Home Blog Page 148

उपाधि र कदरपत्र असार ४ गते

0

शब्दयात्रा प्रकाशनको आयोजनामा गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई आगामी २०७६ साल असार ४ गते शनिबार बिहान विशेष उपाधि प्रदान गरिने भएको छ ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनले काभ्रेली पत्रकारद्वय मोतीराम तिमल्सिना र शुकदेव थपलियालाई पनि कदरपत्र प्रदान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने उक्त कार्यक्रममा सहभागी हुन शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा रहेका सम्पूर्ण लेखक, पत्रकार तथा सङ्गीतकर्मीहरूलाई अनुरोध गरेको छ ।

हरिगोपाल प्रधान सम्मानित

0

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य, नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका सल्लाहकार, अग्रज फोटो पत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानलाई समाजसेवा तथा पत्रकारिता क्षेत्रमा गरेको विशेष योगदानको मूल्याङ्कन गर्दै भारतमा सम्मान गरिएको छ ।
भारतको इन्दौरमा वल्र्ड बुक अफ रेकर्ड र अल्मा संस्थाले आयोजना गरेको विशेष कार्यक्रममा नेसनल एक्सिलेन्स एवार्ड २०१९ बाट उहाँलाई सम्मान गरिएको हो । उहाँलाई संस्थाका अध्यक्ष डा. दिवाकर सुकुल (लन्डन, युके) तथा हलिउडकी प्रख्यात गायिका डा. जसविन्दर निरालाले सम्मान गर्नुभएको थियो । समारोहमा उद्योगी, व्यवसायी तथा सामाजिक र आर्थिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति सम्मानित भएका थिए ।
भारत तथा अन्य मुलुकका करिब चार सयजनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणालाई प्रमुख अतिथि बनाइएको थियो ।

मच्छेश्वरलाई नयाँ उपाधि दिइने

0

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा जन्मेर आफ्नै जन्मजिल्लालाई कर्मस्थल बनाई रेडियो नेपालको विशिष्ट गायकका रूपमा आफ्नो चिनारी राष्ट्रिय स्तरमा फैलाउन सफल हुनुभएका गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई नयाँ उपाधिद्वारा सम्मानित गर्ने भएको छ । आगामी असोज ४ गते शनिबार उहाँलाई नयाँ उपाधिसहित सम्मान गर्न लागिएको हो ।
उहाँलाई नयाँ उपाधि प्रदान गर्नका लागि गत भदौ ६ गते शुक्रबार शब्दयात्रा प्रकाशनमा बसेको बौद्धिक भेलाले सर्वसम्मत निर्णय गरेको थियो । त्यस भेलामा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले मच्छेश्वर सापकोटालाई लोकगायक भनिदै आएकोमा उहाँले लोकभाकामा गीत गाएको तर लोकगीत नगाएको हुँदा ‘लोकगायक’ शब्दको प्रयोगका कारणले उहाँको गीतकार व्यक्तित्व र सङ्गीतकार व्यक्तित्वको अवमूल्यन भएको चर्चा गर्नुभएको थियो । त्यसपछि मच्छेश्वर सापकोटालाई अर्कै नयाँ उपाधि प्रदान गर्ने सर्वसम्मत निर्णय भएको थियो । त्यसपछि गत भदौ १३ गते बसेको अर्को भेलाले यस निर्णयलाई अनुमोदन गरेको थियो ।
काभ्रे जिल्लामा अग्रज साधकलाई जनस्तरबाट उपाधि दिन लागिएको यो दोस्रोपटक हो । यसअघि यस्तै भेलाले जनस्तरबाट काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई ‘शैक्षिक शिरोभूषण’ उपाधि प्रदान गरिएको थियो ।

चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनबाट आगामी २०७६ असाज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ‘सम्मान्य व्यक्तित्व चयन समिति’ को गठन गरिएको छ । कवि पदम दाहालको संयोजकत्वमा गठित तीन सदस्यीय उक्त समितिमा शिक्षासेवी पशुपतिमान पःमाँ र कवयित्री भवानी पाण्डे सदस्य रहनुभएको छ । उक्त समितिले उपयुक्त ठहर गरेको व्यक्ति अथवा संस्थालाई नै शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा सम्मान गर्नेछ ।
हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७६ सालको दोस्रो चरणमा आगामी असोज महिनामा आमसञ्चार सम्मान, स्तम्भकार सम्मान, साहित्यिक पत्रिका सम्मान, आध्यात्मिक पत्रकारिता सम्मान, फोटो पत्रकारिता सम्मान र शिक्षा सम्मान समर्पण गरिनेछन् ।

‘शब्दसंवाद’ मा साहित्यिक पत्रकारिताको चर्चा

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९६ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७६ साल भदौ १३ गते शुक्रबार सम्पन्न भयो । मोतीराम भट्टमा शब्दश्रद्धा अर्पण गरिएको उक्त कार्यक्रममा नेपालको साहित्यिक पत्रकारिताका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले नेपालको साहित्यिक पत्रकारिताको इतिहासका बारेमा सङ्क्षिप्त जानकारी गराउँदै पत्रकारिताको धर्म र मर्मअनुरूप नेपालका साहित्यिक पत्रिकाहरूको सम्पादन तथा प्रकाशन हुन सकेको छ कि छैन भन्ने विषयमा चर्चा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि त्यस विषयमा डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, पदम दाहाल, सुनील सापकोटा, चूडाप्रसाद चौलागाईं, पूर्णबहादुर कार्की, पुण्यवती घले, केदारनाथ तिमल्सिना र रमेश अधिकारीले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, लालप्रसाद पौड्याल आदिको पनि उपस्थिति रहेको थियो ।

शब्दयात्रालाई द्रोणप्रसादबाट पुस्तक

0

लेखक, सम्पादक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २ सय थान पुस्तक प्रदान गर्नुभएको छ । उहाँले ती पुस्तकहरू पुस्तकालयका लागि सङ्गीता केसीमार्फत हस्तान्तरण गर्नुभएको हो ।
द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिनुभएको छ भने सालिक स्थापनाका लागि पनि सहयोग गर्नुभएको छ ।

‘शब्दसंवाद’ मा फेरि शब्दयात्रा

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९४ औँ शृङ्खलामा पनि अघिल्लो शृङ्खलामा झैँ शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूका विषयमा चर्चा–परिचर्चा गरियो । मूलतः शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका दुईजना पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरेको कदरपत्रका विषयमा मुख्य वक्ताका रूपमा प्रकाशबहादुर कायस्थले जानकारी गराउनुभएको थियो अन्य विषयहरूमा पनि चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा कवि पदम दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने कवि केदारनाथ तिमल्सिना सभापति हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ज्यो. पं. रमेश अधिकारी, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, स्तम्भकार सहदीप पलान्चोके, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक सङ्गीता केसी आदिको उपस्थति रहेको थियो ।

शब्दयात्राबाट ‘उनीदेखि अरूसम्म’ छापिने

0

शब्दयात्रा प्रकाशनले १२९ औँ प्रकाशनपुष्पका रूपमा ‘उनीदेखि अरूसम्म’ नामक कवितासङ्ग्रह प्रकाशन गर्ने भएको छ । उक्त सङ्ग्रहलाई आगामी असोज महिनामा सार्वजनिक गरिने भएको छ ।
‘उनीदेखि अरूसम्म’ कवि सुनील सापकोटाको दोस्रो पुस्तक हो । यसअघि उहाँद्वारा लिखित ‘स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो र त्यस पुस्तकले २०७१ सालको ‘शब्दयात्रा सिर्जना सम्मान’ प्राप्त गरेको थियो ।

पुस्तकालयलाई दराज उपहार

0

साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठको दराज र तासी एक–एक थान उपलब्ध गराउनुभएको छ ।
उहाँबाट प्राप्त दराज र तासीमा नेपाल भाषाका सामग्रीहरू सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ ।

नीलकण्ठेश्वरमा जनैपूर्णिमा

0

काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा ज्यो. पं. रमेश अधिकारीको सौजन्यबाट भव्य रूपमा जनैपूर्णिमा मनाइएको छ । त्यस दिन नीलकण्ठेश्वरधाममा नीलकण्ठेश्वरधाम संरक्षण समिति र शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
टाढाटाढाबाट आएका व्यक्तिहरूले नीलकण्ठेश्वरधामको नजिकै राखिएको शब्दसाधकहरूको सालिकको छेउमा उभिएर तस्बिर खिचेका थिए । नेपालमै अन्यत्र नभएको शब्दसाधकहरूको सालिक त्यस क्षेत्रको विशेष आकर्षण बनेको छ ।