Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesआर. सी. रिजालमा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान समर्पण गरिने

आर. सी. रिजालमा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ दुई साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरलाई २–२ धुर जग्गा प्रदान गर्नुभएका दाता आर. सी. रिजाल (रामचन्द्र रिजाल, मकवानपुर) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन समाजसेवी तथा लेखक बेलप्रसाद श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान समर्पण समारोह आगामी जेठ महिनाको २३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा आर. सी. रिजालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।