Home Blog Page 175

अक्षरसेवी सहयोग कोषलाई सहयोग

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषलाई साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । सरकारले गर्नुपर्ने यस्तो काम शब्दयात्रा प्रकाशनले गरेर सरकारलाई सघाएको भन्दै उहाँले यस्तो कोष अन्य साहित्यिक संस्थाले पनि खोल्नुपर्ने बताउनुभएको छ ।
विपत्तिपीडित लेखक–कलाकारहरूलाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोषको स्थापना गरेको हो ।

यस्तो थियो कार्यक्रमको क्रमबद्ध विवरण

0

१. कार्यक्रम सञ्चालन ः शारदाप्रसाद शर्मा (महाप्रबन्धक ः शब्दयात्रा प्रकाशन) । २. ब्याच अर्पण ः शब्दयात्रा पाठक समाजका सदस्य मनकुमारी दाहाल र शब्दयात्रा सम्मान व्यवस्थापक समाजका सदस्य सुदर्शन आचार्य । ३. माला अर्पण ः ‘कर्मयोद्धासँग शब्दसंवाद’ कृतिका सम्पादक दामोदर घिमिरे र शब्दयात्रा पाठक समाजका सदस्य गीता कुँवर ।
४. आसनग्रहण ः (क) सभापति ः शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री । (ख) प्रमुख अतिथि ः पूर्वीय वाङ्मयकी विदुषी तथा पूर्वमन्त्री श्रीमती कान्ता भट्टराई । (ग) विशेष अतिथि ः भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा आख्यानकार भरत जङ्गम । (घ) सम्मानित व्यक्तित्व ः पहिलो महिला महाप्रबन्धक सावित्री जङ्गम थापा (उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान पाउने) । (ङ) सम्मानित व्यक्तित्व ः जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ (कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान पाउने) । (च) सम्मानित व्यक्तित्व ः ‘केही दृष्टि केही दृष्टिकोण’ कृतिका कृतिकार द्रोणप्रसाद श्रेष्ठ (कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान पाउने) । (छ) सम्मानित व्यक्तित्व ः शोधकर्ता नरेन्द्रकुमार अधिकारी (गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान पाउने) । (ज) सम्मानित संस्था ः सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष चन्द्रबहादुर खड्का (आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा सामाजिक जागरण सम्मान पाउने) । (झ) सम्मानित व्यक्तित्व ः शिक्षासेवी रामप्रसाद अधिकारी (निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान पाउने) । (ञ) अतिथि ः डा. नन्दीश अधिकारी (ट) ‘परेली’ कृतिका कृतिकार ः सरस्वती शर्मा सुवेदी । (ठ) ‘अक्षरहरूको बिस्कुन’ कृतिका कृतिकार ः डा. हेमराज काफ्ले । (ड) सम्मानित व्यक्तित्व चयन समितिका संयोजक ः डा. रजनी शाक्य । (ढ) सम्मानित व्यक्तित्व चयन समितिका सदस्य ः इ. लक्ष्मण खड्का । (ण) सम्मानित व्यक्तित्व चयन समितिका सदस्य ः देवराज अधिकारी
५. ‘नेपालभूमि साप्ताहिक’ को विशेषाङ्क वितरण । ६. पानसमा दीपप्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ । ७. निजी क्षेत्रबाट खुलेको पहिलो सामुदायिक विद्यालयका प्रथम प्राचार्य कवि नन्दिकेश्वर अधिकारीको तस्बिरमा पुष्पार्पण । ८. स्वागत मन्तव्य ः शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधान । ९. संस्थागत गानको प्रस्तुति । १०. उपस्थित विशिष्ट व्यक्तित्वको परिचय गराउँदै कार्यक्रम प्रारम्भ गर्न सभापतिबाट अनुमति
११. पुस्तकको सार्वजनिकीकरण (क) कर्मयोद्धासँग शब्दसंवाद ः भरत जङ्गमबाट । (ख) परेली ः कान्ता भट्टराईबाट । (ग) अक्षरहरूको बिस्कुन ः डा. नन्दीश अधिकारीबाट । १२. सार्वजनिक गरिएका कृतिहरूको परिचयात्मक विवरण ः दण्डपाणि अधिकारी
१३. सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी ः चयन समितिका संयोजक डा. रजनी शाक्य । १४. सम्मान समर्पण ः सावित्री जङ्गम थापालाई रकम सम्मान व्यवस्थापक उर्मिला श्रेष्ठका तर्फबाट दक्षप्रसाद श्रेष्ठ, उपहार चयन समितिका संयोजक डा. रजनी शाक्य, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । नरेन्द्रबहादुर श्रेष्ठलाई रकम सम्मान व्यवस्थापक कृष्णहरि मैनाली, उपहार चयन समितिका संयोजक डा. रजनी शाक्य, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । द्रोणप्रसाद श्रेष्ठलाई रकम सम्मान व्यवस्थापक कल्याण लम्साल, उपहार चयन समितिका सदस्य इ. लक्ष्मण खड्का, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट चन्द्रबहादुर खड्कालाई रकम सम्मान व्यवस्थापक आनन्दराज श्रेष्ठका तर्फबाट सकुल थापा, उपहार चयन समितिका सदस्य इ. लक्ष्मण खड्का, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । नरेन्द्रकुमार अधिकारीलाई रकम सम्मान व्यवस्थापक गीता मञ्जुश्री अधिकारी, उपहार चयन समितिका सदस्य देवराज अधिकारी, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट । रामप्रसाद अधिकारीलाई रकम सम्मान व्यवस्थापक निर्मलाकुमारी यगोल श्रेष्ठ, उपहार चयन समितिका सदस्य देवराज अधिकारी, रुद्राक्षको माला अतिथि डा. नन्दीश अधिकारी, किरीट विशेष अतिथि भरत जङ्गम, अभिवन्दनापत्र प्रमुख अतिथि कान्ता भट्टराईबाट ।
१५. कृतिकारका तर्फबाट मन्तव्य ः डा. हेमराज काफ्ले । १६. शब्दयात्रा प्रकाशनका लागि सम्मानित व्यक्तित्वबाट आशीर्वचन ः रामप्रसाद अधिकारीबाट शिव बन्जारालाई, चन्द्रबहादुर खड्काबाट सुदर्शन आचार्यलाई, नरेन्द्रकुमार अधिकारीबाट हरिगोपाल प्रधानलाई, द्रोणप्रसाद श्रेष्ठबाट इन्दिरा नेपाललाई, नरेन्द्रबहादुर श्रेष्ठबाट दीपक तिमल्सिनालाई, सावित्री जङ्गम थापाबाट पदमनाथ ढुङ्गानालाई
१७. चयन समितिका मित्रहरूलाई उपहार समर्पण लोकगायक मच्छेश्वर सापकोटाबाट । १८. प्रमुख अतिथि कान्ता भट्टराईलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण निर्मला तिमल्सिनाबाट । १९. मन्तव्य ः प्रमुख अतिथि श्रीमती कान्ता भट्टराई
२०. विशेष अतिथि भरत जङ्गमलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण फणीन्द्रराज अधिकारीबाट । २१. कार्यक्रमको समीक्षासहित सभाविसर्जन ः भरत जङ्गम
२२. उपस्थित सबैलाई ‘गरिबका गीतहरू’ र ‘हाम्री हजुरआमा मर्दा जो रोए’ दुई पुस्तिका वितरण ः अनु थापा । २३. जलपान ग्रहण तथा प्रस्थान

समारोहमा समर्पित सम्मानपत्रका बेहोराहरू

0

(१)
श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५
प्रशासनिक क्षेत्रबाट नेपालको पहिलो महिला महाप्रबन्धक, विभिन्न कृतिको सिर्जनाबाट साहित्यसेवी तथा विभिन्न सामाजिक संस्थाको सञ्चालनबाट समाजसेवीको परिचय कायम गरी त्रिआयामिक व्यक्तित्वबाट राष्ट्रसेवा गर्नुभएकोमा श्रीमती सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
उर्मिला श्रेष्ठ ‘भोजपुरे’ डा. रजनी शाक्य हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(२)
श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित
शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७५
रूखबिरुवाका जराहरू सङ्कलन गरी तिनीहरूलाई कुनै घटना–परिवेशसँग मिल्दोजुल्दो आकृति दिने कुशल शिल्पी एवं त्यस्ता कलाकृतिको सार्वजनिक प्रदर्शन पनि गरिसक्नुभएका नेपालका एक मात्र जराकलाकारका रूपमा सुपरिचित श्री नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं) लाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कृष्णहरि मैनाली डा. रजनी शाक्य हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(३)
श्री कल्याण लम्सालद्वारा व्यवस्थापित
शब्दयात्रा सिर्जना सम्मान, २०७५
शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा प्रकाशित २० वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘केही दृष्टि केही दृष्टिकोण’ नामक निबन्धसङ्ग्रहका निबन्धकार श्री द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई उक्त कृतिका लागि शब्दयात्रा सिर्जना सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कल्याण लम्साल इ. लक्ष्मण खड्का हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(४)
श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित
शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७५
कवि नन्दिकेश्वर अधिकारीको वंश कश्यपगोत्रीय अधिकारी वंशका विषयमा अन्वेषण–अनुसन्धान गरी नेपालभरि बसोवास गरेका कश्यपगोत्रीय अधिकारीहरूको बृहत् वंशावलीको सङ्कलन र सम्पादन गर्नुभएकोमा अन्वेषक श्री नरेन्द्रकुमार अधिकारी (झापा) लाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
गीता मञ्जुश्री देवराज अधिकारी हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(५)
श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७५
आफ्नै स्रोत परिचालन गरेर छात्रवृत्ति वितरण, पुस्तक–पत्रिकाको प्रकाशन, कृत्रिम हात वितरण, सीपमूलक तालिम र निःशुल्क स्वास्थ्यशिविर सञ्चालन एवं प्रवचन आदिका माध्यमबाट नेपाली समाजको निरन्तर सेवा गरेकोमा सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौं) लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
आनन्दराज श्रेष्ठ इ. लक्ष्मण खड्का हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(६)
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा शिक्षक सम्मान, २०७५
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका विद्यालयहरूको स्थायीत्व, भौतिक संरचनाको निर्माण तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै तत्तत् स्थानमा जनचेतना बढाउन अहम् भूमिका खेल्नुभएकोमा तपाईं श्री रामप्र्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) लाई शब्दयात्रा शिक्षक सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
निर्मलाकुमारी यगोल श्रेष्ठ देवराज अधिकारी हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

तीन प्रकारका तीन कृति

0

आज सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
आज सार्वजनिक गरिएको पहिलो पुस्तक ‘कर्मयोद्धासँग शब्दसंवाद’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०१ औँ पुस्तक हो । शब्दयात्रा प्रकाशनले गत वर्ष सञ्चालन गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक कार्यक्रममा विभिन्न कर्मयोद्धाहरूले व्यक्त गरेका विचारहरू लेखका रूपमा यसमा समेटिएका छन् । यी लेखहरू पदमनाथ ढुङ्गानाले लेखेर ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा प्रकाशन गराउनुभएको थियो । तिनै लेखहरूलाई गीता मञ्जुश्री र दामोदर घिमिरेले सङ्कलन र सम्पादन गरी यो पुस्तक तयार पार्नुभएको हो । जम्मा २ सय ३२ पृष्ठको यस पुस्तकमा ५० जना कर्मयोद्धाहरूको चिनारी, चिन्तन र तस्बिर राखिएको छ । यस कृतिका लागि लेखक र सम्पादकहरूलाई बधाई छ ।
आज सार्वजनिक गरिएको दोस्रो पुस्तक ‘परेली’ नामक कथासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०२ औँ पुस्तक हो । यसका कथाकार सरस्वती शर्मा सुवेदी हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले यसअघि उहाँको कवितासङ्ग्रह ‘पानी मनकी रानी’ नामक कवितासङ्ग्रह पनि प्रकाशित गरिदिएको थियो । उहाँको यो दोस्रो साहित्यिक कृति हो । जम्मा ९६ पृष्ठको यस पुस्तकमा १६ वटा पारिवारिक कथा रहेका छन् । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
आज सार्वजनिक गरिएको तेस्रो पुस्तक ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०३ औँ पुस्तक हो । यसका कृतिकार डा. हेमराज काफ्ले हुनुहुन्छ । उहाँ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिर्जना गर्नुहुन्छ । यसअघि अङ्ग्रेजी भाषामा उहाँका दुईवटा कृति प्रकाशित भइसकेका छन् । यो उहाँको तेस्रो र नेपाली भाषामा प्रकाशित पहिलो कृति हो । जम्मा ९६ पृष्ठको यस सङ्ग्रहमा ६७ वटा कविता रहेका छन् । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
अन्त्यमा, आज सार्वजनिक गरिएका तीनैवटा कृतिले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचय गराइदिन मलाई गरिएको आग्रहका लागि शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(कार्यक्रममा अभिव्यक्त परिचयात्मक टिप्पणी)

छान्यौं, स्वीकार्नुभयो

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरेको प्रशासनिक महिला प्रतिभा सम्मान, राष्ट्रझङ्कार सम्मान, सिर्जना सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, सामाजिक जागरण सम्मान र शिक्षक सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन सार्वजनिक आह्वान गरेको रहेछ । त्यसपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले मेरो संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनायो । हामी काठमाडौँ विश्वविद्यालयसँग आबद्ध छौँ । चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
शब्दयात्रा प्रकाशनमा उपलब्ध भएका सम्बन्धित विधाका प्रतिभा र संस्थाहरूको नाउँ र योगदानको विवरण शब्दयात्रा प्रकाशनले हामीलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले सम्बन्धित विधा र उद्देश्यअनुसार सम्मान समर्पण गर्न योग्य व्यक्ति अथवा संस्थाका रूपमा पूर्वप्रशासक तथा समाजसेवी सावित्री जङ्गम थापा, जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ, लेखक द्रोणप्रसाद श्रेष्ठ, वंशावलीका सङ्कलक नरेन्द्रकुमार अधिकारी, सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठान र शिक्षासेवी रामप्रसाद अधिकारीको नाउँ चयन ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँहरूप्रति आभार व्यक्त गर्दै उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण गत मङ्गलबार प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा उल्लेख गरिएकाले र त्यो पत्रिका आजको कार्यक्रममा वितरण भइसकेकाले उहाँहरूका विषयमा विशेष जानकारी त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछौँ ।
आजैको कार्यक्रममा पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित लेखसङ्ग्रह ‘कर्मयोद्धासँग शब्दसंवाद’, सरस्वती शर्मा सुवेदीको कथासङ्ग्रह ‘परेली’ र डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ सार्वजनिक हुन लागेको हुनाले उहाँहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
(कार्यक्रममा चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्य)

सम्मान छ, पुस्तक तीन

0

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
शब्दयात्रा प्रकाशनको स्थापना गरिएको करिब ७ वर्ष भयो । यस अवधिमा यस संस्थाले धेरै कामहरू गरिसकेको छ । मुख्य रूपमा — समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट दानमा जग्गा प्राप्त गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती गरी नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनाइसकेको छ र सालिक राख्ने स्तम्भको निर्माण पनि गरिसकेको छ । सालिक राखेर अनावरण गर्न मात्र बाँकी छ । नियमित रूपमा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको प्रकाशन र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन पनि गरिरहेको छ । विभिन्न सहयोगीहरूको आर्थिक व्यवस्थापनमा १८ विधाका सम्मानहरूको स्थापना गरेर हरेक वर्ष राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूमा समर्पण गरिरहेको छ । विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १०० वटा पुस्तकको प्रकाशन गरिसकेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ ।
अब यो संस्था यी कार्यक्रमलाई निरन्तरता दिँदै पुस्तकालय, सङ्ग्रहालय, अतिथिशाला आदि रहेको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । नेपाललाई वाङ्मयिक क्षेत्रको विशिष्ट उपहार दिने यस अभियानमा तपाईंहरू सबैको बौद्धिक सक्रियता र आर्थिक सहयोगको अपेक्षा राखिएको छ ।
यस संस्थाबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये जेठ महिनामा समर्पण गरिने सम्मानहरू २०७५ साल जेठका लागि आज समर्पण गरिँदैछन् । तिनमा उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान सावित्री जङ्गम थापालाई, कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान नरेन्द्रबहादुर श्रेष्ठलाई, कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान द्रोणप्रसाद श्रेष्ठलाई, गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान नरेन्द्रकुमार अधिकारीलाई, आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान सुभाष स्मृति प्रतिष्ठानलाई र निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान रामप्रसाद अधिकारीलाई समर्पण गरिँदैछ । यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सम्मानित प्रतिभाहरूको चयन डाक्टर रजनी शाक्यको संयोजकत्वमा इन्जिनियर लक्ष्मण खड्का र पुस्तकालयविज्ञ देवराज अधिकारी सदस्य रहनुभएको तीन सदस्यीय सम्मानित व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेको पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित ‘कर्मयोद्धासँग शब्दसंवाद’, सरस्वती शर्मा सुवेदीद्वारा लिखित ‘परेली’ र डा. हेमराज काफ्लेद्वारा लिखित ‘अक्षरहरूको बिस्कुन’ नामक पुस्तकहरूलाई सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराउनुभएकोमा कृतिकारहरूप्रति यो संस्था आभारी छ ।
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति, नीलकण्ठेश्वर धाम संरक्षण समिति, अमृत अधिकारी जस्ता धेरै सहयोगी मित्रहरूको सहयोगबाट आजको कार्यक्रम आयोजना गर्न सकिएको हो । उहाँहरूलाई धन्यवाद छ ।
आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(कार्यक्रममा अभिव्यक्त स्वागत मन्तव्य)

शब्दयात्राबाट ६ सम्मान समर्पण, ३ पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनले २०७५ सालको पहिलो कार्यक्रममा ६ विधाका सम्मान समर्पण गरी ३ वटा पुस्तक सार्वजनिक ग¥यो । यीसमेत शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने १८ विधाका सम्मानहरूबाट ७ वर्षभित्र सम्मानित हुनेको सङ्ख्या १ सय ६ र प्रकाशन गरिएका कृतिको सङ्ख्या १ सय ३ पुगेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित शब्दयात्रा प्रकाशनको परिसरमा आयोजित विशेष समारोहमा सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि पूर्वीय वाङ्मयकी विदुषी कान्ता भट्टराईबाट अभिवन्दनापत्र, विशेष अतिथि भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमबाट किरीट, अतिथि डा. नन्दीश अधिकारीबाट रुद्राक्षको माला, आर्थिक व्यवस्थापकका तर्फबाट ५ हजार रुपियाँ र चयन समितिका तर्फबाट उपहार समर्पण गरिएको थियो ।
समारोहमा शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट पहिलो महिला महाप्रबन्धक सावित्री जङ्गम थापा, शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ, शब्दयात्रा सिर्जना सम्मानबाट निबन्धकार द्रोणप्रसाद श्रेष्ठ, शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट शोधकर्ता नरेन्द्रकुमार अधिकारी, शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सुभाष स्मृति प्रतिष्ठान र शब्दयात्रा शिक्षक सम्मानबाट शिक्षासेवी रामप्रसाद अधिकारी सम्मानित हुनुभएको थियो ।
समारोहमा सरस्वती शर्मा सुवेदीद्वारा लिखित कथासङ्ग्रह ‘परेली’ लाई कान्ता भट्टराईले, पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित लेखसङ्ग्रह ‘कर्मयोद्धासँग शब्दसंवाद’ लाई भरत जङ्गमले र डा. हेमराज काफ्लेद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ लाई डा. नन्दीश अधिकारीले सार्वजनिक गर्नुभएको थियो ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, कृष्णहरि मैनाली, गीता मञ्जुश्री, कल्याण लम्साल, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको थियो भने डा. रजनी शाक्यको संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिले सम्मानित व्यक्तित्वको चयन गरेको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले र स्वागत भाषण सञ्चालक सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो । सम्मानित व्यक्तित्वको चयन प्रक्रियाका विषयमा डा. रजनी शाक्यले र सार्वजनिक गरिएका कृतिहरूका बारेमा दण्डपाणि अधिकारीले बोल्नुभएको थियो भने सम्मानित व्यक्तहरूले संस्थालाई आशीर्वचन प्रदान गर्नुभएको थियो र डा. हेमराज काफ्लेले कृतिकारहरूका तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०७५ जेठमा सम्मानित हुनेहरू

0

सावित्री जङ्गम थापा
भक्तपुरमा २००१ सालमा जन्मिएर स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गरी पाँच दशकभन्दा बढी समय सामाजिक क्षेत्रमा योगदान गर्नुभएकी सावित्री जङ्गम थापा लेखन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । २१ वर्ष नपुग्दै स्नातकोत्तर पूरा गरेकाले सानो उमेरमा विद्यावारिधि गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबाट अनुमति नपाएपछि पढाइ रोकेर नेपाल रेडक्रस सोसाइटीमा संलग्न हुनुभएकी उहाँले १२ वर्षसम्म नेपालस्थित तिब्बती शरणार्थीहरूको इन्चार्जका रूपमा काम गर्नुभयो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण परिषद्, विभिन्न वृद्धाश्रमहरू, महिला तथा विकास केन्द्र तथा महिला सुरक्षा दबाब समूह उहाँकै सक्रियतामा खुलेका हुन् । उहाँ ‘साझा’ नामक संस्थाको सदस्य सचिव र महाप्रबन्धक हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला महाप्रबन्धक हुनुहुन्छ ।

नरेन्द्रबहादुर श्रेष्ठ
काठमाडौँको यटखामा २००४ साल असोज ९ गते जन्मिनुभएका र ५ दशकभन्दा बढी समयसम्म चित्रकला, साहित्य र व्यापार–व्यवसायमा आबद्ध हुनुभएका नरेन्द्रबहादुर श्रेष्ठ नेपालका एक मात्र जराकलाकार हुनुहुन्छ । विद्यालयमा अध्ययन गर्दागर्दै २०१८ सालमा ‘झर्ना’ कविता छपाएर आफ्नो सिर्जनात्मक क्षमता देखाउन थाल्नुभएका उहाँले रूखका जराबाट कलाकृति सिर्जना गरेर नेपालमा जराकलाको बीजारोपण गर्नुभएको छ । उहाँद्वारा निर्मित जराकलाकृतिहरूको प्रदर्शनी पनि भइसकेको छ र त्यसका बारेमा विभिन्न पत्रिकाहरूमा लेखिएको पनि छ । उहाँका जराकलाकृति हेरेर विभिन्न कवि–कवयित्रीहरूले कविता लेखेका छन् । १५० भन्दा बढी सङ्ख्याका पुस्तकमा आवरण चित्र बनाउनुभएका उहाँले विभिन्न पुस्तक–पत्रिकाहरूको लेखन, सम्पादन तथा अनुवाद गर्नुभएको छ ।

द्रोणप्रसाद श्रेष्ठ
भोजपुरको देउराली मुन्डाघरमा लक्ष्मीदेवी श्रेष्ठ र चण्डिप्रसाद श्रेष्ठका जेठा छोराका रूपमा १९९६ साल मङ्सिरमा जन्मनुभएका र तीन दशकभन्दा बढी सरकारी सेवामा संलग्न हुनुभएका द्रोणप्रसाद श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोतर, कानुनमा स्नातक र डेभलपमेन्ट प्लानिङमा प्रोस्टग्राजुएट डिप्लोमा गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरू ‘नेपालमा निजामती प्रशासन ः एक परिचय’ (संयुक्त रूपमा), ‘मेरो सम्झनामा चन्द्रलाल श्रेष्ठ’, ‘मेरा पिता र म’, ‘चण्डिप्रसाद परिक्रमा’ (सम्पादन), ‘रचनापछिका विवेचना’ (सम्पादन) र ‘केही दृष्टि केही दृष्टिकोण’ (निबन्धसङ्ग्रह) हुन् । ‘नेपालभूमि’ लगायतका विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित गराउनुभएका उहाँले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरी ‘शब्दयात्रा महिला प्रतिभा सम्मान’ को आर्थिक व्यवस्थापन गर्नुभएको छ ।

नरेन्द्रकुमार अधिकारी
नरेन्द्रकुमार अधिकारी हाल कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँ झापा जिल्लाको विर्तामोडमा बसोवास गर्नुहुन्छ । झापा जिल्लामा दर्ता भएको कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानले उहाँकै सक्रियतामा छोटो अवधिमा नै साढे ५ दर्जन जिल्लाहरूमा शाखा विस्तार गरिसकेको छ र उक्त संस्थामा हजारौँ सङ्ख्यामा कश्यपगोत्रीय अधिकारीहरू सङ्गठित भएका छन् । । नेपालभरि छरिएर रहेका कश्यपगोत्रीय अधिकारी बन्धुहरूको विवरण सङ्गलन गर्न उहाँले आफ्नै खर्चमा नेपालको भ्रमण गर्नुभएको थियो । उहाँले मेचीदेखि महाकालीसम्म भ्रमण गरेर १ हजारभन्दा बढी पृष्ठको कश्यपगोत्रीय अधिकारी वंशावली तयार पार्नुभएको छ । उहाँकै सङ्कलन तथा सम्पादनमा अधिकारी वंशावली प्रकाशित भएको हो ।

सुभाष स्मृति प्रतिष्ठान
युवा राष्ट्रसेवक सुभाष खड्काको स्मृति र सम्मानमा काठमाडौँमा स्थापना भई काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाएको सुभाष स्मृति प्रतिष्ठानले अध्यक्ष चन्द्रबहादुर खड्काको नेतृत्वमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना जस्ता क्षेत्रमा काम गर्दै आएको छ । समाजमा उत्कृष्ट योगदान गर्ने विकासप्रेमी व्यक्ति तथा संस्थालाई सम्मान गर्ने, पुस्तक–पत्रिका प्रकाशन गर्ने, हरेक वर्ष विपन्न तर जेहेन्दार १०–१० जना विद्यार्थीलाई छात्रवृत्ति दिने, विशेष स्वास्थ्यशिविर सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक कृत्रिम हातखुट्टा वितरण गर्ने, विकट बस्तीका लागि स्ट्रेचर बाँड्ने, सीपमूलक तालिम दिने आदिलगायतका समाजोपयोगी काम गरिरहेको यस प्रतिष्ठानले नेपालका मौलिक लोकसंस्कृतिका बालन नृत्य, खैँजडी भजन आदिको संरक्षणमा पनि काम गरिरहेको छ ।

रामप्रसाद अधिकारी
काभ्रेपलाञ्चोक जिल्लाको मङ्गलटार छापमा २००७ साल असोज १० गते जन्मिनुभएका र चार दशकभन्दा बढी समयसम्म सरकारी–सामुदायिक विद्यालयहरूमा शिक्षण सेवा गर्नुभएका रामप्रसाद अधिकारीले नेपालको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएको छ । अध्ययन गर्दागर्दै १७ वर्षको उमेरमा शिक्षकमा नियुक्ति पाउनुभएका रामप्रसाद अधिकारीले विभिन्न विद्यालयको भौतिक संरचना निर्माण गर्न र विद्यार्थीहरूको शैक्षिक गुणस्तर उकास्नका लागि पनि ठूलो योगदान गर्नुभएको छ । शिक्षकहरूको हकहितका लागि सधैँ सङ्घर्षरत उहाँले ६० वर्षे उमेरको हदबाट सेवानिवृत्त भइसकेपछि पनि २०६७ सालयता काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, धुलिखेल क्याम्पसका सल्लाहकार एवं नैमिषारण्य संस्कृत गुरुकुलम्का अध्यक्ष रहेरसमेत शिक्षासेवा गरिरहनुभएको छ ।

२०७५ जेठमा सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई

0

नेपालको पहिलो महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा
(उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित)
नेपालका एक मात्र जराकलाकार श्री नरेन्द्रबहादुर श्रेष्ठ
(कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट सम्मानित)
‘केही दृष्टि केही दृष्टिकोण’ कृतिका कृतिकार श्री द्रोणप्रसाद श्रेष्ठ
(कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मानबाट सम्मानित)
अधिकारी वंशावलीका सङ्कलक तथा सम्पादक श्री नरेन्द्रकुमार अधिकारी
(गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित)
सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट श्री चन्द्रबहादुर खड्का
(आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सम्मानित)
शिक्षासेवी रामप्रसाद अधिकारी
(निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मानबाट सम्मानित)

शब्दयात्रा प्रकाशन

हार्दिक बधाई

0

कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानको छैटौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा केन्द्रीय कोषाध्यक्ष पद सम्हाल्ने अवसर पाउनुभएकोमा निमेष अधिकारीप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं ।

गीता मञ्जुश्री ÷ हरि मञ्जुश्री
अक्षरधाम, बनेपा, काभ्रे