शब्दयात्रा प्रकाशनमा संस्थापित ‘सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ को अक्षयकोषमा समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले ७५ हजार रुपियाँ थपिदिनुभएको छ । यसअघि त्यस विद्वतवृत्तिको अक्षयकोषमा १ लाख २५ हजार रुपियाँ थियो । अब त्यस विद्वतवृत्तिको अक्षयकोषमा २ लाख रुपियाँ पुगेको छ । यस्तो उदार सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।