शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू ! 
सञ्चालक समितिको मिति २०८० पुस १ गते आइतबार बसेको बैठकबाट निर्णय भएअनुसार यही २०८० साल पुस २१ गते शनिबार दिउँसो १२ः३० बजे कृष्ण–गीता परिसर, शब्दसाधक तीर्थ, नीलकण्ठेश्वर धाम, बनेपामा रहेको शब्दयात्रा शारदा थापा सभाकक्षमा शब्दयात्रा प्रकाशनको दसौं वार्षिक साधारण सभा बस्ने भनिएकोमा अध्यक्षज्यूलाई पितृशोक परेकाले उक्त दिनको सट्टा २०८० साल पुस २८ गते शनिबार हुने भएकाले प्रकाशनका सम्पूर्ण सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यससम्बन्धी विस्तृत जानकारी वेबसाइट धधध।कथउगदष्अिबतष्यल।अयm।लउ मा र कार्यालयको सूचनापाटीमा हेर्न र पढ्न सकिनेछ । साथै सबै सदस्यज्यूहरूको घर–ठेगानामा पनि पठाइएको छ । कुनै कारणले पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी सभामा उपस्थित भइदिन सम्बन्धित सबैमा अनुरोध छ । सदस्यज्यूहरूको सुविधाका लागि आवश्यक विवरणहरू कार्यालयमै बसी अध्ययन गर्न सकिने व्यवस्थासमेत मिलाइएकाले कार्यालय समयभित्र कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ । दसौं वार्षिक साधारण सभा, २०८० मा पेस हुने प्रस्तावहरू —
१. सञ्चालक समितिको प्रतिवेदन, २०८० छलफल गरी पारित गर्ने ।
२. स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलास र सोही मितिमा सम्पन्न आ. व. २०७९–८० को नगद प्रवाह विवरण, नाफा–नोक्सान विवरण एवं आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
३. आ. व. २०८०–८१ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
४. आ. व. २०८०–८१ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा २०८१–८२ का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण छलफल गरी पारित गर्ने ।
५. संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
६.साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्यहरूमध्येबाट दुई सदस्यको मनोनयन गर्ने ।
७. विविध
कुनै सदस्य महानुभावले साधारण सभासमक्ष थप कुनै विषय वा प्रस्ताव गर्न चाहेमा सभा सुरु हुनुभन्दा अगावै त्यस्तो विषय वा प्रस्ताव लिखित रूपमा दर्ता गराइसक्नुपर्नेछ । समितिले निर्णय गरी साधारण सभाले स्वीकार गरेमा त्यस्तो विषय वा प्रस्तावलाई साधारण सभाको कार्यसूचीमा समावेश गरी छलफल र निर्णय गर्न सकिनेछ ।
— शब्दयात्रा प्रकाशन