शब्दयात्रा प्रकाशनको दसौं वार्षिक साधारण सभा बस्ने सूचना
नाउँ सिफारिस गरिदिन अनुरोध
आगामी माघ महिनामा शब्दयात्रा प्रकाशनबाट कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार र नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने भएकाले उपयुक्त व्यक्तिको नाउँ र योगदानको विवरण यही पुस १५ गतेभित्र [email protected] मा इमेल गरेर पुरस्करणीय व्यक्तित्व चयन समितिलाई सहयोग गरिदिन हार्दिक अनुरोध छ ।
नौजनालाई कदर
शब्दयात्रा प्रकाशनले आज शोधप्रबन्धकारहरू मीरा चापागाईं पौडेल, इन्द्रप्रसाद गौतम, नारायणी दाहाल तिमल्सिना र रूपा मैनाली, सम्पादकहरू सोमकाजी शाक्य, माधव काभ्रेली र आर. सी. विरही, हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिका सचिव निर्मला श्रेष्ठ र हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क प्रकाशित गर्ने पत्रिका ‘मध्यदीप’ मासिकलाई कदर गरेको छ ।
शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीका विषयमा स्नातकोत्तर तहमा शोधप्रबन्ध लेख्ने १३ जना शोधप्रबन्धकार, पुस्तक सम्पादन गर्ने ६ जना सम्पादक, मोती महोत्सव समारोह समितिका सचिव र विशेषाङ्क प्रकाशित गर्ने २ पत्रिकालाई दुई चरणमा कार्यक्रम गरी कदर गर्ने क्रममा प्रथम चरणमा आज नौजनालाई कदर गरिएको हो । कदर गर्दा कृष्णमणि कुइकेलले रुद्राक्षमाला, सरस्वती सापकोटाले पुस्तक, प्रदीप केसीले विशेषाङ्क, गीता अधिकारी र प्रह्लाद प्याकुरेलले पदक र डा. बलदेव अधिकारी गाउँलेले कदरपत्र समर्पण गर्नुभएको थियो ।
कार्यक्रम भाषासेवी तथा साहित्यकार डा. बलदेव गाउँले अधिकारीको प्रमुख आतिथ्य तथा साहित्यकारद्वय बैरागी जेठा र डा. विनोद ढकालको आतिथ्यमा शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो ।
कदरपत्र ग्रहण गर्नेहरूमध्येबाट मीरा चापागाईं र इन्द्रप्रसाद गौतमले मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको उद्घाटन कवि पदम दाहालले र प्रमुख अतिथिलाई उपहार समर्पण निर्मला केसी बन्जाराले, कार्यक्रमका संयोजकलाई टोपी लगाइदिएर सम्मान अमृत अधिकारीले गर्नुभएको थियो । मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले गीत गाएर कार्यक्रममा रौनक थप्नुभएको थियो ।
कालिका त्रिपाठी पन्तबाट उद्घोषित उक्त कार्यक्रममा मञ्चस्थ महानुभावहरूलाई केदारनाथ तिमल्सिनाले रुद्राक्षको माला अर्पण गर्नुभएको थियो भने कदरपत्रको वाचन शारदाप्रसाद शर्मा र साधुराम गिरीले, सामग्री व्यवस्थापन सङ्गीता केसीले, छायाङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले र स्वागत भाषण रश्मि हुमागाईंले गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक तथा सभापति शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा ‘मध्यमार्ग’ साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसी हुनुहुन्थ्यो । उहाँका अनुसार दोस्रो चरणको कार्यक्रममा अन्य महानुभावहरूलाई कदर गरिनेछ । दोस्रो चरणको कार्यक्रमको मिति पनि पछि नै निर्धारण गरिनेछ ।
आठ महिनामा चौध पुस्तक
शब्दयात्रा प्रकाशनबाट २०८० साल वैशाखदेखि मङ्सिरसम्मको ८ महिनामा छापिएका पुस्तकहरू यी हुन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) — वेदकुमारी न्यौपाने, (३) साथीको माया (बालएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (४) ठुले (लघुकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (५) कुसुमाक्षर (कवितासङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (६) कथाकुथुङ्ग्री (कथासङ्ग्रह) — प्रा. रामकुमार पाँडे, (७) अग्रजले कोरेको गोरेटोमा हिँड्दा (निबन्धसङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (८) उनैको सम्झनामा (स्मृतिकाव्य) —सावित्री जङ्गम थापा, (९) मुक्तक शारदीय (मुक्तकसङ्ग्रह) — शारदा घिमिरे भैल, (१०) कर्मसाधक भोलामानसिंह थापा (स्मृतिग्रन्थ) — सावित्री जङ्गम थापा, (११) कालो सूर्य (उपन्यास, पाँचौँ संस्करण) — भरत जङ्गम, (१२) द ब्ल्याक सन (कालो सूर्यको अङ्ग्रेजी अनुवाद, दोस्रो संस्करण) — भरत जङ्गम, (१३) युगपुरुष (महाकाव्य) — सिर्जना खनाल, (१४) तोपको आवाज (कथासङ्ग्रह) — ज्ञान उदास ।
निर्मला श्रेष्ठ र ‘मध्यदीप मासिक’ लाई कदर
हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिका सचिव लेखिका तथा सहकारीकर्मी निर्मला श्रेष्ठ र हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क प्रकाशन गरेको मध्यदीप मासिक पत्रिकालाई यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने जानकारी मैले प्राप्त गरेको छु । निर्मला श्रेष्ठ र ‘मध्यदीप मासिक’ प्रति अग्रिम बधाई ज्ञापन गर्दछु ।
चारजना शोधप्रबन्धकारलाई कदर गरिने
हरि मञ्जुश्रीद्वारा लिखित साहित्यिक कृतिहरूका विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शोधप्रबन्ध लेख्नुभएका शोधप्रबन्धकारहरूमध्ये पहिलो चरणमा मीरा चापागाईं पौडेल, इन्द्रप्रसाद गौतम, नारायणी दाहाल तिमल्सिना र रूपा मैनालीलाई यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने भएको छ । यो जानकारी यस कार्यको संंयोजन गरिरहनुभएका ‘मध्यमार्ग साप्ताहिक’ पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसीबाट प्राप्त भएको हो । आफूलाई गर्न लागिएको कदर स्वीकार गरिदिनुभएकोमा चारैजना शोधप्रबन्धकारप्रति हार्दिक आभार प्रकट गर्दै अग्रिम बधाई ज्ञापन गर्दछु ।
तीनजना सम्पादकलाई कदर गरिने
अक्षयकोषमा ७५ हजार रुपियाँ थप
शब्दयात्रा प्रकाशनमा संस्थापित ‘सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ को अक्षयकोषमा समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले ७५ हजार रुपियाँ थपिदिनुभएको छ । यसअघि त्यस विद्वतवृत्तिको अक्षयकोषमा १ लाख २५ हजार रुपियाँ थियो । अब त्यस विद्वतवृत्तिको अक्षयकोषमा २ लाख रुपियाँ पुगेको छ । यस्तो उदार सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
तीनजनाले चयन गर्ने
शब्दयात्रा प्रकाशनबाट आगामी माघमा समर्पण गरिने छवटा पुरस्कारका लागि पुरस्करणीय व्यक्ति वा संस्थाको चयन डा. छत्रपति दाहाल, भवानी पाण्डे र सोमकाजी शाक्यले गर्नुहुनेछ ।
कदर गरिने
शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीका विषयमा पुस्तक सम्पादन गर्ने सम्पादक, विशेषाङ्क प्रकाशन गर्ने पत्रिका र शोधप्रबन्ध लेख्ने शोधकर्ताहरूलाई दुई चरणमा कार्यक्रमको आयोजना गरी कदर गरिने र पहिलो चरणको कार्यक्रम आगामी पुस महिनाको पहिलो सातामा आयोजना गरिने भएको छ । यस कार्यको संंयोजन मध्यमार्ग साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसीले गरिरहनुभएको छ । हरि मञ्जुश्रीका विषयमा ८ वटा पुस्तक सम्पादन गरिएका, २ वटा पत्रिकाले विशेषाङ्क प्रकाशन गरेका र स्नातकोत्तर तहमा १३ वटा शोधप्रबन्ध लेखिएका छन् ।