शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने गरेको प्रशासनिक महिला प्रतिभा सम्मान, राष्ट्रझङ्कार सम्मान, सिर्जना सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, सामाजिक जागरण सम्मान र शिक्षक सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन सार्वजनिक आह्वान गरेको रहेछ । त्यसपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले मेरो संयोजकत्वमा इ. लक्ष्मण खड्का र देवराज अधिकारी सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनायो । हामी काठमाडौँ विश्वविद्यालयसँग आबद्ध छौँ । चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
शब्दयात्रा प्रकाशनमा उपलब्ध भएका सम्बन्धित विधाका प्रतिभा र संस्थाहरूको नाउँ र योगदानको विवरण शब्दयात्रा प्रकाशनले हामीलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले सम्बन्धित विधा र उद्देश्यअनुसार सम्मान समर्पण गर्न योग्य व्यक्ति अथवा संस्थाका रूपमा पूर्वप्रशासक तथा समाजसेवी सावित्री जङ्गम थापा, जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठ, लेखक द्रोणप्रसाद श्रेष्ठ, वंशावलीका सङ्कलक नरेन्द्रकुमार अधिकारी, सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठान र शिक्षासेवी रामप्रसाद अधिकारीको नाउँ चयन ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँहरूप्रति आभार व्यक्त गर्दै उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण गत मङ्गलबार प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा उल्लेख गरिएकाले र त्यो पत्रिका आजको कार्यक्रममा वितरण भइसकेकाले उहाँहरूका विषयमा विशेष जानकारी त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछौँ ।
आजैको कार्यक्रममा पदमनाथ ढुङ्गानाद्वारा लिखित तथा गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा सम्पादित लेखसङ्ग्रह ‘कर्मयोद्धासँग शब्दसंवाद’, सरस्वती शर्मा सुवेदीको कथासङ्ग्रह ‘परेली’ र डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ सार्वजनिक हुन लागेको हुनाले उहाँहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
(कार्यक्रममा चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्य)