Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesहरि कोर्कालीमा कल्याण लम्साल सिर्जना सम्मान समर्पण गरिने

हरि कोर्कालीमा कल्याण लम्साल सिर्जना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ हरि कोर्काली (हरिकृष्ण खतिवडा, भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा २०८२ सालभरिमा प्रकाशित कृतिहरूमध्ये ‘सुनका दाना’ बालकवितासङ्ग्रहका लागि यो सम्मान समर्पण गर्न लागिएको हो । यस सम्मानको कोष व्यवस्थापन कवि कल्याण लम्साल (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा हरि कोर्कालीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।