— तपाईं स्नातकसम्म पढेको युवा हुनुहुन्छ ?
— तपाईंसँग देशमै बसेर केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग चुनौतीसँग जुध्न सक्ने सामथ्र्य र आत्मविश्वास छ ?
— तपाईं बहुआयामिक, सिर्जनशील र सक्षम हुनुहुन्छ ?
— तपाईंलाई लेखन र प्रकाशन क्षेत्रमा रुचि छ ?
— तपाईं सकारात्मक सोचको व्यक्ति हुनुहुन्छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईं आफ्नो व्यक्तित्व निर्माणका लागि उपयुक्त अवसरको खोजीमा हुनुहुन्छ ?
यी सबै प्रश्नको उत्तर सकारात्मक आउँछ भने तपाईंसँग सहकार्य गर्न हामी तयार छौं । हामी आपसी समझदारीबाट हातेमालो गर्दै अघि बढ्न सक्छौं । नेपालभूमि (विचारप्रधान साप्ताहिक पत्रिका) र अक्षरधाम (साहित्यिक मासिक पत्रिका) को प्रकाशन–व्यवस्थापन, शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम), शब्दसंवाद (साप्ताहिक प्रवचन कार्यक्रम) वेभसाइट सञ्चालन, पुस्तक प्रकाशन, सम्मान समर्पण, अक्षरसेवी सहयोग कोष र घुम्ती पुस्तक पसल आदि यस संस्थाका कार्यक्रमहरूमध्ये तपाईं कुनै पनि कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ । आफ्नो रुचि र क्षमता बुझेर मात्र हामीसँग आउनुहोस् अनि जीवनमा केही गरेर देखाउने आफ्नो सपना साकार पार्न हाम्रो सहयोग लिनुहोस् । हामी तपाईंको जीवनलाई उज्यालो बनाउन चाहन्छौं ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६२९६२, ०११–६६३१६१