Home Blog Page 204

जीवनमा केही बन्ने र गरेर देखाउने चाहना छ भने यो सूचना पढ्नुहोस् ।

0

— तपाईं स्नातकसम्म पढेको युवा हुनुहुन्छ ?
— तपाईंसँग देशमै बसेर केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग चुनौतीसँग जुध्न सक्ने सामथ्र्य र आत्मविश्वास छ ?
— तपाईं बहुआयामिक, सिर्जनशील र सक्षम हुनुहुन्छ ?
— तपाईंलाई लेखन र प्रकाशन क्षेत्रमा रुचि छ ?
— तपाईं सकारात्मक सोचको व्यक्ति हुनुहुन्छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईं आफ्नो व्यक्तित्व निर्माणका लागि उपयुक्त अवसरको खोजीमा हुनुहुन्छ ?
यी सबै प्रश्नको उत्तर सकारात्मक आउँछ भने तपाईंसँग सहकार्य गर्न हामी तयार छौं । हामी आपसी समझदारीबाट हातेमालो गर्दै अघि बढ्न सक्छौं । नेपालभूमि (विचारप्रधान साप्ताहिक पत्रिका) र अक्षरधाम (साहित्यिक मासिक पत्रिका) को प्रकाशन–व्यवस्थापन, शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम), शब्दसंवाद (साप्ताहिक प्रवचन कार्यक्रम) वेभसाइट सञ्चालन, पुस्तक प्रकाशन, सम्मान समर्पण, अक्षरसेवी सहयोग कोष र घुम्ती पुस्तक पसल आदि यस संस्थाका कार्यक्रमहरूमध्ये तपाईं कुनै पनि कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ । आफ्नो रुचि र क्षमता बुझेर मात्र हामीसँग आउनुहोस् अनि जीवनमा केही गरेर देखाउने आफ्नो सपना साकार पार्न हाम्रो सहयोग लिनुहोस् । हामी तपाईंको जीवनलाई उज्यालो बनाउन चाहन्छौं ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६२९६२, ०११–६६३१६१

‘यात्रा’ सार्वजनिक हुने

0

शब्दयात्रा प्रकाशनले आगामी जेठ ९ गते काभ्रे बनेपाको के. एन ब्यान्क्वेटमा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ (कवितासङ्ग्रह) लाई पनि सार्वजनिक गरिने भएको छ ।
श्री मैनालीका यसअघि ‘कृष्णकोसेली’, ‘अद्भुत पेट’, ‘कर्मको फल’, ‘कर्मवीरको बयर’ लगायतका सातवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

शब्दयात्राबाट अर्को काव्य प्रकाशित

0

काव्यकार रश्मिराज अज्र्यालद्वारा संस्कृत भाषामा लेखिएको ‘श्रीसत्यनारायणकथामृतम्’ लाई महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा पूजाविधिसहित समच्छन्दमा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइरहेको छ । यो कृति प्रकाशित भएपछि श्रीधर प्याकु¥यालद्वारा लिखित ७ र अनूदित ३ समेत जम्मा कृतिको सङ्ख्या १० पुगेको छ । उहाँका सुरुका २ कृतिबाहेक बाँकी सबै कृतिहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।
‘सत्यनारायण कथामृत’ लाई शब्दयात्रा प्रकाशनबाट आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा सार्वजनिक गरिने भएको छ ।

‘शब्दसंवाद’ मा मदतमान श्रेष्ठ

0

काभ्रे जिल्लाको नालाका अग्रज समाजसेवी मदतमान श्रेष्ठ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौधौँ शृङ्खलामा गत २०७४ साल वैशाख २९ गते शुक्रबार प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले नालाको शैक्षिक र सामाजिक विकासको इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा समाजसेवी कुलप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका विषयमा संयोजक पदमनाथ ढुङ्गानाले जानकारी गराउनुभएको थियो भने सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, लेखकहरू तुतुकाजी प्रणामी श्रेष्ठ, दामोदर घिमिरे, पुष्पदास स्याउला, हरिप्रसाद चौलागाईं, सिद्धिबहादुर कर्माचार्य तथा अमृत अधिकारी, दण्डपाणि अधिकारी, जगन्नाथ गिरी आदिको सहभागिता रहेको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ को पन्ध्रौँ शृङ्खला आगामी शुक्रबार हुनेछ ।

‘पानीको भाषा’ माथि शब्दयात्रीको दृष्टि

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माटो’ नियात्रासङ्ग्रहका लागि ‘शब्दयात्रा सिर्जना सम्मान’ द्वारा सम्मानित नियात्राकार पोष चापागाईंको अर्को नियात्रासङ्ग्रह ‘पानीको भाषा’ प्रकाशन हुँदैछ । त्यसमा विभिन्न समयमा भारतको विभिन्न ठाउँमा जाँदाका अनुभव र अनुभूतिहरू समेटिएका छन् । जम्मा २२ शीर्षक र ४ भाग रहेको यस सङ्ग्रहको आवरणमा शब्दयात्रा प्रकाशनसँग सम्बन्धित ३ व्यक्तित्वका मन्तव्य पनि सङ्कलित छन् ।
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजका सदस्य गीता मञ्जुश्री अधिकारी भन्छिन् — बोल्न सक्ने मान्छेहरूको भाषा बुझ्न नसक्ने मान्छेहरू पनि जसरी ईश्वरको मौन भाषा बुझ्छन्, त्यसरी नै कुनै पनि भाषा बोल्न नजान्ने बच्चाको च्याँच्याँ, बाख्राको म्याँम्याँ, गाईको ड्वाँड्वाँ, हावाको सुइयँ अनि पानीको कुलकुल, छङछङ र स्वाँस्वाँ भाषा बुझ्छन् । भारतको भ्रमण गर्दा पोष चापागाईंले पानीका अरू सङ्केत, लय र आवाजहरू पनि बुझेछन् । ‘पानीको भाषा’ त्यसपछिको चमत्कार हो ।
शब्दयात्रा प्रकाशन पाठक समाजका संयोजक दामोदर घिमिरे भन्छन् — नियात्राकार पोष चापागाईंले भारतको सिक्किम, गुजरात, झारखण्ड र केरलातिर घुमघाम गर्दा त्यताका प्राकृतिक र सांस्कृतिक भाषा सुने । कृत्रिम भाषा फरक–फरक भए पनि सबै भाषाको मौलिक प्राकृतिक स्वरूप त उनको जन्मस्थल दिङ्लाको भाषासँग पो मिल्दो रहेछ । ‘पानीको भाषा’ नियात्रासङ्ग्रहले यही देखाएको छ । आफू उनैको छिमेकी जिल्लाको भएर हो कि क्या हो, उनको लेखनीमा मैले आफ्नै गाउँको सुवास पाएको छु ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा भन्छन् — ‘पानीको भाषा’ नियात्राकार पोष चापागाईंको कलमको विशिष्ट कमाल हो । छोटा वाक्य, सुललित शैली, कथ्य भाषाको प्रयोग, विकृत पक्षप्रति कटाक्ष, तुलनात्मक दृष्टि र जन्मस्थलप्रतिको प्रेमपूर्ण अभिव्यक्ति उनको गद्यशैलीका प्रमुख विशेषताहरू हुन् ।

‘शब्दसंवाद’ मा भरतराज महत

शब्दयात्रा लेखक समाजका सदस्य भरतराज महत ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको तेह«ौँ शृङ्खलामा प्रस्तुत हुनुभयो । गत वैशाख १९ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त शृङ्खलामा उहाँले आफ्नो जीवन–इतिहासका विषयमा जानकारी गराउँदै महत वंशको मूल थलो, महत शब्दको व्युत्पत्ति, काभ्रे जिल्लामा महतहरूको आगमन, यस जिल्लामा महतहरूबाट भएका समाजसेवी कार्यहरू र आफ्ना सामाजिक तथा साहित्यिक गतिविधिहरूका विषयमा प्रवचन गर्नुभएको थियो ।
अग्रज लोकगायक मच्छेश्वर सापकोटाको सभापतित्व तथा कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा लेखक समाजका ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा पाठक समाजका दामोदर घिमिरे र सुदर्शन आचार्य तथा विष्णुहरि तिमल्सिना, उत्तमराज महत, मोहनविनोद बजगाईं, सिद्धिबहादुर कर्माचार्य, दीपक तिमल्सिना आदिको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम अबदेखि हरेक शुक्रबार अपराह्न ४ बजेदेखि गर्ने जानकारी दिँदै आगामी कार्यक्रम वैशाख २९ गते शुक्रबार हुने र त्यस कार्यक्रममा समाजसेवी मदतमान श्रेष्ठको प्रवचन रहने जानकारी गराइयो ।

सम्मान समारोह जेठ ९ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनाको दोस्रो मङ्गलबार गर्ने गरेको नियमित कार्यक्रम २०७४ सालका लागि आगामी जेठ ९ गते मङ्गलबार बनेपास्थित केएन ब्यान्क्वेटमा गर्ने भएको छ ।
समारोहमा विभिन्न चार विधाका सम्मान समर्पण गरिनुका साथै केही पुस्तकहरू सार्वजनिक गरिनेछन् । त्यस दिन ‘नेपालभूमि साप्ताहिक’ ले ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह विशेष पृष्ठ’ प्रकाशन गर्नेछ ।

शब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई सम्मान गर्ने भएको छ । राष्ट्रियताको भावना प्रवद्र्धन गराई राष्ट्रिय गौरव बढाउन योगदान गर्नुभएकोमा बुद्धिनारायण श्रेष्ठलाई र कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशजका विषयमा लेखन–प्रकाशन गर्नुभएकोमा डा. टीकाराम अधिकारीलाई सम्मान गर्न लागिएको हो ।
यसै गरी शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपाने (सिन्धुली) र ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट शिक्षासेवी ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) लाई सम्मानित गर्ने भएको छ । प्रशासनिक कर्मचारी भएर पनि साहित्य क्षेत्रमा योगदान गर्नुभएकोमा सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये सर्वोत्तम ठहरिएको पुस्तक ‘फालिकोटको फाली’ का लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मान गर्न लागिएको हो ।
सिद्धिबहादुर कर्माचार्य संयोजक र सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईं सदस्य रहनुभएको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसका आधारमा उहाँहरूलाई सम्मान गर्न लागिएको हो । सम्मान समर्पण गर्दा अभिवन्दनापत्र, उपहार र किरीटका साथमा ५ हजार रुपियाँ समर्पण गरिन्छ ।
शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका लागि कृष्णहरि मैनालीले, नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि गीता मञ्जुश्रीले, प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उर्मिला श्रेष्ठ भोजपुरेले र शब्दयात्रा सिर्जना सम्मानका लागि कल्याण लम्सालले आर्थिक व्यवस्थापन गर्नुभएको छ ।

शब्दयात्रा पाठक समाज विस्तार गरिने

0

शब्दयात्रा पाठक समाजलाई विस्तार गरिने भएको छ । गत वैशाख १६ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा बसेको एक बैठकले शब्दयात्रा पाठक समाजलाई विस्तार गर्ने निर्णय गरेको हो । दामोदर घिमिरेको संयोजकत्वमा गठित यसअघिको पाठक समाजमा ९ जना हुनुहुन्थ्यो ।
बैठकमा दामोदर घिमिरे, मनकुमारी दाहाल, सीना ढकाल, पुष्पदास स्याउला, शिव बन्जारा, शारदाप्रसाद शर्मा, गणेशदास उलक, मच्छेश्वर सापकोटा, हरि मञ्जुश्री आदिको उपस्थिति रहेको थियो ।

‘शब्दसंवाद’ मा चन्द्रबहादुर खड्का

0

पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्काले आफू जिल्ला शिक्षा अधिकारी बनेर मुगु जिल्लामा रहँदा त्यस जिल्लामा देखेको शैक्षिक दुरवस्थाको मार्मिक शब्दचित्रण गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा उपस्थित सहभागीहरू सबैलाई भावुक बनाइदिनुभयो । शब्दयात्रा प्रकाशनद्वारा पदमनाथ ढुङ्गानाको संयोजकत्वमा साप्ताहिक रूपमा सञ्चालित उक्त कार्यक्रमको गत २०७४ वैशाख १२ गते सम्पन्न बाह«ौँ शृङ्खलामा उहाँले शिक्षा क्षेत्रमा आफूले देखेका समस्याहरूको वर्णन गर्दा श्रोताहरू द्रवित बनेका थिए ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा उद्घोषित उक्त कार्यक्रममा समाजसेवी विष्णुहरि तिमल्सिनाले सभापतित्व ग्रहण गर्नुभएको थियो । श्रोतादीर्घामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा सहयोगी समाजबाट अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शब्दयात्रा लेखक समाजबाट आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा पाठक समाजबाट लेखक दामोदर घिमिरे, ‘नेपालभूमि साप्ताहिक’ बाट बजार व्यवस्थापक दीपक तिमल्सिना, लेखक पुष्पदास स्याउला, समाजसेवी जीवन थापा आदिको समुपस्थिति रहेको थियो ।