शब्दयात्रा प्रकाशनबाट आगामी २०७६ असाज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्न ‘सम्मान्य व्यक्तित्व चयन समिति’ को गठन गरिएको छ । कवि पदम दाहालको संयोजकत्वमा गठित तीन सदस्यीय उक्त समितिमा शिक्षासेवी पशुपतिमान पःमाँ र कवयित्री भवानी पाण्डे सदस्य रहनुभएको छ । उक्त समितिले उपयुक्त ठहर गरेको व्यक्ति अथवा संस्थालाई नै शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा सम्मान गर्नेछ ।
हरेक वर्ष समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये २०७६ सालको दोस्रो चरणमा आगामी असोज महिनामा आमसञ्चार सम्मान, स्तम्भकार सम्मान, साहित्यिक पत्रिका सम्मान, आध्यात्मिक पत्रकारिता सम्मान, फोटो पत्रकारिता सम्मान र शिक्षा सम्मान समर्पण गरिनेछन् ।