Home Blog Page 193

शब्दयात्रामा अधिकारी वंश प्रतिष्ठान

0

शब्दयात्रा प्रकाशनको निमन्त्रणामा कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका तर्फबाट शिक्षासेवी तथा अन्वेषक राजेन्द्र विरही अधिकारी र गोविन्द अधिकारीले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल तथा नीलकण्ठेश्वरधाम परिसरको अवलोकन भ्रमण गर्नुभयो । स्मरणीय छ राजेन्द्र विरही अधिकारीलाई शब्दयात्रा प्रकाशनले २०७१ सालमा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित पनि गरिसकेको छ ।
भ्रमणटोलीका महानुभावहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गरी शब्दयात्रा प्रकाशनले हालसम्म गरेका र आगामी दिनहरूमा गर्न लागेका कार्यहरूका विषयमा विभिन्न जानकारीहरू दिनुभएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशन र कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानले सहकार्य गरेर विभिन्न कार्यक्रमहरू सम्पन्न गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।

शब्दयात्रामा नरेन्द्रबहादुर श्रेष्ठ

0

प्रसिद्ध साहित्यकार, चित्रकार तथा नेपालका एक मात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई गत २०७४ साल भदौ ३१ गते शनिबार शब्दयात्रा प्रकाशनमा स्वागत गरियो ।
उहाँलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका विषयमा जानकारी गराउँदै शब्दयात्रा प्रकाशनबाट प्रकाशित केही पुस्तकहरू उपहारस्वरूप अर्पण गर्नुभएको थियो भने नरेन्द्रबहादुर श्रेष्ठले पनि शब्दयात्रा प्रकाशनलाई सीडी र पुस्तक प्रदान गर्नुभएको थियो ।

शब्दयात्रामा षडानन्द प्रतिष्ठान

0

शब्दयात्रा प्रकाशनको निमन्त्रणामा षडानन्द स्मृति प्रतिष्ठानको कार्यसमितिले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल, नीलकण्ठेश्वरधाम तथा नैमिषारण्य क्षेत्रको अवलोकन भ्रमण ग¥यो । भ्रमण गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसम तथा डा. हेमाङ्गराज अधिकारी, प्रा. चेतोनाथ गौतम, प्रा. लालानाथ सुुवेदी, सहप्राध्यापक निर्मला पोखरेल, आत्मेश्वर चापागाईं, रामप्रसाद राई, रवीन्द्र अधिकारी र पुष्प बस्नेत हुनुहुन्थ्यो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, पदमनाथ ढुङ्गाना र फणीन्द्रराज अधिकारीले स्वागत गरी विभिन्न क्षेत्रको अवलोकन गराउनुका साथै संस्थाका विषयमा विभिन्न जानकारीहरू दिनुभएको थियो । भ्रमणटोलीका महानुभावहरूलाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माधुरी आचार्य’ र ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ लगायतका केही पुस्तकहरू उपहार प्रदान गरिएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशन र षडानन्द स्मृति प्रतिष्ठानले सहकार्य गरेर विभिन्न कार्यक्रमहरू सम्पन्न गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।

‘शब्दसंवाद’ मा दण्डपाणि अधिकारी

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तीसौँ शृङ्खला गत २०७४ साल भदौ २३ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा दण्डपाणि अधिकारी प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले लेखाप्रणालीका बारेमा जानकारी गराउनुभएको थियो ।
छविलाल कुइँकेलको सभापतित्वमा पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, जग्गादाता कृष्णमणि कुइँकेल र महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, नारी स्रष्टा समाजका सदस्य भवानी पाण्डे, पूर्व चयन समितिका संयोजकद्वय सिद्धिबहादुर कर्माचार्य र पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नानीदेवी कुइँकेल, वासुदेव कुइँकेल, राजन मानन्धर, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।

सालिकका लागि आर्थिक सहयोग

0

काभ्रेको बनेपामा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने कार्यक्रमअन्तर्गत विभिन्न पाँचजना शब्दसाधकहरूको सालिक निर्माण र स्थापना गर्न लागिएपछि त्यसका लागि जनसहभागिता जुट्तै गएको छ ।
यसै क्रममा सालिक स्थापना गर्नमा सघाउ पुगोस् भन्ने उद्देश्यले शिक्षासेवी तथा शब्दयात्रा प्रकाशनको नवौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य फणीन्द्रराज अधिकारीले पाँच हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

नरबहादुर भारतीको सालिक निर्माण

0

शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा स्थापना गर्न लागेका पाँचजना अग्रज साधकहरूको सालिक निर्माण गर्ने कार्य अब सम्पन्न भइसकेको छ । बालागुरु षडानन्द, देवीप्रसाद सापकोटा, कृष्णलाल अधिकारी र मेलवादेवी गुरुङका सालिकहरू निर्माण भइसकेकोमा अब वैज्ञानिक नरबहादुर भारतीको सालिक पनि निर्माण भइसकेको छ । नरबहादुर भारतीको सालिक राख्ने निर्णय पछि मात्र भएको हुँदा सालिक निर्माणमा ढिलाइ हुन गएको हो ।
पाँचैवटा सालिकको शिलान्यास कार्य सम्पन्न भइसकेको छ र दसैँपछि मात्र स्थापनासम्बन्धी कार्य अघि बढाइने भएको छ ।

शब्दयात्रामा लघुकथासम्बन्धी प्रशिक्षण

0

शब्दयात्रा प्रकाशन र शब्दयात्रा नारी स्रष्टा समाजको संयुक्त आयोजनामा गत २०७४ साल भदौ २४ गते शनिबार लघुकथासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य चण्डिका वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा लघुकथा समाजबाट अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा लघुकथाकारहरू ध्रुव मधिकर्मी, डा. पुष्करराज भट्ट र सुमन सौरभले प्रतिनिधित्व गर्नुभएको थियो । कार्यक्रममा लघुकथाका विभिन्न पक्षहरूका विषयमा अतिथिहरू चारैजनाले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक अतिथिहरूलाई फणीन्द्रराज अधिकारीले रुद्राक्षको मालाले स्वागत गर्नुभएको थियो भने कृष्णमणि कुइँकेल, पदमनाथ ढुङ्गाना, शारदाप्रसाद शर्मा र भवानी पाण्डेले पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा रुक्मिणी सिग्देल, गीता मञ्जुश्री, पर्वतराज घिमिरे, शिव बन्जारा, डमरुप्रसाद दाहाल, राजन मानन्धर, छविलाल कुइँकेल, खाइबा लामा, ठाकुरप्रसाद कुइँकेल आदिसहित करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नैमिषारण्य गुरुकुलम् र काभ्रे उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

शब्दयात्रा प्रकाशनको चौथो वार्षिक साधारणसभा बस्नेसम्बन्धी सूचना

0

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७४ भदौ १८ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको चौथो वार्षिक साधारणसभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारणसभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

चौथो वार्षिक साधारणसभा हुने मिति, समय र स्थान ः
मिति ः २०७४ साल असोज २७ गते शुक्रबार तदनुसार १३ अक्टोबर २०१७
समय ः दिउँसो १ बजे
स्थान ः शब्दयात्रा प्रकाशनको सभाकक्ष, अक्षरधाम, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे

छलफलका विषयहरू ः
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७४ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७३ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७४–७५ लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७४–७५ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारणसभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारणसभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

सञ्चालक समितिको आज्ञाले
महाप्रबन्धक
शब्दयात्रा प्रकाशन

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा सम्मानित ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई !

शब्दयात्रा प्रकाशन

शब्दयात्राको कार्यालय स¥यो

0

शब्दयात्रा प्रकाशनको मुख्य कार्यालय शब्दयात्रा प्रकाशनको आफ्नै जग्गा रहेको ठाउँ नीलकण्ठेश्वरधाममा सरेको छ । नीलकण्ठेश्वरधाम बनेपा नगरपालिकाको वडा नं. ६ मा पर्ने केयू चोकबाट नजिकै रहेको छ ।
शब्दयात्रा प्रकाशनबाट हरेक शुक्रबार अपराह्न ४ बजेदेखि हुने गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ को कार्यक्रम अबदेखि त्यही कार्यालयको सभाकक्षमा हुने भएको छ ।