Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...
HomeActivitiesशब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई सम्मान गर्ने भएको छ । राष्ट्रियताको भावना प्रवद्र्धन गराई राष्ट्रिय गौरव बढाउन योगदान गर्नुभएकोमा बुद्धिनारायण श्रेष्ठलाई र कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशजका विषयमा लेखन–प्रकाशन गर्नुभएकोमा डा. टीकाराम अधिकारीलाई सम्मान गर्न लागिएको हो ।
यसै गरी शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपाने (सिन्धुली) र ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट शिक्षासेवी ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) लाई सम्मानित गर्ने भएको छ । प्रशासनिक कर्मचारी भएर पनि साहित्य क्षेत्रमा योगदान गर्नुभएकोमा सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये सर्वोत्तम ठहरिएको पुस्तक ‘फालिकोटको फाली’ का लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मान गर्न लागिएको हो ।
सिद्धिबहादुर कर्माचार्य संयोजक र सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईं सदस्य रहनुभएको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसका आधारमा उहाँहरूलाई सम्मान गर्न लागिएको हो । सम्मान समर्पण गर्दा अभिवन्दनापत्र, उपहार र किरीटका साथमा ५ हजार रुपियाँ समर्पण गरिन्छ ।
शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका लागि कृष्णहरि मैनालीले, नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि गीता मञ्जुश्रीले, प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उर्मिला श्रेष्ठ भोजपुरेले र शब्दयात्रा सिर्जना सम्मानका लागि कल्याण लम्सालले आर्थिक व्यवस्थापन गर्नुभएको छ ।