Home Blog Page 201

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समुपस्थित साहित्यकार शान्ता श्रेष्ठ ‘नइ खरा प्रसिद्धि पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

आईटीबाट शब्दयात्राको फड्को ः रोशन मञ्जुश्री

0

२०६८ सालमा शब्दयात्रा प्रकाशनको स्थापना भएदेखि नै म अनौपचारिक रूपमा यस संस्थासँग आबद्ध भएँ । तीन वर्षसम्म हाम्रै घरमा यसको कार्यालय राखियो । त्यस बेला निःशुल्क कोठा उपलब्ध गराइएको थियो । तेस्रो वर्षको भाडाचाहिँ हामीले लियौँ । त्यसपछि अब संस्थाले कोठाभाडा तिर्न सक्छ, अन्यत्रै सारौँ भन्ने कुरा उठ्यो । बुबाले पनि मान्नुभयो र कार्यालय सारियो । पहिले बनेपा नगरपालिकाको गेटअगाडिको घरमा सारिएको थियो, अहिले नगरपालिका भवनको पछाडिपट्टि छ ।
शब्दयात्रा प्रकाशनको दोस्रो प्रकाशनका रूपमा मैले र मेरी दिदी रश्मि मञ्जुश्री अधिकारीले सङ्कलन गरेको ‘हाम्री हजुरआमा मर्दा जो रोए’ छापियो । नाउँ संस्थाको राखे पनि आर्थिक लगानीचाहिँ हामीले नै ग¥यौँ ।
बुबाको इच्छाअनुसार शब्दयात्रा प्रकाशनलाई परिवारका हामी सबैले सकेसम्म सहयोग गर्दै गयौँ । संस्थाका लागि हाम्रै कम्प्युटर र प्रिन्टर चलाइयो, आमाले टाइप गर्नुभयो । तर त्यसको हिसाब गरिएन । कागज, मसी, चिया–खाजा आदिका लागि कति खर्च भयो, आफ्नै घरमा कार्यालय राखिएको हुनाले हिसाब राख्ने कुरै भएन । संस्था खोलेपछि सुरुका दिनहरूमा यस्तै हुँदो रहेछ भन्ने मैले थाहा पाएँ ।
म काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गर्दै थिएँ । बुबाले ‘शब्दयात्रा प्रकाशनको वेभसाइट आवश्यक परेको छ, बनाइदे न, संस्थासँग पैसा छैन, व्यक्तिगत रूपमा म १५ हजार रुपियाँसम्म मिलाइदिन सक्छु’ भन्नुभयो । एउटा सामान्य वेभसाइट बनाउँदा न्यूनतम पनि ३५ हजार रुपियाँ तिर्ने गर्छन् । तैपनि मैले बुबाको भनाइ काट्न सकिनँ र शिक्षक तथा साथीहरूसँग सहयोग लिएर धधध।कथउगदष्अिबतष्यल।अयm।लउ तयार पारिदिएँ । ‘सर्भरका लागि पनि पैसा छैन’ भन्नुभएको थियो । मैले दिदी–भिनाजुसँग सल्लाह गरेको थिएँ । भिनाजु डा. भास्कर हुमागाईंको सर्भर अनलिमिटेड रहेछ । भिनाजुले त्यसैलाई उपयोग गर्ने स्वीकृति दिनुभयो । त्यसरी वेभसाइट तयार भयो । आईटीका क्षेत्रमा यसरी शब्दयात्रा प्रकाशनले पहिलो पाइला राख्यो ।
वेभसाइट त बन्यो, तर त्यहाँ राख्ने सामग्री तयार पार्न उस्तै गाह«ो प¥यो । सामग्री तयार पार्न बुबाले रातदिन मिहिनेत गर्नुभएको मैले देखेँ । मैले पनि पढाइबाट समय निकालेर त्यसलाई अपडेट गर्दै गएँ । बुबाले ‘नेपालभूमि साप्ताहिक’ मा पनि सघाइदे भन्नुभएकाले पहिले ‘विश्वभूमि’, पछि ‘ऊर्जाभूमि’ स्तम्भमा र बेलाबखत अन्य लेखहरू पनि लेख्तै गएँ । प्रकाशित सामग्रीहरू हरेक साता वेभसाइटमा राखिदिन थालेँ । ती कुनै पनि कामको मैले पारिश्रमिक मागिनँ । किनभने शब्दयात्रा प्रकाशनलाई सहयोग गर्नुपर्छ, यो पनि संस्थामार्फत हामीले देशका लागि गरेको योगदान हो भनेर बुबाले भन्नुभएको थियो । पोष चापागाईं, कविप्रसाद प्याकु¥याल र तुतुकाजी प्रणामी श्रेष्ठको ब्लग बनाएको पारिश्रमिक भने मैले लिएँ ।
शब्दयात्रा प्रकाशन स्थापना भएको पाँच वर्षजति पछि २०७२ सालको अन्तिमतिर बुबाले एक दिन भन्नुभयो — “शब्दयात्रा प्रकाशनको आईटीतर्फको काम तँ नै राम्ररी हेरिदे न ! अरूलाई भन्यो भने धेरै पारिश्रमिक दिनुपर्छ । संस्थाले त्यसो गर्न सक्तैन ।”
मैले काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना लिइसकेको थिएँ । पढाइ अत्यन्त गाह«ो हुने भएकाले पढाइका लागि समय नै पुग्दैन भन्ने मलाई थाहा थियो । शब्दयात्रा प्रकाशन भनेर कति मरिहत्ते गर्नुभएको होला भन्ने पनि लाग्यो, तैपनि बुबाले भनेको कुरा, नाइँ भन्न सक्ने कुरै भएन । ‘हुन्छ’ भनेँ । अनि म कार्यकरारको कर्मचारीजस्तो बनेर शब्दयात्रा प्रकाशनको सूचना–प्रविधि अधिकृत अर्थात् आईटी अफिसर बनेँ । यसरी म शब्दयात्रा प्रकाशनमा औपचारिक रूपमा प्रवेश गरेँ ।
त्यसपछि त काम धेरै ओइरियो । पढाइलाई नै बाधा पुग्ने गरी काम गर्नुपर्ने हुन थाल्यो । सानो संस्थामा के काम होला र भन्ठानेको थिएँ, गर्ने हो भने काम त कति रहेछन् कति !
शब्दयात्रा प्रकाशनका कार्यक्रमहरू हरेक साता भइरहन्छन् । संस्थाका त्यस्ता गतिविधिहरूको समाचार म हरेक हप्ता बनाउँछु । ती समाचारहरू संस्थाको वेभसाइटमा राख्छु र अन्य सञ्चार–माध्यमहरूमा पनि पठाउँछु । संस्थाबाट प्रकाशित पुस्तकहरूको चिनारी तयार पारेर पुस्तकको आवरण र त्यो चिनारी वेभसाइटमा राख्ने काम पनि गर्छु । हरेक साता ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित सामग्रीहरूलाई वेभसाइटमा अपडेट गर्ने काम पनि गर्ने गरेको छु । संस्थासँग सम्बन्धित व्यक्तिहरूको नाउँमा छुट्टाछुट्टै ब्लग बनाइदिनोस् भनेर संस्थाका सदस्यहरूले भन्नुभएको छ । त्यसमा चाहिँ त्यति धेरै समय दिन सकिरहेको छैन । अहिलेसम्म चारजनाको मात्र ब्लग बनाइदिन भ्याएको छु । तिनमा उहाँहरूको फोटो, बायोडाटा, फुटकर रचनाहरू र पुस्तकहरू राखिएका छन् ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको कभर डिजाइन पनि अचेल मैले नै गर्ने गरेको छु । अरू व्यक्ति वा संस्थाले कभर डिजाइनिङका लागि सहयोग मागे भने त्यो काम पनि गरिदिनुपर्ने भएको छ । शब्दयात्रा प्रकाशनसँग सम्बन्धित व्यक्तिका पुस्तकहरूको अङ्ग्रेजी अनुवाद गर्ने काममा पनि म संलग्न भएको छु । अहिलेसम्म दुईवटा पुस्तकको अङ्ग्रेजी अनुवाद गर्ने काम मैले गरेको छु ।
पहिले बुबाको करकापले गर्दा मैले शब्दयात्रा प्रकाशनलाई सघाए पनि अहिले बिस्तारै यो संस्थासँग मेरो माया बस्न थालेको छ । म यस संस्थाको अभिन्न र महàवपूर्ण हिस्सा बनिसकेको छु । त्यसैले स्वदेश र विदेशका अनलाइन पोर्टलहरूसँग शब्दयात्रा प्रकाशनको सम्बन्ध बढाउन म प्रयास गरिरहेको छु । अमेरिकाको दचतलभउब।िअयm लाई म संस्थाका समाचारहरू पठाइरहन्छु । त्यसले पनि हाम्रा गतिविधिहरू प्रकाशित गरिदिने गरेको छ । यसरी नै अन्य पोर्टलहरूसँग पनि म संस्थाको सम्बन्ध विस्तार गराउँदैछु ।
शब्दयात्रा प्रकाशनलाई अन्तर्राष्ट्रिय सूचना–सन्जालसँग जोड्न र संस्थाका हरेक सदस्यहरूको व्यक्तित्व, योगदान र सिर्जनालाई अन्तर्र्राष्ट्रिय स्तरमा व्यापक र विश्वव्यापी बनाउन हामी लागिरहेका छौँ । त्यसका लागि हामी व्यक्तिगत ब्लगको सङ्ख्या बढाउन थालेका छौँ र अडियो–भिडियोलाई पनि माध्यम बनाउन थालेका छौँ । ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम), ‘शब्दसंवाद’ (प्रवचन कार्यक्रम), सम्मान समर्पण समारोह र पुस्तक सार्वजनिकीकरण कार्यक्रमलाई अडियो–भिडियो इडिटिङ गरेर यु–ट्युबमा राख्नका लागि हामीले काम सुरु गरिसकेका छौँ । शब्दयात्रा प्रकाशन विश्वसम्पर्क समाजका संयोजक हिरण्य भोजपुरेका गीतहरू अडियो–भिडियो इडिटिङ गरेर मैले यु–ट्युबमा राखेकोमा हजारौँ व्यक्तिहरूले तिनलाई हेरेका–सुनेका छन् । हामी आफ्नै वेभसाइटलाई पनि सामग्रीअनुसार परिमार्जन गर्दैछौँ । विश्वमा अहिले सीडी र किताबको भन्दा इन्टरनेटको प्रयोग बढी हुन थालेको छ । त्यसैले हामीले पनि विद्युतीय सञ्चार–माध्यमलाई बढीभन्दा बढी उपयोग गरेर शब्दयात्रा प्रकाशनका सदस्यलाई र उहाँहरूका सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन इन्टरनेटलाई हरेक सदस्यको हितमा प्रयोग गराउन थालेका छौँ ।
यसै क्रममा शब्दयात्रा प्रकाशनले आफ्ना सदस्यहरूका विषयमा अनुसन्धान गर्न सजिलो होस् भनेर उहाँहरूका हरेक कुरालाई डकुमेन्टेसन गर्ने, डिजिटलाइजेसन गर्ने र अर्काइभ तयार पार्ने काम सुरु गरिसकेको छ । संस्थाको डकुमेन्ट्री बनाउन पनि लागिएको छ । एउटा अनलाइन पत्रिका सुरु गर्न खोजिँदैछ । त्यसका लागि डोमेन रजिस्ट्रेसनको काम भइरहेको छ । अब शब्दयात्रा प्रकाशन आईटीको क्षेत्रमा राम्रैसँग प्रवेश गरिसकेको छ । काठमाडौँ विश्वविद्यालयबाट लिएको ज्ञान मैले शब्दयात्रा प्रकाशनमार्फत आफ्नो देशको हितमा लगाउन थालिसकेको छु । मेरा साथीहरू पनि यसरी नै शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा जोडिएर काम गर्न इच्छुक छन् । सुरुमा बुबाले अह«ाएर काम सुरु गरे पनि अहिले शब्दयात्रा प्रकाशनलाई सघाउनु मेरो कर्तव्य हो भन्ने कुरा मैले बुझिसकेको छु ।
हामीले समयअनुसार अघि बढ्न सक्नुपर्छ । आधुनिक प्रविधिको उपयोग गर्न सकेनौँ भने अन्तर्राष्ट्रिय दौडमा हामी पछि पर्न सक्छोँ । नयाँ ढङ्गले सोचेर, सकारात्मक सोच राखेर, हौसला बोकेर फरक खालका काम फरक तरिकाले गर्ने हो भने शब्दयात्रा प्रकाशनलाई र यस संस्थाका माध्यमबाट आफू र आफ्ना हरेक सिर्जनालाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित गराउन सकिन्छ । यस संस्थासँग आबद्ध हरेक व्यक्तिले आईटीको उपयोग गरेर हाम्रो समाज र देशका लागि, समग्र मानवजातिका लागि महàवपूर्ण योगदान गर्न सक्नुहुन्छ । हाम्रो भाषा, साहित्य, सङ्गीत र पत्रकारितालाई विश्वभरि फैलाउने सामथ्र्य हामीसँग छ । स्रोत–साधन जुटिरहेको छ । सम्पर्क फैलिरहेको छ । सहयोगीहरू बढ्दै गएका छन् । यो एकदमै राम्रो लक्षण हो ।
शब्दयात्रा प्रकाशनबाट आईटीको व्यापक प्रयोग हुन थालेकाले शब्दयात्रा प्रकाशनको र यस संस्थासँग जोडिएका सबैजनाको भविष्य अब उज्यालो छ ।

जीवनमा केही बन्ने र गरेर देखाउने चाहना छ भने यो सूचना पढ्नुहोस् ।

0

— तपाईं स्नातकसम्म पढेको युवा हुनुहुन्छ ?
— तपाईंसँग देशमै बसेर केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग चुनौतीसँग जुध्न सक्ने सामथ्र्य र आत्मविश्वास छ ?
— तपाईं बहुआयामिक, सिर्जनशील र सक्षम हुनुहुन्छ ?
— तपाईंलाई लेखन र प्रकाशन क्षेत्रमा रुचि छ ?
— तपाईं सकारात्मक सोचको व्यक्ति हुनुहुन्छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईं आफ्नो व्यक्तित्व निर्माणका लागि उपयुक्त अवसरको खोजीमा हुनुहुन्छ ?
यी सबै प्रश्नको उत्तर सकारात्मक आउँछ भने तपाईंसँग सहकार्य गर्न हामी तयार छौं । हामी आपसी समझदारीबाट हातेमालो गर्दै अघि बढ्न सक्छौं । नेपालभूमि (विचारप्रधान साप्ताहिक पत्रिका) र अक्षरधाम (साहित्यिक मासिक पत्रिका) को प्रकाशन–व्यवस्थापन, शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम), शब्दसंवाद (साप्ताहिक प्रवचन कार्यक्रम) वेभसाइट सञ्चालन, पुस्तक प्रकाशन, सम्मान समर्पण, अक्षरसेवी सहयोग कोष र घुम्ती पुस्तक पसल आदि यस संस्थाका कार्यक्रमहरूमध्ये तपाईं कुनै पनि कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ । आफ्नो रुचि र क्षमता बुझेर मात्र हामीसँग आउनुहोस् अनि जीवनमा केही गरेर देखाउने आफ्नो सपना साकार पार्न हाम्रो सहयोग लिनुहोस् । हामी तपाईंको जीवनलाई उज्यालो बनाउन चाहन्छौं ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६२९६२, ०११–६६३१६१

‘यात्रा’ सार्वजनिक हुने

0

शब्दयात्रा प्रकाशनले आगामी जेठ ९ गते काभ्रे बनेपाको के. एन ब्यान्क्वेटमा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ (कवितासङ्ग्रह) लाई पनि सार्वजनिक गरिने भएको छ ।
श्री मैनालीका यसअघि ‘कृष्णकोसेली’, ‘अद्भुत पेट’, ‘कर्मको फल’, ‘कर्मवीरको बयर’ लगायतका सातवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

शब्दयात्राबाट अर्को काव्य प्रकाशित

0

काव्यकार रश्मिराज अज्र्यालद्वारा संस्कृत भाषामा लेखिएको ‘श्रीसत्यनारायणकथामृतम्’ लाई महाकाव्यकार श्रीधर प्याकु¥यालद्वारा पूजाविधिसहित समच्छन्दमा काव्यात्मक अनुवाद गरिएको कृति ‘सत्यनारायण कथामृत’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइरहेको छ । यो कृति प्रकाशित भएपछि श्रीधर प्याकु¥यालद्वारा लिखित ७ र अनूदित ३ समेत जम्मा कृतिको सङ्ख्या १० पुगेको छ । उहाँका सुरुका २ कृतिबाहेक बाँकी सबै कृतिहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् ।
‘सत्यनारायण कथामृत’ लाई शब्दयात्रा प्रकाशनबाट आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा सार्वजनिक गरिने भएको छ ।

‘शब्दसंवाद’ मा मदतमान श्रेष्ठ

0

काभ्रे जिल्लाको नालाका अग्रज समाजसेवी मदतमान श्रेष्ठ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को चौधौँ शृङ्खलामा गत २०७४ साल वैशाख २९ गते शुक्रबार प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले नालाको शैक्षिक र सामाजिक विकासको इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा समाजसेवी कुलप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका विषयमा संयोजक पदमनाथ ढुङ्गानाले जानकारी गराउनुभएको थियो भने सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, लेखकहरू तुतुकाजी प्रणामी श्रेष्ठ, दामोदर घिमिरे, पुष्पदास स्याउला, हरिप्रसाद चौलागाईं, सिद्धिबहादुर कर्माचार्य तथा अमृत अधिकारी, दण्डपाणि अधिकारी, जगन्नाथ गिरी आदिको सहभागिता रहेको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ को पन्ध्रौँ शृङ्खला आगामी शुक्रबार हुनेछ ।

‘पानीको भाषा’ माथि शब्दयात्रीको दृष्टि

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माटो’ नियात्रासङ्ग्रहका लागि ‘शब्दयात्रा सिर्जना सम्मान’ द्वारा सम्मानित नियात्राकार पोष चापागाईंको अर्को नियात्रासङ्ग्रह ‘पानीको भाषा’ प्रकाशन हुँदैछ । त्यसमा विभिन्न समयमा भारतको विभिन्न ठाउँमा जाँदाका अनुभव र अनुभूतिहरू समेटिएका छन् । जम्मा २२ शीर्षक र ४ भाग रहेको यस सङ्ग्रहको आवरणमा शब्दयात्रा प्रकाशनसँग सम्बन्धित ३ व्यक्तित्वका मन्तव्य पनि सङ्कलित छन् ।
शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजका सदस्य गीता मञ्जुश्री अधिकारी भन्छिन् — बोल्न सक्ने मान्छेहरूको भाषा बुझ्न नसक्ने मान्छेहरू पनि जसरी ईश्वरको मौन भाषा बुझ्छन्, त्यसरी नै कुनै पनि भाषा बोल्न नजान्ने बच्चाको च्याँच्याँ, बाख्राको म्याँम्याँ, गाईको ड्वाँड्वाँ, हावाको सुइयँ अनि पानीको कुलकुल, छङछङ र स्वाँस्वाँ भाषा बुझ्छन् । भारतको भ्रमण गर्दा पोष चापागाईंले पानीका अरू सङ्केत, लय र आवाजहरू पनि बुझेछन् । ‘पानीको भाषा’ त्यसपछिको चमत्कार हो ।
शब्दयात्रा प्रकाशन पाठक समाजका संयोजक दामोदर घिमिरे भन्छन् — नियात्राकार पोष चापागाईंले भारतको सिक्किम, गुजरात, झारखण्ड र केरलातिर घुमघाम गर्दा त्यताका प्राकृतिक र सांस्कृतिक भाषा सुने । कृत्रिम भाषा फरक–फरक भए पनि सबै भाषाको मौलिक प्राकृतिक स्वरूप त उनको जन्मस्थल दिङ्लाको भाषासँग पो मिल्दो रहेछ । ‘पानीको भाषा’ नियात्रासङ्ग्रहले यही देखाएको छ । आफू उनैको छिमेकी जिल्लाको भएर हो कि क्या हो, उनको लेखनीमा मैले आफ्नै गाउँको सुवास पाएको छु ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा भन्छन् — ‘पानीको भाषा’ नियात्राकार पोष चापागाईंको कलमको विशिष्ट कमाल हो । छोटा वाक्य, सुललित शैली, कथ्य भाषाको प्रयोग, विकृत पक्षप्रति कटाक्ष, तुलनात्मक दृष्टि र जन्मस्थलप्रतिको प्रेमपूर्ण अभिव्यक्ति उनको गद्यशैलीका प्रमुख विशेषताहरू हुन् ।

‘शब्दसंवाद’ मा भरतराज महत

शब्दयात्रा लेखक समाजका सदस्य भरतराज महत ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको तेह«ौँ शृङ्खलामा प्रस्तुत हुनुभयो । गत वैशाख १९ गते मङ्गलबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त शृङ्खलामा उहाँले आफ्नो जीवन–इतिहासका विषयमा जानकारी गराउँदै महत वंशको मूल थलो, महत शब्दको व्युत्पत्ति, काभ्रे जिल्लामा महतहरूको आगमन, यस जिल्लामा महतहरूबाट भएका समाजसेवी कार्यहरू र आफ्ना सामाजिक तथा साहित्यिक गतिविधिहरूका विषयमा प्रवचन गर्नुभएको थियो ।
अग्रज लोकगायक मच्छेश्वर सापकोटाको सभापतित्व तथा कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा लेखक समाजका ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा पाठक समाजका दामोदर घिमिरे र सुदर्शन आचार्य तथा विष्णुहरि तिमल्सिना, उत्तमराज महत, मोहनविनोद बजगाईं, सिद्धिबहादुर कर्माचार्य, दीपक तिमल्सिना आदिको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम अबदेखि हरेक शुक्रबार अपराह्न ४ बजेदेखि गर्ने जानकारी दिँदै आगामी कार्यक्रम वैशाख २९ गते शुक्रबार हुने र त्यस कार्यक्रममा समाजसेवी मदतमान श्रेष्ठको प्रवचन रहने जानकारी गराइयो ।

सम्मान समारोह जेठ ९ गते

शब्दयात्रा प्रकाशनले हरेक वर्ष जेठ महिनाको दोस्रो मङ्गलबार गर्ने गरेको नियमित कार्यक्रम २०७४ सालका लागि आगामी जेठ ९ गते मङ्गलबार बनेपास्थित केएन ब्यान्क्वेटमा गर्ने भएको छ ।
समारोहमा विभिन्न चार विधाका सम्मान समर्पण गरिनुका साथै केही पुस्तकहरू सार्वजनिक गरिनेछन् । त्यस दिन ‘नेपालभूमि साप्ताहिक’ ले ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह विशेष पृष्ठ’ प्रकाशन गर्नेछ ।

शब्दयात्रा सम्मानको टुङ्गो लाग्यो

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई सम्मान गर्ने भएको छ । राष्ट्रियताको भावना प्रवद्र्धन गराई राष्ट्रिय गौरव बढाउन योगदान गर्नुभएकोमा बुद्धिनारायण श्रेष्ठलाई र कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशजका विषयमा लेखन–प्रकाशन गर्नुभएकोमा डा. टीकाराम अधिकारीलाई सम्मान गर्न लागिएको हो ।
यसै गरी शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपाने (सिन्धुली) र ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट शिक्षासेवी ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) लाई सम्मानित गर्ने भएको छ । प्रशासनिक कर्मचारी भएर पनि साहित्य क्षेत्रमा योगदान गर्नुभएकोमा सुधा कोइराला न्यौपानेलाई र शब्दयात्रा प्रकाशनबाट २०७३ सालभरिमा प्रकाशित २० वटा पुस्तकमध्ये सर्वोत्तम ठहरिएको पुस्तक ‘फालिकोटको फाली’ का लागि ज्ञानेन्द्रराज भट्टराईलाई सम्मान गर्न लागिएको हो ।
सिद्धिबहादुर कर्माचार्य संयोजक र सरस्वती सापकोटा, सुदर्शन आचार्य र मोहनविनोद बजगाईं सदस्य रहनुभएको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसका आधारमा उहाँहरूलाई सम्मान गर्न लागिएको हो । सम्मान समर्पण गर्दा अभिवन्दनापत्र, उपहार र किरीटका साथमा ५ हजार रुपियाँ समर्पण गरिन्छ ।
शब्दयात्रा राष्ट्रझङ्कार सम्मानका लागि कृष्णहरि मैनालीले, नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि गीता मञ्जुश्रीले, प्रशासनिक महिला प्रतिभा सम्मानका लागि उर्मिला श्रेष्ठ भोजपुरेले र शब्दयात्रा सिर्जना सम्मानका लागि कल्याण लम्सालले आर्थिक व्यवस्थापन गर्नुभएको छ ।