शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को तीसौँ शृङ्खला गत २०७४ साल भदौ २३ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा दण्डपाणि अधिकारी प्रमुख वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले लेखाप्रणालीका बारेमा जानकारी गराउनुभएको थियो ।
छविलाल कुइँकेलको सभापतित्वमा पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, जग्गादाता कृष्णमणि कुइँकेल र महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, नारी स्रष्टा समाजका सदस्य भवानी पाण्डे, पूर्व चयन समितिका संयोजकद्वय सिद्धिबहादुर कर्माचार्य र पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नानीदेवी कुइँकेल, वासुदेव कुइँकेल, राजन मानन्धर, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।