Home Blog Page 205

शब्दयात्राबाट प्रहरीको कोश

0

शब्दयात्रा प्रकाशनले पुस्तक प्रकाशनको ८१ औँ शृङ्खलाका रूपमा काभ्रेपलाञ्चोक जिल्लाका पूर्वप्रहरी कर्मचारीहरूको नाम, पद, ठेगाना र दूरभाषाङ्क समावेश गरिएको कोश प्रकाशन गर्ने भएको छ । पूर्वप्रहरी निरीक्षक जगन्नाथ गिरीद्वारा सङ्कलित तथा सम्पादित उक्त कोशलाई ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ नाम दिइएको छ ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट प्रत्यक्ष प्रभावित पूर्वप्रहरी कर्मचारीहरूको अलग्गै सूची बनाइएको उक्त कोशलाई आगामी जेठ महिनामा बनेपामा आयोजना गरिने सम्मान समर्पण समारोहमा सार्वजनिक गरिने भएको छ ।

‘शब्दसंवाद’ अब शुक्रबार

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रम हरेक हप्ता मङ्गलबार अपराह्न ४ बजेदेखि गर्ने गरिएकोमा अर्काे हप्तादेखि हरेक शुक्रबार गरिने भएको छ ।
कार्यक्रममा सहभागी हुनुभएका र हुन चाहने कर्मयोद्धाहरूले मङ्गलबारभन्दा शुक्रबार नै कार्यक्रमका लागि उपयुक्त हुने सुझाव दिनुभएकाले अबदेखि हरेक शुक्रबार ४ बजेदेखि ‘शब्दसंवाद’ कार्यक्रम गर्न लागिएको हो ।
आज १९ गते मङ्गलबार ‘शब्दसंवाद’ कार्यक्रम गरिएपछि अर्काे कार्यक्रम वैशाख २९ गते शुक्रबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा साविकबमोजिम नै हुनेछ ।

‘बालमनका गोपाल’ छापिँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ प्राप्त गरेका र ‘शब्दयात्रा बालसाहित्य सम्मान’ का लागि एक लाख रुपियाँ अक्षयकोष राखिदिएका बालसाहित्यकार गोपाल पराजुलीको व्यक्तित्व र कृतित्वका विषयमा ‘बालमनका गोपाल’ नामक पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशनमा आउने भएको छ ।
ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित हुने उक्त पुस्तकलाई आगामी जेठमा आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशनको ८२ औँ प्रकाशनपुष्प हो ।
साढे ३ सयभन्दा बढी पृष्ठको र ८ भागमा विभक्त उक्त पुस्तकमा नेपालका ख्यातिप्राप्त बौद्धिक–प्राज्ञिक व्यक्तिहरूले गोपाल पराजुलीको व्यक्तित्व र कृतित्वका विषयमा लेखेका र ‘नेपालभूमि साप्ताहिक’ लगायतका पत्रिकाहरूमा प्रकाशित भइसकेका लेखहरू सङ्कलित छन् ।

भीमबहादुर अधिकारीलाई हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित सामाजिक जागरण सम्मानबाट सम्मानित समाजसेवी श्री भीमबहादुर अधिकारी ‘राष्ट्रसेवा पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

तपाई–हामी हरेक पक्षमा साथी बनौं

0

के तपाईं ………….

१. ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) निःशुल्क पढ्न र त्यसमा आफ्ना रचना प्रकाशन गराउन चाहनुहुन्छ ?
२. ‘अक्षरधाम’ (साहित्यिक पत्रिका) निःशुल्क पढ्न र त्यसमा आफ्ना रचना प्रकाशन गराउन चाहनुहुन्छ ?
३. ‘शब्दसंवाद’ (प्रवचन कार्यक्रम) मा सहभागी भएर प्रवचन सुन्न र आफैँ पनि प्रवचन गर्न चाहनुहुन्छ ?
४. ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम) मा आफ्ना रचनाहरू र अन्तर्वार्ता प्रसारण गर्न चाहनुहुन्छ ?
५. शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तक निःशुल्क र केही पुस्तक आधा मूल्यमा लिन चाहनुहुन्छ ?
६. आफ्ना पुस्तकहरूको समीक्षा लेखियोस्, पत्रिकामा छापियोस् र रेडियोमा पनि बजोस् भन्ने चाहनुहुन्छ ?
७. आफ्नो पुस्तक शुद्ध र स्तरीय रूपमा छापिएर सार्वजनिक र बिक्री गर्न सकियोस् भन्ने चाहनुहुन्छ ?
८. आफू वा आफ्ना मान्यवरको नाउँमा अक्षयकोष राखी सम्मानको स्थापना र समर्पण गर्न चाहनुहुन्छ ?
९. ऐतिहासिक व्यक्ति र पुराताàिवक वस्तुहरूको अन्वेषण–अनुसन्धान गर्न–गराउन चाहनुहुन्छ ?
१०. जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदिसहितको पुस्तक लेख्न–लेखाउन र छपाउन चाहनुहुन्छ ?
११. स्मारिका, स्मृतिग्रन्थ र अभिनन्दनग्रन्थको सम्पादन र प्रकाशन गर्न–गराउन चाहनुहुन्छ ?
१२. आफ्नो संस्थाको कार्यक्रमलाई शब्दयात्रा प्रकाशनले सघाइदेओस् भन्ने चाहनुहुन्छ ?
१३. अक्षराङ्कन, अनुवाद, भाषिक शुद्धीकरण, भूमिकालेखन आदि काममा सहयोग चाहनुहुन्छ ?
१४. नेपाली भाषा, व्याकरण, लेखन, शुद्धीकरण, सम्पादन, छन्द आदिको शिविरमा सहभागी हुन चाहनुहुन्छ ?
१५. शब्दयात्रा प्रकाशनका हरेक कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ ?
१६. ठूलो संस्थामा आबद्ध भएर आफ्नो व्यक्तित्वलाई पनि फराकिलो बनाई समाज र राष्ट्रमा आफ्नो र परिवारको कीर्ति फैलाउन चाहनुहुन्छ ?
१७. समाज र देशलाई केही न केही योगदान दिनु मेरो दायित्व हो भन्ने सम्झेर सामूहिक प्रयासबाट सफल र राम्रो काम गर्न चाहनुहुन्छ ?
१८. आफ्नो ठाउँलाई सर्वत्र चिनाउने खालको गौरवशाली र ऐतिहासिक काम गरेर आफ्ना भावी सन्ततिका लागि उदाहरणीय व्यक्ति बन्न चाहनुहुन्छ ?
१९. आफूले गरेका कामको अभिलेख राखियोस् र आफ्ना बारेमा पुस्तक निकालिदिऊन् भन्ने चाहनुहुन्छ ?
२०. आफ्नो योगदान, कृति र व्यक्तित्व विद्युतीय सञ्चार–माध्यमबाट संसारभरि फैलियोस् भन्ने चाहनुहुन्छ ?
२१. आफ्नो व्यापार–व्यवसाय र उद्यमलाई अझै वृद्धि गर्न चाहनुहुन्छ ?
२२. आवश्यक परेको समयमा जुनसुकै प्रकारको सहयोग गर्ने वातावरण बनिरहोस् भन्ने चाहनुहुन्छ ?
चाहनुहुन्छ भने शब्दयात्रा प्रकाशनसँग जोडिनुहोस् । त्यसका लागि लेखक समाज, पत्रकार समाज, कलाकार समाज, नारी स्रष्टा समाज, पाठक समाज, सहयोगी समाज, सम्मान व्यवस्थापक समाज, विश्वसम्पर्क समाज, शिक्षक समाज र विद्यार्थी समाजमध्ये आफ्नो क्षेत्रअनुसार कुनै पनि समाजमा सहभागी हुनुहोस् । अनि गौरवसाथ भन्नुहोस् —
शब्दयात्रा प्रकाशन मेरो हो, यसैबाट
म गर्छु मेरा लागि, मेरो परिवारका लागि
म गर्छु मेरो समाजका लागि, मेरो देशका लागि ।
जानकारी लिन र संस्थासँग आबद्ध हुन सम्पर्क गर्नुहोस् —

शब्दयात्रा प्रकाशन

मोक्षप्राप्ति होस्

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित संस्मरणात्मक कृति ‘प्रशासनिक दाउपेच’ का कृतिकार तथा शब्दयात्रा लेखक समाजका सदस्य प्रसिद्ध साहित्यकार शिवभक्त शर्मा परमधामतर्फ प्रस्थान गर्नुभएकाले उहाँको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दछौं ।

शब्दयात्रा प्रकाशन

‘शब्दसंवाद’ मा सिद्धिबहादुर कर्माचार्य

0

गत २०७४ साल वैशाख ५ गते मङ्गलबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एघाह«ौँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपबाट समाजसेवी सिद्धिबहादुर कर्माचार्यले आफ्नो पारिवारिक वंशपरिचय र समाजसेवामा संलग्न रहेको आफ्नो जीवनयात्रा सङ्क्षिप्त रूपमा अभिव्यक्त गर्दै नाला क्षेत्रको इतिहास र नाला भगवतीका बारेमा विभिन्न जानकारीहरू प्रस्तुत गर्नुभयो ।
शब्दयात्रा लेखक समाजका सदस्य अग्रज लेखक भरतराज महतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ‘शब्दसंवाद’ का बारेमा संयोजक पदमनाथ ढुङ्गानाले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । प्रमुख वक्ताको वक्तव्यपछि शब्दयात्रा लेखक समाजका ओतबहादुर खड्का र रामप्रसाद शर्मा तिमल्सिनाले टिप्पणी गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू डिल्लीराम निरौला, मच्छेश्वर सापकोटा, फणीन्द्रराज अधिकारी र जगन्नाथ गिरी, समाजसेवीत्रय लक्ष्मी गौतम, विष्णुहरि तिमल्सिना र कुलप्रसाद तिमल्सिना, सञ्चारकर्मी सुदर्शन आचार्य ‘सागर’, शब्दयात्रा लेखक समाजका सदस्य तुतुकाजी प्रणामी श्रेष्ठ, ‘शब्दसञ्चार’ कार्यक्रमका सञ्चालक शिव बन्जारा र सजना आचार्य, हंसदा योग आश्रमका स्वामीद्वय ऋषिकुमार पञ्चशील र ऋषिकुमार शशिभास्करम्, ‘नेपालभूमि साप्ताहिक’ का व्यवस्थापक दीपक तिमल्सिना, रघुनाथ कपाली, षडानन्द गौतम, पूर्णमाया कर्माचार्य आदिको समुपस्थिति रहेको थियो ।

शब्दयात्रा सहयोगी समाजको पुनर्गठन

0

शब्दयात्रा सहयोगी समाजको पुनर्गठन गरिएको छ । गत वैशाख ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको भेलाले उक्त समाजको पुनर्गठन गरेको हो । पुनर्गठनपछि शिक्षासेवी रामप्रसाद अधिकारी समाजको सर्वसम्मत संयोजक बन्नुभएको छ । यसअघि पनि उहाँ नै संयोजक हुनुहुन्थ्यो ।
समाजको सदस्यमा समाजसेवीद्वय गणेशदास उलक र त्रिरत्न रन्जितकार, लोकगायक मच्छेश्वर सापकोटा, स्वास्थ्यकर्मी प्रकाशबहादुर कायस्थ, साहित्यकार सोमकाजी शाक्य र लेखक पूर्णबहादुर कर्माचार्य रहनुभएको छ । अन्य सदस्यहरू थप गर्दै जाने निर्णय पनि गरिएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो । भेलामा सञ्चालक सदस्यबाट सकुल थापा, शब्दयात्रा लेखक समाजबाट उद्धवप्रसाद नेपाल, शब्दयात्रा नारीस्रष्टा समाजबाट भवानी पाण्डे, शब्दयात्रा पत्रकार समाजबाट शिव बन्जारा आदिको पनि उपस्थिति रहेको थियो ।

शब्दयात्राबाट चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले आगामी जेठ महिनामा समर्पण गर्ने चार विधाका सम्मानका लागि उपयुक्त व्यक्तिको चयन गर्न चार सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । समितिको संयोजकमा सिद्धिबहादुर कर्माचार्य तथा सदस्यहरू सरस्वती सापकोटा, मोहनविनोद बजगाईं र सुदर्शन आचार्य रहनुभएको छ । उहाँहरूलाई यही वैशाख २७ गतेभित्र सम्मान गर्नुपर्ने व्यक्तिको नाम चयन गरिदिन आग्रह गरिएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि जेठ महिनाको दोस्रो साता शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा सिर्जना सम्मान र नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गरिनेछ । सम्मान गर्न योग्य व्यक्तिको नाउँ सिफारिस गरिदिन ‘नेपालभूमि’ (साप्ताहिक) र ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिएको छ । प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्तिको चयन गर्नेछ र जेठ महिनाको दोस्रो साता सम्मान समर्पण समारोहको आयोजना गरी उहाँहरूलाई सम्मान गरिनेछ ।

शुभकामना !!!

0

मुटुभरिको शुभकामना
नयाँ सम्वत् २०७४ नेपाली जनताका लागि फलिफाप होस् !
मुटुभरिको शुभकामना !
शब्दयात्रा प्रकाशन