Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesयुगपुरुष महाकाव्यको अध्ययन छापिने

युगपुरुष महाकाव्यको अध्ययन छापिने

लेखक तथा पूर्वमन्त्री दीनबन्धु अर्यालद्वारा लिखित पुस्तक ‘युगपुरुष महाकाव्यको अध्ययन’ शब्दयात्रा प्रकाशनबाट छापिने भएको छ । ‘युगपुरुष’ महाकाव्य सिर्जना खनालले लेख्नुभएको हो । यो महाकाव्य पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको थियो । यस महाकाव्यमा भरत जङ्गमको जीवनयात्रा, राष्ट्रिय चरित्र र अन्तर्राष्ट्रिय योगदानलाई जीवन्त स्वरूपमा उतारिएको छ । प्राच्य सिद्धान्तबाट निर्धारित लक्षणहरू समावेश गराएर महाकाव्यलाई यथासम्भव पूर्ण पार्ने प्रयास गरिएको छ । त्यही महाकाव्यको शल्यक्रिया गर्ने क्रममा दीनबन्धु अर्यालले ‘युगपुरुष महाकाव्यको अध्ययन’ पुस्तक लेख्नुभएको हो । यस पुस्तकमा डा. शास्त्रदत्त पन्त, मुकुन्द शर्मा चालिसे, माधव वियोगी, कलानिधि दाहाल र कुलप्रसाद पराजुलीले मन्तव्य लेख्नुभएको छ । आफ्नो पुस्तकको प्रकाशन गर्ने क्रममा शब्दयात्रा प्रकाशनको स्मरण गर्नुभएकोमा लेखक दीनबन्धु अर्यालप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो पुस्तकसमेत शब्दयात्रा प्रकाशन प्रकाशक बनेका पुस्तकहरूको सङ्ख्या २७६ पुगेको छ ।