शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीका विषयमा पुस्तक सम्पादन गर्ने सम्पादक, विशेषाङ्क प्रकाशन गर्ने पत्रिका र शोधप्रबन्ध लेख्ने शोधकर्ताहरूलाई दुई चरणमा कार्यक्रमको आयोजना गरी कदर गरिने र पहिलो चरणको कार्यक्रम आगामी पुस महिनाको पहिलो सातामा आयोजना गरिने भएको छ । यस कार्यको संंयोजन मध्यमार्ग साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसीले गरिरहनुभएको छ । हरि मञ्जुश्रीका विषयमा ८ वटा पुस्तक सम्पादन गरिएका, २ वटा पत्रिकाले विशेषाङ्क प्रकाशन गरेका र स्नातकोत्तर तहमा १३ वटा शोधप्रबन्ध लेखिएका छन् ।