शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य, नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका सल्लाहकार, अग्रज फोटो पत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानलाई समाजसेवा तथा पत्रकारिता क्षेत्रमा गरेको विशेष योगदानको मूल्याङ्कन गर्दै भारतमा सम्मान गरिएको छ ।
भारतको इन्दौरमा वल्र्ड बुक अफ रेकर्ड र अल्मा संस्थाले आयोजना गरेको विशेष कार्यक्रममा नेसनल एक्सिलेन्स एवार्ड २०१९ बाट उहाँलाई सम्मान गरिएको हो । उहाँलाई संस्थाका अध्यक्ष डा. दिवाकर सुकुल (लन्डन, युके) तथा हलिउडकी प्रख्यात गायिका डा. जसविन्दर निरालाले सम्मान गर्नुभएको थियो । समारोहमा उद्योगी, व्यवसायी तथा सामाजिक र आर्थिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति सम्मानित भएका थिए ।
भारत तथा अन्य मुलुकका करिब चार सयजनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणालाई प्रमुख अतिथि बनाइएको थियो ।