शब्दयात्रा प्रकाशनको निमन्त्रणामा षडानन्द स्मृति प्रतिष्ठानको कार्यसमितिले शब्दयात्रा प्रकाशनको कार्यालय, शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माणस्थल, नीलकण्ठेश्वरधाम तथा नैमिषारण्य क्षेत्रको अवलोकन भ्रमण ग¥यो । भ्रमण गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसम तथा डा. हेमाङ्गराज अधिकारी, प्रा. चेतोनाथ गौतम, प्रा. लालानाथ सुुवेदी, सहप्राध्यापक निर्मला पोखरेल, आत्मेश्वर चापागाईं, रामप्रसाद राई, रवीन्द्र अधिकारी र पुष्प बस्नेत हुनुहुन्थ्यो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्री, कृष्णमणि कुइँकेल, पदमनाथ ढुङ्गाना र फणीन्द्रराज अधिकारीले स्वागत गरी विभिन्न क्षेत्रको अवलोकन गराउनुका साथै संस्थाका विषयमा विभिन्न जानकारीहरू दिनुभएको थियो । भ्रमणटोलीका महानुभावहरूलाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘माधुरी आचार्य’ र ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ लगायतका केही पुस्तकहरू उपहार प्रदान गरिएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशन र षडानन्द स्मृति प्रतिष्ठानले सहकार्य गरेर विभिन्न कार्यक्रमहरू सम्पन्न गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।