शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषलाई साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । सरकारले गर्नुपर्ने यस्तो काम शब्दयात्रा प्रकाशनले गरेर सरकारलाई सघाएको भन्दै उहाँले यस्तो कोष अन्य साहित्यिक संस्थाले पनि खोल्नुपर्ने बताउनुभएको छ ।
विपत्तिपीडित लेखक–कलाकारहरूलाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोषको स्थापना गरेको हो ।