काभ्रेको बनेपामा शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्ने कार्यक्रमअन्तर्गत विभिन्न पाँचजना शब्दसाधकहरूको सालिक निर्माण र स्थापना गर्न लागिएपछि त्यसका लागि जनसहभागिता जुट्तै गएको छ ।
यसै क्रममा सालिक स्थापना गर्नमा सघाउ पुगोस् भन्ने उद्देश्यले शिक्षासेवी तथा शब्दयात्रा प्रकाशनको नवौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य फणीन्द्रराज अधिकारीले पाँच हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।