शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिले यही माघ महिनामा समर्पण गरिने विभिन्न ६ वटा पुरस्कारका लागि उपयुक्त व्यक्तित्वको चयन गरेर शब्दयात्रा प्रकाशनमा नामावली बुझाएको छ । समितिको अन्तिम बैठक आज माघ १ गते बसेको थियो । चयन समितिको संयोजकमा डा. छत्रपति दाहाल हुनुहुन्छ । पुरस्करणीय व्यक्तित्वको चयन गरेर सहयोग गरेकोमा चयन समितिप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।