शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ लेखक तिलक प्रकाशलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन तिलक प्रकाशप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा साहित्यकार भरत जङ्गमले गर्नुभएको हो ।