Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्राकृतिक प्रकोप सम्बन्धी कविता वाचन

बाढी लगायतका प्राकृतिक प्रकोपबाट मुलुकलाई पर्ने गरेको सङ्कटका विषयमा लेखिएका कविताहरू र अन्य केही कविताहरू शब्दयात्रा प्रकाशनको सभाकक्षमा कवि–कवयित्रीहरूले वाचन गर्नुभएको छ । कविता...
Homepublications२७४. डा. जगदीशराज बराल : संस्मरण र मूल्याङ्कन

२७४. डा. जगदीशराज बराल : संस्मरण र मूल्याङ्कन

हरि मञ्जुश्रीद्वारा सम्पादित यस पुस्तकमा नेपालको कृषि क्षेत्रका विज्ञका रूपमा सुपरिचित व्यक्तित्व डा. जगदीशराज बरालले राष्ट्रिय, सामाजिक र पारिवारिक तहबाट गर्नुभएका योगदानहरू संस्मरणात्मक रूपमा लिपिबद्ध भएका छन् । केही लेखहरूमा उहाँले नेपालको कृषिविकासका लागि गर्नुभएको योगदानका बारेमा सविस्तार वर्णन गरिएको छ । विशेषतः कृषि अनुसन्धान र त्यसको व्यवस्थापनका क्षेत्रमा उहाँको भूमिकाले कस्तो वातावरणको सिर्जना भयो र त्यसबाट नेपालले कति लाभ लिन सक्यो भन्ने कुरा यसबाट थाहा पाउन सकिन्छ । त्यसैले यो पुस्तक डा. जगदीशराज बरालमाथिको संस्मरण र मूल्याङ्कन मात्र नभई नीतिगत र व्यावहारिक तहमा समग्र कृषिविकास र कृषि अनुसन्धानका क्षेत्रको अभिलेख पनि बनेको छ ।