शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ संस्कृतिकर्मी विश्व उलक (विश्वनाथ उलक, खोपासी) लाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन विश्वनाथ उलकप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन लीला–मध्यमार्ग सम्मानकोषले गरेको छ ।