शब्दयात्रा प्रकाशनबाट २०८० साल वैशाखदेखि मङ्सिरसम्मको ८ महिनामा छापिएका पुस्तकहरू यी हुन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) — वेदकुमारी न्यौपाने, (३) साथीको माया (बालएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (४) ठुले (लघुकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (५) कुसुमाक्षर (कवितासङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (६) कथाकुथुङ्ग्री (कथासङ्ग्रह) — प्रा. रामकुमार पाँडे, (७) अग्रजले कोरेको गोरेटोमा हिँड्दा (निबन्धसङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (८) उनैको सम्झनामा (स्मृतिकाव्य) —सावित्री जङ्गम थापा, (९) मुक्तक शारदीय (मुक्तकसङ्ग्रह) — शारदा घिमिरे भैल, (१०) कर्मसाधक भोलामानसिंह थापा (स्मृतिग्रन्थ) — सावित्री जङ्गम थापा, (११) कालो सूर्य (उपन्यास, पाँचौँ संस्करण) — भरत जङ्गम, (१२) द ब्ल्याक सन (कालो सूर्यको अङ्ग्रेजी अनुवाद, दोस्रो संस्करण) — भरत जङ्गम, (१३) युगपुरुष (महाकाव्य) — सिर्जना खनाल, (१४) तोपको आवाज (कथासङ्ग्रह) — ज्ञान उदास ।