Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivities‘शब्दसंवाद’ मा चन्द्रबहादुर खड्का

‘शब्दसंवाद’ मा चन्द्रबहादुर खड्का

पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्काले आफू जिल्ला शिक्षा अधिकारी बनेर मुगु जिल्लामा रहँदा त्यस जिल्लामा देखेको शैक्षिक दुरवस्थाको मार्मिक शब्दचित्रण गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा उपस्थित सहभागीहरू सबैलाई भावुक बनाइदिनुभयो । शब्दयात्रा प्रकाशनद्वारा पदमनाथ ढुङ्गानाको संयोजकत्वमा साप्ताहिक रूपमा सञ्चालित उक्त कार्यक्रमको गत २०७४ वैशाख १२ गते सम्पन्न बाह«ौँ शृङ्खलामा उहाँले शिक्षा क्षेत्रमा आफूले देखेका समस्याहरूको वर्णन गर्दा श्रोताहरू द्रवित बनेका थिए ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा उद्घोषित उक्त कार्यक्रममा समाजसेवी विष्णुहरि तिमल्सिनाले सभापतित्व ग्रहण गर्नुभएको थियो । श्रोतादीर्घामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा सहयोगी समाजबाट अग्रज लोकगायक मच्छेश्वर सापकोटा, शब्दयात्रा लेखक समाजबाट आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा पाठक समाजबाट लेखक दामोदर घिमिरे, ‘नेपालभूमि साप्ताहिक’ बाट बजार व्यवस्थापक दीपक तिमल्सिना, लेखक पुष्पदास स्याउला, समाजसेवी जीवन थापा आदिको समुपस्थिति रहेको थियो ।