शिक्षासेवी तथा साहित्यकार पशुपतिमान प्रधानले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । उहाँले यसअघि पनि पुस्तक राख्ने दराजसहित नेपाली र नेवारी भाषाका तीन सयभन्दा बढी पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।