Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesहरि मञ्जुश्रीका गानसम्बन्धी परिचर्चा कार्यक्रम सम्पन्न

हरि मञ्जुश्रीका गानसम्बन्धी परिचर्चा कार्यक्रम सम्पन्न

सुप्रसिद्ध साहित्यकार प्रा. रामकुमार पाँडेको आयोजनामा उहाँकै निवास जाउलाखेलमा आयोजित कार्यक्रममा हरि मञ्जुश्रीका आध्यात्मिक र राष्ट्रभक्ति गानका विषयमा चर्चा गरियो । कार्यक्रममा हरि मञ्जुश्रीले आफूद्वारा लिखित तथा सङ्गीतबद्ध दुईवटा गान प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक यात्राका बारेमा जानकारी गराउनुभयो । त्यसपछि गीतकारद्वय डा. बमबहादुर थापा जिताली र त्रिविक्रम पाण्डे, गायकद्वय दिवाकर खड्का र वसन्त कुइकेल, पत्रकारद्वय बलदेव थापा र प्रताप राना तथा साहित्यिक पत्रकार श्रीराम पौडेल उदासीले हरि मञ्जुश्रीको गीत, सङ्गीत र गायनका बारेमा आआफ्नो धारणा व्यक्त गर्नुभयो । अन्त्यमा कार्यक्रमलाई समापन गर्ने क्रममा सभापति प्रा. रामकुमार पाँडेले हरि मञ्जुश्री संस्थापक अध्यक्ष रहेको शब्दयात्रा प्रकाशनलाई नेपाली भाषा, साहित्य र सङ्गीतको अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राख्दै त्यसका लागि गर्न सकिने विभिन्न योजनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमको संयोजन तथा सञ्चालन डा. इन्दुल केसीले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरूलाई प्रा. डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘हरि मञ्जुश्रीका उदबोधन गान’ र डा. इन्दुल केसीद्वारा लिखित ‘हरि मञ्जुश्रीका जागरण गान’ नामका दुई पुस्तक प्रदान गरिएको थियो ।