शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९६ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७६ साल भदौ १३ गते शुक्रबार सम्पन्न भयो । मोतीराम भट्टमा शब्दश्रद्धा अर्पण गरिएको उक्त कार्यक्रममा नेपालको साहित्यिक पत्रकारिताका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले नेपालको साहित्यिक पत्रकारिताको इतिहासका बारेमा सङ्क्षिप्त जानकारी गराउँदै पत्रकारिताको धर्म र मर्मअनुरूप नेपालका साहित्यिक पत्रिकाहरूको सम्पादन तथा प्रकाशन हुन सकेको छ कि छैन भन्ने विषयमा चर्चा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसपछि त्यस विषयमा डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, पदम दाहाल, सुनील सापकोटा, चूडाप्रसाद चौलागाईं, पूर्णबहादुर कार्की, पुण्यवती घले, केदारनाथ तिमल्सिना र रमेश अधिकारीले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, लालप्रसाद पौड्याल आदिको पनि उपस्थिति रहेको थियो ।