Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesजेठ ९ गते १२ जना विद्यार्थीलाई शब्दयात्रा छात्रवृत्ति समर्पण गरिने

जेठ ९ गते १२ जना विद्यार्थीलाई शब्दयात्रा छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले आगामी जेठ ९ गते शनिबार काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार र विकलाङ्ग १२ जना विद्यार्थीहरूलाई २०८३ सालको छात्रवृत्ति समर्पण गर्ने भएको छ । त्यस दिन पातलेखेतस्थित हनुमान माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा रेश्मा तामाङमा ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ र बनेपास्थित काभ्रे माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा श्रीजला बस्नेतलाई ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ समर्पण गरिनेछ । यसै गरी काभ्रेभञ्ज्याङमा रहेको करथरी माध्यमिक विद्यालयको कक्षा १ का नरेन्द्र परियार, कक्षा २ का कृष्ण मिजार र कक्षा ३ की सुजिता सुनुवार, भमरकोटमा रहेको गणेश माध्यमिक विद्यालयको कक्षा ४ की सभ्यता तिमल्सिना, कक्षा ५ की सुनिसा तिवारी र कक्षा ६ की डोल्मो तामाङ, पनौतीमा रहेको पुण्य माध्यमिक विद्यालयको कक्षा ७ का रोहन वि. क. र कक्षा ८ की प्रनुसा दाहाल तथा मानेदोभानमा रहेको भालचन्द्र माध्यमिक विद्यालयको कक्षा ९ का रोशन तामाङ र कक्षा १० की लक्ष्मी तामाङलाई ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ समर्पण गरिनेछ । छात्रवृत्ति पाउने १२ जनामध्ये छात्र ४ र छात्रा ८ जना छन् । छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको चयन गरी नाम उपलब्ध गराइदिने विद्यालयहरूलाई पनि आभारपत्र समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिनेछ ।