शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई समर्पण गर्ने भएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन सोमराज अभयप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार यही माघ १३ गते शनिबार समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन प्रा. केदारनाथ–लीला श्रेष्ठले गर्नुभएको हो ।