Home Blog Page 42

भोजपुर प्रतिभा पुरस्कार प्रा. डा. प्रेमकुमार खत्रीलाई समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन प्रा. डा. प्रेमकुमार खत्रीप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते शनिबार समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गरिदिनुभएको थियो ।

दुईवटा कथासङ्ग्रह सार्वजनिक गरिने

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुईवटा कथासङ्ग्रह यही माघ १३ गते शनिबार सार्वजनिक गरिने भएका छन् । सार्वजनिक गरिने कथासङ्ग्रहहरू ज्ञान उदासद्वारा लिखित ‘तोपको आवाज’ र केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘तीस कथा’ हुनेछन् । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिनेछ ।

सङ्खुवासभा प्रतिभा पुरस्कार सोमराज अभयलाई समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन सोमराज अभयप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते शनिबार समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन प्रा. केदारनाथ–लीला श्रेष्ठले गर्नुभएको हो ।

राष्ट्रिय योगप्रतिभा पुरस्कार डा. चिन्तामणि गौतमलाई समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ योगप्रशिक्षक डा. चिन्तामणि गौतम (गुल्मी) लाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन डा. चिन्तामणि गौतमप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते शनिबार समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोषले गरेको हो ।

भक्तपुर प्रतिभा पुरस्कार तिलक प्रकाशलाई समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ लेखक तिलक प्रकाशलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन तिलक प्रकाशप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा साहित्यकार भरत जङ्गमले गर्नुभएको हो ।

काभ्रेपलान्चोक प्रतिभा पुरस्कार विश्व उलकलाई समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ संस्कृतिकर्मी विश्व उलक (विश्वनाथ उलक, खोपासी) लाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन विश्वनाथ उलकप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन लीला–मध्यमार्ग सम्मानकोषले गरेको छ ।

पुरस्कार माघ १३ गते समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले माघ महिनामा समर्पण गर्नुपर्ने ६ वटा पुरस्कारहरू यही माघ १३ गते शनिबार समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार र शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिनेछन् ।

समितिले नामावली बुझायो

0

शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिले यही माघ महिनामा समर्पण गरिने विभिन्न ६ वटा पुरस्कारका लागि उपयुक्त व्यक्तित्वको चयन गरेर शब्दयात्रा प्रकाशनमा नामावली बुझाएको छ । समितिको अन्तिम बैठक आज माघ १ गते बसेको थियो । चयन समितिको संयोजकमा डा. छत्रपति दाहाल हुनुहुन्छ । पुरस्करणीय व्यक्तित्वको चयन गरेर सहयोग गरेकोमा चयन समितिप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

तीस कथा छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘तीस कथा’ नामक कथासङ्ग्रह प्रकाशन हुन लागेको छ । केदारनाथ तिमल्सिनाद्वारा लिखित यस कथासङ्ग्रहमा नैतिक शिक्षा दिने खालका तीसवटा कथा रहेका छन् । भरत जङ्गमको मन्तव्य रहेको यस सङ्ग्रहको मूल्य १ सय ५० रुपियाँ राखिएको छ । यो सङ्ग्रहसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या २ सय २२ पुगेको छ ।

शब्दयात्रा प्रकाशनको साधारण सभा सम्पन्न

0

शब्दयात्रा प्रकाशनको दसौँ वार्षिक साधारण सभा आज पुस २८ गते शनिबार सम्पन्न भएको छ । हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको सभाको समुद्घाटन जयनारायण नेपालले र प्रारम्भ कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो । सभामा सकुल थापा, सुमन खड्का, शिवप्रसाद बन्जारा, अमृत अधिकारी, शङ्कर मानन्धर, चन्द्रबहादुर खड्का र प्रदीप केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा आयव्यय विवरण पारित गर्नुका साथै २०८०–८१ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ । सभाले नियमावलीमा केही संशोधन पनि गरेको छ ।