Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesतीन प्रकारका तीन कृति

तीन प्रकारका तीन कृति

आज सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
आज सार्वजनिक गरिएको पहिलो पुस्तक ‘कर्मयोद्धासँग शब्दसंवाद’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०१ औँ पुस्तक हो । शब्दयात्रा प्रकाशनले गत वर्ष सञ्चालन गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक कार्यक्रममा विभिन्न कर्मयोद्धाहरूले व्यक्त गरेका विचारहरू लेखका रूपमा यसमा समेटिएका छन् । यी लेखहरू पदमनाथ ढुङ्गानाले लेखेर ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा प्रकाशन गराउनुभएको थियो । तिनै लेखहरूलाई गीता मञ्जुश्री र दामोदर घिमिरेले सङ्कलन र सम्पादन गरी यो पुस्तक तयार पार्नुभएको हो । जम्मा २ सय ३२ पृष्ठको यस पुस्तकमा ५० जना कर्मयोद्धाहरूको चिनारी, चिन्तन र तस्बिर राखिएको छ । यस कृतिका लागि लेखक र सम्पादकहरूलाई बधाई छ ।
आज सार्वजनिक गरिएको दोस्रो पुस्तक ‘परेली’ नामक कथासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०२ औँ पुस्तक हो । यसका कथाकार सरस्वती शर्मा सुवेदी हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले यसअघि उहाँको कवितासङ्ग्रह ‘पानी मनकी रानी’ नामक कवितासङ्ग्रह पनि प्रकाशित गरिदिएको थियो । उहाँको यो दोस्रो साहित्यिक कृति हो । जम्मा ९६ पृष्ठको यस पुस्तकमा १६ वटा पारिवारिक कथा रहेका छन् । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
आज सार्वजनिक गरिएको तेस्रो पुस्तक ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १०३ औँ पुस्तक हो । यसका कृतिकार डा. हेमराज काफ्ले हुनुहुन्छ । उहाँ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिर्जना गर्नुहुन्छ । यसअघि अङ्ग्रेजी भाषामा उहाँका दुईवटा कृति प्रकाशित भइसकेका छन् । यो उहाँको तेस्रो र नेपाली भाषामा प्रकाशित पहिलो कृति हो । जम्मा ९६ पृष्ठको यस सङ्ग्रहमा ६७ वटा कविता रहेका छन् । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
अन्त्यमा, आज सार्वजनिक गरिएका तीनैवटा कृतिले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचय गराइदिन मलाई गरिएको आग्रहका लागि शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(कार्यक्रममा अभिव्यक्त परिचयात्मक टिप्पणी)