काभ्रेपलान्चोक जिल्लाको बनेपामा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा ज्यो. पं. रमेश अधिकारीको सौजन्यबाट भव्य रूपमा जनैपूर्णिमा मनाइएको छ । त्यस दिन नीलकण्ठेश्वरधाममा नीलकण्ठेश्वरधाम संरक्षण समिति र शब्दयात्रा प्रकाशनसँग आबद्ध व्यक्तिहरू तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
टाढाटाढाबाट आएका व्यक्तिहरूले नीलकण्ठेश्वरधामको नजिकै राखिएको शब्दसाधकहरूको सालिकको छेउमा उभिएर तस्बिर खिचेका थिए । नेपालमै अन्यत्र नभएको शब्दसाधकहरूको सालिक त्यस क्षेत्रको विशेष आकर्षण बनेको छ ।