।
    कलिङ्ग कविसँग राजा भोजको काव्यचर्चा हुँदै गर्दा दर्जनौँ कविहरू त्यहाँ प्रवेश गर्दा पनि राजा प्रसन्न रहे । नवागत कविवर्गमध्ये एक कविले कमलको उपमा दिँदै भने — प्रदान वा उपभोग कृपणीको असम्भव । हातले स्पर्शता गर्छ युवतीको नपुंसक ।।६९।। कमल दल सुगन्धी चोरमा क्रोध व्यर्थ । भ्रमर गण मधुमा घुम्दछन् यत्रतत्र ।।७०।। याचक वर्ग देखेर सर्वदा जो प्रसन्न छ । उसको स्नेहको पात्र सर्वदा धन्य याचक ।।७१।।
    यसपछि दर्जनौँमध्ये एक कविले भने — सर्वाङ्ग रिक्त आएको भरिपूर्ण छ फर्कदा । सदा निश्चल सम्पन्न गरिमामय सागर ।।७२।।
    राजाले यी कविलाई पनि एक लाख स्वर्णमुद्रा दिए । परन्तु गोविन्द पण्डित उक्त कविमण्डलसँग रिसाए । रिसाएका पण्डितलाई हेर्दै दोस्रो कविले भने — हे उत्तम मार्गस्थित सरोवर । असङ्ख्य तिम्रा करग्राह दुष्कर । त्यसै हुनाले खल दुष्ट तस्कर । इत्यादिद्वारा तिमी छौ सुरक्षित ।।७३।।
    राजाले द्वितीय कविलाई दुई लाख स्वर्णमुद्रा प्रदान गरे । साथै उनले गोविन्द पण्डितलाई भने, “तपाईं सभामा रहन सक्नुहुन्छ, परन्तु द्वेषरहित अवस्थामा मात्र ।”
    बाँकी प्रत्येकलाई एकएक लाख स्वर्ण मुद्रा दिइएपछि कविवर्ग सन्तुष्ट भई राजधानी फर्के ।
    राजाले कुनै दिन प्रधानमन्त्रीसँग भने — भए यदि विप्र कुलादि मूर्ख । तत्काल यो राज्य त्यजेर निस्क । पण्डित छन् शूद्र र कुम्भकार । म पाउमा ढोग्दछु बारबार ।।७४।।
    राजाको यो घोषणापछि धारानगरीमा सर्वशास्त्र विशारद सर्वज्ञ पण्डितको सङ्ख्या हजारौँको थियो । त्यहाँ वररुचि, वाण, मयुर, रेफण, हरिशङ्कर, कलिङ्ग, कर्पुर, विनायक, मदन, विद्याविनोद, कोकिल, तारेन्द्रमुख आदिद्वारा भोजसभा अलङ्कृृत हुन पुग्यो । कुनै दिन विद्वत्वृन्द, विशारदवन्दित, कविशिरोमणि, कविप्रियबीच सिंहासनस्थ महाराजा भोजलाई दण्डवत् गरेपछि द्वारपालले बिन्ती गरे, “कुनै विद्वान् द्वारमा खडा हुनुहुन्छ ।”
    राजाले भित्र प्रवेशको आदेश दिए । नवागन्तुक ब्राह्मणले दाहिने हात उठाएर स्वस्तिवाचनपछि यस्तो संवाद भयो ः
    ब्राह्मण ः राजाको शुभ लाभ ! राजा ः शङ्कर कवि, यो पत्रिका हो कुन ? कवि ः पद्य । राजा ः खै त ? । कवि ः दिँदैछु भोज नृपते । राजा ः पढ्नुहवस् । कवि ः लौ पढेँ ।
    यस्तो दिव्य पवित्र सुन्दर तथा सत्चामर वल्लभ । राजा भोज भुज लता शुभकर झङ्कार श्री कौतुक । राजाको शुभ लाभ शङ्कर कवि के पत्रिका प्रस्तुत । पद्य खै त ? प्रदान भोज नृपमा पढ्नु सदा शाश्वत ।।७५।। समृद्ध पार्दै नृप भोजको यश । त्रिलोकमा अमृत स्वादु शीतल । त्यसै गरी यो हृदयावकाशमा । उदाउँछन् निर्मल पूर्ण चन्द्रमा ।।७६।।
    यो कवितापछि शङ्कर कविले राजा भोजद्वारा १२ लाख स्वर्णमुद्रा प्राप्त गरे । शङ्कर कविले १२ लाख पाएपछि अरू सम्पूर्ण कविको मुखमण्डलमा बादल लाग्यो । तर राजाको भयले कसैले केही भनेनन् । राजा पनि आफ्नै दरबार प्रस्थान भए ।

    मुक्तकहरू

    मोदी छौ अति नै अनिष्ट जहिल्यै नेपालका खातिर
    तिम्रो स्वागत–गेट नै ढलिसक्यो के हेर्दछौ वर्तिर
    तिम्रो भालतिरै त्रिपुण्डक ठुलो देखावटी सात्विक
    कप्टी हिर्दयमा हलाहल लिई नेपाल पस्छौ बिख ।
    — कोषराज न्यौपाने
    आफू भलो भो त जगत् भलो रे,
    उखान निर्णायकको थलो रे
    खराब छू भन्दछ को मनुष्य ?
    जो खोज्छ आफ्नै सुखको भविष्य ।
    — राधेश्याम भट्टराई
    नेपालीले अतिथिलाई देवताझैँ मान्छन्
    आफू दुःख पाए पनि सुख दिने भन्छन्
    कहिलेकाहीँ अतिथि नै आउँछन् दुःख दिने
    सतर्कता अपनाऊ विज्ञहरू भन्छन् ।
    — मुक्तिनाथ नेउपाने

    गाली गर्नेहरूको बिगबिगी
    — रोशन मञ्जुश्री

    पृथ्वीनारायण शाहले गोरखाबाट फौज लिएर नहिँडेका भए आज हामी पनि सायद ममता बेनर्जीको आदेशमा गोलीको सिकार हुन सक्तथ्यौँ । ‘नेपालीमा पढ्न पाउनुप¥यो’ भन्दै कराउँदै हुन्थ्यौँ । तर यहाँ तिनै पृथ्वीनारायणलाई गाली गर्नेहरूको बिगबिगी छ देशमा । पृथ्वीनारायण शाहको सम्मान गरौँ ।
    — कुलमान घिसिङ
    सांसदलाई कानुन नलाग्ने व्यवस्था संसारको कुन देशमा छ ?
    — बूँद राना
    उसले भन्यो — ‘म चोर हुँ ।’ प्रहरीले सोध्यो — ‘कुन पार्टीको ?’
    – सुनील सापकोटा
    यसपालीको सुनकाण्ड भागबन्डा नमिलेको दुर्दशा हो कि कट्टुले गुहु नथामेको दिसा हो ? वा भाग्यको नियति नै त्यही थियो कि अवैध धन्दाको पाप कराएको हो ?
    — राजेन्द्र अधिकारी
    आजसम्मको परिस्थिति नियाल्दा आगामी दिनहरु असल नागरिकका लागि कष्टकर नै हुने देखिन्छन् । देश आततायीको साम्राज्य नबनिदिए हुन्थ्यो भन्ने चाहना पूरा हुने सम्भावना देखिदैन । आफ्नो सोचचाहिँ सकारात्मक रहोस् । गलत कुरा कुनै दिन त गलत प्रमाणित हुन्छ । खाली प्रतीक्षा गर्न सक्नुपर्छ ।
    — बोधराज अधिकारी

    भनाइ आफ्ना–आफ्ना
    — गीता मञ्जुश्री

    हाम्रा नेता लोभीपापी छन्, दरिद्र छन्, अन्धा छन्, बहिरा छन् । देख्तैनन्, सुन्दैनन्, देशलाई हेर्दैनन्, आफैँलाई मात्र हेर्छन् । रचनात्मक काममा ध्यान नै छैन । त्यसैले केही लेख्नु बेकार छ ।
    — टङ्कमणि नेपाल
    कुनै दिनमा ‘अरुण ३ को अन्त्यले उब्जाएका प्रश्नहरू’ लेखेर कान्तिपुर दैनिकमा छाप्दा जति दुःख लागेको थियो, अहिले अरुण ३ कै अन्त्य गर्ने त्यही पार्टीको सरकार हुँदा फेरि त्यो बिउँझिएर आउँदा अरुलाई जत्तिकै मलाई पनि अति हर्ष लागेको छ । तर दुःख त अझै केमा छ भने त्यस बखतमा अरुण योजना सफल हुन सकेको भए अहिलेसम्ममा त्यो भेग र त्यहाँका जनताको समृद्धि कहाँ पुगिसक्थ्यो र देश पनि दशकौसम्म अन्धकारमा नै रहने थिएन । अब त्यस्तो बुद्धि कुनै पार्टी र नेताको नहोस् ।
    — विश्वम्भर चञ्चल
    मानव सभ्यतामा नै एउटा कालो धब्बा थियो त्यो घोषित–अघोषित नाकाबन्दी । यो घाउ नेपाली आत्माले चटक्क बिर्सिन समय लाग्छ नै । तर क्षमाभन्दा ठूलो दान यो संसारमा अर्को छैन । मेलमिलापले सम्भावित अलापविलापलाई नामेट गर्न सक्दछ । मोदी एक मिथक बनेको समय हो यो । उनको बारेमा धेरै टाउको दुखाउनुभन्दा हामी नेपालीले के गर्दा नेपालको हित हुन्छ त्यो हेर्ने हो । आम नागरिकको सम्बन्ध युगौंदेखि सुमधुर छ । बेलाबेलामा हाम्रै बिभिषणहरूले अमृतको भेद बताएर बिगार्ने हुन् । आर्थिक रुपमा आत्मनिर्भर नभएको छिमेकी हेपिने सम्भावना हुन्छ नै । मत्स्यन्याय यो असत्ति संसारको कुरूप रीत हो । ओलीजीको पनि पितामह नियति हुन सक्छ । घरमुली भएर बोल्नु र घरमा पाहुना भएर बोल्नु उही कुरा होइन । झुक्ने र झुकाउने होइन । खराब सपना हो बिगत । गयो, सकियो । अब राम्रो होस् । गर्वसित भन्न पाइयोस् वाह ओलीजी ! बाँकी जिम्मा समयलाई ।
    — धनराज गिरी
    सुगौली सन्धिदेखि आजका दिनसम्म भारतले हामीमाथि गर्दै आएको थिचोमिचो र हाम्रो राष्ट्रियताप्रति खिल्ली उड़ाउँदै सीमाहरुमाथि गर्दै आएको अतिक्रमणको प्रसड्ग हाम्रो इतिहास हो । मोदीलाई गरेको स्वागत सत्कारले हाम्रो खोसिएको इतिहास फिर्ता हुन सक्छ कि सक्दैन, मूल प्रश्न यो हो ।
    — केशवराज आमोदी

    स्वास्थ्यका विषयमा जानिराखौं
    — सुदर्शन आचार्य

    फिटकिरीका यी १० फाइदा
    फिटकिरीले केवल पानी मात्र सफा गर्दैन । यसले स्वास्थ्यमा पनि कैयौं तरिकाले फाइदा गर्छ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ ।
    मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस् । १५–२० मिनेटपश्चात चिसो पानीले धुनुस् । हप्तामा एकपटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ । दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस्, दुखाइ कम हुन्छ । म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ । तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०–१५ मिनेटपछि त्यो पानीले नुहाउँनुस् । हप्तामा २–३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ ।
    जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो । फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ । फिटकिरी पानी हप्तामा तीनपटक पिउनुस् । शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ । फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ । साथै हृदयघातको सम्भावना समेत कम गर्छ ।
    चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ । मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ । टन्सिलको समस्या छ भने फिटकिरी पानीले गारगुर गर्दा छिटो सन्चो हुन्छ । काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरीको पाउडर लगाउनुस् । रगत बन्द हुन्छ । साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो । (ट्रस्ट खबरबाट)

    थाइराइड भएको कसरी थाहा पाउने ?

    थाइराइड मानव शरीरमा पाइने एंडोक्राइन ग्लैंडमध्ये एक हो । थायरायड ग्रंथि गर्दनमा श्वास नलीभन्दा माथि स्वरयन्त्र दुबै भागमा रहेको हुन्छ । यो पुतलीको आकारमा हुन्छ । यसले थाइराक्सिन नामक हार्मोन बनाउँछ जसले शरीरको ऊर्जा क्षय, प्रोटीन उत्पादन एवं अन्य हार्मोनमा हुने संवेदनशीलतालाई नियन्त्रित गर्छ । सुरुवाती दिनमा सरल रुपमा थायराइडको कुनै पनि लक्षण थाहा हुन नसक्छ । यसको पहिचान हुँदासम्म यसले ठूलो रुप लिइसकेको हुन्छ ।
    थाइराइड हुँदा कब्जियतको समस्या हुने गर्छ । खाना पचाउन समस्या हुन्छ । खानेकुरा सजिलै निल्न सकिँदैन । त्यसले गर्दा शरीरको तौलमा असर गर्छ । थाइराइड भयो भने व्यक्तिको हातखुट्टा चिसो हुने गर्छ । मानव शरीरको तापमान सामान्य यानी ९८.४ डिग्री फारेनहाइट (३७ डिग्री सेल्सियस) हुन्छ । तैपनि व्यक्तिको शरीर चिसो हुने गर्छ । थाइराइड भयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । इम्यून सिस्टम कमजोर हुँदा थुप्रै रोग लाग्न सक्छ । थाइराइडको लक्षणका क्रममा छिट्टै थकान महशुस हुन्छ । उसको शरीर सुस्त हन्छ । थाइराइड भएको व्यक्ति अल्छी हुनुका साथै शरीरको ऊर्जा समाप्त हुन थाल्छ । थाइराइडबाट पीडित व्यक्तिको अनुहार सुख्खा हुन्छ । त्वचामा रूखोपना आउँछ । त्वचाको माथिको भाग सेललाई क्षति हन्छ । अन्त्यमा त्वचामा सुख्खापना आउँछ । थाइराइड भयो भने व्यक्तिलाई रुघा लाग्ने गर्छ । यो सामान्य रुघाभन्दा अलग हुन्छ । यस्तो रुघा सञ्चो हुँदैन । थाइराइडको समस्या भयो भने व्यक्ति सधैँ डिप्रेशनमा रहन्छ । उसलाई कुनै पनि कुरामा मन लगाएर काम गर्न मन लाग्दैन । दिमागको सोच्ने र सम्झने शक्ति कमजोर हुन्छ । या दगर्ने क्षमता पनि ह्रास हुन्छ । थाइराइड हुँदा व्यक्तिको कलाप झर्ने समस्या देखिन्छ । टाउको कपाल झरेर टाउको कपाल बिहीन हुन्छ । साथै आँखी भौँ पनि झर्ने हुन्छ । मांसपेशी र जोड्नी दुख्ने कुरा पनि थायराइडको समस्याको लक्षणका रुपमा लिनु सकिन्छ । तपाईको परिवारमा कसैलाई थायराइडको समस्या छ भने त्यो समस्या तपाईलाई पनि हुन सक्छ । थाइराइडको समस्या भयो भने शारीरिक वा मानसिक विकासमा समस्या आउन सक्छ । शरीरको विकास अत्यन्तै सुस्त गतिमा हुन्छ । (गोर्खाली खबरबाट)

    रुसका सर्वहारा नेता
    — रामचन्द्र हुमागाई

    त्यसताका पिटेरबुर्ग रुसको राजधानी थियो र मजदुर आन्दोलनको एक महत्वपूर्ण केन्द्र वनेको थियो । त्यहाँ भूमिगत अध्ययन मण्डलीहरु सक्रिय थिए । यस्ता मण्डलीहरुका सदस्यहरु माक्र्सवादको अध्ययन र प्रगतिशील मजदुरहरुबीच माक्र्स र एन्गेल्सको विचारधारा प्रचार गर्थे । यस्तै एउटा अध्ययन मण्डलीमा लेनिनले प्रवेश गर्नुभयो । पुराना पार्टी सदस्य क्रझिझानोभस्कीले आफ्नो संस्मरणमा लेख्नुभएको थियो, हाम्रो उत्तरी भेकमा पनि यी असाधारण व्यक्तित्व देखापरे । माक्र्सको प्रतिभाद्वारा प्रतिपादित वैचारिक अस्त्र कति शक्तिशाली हुन सक्छ भन्ने कुरा यस व्यक्तिले जति अरु कसैले बुझेको थिएन । उसको लागि एक माक्र्सवादी सबभन्दा पहिले क्रान्तिकारी हुनुपथ्र्यो ।
    लेनिन ठूलो स्फूर्ति र अभिलाषासहित क्रान्तिकारी कार्यमा लाग्नुभयो । माक्र्सवादको गम्भीर अध्ययन, रुसी परिस्थितिमा माक्र्सवादी विचारधारा कसरी प्रयोग गरिनुपर्छ भन्ने ज्ञान, मजदुर संघर्षको अजेयताप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाले लेनिनलाई छिटै पिटेरवुर्गका माक्र्सवादीहरुको वरिष्ठ नेता बनाए ।
    लेनिनले पिटरबुर्गमा आफ्नो क्रान्तिकारी काम त्यसैताका सुरु गर्नुभएको थियो जुन बेला त्यहाँ व्यापक मजदुर आन्दोलन सुरु हुँदै थियो । रुसमा तीव्र गतिमा औद्योगिक विकास हुँदै थियो । नयाँ कारखानाहरु खुल्दै थिए, मजदुर वर्गको संख्या दु्रग गतिमा बढ्दै थियो । पुँजीपतिहरुको विरुद्ध संघर्ष पनि चर्किदै थियो । आफ्नो ऐतिहासिक भूमिका पूरा गर्नको लागि सर्वहारालाई आफ्नै क्रान्तिकारी मजदुर पार्टीको आवश्यकता थियो । लेनिनले पिटेरवुर्गका माक्र्सवादीहरुको अगाडि यस्तै पार्टीको सिर्जना गर्ने उद्देश्य अगाडि राख्नुभयो ।
    माक्र्सवादी विचारधाराको विस्तार र मजदुर पार्टीको सिर्जनामा उदारवादी नोरोदनिकहरु मुख्य बाधाको रुपमा खडा भए । पिटरबुर्गमा लेनिनले उदारवादी नारोदनिकहरुको विरुद्ध आफ्नो संघर्ष जारी राख्नुभयो । नारोदनिकहरु आफ्ना पुस्तक र पत्रिकाहरुमा आफूलाई जनताका मित्र घोषित गर्दै माक्र्सवादको कडा आलोचना गर्दै सन् १८९४ को गर्मीमा लेनिनले जनताका मित्र को हुन् र उनीहरु कसरी सामाजिक जनवादीहरुको विरुद्ध संघर्ष गर्दैछन् भन्ने पुस्तक लेख्नुभयो । पुस्तकमा लेनिनले नारोदनिकहरुका सैद्धान्तिक दृष्टिकोणहरुको आलोचना गर्नुभएको थियो र उनीहरुको सिद्धान्त गलत तथा हानीकारक छ भन्ने प्रमाणित गर्नुभएको थियो । पुस्तकमा लेनिनले देखाउनु भएको थियो कुनै बखत वास्तविक क्रान्तिकारी भएका नारोदनिकहरु उदारवादी वन्न पुगेका छन् । नारोदनिकहरु सानातिना सुधारहरुको प्रस्ताव राखेर जारशाहीको विरुद्ध संघर्ष गर्ने क्रान्तिकारी लक्षबाट विमुख भएका थिए । लेनिनले उदारवादी नारोदनिकहरु जनताका झुटा हितैषी हुन् र कुलाकहरुको स्वार्थको प्रतिनिधित्व गर्दैछन् भन्ने प्रमाणित गर्नुभयो । उहाँले लेख्नुभएको थियो जनताका वास्तविक मित्र नारोदनिकहरु होइनन्, माक्र्सवादीहरु हुन । आफ्नो पुस्तकमा लेनिनले विस्तृत रुपमा माक्र्सवादी सिद्धान्तको व्याख्या गर्नुभएको थियो र रुसको क्रान्तिकारी कायापलटको लागि यस सिद्धान्तको महत्वबारे विस्तृत विश्लेषण गर्नुभएको थियो । रुसी माक्र्सवादीहरुमध्ये उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले नेतृत्वदायी प्रगतिशील क्रान्तिकारी शक्तिको रुपमा रुसी मजदुर वर्गको भूमिका बुझ्नुभएको थियो । लेनिनले मजदुर वर्ग समस्त श्रमिक जनताको नेतृत्व गर्न समर्थ छ, उसले मात्र हुकुमी शासन र पुँजीवादको उन्मूलन गर्न, श्रमिकहरुलाई संघर्षको मैदानमा उतार्न सक्छ र आफ्ना मजदुरहरुको सत्ता कायम गर्न सक्छ भन्ने देखाउनुभयो ।
    लेनिनले मजदुर वर्ग र किसानहरुबीच एकताको सिद्धान्त प्रतिपादन गर्नुभयो । एकताविना जारशाही जमिनदार, बुर्जुवाहरुको सत्ता उखेल्नु र मजदुर वर्गको सत्ता कायम गर्नु, नयाँ साम्यवादी समाजको निर्माण गर्नु असम्भव थियो । लेनिनले आफ्नो जीवन यसै विचारको अनुसरण गर्नुभयो, यस विचारलाई विकसित तुल्याउँदै जानुभयो, धेरै वर्षसम्म यस धारणाको कार्यान्वयनको लागि संघर्ष गर्नुभयो । लेनिन बारम्बार जोड दिनुहुन्थ्यो विभिन्न माक्र्सवादी अध्ययन मण्डलीहरुलाई एकजुट पारेर एकबद्ध क्रान्तिकारी पार्टीको सिर्जना गर्नुपर्छ र यसै क्रान्तिकारी पार्टीले मजदुर आन्दोलनको नेतृत्व गर्नेछ ।
    जनताका मित्र को हुन् र उनीहरु कसरी सामाजिक जनवादीहरुको विरुद्ध संघर्ष गर्दैछन् भन्ने पुस्तकका थोरै प्रतिहरु गोप्य रुपमा छापिएका थिए र गोप्य तरिकाबाट वितरण गरिएका थिए । पिटेरवुर्गका माक्र्सवादीहरुले यो पुस्तक प्रेसमा छपाउने सम्भावनाको अभावमा हेक्टोग्राफिक छपाई गरेका थिए । यो कृति हातैहात वितरण हुन्थ्यो । पुस्तकबारे गरमागरम बहस चल्यो, उत्तेजित टिप्पणीहरु देखापरे । यो पुस्तक पिटेरवुर्ग, माक्को, निझ्नि नोभगरद, भ्यादिभिर, किभ, रिगा र अरु सहरहरुमा पढिन थाल्यो । श्रममुक्ति दलका सदस्यहरु पनि यस पुस्तकसँग परिचित थिए । पुस्तकले ठूलो तहल्का मचायो । नारोदनिकहरुको विरुद्ध संघर्षमा यस पुस्तकले ठूलो भूमिका खेलेको थियो र रुसी क्रान्तिकारीहरुको लागि मजदुर वर्गको संघर्ष र विजयको बाटो औँल्याएको थियो । यस पुस्तकले प्रकाशनपछि भ्लादिमिर इल्यिचले माक्र्सवादीहरुबीच अझ बढी लोकप्रियता र प्रतिष्ठा हासिल गर्नुभयो । क्रान्तिकारी आन्दोलनको एक सहभागी सेइ मिच्केभिचले आफ्नो संस्मरणमा लेखेका थिए — नवोदित रुसी माक्र्सवादी विचारधाराले लेनिनको रुपमा एक विशाल राजनैतिक एवम् सैद्धान्तिक शक्ति फेला पारेको छ ।

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — कठोर वचन नै वाण हो ।
    — लोभीको भर कहिल्यै नपर्नु ।
    — अर्ति नमान्ने मूर्ख हो । अर्ति दिनेलाई त्यागे मानिस बिग्रन्छ ।
    — प्रिय बोल्नेका धेरै मित्र हुन्छन् ।
    — सोचेर काम गरे दुःख हुँदैन ।
    — धर्मले सबैको कल्याण गर्छ ।
    — सुख र दुःखलाई एकै मान्ने नै धनी हो ।
    — घरमा जे छ त्यो सन्तोषसँग खानु राम्रो गुण हो ।
    — रोग र ऋण छैन भने मानिस खुसी हुन्छ ।
    — नपाउने चीजको आशा गर्नु बेकार हो ।

    प्रतिष्ठानको गणना

    नेपालमा प्रथमपटक सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणनाको जिल्लागत स्थलगत तथ्यांक संकलन भइरहेको छ । सङ्कलनमा खटिएका गणकहरुले प्रतिष्ठानको गणना सम्पन्न गरिरहेका छन् । विभिन्न नगरपालिका र गाउँपालिकामा गणकहरू खटिएका छन् ।
    प्रतिष्ठानले वेभसाइटमार्फत स्वयं विवरण उपलब्ध गराउने गरी दर्ता गरेको अवस्था पनि छ । केही प्रतिष्ठानले पूर्ण विवरण र केही प्रतिष्ठानले आंशिक विवरण ई–सेन्ससमार्फत भरेका छन् । ट्याव्लेटमार्फत भरिएका प्रतिष्ठानको विवरण केन्द्रीय तथ्यांक विभागको सर्भरमा अपलोड भइसकेको अवस्था छ । स्थलगत गणनाको अवधि २०७५ साल वैशाख १ देखि जेठ मसान्तसम्म करिव २ महिना हुनेछ । जिल्लाभित्र गणनाको दिनमा सञ्चालनमा रहेका सबै प्रकारका प्रतिष्ठानहरूलाई गणनामा समेटिनेछ । एउटा निश्चित स्थानमा अवस्थित र सञ्चालित वा एकल स्थानमा अवस्थित आर्थिक एकाइबाहेक निश्चित स्थानमा नभई घुमफिर गरी सञ्चालन गरिएका आर्थिक क्रियाकलापहरुलाई यसमा समेटिने छैन । २०७५ साल बैशाख १ गतेलाई गणनाको सन्दर्भ दिन मानिएको छ ।
    स्थलगत तथ्यांक संकलन सम्पन्न गरिसकेपछि २०७५ साल भाद्रभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तथा वर्षको अन्त्यसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने विभागको तयारी छ ।

    डा. सुरेशराज शर्मालाई सम्मान, रमेश खकुरेललाई पुरस्कार

    कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले २०७५ सालको ‘कुलचन्द्र कोइराला समाजसेवा सम्मान’ डा. सुरेशराज शर्मा र पार्थमणि भट्टराईमा समर्पण गर्ने निर्णय गरेको छ । यसै गरी २५ हजार रुपियाँको ‘कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार, २०७५’ कवि रमेश खकुरेललाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
    प्रतिष्ठानका अध्यक्ष डा. लोकविक्रम थापाको अध्यक्षतामा बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । समितिमा डा. कुलप्रसाद कोइराला, डा. विष्णुविभु घिमिरे, जीवनचन्द्र कोइराला, रविनचन्द्र कोइराला, माधव कोइराला, डा. विष्णु सापकोटा, हरि मञ्जुश्री, डा. डिल्ली ओली, प्रयागराज वाशिष्ठ र डा. कृष्णप्रसाद दाहाल रहनुभएको छ ।
    यो वर्ष कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानको रजतवर्ष पनि परेकाले हरि मञ्जुश्री र जीवनचन्द्र कोइरालाको संयुक्त सम्पादनमा ‘कुलचन्द्र कोइराला स्मृतिग्रन्थ’ को प्रकाशन गरी ‘दीपक’ नामबाट रजतजयन्ती स्मारिका प्रकाशन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    ‘रात १३’ उत्कृष्ट

    सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाइल फिल्म प्रतियोगिता ‘दृश्यांश’ को पहिलो विजेताको पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघुचलचित्र ‘रात १३’ ले हासिल गरेको छ । दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रो स्थान विजय गजमेरद्वारा निर्देशित ‘द इन्टरभ्यु’ ले प्राप्त गरेको छ ।
    त्यसै गरी पब्लिक च्वाइस अवार्ड लघुचलचित्र ‘अमृत’ ले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित ‘स्माइल’ ले बेस्ट मेन्सन प्राप्त गरेको थियो । टपटेनमा पर्न सफल नवीन न्यौपानेको ‘द डिपार्चर’, सुन्दर लामाको ‘कथा ः एन इन्टिमेसी विथ टाइम’, नव श्रेष्ठको ‘ए कता’, खुश्बू शर्माको ‘वुमरिङ’, असीमको ‘ड्रिम अफ हाउस वाइफ’, अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तु आवश्यकता’ पनि दर्शकमाझ प्रदर्शन गरिएको थियो ।
    पहिलो हुनेलाई रु ७५ हजार नगद पुरस्कार, दोस्रो हुनेलाई स्यामसुङ ट्याब ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याब वितरण गरिएको थियो । अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्वारा निःशुल्क तीनमहिने नाट्य कार्यशालाको पनि व्यवस्था गरिएको छ ।

    विद्यालयमा चुनाव सिकाइँदै

    भक्तपुरको बोडेमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले विद्यालयको विद्यार्थी प्रतिनिधि छनोटका लागि मतदान कार्यक्रम सम्पन्न ग¥यो । स्कुल हेड बोय र स्कुल हेड गर्ल छनोटका लागि गरिएको मतदान कार्यक्रममा चारजनाले उमेदवारी दिएका थिए । प्रजातान्त्रिक अभ्यासको नमुनाका रूपमा रहेको उक्त निर्वाचनमा शिक्षक–शिक्षिकासहित ४५१ जनाले सहभागिता जनाएका थिए ।
    विद्यार्थीमाझ चुनावी प्रक्रिया र प्रजातान्त्रिक व्यवस्थाको जानकारीसहित राष्ट्रप्रति विद्यार्थी वर्गले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको मतदान कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व तथा आपसी भाइचाराको विकास गर्ने र आजको समयमा राष्ट्र र राष्ट्रियताप्रति विद्यार्थी वर्ग उदासिन बन्दा अनेकौं राष्ट्रिय समस्या सिर्जना भएकाले राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार र उत्तरदायी बन्ने भूमिका खेल्ने कुरा विद्यालयका प्रधानाध्यापक विनोदकुमार कोइरालाले बताउनुभएको थियो ।

    चालिसेबाट दस लाखको चेक

    काठमाडौँको अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा लक्ष्मी चालिसे शैक्षिक छात्रवृत्तिको स्थापना गरिएको छ । कमजोर आर्थिक अवस्थाका जेहेन्दार छात्राको शिक्षामा सहयोग पुगोस् भन्ने अभिप्रायले श्रीमती लक्ष्मी चालिसेको स्मृतिमा स्थापित उक्त छात्रवृत्तिका लागि शैक्षिक प्रतिष्ठान परिवारलाई साहित्यकार विजय चालिसेले दस लाख रुसपियाँको चेक हस्तान्तरण गर्नुभएको छ । उक्त कोषमा महेन्द्र चालिसेले पनि २ लाख रुपियाँ थपिदिएर भाउजूप्रतिको आदरभाव प्रकट गर्नुभएको छ ।
    छात्रवृत्ति सोही १२ लाख रुपियाँको ब्याजबाट प्रदान गरिने भएको छ ।

    ‘मान्छे र फूल’ लाई पुरस्कार

    गत २७ गते सुदूर पश्चिमाञ्चल साहित्य समाजले १ लाख ११ हजार १ सय ११ रुपियाँ राशिको कृष्णा बद्रीनाथ भण्डारी साहित्य पुरस्कार पहिलोपटक वि. सं. २०७४ का लागि गणेशराज जोशीको कृति ‘मान्छे र फूल’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
    पुरस्कारमा नगदका साथमा दोसल्ला र प्रमाणपत्र रहेको छ । पुरस्कार आगामी साउन १० गते वितरण गर्ने कार्यक्रम रहेको छ ।

    एनसेल थ्रिजी ५४ प्रतिशतमा

    एनसेलले आफ्नो थ्रिजी सेवा कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याएको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकिकृत वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ । कम्पनीले गतवर्ष प्रविधि तटस्थताको अनुमति पाएपछि आक्रामक रुपमा विषेशगरी ग्रामिण भेगलाई लक्षित गरी यो सेवा विस्तार गर्न थालेको हो । ९०० मेगाहर्जमार्फत ग्रामिण र दुरदराजका भेगमा दु्रतगतिको मोवाइल डाटासेवाका लागि थ्रिजी सेवाको विस्तार गर्ने बताउदै आएको छ ।
    प्रतिवदन अनुसार एनसेलले सन् २०१७ को अन्त्य सम्ममा २,६९९ थ्रिजी साइटहरु जडान गरी सेवा संचालन गर्दै आएको छ भने फोरजी सेवा १५.५ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याउदै २१ शहरमा विस्तार गरेको छ । फोरजी र थ्रिजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको देखिएको छ ।
    एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा आफुलाई प्राप्त ११ मेगाहर्ज फ्रिक्वेन्सी मध्यबाट ५ मेगाहर्ज फोरजी सेवा विस्तारमा प्रयोग गरेको हो । कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको र इन्टरनेट खपतको भोल्युम १३१ प्रतिशतले वृद्घि भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले सन् २०१७ मा रु ५८.१ अर्ब आय गरेको थियो र नेटवर्क र सेवाहरुको गुणस्तर सुधारका लागि रु १२ अर्ब लगानी गरेको प्रतिवेदनले बताएको छ । एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोवाइल इन्टरनेट सेवा लिएका छन् ।

    आइएमई र बीएन्डबीको सम्झौता

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एन्ड बि अस्पताल प्रालिबिच आफ्ना ग्राहकहरुलाई नगदरहित हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म बि एण्ड बि अस्पताल प्रालिबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ र ग्राहकहरुको स्वास्थ सेवामा सहज पहुँचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिवद्धता सहित आफ्ना कार्यहरु विस्तार गर्दै जानेछ ।
    सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि अस्पताल प्रालिका तर्फबाट उपनिर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गर्नुभएको थियो ।
    त्यही उद्देश्यले नै आइएमई र ब्लु क्रस अस्पताल प्रालिबीच पनि आपसी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पताल प्रालिका तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

    कलाकार जन्माउँदै ‘च्युर्लुङ झ्याइँ’

    नेपाली चलचित्र उद्योगमा प्रतिदिन नयाँ कलाकारको आगमनले तिब्रता पाएको छ । चलचित्रमा होस या टेलिफिल्ममा, नयाँ कलाकारले अभिनय गर्ने मौका पाएका छन् । पछिल्लो समय सामाजिक सन्जालको बिकाससँगैै विश्व साँघुरिएको छ । नेपालमा पनि एक दशकदेखि सञ्चारको बिकासले तिव्रता लिएको छ । दर्जनौ टेलिभिजन र सञ्चारमाध्यम स्थापना भएका छन् । चलचित्र, बृत्तचित्र, म्युजिक भिडियो निर्माणले पनि तिब्रता पाएको छ । कुनाकन्दरामा रहेका ब्यक्तिले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएका छन् । यसले नयाँ कलाकारहरु जन्माउँदैछ । पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याइदिएको छ । युवटुव मार्फत प्रशारण भएको च्युर्लुङ झ्याईं नामक धारावाहिक हास्य टेलिचलचित्र पनि चलचित्र उद्योगमा नयाँ कलाकारहरु लिएर उनिहरुलाई चलचित्र उद्योगमा स्थापित गराउने प्रयास गरिरहेको छ ।
    समसामयिक राजनीतिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफार मुख्य उद्देश्य राखेर सामाजिक भावनाको टेलिफिल्म ‘च्युर्लुङ झ्याईं’ युवटुयुवमा चर्चा कमाउँदै गएको छ । सात एपिसोडसम्म प्रसारण भइसकेको छ । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिन्छ ।
    रामेश्वर जिरेलको छायाँकनमा निर्माण भएको सो सिरियलमा सुमन श्रेष्ठ (पण्डित), रबिन थापा मगर (दाहिने), तेन्जी लामा (पासा), राजु श्रेष्ठ (घोप्टे), दियाना राई (पूर्णीमा), टिना मगर (डल्ली), राजबम ठकुरी (देब्रे), रहेना राई (राम साईली), श्रिपाल मानाधर (बाल कलाकार), रजिना मर्हजन लगायतको अभिनय रहेको छ ।
    नेपाली चलचित्र उद्योगलाई माया गर्ने प्रतिभावान युवा जमात हास्यरसमा आधारित यो टेलिफिल्म निर्माणमा जुटेको हो । टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।

     

    २०७५ वैशाख २५ गते मङ्गलबार प्रकाशित विशेष सामग्रीहरू

    सम्पादकीय ः सिन्डिकेट अझै बाँकी

    बल्लतल्ल यातायात क्षेत्रको सिन्डिकेट तोडिएको हो कि भन्ने अनुभूति भएको छ । सरकारले चाह्यो भने र जनप्रतिनिधिहरू पैसामा बिकेनन् भने जनअपेक्षाअनुरूपका कामहरू देशमा हुन सक्ता रहेछन् भन्ने कुराको पुष्टि यसबाट हुन सकेको छ । जनताको पैसाबाट बनेका सडकहरू बेचेर मालामाल हुने यातायात समितिहरूको दादागिरी अब समाप्त हुने हो कि भन्ने आशा जनतामा पलाएको छ ।
    तर यो त यातायात क्षेत्रको मात्र कुरा भयो । यस्ता सिन्डिकेटहरू नेपालमा कति छन् कति ! शिक्षा क्षेत्रमा त्यस्तै सिन्डिकेट छ । स्वास्थ्य क्षेत्रमा त्यस्तै सिन्डिकेट छ । अब त्यस्ता सबै सिन्डिकेटहरूलाई भत्काउन सक्नुपर्छ सरकारले ।
    पहिले सरकारमा विभिन्न दलको प्रतिनिधित्व हुन्थ्यो । कुनै एउटा सांसद सिन्डिकेटवालाको पैसामा बिक्यो भने उसले सरकार गिराइदिने धम्की दिन्थ्यो र सत्तामा टिकिरहनका लागि सिन्डिकेटवालाको माग पूरा गर्न सरकार बाध्य बन्थ्यो । तर अहिले त्यस्तो स्थिति छैन । राजनीतिले कोल्टे फेरिसकेको छ । सरकार बहुमतका आधारमा बनेको हुनाले सरकारको तख्ता पल्टाइदिन्छु भनेर धम्की दिने सिन्डिकेटवाला व्यवसायीहरू आत्तिएका छन् जनताले तिरेको करबाट निर्माण भएका संरचनाहरूलाई वैयक्तिक हितमा प्रयोग गर्न सकिएन भनेर । उनीहरूको कुत्सित मनसाय र उद्देश्य बुझेर सरकारले आफ्नो उपस्थितिको दह«ो प्रमाण जनताका अगाडि प्रस्तुत गर्नैपर्छ ।
    सिन्डिकेट तोड्नु सर्वसत्तावाद लाद्नु होइन, जनताको आकाङ्क्षाअनुसार चल्नु हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।

    को छैन तस्कर ?
    — प्रा. डा. गोपाल शिवाकोटी

    पहेलो सुनको कालो धन्दामा लाग्ने तस्करको हुललाई पक्राउ गरेर विराटनगरमा बयान लिने काम भइरहेको छ । खडा गरिएका अभियुक्तलाई हेर्दा मेला भर्न आएको भीडजस्तो देखिन्छ । यसमा प्रहरीका उच्च अधिकारीदेखि लोडरसम्मका कर्मचारी र भरियालगायत सबैको समावेशी चरित्र देखिन्छ । यो भीड हेर्दा को तस्कर छैन भनेर राँको बालेर खोज्नुपर्ने स्थिति आएजस्तो लाग्छ । यसले नेपालमा यसअघि दिइएको सुशासनको नाराको भन्डाफोर भएको छ । सुशासन सरकारी संयन्त्रमा नरहेर तस्करहरुमा संस्थागत विकास भएजस्तो देखिन्छ । यसैले अहिलेको ३३ किलो सुन प्रकरणमा लहरो तान्दा पहरो खसालिँदै जाने काममा को मात्र बाँच्लान् भन्ने प्रश्न उठेको छ । वास्तविक नाइकेकहाँ पुग्नुअगाडि छानबिन बन्द हुने आशंका उत्पन्न भएर सबै पक्षबाट सुनतस्करीको अनुसन्धान नबटारियोस् भन्ने माग हुन थालेको छ । अहिलेको अनुसन्धान हेर्दा बारम्बार लिक छोडेर अन्यत्रै जाने र अनुसन्धानलाई तुहाउने सेटिङ भैरहेजस्तो देखिएकाले यो आशंका उत्पन्न भएको हो । अहिले अनुसन्धानमा तस्करहरुको डायरी, बयान र टेलिफोन कलबाट बयान लिइएको र डीआईजीकै स्कर्टिङमा सुनतस्करीको कार्य भएको कुरा खुल्न आएकाले अरु कोको यस काण्डमा मुछिने हुन्, केही भन्न सकिने अवस्था छैन ।
    ३३ किलो सुनको तस्करी काण्डमा ६३ जनामाथि मुद्दा चलाइए पनि वास्तविक मालिक अझै पत्ता लागेको छैन । गृह मन्त्रालयअन्तर्गत गठन भएको छानबिन समितिको प्रतिवेदनलाई मुद्दाको आधार बनाएर मुद्दा दायर गरिएको छ । यो काण्डमा प्रहरीका उच्च अधिकृतसम्मको संलग्नता रहेको आशंका गर्दै मुद्दा दायर गरिए पनि अनुसन्धानको पाटो एकपक्षीय भएको शंका गरिएको छ । प्रतिवेदनमा प्रहरीलाई मात्र छानबिनको दायरामा ल्याइएको छ तर विमानस्थलका कर्मचारी तथा उनीहरुलाई संरक्षण दिने उच्चस्तरका राजनीतिक नेता र कर्मचारीहरु नरहे यति ठूलो काण्ड बन्न सक्ने थिएन भन्ने अनुमान गरिएको छ । सुनतस्करी शून्य हुनुपर्नेमा कुख्यात अपराधी चाल्र्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्तीसमेत छिराउन सक्छु भनी गरेको दावी प्रमाणित भएको छ । त्रिभुवन विमानस्थलबाट हुने तस्करीमा कमी नआएको यसबाट प्रमाणित भएको छ, खाली रुट, विमान र मानिस बदलिएका छन् । बेलामौकामा तस्करी भएको सुन पक्रिइन्छ । स्वयं तस्करहरुले प्रहरीलाई सूचना दिएर सुन पक्राउँछन् र त्यसरी पक्रिएको सुनको कमिसन त्यहाँका कर्मचारीले पाउने गरेका छन् । सुनलगायतका तस्करीमा १२ चोटीमा एकचोटी मात्र पक्रिने र ११ चोटी सेटिङमा छोडिदिने कार्य पञ्चायतकालमै थाहा भएको थियो ।
    केही समयअगाडि नेपालबारेको एक अमेरिकी प्रतिवेदनमा नेपाल तस्करहरुका लागी सुरक्षित बाटो हो भनी खुलासा गरेको थियो । नेपालबाट सुन र लागूऔषध लगायतको तस्करी हुने गरेको भन्दै खुला सिमानाको फाइदा उठाएर तस्करी हुने गरेको जानकारी गराएको थियो । तर यस काण्डमा प्रहरी प्रशासन संलग्न भएकाले प्रहरीको घेराबाटै तस्करी हुने गरेको छ र यसको लागी खुला सिमाना पर्खनुपर्दैन भन्ने देखिएको छ ।
    नेपालबाट तस्करी गर्ने काम पञ्चायतकालमा संगठित रुपमा भएको थियो । २०२८–२९ तिर ठूलो मात्रामा एकजना सचिवको सेटिङमा चामलको तस्करी बंगलादेश भएको खुलासा भएको थियो । २०३६–३७ ताका नेपालबाट ठूलो मात्रामा सर्पको छाला तस्करी भएको थियो । तस्करीमा त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापादेखिकै संलग्नता रहेको भनी विरोध भएको थियो । त्यसैबेला परम्परागत तस्करीबाट आधुनिक तस्करीको युग सुरु भएको मानिन्छ । त्यसै बेला पाम आयलको तस्करीजस्ता ठूला काण्डहरु घटेका थिए । यो राज्यकै संलग्नतामा भएको, यसमा राजदरबार पनि मुछिएको, यसबाट पञ्चायतलाई जिताउन पैसा संग्रह गरिएको थियो भन्ने भनाइ छ ।
    पञ्चायतको अन्तिम समयमा राजदरबारका उच्चपदस्थ व्यक्तिहरुबाट सबै किसिमका तस्करीहरु प्रहरी प्रशासनको सहयोगमा हुने गरेको थियो । त्यसबेला राजकुमारहरु, आईजीपी डीबी लामा, सेनाका कर्णेल भरत गुरुङ तस्करी काण्डमा परेका थिए । उनीहरुको घर जफत भएको थियो । भरत गुरुङबाट जफत गरेको घरमा अहिले काठमाडौँ जिल्ला प्रशासन कार्यालय रहेको छ भने अर्काे जफत गरेको त्रिदेवीमार्गको भवनमा पनि सरकारी कार्यालय रहेको छ । दरबारियाहरुको आपसी विवाद, अझ धीरेन्द्र शाह र रानी ऐश्वर्यबीचको मतभेदले गर्दा तस्करीको कार्य बाहिर आएको थियो, जसबाट नेपाल छोडेर धीरेन्द्रले लन्डन भाग्नुपरेको थियो । भरत गुरुङ र डीबी लामा जेल परेका थिए । पञ्चायत व्यवस्था गयो, तर जाने बेलामा पञ्चायतलाई बचाउन र भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सिंगापुरदेखि तस्करलाई संगठित रुपमा नेपालमा तस्करी गर्ने सुविधा उपलब्ध गराइयो र नेपालमा संगठित रुपमा अपराध सुरु भयो । यसबाट विश्वका कुख्यात माफियाहरुको हातमा नेपालको प्रशासन र राजनीतिक क्षेत्र पुग्यो । माफियाकै निर्देशनमा सरकार चल्न थाल्यो र उनीहरुकै हातमा राजनीति आयो ।
    पञ्चायत कालको सुरुदेखि नेपालमा मन्दिरबाट पुरानो मूर्ति चोरी गरेर तस्करी गरेर विदेश निकासा गर्ने काम संगठित रुपमा हुन थाल्यो । दरबारियाहरुकै ब्यागमा राखेर मूर्तिहरु जहाज चढाइन्थे । खोजीमा गएका प्रहरीहरु सलाम ठोकेर फर्किन्थे । प्रहरीहरु ‘मुसा भनेर समात्न गएको त बाघको पुच्छर पो रहेछ, बाघले झम्टेपछि टाप ठोकेँ’ भन्ने गर्थे । त्यसबेला नेपालका ३ सयभन्दा बढी बहुमूल्य मूर्तिहरु तस्करी गरिएका थिए । त्यसमध्ये १०–१२ वटा मूर्ति मात्र नेपाल ल्याइएका छन् । पछिल्लोपटक तीनवटा मूर्तिमा उमामहेश्वर र बुद्धको खडा भएको मूर्ति अमेरिकाबाट फिर्ता गरिएको छ ।
    सुनतस्करीको पञ्चायतकालीन परम्परालाई बहुदलीय संसदीय व्यवस्थाले पनि साथ दियो । निर्वाचनको खर्च जुटाउन सुनतस्करी लगायतका कार्य हुने गरेको थियो । त्यसबेला भारतबाट नेपाल हुँदै इरानसम्म अणुबम बनाउन हुने युरेनियम तस्करी भएको थियो । यसैलाई उत्सर्जन गरी इरानले बम बनाएको हो ।
    नेपालबाट लागूऔषधको कारोबार पनि पञ्चायतकालदेखि निरन्तर रुपमा चलिआएको छ । अफिम, एसएलडी, खैरो हिरोइनजस्ता लागूपदार्थहरु पूर्वको गोल्डेन ट्रेङ्गल अर्थात थाइल्यान्ड, लाओस र बर्माको सीमाबाट नेपालमा आई तेस्रो मुलुकमा जाने गरेको छ । गोल्डेन क्रिस्टबाट अर्थात् अफगानिस्तान, पाकिस्तान र इरानको त्रिकोणबाट नेपालमा लागूपदार्थ आएर अमेरिका जाने गरेको छ भने अफ्रिकाबाट पनि नेपाललाई तस्करीको ट्रान्जिट बनाइएको छ । बहुदलीय कालमा वामदेव गौतम गृहमन्त्री हुँदा डीएसपीको सहयोगमा एक क्विन्टलभन्दा बढी सुन भित्रिएको भनेर आलोचना भएको थियो । यसपछि एमाले पार्टीको विभाजन हुन पुगेको हो ।
    योभन्दा अगाडि ल्हासाबाट कोदारी हुँदै ठूलो मात्रामा सुनतस्करी भारतसम्म हुने गरेकाले चीनले यो बाटोलाई अवरोध गरिदिएको छ । त्यसपछि रसुवा नाका प्रयोग गरेर तीसौँ किलो सामान गाडीमा राखेर काठमाडौँ ल्याएको र यसमा चिनियाँ नागरिकसमेत संलग्न रहेको कुरा केही अगाडि खुल्न गएको थियो । अहिलेसम्म भरियाहरु मात्र पक्रिने र अरु गुप्त रहने गरेका थिए । नेपालका सबै ठूला सुनका व्यापारीहरु सुनका काण्डमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेको र केही नेपाल छोडेर भागेको पाइन्छ । अहिले ठूलो मात्राको सुन त्रिभुवन विमानस्थल भन्सारको माध्यमबाट बाहिरिएको हो । एउटा भरिया मारिएपछि धेरै मात्रामा मान्छेहरु पक्राउ भएका छन् तर सुन अझै बेपत्ता छ ।
    अहिले धेरैजना आफ्नो गच्छेअनुसार तस्करीमा संलग्न रहेको पाइन्छ । ड्राइभरहरु लुकाउने ठाउँमा हालेर वा ट्यांकरमा हालेर गाँजा–चरेस तस्करी गर्दछन् । बाटोमै अन्डरग्राउन्ड भण्डारन केन्द्र खोलेर पेट्रोल तस्करी गर्ने गरेको थाहा भएपछि नयाँ किसिमको ताल्चा लगाउने काम सुरु गरिएको छ । भारतबाट नाकाबन्दी गरेको समयमा तस्करी सिमावर्ती क्षेत्रमा नियमित रुपमा विकसित भएको थियो । यसलाई राजनीतिक र प्रशासनिक संरक्षण थियो । अहिले अनियमित कार्य गर्ने र भ्रष्ट भएको भनी प्रहरीका धेरै नाइके जेलमा परेका छन् । सुडान घोटाला काण्ड अझै बाँकी रहेको छ । हिजोका लाउडा काण्ड, साउथ इस्ट चाइना एयरकाण्ड पनि माथिल्लो तहकै संरक्षणमा भए र किनारा नलगाई समाप्त भए ।
    तस्करी र अनियमितता गर्ने भ्रष्टहरुलाई राजनीतिक र उच्च ओहदाको संरक्षण छ । हिजो राजखलकको संरक्षण पाएकोमा अहिले पार्टीका नेता तथा मन्त्री, प्रधानमन्त्री, ठूलो ओहदाका कर्मचारीहरुको संरक्षण छ । कतिपय राजदूतहरुलाई यस्तो कुराको सेटिङ मिलाउन विदेश राखिएको छ । अदालत पनि भ्रष्टाचारको मामिलामा जकडिएको छ । भ्रष्टाचार निवारण गर्न बनेका संस्था नै भ्रष्टाचारीको संरक्षणमा रहेको कुरा लोकमानसिंह कार्की प्रकरणले जगजाहेर भैसकेको छ । तस्करहरुलाई अदालतमा लगेपछि विशेष अदालतले थोरै रकम धरौटीमा लिएर छोड्ने गरेकाले पनि तस्करीले प्रोत्साहन पाएको छ । यसबाट जिम्मेवार निकायहरुमा सेटिङ मिलाइएको त छैन भन्ने आशंका उत्पन्न भएको छ ।
    नेपालमा अलिकति राम्रो ठाउँमा पुग्नेबित्तिकै अकुत सम्पत्ति कमाउने गरेको प्रतिवेदन सरकारलाई दिइएको छ तर अकुत सम्पत्ति कमाउनेहरुमाथि कुनै कार्बाही गरिएको छैन । ठूला–ठूला घर र टावरहरु खडा गरिएका छन् । हिजोसम्म चप्पल लगाउने व्यक्तिहरु पदमा पुगेपछि पाँच वर्षभित्रै मोटाएर अरबपति बन्ने गरेका छन् । उनीहरुले निर्वाचनमा बढी खर्च गरेको कुरा हालैको निर्वाचनबाट खुलेको छ । अहिले सेटिङ मिलाएर निर्वाचन क्षेत्र विकासको नाममा दस करोड रुपैयाँ प्रतिव्यक्ति राष्ट्रको सम्पत्तिको लागी सिन्डिकेट बनाएर लागिपरेका छन् । उनीहरुलाई साढे पाँच अरब दिने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । यसैले भ्रष्टाचार गर्नु र मुलुकलाई खोक्रो बनाउनु उनीहरुको संस्कृति र अधिकार भएको छ । अहिले सुशासनको कुरा गरे पनि यस्तो अवस्थाले सुशासनको अनुहार बाहिर आएको छ । विद्यार्थीबाट चर्काे शुल्क लिन उनीहरुकै सिन्डिकेटमा चर्को शुल्क असुलेका छन् । अस्पतालले चर्काे शुल्क असुलेका छन् । मेडिकल कलेजमा भएको माफियातन्त्रको विरुद्ध गोविन्द केसीले १४ चोटी अनसन बस्नुप¥यो । ठूला डनहरुलाई दल र नेताहरुले संरक्षण दिएका छन् । डनहरुकै संरक्षणमा तस्करी भैरहेको कुरा अहिलेको काण्डले खुलस्त गरेको छ । प्रत्येक चरणमा भ्रष्टाचार छ, तस्करी छ, अनियमितता छ । सुनदेखि टाउकोमा टोकरी बोेकेर गाँजा–चरेसको तस्करी भइरहेको छ । अहिले नेपालमा को तस्कर, भ्रष्ट र राष्ट्रविरोधी अपराधी छन् भनी खोज्नुभन्दा को सद्दे छ भनी राँको बालेर खोज्नुपर्ने अवस्था छ । मुलुकलाई जसले जति सक्दो खाऊ, जतिसक्दो लुट भनी छोडिदिएजस्तो भएको छ । इमानदारी र नैतिकता टाट पल्टेको छ । नेपाल इमानदार र नैतिक मानिस जन्माउने काममा बाँझो त परेको होइन भन्ने प्रश्न कालसर्पको नाममा ठगी गर्ने ज्योतिषहरुलाई सोध्नुपर्ने भएको छ ।

    मोदीको मलम
    — युवराज शर्मा

    फेरि एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदैछ तामझामका साथ, ठूलो तयारीका साथ । मिडिया, सरकार र दलका नेताहरूलाई यसबाट ठूलो राजनीतिक दसैँ–तिहार र छठ आएको जस्तो भएको छ । तर राष्ट्रवादी, राष्ट्रप्रेमी, स्वतन्त्र न्यायप्रेमी जनतालाई चाहिँ कागलाई बेल पाक्यो हर्ष न बिस्मातको स्थिति छ । साँच्चै भनौँ भने अब त आम स्वाभिमानी नेपाली जनतालाई मोदीले केही दिन्छन् कि भन्ने त आशै छैन, सिर्फ आग्रह मात्र छ भूकम्पपीडित जनताको आलो घाउमा नाकाबन्दीय नुनचुक छरेजस्तै गरी दुःख नदिए हुन्थ्यो । मुखमा रामराम बगलीमा छुरा नगरे हुन्थ्यो ।
    त्यसो त नरेन्द्र मोदीले नेपाललाई यति सहयोग गर्ने र यो कार्यक्रमको उद्घाटन गर्ने भनेर पनि समाचारहरू प्रकाशनमा आएका छन् । तर भारतप्रति नेपाली जनताको मनमा गढेको पीडामा त्यसले मलम लगाउन सक्तैन । नरेन्द्र मोदीले त्यसको प्रायश्चित्त गर्न खोजेका हुन् भने त्यो पनि सम्भव छैन । भूकम्पले थिलथिलो बनेका नेपाली जनतालाई थप पीडा दिन अघोषित आर्थिक नाकाबन्दी लगाएको विषयलाई लिएर आफ्नो सम्बोधनमा उनले क्षमा मागे भनेचाहिँ सहृदयी नेपाली जनताले त्यसलाई घाउको मलम सम्झनेछन् ।

    निर्धक्क निर्णय फुर्सदमा पश्चात्ताप
    — रामचन्द्र हुमागाईं

    वैशाख १८ गते । मुलुक संघीयतामा गैसकेको छ । सातवटा संघ मिलेर बनेको नेपाललाई नयाँ नेपाल बनाउन त्यति सजिलो छैन । सबैभन्दा असजिलो समस्या भनेको आर्थिक हो । अर्थमा प्रभाव पार्ने बस्तु भनेको राजश्व हो । राजश्व उठाउने ठाउँ निकै कठिन मोडमा छ । प्रदेशको राजधानी भारतको सिमानामा लगेर राखिएको छ । सिमानापारि ठुलाठुला दैनिक उपभोग्य सामान बिक्री गर्ने पसलहरू छन् । ती पसलका उपभोक्ताहरू नेपाली नै हुन् । मुख्यमन्त्री र उनका परिवार पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न तिनै पसलहरूमा पुग्छन् । राजश्व तिरेर ल्याएको सामान र सिमानापारि खरिद गरिएको सामानको मूल्य बराबर हुन्छ । यसले गर्दा नेपालमा राजश्व उठ्तैन । तर यो विषयमा सरकार मौन छ । कसरी संघीयता सफल होला र खोइ ?
    वैशाख १९ गते । बाहिरी चक्रपथको चर्चा चलेको कति वर्ष भयो, यकिनका साथ भन्न नसकिए पनि दस वर्ष त पक्कै वित्यो । दस वर्ष भनेको कमाई खाने वर्ष हो । कुनै उद्योगपति वा व्यापारीले दस वर्ष पायो भने बीस अर्ब कमाइदिन्छ । सरकार पनि एक किसिमको व्यापारी नै हो । सरकारले नाफा कमाएन भने दैनिक कारोवार चल्दैन । नचलेपछि सरकार टिक्तैन । संसारमा नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ आम्दानी नभए पनि आफूलाई प्रशस्तै खर्च पु¥याउन सक्ने भएकाले मात्रै चलेको छ । बाहिरी चक्रपथको पनि यही हालत हो । दस वर्ष अघि र पछिको आर्थिक समानता एकै ठान्छ र निर्धक्क निर्णय गर्छ, फुर्सदमा पछुताउँछ ।
    वैशाख २० गते । लगानी वोर्डले खानीखोलादेखि धुलिखेलसम्म मेट्रोट्रेन चलाउने योजना बनाएर सार्वजनिक पनि गरिसकेको छ । यो र यस्ता मात्रै होइन, लगानी बोर्डले निकै ठूलाठूला योजना पनि बनाइसकेको छ । योजना अनुसार काम पनि भए त राम्रै होला । होइन, अन्य योजना जस्तै निर्धक्क निर्णय गर्ने फुर्सदमा पछुताउने भयो भने यस्ता योजनाको के अर्थ रहला र ?
    वैशाख २१ गते । बाजेको सेकुवा । एकताकाका सेकुवा पारखीहरूको मुखमा निकै प्यारो बनेको शव्द हो यो । बाजे बुढा पूर्वतिरबाट मासु व्यापार गर्दै काठमाडौं छिर्न वाध्य बनाउने माओवादीहरूलाई निकै प्रशंसा गर्ने गर्थे तर अहिले उनका छोराहरू मासु व्यापार गरेर नपुगेर सुन तस्करीमा लागेको सुन्दा ती सेकुवा पारखीहरू के गरेर वसेका होलान् ? कि यो पनि निर्धक्क निर्णय गरेर फुर्सदमा पछुताएजस्तै हो ?
    वैशाख २२ गते । महान् साम्यवादी दर्शनका भीष्मपितामह कार्ल माक्र्सको २०० औं जन्मजयन्ति । उनका अनुयायीहरू विश्वमा फैलिएर बसेका भए पनि अधिकांशले उनलाई सत्ताको सिँढी बनाएमा छन् । सात अर्ब जनतामध्ये पाँच अर्बभन्दा बढीका प्यारा कार्ल माक्र्सले आर्जन गरेको पुँजी (अर्थतन्त्रको ऐतिहासिक दस्तावेज) लाई सामन्तवादले तोडमोड गरेर आफ्नो नियन्त्रणमा लिइरहेको अवस्थामा पनि माक्र्सको महत्व उत्तिकै रहेको पाइन्छ ।
    वैशाख २३ गते । खर्बौ लगानी गरेर अर्बौं आर्जन गर्ने तर देशलाई दुई पैसा पनि राजश्व नतिर्ने यातायात व्यवसायी र सरकारबीच ठूलै युद्ध चल्ला जस्तो छ । सिन्डिकेटका विरुद्ध सरकारले जे निर्णय ग¥यो त्यो निर्णयको खिलाफमा उत्रिएका यातायात व्यवसायीहरूले योपटक निकै ठूलो चोट खानुपर्ला जस्तो छ । सेवाको नाममा मेवा खाने बानी परिसकेपछि सजिलै स्वाद गुमाउन को नै पछि हट्ला र !
    वैशाख २४ गते । हतारमा निर्णय गरेर फुर्सदमा पछुताएको एउटा महत्वपूर्ण विषय यो वर्षको वाम एकता पनि हो । गत निर्वाचनमा धुलो चटाइमा परिन्छ भनेर हतार हतारमा एमाले—माकेले पहिले निर्वाचनमा जाउँ, पछि एकता गरौंला भनेर सहकार्यमा निर्वाचन त लडे तर अहिले भागबण्डा नमिल्दा पछुताएर आजै एकता हुन्छ, भोली नै एकता हुन्छ भनेर बाहिर ¥याल काढिरहेका छन् तर वार्तामा बसेर पिस्नुपरेको चक्कीले हैरान भएर राजनीतिबाटै संन्यास पो लिने हो कि भन्दै हिडेको पनि सुन्नमा आएको छ ।ं

    अनि लाजले शिर निहुरिन्छ
    — मुकुन्दप्रसाद उपाध्याय

    भ्रष्टाचार भन्नासाथ हामी आर्थिक भ्रष्टाचार भनेर बुझ्ने गर्दछौँ । तर यथार्थमा भ्रष्टाचार शब्द भ्रष्ट र आचार शब्दबाट बनेको हुन्छ । अर्को पाटोबाट बुझ्दा सदाचार वा श्रेष्ठाचारको विपरीतार्थ अर्थबोध हुन्छ भ्रष्टाचार शब्दबाट । वर्गीय कित्ता, वर्गीय जिम्मेवारी र उत्तरदायित्वअनुसार कुन वर्गका लागि कस्तो भ्रष्टाचारचाहिँ महापाप वा भनौँ अक्षम्य अपराध हो त भन्ने पक्षको परिचर्चा हुनु पनि सान्दर्भिक नै देखिन्छ ।
    गत हप्ता मिडियामा आएको ३३ किलो सुनतस्करी प्रकरणको निकै चर्चा छ । त्यो तस्करीमा प्रहरीका जिम्मेवार अधिकृत र उच्चपदस्थ पदाधिकारीहरूसमेत मुछिएको समाचारले सारा राष्ट्र स्तब्ध भएको छ । यसअघि सुनकाण्डमा तस्कर, व्यापारी र राजनीतिक नेतृत्वको नाम आउँदा ‘ए, भ्रष्ट भएछन्’ भनिन्थ्यो मानौँ सानोतिनो अपराध वा कसुर हो, महाअपराध, महापाप वा जघन्य अपराध होइन । तस्कर व्यापारीहरूको वर्गीय अभीष्ट नै जसरी पनि कमाउनु, ठगी गर्नु हुन्छ । राजनीतिकर्मीको पनि नेपाल र भारतजस्ता देशमा, जहाँ आवधिक निर्वाचनमा भ्रष्ट मतदाताहरू किनेर नै निर्वाचन जित्नुपर्ने बाध्यात्मक परिस्थितिले आर्थिक भ्रष्टाचार जघन्य अपराध नहोला । तर तिनै राजनीतिकर्मीले राष्ट्रियता, स्वाधीनता, क्षेत्रीय अखण्डतामा सम्झौता गरे, चुके वा बेइमानी गरे भनेचाहिँ त्यो महाअपराध, जघन्य अपराध, महापाप ठहर्छ । तर प्रहरी अधिकृतहरूबाट, जो समाज र जनताका रक्षक मानिन्छन्, समग्रमा एउटा बर्दीधारी व्यक्ति सरकारकै प्रतिनिधि पात्र हुन्छ र राष्ट्रसेवक कर्मचारी भएकाले गरिब जनताले तिरेको करबाट तिनका परिवार भरणपोषण गर्न पुग्ने खान्की (तलब, भत्ता तथा पेन्सन सुविधा) दिएकै हुन्छ, त्यस्ता प्रहरी अधिकृतहरू सुनकाण्डमा मुछिनुचाहिँ सारा राष्ट्र स्तब्ध हुनुपर्ने विषयचाहिँ पक्कै हो । यस्तो काण्डमा प्रहरीको संलग्नता हुनु अनि प्रहरी अधिकृतहरूबाट पीडित पक्षको पृष्ठपोषण नभई पीडक पक्षको पृष्ठपोषक, पीडक पक्षको दावेदार वकिल भइदियो भनेचाहिँ त्यो कसुर जघन्य अपराध, महापाप नै हो ।
    जस्तै प्रायः सबै देशका छापाहरूमा यौन शोषणका घटनाहरू आइरहन्छन् । ती समाचारले हाम्रो, हामी सबै पाठकको ध्यानाकर्षण गर्छन् नै । तर कुनै दिन सामूहिक बलात्कार, बालिका बलात्कार, हाडनाता बलात्कार, प्रहरी सेनाका जवान अफिसरबाट बलात्कार जस्तो समाचार आउँछ, हामी सबैको गम्भीर ध्यानाकर्षण हुन्छ । हामी त्यसलाई ठूलो अपराध मान्दछौँ पनि । तर कुनै दिन कुनै श्रद्धेय, आदरणीय, पथप्रदर्शक धर्मगुरुहरू बलात्कारको कसुरमा दोषी ठहर भएको समाचार आउँछ, तब सिङ्गो राष्ट्र स्तब्ध हुन्छ । राष्ट्रको समुदायकै शिर लाजले निहुरिन्छ । त्यो महाअपराध हुन्छ । अक्षम्य, जघन्य महापाप ठहरिन्छ । किनभने धर्मगुरु, समाजसुधारक, अगुवाहरूको सम्पत्ति, पुँजी र सर्वस्व भनेकै चरित्र हुन्छ ।
    अर्थात् हरेक वर्गविशेषको वर्गीय कर्मधर्म हुन्छ । त्यो कर्मधर्मको निर्वाह गर्नबाट ऊ चुक्यो, विचलित भयो भने त्यो कसुरचाहिँ महापाप, जघन्य अपराध नै ठहर्छ । जस्तो खाद्यव्यापारीका लागि आर्थिक भ्रष्टाचार, मुनाफाखोरी महापाप नहोला, तर खाद्यपदार्थमा अखाद्य वस्तु मिलावट, म्याद गुज्रेका औषधि बिक्री आदि महाअपराध मानिन्छ । एउटा शिक्षकका लागि प्राइभेट ट्युसन सामान्य कसुर मानिएला, तर कमसल विद्यार्थी, फेल भएको विद्यार्थीलाई बढी अङ्क थपेर पास गर्नु र पास भएको विद्यार्थीको अङ्क घटाएर फेल गरिदिनुचाहिँ वर्गीय दृष्टिले महापाप, जघन्य अपराध नै मान्नुपर्ने हुन्छ । अझ त्यसमाथि पनि आम जनताको जीवनसँग खेल्नुपर्ने मेडिकल तर्फबाट विद्यार्थीको हकमा त्यसो गर्नु त अक्षम्य अपराध नै ठहर्दछ । त्यसो गर्न–गराउन भनसुन गर्ने, सामाजिक–राजनीतिक दबाब दिनेहरू पनि अपराधी नै ठहर्दछन् ।
    पेसागत इन्जिनियरहरूको कुरा गर्दा ठेक्कापट्टा, लागत इस्टिमेट आदिमा ५ — १० प्रतिशत कमिसन आदिलाई सामान्य कसुर र अनैतिक कार्यसम्म मान्न सकिएला, तर असमयमै ढलेर ठूलो धनजनको क्षति हुने जान्दाजान्दै गुणस्तरहीन, कमसल सार्वजनिक निर्माणका भवन पुल आदिको जाँचपास गरिदिनुचाहिँ जघन्य अपराध, महापाप ठहर्दछ ।
    नेपालमा पद, प्रतिष्ठा र पहुँचले उच्च स्थानमा पुगेका वरिष्ठहरूको दुईथरि सोच देखिन्छ — ‘म सबैलाई ठीक गर्छु, हेर्दै जाऊ न’ भन्ने एउटा सोच, र ‘म पनि सच्चिन्छु, आत्मसमीक्षा गर्छु र सबैलाई मिलाएर लैजान्छु’ भन्ने सोच । पहिलो श्रेणीमा पर्नेहरूमा राजा–महाराजा, सनापति, प्रहरी प्रमुख, सचिव आदि, संवैधानिक प्रमुख, न्यायमूर्तिहरू देखिन्छन् । उदाहरणका लागि नामै लिएर भन्नुपर्दा पूर्वराजा ज्ञानेन्द्र, पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्की, पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली आदि पर्दछन् । दोस्रोथरिको सोच पाल्नेहरूमा यथार्थमा समाजसेवी, राजनीतिज्ञ, जनप्रतिनिधिहरू पर्दछन् । राजनीतिकर्मी, जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री (अब त मुख्यमन्त्री पनि) हरूमा केही आर्थिक भ्रष्टाचार, नातावाद, कृपावाद र अलिअलि सर्वसत्तावादका बाछिटाहरू देखिए पनि आत्मालोचना, आत्मसमीक्षा गरेर आफूलाई सच्याउने, सुधार गर्ने र सबैलाई (आफ्ना विरोधीहरूलाई पनि) मिलाएर लैजान्छु भन्ने सोच देखिन्छ । यसो हुनुको कारण सायद लोकतन्त्रमा हुने आवधिक निर्वाचन नै हो । पहिलो कोटिकाले पटक–पटक आफ्नो परीक्षा दिइरहनैपर्दैन । आफूलाई जनअनुमोदन लिनैपर्दैन । त्यसैले त्यस्ता प्रशासक, न्यायाधीश, मठाधीश, विभिन्न पति (सेनापति आदि), संंवैधानिक आयोगका प्रमुखहरूमा पदीय दम्भ, अहङ्कार र सामन्तवादी प्रवृत्ति बढी देखिन्छ । त्यसैले उनीहरू भन्छन् — ‘म सबैलाई ठीक पार्छु ।’ पदच्युत हुनुभन्दा हप्ता दिन अघिसम्म पनि माथि उद्धृत तीनैजनाले त्यही भनेको सुनियो — ‘म सबैलाई ठीक पार्छु ।’ यथार्थमा ‘म आफूलाई ठीक पार्छु’ भन्ने विचार पैदा भयो भने अरू सबै आफसेआफ ठीक भइहाल्छन् । ठीक पार्नैपर्दैन ।
    सायद नेपालमा दोस्रोथरि सोचवालाभन्दा पहिलोथरि सोचवालाहरूबाट नै बढी भ्रष्टाचार भएको छ, भइरहेको हुन सक्छ र भविष्यमा पनि हुने सम्भावना देखिन्छ ।

    काङ्ग्रेस झन् ओरालोतिर
    — कृष्णविनोद शर्मा

    नेपाली काङ्ग्रेस देशको सबैभन्दा पुरानो र जेठो पार्टी । पछिल्लो १३ औँ महाधिवेशन हुँदासम्मको सबैभन्दा ठूलो पार्टी । सात दशकमा तीनपटक क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी । अनि आफ्नो पार्टीलाई पार्टीका पक्षधरहरूले लोकतन्त्रको पर्याय ठान्ने पार्टी । यी सबै विशेषण, उपमा र अलङ्कारको विपरीत २०७४ सालको तीन तहको निर्वाचनमा नराम्रोसँग पछारिएकोमा निर्वाचनमा पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिलाई समीक्षाको नाउँमा गुटगत आक्षेप र बचाउ गर्न १४ दिन लाग्यो । १४ दिनको बहस, कटाक्ष, आरोप, प्रत्यारोप हेर्दा कमसेकम गर्वका साथ यति भन्न सकिन्छ कि त्यस मामलामा चाहिँ अझै नेपाली काङ्ग्रेस नै सबैभन्दा ठूलो पार्टी हो देशको । किनकि यस्तो परिस्थिति त ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा समेत देखिएन । संस्थापन पक्ष, पौडेल (पूर्व कोइराला) पक्ष र तेस्रो च्याँखे धार सिटौला पक्ष, नव च्याँखे धार विजय गच्छदार पक्ष (स्वर्गीय भएकाले खुमबहादुर खड्का गुटको चाहिँ उल्लेख नगरौँ) का शीर्ष पहिलो पुस्ताका एक दर्जन नेताहरूलाई सीएनएन वा बीबीसीका कुनै पत्रकारले ‘तपाईंको पार्टीको भिजन, मिसन र एक दशकको मार्गचित्रबारे सङ्क्षेपमा भन्नुस् त’ भनेर सोध्यो भने के भन्लान् त ती नेताहरूले ?
    सभापति शेरबहादुर देउवाले भनेको कुरा पत्रकारले बुझ्दैनन् अनि ‘हवस् त धन्यवाद’ भनेर पन्छिन्छन् । रामचन्द्र पौडेलले कनी–कनी प्रजातन्त्र, समाजवाद, विधिको शासन अनि बीपी हाम्रो आयडियल, साठी–चालीसको भागबन्डा आदि भन्लान् । अन्य नेताहरूले भिजन भन्नुपर्नेमा मिसन भन्लान्, मार्गचित्रमा कुनै दिन आफू सभापति र प्रधानमन्त्री हुने भित्री सपना गोलमटोल भाषामा भन्लान् । उनीहरू सबका सब नालायक नेताहरू हुन् भन्न खोजिएको होइन । सबै एकसेएक त्यागी, दुःखकष्ट झेलेका, खारिएका नेताहरू छन् । पार्टीका शीर्ष नेताहरू यसमा स्पष्ट हुनका लागि पार्टीमा नियमित महासमिति बैठक बस्नुपर्छ अनि ती बैठकहरूमा गुट–उपगुटभन्दा माथि उठेर वैचारिक बहस र विचार–विमर्श हुनुपर्छ, पुस्तान्तरण हेतु प्रशिक्षण कार्यक्रमहरू गर्नुपर्छ । सात दशकको लामो इतिहासमा जम्मा ९ वटा मात्र महासमिति बैठक बसेको छ । तीस वर्ष पञ्चायती कालखण्डमा पार्टी प्रतिबन्धित भएको अवधिलाई घटाउँदा पनि ४० वटा महासमिति बैठक हुनुपर्नेमा जम्माजम्मी ९ वटा भए र ती सबैमा पार्टी कब्जा, गुट–उपगुटको द्वन्द्व, भागबन्डा आदि विषयमा नै बैठक सीमित रह्यो ।
    २०७४ सालको तीन तहको निर्वाचनमा लज्जास्पद पराजय बेहोर्दा पनि पार्टीमा चेत पलाएको छैन । बीजारोपण भएको भए पो पलाउँथ्यो ! निर्वाचन हारको समीक्षा गर्नमा नै १ वर्ष बित्छ भने कहिले नीतिगत समीक्षा, पुनरवलोकन गर्ने अनि कहिले अर्को निर्वाचनका लागि स्ट्राटेजी प्लानिङ गर्ने ? अहिले पनि शेरबहादुर देउवालाई कसरी हटाउने, उपाध्यक्ष आदि पद कसरी हत्याउने भन्नेमै सीमित छन् नेताहरू । अर्को उदेकलाग्दो दुर्भाग्यपूर्ण पक्षचाहिँ के हो भने यसरी नराम्रोसँग मतदाताबाट बहिष्कृत भइसक्ता पनि आम मतदातालाई पटक्कै मन नपर्ने गरी फौजदारी अभियुक्त सांसदहरूको सांसद पद खारेज हुनु हुँदैन भन्ने अडान राख्तैछ नेपाली काङ्ग्रेसले ।
    सायद नेपाली काङ्ग्रेसको यो किचलो र हविगतकै कारण नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुन ढिलो भइरहेको छ । किनभने गत वर्ष देशको सबैभन्दा जेठो, सबैभन्दा पुरानो, सशक्त र अन्तर्राष्ट्रिय साख बनाएको पार्टीलाई परास्त गर्नु थियो । तब वाम पार्टीबीच एकता रणनीतिक आवश्यकता थियो र रणनीति सफल पनि भयो । अब नेपाली काङ्ग्रेस झन् ओरालो लाग्दैछ भने किन एकता ? एकतालाई केको हतार ? त्यसैले अब एकीकरणको आवश्यकता नै देखिरहेका छैनन् माओवादी केन्द्र र नेकपा एमालेका नेताहरू ।

    बाहुन–छेत्री हुँदा अयोग्य ?
    — सङ्गीता रेग्मी

    नेपालमा आरक्षण आवश्यक छ कि छैन भन्ने विषय अहिले बहसको विषय बनेको छ । देशको विकास र समृद्धिमा सबै नागरिकले उचित अवसर पाउन सकुन् भन्ने उद्देश्यले समावेशिताको सिद्धान्तलाई अगाडि ल्याइएको हो । समावेशिताले व्यक्ति एवं समुदायको पहुँच, पहिचान, प्रतिनिधित्व, स्वामित्व, सहभागिता, अधिकारको स्थान सुरक्षित गर्दै उनीहरूको सबलीकरणका लागि मार्गनिर्देश गर्दछ । विगत लामो समयदेखि राज्यका हरेक निकायहरूमा कुनै विशेष जात वा समुदायको मात्र वर्चस्व रहँदै आयो । त्यसैले सम्पूर्ण जात र समुदायलाई राज्यको हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनको लागि आरक्षणको व्यवस्था गरिएको हो । अहिले नेपालमा जात र समुदायको आधारमा आरक्षण दिइदै आइएको छ ।
    कुनै विशेष जातमा जन्मिएकै भरमा कुनै व्यक्ति धनी वा कुनै व्यक्ति गरिब हुँदैन । सबै खस आर्य शोषक होइन, सबै मधेशी पीडित होइनन्, सबै दलित गरिब छैनन्, सबै जनजाति अनपढ छैनन् । आरक्षणका आधारहरू जात वा समुदाय होइनन् बरू वर्ग वा व्यक्ति हुन सक्छन् । तराईमा जन्मिएर मधेशी भएकै आधारमा, काठमाडौंमै जन्मिएर आदिवासी, जनजाति भएकै आधारमा कुनै व्यक्तिले आरक्षित सिट पाउने तर जुम्लामा जन्मिएर बाहुन भएकै आधारमा कुनै व्यक्तिले आरक्षित सिट नपाउनु समावेशी सिद्धान्त होइन ।
    आरक्षणले पछाडि परेका जात र समुदायलाई समेट्नुभन्दा पनि त्यही आरक्षणको नाम लिएर आफ्ना पत्नीदेखि, सालीसम्म र ज्वाइँदेखि सम्धीसम्मलाई समानुपातिक सभासद् बनाउन उपल्लो तहका नेताहरु लागिपरेको देखिन्छ । मधेशीको नाममा आरक्षित गरिएको सिटमा मधेशमा अति पिछडिएका र विपन्नहरूले पाउनुपर्नेमा मधेशकै सम्पन्न समुदायलेहरुले त्यो अवसर लिईरहेको देखिन्छ । महिलाको ३५% सहभागिताको लागि आरक्षित सिटमा सकेसम्म आफ्नै श्रीमती नसके आफ्ना नजिकका आफन्तलाई स्थान दिएको पाइन्छ । यसरी हेर्दा आरक्षणले विपन्नलाई भन्दा पनि सम्पन्नलाई झन् माथि उठाउन मद्दत गरेको देखिन्छ । मधेशको मुसहर समुदाय जो शिक्षित छैन उसको लागि निजामती सेवामा आरक्षित सिट राखेर मात्र हुन्न । उसलाई त्यहाँसम्म पु¥याउनको लागि राज्यले सहयोग गर्नुपर्छ र उनीहरुको शिक्षाको लागि राज्यका आरक्षणको व्यवस्था गर्नुपर्छ । निजामती सेवामा आरक्षणले केही समावेशिता ल्याएको देखिन्छ भने राजनीतिको पाटोमा सोचेअनुरूपको उपलब्धि पाइन्न ।
    आरक्षण आर्थिक स्तर कमजोर भएकोलाई निःशुल्क पढाउने सवालमा, विभिन्न व्यवसायिक तालिम दिने सवालमा, जीविकोपार्जनको क्षेत्र उपलव्ध गराउने सम्बन्धमा दिइनु सान्दर्भिक हुन्छ । त्यो पनि कुनै जातका आधारमा आरक्षण दिइनु ठिक होइन । जातीय आधारमा माथिल्लो मानिनेहरु पनि निकै कमजोर आर्थिक हैसियतमा रहेका हुन्छन् भन्ने जातको आधारमा तल्लो मानिएकाहरू पनि आर्थिक रूपमा सम्पन्न भएका धेरै उदाहरणहरू हामी देख्न सक्छौं । हुम्ला, मुगुमा बस्ने बाहुन, क्षत्री, दलित र काठमाडौ, पोखरा, बुटवलमा बस्नेहरुको आर्थिक, सामाजिक हैसियत समान हुँदैन । त्यसैले राज्यले हेर्दा दलित भनेर सबै न्युन आर्थिक अवस्था र पिछडिएको मान्ने, जनजाती भनेर सबै काठमाडांै वरपरका व्यापारी नेवार ब्रिटिश लाहुरे बनेर राम्रो आर्थिक हैसियत बनाएका पोखरा, काठमाडौंमा बस्ने गुरुङलाई मान्ने, मधेशी भनेर जनकपुरमा मजदुरी गरेर जिविका चलाउनेलाई मान्ने र बाहुन एवं क्षत्री भनेर उच्च पदमा पुगेका व्यक्तिहरुलाई मानेर त्यही अनुरुप आरक्षणको जसरी व्यवस्था गरिएको छ, यो सरासर गलत हुन्छ ।
    उच्च वर्ग मानिने समुदाय पनि भुगोल र क्षेत्र अनि उपलव्ध भूमि, अवसर इत्यादि कारणले पिछडिएका हुन सक्छन् । दलित एवं जनजाति, मधेशी, आदिवासी वर्गमा छुट्टाइएकाहरु पनि ठाउँ विशेष र अवसरको उपलव्धताको कारण सम्पन एवं राम्रो हैसियत बनाएका हुन सक्छन् । यसैले कुनै पनि जातजाति र समुदायका आधारमा राज्यले दिने सुविधाहरुलाई वर्गीकरण गर्नुभन्दा वास्तविक व्यक्तिहरुको अवस्थालाई मुल्यांकन गरिनुपर्छ ।
    जनजाति वा दलित वा मधेशी भएकै कारणबाट असक्षमले पनि राज्यका विभिन्न निकायमा अवसर पाउने र बाहुन, क्षत्री भएकै कारण योग्य, सक्षम भएर पनि राज्यको विभिन्न निकायहरुमा अवसर पाउन नसक्ने अवस्था आउनु भएन । बरू पिछडिएका जात र समुदायका व्यक्तिहरूलाई शिक्षामा, स्वास्थ्यमा राज्यले अनुदान देओस् । उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गरेर हरेक क्षेत्रमा खुला प्रतिस्पर्धाबाट आउन सक्ने बनाउनु राज्यको दायित्व हो तर जातकै आधारमा आरक्षणको व्यवस्था गरी त्यस्ता समुदायलाई तँ अरूभन्दा कमजोर होस् भनेर प्रमाणित गर्ने काम राज्यले नगरोस् ।
    महिला, दलित, मधेशी, आदिवासी, जनजाति र पिछडिएका क्षेत्रकालाई आरक्षणको पछि लागेर देशलाई बीसौँ वर्ष अहिलेकै अन्योल र अनिश्चितताको अवस्थामा राख्ने कि कमजोरलाई संरक्षण र अवसर दिएर समृद्धितर्फ अगाडि बढ्ने हो, यो अहिलेको गम्भीर चुनौती बनेको छ । प्रतिभाहरूलाई योग्यताकै आधारमा देशभित्रै रोजगारी दिने नीति अवलम्बन गरे समावेशी कार्यक्रमको आवश्यकता पनि क्रमशः गौण बन्दै जानेछ । (मधेस दर्पण फिचर सेवा)

    पुलिस खेद्ने, पसले भाग्ने
    — पोष चापागाईं

    भियतनामको होचिमिन्ह सहरबाट भियतनामकै हनोई पुग्ने प्लेनमा हामीलाई एक घन्टा चालीस मिनेट लाग्यो । टाढा रहेछ । काठमाडौँका मान्छेहरू पोखराको लेकसाइड हेर्न गएजस्तै हामी पनि लेकसाइड हेर्ने इच्छा बोकेर त्यता जाँदैछौँ ।
    प्लेनबाट बाहिर निस्किएर साथीहरूले कार हायर गर्नुभयो । अरूसँगै म भित्र पसेँ । बाटोमा ठूलो नदी आयो । नदी, पानी, अभिषेक त मैले यदाकदा लिएकै हो । समुद्र पनि देखेकै हो । तर नौलो र आश्चर्यजनक लाग्यो पुल । डरलाग्दो । कति ठूलो ठूलो । एक साइडबाट पाँचवटा गाडी एकैपटक जान सक्ने । त्यसरी नै अर्को साइडबाट पाँचवटा गाडी आउने । अन्दाजी एकैपटक आउजाउ गर्ने दसवटा गाडी । हौ, हेर्दै मजा । कुदि त गो कार । हेरिरहन, झोक्राउन पाइनँ मैले ।
    बुक गरिसकेको रहेछ होटल वाटर मार्क । अनलाइन । कारबाट निस्किएर होटलभित्र गयौँ । साँचो लियौँ । पस्यौँ । बस्यौँ । बाथरूमभित्र पसेर मनलाग्दी ग¥यौँ । निस्किएर अरू लुगा फेर्न थाले । हतारहतार लुगा लाइसकेर दस तलामाथिको कोठाको कौसीमा बसेर तल हेर्न थालेँ म ।
    होटलअघि सडक । सडकसँगै झुरुम्म घर । घरहरूनजिकै पीच सडक । सडकमै जोडिएको विशाल दह पानीको । पानी र सडकको बीचमा हरिया झ्याम्म रूखहरू । माथिबाट चारैतिर देखिन्छ उज्यालो । उज्याला घरहरू । मान्छेहरू । अमृतरत्न गङ्गाजल । पानीमा फाट्टफुट्ट नाउ । भीड छैन ।
    त्यता हेर्दाहेर्दै म मोहित भएँ । ‘जाऔँ घुम्न ।’ ‘हुन्छ । म तयार छु ।’
    कारबाट निस्किएर लेकसाइडको बजार घुम्न थाल्यौँ । साँझ परिसकेको थियो । घामको सट्टा बिजुलीबत्ती चहचह थियो । हनोईको लेकसाइडमा पर्यटकहरूको औधि बिगबिगी थियो । म हिँड्ने कम, हेर्ने धेरै गर्दै थिएँ । लागि त गो भोक ! निचोरि त गो पेट ! उखपट्याङ । अरू के सुरमा, म खाने सुरमा । एक मन भन्छ — ‘नकरा, हिँड् ।’ पेटभित्र भोकले ठोकेको छ, छ । भकुरेको छ, छ । भोकले पेटमा भुक्कु लात्तले ठोक्छ । म ऐया भन्छु ।
    हिँड्दाहिँड्दै हामी ओल्ड क्वार्टरमा पुगेछौँ । घर ओल्ड । बजार ओल्ड । रहनसहन, खानपिन ओल्ड । ओल्डमा ओल्ड थपियौँ हामीहरू ।
    फुटपाथमा खानेकुराको बजार छ । बैङ्ककको फुटपाथमा जस्तै । मासु पकाउँदै, उसिन्दै, भुलुकभुलुक उमाल्दैछन् पसलेहरू । फुटपाथमा चलेको छ मजाले होटल । भ्याइनभ्याइ छ । खाने–बस्ने टेबल छ । भाँडा माझ्ने ठाउँ छ । नक्कले–नक्कली रमाउने, खितिती गर्ने ठाउँ छ । कतै रूखले छेलेर अँध्यारो छ फुटपाथ । कतै चहचह । कतै अर्धउज्यालो । साह«ै पुरानो ठाउँ । विदेशीहरू ओइरिएका छन् । ओइरिएकाले भने — ‘खाने होइन ?’ सबैलाई मेरै समस्या रहेछ – भोक ।
    एकै स्वरमा स्वरलहरी मुस्कुरायो — ‘जाने, खाने ।’ म ङिसिङ्क हाँसेँ । ‘फुटपाथमा बसेर खाने कि भित्र ?’ ‘फुटपाथमा मजा हुन्छ । बाहिरै खाने ।’ फुटपाथको पसलको बेन्चमा गएर हामी पाँचैजना बस्यौँ थचक्क ।
    खानेकुरा म अर्डर गर्दिनँ । किनभने म जान्दिनँ । अर्डर गरेका परिकार मजाले ठोकी–ठोकी बजाउँछु । किनभने प्रायः म अल्तलिएको हुन्छु । यात्रा गर्दा यो मेरो नियम पूर्णतः लागू हुन्छ । नमगाउने, मगाएकामध्ये मीठो–मीठो गोद्ने ।
    आयो अगाडि खानेकुरा । खाँदैछौँ । म खाँदै हेर्दैछु । फुटपाथको नजिक–नजिकै देखिन्छन् अग्ला, सुरिला, झ्याम्म रूखहरू । लैनचौरतिरका रूखको झझल्को आउँछ । लैनचौर मात्र होइन, नजिकैको ठमेलको पनि झझल्को आयो । खैरे–खैरिनीहरू झोला बोकेर कुद्दैछन् । उः, मोराले रूखमा छेलिएर मोरीलाई चुम्मा दियो । नेपाली र भियतनामी जनता उस्तै त हुन् ! दुवै गरिब । एउटालाई अमेरिकाले चुस्यो । अर्कालाई राणाहरूले ।
    फुटपाथको कुर्सीमा बसेर खाँदै थियौँ, परबाट गुडुडु कुद्दै मान्छेको हुल हामीतिर आयो । पसलेले भन्यो — ‘नआत्तिनुस् । पुलिस आयो । भित्र बस्नुस् ।’ उसले बाहिरबाट कुर्सी भित्र ल्यायो । बस्यौँ । खायौँ । हेर्दाहेर्दै फुटपाथका पसल घरभित्र पसे । हामी खाइसकेर पैसा तिर्दै थियौँ, मैले हेरेँ — सबै फुटपाथ पूर्ववत् भरिभराउ । मैले सोधेँ — ‘सधै यस्तै हो भाइ ?’
    उसले भन्यो — ‘हो, पुलिसले समात्यो भने फुटपाथमा पसल राखेबापत धेरै जरिवाना तिर्नुपर्छ । पुलिस खेदेजस्तो गर्छ, पसलेहरू भागेजस्तो गर्छन । लुकामारी चलिरहन्छ । सबैले पसलको भाडा तिर्न सक्तैनन् । महँगो हुन्छ । फुटपाथमा पसल नराखेर के गर्नु त गरिबहरूले ।’
    मैले ‘ए’ भनेँ । बाटो लाग्यौँ ।

    चुरेभावरको आलोकमा मधेसी आन्दोलन
    — डा. श्याम भट्टराई

    २०७४ चैत्रमा पार्थमणि भट्टराईको ‘चुरेभावरको आलोकमा मधेसी आन्दोलन’ नामक पुस्तकको लोकार्पण समारोहमा सहभागी भएँ । यस लोकार्पण समारोहको मञ्चमा प्रमुख अतिथि पूर्वमन्त्री होमनाथ दाहाल र अतिथि वक्ता प्रा. पुरुषोत्तम दाहाल, प्रा. डा. सुरेन्द्र के. सी., प्रा. खगेन्द्र भट्टराई, डा. रमेश ढुङ्गेललगायतका महानुभावहरू आसिन थिए ।
    लेखक पार्थमणि भट्टराईले यस पुस्तकको रचनागर्भ रूपमा चुरेभावर एकता समाजको जन्मका बारेमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा भन्नुभयो – ‘त्यसताका मधेसमा विभिन्न प्रकारका अधिकारका नाममा जातीय आन्दोलन, भाषिक आन्दोलन, पृथकतावादी आन्दोलन भइरहेको अवस्थामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पहाडियाहरू किंकर्तव्यविमूढ बनेर मधेसीको ज्यूज्यू गर्दा पनि जोगिन सकेनन् । धेरै ठाउँमा अल्पसङ्ख्यक पहाडिया विस्थापित हुन थाले, कुटिए, लुटिए, बलात्कृत बने, शारीरिक र मानसिक यातना पाएर पिल्सदै रहे । तर कुनै पनि संसद न पहाडिया न मधेसी त्यस्तो अन्यायको विरुद्ध आवाज उठाउन अगाडि सरेनन् । भावरको भोट मृतप्रायः बन्यो । भावरबासीले अब आफ्नो सुरक्षा आफैँ रोज्नुपर्ने भयो । सबैको मनमा एउटै विचार उब्जियो सुरक्षित हुन संगठित बन्नुपर्छ तर कसरी ? विचारको मन्थन, अभ्यासमा जाँदै गर्दा अनुभव र व्यवहारमा पाकोपन बदलिदै गयो अनि जन्मियो चुरेभावर प्रदेश ।
    लेखकले आफ्नो धारणा राख्ने क्रममा भन्नुभयो – चुरेभावर प्रदेश एकता समाज कुनै राजनीतिक, जातीय, धार्मिक आस्थाबाट अभिप्रेरित नभएको विशुद्ध रूपले सामाजिक सद्भाव, राष्ट्रिय गौरव र देशको भौगोलिक अखण्डताप्रति कटिबद्ध भएको संस्था हो । यो कसैको बुइ चढेर या ठूलो हैसियतवाला बन्ने योजना गरेर अस्तित्वमा आएको नयाँ दल होइन । यो त चुरेभावर प्रदेश र चारकोसे झाडीभित्र बसोबास गर्ने बहुसङ्ख्यक, अल्पसङ्ख्यक अनेक प्रकारका जाति, जनजाति, दलित, आदिवासी, पहाडे, मधिसे, मुसलमान, मारवाडी, कोचे, डागर आदि ज्ञात–अज्ञात समुदायका मानिस बसेको मिश्रित बस्ती हो । यहाँ दक्षिणपन्थी, घोर उग्रवादी समूहका विहारी शैलीले साम्प्रदायिक सद्भाव विथोल्न सजिस गरेको बुझिन्छ । नेपाली सीमाको दक्षिणबाट अनियन्त्रित झिकाइने क्षपराधी एवं हतियार उपकरण आदिका कारण नवसिखिया नेपाली आपराधिक गिरोहसमेतले गर्दा तराई आक्रान्त छ । देशमा बस्ने सबै नागरिकले शान्तिसुखको अनुभव गरी चलनचल्तीको कानुनबमोजिम काम गरेर खान पाउनुपर्छ । जीउधनको सुरक्षा हुनुपर्छ । चाहे मधिसे बहुल ठाउँमा बस्ने पहाडे होस्, चाहे पहाडे बहुल ठाउँमा बस्ने अन्य कोही होस्, उसले भयरहित वातावरणमा बालबच्चाको भरणपोषण गराउन पाउनुपर्छ भन्ने यो समाजको चाहना हो । यसर्थ चुरेभावर क्षेत्रका बासिन्दाले आफ्नो अस्तित्व जोगाएर सहअस्तित्व कायम गर्न वसुधैव कटुम्बकम्को विचार बोकी बसेका तमाम पहाडी मूलका तराईवासी, आदिवासी, जनजाति, दलित, मारवाडी, मुसलमान आदिलाई आफ्नो प्रतिरक्षा गर्न जन्मिएको हो चुरेभावर एकता समाज ।
    लेखकको रचनागर्भपश्चात् सुरुवात भएको लोकार्पण कार्यक्रमका वक्ताले वि. सं. २०६२–६३ मा भएका आन्दोलनले महिला, दलित, जनजाति, मधेसी लगायतका समुदायको प्रतिनिधित्व सुनिश्चित गराउने मुद्दा बोकेर आएको थियो । त्यसले अहिलेको राज्यसंयन्त्रमा सहयोग पु¥याउनुको सट्टा व्यक्तिवादी चिन्तनलाई प्राथमिकता दिएको देखियो जुन देशको लागि खतरनाक हुन सक्छ । त्यत्रो हावाहुण्डरी संवैधानिक व्यवस्थाका बाबजुद आउनु देशका लागि हितकर हुँदैन । राष्ट्रलाई एउटा राज्यका रूपमा खुम्चाउनुपर्ने बाध्यता कहाँबाट आयो ? उनान्सय प्रतिशत ओमकार परिवार रहेको मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्नु कसको अभीष्ट पूरा गर्नु हो ? सानो मुलुकलाई संघीयता उन्मुख गराउनेतर्फ कसले खर्च ग¥यो ? यसबाट लक्षित वर्गले के पाए ? त्यस आन्दोलबाट कस्तो उपलब्धि भयो ? जनताले नेताको सोपान हुनुपर्ने बाध्यता किन आयो ? चुरेको संरक्षण नभए देशको दुर्दशा हुने विषयलाई वक्ताले आफ्नो धारणा राख्नुभएको थियो
    दर्शकदीर्घामा रहेर वक्ताको कुरा सुन्दासुन्दै पुस्तकप्रति उत्सुकता जाग्रित भयो । अनि खरिद गरी पढेँ । सोह« अध्यायमा विभाजन गरिएको सो पुस्तकमा पौराणिक, ऐतिहासिक, सामाजिक पृष्ठभूमिलाई आधार बनाएर लेखिएको रहेछ । पुस्तकमा समावेश विषयवस्तु तथ्य र तथ्याङ्कको आधारमा लेखिएको रहेछ । यस पुस्तकको २०२ पृष्ठमा भनिएको छ – चुरे पहाडी शृङ्खलालाई शिवालिक वा शैवालिक पर्वतमाला पनि भनिन्छ । भूपर्यावरणीय प्रक्रियाका आधारमा शिवजीको बासस्थान पहाड मानिने भएकाले यो पर्वतमालालाई शिवालिक क्षेत्र पनि भन्ने गरिन्छ । यस आधारमा यो क्षेत्रलाई हेर्ने हो भने प्रागैतिहासिक कालदेखि यहाँ आपसी सहअस्तित्वलाई स्विकारेको देखिन्छ । शिवको बासस्थान रहेको यस क्षेत्रमा बसोबास गर्ने मानिसले शिवको पारिवारिक स्थितिलाई अवलोकन गरी आत्मसात गर्नुपर्ने देखिन्छ । एकपटक शिवजीको तस्बिर ल्याई अध्ययन गर्नुस्, त्यहाँ देखिनेछ मुसा, मयुर, सर्प, बाघ, साँढे जुन गणेश, कुमार, शिव र पार्वतीका बाहन हुन्, जुन एक–आपसका विरोधी या दुष्मन तर कसरी मिलेर बसेका छन् ? समन्वयकारी परिवारको उदाहरण बनेर । तसर्थ यो शिवालिक क्षेत्रमा बसोबास गर्ने मानिसले यसबाट शिक्षा लिनुपर्छ । राज्यले पनि जनताको जीवनस्तर उकास्न शिवको समन्वयकारी परिवारबाट शिक्षा लिनुपर्छ । जनताको जीवनस्तर उकास्न अर्थले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानिसलाई समन्वयकारी भूमिका निर्वाहका लागि राज्यले राम र कामको व्यवस्था गर्नुपर्छ । मानिस न रामविना रहन सक्छन् न कामविना । मानिसका जीवनका लागि यी अनिवार्य वस्तु हुन् । यी कुरा प्राप्त गर्न मानव जीवनका निम्ति शरीर र मनको स्थिति र उन्नतिका निम्ति शान्ति अपरिहार्य रहन्छ भने सद्भाव र सहिष्णुता आवश्यक रहन्छ । पहिलो प्राथमिकता शान्ति हो । शान्ति कायम गर्न पहिले देश चाहिन्छ, त्यसपछि प्रदेश । तर यहाँ ठीक विपरीत रहेको छ । प्रदेश बनाउने नाममा देशलाई कमजोर बनाइँदैछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि राजनीतिक रूपबाट मुलुक राम्ररी अगाडि बढ्न सकेको छैन । सबै पार्टीका नेताले आफ्ना मतदातालाई हेरेर प्रदेश निर्माण गर्न लगाएका छन् जुन देशका लािग हितकर छैन । यसलाई स्विकारेर राजनैतिक रूपबाट मुलुक अगाडि बढेको माने पनि जनताको जीवनस्तर उस्तै छ । अब जनताले आर्थिक समानताका सास फरिसक्नुपर्ने होइन र ? यहाँ त अवसर पाउन्जेल त्यही पार्टीको गुणगान गर्ने र अवसरबाट ओझेल पर्नासाथ अर्काे पार्टीको झण्डामुनि जाने र फेरि अवसर खोज्ने प्रवृत्ति बढ्दो छ । यो प्रवृत्ति रहुन्जेल जनताको जीवनस्तर उठ्दैन । मधेशवादी दलका नेताको अवस्था त्यस्तै देखिएको छ ।
    हाम्रा नेता तथा विद्वान् जन्मले, धनले, बलले र अवसरले यस मुलुकमा उभिएका छन् । समय–समयमा अवसरको खोजीमा निस्किरहेका छन् । त्यसैले तथ्य र तथ्याङ्कलाई स्विकार्दैनन् । तथ्य र तथ्याङ्कविना लेख्छन्, बोल्छन् किनकि तथ्याङ्क खोजे आफ्नो अवसर गुम्छ । किन खोज्ने तथ्याङ्क ? विनातथ्याङ्क बोले भ्रमको खेती गर्न पाइने, अवसर प्राप्त गर्न सकिने, अनि बाढीमा माछा समाउन पाइने भएकाले तथ्याङ्कविना बोल्ने–लेख्ने परिपाटीको विकास भएको छ । यस्तो गरे आफू योग्य भइने अनि अनैतिक तरिकाबाट आर्थिक लाभ हुने । यसरी कमाएको पैसाबाट आफूलाई सभ्य भएको ठान्नु, ढाँट्नुलाई सान सम्झनु जस्ता कुरा तराईमा रहेका अवसरवादी नेता र विद्वान्बाट भएगरेको देखिएको छ । नेता त नेतै भए, आफ्नो स्वार्थका लागि जस्तो कदम पनि उठाउन तयार हुन्छन् र उठाएका पनि छन् । तर विद्वान्बाट यस्तो हुनुनपर्ने तर भैदियो भन्ने संकेत यस पुस्तकमा रहेको छ । यो ऐजेरूको कथाबाट प्रस्ट हुन्छ । यो कथा प्रा. डा. राजेन्द्र विमलबाट रचना गरिएको हो । यो कथा लेख्नुको उद्देश्य समाजलाई दिग्भ्रमित, उत्तेजक तथा त्रासपूर्ण बनाउनु हो । एउटा विद्वान्ले समन्वयकारी भावनालाई जाग्रित गर्नुपर्ने होइन र ? देशलाई केन्द्रमा राखेर विद्वान् हिँड्नुपर्ने होइन र ? किन विद्वान्मा यस्तो संकुचन ? चुरेभावर क्षेत्र मात्र नहेरी देशलाई हेर्नुपर्ने होइन र ? देश बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक प्रकृतिका मानिसको बसोबास रहेको चित्र खिच्नुपर्नेमा किन ऐजेरू देख्नुभो तराईमा बसोबास गर्ने पहाडियालाई डा. साहेबले ? सोचनीय विषय हो ।
    विषयलाई अगाडि बढाउने क्रममा पुस्तकमा भनिएको छ – अतीतका शासकको जनताप्रति अनुदार व्यवहारप्रति आजको पहाडी पुस्ताले प्रायश्चित्त गरेर भए पनि राष्ट्र टुक्रिनबाट जोगाउन सक्नुपर्छ । मधिसे भनिनेहरूले पनि समकालीन समाजको इतिहासको मूल्य संयमतापूर्वक बुझेर आजको समस्यामा बौद्धिकतासाथ आफ्नो नागरिक हक लिन डटेर लाग्नु उचित हुन्छ । यसबाट प्रस्ट हुन्छ, राज्यबाट उपलब्ध हरेक प्रकारका सुविधालाई आदिवासी, जनजाति, दलित र उत्पीडितभन्दा पनि आवश्यकताको आधारमा सेवालाई समानुपातिक तवरले पारदर्शी रूपमा वितरण गर्नुपर्छ, नकि सीमित जनमा । यसबाट एक प्रकारको समन्वयकारी मुलुक रहन्छ भन्ने भाव झल्कन्छ । अन्यथा हाम्रो स्वतन्त्रता अपहरण हुन सक्छ ।
    जननायक विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन् – ‘हाम्रो कोसिस हुनुपर्छ, हाम्रो आफ्नो ऐतिहासिक स्वतन्त्रतालाई झन् सुदृढ बनाऊँ । आजकालको अन्तर्राष्ट्रिय परिस्थितिमा जागरूक भएर हरघडि देशको सार्वभौमिकताको रक्षाका लािग तत्पर रहेनौँ भने स्वतन्त्रताको अपरहण हुन बेर लाग्दैन ।’ यो सोचलाई गुरुमन्त्रका रूपमा लिनपुपर्छ । सामान्यभन्दा सामान्य जनभावनालाई एकै ठाउँमा ल्याएर समेट्नु नै स्वतन्त्रता र प्रजातन्त्र हो । यसमा चनाखो वा जागरुक भएनाँै या प्राप्त गरेको स्वतन्त्रतालाई दुरुपयोग गरियो भने त्यहाँ छाडातन्त्र हुन्छ । अन्ततोगत्वा स्वतन्त्रता अपहरण हुन सक्छ । यतातर्फ सचेत हुनुपर्छ । तर यहाँ कालापानीले कसलाई पोलेको छ र ! लिपुलेक कसलाई दुखेको छ र ! जङ्गेपिलरले कसलाई छेकेको छ र ! देशको सीमा सुरक्षा गर्दा तिलाठीका देवनारायण यादवलाई राष्ट्रले कसरी सम्झेको छ ? यस्ता विषयले हामी जागरुक हुन नसकेको सङ्केत गरेको छ । यसलाई इतिहासको कालखण्डमा डुबाइदिँदा पनि शान्तिसुरक्षाको अभावमा वर्तमान रोएको पनि नेताले देख्न छोडेका छन् । ठुल्ठूला भाषण गर्छन्, जनता रासन नपाएर भोकै छन् । भ्रष्टाचारको कुरो कोट्याउँदा आफैँलाई लाज लाग्छ । यस्तो अवस्थाबाट देश हिँडेको छ । देशका राजनीतिक पार्टी भने शास्त्रीय नीतिलाई त्यागी क्षेत्रीय तथा जातीय वर्णन गरेर हिँडेका छन् । देशलाई विनष्ट र पीडित राष्ट्रका रूपमा रूपान्तरण गर्दैछन् । देशलाई खुम्च्याई प्रदेशमा ल्याएर साम्प्रदायिक भावलाई प्रश्रय दिइरहेका छन् । राष्ट्रलाई विकासतर्फ डो¥याउनुको साटो क्रान्तिका नाममा क्षेत्रीय तथा जातीय नारा बोकेर हिँडेका विधायकबाट जनताले के आशा गर्ने ?
    मुलुकबाट राजतन्त्र हटे पनि राजतन्त्रको अवशेष बाँकी रहेको कुरा संसद् भवन आउँदा शाही तामझामका साथ वर्तमान राष्ट्रपति बग्गीमा बसेर आउनुले संकेत गर्छ । यस्तो रवैयाले राजतन्त्र उखेलेर फ्याँकेको ठूलो खाडल पुर्न सक्तछ ? समयमै नेताले बुझ्नुपर्ने हो । हामीले देशको गरिबी, अशिक्षा, अज्ञानता र बेरोजगारी हटाउनुपर्ने होइन ? किन शाही तामझाम ? नेताले बुझ्नुप¥यो स्वाधीन नागरिकको दायित्व अनि यसलाई निर्वाह पनि गर्नुप¥यो ।
    ‘चुरेभावरको आलोकमा मधेसी आन्दोलन’ अध्ययनपछि लाग्यो विचार आफैँमा शाश्वत चिन्तन हो । विचार बत्तीको शिखा हो । दियो बालेर त्यसलाई घोप्ट्याए पनि त्यसको ज्योति माथि उठ्छ । विचार पनि त्यस्तै हो । त्यसैले भनिन्छ विचार पहिले आउँछ, अनि मात्र व्यवहार हुन्छ । त्यही पहिचानलाई प्रवाह दिने काम विचारले गर्नुपर्छ । तर हाम्रो देशका नेताहरू झूटको खेती गरी हिँडेका छन् । कर्मचारी, व्यापारी, बुद्धिजीवीहरू पनि तथ्याङ्कको सहयोगविना बोल्न थालेका छन् नेताजस्तै । यसैमा फाइदा भएपछि तथ्याङ्क किन खोज्ने ? तर यस पुस्तकका लेखकले पुस्तकमा राखेका सामग्री तथ्य र तथ्याङ्कका आधारमा दृष्टान्त दिएरै लेख्नुभएको छ । पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।

    लोभीको मुख देखे लाभ हुँदैन
    — कविप्रसाद प्याकुरेल

    मुञ्ज तपोवन प्रस्थान गरेपछि राजा भोजले उनै ज्योतिषाचार्य बुद्धिसागरलाई प्रधानमन्त्री नियुक्त गरी राज्य सञ्चालन गर्न लागे । समय आफ्नै गतिमा लुकामारी खेल्दै गयो । कुनै दिन क्रीडोद्यान जाँदै गरेका राजा भोजका अगाडि धारानगरनिवासी कुनै ब्राह्मण देखापरे । दुवै आँखा चिम्लेर हिँडेका ब्राह्मणलाई राजाले सोधे, “गुरुजी ! राजालाई स्वस्ति गर्नुपर्दैन ? राजालाई देख्तादेख्तै किन दुवै आँखा चिम्लनुभएको ?”
    ब्राह्मणले भने, “सरकार, मौसुफ वैष्णव हुनुहुन्छ । वैष्णवबाट कदापि कसैको अपकार हुन सक्तैन । अतः ब्राह्मणलाई वैष्णव राजाको भय रहँदैन । वैष्णव राजाबाट खासै लाभहानि पनि हुँदैन । प्रातःकालमा कृपणको मुख देख्ता दिनभरि लाभ नहोला भनेर आँखा चिम्लेको हुँ ।”
    जसको कोष रित्तो छ प्रसाद नित्य निष्फल । प्रजाका निम्ति त्यो राजा सर्वदा निष्प्रयोजन ।।४७।। प्रतिभाहीन विद्या औ तुच्छ कृपणको धन । भीरुको बल व्यक्तित्व सर्वथा छ निरर्थक ।।४८।।
    यो सुनेर राजाले भने, “ब्राह्मण देवता ! मेरा वृद्ध पिता काशीवास पाल्नुभएको छ र मेरो शिक्षा पुष्ट छ । आज्ञा होस् अब मेरो कर्तव्य के हो ? पिताजी बारम्बार भन्नुहुन्थ्यो — विद्याले भरिपूर्ण त्यो सहृदयी व्यक्ति सदा नम्रता । नारीको वशमा नपर्नु जनले लाग्नु पुरुषार्थमा ।। शक्तिशाली सचिव मन्त्रीहरू औ न्यायी गुणी शासक । त्यो राजा छ सदैव यो जगतमा सौभाग्यशाली भूप ।।४९।। पातकान्तहरूमध्ये दुइटा मुख्य पातक । एक दुष्ट सचिव औ अर्को विश्वासघातक ।।५०।। अविवेक मति राजा गुणी मन्त्रीहरूप्रति । टेढो दुष्ट मति राख्छन् हुन्छ सर्वत्र दुर्गति ।।५१।। पतित देहका लागि यश औ धर्मकीर्तिको । देहभन्दा यश कीर्ति धर्म रक्षण मुख्य हो ।।५२।। पण्डित मूर्ख बली दुर्बल पुंशनारी । अर्बपति नास्तिक औ भिखारी ।। राजा, प्रजा, सचिव, मन्त्री र कर्मचारी । मृत्यु अभिन्न छ कृत निश्चय कष्टकारी ।।५३।। निमेष मात्र म अलिकति बाँच्न पाऊँ । बिन्ती छ लाख परमेश्वर भोलि आऊ ।। मान्दैन कत्ति पनि त्यो यमराज दुष्ट । तस्मात् जीवन रहोस् यशका निमित्त ।।५४।। हो जिन्दगी सार्थक सत्यनिष्ठ । ज्ञानादि दान सुख साधनका निमित्त ।। लज्जा कला कुलीनता यशका निमित्त । तदन्यथा शरीर हुन्न महत्वपूर्ण ।।५५।। सततः प्रियवादीको सर्वत्र हुन्छ सम्भव । अहित अप्रियवादी वक्ता श्रोता सुदुर्लभ ।।५६।।
    यस्ता वचन सुनेर राजा भोज अमृतकुण्डमा स्नानपछिको परब्रह्म प्राप्तिको अवस्थामा पुगेर ब्राह्मणलाई भने — मनीषी मति भएका जोजति छन् मनुष्य । तिनीहरू हितकारी कार्यमा छन् अदक्ष ।। त्रिभुवन हितकारी जोजति छन् मनुष्य । मनीषी गुण गरिमा सर्वथा नै अभाव ।।५७।।
    अनि ब्राह्मणलाई एक लाख रुपियाँ प्रदान गर्दै राजाले सोधे, “गुरुको शुभ नाम के होला ?”
    ब्राह्मणले धुलिमाटीमा ‘गोविन्द’ लेखे । राजाले भने, “यसै गरी सदासर्वदा राजदरबार पवित्र पार्दै रहनुहोला । दरबार सदासर्वदा प्रतीक्षारत छ । कदापि विद्वान् र कवि वर्गले अभावमा पर्नु हुँदैन र सन्त महन्त विद्वान् विदुषीको कृपाबाट राजा वञ्चित हुनु हुँदैन । यो हामी दुबैको अधिकार पनि हो ।”
    वरमातङ्गको कर्ता अखण्ड मेदिनी पति । उसैका बैसमा हुन्छ समृद्ध कोषको स्थिति ।।५८।।
    केही दिनपछि राजा भोज दानवित्तेश्वरका रूपमा विश्व विख्यात भए । दरबारमा विश्व विख्यात विद्वान् विदुषी र कविहरूको घुइँचो लाग्यो । एक दिन राजालाई प्रधानमन्त्रीले भने, “सशक्त कोषाधिकारी नै सर्वदा विजयी हुन्छ ।”
    धनीको धनमै तृष्णा रहने गर्छ प्रायशः । लाखको धनुको ताँदो निशाना हुन्छ कोटिमा ।।५९।।
    प्रधानमन्त्रीलाई राजाले जवाफ दिए — उपभोग तथा दान मित्रका उपकारमा । धन प्रयोग नभए स्वतः नासिन्छ त्यो धन ।।६०।।
    तत्काल राजाले उक्त कृपण मन्त्रीका स्थानमा अर्का उदार मन्त्रीको नियुक्ति गरी यो घोषणा गरे — लाख महाकविलाई आधा लाख विविधमा । यसरी योग्यता हेरी दिनुपर्दछ दक्षिणा ।।६१।। धनी हो धनको स्वामी धनको दास होइन । मृत्युपश्चात धनमा रम्ने हुन्छन् अनेकन ।।६२।। प्रिय राजा त्यही हुन्छ प्रजापति उदारता । मेघको प्रार्थना हुन्छ निरर्थ मृत सागर ।।६३।। रसातल भएको छ सङ्ग्रही दुष्ट सागर । पर्जन्य जलको दाता मेघ सम्पूज्य सर्वदा ।।६४।।

    द्रुत आर्थिक विकासका लागि प्रविधि उपयोग
    — डा. रत्नाकर अधिकारी

    संयुक्त राष्ट्रसंघको महासभामा सदस्य राष्ट्रहरूले जनाएको प्रतिबद्धता अनुसार सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित देशहरूका लागि प्रविधिको उपयोग अत्यन्त आवश्यक हुने देखिन्छ । दिगो विकास लक्ष्य तय हुनुभन्दा अघि पृष्ठभूमिमा तयार गरिएका विभिन्न अध्ययनहरूमध्येको एक ‘युरोपियन रिपोर्ट अन डभेलपमेन्ट’ ले नेपालको विकासमा चार क्षेत्रको योगदान महàवपूर्ण हुने पहिचान गरेको छ — लगानी र व्यापार, विप्रेषण, वैदेशिक सहयोग र प्रविधि उपयोग ।
    उल्लिखितमध्ये प्रविधिको उपयोगमा हामी धेरै पछाडि छौँ । अहिले विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा आइपुगेको छ । सन् १८५० मा विश्वमा औद्योगिकीकरण सुरु भएयता बाफबाट चल्ने स्टीम इन्जिन, दोस्रो चरणमा विद्युतीय इन्जिनहरू, तेस्रो चरणमा सूचना प्रविधिको विकाससँगै औद्योगिक तथा सेवा क्षेत्रमा भएको अटोमेसन र सन् २०१० यता कृत्रिम मानवहरू (आर्टिफिसियल इन्टेलिजेन्स) को युग प्रारम्भ भएको छ जसरी सूचना प्रविधिको विकाससँगै नेपालले औद्योगिक क्रान्तिमा प्रवेश नै नगरी एकैपटक कृषिबाट सेवा क्षेत्रले नेतृत्व गरेको आर्थिक विकासमा फड्को मारेको छ । चौथो चरणको औद्योगिक क्रान्तिले नेपालमा खास प्रकृतिका उद्योगहरूको विकास तथा कृषि क्षेत्रको रूपान्तरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
    सूचना प्रविधिले ल्याएको क्रान्तिभन्दा एक कदम अघि आर्टिफिसियल इन्टेलिजेन्स, एडिटिभ म्यानुफ्याक्चरिङ (थ्री डी प्रिन्टिङ), ब्लक चेन जस्ता प्रविधि प्रयोगमा आइसकेका छन् । नेपालजस्ता अल्पविकसित देशहरूले यसबाट फाइदा लिने ठाउँ पनि छ । फाइदा लिनका लागि सबैभन्दा महàवपूर्ण त्यसमा हाम्रो पहुँच, सामथ्र्य तथा उपयोगमा ध्यान दिनुपर्छ ।
    पहुँचको कुरा गर्दा कतिपय प्रविधिमा हाम्रो पहुँच नहुन सक्छ । किनकि यिनीहरू बौद्धिक सम्पत्तिबाट संरक्षित हुन सक्छन् । त्यस्ता बौद्धिक सम्पत्ति संरक्षित प्रविधिहरू भि†याउनका लागि कस्तो अन्तर्राष्ट्रिय पहल चाहिन्छ भनेर अहिलेदेखि नै गृहकार्य गर्नुपर्छ । यसका लागि विश्वव्यापार सङ्गठन डब्लुटीओ र विश्व बौद्धिक सम्पत्ति सङ्गठन वाइपो जस्ता बहुपक्षीय निकायहरूबाट पहल अघि बढाउनपर्छ । प्रविधिको उपयोग प्रोत्साहनका लागि वल्र्ड इकोनोमिक फोरम, क्यालिफोर्निया स्थित सेन्टर फर फोर्थे इन्डस्ट्रियल रिभोलुसन’ लगायतले पनि काम गरिरहेका छन् । यस्ता संस्थाहरू तथा दातृ निकाय समेतको सहयोगबाट प्रविधिको माध्यमले हामीले समुन्नत समाजको निर्माण गर्न सक्छौँ । विकसित देशमा तयार भएका प्रविधि मात्र राम्रो हुन्छ, शाश्वत भने होइन । फेरि प्रविधि मात्र राम्रो भएर पनि भएन, त्यसलाई उपयोग गर्नका लागि छुट्टै सीप आवश्यक पर्छ भने प्रविधि भि†याउन ठूलो धनराशि आवश्यक हुन सक्छ भने विदेशी परामर्शदाता समेतको खर्च व्यहोर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा हामीले स्वदेशमै प्रविधि विकासलाई प्रवद्र्धन गर्न विभिन्न कम्पनीहरूलाई प्रविधि विकासमा सहयोग गर्न वित्तीय नीति तथा मौद्रिक नीतिमार्फत् प्रोत्साहन दिन सकिन्छ । निजी कम्पनीहरूलाई अनुसन्धान र विकासमा प्रोत्साहन गर्ने बाहेक सरकारले नै प्रविधि विकासका लागि लगानी गर्नुपर्छ । त्यसका लागि कृषिको क्षेत्रमा काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता प्रतिष्ठानहरूलाई सहयोग उपलब्ध गराउनुपर्ने हुन्छ । यी प्रतिष्ठानहरूले विश्वविद्यालय र निजी क्षेत्रका कम्पनीहरूसँग समन्वय, सहकार्य गरी अनुसन्धान र विकासको संस्कारलाई प्रवद्र्धन गर्न सक्छन् । विश्वका धेरै देशहरूले अनुसन्धान र विकासमा ठुलो लगानी गरिरहेका छन् । विश्वमा प्रचलित मापन पद्धति ‘ग्रस डोमेस्टिक एक्सपेन्डिचर अन रिसर्च एण्ड डेभलपमेन्ट’ मा इजरायल सबैभन्दा अघि देखिएको छ । इजरायलले हरेक वर्ष कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतभन्दा बढी लगानी गर्छ, नेपालले ०.२ प्रतिशतभन्दा कम लगानी गर्दै आएको छ । अनुसन्धान र विकासमा लगानी नगरी प्रविधिको उपयोगबाट लाभ लिने भन्ने सम्भव हुँदैन ।
    प्रविधि उपयोय गर्न क्रय क्षमता त्यत्तिकै महàवपूर्ण हो । सबैखाले प्रविधिमा हाम्रो क्रय क्षमताले नभ्याउन सक्छ । वित्तीय र मौद्रिक नीतिमार्फत् प्रोत्साहन दिएर प्रविधि भि†याउने कुरा त छँदैछ । प्रविधि भि†याउँदा भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर सहुलियत, उन्नत प्रविधि भि†याएर उत्पादन गर्ने कम्पनीहरूलाई बैंकहरुबाट सहुलियत कर्जा जस्ता यावत् उपायहरुमार्फत् प्रविधि भि†याउन सकिन्छ । प्रविधिको प्रयोग नगरी प्रतिस्पर्धी हुने भन्ने अब कल्पनाबाहिरको कुरा भएको छ । अन्य देशहरूले पनि प्रविधि आयातका लागि बैङ्कको कर्जामा सहुलियत दिएका पनि छन् । नेपालमा पनि राष्ट्र बैङ्कको पुनर्कर्जा सुविधालाई यो क्षेत्रमा प्रयोग गर्न सकिन्छ । प्रविधि सबै आयात नै गर्नुपर्छ भन्ने पनि छैन, स्थानीय तहमा सस्तो प्रविधि विकास गरेर प्रयोगमा ल्याउन र सोही प्रविधिलाई बिक्री गरी लाभ पनि लिन सकिन्छ । तर अनुसन्धान र विकासमा लगानी बढाउँदै गएपछि एउटा अन्तरालमा हामी प्रविधि निर्यात गर्न सक्ने अवस्थामा पनि पुगौँला । केही आइटी इन्जिनियरहरूले त नयाँ प्रविधिहरू विकास गरेर विश्वका विभिन्न देशहरूमा पु¥याएका पनि छन् । केही अपवादबाहेक ठुलो स्केलमा स्थानीय प्रविधि विकास तत्कालै नहुन सक्छ । यस्तो अवस्थामा प्रविधि आयात गर्दा प्रतिस्पर्धाको माध्यमबाट गराउनुपर्छ । कुनै एउटा मात्र प्रविधि आपूर्तिकर्तामा भरपर्दा उसको एकाधिकारले लागत महँगो पनि हुन सक्छ । यस्तो अवस्थामा आफूलाई चाहिएको प्रविधि कुन—कुन देशका आपूर्तिकर्ताले कति मूल्यमा आपूर्ति गर्न सक्छन् भनेर प्रतिस्पर्धा गराउनैपर्छ । प्रविधि आपूर्तिकर्ताहरुमा अहिले विश्वव्यापी रुपमा प्रतिस्पर्धा तीव्र हुँदै गएकाले प्रतिस्पर्धात्मक माध्यमबाट प्रविधि भि†याउनेतर्फ हामी सचेत हुनुपर्छ ।
    प्रविधिमा पहुँच पनि भयो, खरिद गर्ने क्षमता पनि भयो तर उपयोग गर्ने सीप भएन भने पनि यसबाट लाभ लिन सकिदैन । प्रविधिको उपयोग हुनुप¥यो, यसका माध्यमबाट कृषि, शिक्षा, स्वास्थ्य, औद्योगिक उत्पादन र सेवा प्रवाहमा रूपान्तरण ल्याउन, कार्यकुशलता र प्रभावकारिता बढाउन त्यहीअनुसारको सीपयुक्त जनशक्ति पनि आवश्यक पर्छ । हाम्रा युवा युवतीहरूको सीप बढाउनुप¥यो, यससँगै उनीहरूले प्रविधिको उपयोग गर्न सक्छन् । यसबाट रोजगारी र उद्यमशीलताको सिर्जना हुन्छ । यसका लागि अहिलेको हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने हुन्छ । ‘साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ एन्ड म्याथम्याटिक्स’ को अध्ययन–अध्यापनमा विशेष ध्यान दिनुपर्छ । निजी क्षेत्रसँगको सहकार्यमा तिनीहरूले उपयोग गर्ने प्रविधि र भविष्यमा विकास हुनसक्ने उद्योगहरूको समेत ख्याल गरी सीपयुक्त जनशक्ति विकासका लागि पाठ्यक्रम विकास गर्नुपर्छ । सीप विकासका लागि विश्वविद्यालय र निजी क्षेत्रले सहकार्य गरेर अघि बढेको खण्डमा हामीलाई आवश्यक जनशक्ति विकास गर्न सकिन्छ ।
    यसबाहेक प्रविधिको उपयोगका लागि पूर्वाधारको अत्यन्त महàवपूर्ण हुन्छ । उदाहरणका लागि उपकरणहरू चलाउन विद्युतको नियमित आपूर्ति हुनुप¥यो, इन्टरनेटको गति बढाउनका लागि फाइबर अप्टिक्सहरु र टावरहरू त्यहीअनुसार हुनुप¥यो । प्रविधिको उपयोग गर्नका लागि नीतिगत पक्षमा पनि हामी सबल हुनुपर्छ । प्रविधिको विकाससँगै यसको दुरुपयोग गर्नेहरु पनि बढ्दै गएका छन् । दुरुपयोग रोक्नका लागि तथा प्रविधिलाई प्रोत्साहन गर्नका लागि नीतिगत आवश्यकता हुन्छ । यसअघि उल्लेख गरिएको वित्तीय नीति र मौद्रिक नीतिमार्फत् प्रविधिलाई प्रोत्साहन गर्ने विषयलाई पनि प्रविधिसम्बन्धी नीतिले समेट्नुपर्ने हुन्छ । प्रविधिले सबै राम्रो गर्छ भन्ने पनि छैन, उदाहरणका लागि अटोमेसनपछि कतिपय रोजगारीहरू कटौती पनि भएका छन् । तर प्रविधिको उपयोगले उत्पादनमा क्रान्ति ल्याएपछि त्यत्तिकै रोजगारीहरू सिर्जना भएका छन् । उदाहरणका लागि अहिले मोबाइलबाटै सेवा उपभोगको बिल तिर्न सकिने, स्मार्ट मिटरहरूले त्यही बिलको रकम उल्लेख गरिदिने भएपछि केही अपरेटर तथा मिटर रिडरहरुको रोजगारी कटौती भएको होला तर अर्को पक्षमा मोबाइल बिक्रीका लागि खुलेका ‘सो—रुम’ हरू तथा मर्मत केन्द्रहरूमा रोजगारी सिर्जना भएका छन् । त्यसकारण प्रविधिले रोजगारी कटौती मात्र होइन, रोजगारी सिर्जनामा पनि त्यत्तिकै महàवपूर्ण भूमिका निर्वाह गरेको छ । अर्कोतर्फ प्रविधिको उपयोगसँगै कतिपय अवस्थामा गोपनीयता हनन भएका घटनाहरू छन् । त्यसकारण साइबर सुरक्षाको विषय पनि त्यत्तिकै महàवपूर्ण छ । साइबर सुरक्षाको विषय आज एउटा मुलुकभित्र मात्र कडाइ गरेर सम्भव छैन, एउटा देशको नागरिकले प्रविधिको माध्यमबाट अर्को देशमा साइबर अपराध गर्न सक्छ । त्यसकारण यस्ता अपराध निरुत्साहित तथा निराकरणका लागि सोही अनुसारका कानुनहरू तथा यस्ता अपराध रोक्न अन्तर्राष्ट्रिय साझेदारी पनि त्यत्तिकै अपरिहार्य छ । (अर्थको अर्थले रजत जयन्तीका अवसरमा प्रकाशन गरेको स्मारिकाबाट साभार)

    क्रान्तिकारी सङ्घर्षका लागि शक्तिसञ्चय
    — रामचन्द्र हुमागाई

    लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिँदा माक्र्सवादी विचारधाराले पश्चिम युरोपेली मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका ओगटिसकेको थियो र यो विचारधारा रुसमा फैलिन थालेको थियो । गेओर्गी प्लेखानोभ रुसमा माक्र्सवादको पहिलो प्रमुख प्रचारक हुनुहुन्थ्यो । जारशाही दमनले गर्दा विदेसिन बाध्य हुनुभएको प्लेखानोभ र अन्य सहयोगीहरुले सन् १८८३ मा जेनेभामा पहिलो रुसी माक्र्सवादी श्रम मुक्ति दल नामक गुट खडा गरेका थिए । यस दलका सदस्यहरु माक्र्स र एन्गेल्सका कृतिहरु रुसी भाषामा अनुवाद गर्थे र गोप्य तरिकाले रुस पठाउने गर्थे । उन्नाइसौं शताव्दीको आठौं दशकको सुरुमा रुसमा माक्र्सवादी अध्ययनमण्डली र गुटहरु देखापर्न थाले ।
    युवा उल्यानोभ माक्र्सवादलाई वैचारिक हतियार ठान्नुहुन्थ्यो जसद्वारा रुसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्नेछ र रुसमा समाजवादी व्यवस्था कायम गर्न सक्नेछ । वहाँले माक्र्सको पुँजीको गम्भीर अध्ययन गर्नुभयो । पछि आन्ना इल्यिनिच्नाले सम्झना गर्नुभएको थियो भ्लादिमिर ठूलो उत्साहपूर्वक वहाँलाई माक्र्सका सिद्धान्तहरुबारे र यस सिद्धान्तले देखाएका नयाँ क्षितिजहरुबारे बयान गर्नुहुन्थ्यो । ऊ कति जोसिलो विश्वासले भरिएको थियो भने ऊसँग कुरा गर्ने व्यक्तिहरु उत्साहले भरिन्थे । त्यस बेला उसले आफूसँग कुरा गर्ने मानिसलाई विश्वास दिलाउन र आफ्नो शब्दले आकर्षित गर्न सिकिसकेको थियो । भ्लादिमिर उल्यानोभ पक्का माक्र्सवादी बन्नुभयो र वैज्ञानिक समाजवादी विचारधाराको प्रचार गर्न थाल्नुभयो ।
    मे १८८९ तिर भ्लादिमिर इल्यिच आफ्नो परिवारसहित काजानबाट सामारा गुबेर्निया आउनुभयो र साढे चार वर्ष बस्नुभयो । गर्मीको समय पुरा परिवार आलोकायेभ्का गाउँको नजिक रहको सानो घरमा बिताउँथ्यो र शरद्मा सामारा सथ्र्यो । यो अवधि लेनिनले गम्भीर अध्ययनमा लगाउनुभयो । लेनिनले माक्र्स र एन्गेल्सका कृतिहरुको अध्ययन जारी राख्नुभयो र जर्मन भाषाको अध्ययन गर्नुभयो । यसै समयमा जर्मन भाषाबाट रुसीमा माक्र्स र एन्गेल्सको महत्वपूर्ण कृति कम्युनिस्ट घोषणापत्रको अनुवाद गर्नुभयो । अनुवादको पाण्डुलिपि युवा क्रान्तिकारी अध्ययनमण्डलीमा पढिन्थ्यो । आफ्नो स्वाभाविक उत्साह र विश्वाससहित लेनिनले माक्र्सवादी विचारधाराको प्रचार गर्न थाल्नुभयो ।
    लेनिनको सामारा आगमनको समयमा यहाँका क्रान्तिकारी युवा र विद्यार्थीहरु नारोदनिकहरुको प्रभावमा परेका थिए । रुसी क्रान्तिकारी आन्दोलनमा यस विचारधाराको आधिपत्य कायमै थियो । रुसमा पुँजीवादको विकास हुन सक्तैन भन्ने नारोदनिकहरुको विचार थियो । उनीहरु मजदुर वर्गको ऐतिहासिक भूमिका स्वीकार गर्दैनथे र किसानहरुलाई आधारभूत क्रान्तिकारी शक्ति मान्दथे, निरंकुश शासनको विरुद्ध किसानहरुलाई विद्रोह गराउन चाहन्थे । यसै विचारधाराको प्रचार गर्न क्रान्तिकारी बुद्धिजीवीहरु गाउँहरुमा जान्थे । रुसी शब्द नारोदबाटै यस विचारधाराका अनुयायीहरु नारोदनिक भनिन थाले । तर किसानहरु उनीहरुलाई अविश्वासको दृष्टिले हेर्थे । जारशाही निरंकुश शासनको विरुद्ध आफ्नो संघर्षमा नारोदनिकहरु आतंकवादी तरिकाहरु अपनाउँथे । उनीहरु जारशाही सत्ताको विभिन्न प्रतिनिधिहरुको हत्याद्वारा सत्तारुढ वर्गलाई तर्साएर उनीहरुको नीति बदल्न बाध्य गराउन चाहन्थे । जनताले नभएर केही व्यक्तिहरुले जारशाहीको उन्मूलन गर्न सक्नेछन् भन्ने उनीहरुको विचार थियो । तर उनीहरु भ्रममा परेका थिए । जारका केही वरिष्ठ अधिकारीहरु अथवा जारकै हत्याद्वारा तत्कालीन व्यवस्थाको उन्मूलन गर्न सकिन्नथ्यो । जारशाही व्यवस्था कायम रह्यो । हत्या गरिएका मन्त्रीहरुको ठाउँमा उनीहरुजत्तिकै जारप्रति वफादार नयाँ मन्त्रीहरु मनोनीत हुन्थे । नारोदनिकहरुको कठोरतापूर्वक दमन गरियो । उनीहरु जेल पठाइए, फाँसीमा झुन्डाइए, निर्वासित भए । नारोदनिकहरुको वीरता र आत्मत्यागले उनीहरु क्रान्तिकारीहरुको रुपमा प्रख्यात बने । बुद्धिजीवी तथा प्रगतिशील मजदुरहरुबीच उनीहरुको प्रभाव बढ्न थाल्यो । नारोदनिकहरुको क्रान्तिकारी अनुभव, साहस र दृढताको सराहना गर्दै लेनिनले उनीहरुको गलत दृष्टिकोण र क्रियाकलापको आलोचना गर्नुभएको थियो ।
    जारशाही सरकारद्वारा गोप्य संगठन नारोदनाया भोल्याको उन्मुलन गरिएपछि धेरैजसो नारोदनिकहरुले क्रान्तिकारी संघर्ष गर्न छोडे । उनीहरुले जनतालाई हुकुमी शासनप्रति नतमस्तक हुने पाठ पढाउन थाले । पहिलेका क्रान्तिकारी नारोदनिकहरुको विपरीत सन् १८९० तिरका नारोदनिकहरुले निरंकुश शासनको विरुद्ध संघर्ष गर्न मात्र छोडेका होइनन्, शासकहरुको चाकडीसमेत गर्न थाले । यस प्रकारले आफ्नो क्रान्तिकारी दृष्टिकोण र क्रियाकलाप परित्याग गरेका नारोदनिकहरु उदारवादी भनिन थालिए । लेनिनले उनीहरुको विरुद्ध निर्णायक युद्ध छेड्नुभयो । सामारामा वहाँले पहिलोपल्ट नारोदनिकहरुको सार्वजनिक रुपमा आलोचना गर्नुभयो । गरमागरम बहस र वादविवादको सिलसिलामा लेनिन उनीहरुका सिद्धान्तहरुको दिवालियापन र अव्यावहारिक प्रमाणित गर्नुहुन्थ्यो ।
    लेनिनले ठूलो मिहिनेतसाथ अध्ययन जारी राख्नुभयो । गर्मीको समयमा वहाँले अलाकायेभ्का गाउँको लाइम रुखहरुले भरिएको बगैंचाको एउटा एकान्त कुना फेला पार्नुभयो । त्यहाँ एउटा टेवुल र वेन्च राखिएको थियो । प्रत्येक विहान चिया पिइसकेपछि कितावको ठेली बोकेर ऊ ठीक समयमा त्यस कुनामा पुग्थ्यो, मानौं उसलाई त्यहाँ कुनै कडा शिक्षक पर्खेर बसिरहेको छ । त्यहाँ यस एकान्त ठाउँमा ऊ दिउँसो खाने बेला नभएसम्म बिताउँथ्यो । आन्ना इल्यिनिच्नाले आफ्नो संस्मरणमा लेख्नुभएको थियो ।
    लेनिन अध्ययनको साथसाथै आराम पनि गर्न जान्नुहुन्थ्यो । वहाँ नियमित रुपमा कसरत गर्नुहुन्थ्यो, डुल्न जानुहुन्थ्यो, संगीत सुन्न रुचाउनुहुन्थ्यो र सतरञ्ज खेल्नुहुन्थ्यो । वहाँ हाँसोठट्टा गर्न खुब मन पराउनुहुन्थ्यो । आफ्नो उल्लासपूर्ण रमाइलो किशोर स्फूर्तिले सबैलाई मुग्ध तुल्याउनुभएको थियो ।
    लेनिनले घरैमा बसेर डेढ वर्षभित्र विश्वविद्यालयको चारवर्षे कोर्स पूरा गर्नुभयो । सन् १८९१ मा वहाँले पिटेरवुर्ग विश्वविद्यालयको कानुन विभागमा जाँच दिनुभयो र पहिलो श्रेणीमा उत्तीर्ण हुनुभयो । सन् १८९२ मा लेनिनले सामाराको जिल्ला अदालतमा वकालत गर्न सुरु गर्नुभयो । वहाँ गरिब किसानहरुको लागि वकालत गर्नुहुन्थ्यो । तर वकालती लेनिनको मुख्य पेसा बनेन । वहाँले आफ्नो सम्पूर्ण शक्ति माक्र्सवादको अध्ययन र सक्रिय क्रान्तिकारी क्रियाकलापको तयारीमा लगाउनुभयो ।
    सन् १८९२ मा लेनिनले सामारामा पहिलो माक्र्सवादी अध्ययनमण्डली खोल्नुभयो । मण्डलीका सदस्यहरु माक्र्स र एन्गेल्सका कृतिहरु पढ्थे र माक्र्सवादको प्रचार गर्थे । अपा स्कल्यारेन्को, इखी लालयन्च मई सिम्योनभ, इअ कुज्नेचोभ, मई लेबिटेभाजस्ता युवा क्रान्तिकारीहरु यस मण्डलीका सदस्य थिए । त्यस बेला आफ्नो गाढा ज्ञान, विश्वास र समर्थकहरु बढाउन सक्ने क्षमताले गर्दा लेनिनले आफ्ना सहयोगीहरुलाई चकित तुलाइसक्नुभएको थियो । अध्ययनमण्डलीका सदस्य इख्री लालायन्चले संस्मरणमा लेख्नुभएको थियो — त्यस तेईस वर्षीय युवकमा सरलता, सहृदयता र उत्साहको साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता र स्पष्ट एवं उद्धत विवेकशक्तिको गजबको सम्मिश्रण पाइन्थ्यो ।
    लेनिनले आफ्नै आँखाले रुसी ग्रामीण जीवन देख्नुभएको थियो । वहाँ अक्सर किसानहरुसँग कुराकानी गर्नुहुन्थ्यो । उनीहरुका समस्याहरुबारे सोधपुछ गर्नुहुन्थ्यो । उनीहरुको कुरा ध्यानपूर्वक सुन्नुहुन्थ्यो । लेनिन किसानहरुको अवस्थाबारे आर्थिक कृतिहरु र तथ्यांकहरुको अध्ययन गर्नुहुन्थ्यो । सामारामा लेनिनले कृषि जीवनमा नयाँ आर्थिक आन्दोेलन लेख लेख्नुहुन्थ्यो । यो लेनिनको पहिलो वैज्ञानिक कृति हो । यस लेखमा वहाँले रुसको कृषि व्यवस्थामा कसरी पुँजीबाद घुस्दैछ र किसानहरुलाई गरिव, मध्यम वर्ग र धनीहरुमा विभाजन गर्दैछ भन्ने देखाउनुभएको थियो ।
    लेनिनको क्रान्तिकारी क्रियाकलाप सामारामा सीमित रहेन । वहाँले काजान, सरातोभ, सिजरानजस्ता भोल्गा तटवर्ती सहरहरुका माक्र्सवादीसँग सम्वन्ध कायम गर्नुभयो ।
    लेनिनको भावी क्रान्तिकारी क्रियाकलापको लागि सामारामा वहाँले बिताएको समय महत्वपूर्ण ठहरियो । यसै अवधिमा लेनिन क्रान्तिकारी संघर्षको विस्तृत मार्गमा निस्कनको लागि शक्ति सञ्चय गर्दै हुनुहुन्थ्यो । यहीँ वहाँको माक्र्सवादी, साम्यवादी विचारधाराले प्रौढता हासिल ग¥यो । लेनिनले माक्र्स र एन्गेल्सले सुरु गर्नुभएको कार्य र वहाँहरुको शिक्षालाई अगाडि बढाउनुभयो । तर लेनिनको क्रियाकलापको लागि सामाराजस्तो प्रान्तीय सहर सीमित कार्यक्षेत्र ठहरियो । वहाँ त्यस्तो ठूलो औद्योगिक केन्द्रमा पुग्न चाहनुहुन्थ्यो जहाँ सर्वहाराको विशाल संख्या केन्द्रित भएको होस् र क्रान्तिकारी क्रियाकलापको लागि प्रशस्त सम्भावना होस् । अगस्ट १८९३ मा लेनिन टिपेरवुर्ग आइपुग्नुभयो ।

    कसले सधैं सुख दिन्छ ?
    — मुकुन्दप्रसाद उपाध्याय

    श्यामाश्याम धाम अर्थात् राधाकृष्ण धामका परिकल्पनाकार ब्रह्मलीन स्वामी कृपालुजी महाराज आफ्नो दिव्य प्रवचनका क्रममा भन्नुहुन्थ्यो — “भौतिक वस्तुमा सुख छैन । त्यसले सुख दिँदैन । दिइहाले पनि त्यो क्षणिक हुन्छ, चिरस्थायी हुँदैन । साइकल पनि किन्न नसकेको एक गरिब मजदुरलाई लाग्छ साइकल प्राप्ति र चलाउनुमा सुख छ । उसले त्यो पाएपछि साइकलले सुख दिन छोड्छ र लाग्छ मोटरसाइकलमा सुख छ । मोटरसाइकल प्राप्तिपछि त्यसले पनि सुख दिन छाड्छ । अनि कार, कारमा बीएमडब्लू, रोल्स रोयस कार अनि निजी हेलिकप्टरसमम पुग्दा पनि स्थायी सुख मिल्दैन, क्षणिक मात्र हुन्छ ।”
    भौतिक वस्तुले सुख दिन्छ, त्यो पनि क्षणिक । स्थायी सुख अर्थात् आनन्द अभौतिक वस्तुबाट मात्र प्राप्त हुन्छ अर्थात् जडभिन्न वस्तु मात्र आनन्दको स्रोत हुन सक्छ । जसरी हामी प्रत्येक जीवात्मालाई परमात्माको अंश मान्दछौँ, जीव नै शिवको अंशी हो भन्छौँ, त्यसरी नै त्यो सुख, जो क्षणिक नै किन नहोस्, आनन्दको लघुत्तम अंश त हो नि ! इमर्जेन्सीमा मलमूत्र विसर्जन गर्दा होस् वा लुतो र दाद कन्याउँदा होस्, हामीले पाउने सुखानुभूतिले नै जीवलाई नित्य नूतन दिव्य सुख, आनन्द, दिव्यानन्द, रामानन्द, परमानन्दको बाटोमा हिँड्न प्रेरित गर्ने गर्दछ ।
    तàवमा माटोको एउटा सूक्ष्म कणले विशाल धर्तीको प्रतिनिधित्व गर्दछ । पानीको एउटा थोपाले विशाल महासागरको प्रतिनिधित्व गर्दछ । सलाई कोर्दा प्रकट हुने अग्निको झिल्कोले विराट सूर्य, चन्द्र र अग्नितàवको प्रतिनिधित्व गर्दछ । त्यस्तै बेलुनभित्रको वायुले वायुमण्डलीय हुरी–बतासको र घडामा व्याप्त आकाशले महाकाशको प्रतिनिधित्व गर्दछ । त्यसरी नै एक सामान्य जीव परमात्माको अंशी वा प्रतिनिधि पात्र हो भने अति क्षणिक सुख पनि त दिव्यानन्द परमानन्दको लघुत्तम अंश हो नै !
    हामीले केचाहिँ विचार गर्नुपर्ने हुन्छ भने हामीले तत्काल जुन वस्तुबाट सुखको अनुभूति गर्दछौँ, त्यो वस्तु नै कत्तिको स्थायी वस्तु हो ! क्षणिक, अस्थायी, विकारी, मरणशील वस्तुहरूबाट प्राप्त हुने सुख तदनुसार नै क्षणिक, अस्थायी र विकारी हुनु स्वाभाविकै हो ।
    यो विश्वमा देखिने भौतिक वस्तुहरूमध्ये सबैभन्दा स्थायी र दीर्घायु वस्तुहरू प्रकृतिका पञ्चतàवहरू हुन् । पञ्चतàवहरूमा स्थूलताबाट सूक्ष्मतातिर गणना गर्दा क्रमशः धर्ती (माटो), जल, अग्नि (तेज), वायु र आकाश हुन् । हरेक तàवका विशेष गुण हुन्छन् । आकाशको शब्द, वायुको स्पर्श, तेजको रूप, जलको रस र धर्तीको गन्ध विशेष गुण हो । हामीलाई सुख प्राप्त हुने कुराहरूमा जति उपभोग गर्दा पनि नअघाउने, नियमित बारम्बार ग्रहण गर्दा पनि राम्रो लाग्ने, सुख प्राप्त हुनेमा पञ्चतàवप्रदत्त गुणहरू हुन्छन् । जस्तै हामी जति बोले पनि, आफ्नो गुणगान अरूको वाणीबाट जति सुने पनि अघाउँदैनौँ । किनकि त्यो शब्द वा वाणी आकाशतàवको गुण हो । हामी दिनका दिन, छिनका छिन वायु भक्षण गर्दछौँ, सास फेर्दछौँ । सास फेर्ने क्रमबाट हामी कहिल्यै अघाउँदैनौँ । तेजको गुण रूप हो । त्यसैले प्राकृतिक सुन्दर छटाहरू, दृश्यहरूबाट पनि प्रायः व्यक्ति अघाउँदैन । अनि अग्नितàव, तातोपनबाट पनि कहिल्यै अघाउँदैन । कति हिउँद आए, गए । प्रत्येक हिउँदमा न्योनापन प्रिय हुन्छ । न्यानोपनबाट हामी अघाउँदैनौँ । त्यसरी नै दिनका दिन पानी खान्छौँ । तर पानीबाट कहिल्यै अघाउँदैनौँ । त्यसले सधैँ सुख प्रदान गर्दछ । अनि गन्ध धर्तीको गुण भएकाले फूलहरूको सुगन्धले पनि हामी कहिल्यै अघाउँदैनौँ । त्यसबाट सधैँभरि सुखानुभूति हुने गर्दछ ।
    क्षणिक, विकारी, मानवनिर्मित वस्तु र सेवाहरूले दिने सुखभन्दा प्रकृतिनिर्मित पञ्चतàवले दिने सुख केही स्थायी र चिरस्थायी हुन्छ । यो प्रकृतिलाई अपरा प्रकृति भनिन्छ भने परा प्रकृतिले दिने सुख झन् बढी स्थायी र दिव्य हुनुपर्छ । त्यो सुख झन्डै आनन्दको नजिक हुन्छ होला । अनि जेबाट परा र अपरा दुवै प्रकृति बन्छ, जसको शक्तिबाट परा र अपरा प्रकृतिले कार्य गर्दछ, त्यो ब्रह्म हो । त्यो परब्रह्म परमात्माको सान्निध्य, अनुभूति र साक्षात्कारबाट प्राप्त हुने सुखचाहिँ परम सुख, दिव्य आनन्द हो । त्यो नित्य नूतन र अजर–अमर हुन्छ । त्यसैले ब्रह्मलाई सत्–चित्–आनन्दमय भनिएको छ ।
    ‘गीता’ को द्वितीय अध्यायको १६ औँ श्लोकले पनि भन्छ — ‘असत् वस्तुको सत्ता नै छैन, अनि सत् वस्तुको अभाव नै छैन ।’ त्यसैले हामी मनुष्यहरूलाई असत् वस्तुहरूबाट प्राप्त हुने सुख क्षणिक हुन्छ, छिटै अघाउनेवाला हुन्छ, अर्थात् वेदान्तीय भाषामा सुखको आभास मात्र हो, यथार्थमा मिथ्या हो । तर सत् वस्तुबाट प्राप्त हुने सुख दिगो हुन्छ, चिरस्थायी हुन्छ र त्यो सत्–चित्–आनन्दमय हुन्छ । त्यसैले हामी मुमुक्षुहरूलाई भक्तिमा चुर्लुम्म डुब्दा, मनोनिग्रहद्वारा एकचित्त भई बस्ता अनि ध्यानस्थ हुँदा प्राप्त हुने सुख मीठो, दिगो, नित्य नवीन र आनन्दमय लागेको हो । किनभने ईश्वरीय सत्ता सत् वस्तु हो ।

    थकालीका सन्तान कतिकति
    — हुचरा

    निकै पहिलेदेखिको सोच थियो मुस्ताङ घुम्न जाने । कहिले समयले साथ दिएन त कहिले स्वास्थ्यले । असक्तताकै बाबजुद पनि यो बैशाखको मध्यतिर एक्लै भए पनि मुस्ताङ जाने सोच मनभित्र रुमलिदै थियो । कोलकातामा लामै समयदेखि बसोवास गर्दै आएका काभ्रे पात्लेखेतका भाइ नारायण हुमागाईं पनि यो पटकको नेपाल बसाईंमा मुस्ताङ जाने सोच वनाएरै आएका रहेछन्, मलाई सुनमाथि सुगन्ध थपिएको अनुभव भयो ।
    बैशाख ९ गते मुस्ताङका लागि निस्कने सोच उनले बनाइसकेका रहेछन् । मैले पनि आफूलाई पनि साथै लैजान अनुरोध गरें उनलाई । गाडी बस्दोवस्त गरिदिनेसँग फोनमा सम्पर्क गरिहाले । म पनि तयारीमा थिएँ, साँझसम्म निश्चित हुने खवर बोकेर हामी छुट्टियौं । साँझ नारायणले फोन गरेर भने, ‘दाई गाडिको बस्दोवस्त भयो, रु. १५ हजार प्रतिव्यक्ति, बिहान ५ बजे हिड्ने’ । उनको यो छोटो खबरले म पनि उक्सिएँ, अलिक रकम बढी भयो कि जस्तो पनि लाग्यो । गाडि कस्तो हो ? त्यसको पनि कौतुहलले रातैभरि निद्रा लागेन ।
    बिहान चारै बजे उठेर हातमुख र शौचादि सकेर बबरमहल पुगें । गाडि चालक रुपेश बस्नेतले माइतिघरलाई बबरमहल भन्ने ठानेछन् । त्यहाँ पुगेर फोन गरे । नारायणको फोन त्यो दिन मौन बसेको ब्रतालुजस्तो भएको रहेछ, चल्दै चलेन । एकैपटक पोखरा पुगेपछि मात्रै फोनले मौनता तोड्यो । बस्नेतले गाडि घुमाएर काठमाडौं जिल्ला अदालत अगाडि ल्याए, गाडि चढेपछि बल्ल यात्रा आरामदायि हुने भयो भनेर सञ्चो लाग्यो । त्यतिवेला गाडिमा तीनजना मात्रै थियौं म, नारायण र रुपेश । अरु चारजना बौद्ध, जोरपाटीमा लिन जानुपर्ने । स्कारपियोमा हामी हानियौं जोरपाटीतर्फ । यहाँबाट बस्ने यात्री कस्ता होलान भनेको त एकजना हात भाँचिएका धादिङ च्याङलीका लालाबहादुर मगर र उनका एक छोरा, बुहारी, श्रीमती रहेछन् । नौ सिटे गाडिमा चालकसमेत सातजना । गाडि त्यहाँबाट आयो रातोपुलमा । त्यहाँ उसको कार्यालय रहेछ । हिजोआज फेसनकै रुपमा चलेको दाह्रीलाई चिटिक्क पारेर पालेका युवक सडकमा उभिएका । उनले हामी सबैलाई अभिवादन गर्दै हात फैल्याएर नगद माग्दाको दृश्य अर्कै । उनले हामीलाई ब्रिफिङ्ग गरे, तपाईंहरूको यात्रा चार रात र पाँच दिनको हुनेछ । विहानको ब्रेकफास्ट, लन्च, डिनर र वातानुकुलित होटलमा वास । यिनको व्यबहारले निकै लोभ्यायो र अव नेपालमा पनि दक्ष र योग्य व्यवसायीहरू उत्पादन हुन थालेछन् भन्ने अनुभूति बटुल्दै हामी लाग्यौं थानकोटतर्फ ।
    हामी थानकोट पुग्दा यो सभ्य समाजको सिंदूर पोतेको काठमाडौं व्युतिसकेको थिएन । बरू खराव वातावरणको प्रताडनाले छट्पटिएका चराचुरूङ्गीहरू चिरविर चिरविर गर्दै हामीलाई विदा गरिरहेका थिए । राजा त्रिभुवनकै पालामा निर्मित त्रिभुवन राजपथ एउटा ट्रक खानीखोलाबाट उकालो लाग्दा नागढुङ्गासम्मै रमाइलो लाग्ने जमानामा बनेको थियो । अहिले पनि थोरबहुत मात्रै मर्मत भएको तर एक मिनेटमा २५ वटा त्यो पनि बाह्रचक्के गाडिले पार गर्न खोज्दा के आनन्दको अनुभूति हुन्थ्यो र ! तैपनि लोभकुण्डको भण्डार यो उपत्यका पार गर्नैपर्ने भन्दै हामी नागढुङ्गाको आरोलो पार गर्न थाल्यौं ।
    विहानको खाना नौलो डाँडामा रहेछ । आजभन्दा पाँचवर्ष अगाडि त्यो नौलो डाडाँमा एउटा मात्रै थकालीको भात पसल थियो । पछाडिको आँगनमा बसेर त्रिशुलीको नैनानुभूति गर्दा संसारै मेरो जस्तो लाग्यो । त्यो नौलो डाँडाले पनि शहरको रुप लिइसकेको रहेछ । कति थकालीका भात पसल । जनसंख्याविद्हरूले लेखेका छन्, ‘नेपालमा मात्रै बसोवास भएको यो थकाली थर अत्यन्तै न्युन छन्’ । तर जति बाटाघाटा बढ्दै गएका छन् उति थकालीको संख्या पनि बढेको बढ्यै छ, कि रातैभरि सुत्तैनन् ? सत्य के हो भने थकालीहरू निकै मिहिनेती हुन्छन् । परिवार आफैं खट्छन् ।
    नौलो डाँडाको मीठो दालभात, तरकारीले हामी रमायौं । दस वर्षअगाडि दालभात तरकारी ‘खाए खा नखाए घिच्’ भन्ने खालको पाइन्थ्यो, त्यो पनि काठमाडौंबाट निस्किएपछि एकैपटक मुङलिनमा पाइन्थ्यो । एकपटक पत्रकार शंकर कार्कीले जोक गरेका थिए, ‘यो ठाउँमा तिमीले कुकुर देखेका छौ ?’ त्यहाँ कुकुर पनि काटेर खसीको मासुकै मूल्यमा बिक्री गरिन्छ भन्ने हल्ला काठमाडौंमा चलेको थियो । हल्लैहल्लाको काठमाडौंमा कहिलेकाहीँ सत्य हल्ला पनि आउँथे ।
    नौलो डाँडाको मीठो खानापछिको हाम्रो लक्ष थियो पोखराको । समयभन्दा छिटो पोखरा पुगिने भएपछि धिमागतिमा निर्माणाधीन नारायणगण—मुङलिनको बाटो टाढैबाट नियाल्दै त्रिशुली पार ग¥यौं । मस्र्याङदी र त्रिशुलीमा नयाँ पुल निर्माण हुदै रहेछ, त्योपनि अत्युाधुनिक गोलाकार पारामा । सायद केही महिनापछि त्यो पुलले पनि पूर्णता पाउँछ होला कमिशनखोरहरूको वोलवाला चलेन भने । त्योभन्दा निकै वर्षअगाडि सञ्चालनमा आएको मस्र्यांङदी जलविद्युत आयोजना बाटैमा पर्ने भएकाले नारायण र लालबहादुरलाई नौलो लाग्ने नै भयो । लालबहादुरले त एक हातको जिब्रो बाहिरै निकाले, ‘ओ ! यति लामो सुरुङ्ग । मैले थपिदिएँ, ‘यो त केही पनि होइन, पानी नआए पनि मेलम्चि खाने पानीको सुरुङ २८ किमि छ’ । यत्तिकै रौसिदै हामी त्यो रात पोखरामा वास बस्यौं ।

    राजा विक्रमादित्य नेपाली रहेछन्
    — रामचन्द्र खत्री

    विक्रम सम्वत् परापूर्वकालदेखि नेपालमा चल्दै आएको एउटा ऐतिहासिक र मौलिक सम्वत हो । यो सम्वत् अन्य सम्वत्हरूभन्दा ज्येष्ठ हुनुको अलवा शक सम्वत्, नेपाल सम्वत् र अन्य सम्वत्हरूझैँ तिथिका आधारमा चल्दै आएको छ । यस सम्वत्मा गते एवं बारसमेत उल्लेख गर्न थालेपछि विक्रम सम्वत् अन्य सम्वत्हरूभन्दा अधिक लोकप्रिय बन्न पुगेको हो । किनभने तिथिहरू कहिलेकाहीँ एकै दिन दुईवटा पनि पर्न जाने भएबाट व्यवहारमा असहज पर्न गएकाले विक्रम सम्वत्मा गते एवं बार उल्लेख गर्ने प्रचलन बसेको हो, यसमा सन्देह रहन्न । शक सम्वत्, नेपाल सम्वत् र अन्य प्रचलनमा आएका सम्वत्हरू भने गते एवं बारका आधारमा भन्दा पनि तिथिका आधारमा चलेको पाइन्छ । तसर्थ व्यावहारिक कोणबाट दृष्टिगत गर्दा पनि विक्रम सम्वत् समग्र हिमवत्खण्ड नेपालका विभिन्न ससाना राज्यहरूमा प्रचलित भइरहेकोमा पछि विशाल नेपाल राज्यको एकीकरणपश्चात् भने राष्ट्रिय सम्वत्का रूपमा स्थापित हुन आएको हो । त्यसो त हिमवत्खण्डअन्तर्गत पर्न गएका एकीकरणपूर्वका सेनवंशी, किरातवंशी, पश्चिमका बाइसी–चौबिसी राज्य, सिँजा प्रदेश तथा काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर सहर) लगायत ब्रह्मपुत्रको फाँटदेखि गङ्गा–यमुना नदीको आसपासमा विक्रम सम्वत् प्रचलनमा आएका तथ्यहरू यथेष्ट छन् ।
    विक्रम सम्वत्मा वर्षको ३६५ दिन र शक तथा नेपाल सम्वत्मा वर्षको ३५४ दिन मात्रै हुने भएकाले गे्रगोरियन क्यालेन्डरअनुसार ईस्वी सम्वत्सँग तादात्म्य मिलाउन विक्रम सम्वत् धेरै उपयोगी र व्यावहारिकसमेत देखिन्छ । परन्तु यो बेग्लै आयाम हो । अतः यो सन्दर्भलाई हाल यहीँ छाडेर तथ्यपरक विषयवस्तुमा केन्द्रित भई यसको मर्म एवं ध्येय उठान गर्नेतर्फ लागौँ ।
    पशुपतिपुराणमा उल्लेख भएअनुरूप ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्तते’ अर्थात सूर्यवंशी लिच्छविराजाको प्रभावले किराँती राजालाई परास्त गरी लिच्छविवंशको अभ्युदय भएपछि उनै लिच्छविवंशका प्रजापालक राजा धर्मपाल, जो भूमिबर्मा विक्रमादित्यको उपाधिबाट समेत पुकारिन्थे, उनैले काठमाडौँको बत्तीसपुतलीमा राजधानी स्थापना गरी शासन गरेको तथा उनैको समयदेखि विक्रम सम्वत्को उठान भएको हो भन्न कुरा वर्णन गरिएको छ ।
    जे होस्, ईस्वी सम्वत्, नेपाल सम्वत्, शक सम्वत् र अन्य सम्वत्हरूभन्दा पनि जेठो भएकाले होला, विक्रम सम्वत्ले आजपर्यन्त ऐतिहासिक तथ्यहरूलाई जीवन्त राख्न सफल भएको छ । यसै गरी ‘श्री वीरपाल नृपति तत् अभूतः अस्मात् विक्रमादित्य भूपः’ भन्ने वाक्यांश देवमाला वंशावलीमा उल्लेख भएको देखिन आएकाले विक्रमादित्य नामका कुनै एक चक्रवर्ती राजाको काठमाडौँ बत्तीसपुतलीस्थित हालको राममन्दिर भएकै स्थानमा राजसिंहासन थियो भन्ने कुरा वर्णित भएको पाइन्छ । यसबाट नाला (काभ्रे जिल्लाको प्राचीन सहर) मा पनि विक्रमादित्य नाम गरेका कुनै राजाले शासन गरेको तथ्य काभ्रे जिल्लाको ‘काभ्रे–सिन्धु वृत्तान्त’ मा समेत उल्लेख गरेको देखिन्छ ।
    यस्तै, लिच्छविकालीन वंशावलीमा उल्लेख भएअनुसार ललितपुरको हरिसिद्धि मन्दिरको निर्माण र हरिसिद्धि नाटकको मञ्चन क्रमशः वि. सं. ७११ र ९४५ मा भएको थियो । मल्लकालीन प्रतापी राजा जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा पनि ‘विक्रम राजवर्ष १४४८ श्रीमत् नेपाली के श्रेयोस्तु’ भनी उल्लेख भएबाट मल्लकालीन अवधिमा समेत विक्रम सम्वत् चलनचल्तीमा रहेको कुरा स्पष्ट हुन आउँछ । यसप्रकार विक्रमादित्य नामका चक्रवर्ती राजाले साँखुको वज्रयोगिनीबाट पारसमणिसहित आशीर्वाद प्राप्त गरी नारायणहिटी दरबारको दक्षिणतर्फ नारायणको मूर्तिसँगै जोडी धारा बनाई विक्रम सम्वत् चलाएको तथ्य वर्णन गरिएको छ । साँखु वज्रयोगिनीको मन्दिरबाट केही पर माथि एउटा मन्दिरमा विक्रमादित्य नामक राजाको शिर रहेको र वज्राचार्य वंशका पुजारीले अद्यापि सो शिरको पूजा–अर्चना गरेर बस्ने गरेका छन् भनिन्छ । साँखुमा प्राप्त शिलालेखमा उल्लेख भएमुताबिक विक्रमादित्य नाम गरेका राजाले नेपालमा शासन गरेको योभन्दा अरू ज्वलन्त उदाहरण के हुन सक्छ ?
    त्यसै गरी नेपालमा प्रचलित पुराना सम्वत्हरूको अध्ययन गर्न वि. सं. १९३७ तिर नेपालको भ्रमणमा रहनुभएका भारतीय विद्वान् पं. भगवान्लाल इन्द्रजीले त्यसताका नेपालबाट २३ वटा अभिलेखहरू खोजेर लगी अध्ययन गर्दै लिच्छविकालीन सम्वत्हरू सबैलाई विक्रम सम्वत् नै ठहराउनुभएको थियो । त्यस्तै, भारतको कलकत्ता विश्वविद्यालयका इतिहासतर्फका प्राध्यापक राधागोविन्द श्रीवास्तवको मतानुसार ‘चाँगुनारायण मन्दिरको अभिलेखमा भेटिएको सम्वत ३८६ नै विक्रम सम्वत् हो ।’ फेरि नेपालका इतिहासविद् शङ्करमान राजवंशी भन्नुहुन्छ कि लिच्छविकालपूर्व र लिच्छविकालउत्तरका सम्वत्हरू शक सम्वत् नै होइनन् । तर यसो हुँदाहुँदै पनि नेपालकै कतिपय इतिहासकारहरू विक्रम सम्वत् नेपालको नभएर भारतको उज्जैनबाट प्रारम्भ भएको हो भन्ने कुराको जिकिर गर्दछन्, अर्थात् मत जाहेर गर्दछन् । तर यसमा कत्तिको सत्यता छ वा छैन, त्यो त समयले नै पुष्टि गर्ला । तथापि भारतको इतिहासमा उल्लेख भएअनुसार इ. सं. ४०० तिर गुप्तवंशीय सम्राट चन्द्रगुप्त मौर्यले अयोध्याउपर विजय प्राप्त गरी छालाको मुद्रामा विक्रमादित्य लेख्न लगाएको र सोही आधारमा विक्रम सम्वत् उनै विक्रमादित्यले उठान गरेका हुन् भन्ने मनगढन्ते एवं कपोलकल्पित कुरा पनि बाहिर आएको देखिन्छ, जुन कुरा तर्कयुक्त र तथ्यगत हुँदै होइनन् । यसै विषयमा केन्द्रित भई इतिहासशिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ कि जुन समय ईसापूर्व ५७ मा यो सम्वत् उठान भएको भनिएको छ, तत् समयमा उज्जैनमा चक्रवर्ती सम्राट विक्रमादित्यको अस्तित्व भारतीय इतिहासमा कहीँ कतै भेटिँदैन । फेरि उज्जैनका महàवपूर्ण अभिलेख एवं ऐतिहासिक खण्डहरको उत्खनन हुँदासमेत भारतमा सम्राट विक्रमादित्यले शासन गरेका तथ्य–प्रमाणहरू कहीँ केही पत्ता लागेको देखिँदैन ।
    अन्त्यमा, माथि उल्लिखित ऐतिहासिक तथ्य एवं अभिलेखअनुसार पनि विक्रम सम्वत्को प्रारम्भ नेपालमा नै भएको हो । किनकि भारतलगायत एसिया महादेशका कतिपय राष्ट्रहरूमा अङ्ग्रेजको शासन भएको र सोही शासनको प्रभावका कारण त्यस राष्ट्रका मौलिक सम्वत्हरू मेटिन गई ईस्वी सम्वत् प्रचलनमा आएको देखिन्छ । तर नेपाल मात्र विश्वमा एक मात्र यस्तो देश हो, जुन आजसम्म पनि साम्राज्यवादी प्रभावबाट जोगिएका कारण यसको आफ्नो मौलिकता र पहिचान बच्न जानुको अलावा विक्रम सम्वत् पनि यथावतै रहन सकेको हो । यसप्रकार इतिहासको उषाकालदेखि नै नेपाल एक स्वतन्त्र र सार्वभौम देश थियो भन्ने तथ्यको ठोस प्रमाण नै विक्रम सम्वत्को निरन्तरता हो । यसमा कसैको द्विविधा नरहला ।

    नकचराको औषधि हुँदैन
    — रोशन मञ्जुश्री

    हरेक पटक नयाँ अनुहार, हरेक पटक नयाँ व्यक्तित्व । मान्छेले ऐनालाई हैरान पारिसके ।

    — सुनील सापकोटा

    हामीसँग बुद्ध थिए तर बुद्धुहरूले गर्दा शान्ति रहेन । हामीसँग अरनिको थिए तर अनिष्टकारीले गर्दा कला रहेन । हामीसँग गोरखा छ तर गोरूको संख्या बढ्नाले नेपालको गौरव रहेन । हामीसँग सगरमाथा छ तर सकारात्मक सरकार नहुनाले शिर ठाडो हुन सकेन । हामीसँग वेद, त्रिपिटक र मन्धुम छ तर पाश्चात्य, पुरस्कार र पदका लालचीको फन्दामा परेर बिलखबन्द हुन पुगेको छ ।

    — हरिप्रसाद सोडारी

    नकचराको औषधि हुँदैन भन्छन् । अहिलेका सांसदहरूको मागले यसलाई अझ पुष्टि गरेको छ । होइन भने देश गणतन्त्रमा गइसकेपछि र स्थानीय तह र प्रदेशका लागिसमेत बिकास बजेट केन्द्रीय सरकारले उपलब्ध गराइसक्दा पनि फेरि कसका र केका लागि भनेर सांसदहरूले प्रतिव्यक्ति दस–दस करोड माग गरेका हुन् ? यसले त राजतन्त्रलाई पनि माथ गरेको छ ।

    — विश्वम्भर चञ्चल

    श्रमजीवी मजदुरहरुले योग्यता–क्षमता अनुसारको काम, कामअनुसारको दाम पाउन् र सुकिलामुकिलाहरुको अपहेलनाको सिकार नवनुन् ।

    — दुर्योधन बस्नेत

    सपना राम्रै देखिन्छ यदि सुताइ राम्रो छ भने । खुट्टा खुम्च्याइएको भए सपना पनि राम्रो देखिदैन भन्छन् । आनन्दको सुताइभित्रको सपना जस्तै होस्, सपना सार्थक बन्नेछ ।

    — नूरेश्वर अधिकारी

    अमृत वचन
    — रामप्रसाद शर्मा तिमल्सिना

    — कसैको निन्दा र चियोचर्चो नगरौँ ।
    — झूटो नबोलौँ ।
    — कटु शब्द, अपशब्द नबोलौँ । कसैलाई श्राप नगरौँ । अश्लील शब्दको उच्चारण नगरौँ ।
    — नम्रतापूर्ण र मधुर वचन प्रयोग गरौँ ।
    — व्यर्थै नबोलौँ तथा अभिमानका वाक्य प्रयोग नगरौँ ।
    — आफ्नो प्रशंसा आफैँ नगरौँ ।
    — पवित्र पद गाउने बानी बसालौँ । ईश्वरको नाम भजौँ ।
    — गाई, ब्राह्मण वा गरिब अथवा कसैको पनि हितमा हानि पुग्ने वचन प्रयोग नगरौँ ।
    — आवश्यकता भए अर्काको सच्चा प्रशंसा गरे तापनि व्यर्थमा कसैको चाकडी नगरौँ ।
    — कहिल्यै कसैको नराम्रो नचिताऊँ र कसैको नराम्रो हुँदै गरेको देखेर प्रसन्न नबनौँ ।
    — व्यर्थ चिन्तन, अर्काको अनिष्ट हुने चिन्तन, काम, क्रोध, लोभ आदिका लागि चिन्तन नगरौँ ।
    — कसैप्रति कहिल्यै हिंसा नगरौँ ।
    — भगवान्को कृपामाथि विश्वास गरौँ । भगवान्को चिन्तन गरौँ । उनका लीला, नाम, गुण र तàवको चिन्तन गरौँ ।
    — सन्तहरूका चरित्रको र उपदेशको चिन्तन गरौँ ।
    — तन, मन र धनले सबैको यथायोग्य सेवा गरौँ, किनकि प्रत्येक प्राणीमा भगवान्को बास हुन्छ । यही जानेर सबैको सम्मान गरौँ ।

    कता खुट्टा नतेस्र्याउने ?
    — सुदर्शन आचार्य

    हिन्दूधर्मअनुसार कुनै–कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ । आज हामी त्यस्तै ६ चिजहरुसँग तपाईहरुको परिचय गराउनेछौँ ।
    १. देवता ः देवतालाई हामीले सधैँ पुज्ने गरेका छौँ । त्यसैले पनि यो कुरा धेरै मानिसहरुलाई थाहा हुन्छ कि भगवान्तिर खुट्टा तेर्साउनु भनेको भगवान्को अपमान गर्नु हो ।
    २. ऋषिमुनि ः ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको विश्वास गरिन्छ । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।
    ३. गाई ः विभिन्न ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको वास हुने भएकाले हाम्रो धर्ममा गाईलाई पूजासमेत गरिन्छ ।
    ४. अग्नि ः अग्निलाई देवताहरुको मुख मानिने गरिन्छ । यसैकारण आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन ।
    ५. सूर्य ः सूर्यलाई पञ्चदेवतामध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन ।
    ६. चन्द्रमा ः चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु पनि राम्रो मानिदैन ।

    सुख कहाँ पाउनु !
    — विश्वराम खत्री

    गुन लगाउने भाग्य रहेछ, बैगुन कसलाई लाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    उन्नतिको शिखर चढ्ने मलाई पनि रहर छ
    तर थामिनसक्नु यो भारी कहाँ बिसाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    बाबुआमाको कमाइमा बाँच्नुको मजा बेग्लै
    आफ्नो थाप्लोमा परेपछि मर्नु न मोटाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    आफू बुझेँ, समाज बुझेँ, बुझेँ देश–देशावर
    लोभी–पापीहरूलाई चाहिँ के भनी बुझाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु
    जता कोल्टे फेरे पनि शान्ति छैन मनमा
    के सोच्छ मन, कहाँ–कहाँ पुग्छ, कसरी निदाउनु
    दुःख पाउने कर्म रहेछ, सुख कहाँ पाउनु

    गोकुलेमा बस पुग्दा जनता खुसी

    काभ्रे जिल्लाको विकट भनेर चिनिने महाभारत गाउँपालिका वडा नं. १ गोकुलेधापमा पहिलोपटक बस पुग्दा स्थानीय खुसी भएका छन् । बस पुग्दा स्थानीय जनताले बस र चालकलाई भव्य रुपमा स्वागत गरेका थिए । गाउँपालिकाले विनियोजन गरेको ३३ लाख बजेटले उक्त सडक निर्माण कार्य सम्पन्न भएको थियो ।
    सडक उद्घाटन १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा रोहित र योङ कम्युनिष्ट लिग नेपालका जिल्ला सचिव प्रदीप योन्जनले संयुक्त रुपमा गरेका थिए । पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल र गाउँपालिकाका प्रमुख कान्छामान जिम्बाको आतिथ्यमा उद्घाटन गरिने तय भए पनि प्रतिकूल मौसमका कारण त्यो सम्भव हुन सकेको थिएन ।
    कार्यक्रममा जिम्बाले यातायातको सुविधाबाट बञ्चित भएका यहाँका जनताले अब कहिल्यै यातायातको सुविधाबाट बञ्चित हुनु नपर्ने र वडाबासीको साथ–सहयोगले मात्र यो काम सम्पन्न भएको बताए । ‘अब सिंगो महाभारत गाउँपालिकाको नमुना वडा बनाउन जस्तोसुकै समस्याको सामना गर्न म तयार छु ।’ जिम्बाले भने– ‘अब सडकको स्तरोन्नति गर्ने, बाँकी ट्र्याक खोल्ने र निरन्तर बस चल्ने वातावरण बनाउँछु ।’
    योञ्जनले पनि पहिलोपटक बस ल्याउन सफल भएकोमा खुशी व्यक्त गरे । यातायातको सुविधा नभएकोले यहाँको जनताले अकालमै ज्यान गुमाउनुपरेको, यस भेगका जनताको जीवनशैली कष्टकर भएको बताउँदै आगामी दिनहरुमा जनताको समस्यासँग आफूहरु हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

    अधिकारी प्रतिष्ठानको साधारण सभा

    कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान काभ्रेपलाञ्चोकको प्रथम साधारण सभा गत वैशाख २२ गते शनिबार बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको छ । साधारण सभाले प्रतिष्ठानको तदर्थ समितिबाट गरिएका कार्यहरूलाई अनुमोदन गर्दै विभिन्न निर्णयहरू गरेको छ ।
    साधारण सभाले रामप्रसाद अधिकारीलाई प्रतिष्ठानको सल्लाहकार मनोनयन गरेको छ भने हरि मञ्जुश्री अधिकारीको अध्यक्षतामा राजेन्द्रप्रसाद अधिकारी उपाध्यक्ष, इन्द्रप्रसाद अधिकारी सचिव, मनोज अधिकारी सहसचिव र दण्डपाणि अधिकारी कोषाध्यक्ष रहने गरी १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    तिम्रो जति आँसु झ¥यो

    नेत्र सहायकको अध्ययन पूरा गरेकी र इटहरीको सुनसरीमा स्थायी बसोबास गर्ने अस्मिता पाण्डेले हालसालै एउटा नयाँ गीत ‘तिम्रो जति आँसु झ¥यो’ सार्वजनिक गरेकी छन् ।
    अस्मिता पाण्डे बिगत ४ वर्षदेखि आँखा अस्पतालमा कार्यरत छिन् । उनको रुचि गीत संगीतको क्षेत्रमा अगाडि बढ्ने र समाजसेवा गर्ने हो । विभिन्न स्टेज प्रोगाममा आफ्नो गायन कला प्रस्तुत गरिसकेकी उनी सरल मिलनसार स्वभावकी छन् । भविष्यमा स्थापित र सफल गायिका बन्ने उनको सोच रहेको छ । सबैको हौसला, साथ, माया र आशीर्बाद पाएमा अगाडि बढ्ने उनको धारणा छ । आफ्नो जागिर पढ़ाइ र संगीत क्षेत्रमा समय मिलाएर अगाडि बढ्ने उनी बताउछिन्

    हजुरले लाएको टोपी मन प¥यो

    उनी संगीतकार हुन् । तर गीत गाउँछिन् र लेख्छिन् पनि । गीतसंगीतमा तीनै विधाकी प्रतिभा हुन् नीलम रोजु राई । उनले गाएको ‘हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीत तथा भिडियो हालै सार्वजनिक भएको छ । गीत सार्वजनिक गरेपछि नीलमले भनिन्, ‘क्षमताले भ्याएसम्म गाउन, संगीत गर्ने र लेख्ने सबै गर्छु ।’
    ‘मलाई हजुरले लाएको टोपी मन प¥यो’ गीतले माया प्रेमका साथै राष्ट्रभाव पनि बोकेको छ । नीलमकै शब्द, संगीत र स्वर रहेको यस गीतलाई श्रोता दर्शकले रुचाएका छन् । नीलमका अनुसार अहिले गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । उनले यस गीतबाट चर्चा पनि पाइरहेकी छन् । यस गीतको फरक शब्दशिल्प, मिठासपूर्ण संगीत र मधुर स्वरले नीलमलाई चर्चामा ल्याएको हो ।
    भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले । भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यसको भिडियो निर्माणका लागि मिहिनेत निकै खर्चिएको नीलमले बताइन् ।
    दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई नीलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । दर्जनौँ गीतमा संगीतका साथै स्वर दिइसकेकी नीलमको यो पछिल्लो सांगीतिक सौगात हो, जसलाई उनले नयाँ वर्षको अवसरमा ल्याएकी हुन् ।

    भक्तपुरमा पारायण

    भक्तपुर कटुन्जेमा रहेको श्रीमन्निजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्णप्रणामी मन्दिरको अठाह«ौँ वार्षिकोत्सवका अवसरमा गत वैशाख १६ गतेदेखि २२ गतेसम्म साप्ताहिक पारायण महोत्सवको आयोजना गरियो ।
    श्रीकृष्णप्रणामी सेवा समिति नेपाल साप्ताहिक पारायण मूल समारोह समितिद्वारा आयोजित उक्त महोत्सवको तेस्रो दिन वैशाख १८ गते शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र काठमाडौँ विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर रामचन्द्र पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    लेखकहरू टहलदास शिवाकोटी ‘यात्री’, चन्द्रमणि प्रसाईं र तुतुकाजी प्रणामी श्रेष्ठ तथा श्याम केसी, लोकेन्द्र ढकाल आदिको समेत उपस्थिति रहेको उक्त महोत्सवमा विभिन्न भक्तजनको भीड लागेको थियो ।

    ट्रेकिङ रुट सङ्कटमा

    पछिल्लो समय सडक सञ्जालको विकास एवं विस्तार भएसँगै प्रसिद्ध ट्रेकिङ रुटहरुको अस्तित्व मेटिन थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार नेपालमा लामो तथा छोटो गरी करिब एक सयको हाराहारीमा ट्रेकिङ रुटहरु रहेका छन् । त्यसमा पनि अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कञ्चनजंगा, मनास्लु, मकालु जस्ता ट्रेकिङ रुट निकै प्रसिद्ध छन् । पछिल्लो समय रसुवाको तामाङ हेरिटेज, धादिङको रुपी भ्याली, गोर्खाको चुन भ्याली पनि पर्यटक माझ लोकप्रिय बन्दै गएका छन् । तर ती जिल्लाहरुमा सडक सञ्जालको विस्तार भएसँगै यी रुटहरु छोटिएका छन् ।
    ट्रेकिङका लागि निकै रुचाइएको कास्कीको नयाँपुल–घान्द्रुक–घोरेपानी हँुदै जोमसोमसम्मको रुटमा पनि सडक विस्तारसँगै पदमार्ग नै विस्थापित हुन पुगेको छ । शरद ऋतुमा भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत लगायतका देशका पर्यटकहरु पदयात्राका लागि नेपाल आउँछन् । नेपालमा करिब १८ सयको हाराहारीमा ट्रेकिङ ब्यवसायी छन् भने लाखौँले यस क्षेत्रमा रोजगारी पाएका छन् ।
    ट्रेकिङ रुटलाई व्यवस्थित गर्न सडक विस्तारलाई वैकल्पिक मार्गको रुपमा विकास नगर्ने हो भने नेपालका पदमार्गहरु लोप हुने भन्दै टानले सरकारको ध्यानाकर्षण गराएको छ । सडक विस्तार गर्दा पदमार्गलाई नछुने गरी गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । पदयात्राका लागि वार्षिक लाखौँ पर्यटकहरु नेपाल आउने गरेका छन् । (बीआरटी नेपाल)

    जिपमा पेस्तोल र गोली

    काठमाडौं गैरीधारा बस्ने लम्जुङ्ग सुन्दरबजार घर भएका ४२ वर्षीय सुमन थापालाई युएसए लेखेको पेस्तोल १ थान, म्याग्जिन १ थान र ३ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका — ३ बसुन्धरा स्थित सडकखण्डमा थापाले हाँकेको बा. ३ च १६५४ नम्बरको निशान जिपले बा. ४० प ५७७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका — २६ बस्ने स्याङजा पुतलीबजार घर भएका सन्तोष नेपाली र अर्जुन बोहरा घाइते भएकाले थापालाई नियन्त्रणमा लिई जिप तलासी गर्दा अगाडिको सिटमा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
    घाइते नेपाली र बोहरालाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा नेपालीको मृत्यु भएको छ ।

    प्रहरीको हातमा बन्दुक र गाँजा

    मकवानपुर बकैया गाउँपालिका — ११ मोरङगे बस्ने ३० वर्षीय झलकमान न्यासुरलाई प्रहरीले भरुवा बन्दुक १ थान र लागूऔषध गाँजा डेढ किलोसहित पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले न्यासुरको घर तलासी गर्दा भरुवा बन्दुक र गाँजा बरामद गरेको हो ।

    भत्केको टहरा जुवातासको अखडा

    काठमाडौं महानगरपालिका — ३२ कोटेश्वर असर्जी गल्ली डेरा गरी बस्ने काभ्रे दाप्चा घर भएका ६७ वर्षीय प्रताप सिंह तामाङको कोठामा जुवातास खेलिरहेका तामाङ सहित ७ जनालाई प्रहरीले नगद ३४ हजार ४ सय ३० रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको छ ।
    यसै गरी काभ्रे धुलिखेल नगरपालिका — १२ इँटे स्थित प्रेमबहादुर शाहीको भूकम्पले भत्किएको टहरामा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ६९ वर्षीय रामबहादुर शाही सहित ९ जनालाई नगद २ लाख २ हजार ४ सय ७० रुपैयाँ र तास सहित प्रहरीले पक्राउ गरेको छ ।

    हुन्डी कारोबार गर्ने समातिए

    काठमाडौं न्यूरोड इलाकामा हुण्डी (समानान्तर बैकिङ) कारोबार गरिरहेका झापा शिबगंज गाउँपालिका — २ घर भएका २४ वर्षीय बिपिन उप्रेतीलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उप्रेतीलाई शंकास्पद अवस्थामा झोला बोकी हिँडिरहेको अवस्थामा फेला पारी चेक गर्दा उक्त नगद बरामद भएको थियो । उप्रेतीले हुण्डी कारोवार गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त कारोबारको मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख रुपैयाँसम्म कारोवार भएको खुल्न आएको छ ।

    बालिका बलात्कृत

    सर्लाहीको पर्सा गाउँपालिका — ५ बस्ने ४० वर्षीय हाकिम कारी भन्ने हाकिम बैठालाई बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
    बैठाले शनिबार राति सोही ठाउँ घर भएकी १० वर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा पोखरीको डिलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको बाबुले प्रहरीलाई खबर गर्नासाथ खटिएको प्रहरी टोलीले बैठालाई पक्राउ गरेको हो ।
    पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको लागि जिल्ला अस्पतालमा पठाएको छ ।

    मगन्तेलाई ट्रकको ठक्कर

    चितवनको भरतपुर महानगरपालिका — ६ वीरेन्द्र टोलमा ना. ५४ प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा मोटरसाइकलमा सवार चालक सोही महानगरपालिका — २४ बस्ने ३५ वर्षीय भरत रामदाम र उनको १० वर्षीय छोरा समिर रामदाम गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ ।
    महोत्तरीको बर्दिवास नगरपालिका — ५ बरम्दु चोक स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको ट्रकले नाम, थर, वतन नखुलेको मागी खाई हिँड्ने अन्दाजी ८० वर्षीय पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्रक र चालकलाई प्रहरीले खोजतलास गरिरहेको छ ।
    आगोले २२ लाख स्वाहा
    महोत्तरीको औरही नगरपालिका — १ औरही बजार बस्ने रामचन्द्र मण्डलको टायलले छाएको एकतले घरमा आगलागी हुँदा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    सल्यानको कुमाख गाउँपालिका — ६ थापाचौर बस्ने गंगनराम नाथको एकतले कच्ची गोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करीव २ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    कास्कीको पोखरा लेखनाथ महानगरपालिका — ८ न्यूरोड बुद्धमार्ग स्थित चिप्लेढुङ्गा बस्ने कमला पुरीले संचालन गरेको कमिसा कुर्था पसल एण्ड लेडिज टेलर्स पसलमा आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण कपडाहरु जलेर करीव १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    डुबेर मृत्यु

    सुनसरीको बराह नगरपालिका — ७ बस्ने हस्त राउतको १० वर्षीय छोरा किरण राउतको सोही ठाउँको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

    सम्मान तथा काव्यगोष्ठी

    काठमाडौँमा दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नुभएको हो ।
    त्यस अवसरमा अतिथि चेतनाथ धमला, मणि लोहनी र डा. बमबहादुर जितालीले कविता वाचन गरे । हृदय अधिकारी, द्वारिका कुइकेल, तारा केसी, दीपक दाहाल, रीता खतिवडा, सानु शर्मा,, धरणीधर गुरागाई, तुलबहादुर लोहनी, जानुका थापा, महेश्वरप्रसाद दाहाल, मिसन अधिकारी, लक्ष्मी केसी, भवानी पन्त, शितास्मा बानियाँ, गणेश कडरिया, भाग्यशाली अधिकारी, नीमा तिमल्सिना, जेहन्ता पाण्डे र विजयध्वज थापा आदिले पनि कविता वाचन गरे ।
    दीपज्योति स्कुलद्वारा आयोजित तथा उमेश पाण्डेद्वारा सञ्चालित कार्यक्रममा प्रदेश सांसद योगेन्द्र सङ्ग्रौला, प्राज्ञ नर्मदेश्वरी सत्याल, स्कुलका प्रिन्सिपल विमला अधिकारी कुँवर, प्रेमनरसिंह अधिकारी र डा. गार्गी शर्माले मन्तव्य राखे । तारा केसी, धरणीधर गुरागाई र भवानी पन्तका कवितालाई पुरस्कार दिइएको थियो ।

    बालकृष्ण पोखरेललाई एक लाखको पुरस्कार

    नगेन्द्र आशालता प्रतिष्ठानद्वारा विराटनगरमा गत २२ गते आयोजित साहित्यिक सभामा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेललाई रु. एक लाख रुपियाँको भाषा–साहित्यतर्फको पुरस्कार र स्वर्गद्वारी मठलाई धर्म–संस्कतितर्फको पुरस्कार प्रदान गरियो ।
    त्यसै गरी गत २३ गते पूर्वान्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित समारोहमा समालोचक डा. तुलसी भट्टराईलाई टेकनाथ शिवकुमारी साहित्य–संस्कृति पुरस्कार समर्पण गरियो ।
    पुरस्कृत व्यक्तित्वहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक बधाई !

    २०७५ वैशाख १८ गतेको अङ्कमा प्रकाशित विशेष सामग्रीहरू

    होला त वाम एकीकरण ?
    — कृष्णविनोद शर्मा

    आसन्न राजनीतिक गत्यावरोधका रूपमा नै चर्चा हुन थालेको छ वाम एकताको अर्थात् सत्तारूढ दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रका बीच गर्ने भनिएको एकता । प्रथम संविधान सभाको निर्वाचनपछि उक्त सभा भङ्ग नहुँदासम्म अनि दोस्रो संविधान सभाको गठनपश्चात् संविधान जारी नहुँदासम्म ‘के संविधान सभाले नयाँ संविधान जारी गर्ला त ?’ भन्ने अस्पष्टता, आशङ्का र अन्योलजस्तो भएको छ यो विषय अर्थात् अहिलेको एकतासम्बन्धी गत्यावरोध । त्यो गत्यावरोधलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका उखान–टुक्काहरूले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आशङ्कामिश्रित दृढ अभिव्यक्तिले झनै रोचक बनाइदिएका छन् । संविधान जारी हुनुभन्दा पूर्व आम बुद्धिजीवीहरू र नेताहरूको पनि भनाइ हुन्थ्यो — ‘दलहरू मिल्नुको विकल्प छैन ।’ तर दलहरू मिल्दैनथे । अहिले पनि वाम बुद्धिजीवी र वाम नेताहरू भन्दैछन्, भनेर थाक्तैनन् पनि — ‘पार्टी एकताको विकल्प छैन ।’ तर एकता भइरहेको पनि छैन । यस्तो पेचिलो स्थितिमा अनेकथरि अड्कलबाजी र विश्लेषणहरू भएका छन् र हुन सक्छन् ।
    पहिलो कुरो ः वास्तवमा पार्टी एकीकरण नगर्नका लागि नै एकताको बिगुल फुकिएको थियो । त्यसैले एकता सम्भव नै छैन । नामअघि नेकपा विशेषणदेखि बाहेक सोच, सिद्धान्त, पृष्ठभूमि, आचरण र व्यवहार दुई पार्टीको मिल्दै मिल्दैन । पार्टी एकताको नाराद्वारा जनभ्रम सिर्जना गरी मत बटुलेर सत्ता कब्जा गर्ने रणनीति थियो । त्यो रणनीति सफल भयो । अब सत्ता साझेदारीमा बार्गेनिङ र जोडघटाउ गर्दै चार वर्ष काट्ने रणनीति छ दुवै अध्यक्षहरूको । यो अड्कल धेरैले गरेका छन् ।
    दोस्रो कुरो ः सुरुमा आन्तरिक र बाह्य कारणले दुई ठूला कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ भन्ने सोच पलाएरै मोर्चाबन्दी भएको हो । एकीकरणको सपना देखिएकै हो । तर करिब दुई तिहाइ बहुमत आई छवटै प्रदेश सरकारको गठन भएपछि राजनीतिका धूर्त र चतुर खेलाडीद्वयको दूरदृष्टि (चातुर्यपूर्ण दृष्टि) ले के देख्यो भने नेपाली जनता वा नेपाली मतदाताको मनोविज्ञानमा छिटो–छिटो परिवर्तनको चाहना छ । सात दशकमा आधा दर्जन संविधान परिवर्तन हुनु त्यसैको प्रतिफल हो । त्यसैले अर्को निर्वाचनमा एकीकृत कम्युनिस्ट पार्टीप्रति पनि वितृष्णा बढ्न सक्नेछ । चार वर्षमा गर्न सकिने र हुनेवाला केही छैन । ढुकुटी रित्तो छ । दाताहरू वचन मात्र दिन्छन्, रकम दिँदैनन् । यस स्थितिमा पुनः सत्ता कब्जा गर्नका लागि अर्को पार्टी नेपाली काङ्ग्रेस वा मधेसवादी दलसँग घाँटी नजोडी सम्भवै छैन । त्यसैले पार्टी एकता दूरदर्शी कदम हुँदैन कि भन्ने लागेको हुन सक्छ दुवै शीर्ष चतुर नेताहरूलाई । यसो पनि भन्न थालिएको छ ।
    तेस्रो कुरो ः न त निर्देशित लोकतन्त्र दिगो हुन्छ, न त निर्देशित पार्टी एकीकरण नै । २०६२–६३ सालपछि राजनीतिक दलहरूले गरेका विभिन्न मोर्चा र पार्टी एकीकरणका प्रयासहरू निर्देशित हुन् भन्छन् जानिफकारहरू । पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्नु अनि फेरि जुट्ने कसरत गर्नु, दुवैमा पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र आग्रहले काम गरेको कुरा त स्वयं राप्रपाका शीर्ष नेताहरूले स्वीकार गरेकै कुरा हो । गत असोजमा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन उत्तरी मित्रराष्ट्र चीनको निर्देशन वा आग्रहबाट अभिप्रेरित थियो भनेर छापाहरूले लेखेको हामी सबैले पढेकै कुरा हो । त्यो देखी दक्षिणी मित्रराष्ट्र भारतले पनि मूलको परखमा भूल गर्दै मधेसवादी दलहरूलाई एकता गर्न प्रेरित ग¥यो । फलस्वरूप राष्ट्रिय जनता पार्टीको जन्म भयो । तर एक वर्ष नपुग्दै राजपा पनि फुटेको समाचार गत हप्ता मिडियामा आयो पनि । नेकपा एमाले र माओवादी एकीकरणको भ्यागुते धार्नी लम्बिँदै जाँदा मित्रराष्ट्र चीनका बुद्धिजीवी प्राज्ञहरूले एकतामा विलम्ब नगर्न सुझाव दिएको कुरा पनि छापामा आयो । यसरी हेर्दा राष्ट्रिय आवश्यकता र आम जनता अनि कार्यकर्ताको चाहनाभन्दा पनि अन्तर्राष्ट्रिय चासो, स्वार्थ र डिजाइनबाट अभिप्रेरित बनेको पार्टी एकता त्यति सहज हुँदैन भन्ने देखिन्छ । दबाबमा परेर एकता भइहाले पनि त्यो एकता दिगो हुँदैन राजपाको जस्तै । त्यही स्थिति हुन सक्छ नेकपा एमालेको र माओवादी केन्द्रको एकता अभियानमा पनि । यस्तो विश्लेषण पनि हुन थालेको छ ।
    नेपालको पछिल्लो डेढ दशकको राजनीतिक क्यालेन्डरको समीक्षा गर्दा के देखिन्छ भने भलै धार्मिक हिसाबले दसैँ–तिहार पर्ने महिना असोज शुभ हुन्छ, तर राजनीतिक दृष्टिले त्यति शुभ मानिदैन । पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमनको प्रस्थानविन्दु पनि असोज थियो, जसलाई असोजतन्त्र भनियो । उनै ज्ञानेन्द्रले जनतामाझ साह«ै अलोकप्रिय छवि बनाएका पुत्र पारस शाहलाई युवराज घोषणा गर्न पनि असोज महिना नै रोजे । वर्तमान संविधान जारी गर्दाको साइत पनि असोज परेकाले अझै भारतले सहृदयपूर्ण रूपले स्वीकार गरिसकेको छैन । सङ्घीयताको कार्यान्वयनमा जटिलता छँदैछ । त्यसरी नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले पार्टी एकीकरणको बिगुल फुक्नका लागि पनि असोज महिना नै रोजे । सायद त्यसैले एकीकरण टुङ्गोमा पुगिरहेको छैन भने अर्कातिर झन्डै ९० प्रतिशत जनताले मान्ने धार्मिक पर्व–बिदाहरूको कटौती र वर्तमान सत्ताको धरातल लोकतन्त्र दिवस र गणतन्त्र दिवसको सार्वजनिक बिदा पनि कटौती गरेबाट वर्तमान नेकपा एमाले — माओवादी केन्द्र गठबन्धन सरकारको वर्तमान कदम नवअसोजतन्त्रको सङ्केत त होइन भनेर गम्भीर हुनुपर्नेचाहिँ भएको छ ।
    स्मरण रहोस् — नेपालको इतिहासलाई एक शताब्दी पछि पार्ने राणाशासनको प्रस्थानविन्दु १९०३ सालको कोतपर्व पनि असोज २ गते नै भएको थियो । धन्न हाम्रा नेताहरूले असोज २ गते वर्तमान संविधान जारी गरेनछन् !

    दुई कुरामा परतन्त्र
    — मुकुन्दप्रसाद उपाध्याय

    सुगन्धविनाका फूलहरू, स्वादविनाका फलहरू, रस र पोषणविनाको भोजनजस्तै हुन्छन् सदाचारविनाका मनुष्य । भलै मनुष्यमा विद्वत्ता नहोस्, शिल्प र कलाकारिता नहोस्, खासै फरक पर्दैन । तर व्यक्ति सदाचारी छैन भने ऊ फगत् एक मृत्युको पर्खाइमा बाँचिरहेको दुईखुट्टे जीव हो । जीवनमा सुख, समृद्धि र आनन्द प्राप्तिका लागि सदाचारी हुनु जरुरी हुन्छ । सदाचारी व्यक्ति सबैको मित्र हुन्छ । कसैसँग उसले मीत लगाइरहनु पर्दैन । उसले कसैसँग डराउनु पर्दैन । अनि ऊसँग पनि कसैले डराउनु पर्दैन । अनि सदाचारी व्यक्तिले आफू सदाचारी भएको मार्केटिङ पनि गरिरहनु पर्दैन । कस्तुरी मृगलाई आफ्नो आगमनको सूचना दिन कुनै रिसल्ला मृगहरूको दरकार नै पर्दैन । हुन त सामान्य जनहरूले सदाचारी र दुराचारी दुवैबाट कष्ट खेप्नुपर्छ । तर फरक यति मात्र हो कि दुराचारी व्यक्तिसँग जम्काभेट हुँदा कष्ट हुन्छ भने सदाचारी व्यक्तिसँग छुट्टिनुपर्दा कष्ट हुन्छ ।
    महामानव त के, भद्र र विशिष्ट व्यक्ति पनि हुनु जरुरी छैन । सिर्फ दुराचार, व्यभिचार र अविवेक नभएको सामान्य ‘व्यक्तित्व’ भए पुग्छ । जीवनमा धेरै ठूलो लक्ष्य पनि चाहिँदैन । गोकर्ण बन्न नसके पनि कहिल्यै पनि धुन्धुकारी हुनु नपरोस्, त्यति भए सम्झनु यो जीवन व्यर्थ गएनछ ।
    जीवनको सार्थकता केमा छ त ? ठूलो मान्छे चुलिएको व्यक्तित्व, जसको निधनमा हजारौँ जनहरू घाटमा ओइरिउन् अनि घाटबाट फर्कंदा क्रिया बस्नेजतिले मात्र छाक छाड्नु वा सामान्य सदाचारी व्यक्ति थाहा पाएर घाट पुग्ने, दुई–चार विगोत्री, विजाति र विधर्मीले समेत छाक छोडोस् अनि थाहा पाउनेहरूले खबर सुनेर ‘अहो’ मात्र भनेर दुःख प्रकट गरून् । सायद त्यति नै त हो हाम्रो जीवनको सार्थकता !
    यथार्थमा जीवनको सार्थकता जीवन जिउने कलामा निर्भर गर्दछ । त्यही कलालाई अर्को शब्दमा गीताले कर्म भन्छ क्यारे ! किनभने पूर्वीय दर्शन र वैदिक मान्यताका अनुसार मान्छे कर्म गर्नमा पूर्ण स्वतन्त्र छ । त्यही स्वतन्त्रताले गर्दा मान्छेबाट दुष्कर्म, अकर्म, विकर्म, सकाम कर्म हुने गर्दछ । हो, मान्छे दुई कुरामा चाहिँ पूर्ण परतन्त्र छ, त्यो हो जन्म र मृत्यु । हामीमध्ये कसैले पनि यो दावी गर्न सक्तैन कि ऊ आफ्नै इच्छाले अमुक देशमा, अमुक कालमा, अमुक कुलमा, अमुकको पुत्र वा पुत्री भएर जन्मेको होस् । आस्तिकले भन्छ ईश्वरको वा विधिको इच्छाले वा पूर्वजन्मको कर्मफलले त्यो निश्चित हुन्छ । भौतिकवादीले भन्ला प्रकृतिको नियमले हुन्छ होला । अनि डार्विनवादीले भन्लान् बाँदर परिष्कृत हुँदै वनमान्छे चिम्पान्जी हुँदै मान्छे भइयो होला भनेर । फरक त्यत्ति हो । तर सारमा दुवै दृष्टिकोणले भन्छ जन्म हाम्रो हातमा छैन । त्यसरी नै मृत्यु कहिले, कहाँ, कसरी भन्ने कुरा पनि अज्ञात रहन्छ । हो, बढीमा १०० वर्ष + १०–२० वर्षलाई औसतसम्म मान्छ । कोही जडसूत्रवादीले भन्न सक्ला मृत्यु व्यक्तिको हातमा हुन सक्छ यदि कसैले आत्मदाह, आत्महत्या गरेमा । तर त्यहाँनेर पनि पूर्वीय दर्शनले भन्छ होइन, त्यो पनि पूर्वनिर्धारित र पूर्वनिश्चित हुन्छ । त्यही पूर्वनिश्चितता प्रारब्ध बनेर व्यक्तिको मनोविज्ञानमा प्रवेश गर्छ र व्यक्तिलाई आत्महत्या गर्न बाध्य पार्छ । मृत्युका कारण रोगव्याधि, दुर्घटनासमेत परोक्ष यमदूतहरू नै हुन् ।
    त्यसैले जुन कुरा व्यक्तिको हातमा छैन, त्यसको चिन्ता छाडेर जे गर्नमा हामी स्वतन्त्र छौँ र त्यसकै लागि हामीलाई देवले भनौँ वा प्रकृतिले पञ्चकर्मेन्द्रिय, ज्ञानेन्द्रिय र चार अन्तस्करण (मन, बुद्धि, चित्त र अहङ्कार) दिएको छ भने तिनैको समुचित प्रयोग र व्यवस्थापनद्वारा सत्कर्मद्वारा सदाचारी बन्नु नै हाम्रो जन्मको सार्थकता हो र हुनुपर्दछ पनि ।

    समुद्र तरेर किनारमा किचकिच
    — रामचन्द्र हुमागाईं

    वैशाख ११ गते । नेपाली नेताहरूमाथि धर्मपरिवर्तमा सकृय रहेको आरोप लागिरहेका बेला प्रधानमन्त्रीको कार्यालयले ‘यदि कसैले लोभलालच वा जवर्जस्ती धर्म परिवर्तन गर्न लगाएको पाइएमा विदेशी रहेछ भने देशनिकाला गरिने र स्वदेशी रहेछ भने हदैसम्मको सजाय दिने’ सूचना जारी गरेर नयाँ कामको थालनी गरेकोमा धन्यवाद दिनैपर्छ । तर कथनी र करनीमा फरक फरक व्यवहार हुने देशमा बोलीको विश्वास गर्न भने मुस्किल नै भएको छ ।
    वैशाख १२ गते । यातायात व्यवसायीहरूले नेपाल सरकारका विगतका कारिन्दाहरूलाई व्याधाले बोको डो¥याएझैं डो¥याएर आफूखुसी कारोवार गरेको र यात्रुहरूलाई रैती बनाएर रकम असुल गरिरहेकोमा यो पटकको सरकारले यातायात व्यवसायीलाई नै डो¥याउने हिम्मत देखाएकोमा यात्रुहरू मख्ख भएका छन् । यो मख्खतालाई निरन्तरता दिन सक्यो भने सरकारले केही गर्छ कि भन्न सकिने भएको छ ।
    वैशाख १२ गते । रेल विभागका महानिर्देशक अनन्त आचार्यले ‘नेपालमा चीन र भारतको जति धेरै प्रतिस्पर्धा भयो उति चाँडो नेपालमा रेल’ भनेछन् । यस्तो भन्न एउटा सहसचिव स्तरको निजामती कर्मचारीले मिल्छ कि मिल्दैन ? कर्मचारीहरूले तोलमोल र बोल भन्ने सिद्धान्तलाई लागू गर्नुपर्ने होइन र ?
    वैशाख १३ गते । चारैतिर ‘एमाले र माकेबीच चाँडै एकता होस्’ भनिरहेका वेला एमाले—माके भने समुद्र तरेर किनारमा कचकच गरिरहेको देख्ता कतै यिनीहरूलाई कुनै तत्वले चलाइरहेको त छैन भन्दा कसो होला ?
    वैशाख १४ गते । तीन महिनामा खर्बभन्दा बढी पेट्रोलियम पदार्थ भारतबाट ल्याउने देशले दैनिक पाँच खर्ब लिटर पानी सित्तैँ भारत बगेर जाँदा पनि मुआव्जा माग्न नेपाल सरकार सक्तैन । प्रतिलिटर १ पैसा मात्रै रोयल्टी पाइने हो भने नेपाल कहाँ पुग्थ्यो होला ?
    वैशाख १५ गते । सांसद कोषको सोच कसले ल्याएको हो ? आफ्नो निर्वाचन क्षेत्रमा रकम छुट्याएर विकास गर्न पल्किएका सांसदहरूले रकम कुल्याएर कार्यकर्तालाई साइकल किनेर दिने सांसदलाई किन पैसा दिने ? एकपटक सोच्ने हो कि ?
    वैशाख १६ गते । पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली फटाहा नै साबित भएका छन् । उनले उमेर ढाँटेर झण्डै एक वर्ष बढी न्यायालयमा रजाइँ गरेको सर्वोच्च अदालतबाटै प्रमाणित भएको छ । यतिखेरको सर्वोच्च अदालत भनेको राष्ट्रको कार्यकारी प्रधानमन्त्रीलाई पनि निर्देशित गर्ने हैसियत राख्छ । यस्तो शक्तिशाली न्यायालयका प्रमुख नै उमेर ढाँट्ने जस्तो निच काम गर्छ भने कसरी राज्यले सामन्तवादबाट मुक्ति पाउँछ ?
    वैशाख १७ गते । अन्तमा आएर नेपालमाथि भारतीय साम्राज्यवाद लादिएकै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । भारतले एकतर्फी जबर्जस्ती लादेको व्यापार तथा पारबहन सन्धीलाई हतियार बनाएर भारतबाट आयात गरिने सामानमा आफूखुसी मूल्य निर्धारण गर्ने, भन्सार महसुल तोक्ने तर नेपालमा उत्पादन भएका कृषि सामग्री समेतमा रोक लगाउने गरेका कारण वर्षेनी अर्बौंको घाटा व्यहारिरहेको विषयमा परिमार्जन हुने भएको छ । हेर्दै जाऊँ यो परिमार्जनको कुरो उठ्ने मात्रै हो कि बैठान पनि हुन जान्छ ।

    भूकम्पीय सम्वेदनामाथि राक्षसी हाँसो
    — प्रा. डा. गोपाल शिवाकोटी

    नेपालमा पछिल्लो या २०७२ सालको महाभूकम्प गएको चौथो वर्ष लागेको छ । भूकम्प गएको दिनको सम्झनामा विभिन्न कार्यक्रमसहित अनेक वाचाहरु गर्ने, ठूला–ठूला सपनाहरु बाँड्ने काम जिम्मेवार व्यक्तिहरुबाट भएको छ । उनीहरुले जनतालाई भूकम्पबाट जोगिने उपदेशहरु पनि दिएका छन् । भूकम्प गएको तीन वर्षको अवधिमा वर्षा, जाडो र गर्मीको पीडा खपेर जस्ताको कटेरामा बसेका जनताहरुमाथि भुकम्पको पिडाबाट उत्पन्न भएको संवेदनालाई अहिले राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले भूकम्पको बारेमा अनेक किसिमका भाषणहरु गर्नु, जनताप्रति संवेदना भएको देखाउन कपटपूर्ण हाँसो गर्नुजस्ता कुराले भूकम्पमाथि पिडित भएका जनताहरुको भूकम्पीय संवेदनामाथि राक्षसी अट्टहासको रुपमा गुञ्जिन पुगेकोले नेपालका जिम्मेवार नेताहरु कति संवेदनहीन पत्थर दिलका भएका छन्, आफ्नो स्वार्थको लागी जे पनि गर्न, जे पनि भन्न र निर्लज्जता प्रदर्शन गर्न सक्दछन् भन्ने देखिएको छ ।
    काठमाडौँको मुटुमा रहेको रानीपोखरीको बिजोग अहिले उस्तै छ । अढाई वर्षअगाडि तामझामसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गर्न भूकम्प दिवसको ‘सु’अवसर पारेर शिलान्यास गरेकी थिइन् । तीन वर्ष बित्दा रानीपोखरीको दुर्दशा पहिलेभन्दा खराब भएको छ । तीन वर्षको अवधिमा रानीपोखरीको नाममा लाभ लिएका छन् । विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी उनकै दलका मेयर विद्यासुन्दर शाक्यले अढाई करोड खर्च गरेर विकृत गर्ने काम गरे । त्यहाँ गरिएका निर्माणलाई पुर्न फेरि अशुली गर्ने तरिकामा लागेका छन् । भूकम्पको नाममा कति अशुल्ने हुन् र ककसलाई कति बाँड्ने हुन् । रानीपोखरीको स्वरुप नबदले पनि नेताहरु र सम्बन्धित व्यक्तिको अनुहार बद्लिएको छ । उनीहरु मोटाएका छन् । रानीपोखरी खोक्रै छ । निर्माण गरिएका संरचनाहरु भत्काएपछि पुनर्निर्माण गर्ने कुराले वालकथाको याद गराएको छ । बालकथामा कुखुरी काँ, बासी खाँ, खोई मेरो बासी भात बिरालोले खायो, खोइ बिरालो मुसा मार्न गयो, खोइ मुसा दुलोमा पस्यो, खोइ दुलो गाईले कुल्च्यो, खोइ गाई खोलाले बगायो, खोइ खोलो, सुक्यो भनेजस्तै रानीपोखरी पनि भएको छ । राष्ट्रपतिले शिलान्यास गरेपछि बालगोपालेश्वर मन्दिरको पिँध बनाइयो । त्यसको विरोध भएपछि त्यसलाई उखेलियो । त्यसपछि वरिपरि सिमेन्टको संरचना उठाइयो । त्यसको विरोध भएपछि त्यसलाई पनि उखेलियो । अब त्यहाँँ कुनै संरचना छैनन् । खोलाले बगायो, बजेटले बगायो, चिल्लै भएको छ । नेपालमा यस्ता रानीपोखरी बनाउने र पुर्ने काम बारम्बार हुँदै आएका छन् । कामै नगरेर काठमाडौँमा बसेर पोखरी बनाउन खर्च गरेको भनी बेल पेस गरेर खाने, अनि पोखरीले खतरा ल्यायो भनी पुर्नका लागी आदेश दिने र पुरेको बिल लिएर खाने र निरीक्षण गर्दा त्यो ठाउँमा केही नदेखिने गरेर बनाउन पनि खाने र पुर्न पनि खाने प्रवृत्ति रानीपोखरीमा पनि पुनरावृत्ति भएको छ ।
    रानीपोखरीले नेपालको राजतन्त्रपछि राष्ट्रपतिको रुपमा स्थापित भएकी राष्ट्रपतिको कार्यको गैरजिम्मेवारी, उद्घाटन र प्रदर्शनकारी भूमिका निर्वाह गर्ने कुरा छरपस्ट भएको छ । तीन वर्ष बितिसक्दा पनि रानीपोखरी कस्तो र कसरी निर्माण गर्नुपर्दछ भन्ने कुराको योजना नबन्दै २०७२ साल माघ २ गते भूकम्प दिवस पारेर राष्ट्रपतिले शिलान्यास गरिन् । उनले हतारहतार किन शिलान्यास गरेको हो, टेलिभिजनमा अनुहार देखाउन, फेसन देखाउन वा शक्ति देखाउन हो वा अरुले शिलान्यास गरिदिन्छ, आफू पछाडि परिन्छ भनेर हो ? अन्यथा पोखरीको निर्माण गर्ने योजना नभई, मोडालिटीको निर्धारण नभई शिलान्यास गर्न किन राष्ट्रपति तामझामसहित पुगिन् ? यसको कुनै कुराको निर्णय भएको छैन भन्ने कुरा करोडौँ खर्च गरी राखेको आलङ्कारिक राष्ट्रपतिका कर्मचारीहरुलाई थाहा थिएन कसरी भन्ने ? राष्ट्रपतिले गरेको कुरा पत्याउनैप¥यो । राष्ट्रपति कार्यालयले गरेको कुरा जिम्मेवारीपूर्ण हुन्छ भनी पत्याउनैप¥यो । उच्च पदमा बसेको, करोडौँ खर्च गरेर विज्ञको नाममा राखिएको कर्मचारीको विश्वास गर्नैप¥यो । नभए के राष्ट्रपतिलाई जहाँ बोलायो त्यहाँ मनपरी रुपमा उद्घाटन गर्न, शिलान्यास गर्न दिनु हुन्छ कि हुँदैन ? राष्ट्रपति शिलान्यास वा उद्घाटन गरेपछि राष्ट्रपतिको कार्यालयले यसप्रति चासो दिनुपर्छ कि पर्दैन ? ढुंगा राखेर फर्केर आएपछि जिम्मेवारी पूरा भयो ? आफूले सुरु गरेका कामहरु कति अगाडि बढे त्यो बारेमा रिपोर्ट लिनुपर्छ कि पर्दैन ? शिलान्यास गर्नुको अर्थ सर्वाेच्च पदबाट काम थालनी भएको हुँदा यो कार्यलाई गम्भीरतापूर्वक राज्यले लिन्छ भन्ने ठानिन्छ । राष्ट्रपतिबाट प्रारम्भ गरेपछि पनि लथालिंग हुँदा राष्ट्रपति पद लथालिंग भएको ठहर्छ कि ठहर्दैन ? यो पनि भूकम्पको संवेदनामा भएको राक्षसी अट्टहास ठहर्छ कि अन्यथा ठहर्छ, स्वयम् पदासिन पदाधिकारीले सोचेर यस्तो गैरजिम्मेवार कार्यहरु जिम्मेवारी बोकेको मुलुकको जिम्मेवारीको दायित्व पाइएको पदको गरिमा कहाँ पुग्छ भन्ने कुरा भूकम्पको धक्काले राष्ट्रपतिको कार्यलाई धक्का दिएको ठान्ने कि नठान्ने ?
    भुकम्पले धरहरालाई भत्काइदिएको थियो । यसलाई नेपालको राष्ट्रिय गौरवको स्तम्भ भत्काइएको रुपमा लिइएको थियो । भीमसेन थापाले निर्माण गरेको धरहरा भत्किएकोप्रति नेपालीहरुको हृदयमा गहिरो धक्का प¥यो । केही समयपछि भूकम्पीय दिनको मौका पारेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले तामझामका साथ मेरो धराहरा म आफैँले बनाउँछु भनी उद्घोष गरेका थिए । उनले केही रकम दिएर बैंकमा खाता खोलेको कुरा सञ्चार माध्यमहरु लगाएर प्रचार गराइएको थियो । देशका ठूलाबडा पछि लागेर उनले खोलेका खातामा पैसा जम्मा पनि गरेका थिए । भूकम्पले विनास गरेको धरहरालाई ठाडो गराउने वचन दिएर सार्वजनिक माध्यमबाट प्रचार गराएर आफ्नो अनुहार देखाउने काम गरेका थिए । यो कार्य पनि राजतन्त्रमा झैँ राजाले कुनै कुरा गरेपछि उनकै पछाडि लाग्ने चलन दोहोरियो । ओलीले निर्माण गर्ने उद्घोष गरेको काम भूकम्प अढाई वर्ष पुग्दा पनि ठडिएन । भूकम्पले भत्काएको एक वर्षपछि ओली पनि धराशायी भए । फेरि उनी ठाडो भएपछि अढाई वर्षको ठाउँमा तामझामसहित आफ्नो साइकोफेन्टहरुलाई अगाडि पछाडि लगाएर धराहराको पुनःनिर्माण गर्ने उद्घोष गराएका छन् । यस समयमा पहिलेभन्दा बढी आफैँले कुटो कोदालो र खर्पन लिएर पुग्नुपरे पुग्छु भनी दुई वर्ष अगाडिकै शब्दहरु जस्ताको त्यस्तै दोहो¥याएका छन् । क्यालेन्डरका पात्रहरु फेरिए तर लडेको धराहराले कति सुन्यो भन्न सकिँदैन । तर नेपाली जनताले अर्काेचोटी ओलीको बोलीको प्रहार खेप्नुप¥यो । यसले पनि ओलीको बोलीको प्रतिबद्धता र विश्वसनियतालाई धक्का दिएको छ । उनको बोलीमा कुनै सार हुँदैन, सत्य हुँदैन, योजना हुँदैन, खाली अभिव्यञ्जना र उत्तेजना मात्र रहेको हुन्छ । उनका पछाडिका गरिएका मान्छेहरुले तालि दिन्छन् । यति मात्र हुन्छ ।
    भुँइचालोले भत्केको नौतले धराहराको पेटीमा बसेर दिइएको धराहराको भूकम्पीय संवेदनामाथि दोस्रोचोटी त्यही ठाउँमा उभिएर प्रधानमन्त्रीले दिएको भाषणले अर्काे कठोर उपहास भएको छ । धराहराको नाममा अरु कतिचोटी भाषाण गरिने हो, त्यो कुराको लेखाजोखा गर्न सकिने स्थिति छैन । बरु धराहराले भीमसेन थापालाई अर्काेचोटी सम्झाइदिएको छ । भीमसेन थापाले बनाएको दरबारको क्षतिको नाममा सो दरबारलाई भत्काएर व्यापारी र तस्करहरुलाई अरबौँ कमाउने योजना बनाउन सुरु गरेको हुन सक्छ । अहिले भीमसेनको थापाको दरबार मात्र होइन, प्रधानमन्त्री आफैँ बसेको दरबार पनि भत्काउन माफियाहरुको चलखेलले प्रश्रय पाएको छ । सिंहदरबार पनि कहिले निर्माण गरिने हो, साइत मात्र कुरेर बस्नुपरेको छ । सिंहदरबारको नाममा पनि श्रद्धाञ्जली दिने काम छिटै आउनेछ भन्ने कुरा बागदरबारको नियतीले सम्झाइदिएको छ ।
    प्रधानमन्त्रीको काम भाषण मात्र दिने हो कि भनेको कुराको पूरा पनि गर्ने हो, आफैँ खन्ती र खर्पन लिएर जाने हो भने खर्पनवालाहरुको अपमान गरेको हो कि वा सम्मान गरेको हो बुझ्न सकिएको छैन ।
    भूकम्पले नष्ट गरेका भौतिक संरचनाहरु पुनःनिर्माण हुन सकेका छैनन् । गोरखा बार्पाक केन्द्र बनाएर गएको भूकम्प र यसको परकम्पहरुले नौ हजारभन्दा बढीको ज्यान लिएको थियो । अंगभंग पारेको थियो । लाखौँ मानिसहरु घरबासविहिन बनेका थिए । त्यस विपदको समयमा सबै पक्षबाट देखाएको ऐक्यबद्धता र सहयोग अनुकरणीय थियो तर विपत्पछि सरकारी स्तरबाट पुर्ननिर्माण र पुनरुद्धारको लागी देखाएको उपेक्षा र भूकम्पपिडितका लागी आएका सामग्रीहरु कुम्ल्याउन र भूकम्पको सहयोगको लुट गर्नमा खर्चेको र आफ्नो पार्टी र आफ्नो कार्यकर्तालाई पोस्ने जुन काम गरिए, यसबाट सरकार र सरकारमा बसेका उच्च पदका व्यक्तिहरुको संवेदनहीनतामा कमाउने, पैचासिकताले पराकाष्ट भएकोले अहिलेसम्म भूकम्पपिडितले टहरामा कठोर जीवन बिताउनुपरेको खेदजनक स्थिति छ । जोखिम वस्तीहरुलाई उठाएर पुर्नवास गर्ने कुराको नाममा केही रकम दिएर आफ्नो व्यवस्था आपैmँ गर्ने जिम्मा दिने गैरजिम्मेवारीको परकाष्ठा देखिन थालेको छ । यसले गर्दा जोखिममा परेका ४ हजार गाउँका मानिसहरु अरु जोखिममा बस्न बाध्य छन्, चिरिएका घरमा बास लिनुपर्ने स्थितिमा छन् । तर जिम्मा लिएका सरकारी निकायहरु र दलहरु भूकम्पबाट कमाउने र यसको नाममा उपदेश दिएर जिम्मेवारीबाट भाग्ने मात्र प्रयास गरिरहेको देखिएको छ । भूकम्पपीडितका नाममा आएका रकम पनि विभिन्न झन्झट खडा गरेर पिडितसमक्ष नपु¥याएर आफैँले हजम गर्ने प्रयास गरिरहेको खेदजनक स्थिति पनि छ । १९९० सालमा आएको भूकम्पपछि राणा सरकारको प्रधानमन्त्री जुद्धशमशेरले तत्परता देखाई जापानको अनुभवबाट नेपालको भूकम्पपिडितलाई पुनरुद्धार गर्ने काम गरेका थिए । तर अहिलेको लोकतान्त्रिक सरकारले जनताको पिडामा नुन छर्कने काम काम गरी नालायकी र जनविरोधी अनुहार प्रष्ट गर्दै लगेको छ । जिम्मेवार दलहरुले भूकम्पलाई निर्वाचनको नारा बनाएका छन् । उनीहरुमा संवेदना देखिएको छैन । बढी पिडित भएको काभ्रेका जनताको जीवन कष्टकर र दयनीय बन्दै गएको छ । उनीहरुलाई दिएका आश्वासनहरु अर्काे भूकम्पमा मरेपछि मात्र प्राप्त हुने हो कि परत्रमा प्राप्त हुने हो ठेगान छैन । पुनःनिर्माणमा लागेकाहरुले राजनीतिक नेतृत्वको अकर्मण्यता, स्वार्थ, सरकारी निकायबीच समन्वयको समस्या तथा प्रशासनीक प्रक्रियाको मार खेप्नुपरेको छ । भर्खरै मापदण्ड कडा बनाउने नाममा फेरी अर्काे ताण्डव खडा गर्ने काम सरकारी पक्षले बुन्दै गरेको जानकारीमा आएको छ । उनीहरुले आफ्नो स्वार्थभन्दा अगाडि एक इन्च पनि देख्न सकेका छैनन् । भूकम्पको नाममा आएको रकम र सहयोगहरु आफूले कसरी हजम गर्ने भन्ने दाउ हेरेर बसेको मात्र देखिएको छ । सबै कुरामा अल्झो हाल्ने र आश्वासनको सपना बाँड्ने गरेको देखिन्छ । यसैले भूकम्प गएको चार वर्ष लाग्दा पनि लाखौँ पिडितहरुको वास टहरामै छ । अझ कति वर्ष बस्नुपर्ने हो, यो पुस्ताले पाउने हो कि अर्काे पुस्ताको समयमा, टुंगो छैन । अहिलेको बैंकबाट रकम पाउने हो कि अर्काे बंैक बनेर पाउने हो । राष्ट्रबैंकको घर भूकम्पबाट भत्कीयो । यसालाई पुनःनिर्माण गर्ने र जनतालाई सुविधापूर्ण रुपमा प्रतिबद्धताअनुसारको ऋण उपलब्ध गराउनुभन्दा आफ्नै घर भत्काएर माफियाहरुबाट ठूलो रकम हात पार्ने काममा गभर्नर र उनका वरिपरिका मानिसहरु लागेकोले उनीहरुमा भूकम्पले कमाउने अवसर दिएको ठानेजस्तो देखिएको छ । यसरी भूकम्पपछि नवनिर्माण गर्न मुलुक चुकेको मात्र छैन, मुलुकको जिम्मेवारहरु गैरजिम्मेवार र जनताको भूकम्पीय संवेदनाप्रति क्रुर र संवेदनाहीन छन् भन्ने कुराको भण्डाफोर भएको छ । उनीहरु राणा शासकभन्दा नालायक ठहरिएकाले पुनःनिर्माणको कार्य पट्यारलाग्दो हुँदै गएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको धरहरा र रानीपोखरीको उदाहरणले जेठाको भांग्राको धोती कान्छाको के गति भन्ने नेपाली लोकोक्ती लागू गराएको छ ।

    दाजु हिँडेको बाटोमा
    — रामचन्द्र हुमागाई

    लेनिन दाजु अलेक्सान्दरबाट प्रभावित हुनुहुन्थ्यो । अलेक्सान्दर दरिलो स्वभावका र उच्च नैतिक चरित्र भएका व्यक्ति थिए । लेनिनकी दिदी आन्ना इल्यिनिच्ना उल्यानोभा एलिजारोभाले आफ्नो संस्मरणमा लेख्नुभएको थियो, आफ्नो प्यारो दाजु अलेक्सान्दरको उदाहरण भ्लादिमिरको निम्ति अगाध महत्वको कुरा थियो । बालककालदेखि उहाँ हरेक कुरामा दाजुको अनुकरण गर्नुहुन्थ्यो । बालक भ्लादिमिरलाई कुनै कुराबारे उहाँको राय सोध्दा उहाँको नित्य उत्तर हुन्थ्यो, अलेक्सान्दरजस्तै । अलेक्सान्दर पिटेरवर्ग विश्वविद्यालयको विद्यार्थी हुनुहुन्थ्यो र पछि उच्चकोटिको वैज्ञानिक बन्न सक्नुहुन्थ्यो । परन्तु जारशाहीको विरुद्ध क्रान्तिकारी संघर्ष गर्नु उहाँले आफ्नो जीवनको मुख्य उद्देश्य ठान्नुभयो र यसै उद्देश्य प्राप्तिको लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो । अलेक्सान्दर जनताको जीवन सुधार्न चाहनुहुन्थ्यो । उहाँको दृष्टिकोण नारोद्नाया भोल्या र माक्र्सवादको बीचमा थियो । आफ्नो जेठो दाजुबाट लेनिनले माक्र्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गर्नुभएको थियो ।
    किशोरावस्थामा भ्लादिमिरले ठूलो चोट सहनुप¥यो । सन् १८८६ मा अकस्मात पिताको देहावसान भयो । परिवारले यो गहिरो वेदना बिर्सन पाएको थिएन, नयाँ विपद आइलाग्यो । मार्च १८८७ मा अलेक्सान्दर पिटेरबुर्गमा गिरफ्तार हुनुभयो । उहाँमाथि रुसी जार अलेक्सान्दर तृतीयको हत्या षड्यन्त्रमा सामेल भएको आरोप लगाइएको थियो । त्यसै वर्षको मे महिनामा अलेक्सान्दरलाई स्लिसेल्बुर्ग किल्लामा फाँसी दिइयो । आन्ना इल्यिनिच्नाले लेख्नुभएको थियो – अलेक्सान्दर सहिद भए । उनको रगतमा पोतिएको क्रान्तिकारी लाली उनैको बाटोमा लागेका भाइ भ्लादिमिरका लागि पथप्रदर्शक बन्यो ।
    दाजुको फाँसीले भ्लादिमिरलाई ठूलो चोट पु¥यायो । उहाँले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गर्नुभयो । भ्लादिमिर दाजु र उहाँका साथीहरुको साहस र आत्मत्यागको प्रशंसा हुनुहुन्थ्यो तर दाजुले रोज्नुभएको बाटोमा लाग्न चाहनुभएन । किशोर भ्लादिमिर जारशाही सरकारका भरौटेहरु अथवा जारकै हत्याद्वारा जारशाहीको विरुद्ध संघर्ष गर्नु गलत हो र यसले क्रान्तिको उद्देश्य पुरा गर्न सक्तैन भन्ने ठान्नुहुन्थ्यो । यो ठीक बाटो होइन, हामी यो बाटो जाने छैनौं, उहाँले भन्नुभएको थियो ।
    यसप्रकार भ्लादिमिर उल्यानोभले श्रमिक जनताको स्वाधीनताको लागि अर्कै बाटो खोज्न सुरु गर्नुभयो । क्रान्तिकारी कामको लागि आफूलाई तयार गर्दै किशोर भ्लादिमिर सामाजिक विज्ञानहरुप्रति विशेष ध्यान दिनुहुन्थ्यो । उहाँले यी विज्ञानहरुको गम्भीरतापूर्वक अध्ययन गर्न थाल्नुभयो । स्वर्णपदकसहित जिम्नेसियम समाप्त गर्नुभएपछि अगस्ट १८८७ मा उहाँ काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना हुनुभयो । विश्वविद्यालयमा युवा उल्यानोभले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरुसँग सम्वन्ध कायम गर्नुभयो । डिसेम्वर १८८७ मा विद्यार्थीहरुको क्रान्तिकारी सभामा सक्रिय भाग लिएवापत उहाँ विश्वविद्यालयबाट निकालिनुभयो । उहाँ गिरफ्तार हुनुभयो । पछि लेनिनले यस गिरफ्तारीको समयमा आफूलाई जेल पु¥याउने पुलिस अफिसरसँग भएको वार्ता गर्नुभएको थियो । युवा उल्यानोभलाई अर्ती दिँदै अफिसरले भनेका थिए, नौजवान ! किन बेकारमा विद्रोह गर्छौ, देख्दैनौ, तिम्रो अगाडि भित्ता छ । युवा उल्यानोभले जवाफ दिनुभएको थियो, हो, देख्छु । भित्ता छ, तर यो भित्ता यति मकिइसकेको छ कि एकै धक्कामा भत्किहाल्छ ।
    यस प्रकारले सत्रवर्षीय युवक भ्लादिमिर उल्यानोभले जारशाहीको विरुद्ध क्रान्तिकारी संघर्षको बाटोमा खुट्टा टेक्नुभयो । भ्लादिमिर उल्यानोभ काजान गुबेर्नियाको कोकुसकिनो (हाल लेनिनो) गाउँमा निष्कासित हुनुभयो । यस बेलादेखि पुलिसले उहाँमाथि कडा निगरानी राख्न सुरु ग¥यो । सानो सुनसान गाउँमा बस्न बाध्य हुनुभएको लेनिन धेरैजस्तो समय पढ्नमै बिताउनुहुन्थ्यो । पछि लेनिनले सम्झना गर्नुभएको थियो, मलाई लाग्छ पछि जीवनमा कहिल्यै पिटेरबुर्ग र साइबेरियाका जेलहरुमा पनि त्यति पढिन, जति मैले काजानको गाउँमा निर्वासन कालमा पढेको थिएँ । म बिहान सबेर उठ्थें र राती अबेलासम्म पढ्ने गर्थे । एक वर्षपछि उहाँले काजानमा फर्कने अनुमति पाउनुभयो । लेनिनले फेरि विश्वविद्यालयमा भर्ना हुने कोसिस गर्नुभयो, पढ्न विदेश जाने अनुमति माग्नुभयो तर जारशाही सरकारले अनुमति दिएन । सरकारले उल्यानोभलाई शंकास्पद व्यक्तिहरुको सूचीमा गाभेको थियो ।
    त्यस बेला काजानमा केही अवैधानिक (गोप्य) क्रान्तिकारी गुटहरु थिए । यी गुटहरु प्रथम रुसी माक्र्सवादी क्रान्तिकारीहरुमध्ये एक नि. ए. फेदोसेएभले गठन गरेका थिए । लेनिन यी गुटहरुका सदस्यहरुसँग परिचित हुनुभयो र आफै एक गुटको सदस्य बन्नुभयो । भ्लादिमिर उल्यानोभले माक्र्सवादको गम्भीर अध्ययन सुरु गर्नुभयो । कार्ल माक्र्सले यस क्रान्तिकारी शिक्षाको प्रतिपादन गर्नुभएको थियो । माक्र्स र वहाँको मित्र एन्गेल्सले आफ्नो सम्पूर्ण जीवन मजदुर वर्ग र समस्त श्रमिक जनतालाई पुँजीवादको पञ्जाबाट छुटाउनको लागि समर्पण गर्नुभएको थियो । उन्नाइसौं शताब्दीको मध्यावधिमा वहाँहरुले सामाजिक विकाससम्वन्धी विज्ञानको प्रतिपादन गर्नुभएको थियो र समाजको क्रान्तिकारी पुनर्निर्माणको बाटो देखाउनुभएको थियो । सर्वहारा वर्गका यी शिक्षकहरुले प्रमाणित गर्नुभएको थियो कि श्रमिकहरुको शोषणद्वारा पुँजीजीवीहरुलाई धनी बनाउने सामाजिक व्यवस्था चिरस्थायी छैन । मानवजातिलाई पुँजीवादी अत्याचारबाट मुक्त गर्नका लागि पुँजीजीवी सत्ता उखेल्न र नयाँ समाजवादी व्यवस्थाको निर्माण गर्न समर्थ शक्तिको आवश्यकता छ । यो शक्ति हो सर्वहारा अर्थात् म