शब्दयात्रा प्रकाशन र शब्दयात्रा नारी स्रष्टा समाजको संयुक्त आयोजनामा गत २०७४ साल भदौ २४ गते शनिबार लघुकथासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य चण्डिका वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा लघुकथा समाजबाट अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा लघुकथाकारहरू ध्रुव मधिकर्मी, डा. पुष्करराज भट्ट र सुमन सौरभले प्रतिनिधित्व गर्नुभएको थियो । कार्यक्रममा लघुकथाका विभिन्न पक्षहरूका विषयमा अतिथिहरू चारैजनाले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक अतिथिहरूलाई फणीन्द्रराज अधिकारीले रुद्राक्षको मालाले स्वागत गर्नुभएको थियो भने कृष्णमणि कुइँकेल, पदमनाथ ढुङ्गाना, शारदाप्रसाद शर्मा र भवानी पाण्डेले पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा रुक्मिणी सिग्देल, गीता मञ्जुश्री, पर्वतराज घिमिरे, शिव बन्जारा, डमरुप्रसाद दाहाल, राजन मानन्धर, छविलाल कुइँकेल, खाइबा लामा, ठाकुरप्रसाद कुइँकेल आदिसहित करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नैमिषारण्य गुरुकुलम् र काभ्रे उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरू पनि सहभागी हुनुहुन्थ्यो ।