(१)
श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित
शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५
प्रशासनिक क्षेत्रबाट नेपालको पहिलो महिला महाप्रबन्धक, विभिन्न कृतिको सिर्जनाबाट साहित्यसेवी तथा विभिन्न सामाजिक संस्थाको सञ्चालनबाट समाजसेवीको परिचय कायम गरी त्रिआयामिक व्यक्तित्वबाट राष्ट्रसेवा गर्नुभएकोमा श्रीमती सावित्री जङ्गम थापा (ओखलढुङ्गा) लाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
उर्मिला श्रेष्ठ ‘भोजपुरे’ डा. रजनी शाक्य हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(२)
श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित
शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७५
रूखबिरुवाका जराहरू सङ्कलन गरी तिनीहरूलाई कुनै घटना–परिवेशसँग मिल्दोजुल्दो आकृति दिने कुशल शिल्पी एवं त्यस्ता कलाकृतिको सार्वजनिक प्रदर्शन पनि गरिसक्नुभएका नेपालका एक मात्र जराकलाकारका रूपमा सुपरिचित श्री नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौं) लाई शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कृष्णहरि मैनाली डा. रजनी शाक्य हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक संयोजक ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(३)
श्री कल्याण लम्सालद्वारा व्यवस्थापित
शब्दयात्रा सिर्जना सम्मान, २०७५
शब्दयात्रा प्रकाशनबाट २०७४ सालमा प्रकाशित २० वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘केही दृष्टि केही दृष्टिकोण’ नामक निबन्धसङ्ग्रहका निबन्धकार श्री द्रोणप्रसाद श्रेष्ठ (भोजपुर) लाई उक्त कृतिका लागि शब्दयात्रा सिर्जना सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
कल्याण लम्साल इ. लक्ष्मण खड्का हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(४)
श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित
शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७५
कवि नन्दिकेश्वर अधिकारीको वंश कश्यपगोत्रीय अधिकारी वंशका विषयमा अन्वेषण–अनुसन्धान गरी नेपालभरि बसोवास गरेका कश्यपगोत्रीय अधिकारीहरूको बृहत् वंशावलीको सङ्कलन र सम्पादन गर्नुभएकोमा अन्वेषक श्री नरेन्द्रकुमार अधिकारी (झापा) लाई शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
गीता मञ्जुश्री देवराज अधिकारी हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(५)
श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७५
आफ्नै स्रोत परिचालन गरेर छात्रवृत्ति वितरण, पुस्तक–पत्रिकाको प्रकाशन, कृत्रिम हात वितरण, सीपमूलक तालिम र निःशुल्क स्वास्थ्यशिविर सञ्चालन एवं प्रवचन आदिका माध्यमबाट नेपाली समाजको निरन्तर सेवा गरेकोमा सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठान (काठमाडौं) लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
आनन्दराज श्रेष्ठ इ. लक्ष्मण खड्का हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५

(६)
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित
शब्दयात्रा शिक्षक सम्मान, २०७५
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका विद्यालयहरूको स्थायीत्व, भौतिक संरचनाको निर्माण तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै तत्तत् स्थानमा जनचेतना बढाउन अहम् भूमिका खेल्नुभएकोमा तपाईं श्री रामप्र्रसाद अधिकारी (काभ्रेपलाञ्चोक) लाई शब्दयात्रा शिक्षक सम्मान, २०७५ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
निर्मलाकुमारी यगोल श्रेष्ठ देवराज अधिकारी हरि मञ्जुश्री श्रीमती कान्ता भट्टराई
सम्मान व्यवस्थापक सदस्य ः चयन समिति अध्यक्ष ः शब्दयात्रा प्रकाशन प्रमुख अतिथि
दिनाङ्क ः बिहीबार, ३१ जेठ २०७५